साना लगानीकर्ता अतालिँदा नेपाली सेयर बजारमा ठूलो गिरावट

काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको चौंथोदिन दिन शेयर बजार मापक सूचक नेप्से ५३.१० अंकले घटेर २४५५.८१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२६ कम्पनीको २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६१९ रुपैयाँ बराबरको ६५ लाख ६० हजार ९४७ कित्ता शेयर किनबेच भएका छन्… Continue reading साना लगानीकर्ता अतालिँदा नेपाली सेयर बजारमा ठूलो गिरावट

दोहोरो अंकले घट्यो नेपाली सेयर बजार,३ अर्बको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से ३७.१८ अंकले घटेर २५०८.९१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३१ कम्पनीको ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७०० रुपैयाँ बराबरको ८३ लाख ३० हजार ९३ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading दोहोरो अंकले घट्यो नेपाली सेयर बजार,३ अर्बको कारोबार

लयमा फर्कियो नेपाली सेयर बजार, सबै परिसूचक हरियाली

काठमाडौं । शेयर बजारमा सुधार आएको छ । पछिल्ला दुई दिनमै १२० अंकले घटेको बजार सोमवार दोहोरो अंकले बढेको हो । विहीवार ४९ अंक र आइतवार ७० अंकले ओरालो लागेको नेप्से सोमवार ३२. २२ अंकले बढेर २५४६.०९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२७ कम्पनीको ४ अर्ब ५४ करोड २३ लाख ४५… Continue reading लयमा फर्कियो नेपाली सेयर बजार, सबै परिसूचक हरियाली

नेपाली सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि निरन्तर ओरालो लागेको शेयर बजारमा साताको कारोबारको पहिलो दिन पहिरो गएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७२. ३० घटेर २५१३.८९ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२६कम्पनीको ४ अर्ब ९ करोड ७ लाख ६५ हजार २२३ रुपैयाँ बराबरको ८९ लाख २० हजार ८९४ कित्ता शेयर… Continue reading नेपाली सेयर बजारमा उच्च अंकको गिरावट

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

काठमाडौं । नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ। नेपाल-कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने लगायतका विषयमा सहमति भएको हो । बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुनःएकीकरणका लागि नेपालले गर्ने प्रस्तावअनुसार अघि बढ्न कतारी पक्षले सहमति जनाएको… Continue reading नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार ३ अर्ब ४१ करोडमा सिमित

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शेयर बजारमा पहिरो गएको छ । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.४ अंकले घटेर २५८४.६१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३१ कम्पनीको ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँ बराबरको ७९ लाख ३२ हजार ७३१ कित्ता शेयर किनबेच भएका छन् । आज… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार ३ अर्ब ४१ करोडमा सिमित

एयरपोर्ट गेटदेखि टर्मिनलसम्म निःशुल्क सवारी सेवा, विदेशिने श्रमिकलाई छुट्टै विश्राम कक्ष

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनदेखि गोल्डेन गेटसम निःशुल्क सटल बससेवा सुरु गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र विश्रामकक्षको समेत व्यवस्था गरेको छ । सटल बस र विश्रामकक्षको संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले आज शुभारम्भ गरे। टर्मिनल भवनदेखि नै ट्याक्सी प्रयोग गर्दा… Continue reading एयरपोर्ट गेटदेखि टर्मिनलसम्म निःशुल्क सवारी सेवा, विदेशिने श्रमिकलाई छुट्टै विश्राम कक्ष

नेपाली सेयर बजारको आरालो यात्रा रोकियो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले बढेको छ । बुधवार नेप्से ५.२८अंकले बढेर २६३३.६६ विन्दुमा कायम भएको छ । यसदिन २२३ कम्पनीको २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाँ बराबरको कारोबार भएको छ । ५३ लाख १० हजार २१५ कित्ता शेयर किनबेच भएका छन् । कारोबारमा आएका १३ वटा… Continue reading नेपाली सेयर बजारको आरालो यात्रा रोकियो

मौद्रिक नीति समीक्षाको प्रभाव: रोकिएन् नेपाली शेयर बजारको पहिरो

काठमाडौं । शेयर बजारमा मौद्रिक नीति समीक्षाको प्रभाव दोस्रोदिन पनि परेको छ । जसको कारण साताको कारोबारको दोस्रोदिन शेयर बजारमा दोहोरो अंकले घटेको छ । मौद्रिक नीति समीक्षा पछिको पहिलो कारोबार भएको दोस्रोदिन सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.५१ अंकले घटेर २६२९.९८ विन्दुमा रहेको छ । आइतवार नेप्से ८०.२९ अंकले घटेको थियो । नेपाल स्टक… Continue reading मौद्रिक नीति समीक्षाको प्रभाव: रोकिएन् नेपाली शेयर बजारको पहिरो

