इपीएस पास गरेका कामदार कोरिया जान पाउने

काठमाडौं । सरकारले ईपीएस परीक्षा पास गरेका कामदारलाई दक्षिण कोरिया पठाउने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय भएको हो । कोरोना भाइरस संक्रमणको महामारीका कारण कोरियाबाट भिसा आएर पनि सयौं नेपाली कोरिया जान पाएका छैनन् । उनीहरुलाई भने लकडाउनकै अवधिमा समेत कोरिया पठाउने भएको हो । भिसा… Continue reading इपीएस पास गरेका कामदार कोरिया जान पाउने

झापामा थपिए एक संक्रमित, कूल संक्रमण ५२ जनामा

काठमाडौं । नेपालमा कूल कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । झापामा थप एक जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ । आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उनी झापाको राजगढ निवासी हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको… Continue reading झापामा थपिए एक संक्रमित, कूल संक्रमण ५२ जनामा

नेपालमा लकडाउन २५ वैशाखसम्मलाई लम्बियो

काठमाडौं । नेपालमा लकडाउन फेरी १० दिन लम्बिएको छ । सोमबार सकिने पूर्वघोषित लकडाउनलाई सरकारले लम्ब्याएर २५ वैशाखसम्म पुर्याउने निर्णय गरेको छ । आइतबार साँझ सम्पन्न मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकाल्दै एक साता… Continue reading नेपालमा लकडाउन २५ वैशाखसम्मलाई लम्बियो

नेपालको कोरोना कोषमा शेष घले र जमुनाबाट ३ करोड सहयोग

काठमाडौं । एमआईटी ग्रुप फाउण्डेसनले नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैया सहयोग गरेको छ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष घले र उनकी जीवनसँगीनी जमुना गुरुङ्गद्वारा स्थापित फाउण्डेसनले यो रकम सरकारलाई प्रदान गरेको हो । फाउन्डेसनका प्रतिनिधिले आइतबार प्रधानमन्त्री कार्यालयका सचिव भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरे । उडान प्रतिवन्धका… Continue reading नेपालको कोरोना कोषमा शेष घले र जमुनाबाट ३ करोड सहयोग

विश्वभर कोरोनाबाट ४९ गैरआवासीय नेपालीको ज्यान गयो, १ हजार ८ जनामा संक्रमण

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु भएको छ । करिब १ हजार ८ सय जनामा संक्रमण देखिएको छ । विश्वभर फैलिएको कोरोना भाइरस महामारी ९कोबिड–१९० बाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड… Continue reading विश्वभर कोरोनाबाट ४९ गैरआवासीय नेपालीको ज्यान गयो, १ हजार ८ जनामा संक्रमण

नेपालमा थपिए दुई संक्रमित, कुल ५१ मा संक्रमण

वीरगञ्ज । नेपालमा दुई जना कोरोना संक्रमित थपिएका छन् । वीरगञ्जमा आइतबार थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको हो । वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको संख्या ५१ पुगेको हो । उनीहरु… Continue reading नेपालमा थपिए दुई संक्रमित, कुल ५१ मा संक्रमण

वीरगन्जका ४ संक्रमित आज डिस्चार्ज हुने, नेपालमा निको हुनेको संख्या १६

वीरगन्ज । वीरगन्जमा उपचारार्थ ४ जना कोरोना संक्रमित आज डिस्चार्ज हुँदैछन् । वीरगञ्ज स्थित नारायणी अस्पतालका चार जनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई आइतबार डिस्चार्ज गर्न लागिएको हो । छपकैयास्थित जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवकले कोरोनालाई जित्न सफल भएका छन् । पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको… Continue reading वीरगन्जका ४ संक्रमित आज डिस्चार्ज हुने, नेपालमा निको हुनेको संख्या १६

