संसदमा भीम रावलको आक्रोस, एमसीसी चोर बाटोबाट पारित गर्न खोजिदैछ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई नियमित प्रक्रियाबाट अवरोध हुने देखेपछि चोरबाटोबाट ल्याउने प्रयास भइरहेको बताएका छन् । सोमबार व्यवस्थापिका संसदमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । प्रतिनिधिसभा बैठकमा अहिले नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । सरकारले नीति तथा कार्यक्रममा एमसीसीका केही कार्यक्रम छिराएपछि उनी… Continue reading संसदमा भीम रावलको आक्रोस, एमसीसी चोर बाटोबाट पारित गर्न खोजिदैछ

नीति तथा कार्यक्रममा काङ्ग्रेसको टिप्पणी : सङ्कटलाइ सम्बोधन गरेन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रमले सङ्कटलाइ सम्बोधन गर्न नसकेको टिप्पणी गरेको छ । पट्यारलाग्दो कार्यक्रमको सूचीले कार्यक्रम कार्यान्वयनयोग्य नभएको काङ्ग्रेसको टिप्पणी छ । काङ्ग्रेसले नीति तथा कार्यक्रम पुनर्लेखनको समेत माग गरेको छ । पार्टीले सोही प्रयोजनका लागि शनिबार संसद सचिवालयलमा संशोधन प्रस्तावसमेत दर्ता समेत गराएको छ ।… Continue reading नीति तथा कार्यक्रममा काङ्ग्रेसको टिप्पणी : सङ्कटलाइ सम्बोधन गरेन

सरकारको नीति तथा कार्यक्रममा छिर्यो एमसिसि, भिम रावलको आपत्ति

काठमाडौँ । सरकारले शुक्रबार संसदमा सार्वजनिक गरेको आगामी आवको नीति तथा कार्यक्रममा विवादित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का कार्यक्रमलाई प्रवेश गराएको छ । एमसिसि के हुने भन्ने मुद्दा  टुङ्गो नलाग्दै यस मातहतका परियोजनालाई नीति तथा कार्यक्रममा घुसाइएको हो । यस सम्बन्धमा नेकपा नेता भिम रावलले आपत्ती समेत जनाएका छन् । विभिन्न नेपाली संचारमाध्यमलाइ प्रतिक्रिया दिदै उनले विवादित… Continue reading सरकारको नीति तथा कार्यक्रममा छिर्यो एमसिसि, भिम रावलको आपत्ति

निर्माणाधीन ठूला आयोजना समयमै सम्पन्न गर्ने

काठमाडौं । सरकारले लकडाउनका कारणले रोकिएका निर्माणाधीन ठूला आयोजना समयमै सम्पन्न गर्ने सरकारले घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्माणाधीन रूपान्तरणकारी तथा ठूला विकास निर्माण आयोजना समयमै सम्पन्न गर्न बजेटको अभाव हुन नदिने बताइन्। कोरोना भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनका कारणले गर्दा अर्थतन्त्र… Continue reading निर्माणाधीन ठूला आयोजना समयमै सम्पन्न गर्ने

आज सरकारको नीति तथा कार्यक्रम, कोरोना रोकथाम प्राथमिकतामा

काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०७७\७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवि भण्डारीले दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कोरोना भाइरसका कारण शिथिल भएको अर्थतन्त्रलाई माथि उकास्ने योजना र कार्यक्रमहरु सरकारले आज संसदमा प्रस्तुत गर्नेछ । विश्वव्यापी महामारीले सिर्जना गरेको… Continue reading आज सरकारको नीति तथा कार्यक्रम, कोरोना रोकथाम प्राथमिकतामा

सरकारको बजेट खर्च निराशाजनक

काठमाडौं । कोरोना भाइरसको महामारी सङ्गै सरकारको बजेट खर्च समेेत निराशाजनक देखिएको छ । सरकारले बजेटमार्फत तय गरेको राजस्व संकलनको लक्ष्य र बजेट खर्च दुवै निराशजनक देखिएपछि तोकिएका धेरै लक्ष्य समेत पूरा नहुने भएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार बैशाख मसान्तसम्म कुल लक्ष्यको ५० प्रतिशत पनि बजेट खर्च पुग्न सकेन ।… Continue reading सरकारको बजेट खर्च निराशाजनक