मौद्रिक नीति समीक्षाको प्रभाव: नेपाली सेयर बजारमा पहिरो

काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । बजार खुलेदेखि लगातार ओरालो लागेको नेप्से ८० अंकले घटेर बन्द भएको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामा पनि सेयर धितो कर्जाको सीमा यथावत राखेपछि लगानीकर्ता निरुत्साहित हुँदा बजारमा ठूलो गिरावट आएको हो । लगानीकर्ताले मौद्रिक नीति समीक्षामा यसअघि व्यवस्था गरिएको एक व्यक्तिले एउटा बैंकबाट… Continue reading मौद्रिक नीति समीक्षाको प्रभाव: नेपाली सेयर बजारमा पहिरो

यस्ता छन् मौद्रिक नीति समीक्षामार्फत गरिएका नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । राष्ट्र बैंकले शुक्रबार समीक्षा सार्वजनिक गर्दै अधिकांश व्यवस्था यथावत राखेको छ । सीडी अनुपात, सेयर धितो कर्जा सम्बन्धी व्यवस्था यथावत नै राखेको छ भने आयातमा केही कडाइ गरेको छ । यस्ता छन् राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा… Continue reading यस्ता छन् मौद्रिक नीति समीक्षामार्फत गरिएका नयाँ व्यवस्था

मौद्रिक नीतिको समीक्षा सार्वजनिक, शेयर धितोकर्जाको प्रावधान यथावत

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रवार बिहान नीतिको समीक्षा सार्वजनिक गरेको हो । जसमा शेयर धितोकर्जा सम्बन्धी व्यवस्था गरेको प्रावधानलाई यथावत राखेको छ । राष्ट्र बैंकले शेयर कर्जाको ४/१२ करोडको नीतिमा हेरफेर गरेको छैन । त्यस्तै शेयर धितोकर्जाको सीमा ७० प्रतिशत नै… Continue reading मौद्रिक नीतिको समीक्षा सार्वजनिक, शेयर धितोकर्जाको प्रावधान यथावत

भारतले क्रिप्टोकरेन्सिमा लगाउने भयो प्रतिवन्ध

नयाँ दिल्ली । भारतले क्रिप्टोकरेन्सी माथी प्रतिवन्ध लगाउने भएको छ ।भारत सरकारले डिजिटल मुद्राबारे आफ्नो धारणा केही नरम बनाउँछ कि भन्ने अपेक्षाका बिच प्रतिवन्धको तयारी गरिएको भारतीय संचार माध्यमले जनाएका छन् ।नयाँ नियमअन्तर्गत प्रविधि प्रवर्धनका लागि गरिने केही प्रयोगबाहेक अन्य सबै अवस्थामा निजी क्रिप्टोकरेन्सी प्रतिबन्धित हुने बिबिसीले लेखेको छ । विधेयकको बारेमा घोषणा भएपछि भारतीय… Continue reading भारतले क्रिप्टोकरेन्सिमा लगाउने भयो प्रतिवन्ध

झिनो अंकले घट्यो नेपाली शेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन बिहीवार नेप्से ३.२२ अंकले घटेर २७३१.७८ विन्दुमा कायम भएको छ । यसदिन २३३ कम्पनीको ३ अर्ब ७८ करोड ७ लाख ९ हजार ३३० रुपैयाँ बराबरको कारोबार भएको छ । ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर किनबेच भएका छन्… Continue reading झिनो अंकले घट्यो नेपाली शेयर बजार

नेपालमा चार महिनामा ५ खर्ब ६८ अर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिना (साउन–कात्तिक) मा नेपालको व्यापार घाटा ५ खर्ब ६८ अर्ब पुगेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिक मसान्तसम्म ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको छ । निर्यात  ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँको भएको छ । सोहिकारण ५ खर्ब ६८… Continue reading नेपालमा चार महिनामा ५ खर्ब ६८ अर्ब व्यापार घाटा

कोरोनाका कारण बन्द उद्योग-व्यवसायमध्ये ८७ प्रतिशत संचालनमा

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण बन्द भएका उद्योग व्यवसायमध्ये ८७ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा यस्तो देखाइएको छ । पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग-व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको छ ।सर्वेक्षणको नतिजा अनुसार ८७.२… Continue reading कोरोनाका कारण बन्द उद्योग-व्यवसायमध्ये ८७ प्रतिशत संचालनमा

