Category: अर्थतन्त्र

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब १० करोडमा सीमित

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब १० करोडमा सीमित

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ विन्दुमा झरेको हो ।

    यसदिन ३१२ कम्पनीको २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ रुपैयाँ बराबरको ५४ लाख ७१ हजार ६८ कित्ता शेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक घटेको । आज गुराँस फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको १७ करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए । बढेको मूल्य मंगलबार बिहान १ बजेदेखि लागू हुने छ ।

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ७९ करोडमा सीमित

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ७९ करोडमा सीमित

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ विन्दुमा झरेको हो ।

    यसदिन ३१४ कम्पनीको २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४३२ रुपैयाँ बराबरको ७२ लाख २३ हजार ७७३ कित्ता शेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक घटेको । आज न्यादी ग्रुपको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको १७ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

  • अर्थमन्त्री अमेरिका प्रस्थान

    अर्थमन्त्री अमेरिका प्रस्थान

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान सवा २ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसीका लागि उडेका हुन् ।

    भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका अर्का उपसचिव भुपालराज शाक्य छन् ।

    तीन दिने अमेरिका बसाइका क्रममा मन्त्री पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डिएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का सहायक प्रबन्ध निर्देशक बो–लीसँग भेट्नेछन् ।

    यस्तै मन्त्री पुनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) का उच्च पदाधिकारी, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफपी) का पदाधिकारी, अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष अतुल कास्यपसहित निजी क्षेत्रका प्रतिनिधि र त्यहाँस्थित गैरआवासीय नेपालीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तालिका छ ।

  • सार्वजनिक ऋण २४ खर्ब नजिक

    सार्वजनिक ऋण २४ खर्ब नजिक

    काठमाडौं । नेपालमा सार्वजनिक ऋण २४ खर्ब नजिक पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यस वर्ष थप सार्वजनिक ऋण र भुक्तानी गरिएको सार्वजनिक ऋणको बीचमा ठूलो अन्तर छैन । सोहीकारण यस वर्ष सार्वजनिक ऋणको वृद्धिदर भने उल्लेख्य भने छैन । कार्यालयका अनुसार यस वर्ष असारसम्म २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण चैत मसान्तसम्म २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो ।

    यसमा आन्तरिक ऋण ११ खर्ब ७९ अर्ब ४८ करोड र बाह्य ऋण १२ खर्ब ६ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । आन्तरिक ऋण ११ खर्ब ७९ अर्ब पुगेको छ । बाह्य ऋण १२ खर्ब ६ अर्ब पुगेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार यस वर्ष ९ महिना बितिसक्दा लक्ष्यको ५२ प्रतिशत मात्र राजस्व उठेको छ । जुन मात्र ७ खर्ब ४८ अर्ब हुन आउँछ । यस अवधिसम्म सरकारले ९ खर्ब ९ अर्ब रुपैयाँ सार्वजनिक खर्च गरिसकेको छ ।

    ९ महिनामा बाह्य अनुदान मात्र २ अर्ब ७५ करोड आउँदा अन्य खर्चका लागि सार्वजनिक ऋणमा भर पर्नु परेको हो । यस वर्ष सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । तर, शुक्रबार अर्थात ३० चैतसम्म साढे ७ अर्ब रुपैयाँ मात्र राजस्व उठेको हो ।

    ९ महिनामा सार्वजनिक लक्ष्यको ५१।९३ प्रतिशत छ । जसमा चालु खर्चको हिस्सा अधिक छ । यस वर्ष सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चैत मसान्तसम्म कुल बजेट खर्च ९ खर्ब ९ अर्ब पुगेको छ । जुन ५२ प्रतिशत मात्र हुन आउँछ । चालु खर्च ६ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ ।

    यो लक्ष्यको ५६.४१ प्रतिशत हो । पूँजीगत खर्च ३२.२४ प्रतिशत भएको छ । ९ महिनामा ९७ अर्ब ३७ करोड रुपैयाँ मात्र पूँजीगत खर्च भएको हो । वित्तीय व्यवस्थापनमा १ खर्ब ६७ अर्ब ९८ करोड रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको ५४.६४ प्रतिशत हो ।

  • आँबु खैरेनीमा चल्न चाल्यो मोटरबोट

    आँबु खैरेनीमा चल्न चाल्यो मोटरबोट

    काठमाडौं । आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरी आइतबारदेखि मोटरबोटको व्यावसायिक सञ्चालन गरेको बोटेबोरा प्रालिका अध्यक्ष बीबी (बिष्णु) ढकालले जानकारी दिए । ढकालका अनुसार जलाशयमा तत्काल एक करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालनमा ल्याएको हो ।

    कम्पनीले थप लगानी गरी जलाशय किनारमा ’बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितका संरचना बनाउने योजना छ । नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेका अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालनमा ल्याइएको हो ।

    आइतबार मोटरबोटको उद्घाटन गर्दै गण्डकी प्रदेशका विना विभागीयमन्त्री हरिबहादुर चुमानले विभिन्न अप्ठ्यारो छिचोल्दै मोटरबोट सञ्चालन गर्नमा सफल भएकोमा खुसी व्यक्त गरे । आगामी दिनमा अन्तरपालिका पर्यटन प्रवर्द्धनमा पालिकाहरु अग्रसर हुनुपर्नेमा चुमनले जोड दिए ।

    तनहुँकै अग्लो स्थान आँबुखैरेनीको छिम्केश्वरी र पहाडकी रानी बन्दीपुर जोड्ने बाटोको स्तरोन्नति गरी यस क्षेत्रको पर्यटन प्रवर्द्धन र ग्रामीण जीवन सहज बनाउने प्रदेश सरकारको योजना रहेको चुमानले बताए । ऐना पहरा, छिम्केश्वरी, होमस्टे लगायतका विभिन्न गन्तव्यको प्रवर्द्धन गर्दै पालिकालाई पर्यटकीय हब बनाउन लागि परेको आबुँखैरेनीले दुई वर्षको पहलपछि मोटरबोट सञ्चालन गर्न सफल भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

    मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक फरक शुल्क कायम गरिएको छ । मोटरबोटमा सयर गर्न ६ देखि ८ मिनेटसम्म प्रतिव्यक्ति २५० रुपैयाँ, १० देखि १२ मिनेटका लागि ५ सय रुपैयाँ र १५ देखि २० एक हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

  • झिनो अंकले घट्यो नेप्से, ३ अर्ब ६ करोडको कारोबार

    झिनो अंकले घट्यो नेप्से, ३ अर्ब ६ करोडको कारोबार

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन नेप्से परिसूचक २.३५ अंकले घटेर २००२३.३५ विन्दुमा झरेको हो ।

    यसदिन ३२० कम्पनीको ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ रुपैयाँ बराबरको ७७ लाख ९५ हजार ३३ कित्ता शेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटा उपसमूह ४ वटाको परिसूचक घटेको छ भने अन्य ९को बढेको छ । आज सानिमा माइको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २१ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