आजबाट लकडाउनमा कडाई, यस्तो छ नयाँ नियम

काठमाडौं । आजबाट लकडाउन कार्यान्वयनमा सरकार कडा बन्ने भएको छ । सरकारले १ जेठबाट लकडाउनमा कडाई गर्ने नीति अनुसार कार्यान्वयनमा थाल्ने भएको छ । मंगलबार र बुधबार लगातार करीव १ सय जनामा कोरोना देखिएपछि सरकारले देशभर लकडाउन कडा बनाउने नीति लिएको छ । त्यसअनुसार अब एक जिल्लाबाट अर्को जिल्लामा जान जारी भएका सबै पास रद्द… Continue reading आजबाट लकडाउनमा कडाई, यस्तो छ नयाँ नियम

जीडीपीमा बागमति प्रदेशको हिस्सा धेरै, आर्थिक वृद्धिदरमा सुप अगाडी

काठमाडौं । मुलुकको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा ठूलो हिस्सा बागमति प्रदेशको रहेको तथ्यांक सार्वजनिक भएको छ ।जीडीपीमा बागमती प्रदेशको हिस्सा ३५.८४ प्रतिशत रहने प्रक्षेपण केन्द्रिय तथ्यांक विभागले गरेको हो । मंगलबार सार्वजनिक आर्थिक वर्ष २०७६\७७ को प्रादेशिक कुल गार्हस्थ उत्पादन (जीडीपी)को तथ्यांकअनुसार सात प्रदेशमध्ये जीडीपीमा बागमति प्रदेशले ठूलो योगदान गर्छ ।यहाँ अधिकांश सेवा तथा खुद्रा… Continue reading जीडीपीमा बागमति प्रदेशको हिस्सा धेरै, आर्थिक वृद्धिदरमा सुप अगाडी

सील गरिएको कर्णाली अब केही खुकुलो हुने

सुर्खेत । नेपालगन्जमा कोरोना भाइरस फैलिएपछि अघिल्लो साता नाका सील गरेको कर्णालीमा अब लकडाउन केही खुकुलो हुने भएको छ । कर्णाली प्रदेश कोरोना नियन्त्रण, रोकथाम उच्च स्तरीय समितिले यस्तो निर्णय गरेको हो । कर्णालीमा अब नाकामा आवतजावत कडाइ हुने भएको छ । स्थानीय सामग्रीको ओसारपसार खुला गरिएको छ । कृषि र विकास निर्माणका गतिविधि अब… Continue reading सील गरिएको कर्णाली अब केही खुकुलो हुने

कोरोना पछिको आर्थिक पुनरुत्थान र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७\७८ को बजेट कोरोलाले अर्थतन्त्रमा पारेको प्रभाव न्यूनिकरणमा केन्द्रित हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार कोरानाले शिथिल पारेको अर्थतन्त्रलाई पुरानै गति दिने गरी नीति तथा बजेट बनिरहेको छ । आइतवार राष्ट्रिय तथा प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. खतिवडाले आगामी आवको बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका… Continue reading कोरोना पछिको आर्थिक पुनरुत्थान र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा

निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडी बढाउदै सरकार

काठमाडौं । सरकारले निजगढ विमानस्थल निर्माण प्रक्रिया थाल्ने भएको छ । पहिलो चरणमा विमानस्थललाई वरपरबाट घेर्ने पेरीफेरी सडक निर्माण गरिने भएको छ । त्यसका लागि काट्नु पर्ने रुखको संख्या पनि यकिन गरिएको छ । राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थलको निर्माण स्थल घेर्ने सडक बनाउन तोकिएको क्षेत्रमा ४ हजार २ सय ३२ वटा रुख काट्नु पर्ने… Continue reading निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडी बढाउदै सरकार

५० दिनपछि खुल्ने भयो शेयर कारोबार

काठमाडौं । नेपालमा लकडाउन खुकुलो भएसँगै शेयर बजार खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले ३० वैशाख (मंगलबार) बाट शेयर बजार सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको हो । यससँगै ५० औं दिनपछि शेयर बजार पुनः सूचारु हुने भएको हो । ११ चैतमा सरकारले लकडाउन घोषणा गरेपछि शेयर बजार समेत ठप्प भएको थियो ।… Continue reading ५० दिनपछि खुल्ने भयो शेयर कारोबार