नेपाली सेयर बजारमा झिनो अंकको सुधार, धेरै गुमाउने गोर्खा फाइनान्सका सेयरधनी

काठमाडौं । सेयर बजार झिनो अंकको सुधार आएको छ । मंगलबार ३२ अंकले घटेको बजारमा आज करिब २ अंकले बढेको हो । सूचकसँगै आज कारोबार रकममा पनि झिनो सुधार सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५ करोडले बढेर सवा ४ अर्ब पुगेको छ । सेयर बजार मापक सूचक नेप्से १.८९ अंकले बढेर… Continue reading नेपाली सेयर बजारमा झिनो अंकको सुधार, धेरै गुमाउने गोर्खा फाइनान्सका सेयरधनी

गुण एयरलाइन्सको पोखरा-भरतपुर नियमित उडान शुरु

काठमाडौं । नेपालको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले पोखरा-भरतपुर नियमित उडान शुरु गरेको छ। गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाका अनुसार आन्तरिक पर्यटनलाई टेवा पुर्याउने उद्देश्यका साथ शुरु गरेको हो । उडानको पहिलो दिनमै यात्रुहरुबाट साथ पाएकाले थप हौसला मिलेको एयरलाइन्सले बताएको छ। गुणले भोलिदेखि पोखरा-भैरहवा र शुक्रबारदेखि पोखरा-नेपालगन्ज अन्तर प्रदेश उडान समेत… Continue reading गुण एयरलाइन्सको पोखरा-भरतपुर नियमित उडान शुरु

कक्षा-११ को रजिष्ट्रेसन फाराम र १२ को परीक्षा आवेदन फारम खुल्यो

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेसन र कक्षा १२ को परीक्षा आवेदन फारम खुला गरेको छ। । बोर्डले शैक्षिकसत्र २०७८र७९ मा भर्ना भएका विद्यार्थीहरूका लागि रजिष्ट्रेसन फाराम खुलाएको हो । कक्षा १२ मा अध्ययनरत विद्यार्थीका लागि परीक्षा आवेदन फारम पनि खुला गरेको जनाएको छ । बोर्डले आउँदो पुस २१ गतेसम्म ४०० रुपैयाँ… Continue reading कक्षा-११ को रजिष्ट्रेसन फाराम र १२ को परीक्षा आवेदन फारम खुल्यो

दोहोरो अंकले घट्यो नेपाली सेयर बजार

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । सोमबार ७ अंकले बढेको बजारमा आज दोहोरो अंकले घटेको हो । सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने झिनो सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २४ अर्बले बढेर ४ अर्ब नाघेको छ । सेयर बजार मापक सूचक नेप्से ३२.३१ अंकले घटेर २७३३.१३ विन्दुमा… Continue reading दोहोरो अंकले घट्यो नेपाली सेयर बजार

गाउँमै च्याउखेति गरेर मनग्ये आम्दानि गर्दै रसुवाकी चन्द्रकुमारी

सरस्वती न्यौपाने, रसुवा कृषि पेसालाई आम्दानिको श्रोत बनाई आयआर्जन गरिरहेकी रसुवा जिल्ला कालिका गापा ३ कटुन्जे निवासी चन्द्रकुमारी न्यौपाने गाउँमा नै च्याउ खेति गरेर आत्मनिर्भर बनेकी छिन् ।उहाँले मनकामना च्याउ तथा फलफुल उद्योग २०७४ सालमा स्थानीय तह र धरेलुमा व्यवसाय दर्ता गरेर काम सुरू गरेकी हुन् ।पासाङ ल्हामु राजमार्ग नजिक रहेको र च्याउको गुणस्तर राम्रो… Continue reading गाउँमै च्याउखेति गरेर मनग्ये आम्दानि गर्दै रसुवाकी चन्द्रकुमारी

बुद्ध एयरले अब दुर्गमका गन्तब्यमा पनि उडान गर्ने

File

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले अब दुर्गम भेगमा समेत उडान बिस्तार गर्ने भएको छ । रामेछापको मन्थली, पश्चिमका लागि पोखरा र सुदूरपश्चिमका लागि नेपालगञ्जलाई हब बनाएर दुर्गममा उडान गर्ने योजना कम्पनीले सार्वजनिक गरेको हो । कम्पनीले २०२३ को प्रारम्भबाटै दुर्गम भेगमा उडानको योजना बनाइएको भन्दै आइतबार यस्तो जानकारी गराएको हो । सो… Continue reading बुद्ध एयरले अब दुर्गमका गन्तब्यमा पनि उडान गर्ने

नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ११.६० अंकले घटेर २७५७.५३ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँ बराबरको ७८ लाख ९४ हजार ४६४ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट

एम्बुलेन्स किन्न प्रवासी नेपालीले पठाएको २८ लाख उतै फिर्ता, के हो कारण ?