आज लकडाउनबारे नयाँ निर्णय आउँदै, मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । आज नेपालमा लकडाउन थप्ने वा हटाउनेबारे निर्णय हुँदैछ । आज मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकले लकडाउन बारे निर्णय गर्ने भएको छ। प्रधानमन्त्री निवासमा आइतबार बस्ने बैठकमा लकडाउनबारे निर्णय गर्ने बताएको छ । यसअघि शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा लकडाउन हटाउन नहुने निष्कर्ष निकालिएको थियो । समितिले एकसाता… Continue reading आज लकडाउनबारे नयाँ निर्णय आउँदै, मन्त्रिपरिषद बैठक बस्दै

कोरोनाका कारण मर्नेको संख्या २ लाख नाघ्यो

काठमाडौं । कोरोना भाइरसले मृत्यु हुने मानिसको संख्या २ लाख नाघेको छ । संसारभर २ लाख २ हजार ४ सय ५५ पुगेको हो । विश्वभर कोरोना संक्रमितको संख्या २८ लाख ९२ हजार पुगेको तथ्यांक रहेको छ । कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ५३ हजार ५ सय ११ जनाको मृत्यु भएको । यो मुलुकमा… Continue reading कोरोनाका कारण मर्नेको संख्या २ लाख नाघ्यो

नेपालमा ४९ हजार मानिसमा कोरोना परीक्षण, ४९ मा पुष्टी, १२ जना निको भए

काठमाडौं । नेपालमा कोरोना परीक्षण भएका मानिसको संख्या ४९ हजार नाघेको छ । नेपालमा कूल ४९ हजार ३ सय ३६ वटा नमुना परिक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिमार्फत ९ हजार ६ सय ६६ वटा र्‍यापिड डाइगोनोस्टिक टेष्ट (आरडिटी) बाट ३९ हजार ६ सय ७० वटा गरी कूल… Continue reading नेपालमा ४९ हजार मानिसमा कोरोना परीक्षण, ४९ मा पुष्टी, १२ जना निको भए

लकडाउनका कारण नेपालमा कोरोनाको संक्रमण नियन्त्रण भित्रै

काठमाडौं । लकडाउनको सफल कार्यान्वयनका कारण नेपालमा कोरोना संक्रमण नियन्त्रण भित्रै रहेको सरकारले विश्लेषण गरेको छ । उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस नियन्त्रणमा सरकारी प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालिएको हो । लकडाउनकै कारण संक्रमण फैलिन नपाएको सरकारको निष्कर्ष रहेको छ । यद्दपी शनिबार लकडाउनबारे समितिले कुनै निर्णय लिएन । मन्त्रीपरिषद् बैठकले यसबारेमा निर्णय लिने… Continue reading लकडाउनका कारण नेपालमा कोरोनाको संक्रमण नियन्त्रण भित्रै

नेपालमा राष्ट्रिय-अन्तराष्ट्रिय हवाई उडान प्रतिवन्ध २ जेठसम्म लम्बियो

काठमाडौं । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान माथिको प्रतिबन्ध थप गरेको छ । अब मे १५ अर्थात् जेठ २ गतेसम्म सबै प्रकारको व्यवसायिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गर्दै सोही… Continue reading नेपालमा राष्ट्रिय-अन्तराष्ट्रिय हवाई उडान प्रतिवन्ध २ जेठसम्म लम्बियो

नेपाल कोरोना जोखिमबाट एक तह सुधार

काठमाडौं । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह सुधार भएको छ । विश्‍व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई कोरोनाको अतिउच्च जोखिमपूर्ण क्षेत्रबाट सुधार गर्दै जोखिमपूर्ण क्षेत्रमा राखेको हो । कोरोना रोकथाम तथा नियन्त्रणमा नेपालले लिएको निर्णय तथा गरेका कार्यबाट यसको जोखिम क्रमश कम हुँदै गएको संगठनको निष्कर्ष रहेको छ । छिमेकी मुलुक चीनको वुहान… Continue reading नेपाल कोरोना जोखिमबाट एक तह सुधार

भारतमा लकडाउन खुुकुलो, नेपालमा के हुन्छ ?