आजबाट बजेट अधिवेशन, ४ जेठमा नीति तथा कार्यक्रम

काठमाडौं । आजबाट सङ्घीय संसद्को छैटौँ अधिवेशन शुरु हुने भएको छ । शुक्रबार ४ः०० बजे सङ्घीय संसद्को बैठक बोलाइएको छ । बजेट अधिवेशनका दौरान सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने गर्छ । सरकारले ४ जेठमा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । शुक्रबारको बैठकमा छैटौँ अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट सङ्घीय… Continue reading आजबाट बजेट अधिवेशन, ४ जेठमा नीति तथा कार्यक्रम

आजबाट खुकुलो हुँदैछ लकडाउन, उद्योग, उत्पादन र बैंक खुल्ने

सांकेतीक तस्वीर

काठमाडौं । आजबाट नेपालमा लकडाउन खुकुलो हुँदैछ । खासगरी बैंक, वित्तीय संस्थाको सेवा अब सूचारु भएको छ । अत्यावश्यक क्षेत्रका ४४ प्रकारका उद्योग धन्दासमेत आजबाट सूचारु हुने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन सर्तसहित खुकुलो बनाएको हो। उद्योग खोल्दा भने ३० प्रतिशत मात्र कामदारलाई काममा लगाउनु पर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने तथा उद्योग… Continue reading आजबाट खुकुलो हुँदैछ लकडाउन, उद्योग, उत्पादन र बैंक खुल्ने

कोरोनाले पारेको असर अध्ययन गर्न कांग्रेसले बनायो समिति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाले अर्थतन्त्रमा पारेको अध्ययन गर्न एक समिति गठन गरेको छ । पूर्वअर्थमन्त्री रामशरण महतका संयोजकत्वमा अर्थतन्त्र विशेष समिति गठन गरिएको नेपाली कांग्रेसले जनाएको छ । गत वैशाख १७ गते बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार समिति गठन भएको कांग्रेसको भनाई छ । कोरोनाले अर्थतन्त्रमा पारेको असरबारे अध्ययन, विश्लेषण… Continue reading कोरोनाले पारेको असर अध्ययन गर्न कांग्रेसले बनायो समिति

बिहीबारपछि ४४ प्रकारका उद्योग खुल्ने, बैंक र विकास निर्माण समेत सूचारु (सूचिसहित)

सांकेतीक तस्वीर

काठमाडौं । सरकारले ५ जेठसम्म लकडाउन थपेको छ । यसअवधिमा मानिसहरुको आवतजावत ठप्प रहनेछ । तर, अत्यावश्यक क्षेत्रका उद्योग, बैंक तथा वित्तीय संस्था तथा निर्माणका काम भने अब सूचारु हुने भएका छन् । यस अनुसार अब लकडाउन केही खुकुलो भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाका… Continue reading बिहीबारपछि ४४ प्रकारका उद्योग खुल्ने, बैंक र विकास निर्माण समेत सूचारु (सूचिसहित)

एक करोड ९ लाख भारु सहित दुई भारतीय नागरिक पक्राउ

विराटनगर । एक खाली ट्रकमा रहेको एक करोड ९ लाख भारतीय रुपैयाँसहित मंगलबार मोरङबाट दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । मंगलबार भारतको सुपौलीबाट मोरङ आएको डब्लूबी ७३ ई ७६३५ नम्बरको खाली ट्रकमा उक्त पैसा फेला परेको हो । ट्रकबाट अवैध एक करोड नौ लाख ७९ हजार… Continue reading एक करोड ९ लाख भारु सहित दुई भारतीय नागरिक पक्राउ

लकडाउनपछि हजारौं ट्रक नाकामा अलपत्र

काठमाडौं । नेपालमा लकडाउन शुरु भएपछि अत्यावश्यक बाहेक अन्य सबै प्रकारको आयात निर्यात रोकिएको छ । औषधिजन्य जदार्थ र खाद्यान्नको आयात रोकिएको छैन । तर, अन्य विलासिताका सामान र अत्यावश्क बाहेकका सामानको आयात भने रोकिएको छ । जसले गर्दा सीमा नाकामा आइपुगेका हजारौं ट्रक सामान नेपाल भित्रने पर्खाइको रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी… Continue reading लकडाउनपछि हजारौं ट्रक नाकामा अलपत्र

