उदयपुर । उदयपुरकमा ट्रक दुर्घटनामा परी चार जनाको मृत्युु भएको छ । कटारी नगरपालिका–१४ भदौरेमा आइतबार राति ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बु जाँदै गरेको ना८ख ८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्गअन्तर्गत कच्ची सडकखण्डमा दुर्घटनामा परेको छ । राति करिब २ः३० बजेतिर ट्रक सडकबाट एक सय… Continue reading उदयपुरमा ट्रक दुर्घटना, चार जनाको मृत्यु
Category: फिचर
हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला
काठमाडौं । आइतबारबाट हराइरहेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको हो । स्थानीयले जहाज दुर्घटनाग्रस्त भएको स्थान पत्ता लगाएका छन् । अब त्यहाँ सैनिक र सुरक्षाकर्मीको टोली पुग्ने तयारी छ… Continue reading हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला
१७ खर्ब ९३ अर्बको बजेट, राजस्वबाट १२ खर्ब ४० अर्ब उठाउने लक्ष्य
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्बको आकारको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ आकारको बजेट ल्याएका हुन् । बजेट चालु तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड बिनियोजन गरिएको छ । पुँजीगत तर्फ ३ खर्ब ८० अर्ब ३८… Continue reading १७ खर्ब ९३ अर्बको बजेट, राजस्वबाट १२ खर्ब ४० अर्ब उठाउने लक्ष्य
कर्मचारीको तलब १५ प्रतिशत बढ्यो, साउनदेखि लागू हुने
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ । आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । उक्त तलब साउन एक गतेदेखि लागु हुनेछ । सरकारी कोषबाट तलब बुझ्ने निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद सेवा,… Continue reading कर्मचारीको तलब १५ प्रतिशत बढ्यो, साउनदेखि लागू हुने
सिंहदरबारबाट ग्याँस सिलिण्डर विस्थापन गर्ने देशभरका सबै परिवारले एउटा विद्युतीय चुलो पाउने
काठमाडौं । सिंहदरबारबाट ग्याँस सिलिण्डर विस्थापन थाल्ने सरकारको घोषणाकाठमाडौं । सरकारले आगामी आवदेखि ‘एलपि ग्यास छोडौ, विजुली जोडौ’ अभियान सञ्चालनमा ल्याउने भएको छ । जसअनुसार एलपि ग्यासमा उपलब्ध गराउदै आएको अनुदान क्रमशः कटौती गर्दै लगिने बताइएको छ । त्यस्तै सिंहदरबार परिसरभित्रबाट आगामी साउनभित्र सबै ग्यास सिलिन्डर हटाएर विद्युतिय चुलो जडान गरिने बताइएको छ । विस्तारै… Continue reading सिंहदरबारबाट ग्याँस सिलिण्डर विस्थापन गर्ने देशभरका सबै परिवारले एउटा विद्युतीय चुलो पाउने
शिक्षामा ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन, स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड
काठमाडौं । सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका लागि रु ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ। आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । केन्द्रको लागि ५ अर्व ३२ करोड रकम बजेट बिनियोजन गरिएको छ भने स्थानीय तहका लागि रु… Continue reading शिक्षामा ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन, स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड
अब ६८ वर्षमै वृद्धभत्ता, भत्ता नलिने घोषणा गर्ने नागरिकलाई सम्मान
काठमाडौं । सरकारले ६८ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने भएको छ। आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् । नयाँ व्यवस्था साउनदेखि… Continue reading अब ६८ वर्षमै वृद्धभत्ता, भत्ता नलिने घोषणा गर्ने नागरिकलाई सम्मान
गरिबलाई खाद्य सुरक्षा परिचयपत्र, सुपथ मूल्यमा खाद्यान्न दिइने
काठमाडौं । सरकारले गरिबलाई खाद्य सुरक्षा परिचयपत्र दिने भएको छ । यस्तै, उनीहरूलाई सुपथ मूल्यमा खाद्यान्न समेत दिइनेछ । आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।
पर्यटन क्षेत्रमा ९ अर्ब ३८ करोड बजेट, औद्योगिक पूर्वाधारलाई पौने ४ अर्ब
काठमाडौं । सरकारले पर्यटन क्षेत्रको लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। संसदमा आईतवार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो बराबरको बजेट विनियोजन गरिएको बताए । पर्यटन प्रवद्र्धन लगायतका कार्यक्रम समावेश गरी उनले सो रकम विनियोजन गरेको जानाकारी दिए। उनका अनुसार सबै मठ मन्त्रीको मूर्तिहरु झल्कने गरी प्रतिकारात्मक… Continue reading पर्यटन क्षेत्रमा ९ अर्ब ३८ करोड बजेट, औद्योगिक पूर्वाधारलाई पौने ४ अर्ब
कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने
काठमाडौं । सरकारले सुदूरपश्चिमको कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने भएको छ । आइतबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । उच्च हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा प्राथमिकता दिने पनि उनले बताए ।
वित्तीय समानीकरण अनुदानः प्रदेश र स्थानीयलाई कति बजेट ?