काठमाडौं । नेपालको छिमेकी मुलुक भारतले लकाउन खुकुलो पारेको छ । यससँगै नेपालमा पनि लकडाउनको प्रवृत्तिबारे आज समिक्षा भइरहेको छ । उच्चस्तरीय समन्व समितिले आ नेपालमा लकडाउन के गर्ने भन्ने सम्बन्धमा निर्णय लिने बताइएको छ । भारतमा भने खुद्रा पसल खुला भएका छन् । भारतीय गृहमन्त्रालयले त्यसका लागि अनुमति दिएको छ। नेपालमा मात्र ४९ जनामा… Continue reading भारतमा लकडाउन खुुकुलो, नेपालमा के हुन्छ ?

चितवनका युवकले पनि जिते कोरोना, निको हुने १२ औं बिरामी

चितवन । कोरोना संक्रमित चितवनको राप्ती नगरपालिका( ८ का २७ वर्यीय युवकले पनि कोरोनालाई जित्न सफल भएका छन् । उनको लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । उनलाई शनिबार नै डिस्चार्जको तयारी गरिएको छ । यससँगै उनी कोरोनालाई जित्ने १२ औं बिरामी हुनेछन् । उनको भरतपुर अस्पतालको क्याबिनमा उपचार भइरहेको छ । चितवनमा ति युवक… Continue reading चितवनका युवकले पनि जिते कोरोना, निको हुने १२ औं बिरामी

भारतमा तिब्र गतिमा फैलिँदै कोरोना

नयाँ दिल्ली । भारतमा पछिल्लो केही दिनयता कोरोनाको फैलावटले तिब्रता लिएको छ । यस मुलुकमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार ५०३ पुगेको हो । १११ जना विदेशीबाहेक अरु सबै भारतीयमा कोरोना लागेको हो । भारतमा… Continue reading भारतमा तिब्र गतिमा फैलिँदै कोरोना

एक दुःखान्त- ट्याक्सी चलाएर छोरालाई हार्वर्ड पठाउन सफल आप्रवासी पितालाई लग्यो कोरोनाले

न्यूयोर्क/ सन् १९९१ मा बंगलादेशबाट अमेरिका बसाइँ सरेपछि मोहम्मद जाफोरले बसोबासका लागि रोजेको ठाउँ थियो न्यूयोर्कको ज्याक्सन हाइट्स। ज्याक्सन् हाइट्स जससँग लाखौँ आप्रवासीहरूको अमेरिका कथा जोडिन्छ । कैयन् आए कैयन् छोडेर हिँडे तर ज्याक्सन हाइट्सले आप्रवासीलाई कहिल्यै भो भनेको छैन । बरु कैयन् पटक ह्वाइट हाउस र क्यापिटोललाई प्रतिवाद गरेको छ ज्याक्सन हाइट्सले मौन रुपमा… Continue reading एक दुःखान्त- ट्याक्सी चलाएर छोरालाई हार्वर्ड पठाउन सफल आप्रवासी पितालाई लग्यो कोरोनाले

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो, संक्रमित ९ लाख नजिक

न्यूयोर्क अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ । जोन हप्किन्स विश्व विद्यालयको आँकडा अनुसार शुक्रबार बिहान ज्यान गुमाउनेको संख्या आधा लाखबाट उकालो लागेको हो । शुक्रबार अपरान्हसम्ममा भाइरसबाट संक्रमित हुनेको संख्या आठ लाख ८० हजार पुगेको छ । संक्रमणको दैनिक बृद्धिदरका आधारमा यो संख्या साँझसम्ममा नौ लाख नाघ्ने देखिन्छ ।… Continue reading अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो, संक्रमित ९ लाख नजिक