  • रेकर्ड राखेको सुनको मूल्यमा ब्रेक, एकैदिन प्रतितोला २२ सय रुपैयाँ घट्यो

    रेकर्ड राखेको सुनको मूल्यमा ब्रेक, एकैदिन प्रतितोला २२ सय रुपैयाँ घट्यो

    काठमाडौं । शुक्रवार एकैदिन २ हजार ४ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३९ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ हजार २ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय निर्धारण भएको छ ।

    यस्तै, तेजाबी सुन पनि तोलामा २२ सय रुपैयाँले ओरालो लागेको छ । शुक्रबार प्रतितोला १ लाख ३८ हजार तीन सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने १ लाख ३५ हजार १५० निर्धारण भएको हो ।

    चाँदीको मूल्य आजका तोलामा ५० रुपैयाँले घटेको छ । आज प्रतितोला रु एक हजार ७ सय निर्धारण भएको छ ।शुक्रबार चाँदी प्रतितोला रु एक हजार ७ सय ५० मा कारोबार भएको थियो । यस आधारमा चाँदी

  • ९ महिनामा ३० अर्ब एफडीआई

    ९ महिनामा ३० अर्ब एफडीआई

    काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०–८१ को ९ महिना (साउन–चैत) मा नेपालमा ३० अर्ब ९ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । यस्तो प्रतिवद्धता गत वर्षको यसैअवधिको तुलनामा सामान्य वृद्धि भएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार गत वर्ष चैतसम्म २८ अर्ब ११ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो ।

    उद्योग विभागका अनुसार चैतसम्म कुल २६९ वटा एफडीआई स्वीकृत भएको छ । जसमध्ये १६ वटा चैतमा स्वीकृत भएको हो । विभागका अनुसार ९६ करोड ५० लाख रुपैयाँ बराबरको लगानी एफडीआई प्रतिवद्धता आएको हो ।

    यससँगै नेपालमा कुल एफडीआई ४ खर्ब ८० अर्ब रुपैयाँ बराबरको पुगेको छ । नेपालमा हालसम्म ६ हजार १२८ वटा विदेशी लगानी स्वीकृत भएको छ । यसवर्ष चैतसम्म स्वीकृति भएका प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतामध्ये २५३ वटा साना उद्योगमा आएको छ । मध्यम खालका उद्योगमा १३ र ३ ठूला उद्योगमा लगानी प्रतिवद्धता आएको छ । यसवर्ष आएको कुल लगानी प्रतिवद्धतामध्ये सबैभन्दा धेरै पर्यटन उद्योगमा आएको छ ।

    यस क्षेत्रमा १२२ एफडीआई स्वीकृत भएको छ । जसको हिस्सा ४५ प्रतिशत हुन आउँछ । दोस्रो नम्बरमा सेवा क्षेत्र रहेको छ । यस क्षेत्रमा ९३ एफडीआई स्वीकृति भएको छ । जसको हिस्सा ३५ प्रतिशत हुन आउँछ । तेस्रो नम्बरमा उत्पादन क्षेत्र रहेको छ । यसमा १२, सूचना प्रविधिमा ९, पूर्वाधारमा ६, कृषिमा ५ र खानीमा २ वटा लगानी स्वीकृत भएको विभागले जनाएको छ । यस वर्ष साउनदेखि चैतसम्म १ हजार ७२० जनाले विजनेश भिसा लिएका छन् ।

  • सुन्तलालाई राष्ट्रिय फलफूलको मान्यता

    सुन्तलालाई राष्ट्रिय फलफूलको मान्यता

    काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फलफूल मान्यता दिएको छ ।

    शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय फलफूल मान्यता दिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। ‘कृषि मन्त्रालयको प्रस्तावमा सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय भएको छ,’ उनले भनिन्।

    सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिन लामो समयदेखि माग हुँदै आएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गतवर्ष देखि नै आफ्नो देशको राष्ट्रिय फल के राख्ने त्यसका बारेमा अध्ययन सुरु गरेको थियो ।

  • सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ३९ हजार

    सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ३९ हजार

    काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेर नेपाली बजारमा सुनले नयाँ रेकर्ड बनाएको हो ।

    शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसै गरी शुक्रबार चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

  • माथिल्लो अरुण र दूधकोशी  आयोजना अगाडी बढाउन सरकार र दातृ निकाय सहमत

    माथिल्लो अरुण र दूधकोशी आयोजना अगाडी बढाउन सरकार र दातृ निकाय सहमत

    काठमाडौं । सरकार र दुई ठूला जलविद्युत आयोजनाका प्रमुख वित्तीय व्यवस्थापक विश्व बैंक, एसियाली विकास बैंकबीच आयोजना निर्माणको काम छिटो थाल्ने सहमति भएको छ । दुई पक्षबीच बिहीबार भएको छलफलमा माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजना अगाडि बढाउने सहमति भएको हो । अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रालयका सचिव र विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने निर्देशक फारिस हजाद जर्भोस तथा एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नाउड काउचियोसबीच दुवै आयोजनाको वित्तीय व्यवस्थापन छिटो सकेर निर्माणको काम अघि बढाउने सहमति भएको हो ।

    संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुणको विश्व बैंकले वित्तीय व्यवस्थापन गर्नेछ । खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बुको सिमानामा पर्ने दूधकोशी नदीमा निर्माण हुने ६३५ मेगावाटको जलासययुक्त दूधकोशी जलविद्युत आयोजनामा एसियाली विकास बैंक नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहुलियतपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्था लगानी रहने छ । दुवै आयोजनामा ७० प्रतिशत ऋण लगानी जुटाउनुका साथै ३० प्रतिशत स्वपुँजी (इक्विटी) बाट वित्तीय व्यवस्थापन गर्ने तयारी छ ।

    आयोजना प्रवर्द्धक नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी माथिल्लो अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेडले आगामी सन् २०२६ को सुरुबाटै आयोजना निर्माण थालिने बताएको छ । आयोजना निर्माणका लागि अनुमानित पाँच वर्षको समयसीमा तोकिएको छ । माथिल्लो अरुणको तयारीस्वरुप २ किलोमिटर सुरुङ मार्ग र २१ किलोमिटर पहुँच मार्ग निर्माणको काम अघि बढेको छ । जग्गा प्राप्ति र मुआब्जा वितरण करिब सकिएको छ ।

    विद्युतको उच्च माग हुने हिउँदको ६ महिना दैनिक ६ घण्टा पूर्ण क्षमतामा सञ्चालन गरिने माथिल्लो अरुण नेपालकै गेमचेन्जर आयोजना हो । सो आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुनेछ । उत्पादित विद्युत ६ किलोमिटर ४ सय केभीको प्रसारण लाइनमार्फत् संखुवासभाको हाइटारमा नयाँ बन्ने सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ ।