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटमार्फत प्रदेश र स्थानीय तहलाई दिइने बजेट छुट्याएका छन्। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रदेश र स्थानीय तहलाई दिइने बजेट सार्वजनिक गरेको हन् । यसअनुसार प्रदेश र स्थानीय तहको अधिकारको आधारमा समानीकरण अनुदान प्रदेशलाई ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई १ खर्ब २३ करोड… Continue reading वित्तीय समानीकरण अनुदानः प्रदेश र स्थानीयलाई कति बजेट ?
खाद्यान्न आयात ३० प्रतिशतले कम गर्ने, भूमिहीन र दलितलाई तीन वर्षभित्र आवास
काठमाडौं । सरकारले धान, गहुँ, मकै, तरकारी र फलफूलको आयात ३० प्रतिशतले कम गर्ने उद्देश्य लिएको छ । आगामाी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमनत्री जनार्दन शर्माले खाद्यान्न३० प्रतिशत र समग्र आयत २० प्रतिशतले क मगर्ने लक्ष्य रहेको बताएका हुन्। यस्तै, उनले निर्यात दोब्बर गर्ने र आयात २० प्रतिशतले घटाउने पनि बजेटको उद्देश्य रहेको बताए… Continue reading खाद्यान्न आयात ३० प्रतिशतले कम गर्ने, भूमिहीन र दलितलाई तीन वर्षभित्र आवास
जहाज हराउनु अघि के भनेका थिए पाइलटले, को-को थिए जहाजमा ? (नामसहित)
काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरकाे जहाज सवा सम्पर्कविहीन नै छ । म्याग्दी कटेर उकालो लागेपछि जहाज बेपत्ता भएको बताइएको छ । मुस्ताङ थासाङ क्षेत्रका स्थानीयले उक्त जहाज त्यहाँ २ पटकसम्म घुमेको बताएका छन् । तारा एयरको ९ एनएईटी ट्विनअटर विमान दुर्घटनामा परेको हो। १९ यात्रु लिएर पोखराबाट आइतबार बिहान ताराको जहाज ९… Continue reading जहाज हराउनु अघि के भनेका थिए पाइलटले, को-को थिए जहाजमा ? (नामसहित)
खराब मौसमका कारण सम्पर्कविहीन जहाजको खोजीमा गएको हेलिकप्टर फर्कियो
काठमाडौं । पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीका लागि पठाइएको हेलिकप्टर फर्किएको छ। नेपाल नागरिक उड्डन प्राधिकरणका अनुसार विमानको अवस्थाबारे खोजतलासका लागि विमानको अवस्थाबारे खोजतलासका लागि फिस्टेल एयरको हेलिकप्टर खराब मौसमका कारण जोमसोम फर्किएको छ । मौसम सफा भएपछि फेरि हेलिकप्टर सम्पर्कविहीन जहाज खोजीका लागि पठाइने विज्ञप्तिमा उल्लेख छ। पोखराबाट विहान ९ः… Continue reading खराब मौसमका कारण सम्पर्कविहीन जहाजको खोजीमा गएको हेलिकप्टर फर्कियो
पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन
काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरकाे जहाज सवा २ घण्टादेखि सम्पर्कविहीन नै छ । म्याग्दी कटेर उकालो लागेपछि जहाज बेपत्ता भएको बताइएको छ । मुस्ताङ थासाङ क्षेत्रका स्थानीयले उक्त जहाज त्यहाँ २ पटकसम्म घुमेको बताएका छन् । बादल लागेका कारण जहाज नदेखिएको तर आवाज ठूलो आएको उनीहरूलाई उदृत गर्दै लेतेमा रहेका पत्रकार सुशील… Continue reading पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन
सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको ६९ वर्ष पुरा
काठमाडौं । संसारकै सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको ६९ वर्ष पुरा भएको छ । सोही सम्झनामा आज नेपाल र विदेशमा समेत अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । सगरमाथा ‘विश्वको सर्वोच्च शिखर, नेपालको गौरव’ भन्ने नाराका साथ दिवस मनाइंदैछ । सन् १८३० को दशकमा बेलायती भुगोलविद् जर्ज एभरेष्टको नेतृत्वमा हिमशिखरको विस्तृत सर्वेक्षण गर्ने कामको सुरुवातसँगै सन्… Continue reading सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको ६९ वर्ष पुरा
सबल र आत्मनिर्भर अर्थतन्त्रसहित विकसित राष्ट्र बनाउनु गणतन्त्रको मूख्य कार्यभार : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना… Continue reading सबल र आत्मनिर्भर अर्थतन्त्रसहित विकसित राष्ट्र बनाउनु गणतन्त्रको मूख्य कार्यभार : राष्ट्रपति