बाग्लुङकी १९ वर्षीय युवतीले पनि जितिन कोरोना, ११ जना भए निको

बाग्लुङ । बेल्जियमबाट नेपाल आउने क्रममा कोरोना संक्रमित भएकी बाग्लुङकी १९ वर्षीय युवतीले समेत कोरोनालाई जित्न सफल भएकी छिन् । यससँगै अब नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या ११ पुगेको छ । धौलागिरी अञ्चल अस्पतालमा उपचारत उनलाई शुक्रबार डिस्चार्ज गरिएको छ । चैत ४ मा बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी उनमा चैत १५… Continue reading बाग्लुङकी १९ वर्षीय युवतीले पनि जितिन कोरोना, ११ जना भए निको

नेपालमा ४९ औं व्यक्तिमा संक्रमण भेटियो

काठमाडौं । नेपालमा ४९ औं व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जानकारी गराएको छ । उनलाई उपचारका लागि विराटनगरस्थित कोरोना अस्पताल लैजाने भएको छ… Continue reading नेपालमा ४९ औं व्यक्तिमा संक्रमण भेटियो

देउवाको प्रधानमन्त्रीलाई माग : अपहरण शैलीमा सांसदलाई काठमाडौं ल्याउनेमाथि कारवाही गर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउने व्यक्तिमाथि कारवाही गर्न माग गरेका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका उनले उक्त माग गरेका हुन् । शुक्रबार प्रधानमन्त्रीलाई भेट्न उनी बालुवाटार पुगेका थिए । केही बेर प्रधानमन्त्री र देउवाबीच भेटवार्ता भएपछि नेकपा अध्यक्ष… Continue reading देउवाको प्रधानमन्त्रीलाई माग : अपहरण शैलीमा सांसदलाई काठमाडौं ल्याउनेमाथि कारवाही गर

मलेसियामा दुई जना नेपालीले जिते कोरोना

क्वालालाम्पुर । मलेसियामा दुई जना नेपालीले कोरोना सङ्क्रमणबाट मुक्त हुन सफल भएका छन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार दुई जना नेपालीले कोरोनालाई जित्दै निको निको हुन सफल भएका हुन् । मलेसियामा अहिलेसम्म तीन जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो । उनीहरु मध्ये दुई जना निको भएर काममा फर्किएको दूतावासले जनाएको छ । एक जनाको… Continue reading मलेसियामा दुई जना नेपालीले जिते कोरोना

उदयपुरमा र्यापिड टेस्टको तयारी, २ हजार मानिसमा परीक्षण गरिने

उदयपुर । नेपालमा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको उदयपुरको भुल्केमा र्यापिड टेस्टलाई बढाइने भएको छ । यहाँ अहिलेसम्म २८ जना व्यक्तिमा कोरोना संक्रमित देखिएको छ । स्थानीय सरकारको पहलमा यस जिल्लामा कोरोनाको परीक्षण प्यापक बनाउन लागिएको हो । त्रियुगा नगरपालिकाका अनुसार प्रभावित क्षेत्रमा मात्र दुई हजार १ सय मानिसको पिसिआर प्रविधिबाट कोरोना जाँच गरिदैछ ।… Continue reading उदयपुरमा र्यापिड टेस्टको तयारी, २ हजार मानिसमा परीक्षण गरिने

श्रीलंकाले ७६ जना विद्यार्थी फिर्ता लग्यो

काठमाडौं । श्रीलकाले नेपालबाट ७६ जना आफ्ना विद्यार्थीलाई स्वदेश फर्काएको छ । शुक्रबार उक्त मुलुकको राष्ट्रिय ध्वजाबाहक जहाज काठमाडौं आएको थियो । श्रीलंकन एयरले अपरान्ह १२ बजे कोलम्बाका लागि उडान भरेको हो । श्रीलंकाले केही दिन यता भारत, पाकिस्तान र श्रीलंकाबाट आफ्ना नागरिकलाई धमाधम फिर्ता लगिरहेको छ । नेपालमा अन्तराष्ट्रिय व्यवसायिक उडान बन्द भएपछि यहाँ… Continue reading श्रीलंकाले ७६ जना विद्यार्थी फिर्ता लग्यो

सरकारले दुबै अध्यादेश गर्यो फिर्ता

काठमाडौं । सरकारले दुबै अध्यादेश फिर्ता लिएको छ । अध्यादेश आएसँगै सरकारको व्यापक आलोचना भएको थियो । सोहीकारण सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था अनुसार अध्यादेश फिर्ता गरिएको… Continue reading सरकारले दुबै अध्यादेश गर्यो फिर्ता

अमेरिकी संसदबाट पारित भयो राहत प्याकेज

वासिंटन । अमेरिकी संसदबाट कोरोना विरुद्ध नयाँ आर्थिक प्याकेज पारित भएको छ । संसदको तल्लो सदन तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभबाट ४ खर्ब ८४ अर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज पारित भएको अमेरिकी संचार माध्यमले उल्लेख गरेका छन् । यो राहत साना ब्यापारी र अस्पताललाई लक्षित गर्दै ल्याइएको हो । यसले राहत र परीक्षणमा सहयोग… Continue reading अमेरिकी संसदबाट पारित भयो राहत प्याकेज

आज महाभुकम्प गएको ५ वर्ष पुरा, पुनर्निर्माण अझै अधुरो

काठमाडौं । आज नेपालमा महाभूकम्प गएको ५ वर्ष पुरा भएको छ । २०७२ साल वैशाख १२ गते करीव १२ बजे गएको भूकम्पमा परी ९ हजार भन्दा बढी मानिसको ज्यान गएको थियो । गोरखाको बारपाकमा केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पबाट मुलुकले ७ खर्बभन्दा माथिको आर्थिक क्षति बेहोरेको थियो । त्यसबेला गोखरासहित कुल ३२ जिल्ला प्रभावित भएका… Continue reading आज महाभुकम्प गएको ५ वर्ष पुरा, पुनर्निर्माण अझै अधुरो

जसपाबाट निर्वाचन आयोगमा दर्ताको निवेदन, प्रधानमन्त्रीको योजना तुहियो

काठमाडौं । समाजवादी पार्टीलाई फुटाएर केही नेतालाई सरकारमा सामेल गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको दाउपेच योजनामै सिमित भएको छ । महेश बस्नेतसहित आफ्ना दुई सांसद र पूर्वप्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई प्रयोग गरी संघीय सांसदलाई काठमाडौं ल्याएर पार्टी फुटाउने कसरत गर्दा पनि समाजवादी पार्टी फुटेन । बरु समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकता भएको छ ।… Continue reading जसपाबाट निर्वाचन आयोगमा दर्ताको निवेदन, प्रधानमन्त्रीको योजना तुहियो

पौडी खेल्दाखेल्दै डुबेर ३ जना बालकको ज्यान गयो

बाँके । बाँकेमा खेल्दाखेल्दै ३ जना बालकको पानीमा डुबेर ज्यान गएको छ । बाँकेको बैजनाथपुरस्थित नालामा जमेको पानीमा डुबेर बिहीबार तीन जना बालकको मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बैजनाथपुर गाउँपालिका, २ पित्तमारीका १२ वर्षीय नविन परियार, १२ वर्षकै नरेश कुँवर र ११ वर्षीय अनिल राउतको ज्यान गएको छ । बैजनाथपुर… Continue reading पौडी खेल्दाखेल्दै डुबेर ३ जना बालकको ज्यान गयो

कतारमा १७ नेपालीलाई मिल्यो आममाफी

काठमाडौं । कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीलाई आममाफी मिलेको छ । कोरोना भाइरसको सन्त्रासकाबीच कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखी कतारका राजाबाट कैदीहरुलाई आममाफी दिने निर्णय भएको नेपाली दूतावासले जनाएको छ । राजाको यस निर्णयबाट १७ जना नेपाली लाभान्वित भएका हुन् । दूतावासका अनुसार कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिक… Continue reading कतारमा १७ नेपालीलाई मिल्यो आममाफी