Photo : NBA

बागलुङ । बागलुङमा एम्बलेन्स खरीद गर्न प्रवासमा रहेका नेपालीले पठाएको २८ लाख २ हजार रुपैयाँ उतै फिर्ता गरिएको छ । धौलागिरि अस्पतालका लागि सुविधायुक्त एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेले यो रकम पठाएका थिए । राससका अनुसार बागलुङ–अष्ट्रेलिया कमिटीमार्फत प्राप्त सो सहयोग रकमबाट दोस्रो श्रेणीको ट्रमा एम्बुलेन्स किन्ने योजनामा अस्पताल थियो । तर, यो रकमले… Continue reading एम्बुलेन्स किन्न प्रवासी नेपालीले पठाएको २८ लाख उतै फिर्ता, के हो कारण ?

अमेरिकी सहायक विदेशमन्त्री स्वदेश फिर्ता, नेपाललाई के दिए सन्देश ?

काठमाडौं । नेपालको तीन दिने भ्रमण पुरा गरि दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार साँझ स्वदेश फर्किएका छन् । नेपालमा रहँदा उनेल राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारसँग सम्बन्ध स्थापना तथा नवीकरणको प्रयास गरेको बताइएको छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्का,… Continue reading अमेरिकी सहायक विदेशमन्त्री स्वदेश फिर्ता, नेपाललाई के दिए सन्देश ?

एक महिना अगाडी दुबई पुगेका दुई जना दुई किलो सुनसहित विमानस्थलमा समातिए

File

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार २ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । दुबइबाट अरु कसैले उनीहरुलाई भरिया बनाएर नेपाल पठाएको प्रहरीको आंशका छ । प्रारम्भीक बयानका आधारमा उनीहरुलाई भारतीय गिरोहले सुन बोकाएर नेपाल पठाएको हो । उनीहरु नेपाल एयरलाइन्सको जहाजमार्फत दुबइबाट काठमाडौं आएका हुन् । सिरहाका सरोज सहनी र दाङका सीताराम… Continue reading एक महिना अगाडी दुबई पुगेका दुई जना दुई किलो सुनसहित विमानस्थलमा समातिए

एमसीसीबारे अमेरिकी सहायक विदेशमन्त्रीको प्रचण्डसँग विशेष वार्ता

काठमाडौं । नेपालमा एमसीसी परियोजनाबारे सबैभन्दा खुलेर विरोध गरिरहेको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेका मेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले विशेष वार्ता गरेका छन् । उनले नेपाललाई यो सम्झौता चाहिने वा होइन भन्नेबारे विशेष चासो राखेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार शुक्रबार… Continue reading एमसीसीबारे अमेरिकी सहायक विदेशमन्त्रीको प्रचण्डसँग विशेष वार्ता

नेपालमै पहिलोपटक घरजग्गाको मूल्य मापन गर्ने सूचकांक तयार

काठमाडौं । नेपालमा पहिलो पटक घरजग्गाको मूल्य मापन गर्ने सूचकांक तयार भएको छ । नेपाल राष्ट्र बैंकले करिब दुई वर्षको मेहेनतपछि उक्त सूचकांक तयार गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार काठमाडौंमा एक विशेष कार्यक्रम बीच नयाँ सूचकांक सार्वजनिक गरेका हुन् । अब हरेक तीन महिनामा सूचकांक सार्वजनिक हुने नेपाल राष्ट्र बैंकले… Continue reading नेपालमै पहिलोपटक घरजग्गाको मूल्य मापन गर्ने सूचकांक तयार

दोहोरो अंकले घट्यो नेपाली शेयर बजार

काठमाडौं । सेयर बजारमा अंकको करेक्शन आएको छ । यससाताका ३ दिनमा करिब ११५ अंकले बढेको बजारमा आज दोहोरो अंकको करेक्शन आएको छ । सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्बभन्दा धेरैले घटेर सवा ६ अर्बमा सीमित भएको छ । सेयर बजार मापक सूचक नेप्से ३२.३९… Continue reading दोहोरो अंकले घट्यो नेपाली शेयर बजार

काठमाडौंको डेरामै छापिन्छन् नक्कली नोट, कपनबाट ५ जना पक्राउ

काठमाडौं । काठमाडौंमा डेरा भाडामा लिएका मानिसले नक्कली नोट छापेर किनमेल गरेको पाइएको छ । प्रहरीले बुधबार साँझ यस काममा संलग्न रहेको अभियोगमा ५ जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्न… Continue reading काठमाडौंको डेरामै छापिन्छन् नक्कली नोट, कपनबाट ५ जना पक्राउ