    रभुँवाघाटमा निर्माण हुने ६३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा सामावेश गरेको छ । आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत इञ्जिनियरिङ डिजाइन, वातवारणीय प्रभाव अध्ययन मूल्याङ्कनलायतका काम यसअघि नै सकिएका छन् । पहुँच मार्ग निर्माण र मुआब्जा वितरणको काम अन्तिम चरणमा छ । दुवै आयोजनाको अनुमानित लागतबारे प्राविधिक तहमा छलफल गर्ने बताइएको छ ।

  • विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री

    विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देजिग्नेट सञ्जीव पुरी र भारतीय प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् । सीआईआईको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गरेको थियो ।

    भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत महासंघका पधादिकारीहरू र कार्यकारी सदस्यहरूको समेत उपस्थिति रहेको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न इच्छुक रहेको पनि बताए ।

    उनले विदेशी लगानीकर्तालाई सरकारले लजिस्टिक पनि सहयोग गर्ने बताए । उनले सीआईआई प्रतिनिधिमण्डललाई नेपालमा लगानी गर्न आग्रह गरे ।

    अर्थमन्त्री पुनले नेपालको अर्थतन्त्रमा पनि भारतीय अर्थतन्त्रको ठूलो भूमिका रहेको बताए । उनले नेपाल र भारतबीचको व्यापार र लगानी प्रवर्द्धनका लागि आफूले आफ्नो क्षमताले सक्दो प्रयास गर्ने सीआईआई प्रतिनिधिमण्डललाई आश्वासन दिए । उद्योगमन्त्री भण्डारीले नेपालमा विदेशी लगानीकर्ताले स्थापना गर्ने उद्योगलाई सहजीकरण गर्न आवश्यक सबै सहयोग गर्ने बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभामा सहभागी हुन पुरीको नेतृत्वको सीआईआई टोली काठमाडौं आएको थियो । पुरी वार्षिक साधारण सभामा मुख्य वक्ता थिए । प्रतिनिधिमण्डलमा भारतका छ वटा ठूला उद्योगका प्रमुख कार्यकारी अधिकृत समेत रहेका थिए । भेटका क्रममा पुरीले सुधारका लागि सरकार प्रतिबद्ध भएको देखेर आफू खुसी भएको बताए ।

    उनले भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न तयार रहेको बताउँदै नेपाल सरकारसँग सहजीकरणको माग गरे । महासंघका अध्यक्ष ढकालले महासंघमा रहेको एफडीआई हेल्प डेस्क मार्फत महासंघले आवश्यक सबै सहयोग उपलब्ध गराउने बताए । उनले आवश्यक नीतिगत सुधारका लागि सरकारसँग पैरवी गर्न महासंघले अग्रणी भूमिका खेल्ने बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघबीच लामो समयदेखिको साझेदारी रहेको छ । दुई संस्थाले सन् १९९४ मा सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । गत वर्ष महासंघ र सीआईआईले संयुक्त रुपमा भारतमा नेपाल इन्डिया बिजनेस समिट आयोजना गरेका थिए।

  • नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशत हुने, दक्षिण एसियामा भारत बलियो

    नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशत हुने, दक्षिण एसियामा भारत बलियो

    काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

    एडीबीले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०८०’ सार्वजनिक गरी नेपालको अर्थतन्त्र उक्त दरमा बढ्ने प्रक्षेपण गरेको हो । एडीबीले गत आव २०७९/८० मा १.९ प्रतिशतले वृद्धि दर प्रक्षेपण गरेको थियो ।

    यो प्रक्षेपणले नेपालको अर्थतन्त्रमा सुधार आउने देखाएको छ । केही दिनअघि विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको थियो।

    राष्ट्रिय तथ्यांक कार्यालयले केही सातापछि यो वर्षको आर्थिक वृद्धिदरको आकलन सार्वजनिक गर्नेछ।

    यो वर्ष नेपालले दक्षिण एसियामा भारत, बङ्गलादेश, मालदिभ्स र भुटानपछिको सबैभन्दा धेरै आर्थिक वृद्धि हासिल गर्ने छ ।

    दक्षिण एसियामा भारत बलियो

    दक्षिण एसियाली मुलुकमा भारतको अर्थतन्त्र सबैभन्दा धेरै ७ प्रतिशतले बढ्ने एडीबीको प्रक्षेपण छ । यो दक्षिण एसियाली मुलुकमा सबैभन्दा बढी हो ।

    बंगलादेशको ६.१, माल्दिभ्को ५.४ र भुटानको ४.१ प्रतिशतले आर्थिक वृद्धि हुने उसको भनाइ छ । यस्तै पाकिस्तान र श्रीलंकामा भने समान १.९ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण एडीबीको छ ।

    एडीबीले अफगानिस्तानको आर्थिक अवस्थामा कुनै प्रक्षेपण गरेको छैन ।

  • आन्तरिक रोजगारी सरकारको प्राथमिकतामा : श्रम मन्त्री

    आन्तरिक रोजगारी सरकारको प्राथमिकतामा : श्रम मन्त्री

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले सुरक्षित आन्तरिक रोजगारीलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । डेमोक्रेसी मिडिया नेटवर्कले बुधबार काठमाडौमा आयोजना गरेको श्रम बजार, आप्रवास र चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले मुलुक बन्न मुलुकभित्रै रोजगारी सिर्जना हुनुपर्ने बताए ।

    रोजगारी सृजना गर्न निजी क्षेत्रलाई संरक्षण सहित प्रोत्साहन गर्नुपर्ने उनले बताए । ‘सरकारले अनुमति दिएर सञ्चालन भएका निजी क्षेत्रलाई सरकारले नै संरक्षण गरी प्रोत्साहित गर्नुपर्छ । निजी क्षेत्र बलियो भएपछि नै आन्तरिक रोजगारी वृद्धि हुन्छ,’ उनले भने ।

    निजी क्षेत्रसँग सहकार्य गरी अगाडी बढ्न मन्त्रालय सधै तयार रहेको पनि उनले स्पष्ट पारे । आन्तरिक रोजगारीका लागि मन्त्रालयले तालिमलाई जोड दिएको उनको भनाइ छ ।

    ‘मन्त्रालय अन्तर्गत भैंसेपाटीमा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान छ । जहाँ हामीले ६ महिना भन्दा कम अवधिको भोकेसनल तालिम प्रदान गर्ने योजना बनाएका छौं । त्यस्तै शिक्षा मन्त्रालय अन्र्तगत रहेको सीटीईभीटीसँग पनि समन्वय गरी हरेकलाई सिप सिकाउनु पर्छ भन्नेमा हामी छौ,’ उनले भने । आगामी दिनमा कोही वैदेशिक रोजगारीमा जान चाहन्छ भने पनि सीप सिकेर मात्रै जानुपर्ने अवस्थाको सृजना गर्ने कार्यमा बहस चलाउन सबैलाई आग्रह गरे ।

  • सुनको मूल्यमा दिनप्रतिदिन नयाँ रेकर्ड, तोलाको १ लाख ३६ हजार ८ सय

    सुनको मूल्यमा दिनप्रतिदिन नयाँ रेकर्ड, तोलाको १ लाख ३६ हजार ८ सय

    काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ५ सय रुपैयाँ बढेर नेपाली बजारमा सुनले नयाँ रेकर्ड बनाएको हो ।