लकडाउन नखुल्ने, मोडालिटी अनुसार खुकुलो बनाइने

काठमाडौं । नेपालमा तत्काल लकडाउन नखुल्ने भएको छ । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिले तत्काल लकडाउन नखोल्ने निष्कर्ष निकाल्दै लकडाउन कार्यान्वयनको मोडालिटी सम्बन्धित मन्त्रालयबाट माग गरेको छ । सोहीकारण २५ वैशाखपछि देशभर लकडाउन नखुल्ने पक्का भएको हो । बैठकले गृह, अर्थ र स्वास्थ्य मन्त्रालयसँग यस्तो मोडालिटी माग गरेको हो । मन्त्रालयहरुले… Continue reading लकडाउन नखुल्ने, मोडालिटी अनुसार खुकुलो बनाइने

नेपालका होटेलहरुको आक्रामक निर्णय, ६ महिना बन्द हुने

काठमाडौं । नेपालका होटेल प्रतिष्ठानले ६ महिना सेवा बन्द हुने गरी निर्णय लिएका छन् । कोरोना भाइरसको संक्रमणका कारण पर्यटक आगमन तत्काल सम्भव नभएका कारण १ वैशाखदेखी आगामी असोजसम्म होटेलले सेवा दिनका लागि पर्याप्त पर्यटक नहुने प्रक्षेपण व्यवसायीले गरेका हुन् । यसअवधिमा समै मजदुरले न्यूनतम तलवको १२.५ प्रतिशत मात्र तलव पाउने भएका छन् । यसअघि… Continue reading नेपालका होटेलहरुको आक्रामक निर्णय, ६ महिना बन्द हुने

सरकारले भनेअनुसार पारिश्रमिक दिन नसक्ने निजी क्षेत्रको अडान

काठमाडौं । निजी क्षेत्रले लकडाउनको अवधिमा श्रमिकहरुलाई ५० प्रतिशतभन्दा बढी पारिश्रमिक दिन नसकिने भन्दै आफ्नो अडान दोहोर्याएका छन् । निजी उद्योगी तथा व्यवसायीका दुई ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले संयुक्त विज्ञप्ती निकाल्दै ५० प्रतिशतभन्दा बढी तलब भुक्तानी गर्न सक्ने अवस्था नरहेको बताएका हुन् । दुई संस्थाले लकडाउनका कारण उद्योग व्यवसाय… Continue reading सरकारले भनेअनुसार पारिश्रमिक दिन नसक्ने निजी क्षेत्रको अडान

संसदको बजेट अधिवेशन बैशाख २६ बाट

काठमाडौं । संसदको बजेट अधिवेशन २६ वैशखबाट शुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुबै सदनको बैठक २६ वैशाखमा बस्ने गरी आह्वान गरेकी छिन् । सरकारले बजेट अधिवेशनका लागि राष्ट्रपतिसँग सिफारिस गरेको थियो । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको थियो । मन्त्रिपरिषदले बैशाख २६ गते… Continue reading संसदको बजेट अधिवेशन बैशाख २६ बाट

आगामी आवको बजेटले कर बढाउन सक्ने अर्थमन्त्रीको संकेत

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको बजेटले कर र यसको दायरा समेत बढ्न सक्ने संकेत गरेका छन् । प्रिबजेट छलफलमा जुटेका अर्थमन्त्रीले हरेक व्यवसायिक संस्थासँगको छलफलमा आगामीका आवको बजेटले जोखिमको शेयर गर्न खोज्ने तर यदी त्यसो नगर्ने हो भने कर बढाउनुको विकल्प नरहेको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र म्यानेजमेन्ट… Continue reading आगामी आवको बजेटले कर बढाउन सक्ने अर्थमन्त्रीको संकेत

श्रमिक लक्षित प्याकेज ल्याउ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रमिकलई लक्षित गरी आर्थिक प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । १३१औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका मजदुरलाई शुभकामना दिँदै उनले यस्तो माग गरेका छन् । विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै… Continue reading श्रमिक लक्षित प्याकेज ल्याउ : प्रचण्ड