विकास र समृद्धिको आकंक्षा पुरा गर्ने यात्रामा क्रियाशील छौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक,अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताएका छन् । पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै उनले सो उद्देश्य प्राप्तिका लागि सबै राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा व्यावसायिक सङ्घसंस्था, सञ्चार… Continue reading विकास र समृद्धिको आकंक्षा पुरा गर्ने यात्रामा क्रियाशील छौँ : प्रधानमन्त्री
आज गणतन्त्र दिवस, विविध कार्यक्रमसहित मनाइंदै
काठमाडौं । आज गणतन्त्र दिवस, देशभर विविध कार्यक्रम आयोजना गरी मनाइंदैछ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनका रुपमा हरेक वर्ष १५ जेठमा गणतन्त्र दिवस मनाइंइछ । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा आजैका दिन भएको हो ।… Continue reading आज गणतन्त्र दिवस, विविध कार्यक्रमसहित मनाइंदै
आज बजेट : चुनाव लक्षित आकर्षक कार्यक्रम समेटिने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९\८० को बजेट आज संसदमा प्रस्तुत गर्दैछ । आगामी आवमा प्रदेश र संघीय संसदको निर्वाचन गर्नुपर्ने भएकोले सरकारले यस बजेटमा लोकप्रिय कार्यक्रमलाई प्राथमिकता दिँदैछ । खासगरी कृषि र उद्योग क्षेत्रमा अधिकतम सहुलीयतपूर्ण कार्यक्रमहरु राखिने भएको छ । केही कार्यक्रमले सिधै कृषकसम्म अनुदान जाने छ । केही कार्यक्रम भने विजुलीमा… Continue reading आज बजेट : चुनाव लक्षित आकर्षक कार्यक्रम समेटिने
ओलीप्रति आक्रामक प्रचण्ड : आँखा जुधाएर बहस गर्न चूनौति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रप्रति गरेको टिप्पणीलाई लिएर अध्यक्ष प्रचण्ड आक्रामक बनेका छन् । संसदमा ओलीले कुनै दल अरुको सहारा बीना निर्वाचनमा जान नसक्दै भन्दै व्यंग गरेका थिए । साथै उनले जनयुद्धबारे समेत कटाक्ष गरेका थिए । जवाफमा प्रचण्डले एउटा कालखण्डमा भएको आन्दोलनलाई लिएर पटक पटक प्रहार गर्दा अन्याय हुने… Continue reading ओलीप्रति आक्रामक प्रचण्ड : आँखा जुधाएर बहस गर्न चूनौति
एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको आह्वान : जनमतको कदर गर
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले छिटपुट घटनालाई लिएर समग्र निर्वाचनबारे धारणा बनाउन नहुने बताएका छन् । एमाले अध्यक्ष ओलीले राज्यसत्ताको दुरुपयोग भएको, पञ्चायत कालमा भन्दा पनि बढ्ता बुथ कब्जा गर्ने काम गरेको भन्दै भन्दै संसदमा सरकारको आलोचना गरेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले प्रधानमन्त्री देउवाले छिटफुट घटनालाई लिएर निर्वाचनप्रति संशय व्यक्त नगर्न आग्रह गरे… Continue reading एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको आह्वान : जनमतको कदर गर
यस्तो छ नेपाली अर्थतन्त्रको चित्र
काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ मा नेपाली अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब पुगेको छ । कुल ५.८४ प्रतिशतले बिस्तार भएको अर्थतन्त्रको आकार साढे ४८ खर्ब पुगेको आर्थिक सर्वेक्षणमा देखिएको छ । अर्थ मन्त्री जनार्दन शर्माले शनिबार आर्थिक सर्वेक्षण २०७८\ ७९ संसदमा पेश गरेका हुन् । अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा बागमती प्रदेशको रहेको छ… Continue reading यस्तो छ नेपाली अर्थतन्त्रको चित्र
रन्थनिएकाहरुलाई कुण्ठा पोख्न दिनुपर्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नीति तथा कार्यक्रममाथि केपी शर्मा ओलीले कुण्ठा मात्र पोखेको बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले केपी ओली रन्थनिएको बताए । यस्तो बेलामा जसरी बोले पनि त्यसको जवाफ दिइरहन नपर्ने उनको भनाई छ । ‘नीति तथा कार्यक्रममाथिको छलफलमा प्रारम्भमै घण्टौंको गन्थन प्रस्तुत भैसकेपछि केही साथीहरूले भन्नुभयो,… Continue reading रन्थनिएकाहरुलाई कुण्ठा पोख्न दिनुपर्छ : गगन थापा
बालेन र हर्क साङपाङ संघीय लोकतान्त्रिक गणतन्त्रका सुन्दर फूल हुन् : प्रचण्ड
काठमाडौं । माआवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साङपाङ संघीय लोकतान्त्रिक गणतन्त्रका सुन्दर फूल भएको बताएका छन् । उनीहरुले निर्वाचन जित्नु साँचो अर्थमा स्वतन्त्र उम्मेदवारले जितेको मानिने उनको भनाई छ । शनिबार संसदमा बोल्दै प्रचण्डले उनीहरुको पछाडि कुनै पनि पार्टी र उनीहरुको नेताको साथ नरहेको उल्लेख… Continue reading बालेन र हर्क साङपाङ संघीय लोकतान्त्रिक गणतन्त्रका सुन्दर फूल हुन् : प्रचण्ड
युक्रेनको साटो देशका विद्यालयको सुरक्षामा प्राथमिकता देउ : ट्रम्प
ह्यूस्टन । अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्ससको एक प्राथमिक विद्यालयमा भएको हमलाबारे आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनले युक्रेनलाई सहायता दिनुको साटो आफ्नो विद्यालयमा सुरक्षा बढाउन भनेका हुन् । उनले अमेरिकाले युक्रेनमा सहायता बढाउनुको साटो विद्यालयको सुरक्षामा बढी फण्डिङ गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । पूर्व राष्ट्रपतिले यदि अमेरिकाले युक्रेनको सहायतामा अर्बौ डलर… Continue reading युक्रेनको साटो देशका विद्यालयको सुरक्षामा प्राथमिकता देउ : ट्रम्प
मेयर बनेको पहिलो दिनमै बालेन ल्याण्डफिल साइट अवलोकनमा
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर बनेको पहिलो दिनमै बालेन शाह शुक्रबार काठमाडौंको फोहोर फालिने सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइटको स्थलगत अनुगमन गर्न पुगेका छन् । पछिल्लो समय सिसडोल र बन्चरेडाँडामा नियमित गाडी जान नसक्दा काठमार्डौंमा फोहोर उठ्न सकेको छैन । स्थानीयले विभिन्न माग राखेर गाडीमा अवरोध गरिरहेका छन् । बालेन शुक्रबार धन्यवाद र्याली सकेर सिसडोल… Continue reading मेयर बनेको पहिलो दिनमै बालेन ल्याण्डफिल साइट अवलोकनमा
आज आर्थिक सर्वेक्षण, भोली बजेट
काठमाडौं । प्रतिनिधि सभामा शनिबार चालु आर्थिक वर्ष २०७८\०७९ को आर्थिक सर्वेक्षण पेस हुँदैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे आह्वान भएको छ । सोही बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेस गर्नेछन् । आर्थिक सर्वेक्षण शुक्रबार नै पेस गर्ने कार्यसूची थियो । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधले गर्दा सम्भव भएको थिएन… Continue reading आज आर्थिक सर्वेक्षण, भोली बजेट
रिलिजको पहिलो दिनमै कबड्डी-४ को ऐतिहासिक कमाई
काठमाडौं । नेपालमा स्वदेशी चलचित्रले एकै दिन गरेको कमाईमा कबड्डी ४ ले यस अघिका सबै कीर्तिमान तोडेको छ । फिल्मका निर्देशक रामबाबु गुरुङ र वितरक गोविन्द शाहीले फिल्मले पहिलो दिन सबैभन्दा ठूलो व्यापार गर्ने रेकर्ड बनाएको बताएका छन् । शुबmबार मल्टिप्लेक्सका सबै शोमा शतप्रतिशत अकुपेन्सीमा फिल्म चलेको बताइएको छ । ‘कबड्डी ४’ले सबैभन्दा धेरै मल्टिप्लेक्स… Continue reading रिलिजको पहिलो दिनमै कबड्डी-४ को ऐतिहासिक कमाई
गणतन्त्र दिवसको अवसर पारी ८३४ कैदीबन्दीको सजाय माफ
काठमाडौं । सरकारले गणतन्त्र दिवसको अवसर पारेर ८३४ जनाको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट यस्तो निर्णय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय मिनाहा गरिएको हो । उनीहरुले आइतबारबाट यस्तो माफी पाउने भएका हुन् ।… Continue reading गणतन्त्र दिवसको अवसर पारी ८३४ कैदीबन्दीको सजाय माफ