    मंगलबार प्रतितोला एक लाख ३६ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने एक लाख ३६ हजार ८ सय निर्धारण भएको छ।

    त्यस्तै, तेजावी सुन आजका लागि भने एक लाख ३६ हजार १ सय ५० निर्धारण भएको छ। मंगलबार प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा १५ ले बढेर एक हजार सात सय कायम भएको छ।

  • विश्व बैंक र एडीबीसँग पोर्टफोलियो बैठक अर्थ मन्त्रालयमा

    विश्व बैंक र एडीबीसँग पोर्टफोलियो बैठक अर्थ मन्त्रालयमा

    काठमाडौं । विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा नेपालमा सञ्चालित परियोजनाहरूको समीक्षा सम्बन्धी त्रिपक्षीय पोर्टफोलियो बैठक मंगलबार बसेको छ। अर्थ मन्त्रालयमा बसेको बैठकले दुवै बैंकद्वारा लगानी गरिएका आयोजनाको प्रगतिमा भइरहेका ढिलाइबारे समीक्षा गरेको छ। बैठकमा दुवै बैंकले जग्गा प्राप्ति, ठेक्का प्रणाली, भुक्तानी, वन क्षेत्रको जग्गा भोगाधिकारमा रहेको कानूनी तथा व्यावहारिक जटिलता लगायत कारण आयोजनामा ढिलाइ भइरहेको बताए।

    अर्थमन्त्री वर्षमान पुन, अर्थसचिव कृष्णहरि पुस्कर र सहसचिव श्रीकृष्ण नेपालले ती आयोजनाका प्रणालीगत समस्यालाई नीतिगत सुधारमार्फत र व्यावहारिक समस्यालाई अन्तर मन्त्रालय र एजेन्सीहरूसँगको समन्वयमा समाधान गरिने प्रतिबद्धता जनाए। नेपालमा विश्व बैंकको लगानीमा २।३ अर्बका २३ र एसियाली विकास बैंकको लगानीमा ३।६ अर्बका २६ ९अमेरिकी डलर बराबर० आयोजना सञ्चालनमा छन्। ती दुवै बैंकले सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा र पर्यटनजस्ता क्षेत्रमा लगानी गरेका छन्।

    मन्त्री पुनले आफू दोस्रोपटक मन्त्री भएर आएपछि पहिलोपटक पोर्टफोलियो समीक्षा बैठकमा सहभागी भएको भन्दै यस्ता बैठक चालु आयोजनाका काम अघि बढाउन फलदायी हुने बताए। विकास आयोजना कार्यान्वयनमा दक्षता वृद्धि जरूरी रहेको मन्त्री पुनको भनाइ थियो। मन्त्री पुनले विश्व बैंक र एसियाली विकास बैंक दुवैको लगानीमा सञ्चालित आयोजनाहरूका अधिकांश समस्या आयोजना तयारी, ठेक्का व्यवस्थापन, अन्तर मन्त्रालय तथा एजेन्सी समन्वय, सुरक्षा तथा मानव संशाधन व्यवस्थापनसँग सम्बन्धित रहेको बताए। आफूले योजना कार्यान्वयन गर्ने निकायसँग समन्वय र छलफल गरिरहेको भन्दै मन्त्री पुनले सम्वद्ध निकायबाट कामको गति बढाउने प्रतिबद्धता आएको जानकारी दिए।

    यस्तै उनले त्यस क्रममा आइपरेका समस्यामा सहजीकरण गर्न आफू तयार रहेको बताए। मन्त्री पुनले विश्व बैंक र एसियाली विकास बैंकद्वारा सञ्चालित आयोजनाका काममा ढिलाइ हुनुमा कमजोर ठेक्का व्यवस्थापन एक रहेको उल्लेख गरे।

    केही आयोजनाहरूमा जग्गा अधिग्रहण र समयमै क्षतिपूर्ति उपलब्ध हुन नसक्दा कार्यसम्पादन कमजोर रहेको मन्त्री पुनको भनाइ थियो। यद्यपि अर्थ मन्त्रालयका तर्फबाट उनले ती आयोजना समयमै सक्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता मन्त्री पुनले जनाए। नेपालले विश्व बैंक र एसियाली विकास बैंकसँगको सहकार्यलाई आगामी दिनमा सरकारको विकास प्राथमिकताका आधारमा थप घनिभूत बनाइने बताए।

    बैठकमा मन्त्री पुनसहित अर्थसचिव कर्ण, सहसचिव, नेपाल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एसियाली विकास बैंकका दक्षिण एसिया हेर्ने महानिर्देशक ताकेओ कोनिशी, विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने देशीय निर्देशक फारिस एच हादाद जेर्भोसलगायत सहभागी थिए।

  • आगामी बजेटले कृषि, पर्यटन र सूचना प्रविधिमा जोड दिन्छ : अर्थमन्त्री

    आगामी बजेटले कृषि, पर्यटन र सूचना प्रविधिमा जोड दिन्छ : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष (आव) २०८१–८२ को बजेटमा पूर्वाधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी) का दक्षिण एसिया महानिर्देशक ताकेयो कोनेसीसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले ती क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताएका हुन् । पुनले आर्थिक रूपमा शिथिलता भए पनि सुधार प्रयास गरिरहेको बताए । गत वर्षभन्दा चालु आवमा आर्थिक वृद्धिदर राम्रो हुने प्रक्षेपण भइरहेको भन्दै उनले ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने देखिएको उल्लेख गरे ।

    आगामी आवमा थप राम्रो गर्न सकिने विश्वास मन्त्री पुनले व्यक्त गरे । उत्पादनमूलक क्षेत्रमा वृद्धि घटेको देखिए पनि पर्यटन क्षेत्रमा १९ प्रतिशतको वृद्धि देखिएको उनले बताए । पुनले विश्व बैंक र एडीबीको लगानीमा सञ्चालित विकास आयोजनामा खर्च प्रगति कम रहेको बताए । आन्तरिक र दातृ निकायको लगानीमा सञ्चालित विकास आयोजनामा खर्च बढाउन आयोजना सम्बद्ध मन्त्रालयसँग निरन्तर संवाद र परामर्श गरिरहेको उनको भनाइ थियो ।

    नेपालले पछिल्लो १५ वर्षमा ऊर्जा क्षेत्र र सडक पूर्वधारमा उल्लेख्य विकास गरेको उनले बताए । १५ वर्षअघि २० किलोमिटर सडक बनेकामा हाल सबै प्रकारका गरी १ लाख किलोमिटर सडक निर्माण भएको तथ्यांक अर्थमन्त्री पुनले प्रस्तुत गरे । पहाडमा मध्यपहाडी, तराईमा हुलाकी राजमार्ग र दर्जन संख्यामा उत्तर–दक्षिण करिडोरमा सडक निर्माण भइरहेको उनले बताए ।

    ती सडक निर्माण सम्पन्न भएर सञ्चालनमा आउँदा नेपालको आर्थिक वृद्धिदर निकै राम्रो हुने विश्वास उनले व्यक्त गरे । महानिर्देशक कोनेसीले एडिबीको लगानीमा सञ्चालित आयोजनाका कामबारे चासो राखेका थिए । यस्तै उनले आगामी १६ र १७ वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा एडिबीका उपाध्यक्षको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने बताए ।

  • सुनको मूल्यमा दिनप्रतिदिन नयाँ रेकर्ड

    सुनको मूल्यमा दिनप्रतिदिन नयाँ रेकर्ड

    काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक सय रुपैयाँ बढेर नेपाली बजारमा सुनले नयाँ रेकर्ड बनाएको हो ।

    आज छापावाला सुन तोलामा १ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आज सुनको भाउ १०० रुपैयाँले बढेको हो। सोमबार छापावाला सुन तोलामा १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

    आज तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ।

  • झिनो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    झिनो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ विन्दुमा पुगेको हो ।

    यसदिन ३१५ कम्पनीको ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रुपैयाँ बराबरको ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ३ वटा बाहेक सबैको परिसूचक बढेको छ ।

  • अमेरिकी चेम्बर अफ कमर्शले भेट्यो अर्थमन्त्री, के भयो कुराकानी ?

    अमेरिकी चेम्बर अफ कमर्शले भेट्यो अर्थमन्त्री, के भयो कुराकानी ?

    काठमाडौं । अमेरिकी चेम्बर अफ कमर्सले कर स्थायित्वको वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ । सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिले यस्तो माग गरेका हुन् । अमेरिकन च्याम्बर अमेरिकी लगानीमा नेपालमा स्थापना भई सञ्चालनमा रहेका उद्योगी व्यवसायीहरूको हक हित संरक्षण र प्रवर्द्धन गर्न स्थापित संस्था हो ।

    संस्थामा करिब ५० उद्योग व्यवसाय आबद्ध छन् । भेटमा प्रत्यक्ष वैदेशिक लगानीको महत्व नेपालमा झन् बढ्दै गएको भन्दै स्थायी कर नीतिको माग गरिएको हो । लगानीको क्षेत्र विस्तार गर्न, पूर्व बजेटमा घोषित एफडीआईसम्बन्धी कानुनको कार्यान्वयन विशेष गरी नेपाली आईटी कम्पनीहरूलाई विदेशमा लगानी गर्न अनुमति दिनेसम्बन्धी कानुनहरू बनाउन समेत अर्थमन्त्रीसँग माग गरिएको छ ।

    लगानी सहजीकरण, एफडीआई भएका कम्पनीहरूको हकमा आईपीओपछि एक वर्षको लकअप अवधि, लगानी फिर्ता गर्ने र सहायक कम्पनीका कर्मचारीले प्रधान कार्यालयको सेयर राख्न पाउने सुविधाको समेत माग गरिएको छ ।

    डिजिटल सेवा निर्यात गर्ने व्यवसायलाई छुट दिन, डिजिटल भुक्तानी प्रणालीलाई अनिवार्य गर्न, विद्यमान द्विपक्षीय कर सम्झौता (डीटीएए) को सम्मान गर्दै सरकारलाई थप देशहरुसँग सम्झौता हस्ताक्षर गर्न समेत माग गरिएको छ ।

    अमेरिकी लगायत लगानीकर्ताको हकमा व्यवसायिक भिसाको अवधि बढाउन, व्यावसायिक भिसाको अग्रिम प्रशोधन, लगानीकर्ताको पति वा पत्नीलाई व्यावसायिक भिसा तथा व्यवसायमा काम गर्नेका लागि गैरपर्यटक भिसा दिन समेत माग गरिएको छ । भेटमा अर्थमन्त्री पुनले सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताए । लगानी सम्मेलनको वातावरण बनाउन लगानीसम्बन्धी ऐनका दर्जन प्रावधानमा संशोधन गर्न लागिएको र उक्त संशोधन वैदेशिक लगानी आकर्षित गर्न मात्र नभई आन्तरिक लगानीको वातावरण निर्माणका लागि समेत भएको उनले बताए ।

    मुलुकमा तीव्र आर्थिक विकासका लागि आन्तरिक श्रोत परिचालन मात्र पर्याप्त नहुने भएकाले बाह्य लगानी आकर्षित गर्नैपर्नेमा अर्थमन्त्री पुनले जोड दिए । नेपालमा लगानीको वातावरण बनाउनुपर्छ भन्नेमा राजनीतिक दलहरूबीच एकमत रहेको उनले बताए । ‘सरकारले निजी क्षेत्रलाई ‘ड्राइभिङ’ सिटमै राखेर काम गर्ने हो,’ मन्त्री पुनले भने, ‘सरकार र निजी क्षेत्रबीच आपसी साझेदारी र विश्वासका साथ काम गरौं भन्नेमै प्रधानमन्त्री र मेरो जोड छ ।’

    लगानी वातावरणका लागि नीतिगत निरन्तरता र स्थायित्व हुनुपर्नेमा सरकार स्पष्ट गरेको चर्चा गर्दै उनले पछिल्लो डेढ देशकमा जलविद्युत् र सिमेन्ट उद्योगको विकासमा भएको प्रगतिका कारण नीतिगत स्थायित्व भएको उल्लेख गरे ।

  • दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब २५ करोडको कारोबार

    दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब २५ करोडको कारोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन नेप्से परिसूचक २२. ७५ अंकले बढेर २०२६.८१ विन्दुमा पुगेको हो ।

    यसदिन ३११ कम्पनीको ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३३३ रुपैयाँ बराबरको १ करोड १२ लाख १० हजार १०२ कित्ता शेयर किनबेच भएको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३०७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये २ वटा बाहेक सबैको परिसूचक बढेको छ ।

    नेपाल पुनर्बीमा कम्पनी संस्थापक शेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ९५ करोड २० लाख रुपैयाँको शेयर किनबेच भएको छ । गुराँस लघुवित्तको १९ करोड बढीको कारोबार भएको छ ।

    आज नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानाकी फाइनान्स, गुराँस लघुवित्त वित्तीय संस्था, मानुषी लघुवित्तको मूल्य १० प्रतिशत बढेको छ । तारागाउँ रिजेन्सी होटेल लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

  • सुनको भाउमा नयाँ रेकर्ड, तोलाको १ लाख ३५ हजार नाघ्यो

    सुनको भाउमा नयाँ रेकर्ड, तोलाको १ लाख ३५ हजार नाघ्यो

    काठमाडौं । यो महिना सुनको भाउले अन्तरराष्ट्रिय बजारमा तरंगनै ल्याएको छ। सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाएर बजारलाई तरंगित बनाएको हो । अमेरिकी केन्द्रिय बैंकले बैंक ब्याजदर बढाउने आँकलन पश्चात सुनमा लानी गर्ने लगानीकर्ताहरुको ओहिरो लागेको छ । जसले गर्दा विश्वभर सुनको मूल्यले रेकर्ड कायम गरिरहेको छ ।

    यसैबीच नेपालको अर्थतन्त्रमा पनि सुनको आकाशिएको भाउले प्रभाव पारेको देखिन्छ। नेपालमा पछिल्लो एक महिनामा सुनको मूल्य प्रतितोला १० हजार रुपैयाँले बढिसकेको छ ।

    आज सुन हालसम्मकै उच्च अर्थात १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको छ। गत फागुन २५ गते प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    शुक्रबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज एकै दिन प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको हो । यस्तै चाँदीको मूल्य पनि आज प्रतितोला १६ सय ७० रुपैयाँ पुगेको छ ।

  • नुवाकोटमा फेरी रोकियो काठमाडौंको फोहोर

    नुवाकोटमा फेरी रोकियो काठमाडौंको फोहोर

    काठमाडौं । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडामा व्यवस्थापना गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर व्यवस्थापनमा अवरोध गरेको हो ।

    उक्त समितिका संयोजक श्रीराम ढुङ्गानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएका मागको सुनुवाइ नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहर विसर्जनमा रोक लगाइएको बताए ।

    आज बिहानैदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको उनले जानकारी दिए । ‘फोहर विसर्जनका सम्बन्धमा विगतका सहमतिको कार्यान्वयन र नयाँ मागको सम्बोधनको प्रतिबद्धता नभएसम्म फोहर फाल्न दिंदैनौं,’ उनले भने । बञ्चरेडाँडा ल्यान्डफिलसाइटमा काठमाडौं र ललितपुरका साथै अन्य नगरपालिकाबाट दैनिक एक हजार पाँच सय टन फोहोर व्यवस्थापन हुने गरेको छ । रासस

  • एप्पलले गर्यो ६ सय भन्दा धेरै कर्मचारी कटौती

    एप्पलले गर्यो ६ सय भन्दा धेरै कर्मचारी कटौती

    काठमाडौं । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले छ सयभन्दा धेरै कर्मचारी कटौती गरेको छ । यो आइफोनको जनशक्तिमा कोरोना महामारीपछिको ठूलो सङ्ख्यामा कर्मचारी कटौती हो । एप्पलले छ सय १४ कर्मचारीलाई निकालेको हो । कोरोना महामारीपछि अमेजन, मेटा, गुगल र अन्य प्राविधिक कम्पनीमा पनि कर्मचारी कटौती गरिएको थियो ।

    तर एप्पलले अहिलेसम्म महामारीको ठूलो असर भोगेको थिएन । ब्लुमबर्गले आइफोन निर्माता कम्पनीले कर्मचारी कटौती गर्नुपर्ने अवस्था विद्युतीय कार बनाउने असफल योजनासँग सम्बन्धीत रहेको उल्लेख गरेको छ । क्यालिफोर्निया राज्यको रोजगार विभागलाई गएको मार्च २७ तारिखमा मे महिनामा कर्मचारी कटौती हुन सक्नेबारे जानकारी गराइएको थियो ।

  • ‘नेपाललाई रोजगारी र उत्पादकत्व बढाउने क्षेत्रमा थप स्रोतको खाचो छ’

    ‘नेपाललाई रोजगारी र उत्पादकत्व बढाउने क्षेत्रमा थप स्रोतको खाचो छ’

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालमा रोजगारी सिर्जना र उत्पादकत्व बढाउने क्षेत्रमा केन्द्रित भई लगानी बढाउन विकास साझेदारहरूसँग आग्रह गरेका छन् । शुक्रबार विश्व बैंकको दक्षिण एसिया र नेपाल विकास अपडेट, २०२४ सार्वजनिक कार्यक्रममा अर्थमन्त्री पुनले यस्तो आग्रह गरेका हुन् । उनले दक्षिण एसियामा अन्य मुलुकको तुलनामा नेपालले राम्रो प्रदर्शन गरिरहेको समेत बताए । यद्दपि मुलुकभित्र रोजगारी अभावले युवा पलायन भइरहेको भन्दै नेपालमा रोजगारी सिर्जनाका कार्यक्रमको आवश्यकता रहेको बताए ।

    एकातर्फ पूर्वाधार क्षेत्रमा उच्च रोजगारको आवश्यकता रहेको र अर्कोतर्फ काम गर्ने उमेरका युवाशक्ति काम र अध्ययनका लागि विदेशीरहेको सन्दर्भमा मुलुकभित्रै रोजगारी सिर्जना र उत्पादकत्व सिर्जना गनु आवश्यक रहेको उनले बताए । सोही अनुसारको स्रोत बढाउन उनले विकास साझेदारसँग आग्रह समेत गरे । उनले विश्व बैंकको यो प्रतिवेदन नेपालको नीति निर्माणमा सहयोगी हुने समेत विश्वास व्यक्त गरे ।

    अर्थमन्त्री पुनले सरकार उच्च प्राथमिकता र चासो आर्थिक गतिविधिहरूलाई सहज बनाउनेतर्फ केन्द्रित रहेको बताए । उनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा आर्थिक पुनरुत्थान हुनेमा आशा व्यक्त गरे । उनले भने, ‘राजस्व संकलन न्यून भएकाले सरकारले खर्चलाई प्राथमिकता दिँदै पूँजीगत खर्च बढाउने प्रयास गरिरहेको छ । हामीले वित्त स्थायित्वलाई दिगो स्तरमा कायम राख्न आवश्यक नीतिहरू अवलम्बन गरेका छौं ।’

    सार्वजनिक लगानीको प्रभावकारिता र दक्षता अभिवृद्धि गर्न विश्व बैंक र अन्य विकास साझेदारहरूसँग पनि नजिकबाटै काम गरिरहेको उल्लेख गर्दै मन्त्री पुनले राष्ट्रिय परियोजना बैंकको कार्यान्वयन यसको एउटा उल्लेखनीय उदाहरण भएको दाबी गरे । उनले भने, ‘विश्व बैंकले अर्थ मन्त्रालय र अन्य सरकारी निकायको बृहत् आर्थिक पूर्वानुमान गर्न सक्ने क्षमतामा सुधार गर्न मद्दत गरिरहेको छ ।’

    विश्व बैंकको यो पहलले भविष्यमा अझ यथार्थपरक बृहत् आर्थिक रूपरेखा प्रदान गर्ने उनको अपेक्षा छ । त्यस्तै सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने तयारीमा रहेको जानकारी गराउँदै उनले यो शिखर सम्मेलनले विश्व लगानीकर्ताहरूका लागि नेपाललाई उदीयमान गन्तव्यको रूपमा चिनाउने बताए ।

    उनले भने, ‘विशेष गरी हरित ऊर्जा, पर्यटन, कृषि व्यवसायमा नेपालको गतिशील लगानी परिदृश्यको सम्भावना देखाउने मञ्चको रूपमा काम गर्नेछ । र खासगरी आईटी क्षेत्र ।’ उनका अनुसार देशको सम्पूर्ण लगानीको इकोसिस्टमका लागि कुशल र प्रभावकारी सहजीकरण गर्न लगानी, प्रतिफल र लाभांश फिर्ता लैजाने विषयको आवश्यक संरक्षण र सुरक्षा सुनिश्चित गरिने छ ।

    उनले भने, ‘यस्तो शिखर सम्मेलनले लगानी सम्बन्धी नीतिगत सुधारहरूसँगै उल्लेख्य लगानी ल्याउन र नेपाल आर्थिक अपडेट प्रतिवेदनमा पनि औंल्याइएका मध्यम अवधिको वृद्धि सम्भावनालाई अगाडि बढाउन मद्दत गर्नेछ ।’ उनले आगामी आर्थिक वर्षको बजेट निर्माणको चरणमा रहेको समेत जानकारी गराउँदै वर्तमान आर्थिक विकासलाई मार्गदर्शन गर्ने राम्रो नीति र विनियोजनका लागि विकास साझेदारहरू र सम्बन्धित क्षेत्रहरूबाट रचनात्मक सुझावहरूको स्वागत गर्ने बताए ।

    ‘नेपाल सरकारको तर्फबाट, म विश्व बैंकलाई अर्थतन्त्रमा प्रभाव पार्ने विभिन्न विषयहरूमा अनुसन्धान र प्रकाशनहरू सहित हाम्रो विकासका विभिन्न क्षेत्रहरूमा निरन्तर सहयोगको लागि धन्यवाद दिन चाहन्छु,’ अर्थमन्त्री पुनले भने । कार्यक्रममा पूर्वअर्थमन्त्री डा। युवराज खतिवडाले नेपालको आर्थिक वृद्धिको सन्दर्भमा विश्व बैंकले गरेको प्रक्षेपण दशकौंको लागि चमत्कारिक संख्या भएको बताए ।

    उनले नेपालका लागि विश्व बैंकको ३ देखि ३.५ प्रतिशतसम्मको आर्थिक वृद्धिदरको अनुमान यथार्थपर रहेको बताए । यद्यपि ऊर्जा बाहेक समग्र उत्पादन र औद्योगिक क्षेत्रले राम्रो काम गर्न नसकेको उनको बुझाइ छ । ‘त्यो हामीलाई थाहा छ । त्यसकारण, हाम्रो अर्थमन्त्रीले बजेट वक्तव्यमा बोल्नुभएको भन्दा कम्तीमा आधा वृद्धिदर हासिल गर्ने सम्भावना बढी छ । दोस्रो, अर्को वर्षको लागि ५ प्रतिशत वृद्धि गर्नु कठिन काम भने होइन,’ खतिवडाले भने ।

    नेपालले धेरै मिहिनेत नगरे पनि प्रक्षेपणअनुसारको आर्थिक वृद्धिदर हासिल गर्न सक्ने उनले बताए । उनले भने, ‘हामीले कुनै बाह्य वा आन्तरिक झट्का नपाउँदा पनि हामी सजिलै त्यो हासिल गर्न सक्छौं । ५ प्रतिशत नाघेपछि झटका लाग्न थाल्छ ।’ नेपालले उच्च आर्थिक वृद्धिदर हासिल गर्ने अवस्थामा चालू खातामा बचत देख्न नपाइने उनले बताए । उनले भने, ‘उच्च आर्थिक वृद्धि हुँदा ऋण र आयातमा गिरावट देख्नुहुने छैन, र सायद अर्थतन्त्र सन्तुलनमा छ जस्तो लाग्न सक्छ। उच्च आर्थिक वृद्धि मार्गको लागि निर्यातलाई ड्राइभ गर्नुपर्छ ।’

    कार्यक्रममा विश्व बैंककी प्रमुख अर्थशास्त्री फ्रन्जिस्का लिजेलट अन्सर्जले दक्षिण एसियामा विकास दर बढेको भए पनि भारतकै कारण यो सबैभन्दा छिटो विकास हुने क्षेत्र हुने गरेको बताइन् । उनका अनुसार मार्च २०२२ देखि के भएको छ भने प्रमुख केन्द्रीय बैंकहरूले सन् १९७० को दशकयताकै सबैभन्दा छिटो र कडा मौद्रिक नीतिमा आफ्ना नीतिगत दरहरू बढाएका छन् ।

  • राजस्व चुहावट नियन्त्रणको काम सुरु भएको अर्थमन्त्रीको भनाई

    राजस्व चुहावट नियन्त्रणको काम सुरु भएको अर्थमन्त्रीको भनाई

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले गृह र अर्थ मन्त्रालयको समन्वयमा राजस्व चुहावट नियन्त्रणको काम सुरु भएको बताएका छन् । शुक्रबार राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा संघीय संसदसहित संवैधानिक अंगहरूका सचिवहरूसँग आगामी आर्थिक वर्षको बजेट निर्माण र चालु आर्थिक वर्षको समीक्षाका लागि मन्त्रालयमा शुक्रबार आयोजित अन्तरक्रियामा उनले यस्तो जानकारी गराएका हुन् । चालु आवको हालसम्मको राजस्व संकलनको अवस्था उत्साहजनक हुन नसक्दा अर्थतन्त्रको आन्तरिक सूचक सुधार हुन नसकेको उनको भनाइ छ ।

    लक्ष्य महत्त्वाकाङ्‍क्षी राखिए पनि राजस्व वृद्धि अपेक्षित नभएको उनले बताए । चालु आवको ९ महिनामा हालसम्म ९ प्रतिशत हाराहारीमा मात्र राजस्व संकलन हुनु राम्रो नभएको उनले बताए । यद्यपि आफू मन्त्री भएर आएको करिब एक महिनामा राजस्व संकलनमा केही सुधारका संकेत देखिएको उनको दाबी छ ।


    राजस्व चुहावट नियन्त्रणका लागि अर्थ र गृह मन्त्रालयको राजनीतिक तथा प्रशासनिक नेतृत्वबीच समन्वयमा काम अघि बढेको भन्दै मन्त्री पुनले आर्थिक वर्षको बाँकी तीन महिनामा राजस्व संकलनमा सकारात्मक वृद्धि गर्ने लक्ष्य राखिएको बताए । ‘चालु आवमा ४१ प्रतिशत राजस्व संकलनको लक्ष्य राखिएकामा म आउँदा ९ प्रतिशत हारामारीमा मात्र वृद्धि रहेछ,’ पुनले भने, ‘अर्थ र गृहको अन्तर मन्त्रालय समन्वयमा राजस्व चुहावट नियन्त्रणको काम सुरु गरिसकेका छौं । अब राजस्व संकलन बढ्छ ।’

    मन्त्री पुनले स्रोतको सीमितताभित्र रहेर सत्ता गठन्धनले संविधानको दायराभित्रै बसेर तय गरेको सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमअनुसार आगामी आवको बजेट निर्माणको काम सुरु भइसकेको जानकारी दिए । यो वर्षको बजेट कृषि उत्पादन वृद्धि, विगतमा पूँगीगत खर्चको अवस्था उत्साहजनक नहुने गरेको चर्चा गर्दै मन्त्री पुनले विना अध्ययन र तयारी हचुवाका भरमा कार्यान्वयन हुन नसक्ने योजना यो वर्षको बजेटमा समावेश नगरिने मन्त्री पुनले स्पष्ट गरे ।

    उनले स्रोत सुनिश्चित भएका राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त अयोजनामा समेत बजेट खर्च हुन नसक्नुको जवाफ राजनीतिक र प्रशानिक नेतृत्वले दिनुपर्ने औंल्याए । मन्त्री पुनले नियामक निकायका अनुसन्धानहरूका कारण कर्मचारीतन्त्र काम गर्न हच्किएको भन्ने चर्चा सुनेको भन्दै विधि, प्रक्रिया र कानुनसम्मत काम गर्दा कोही आत्तिनु नपर्ने स्पष्ट गरे ।

    ‘कर्मचारी तन्त्रमा काम गर्ने वातावरण छैन भनिन्छ । कसैले नियामक निकायको हस्तक्षेपले काम भएन भनेको पनि सुनिन्छ’, पुनले भने, ‘कानुनसम्मत काम गर्नेले नियामक निकायसँग डराउनुपर्दैन ।’ फरक प्रसंगमा मन्त्री पुनले प्रक्रिया पुगेर आएका पुरानो दायित्व भुक्तानीका फाइल मन्त्रालमा नरोकिने प्रतिबद्धता जनाए ।आफू मन्त्री भएको एक महिनामा सामाजिक सुरक्षा, दुग्ध किसान तथा विकास आयोजनाका गरी ७० अर्ब भुक्तानी भइसकेको उनले जानकारी दिए । उनले खर्च हुन सक्ने र नतिजा आउने योजनालाई मात्र बजेटको प्राथमिकतामा राखिने जनाए ।

  • आगामी बजेटबारे अर्थमन्त्रीले गरे सचिवहरुसँग छलफल

    आगामी बजेटबारे अर्थमन्त्रीले गरे सचिवहरुसँग छलफल

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सबै मन्त्रालयका सचिवसहित सुरक्षा निकायका प्रमुखसँग चालु आर्थिक वर्षको बजेट कार्यान्वयन तथा आगामी आर्थिक वर्षको बजेट निर्माणबारे छलफल गरेका छन् । बिहीबार अर्थ मन्त्रालय बोलाएर मन्त्री पुनले अधिकांश बजेट कार्यान्वयन गर्ने मन्त्रालय र निकायसँग अन्तर्क्रिया गरेका हुन् । सचिवहरू तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षकको सुझाव सुनेपछि अर्थमन्त्री पुनले सबैको अपनत्व हुने गरी आगामी वर्षको बजेट निर्माण हुने बताए ।

    ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय बाहेक मन्त्रालयको पूँजीगत खर्च ४० प्रतिशतभन्दा तल रहेको तथ्यांक प्रस्तुत गर्दै उनले खर्च क्षमता बढाउनुपर्नेमा जोड दिए । पूँजीगत खर्च कम हुनुमा खर्च गर्ने क्षमता कमजोर हुनुमात्र नभई बजेट विनियोजन कुशलता अभाव पनि उनले कारणका रूपमा औंल्याए । ‘तर, योपटक त्यस्तो हुँदैन । खर्च हुने आयोजनामा मात्र बजेट विनियोजन गर्ने सोचमा अर्थ मन्त्रालय छ,’ मन्त्री पुनले भने, ‘आफैंले राखेका योजना कार्यान्वयन गर्न सकिँदैन भने त्यस्ता अवस्तुगत योजनाले आगामी बजेटमा निरन्तरता पाउन सक्दैनन् ।’

    समयमै बजेट कार्यान्वयन नहुने प्रवृत्तिले अर्थतन्त्र चलायमान हुन नसकेको तथा रोजगारी सिर्जना र पूँजी निर्माणमा समेत नकारात्मक प्रभाव परेको उनको निष्कर्ष थियो । बजारमा पैसा गएमात्र अर्थतन्त्र चलायमान गर्न सकिनेमा कसैको विमति नरहे पनि समयमै खर्च नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए । अर्थतन्त्रको वाह्य क्षेत्र सुधारोन्मुख रहेको तर पूँजीगत खर्चको सीमितता र राजस्व संकलनमा देखिएको संकुचनका कारण आन्तरिक अर्थतन्त्रमा शिथिलता रहेको उनको भनाइ थियो । फरक प्रसंगमा उनले विप्रेषण आप्रवाह बढ्नुमा विदेशिने नेपालीको संख्या बढेर नभई सुशासन कायम गर्ने सरकारको प्रयासले हुन्डी कारोबारमा आएको नियन्त्रणको प्रभाव देखिएको उल्लेख गरे ।

    अर्थ र गृह मन्त्रालयले राजस्व चुहावट नियन्त्रण गर्ने गरी कार्ययोजना बनाएर लागुसमेत गरिसकेकाले चालु आर्थिक वर्षको बाँकी तीन महिनामा राजस्व संकलन बढ्ने विश्वास मन्त्री पुनले गरे । उनले निजी क्षेत्रको मनोबल उठाउन जरुरी रहेकोमा जोड दिँदै व्यक्तिको ज्यान, सम्पत्ति र व्यवसायको सुरक्षा गर्नु राज्यको कर्तव्य भएको बताए ।

    मन्त्री पुनले आगामी आवको बजेट निर्माण गर्दा अनिवार्य दायित्वका लागि बजेट छुट्ट्याउने, यसअघि नै स्रोत सुनिश्चित गरिएका आयोजनालाई आगामी वर्ष खर्च हुने आवश्यक बजेट विनियोजन गर्ने, सिर्जित दायित्व भुक्तानीका लागि आवश्यक रकम प्रस्ताव गर्ने बताए । शिक्षा, स्वास्थ्य, सामाजिक न्याय तथा उत्पादन र रोजगारी सिर्जना हुने खालका कार्यक्रमलाई सरकारले प्राथमिकतामा राख्ने उनको भनाइ थियो ।

  • ८ महिनामा भित्रियो साढे ९ खर्ब रेमिट्यान्स

    ८ महिनामा भित्रियो साढे ९ खर्ब रेमिट्यान्स

    काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८६,९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १८४,२७८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३५१,७६१ र १९२,५५९ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १८.९ प्रतिशतले वृद्धि भई रु. १०४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३.९ प्रतिशतले बढेको थियो ।

  • ८ महिनामा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो

    ८ महिनामा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो

    काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८६,९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १८४,२७८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३५१,७६१ र १९२,५५९ रहेको थियो ।

    समीक्षा अवधिमा खुद ट्रान्सफर १८.९ प्रतिशतले वृद्धि भई रु.१०४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३.९ प्रतिशतले बढेको थियो ।