सन्दर्भ मजदुर दिवस : रोजिरोटीकै समस्यामा छन मजदुर

काठमाडौं । कोभिड १९ को कहरले आज विश्व घर भित्र थुनिएको छ । आर्थिक गतिविधिमा ब्रेक लागेको छ । यसले औपचारिक क्षेत्रमा रोजगारी गर्ने केही सिमित मानिस र व्यापार व्यवसायबाट बचत गर्न सक्ने व्यक्ति बाहेक आम मजदुरको हालत भने कमजोर बनाइदिएको छ । सामाजिक सुरक्षा प्रणाली बलियोसँग लागु भएका मुलुकमा मजदुरका लागि केही सुहलियत भएपनि… Continue reading सन्दर्भ मजदुर दिवस : रोजिरोटीकै समस्यामा छन मजदुर

इन्टरनेट र विजुलीको महसुलमा निरन्तर छूट, वैशाखपछिको घरभाडा के गर्ने ?

काठमाडौं । सरकारले इन्टरनेट र विजुलीको महसुलमा २५ प्रतिशत छुट दिने निर्णयलाई वैशाख महिनामा समेत निरन्तरता दिने भएको छ । सरकारले कोरोना भाइरसले पारेको प्रभाव न्यूनिकरणका लागि ल्याएको दोस्रो चरणको आर्थिक प्याकजेमा उक्त निर्णय गरिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउन अवधिको इन्टरनेट तथा डाटा प्याकेजमा २५ प्रतिशत छुटलाई निरन्रता दिने अर्थ मन्त्रालयले उल्लेख गरेको… Continue reading इन्टरनेट र विजुलीको महसुलमा निरन्तर छूट, वैशाखपछिको घरभाडा के गर्ने ?

अब काम गरेमात्र सरकारी राहत पाइने

काठमाडौं । अब सरकारले राहत वितरणलाई कामसँग जोड्ने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनबाट प्रभावित विपन्न तथा मजदुर परिवारलाई काममा लगाएर मात्र राहत पाउने गरी सरकारले निर्णय गरेको हो । काम नगरी राहत माग्नेले भने काम गर्नेले पाउने राहतको तुलनामा मात्र २५ प्रतिशत मात्र पाउने भएको मन्त्रीपरिषद्ले निर्णय गरेको छ… Continue reading अब काम गरेमात्र सरकारी राहत पाइने

सन् २०२० को पहिलो त्रैमासमा ४.८ प्रतिशतले गिर्यो अमेरिकी अर्थतन्त्र

वासिंटन । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा यसले पार्ने बहुआयामित असरका प्रभाव देखिन थालेका छन् । खासगरी अमेरिकाको अर्थतन्त्रलाई कोरोनाले ठूलो धक्का दिने अमेरिकी सरकारका अधिकारीहरुले बताएका छन् । सन् २०२० को पहिलो त्रैमासमा मात्र ठूलो गिरावट आएको छ । अमेरिकी वाणिज्य मन्त्रालयको आंकडाअनुसार यस अवधिमा अमेरिकाको अर्थतन्त्र ४.८ प्रतिशतले कम… Continue reading सन् २०२० को पहिलो त्रैमासमा ४.८ प्रतिशतले गिर्यो अमेरिकी अर्थतन्त्र

आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा खुम्चने

काठमाडौं । काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.२७ प्रतिशतमा खुम्चने भएको छ । केन्द्रिय तथ्यांक विभागका अनुसार यस वर्ष सरकारले प्रक्षेपण गरेको तुलनामा निकै कम मात्र आर्थिक वृद्धिदर प्राप्त हुने भएको छ । सरकारले चालु आवको बजेटमार्फत आर्थिक वृद्धिदर ८.५ प्रतिशत पुर्याउने महत्वकांक्षी लक्ष्य राखेको थियो । तर, कोरोना कहर प्रारम्भ भएपछि… Continue reading आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा खुम्चने

नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर

काठमाडौं । नेपालीको वार्षिक प्रतिव्यक्ति आय औसतः एक हजार ८५ अमेरिकी डलर पुगेको छ । यसको मतलव १ लाख २६ हजार १८ रुपैयाँ औसतः प्रतिव्यक्ति आय पुगेको हो । केन्द्रिय तथ्यांक विभागले बुधबार मुलुकको आर्थिक विवरण सार्वजनिक गरेको हो । तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७६\७७ मा नेपाली नागरिकको प्रतिव्यक्ति आय १ हजार ८५ पुगेको हो… Continue reading नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर