विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकालाई उछिन्दै चीन बन्यो संसारकै धनी देश

काठमाडौं । चीन विश्वकै सबैभन्दा धनी देश बनेको छ । अमेरिकालाई पछि पार्दै चीन संसारकै धनी देश बनेको हो । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चीनले कुल सम्पत्तिमा अमेरिकालाई पछि पारेको हो । सन् २०२० सम्म चीनको कुल सम्पत्ति १२० ट्रिलियन पुगेको छ । पछिल्लो २० वर्षमा चीनको सम्पत्ति १७ गुणाले बढेको… Continue reading विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकालाई उछिन्दै चीन बन्यो संसारकै धनी देश

नेपाली सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबारदेखि उकालो लागेको बजार लगातार दोहोरो अंकले बढेको हो । पछिल्ला तीन दिनमै नेप्से करिब ११५ अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै २ अर्बले बढेर साढे ७ अर्ब पुगेको छ । सेयर… Continue reading नेपाली सेयर बजारमा दोहोरो अंकको वृद्धि

विदेशबाट नेपालीले पठाउने रेमिट्यान्स निरन्तर घट्दै

Photo : NBA

काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को शुरुवातबाटै घट्न थालेको रेमिट्यान्स तेस्रो महिना सम्म पनि सोही प्रवृत्ति दोहोरिएको छ । चालु आर्थिक वर्षका तीन महिना (साउन, भदौ र असोज) मा रेमिट्यान्समार्फत २ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ नेपाल आएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा यो रकम… Continue reading विदेशबाट नेपालीले पठाउने रेमिट्यान्स निरन्तर घट्दै

नेपाली शेयर बजारमा उच्च अंकको वृद्धि

काठमाडौं । साताको कारोबारको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । साताको कारोबारको पहिलो झिनो अंकले घटेता सोमबार पनि सोमबार २६ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलवार ६९.२२ अंकले बढेर २७८४.६२ विन्दुमा पुगेर बजार बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२७ कम्पनीको ५ अर्ब ५२ करोड १६ लाख ५० हजार… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको वृद्धि

दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । सोमबार शेयर बजार मापक सूचक नेप्से २६.४४ अंकले बढेर २७१५.५५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ रुपैयाँ बराबरको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर किनबेच भएका छन् । कारोबारमा… Continue reading दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार

कुलमान घिसिङले गरे तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण

तनहुँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको निरीक्षण गर्दै घिसिङले तोकिएको समयभन्दा एक वर्ष अगावै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न आग्रह गरे । “महत्वपूर्ण दातृ निकायको सहभागिता रहेको आयोजना तोकिएकै समयभित्र सम्पन्न गरेर उदाहरण प्रस्तुत गर्नुपर्छ,” घिसिङले भने ।… Continue reading कुलमान घिसिङले गरे तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण

समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी हुन्छ, त्यो कुरा कर्मचारीले जान्नुपर्छ: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले समाजवाद उन्मुख अर्थतन्त्रकाबारे कर्मचारी जानकार हुनुपर्ने बताएका छन् । आइतबार राजस्व प्रशासन सम्बन्धी अधिकृतस्तरीय सेवाकालिन तालिमको उद्घाटन गर्दै मन्त्री शर्माले कस्तो राजस्व नीतिले समाजवाद उन्मुख अर्थतन्त्र हुन्छ भन्ने विषय कर्मचारीले जान्नैपर्ने बताएका हुन् । कस्तो कर प्रणाली, कस्तो राजस्व नीति, कस्तो उत्पादनले समाजवाद उन्मुख अर्थतन्त्र विकास हुन्छ ? त्यो… Continue reading समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी हुन्छ, त्यो कुरा कर्मचारीले जान्नुपर्छ: अर्थमन्त्री शर्मा

झिनो अंकले घट्यो नेप्से, चार कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । साताको कारोबारको पहिलोदिन शेयर बजार झिनो अंकले घटेको छ । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३८अंकले बढेर २८८८ ९२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३० कम्पनीको ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५ रुपैयाँ बराबरको ७४ लाख ३४ हजार ५३७ कित्ता शेयर किनबेच भएका छन् । आज… Continue reading झिनो अंकले घट्यो नेप्से, चार कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

रोकिएन् शेयर नेपाली बजारको पहिरो, धेरै गुमाउने फाइनान्सका लगानीकर्ता

काठमाडौं । साताको कारोबारको अन्तिमदिन शेयर बजारमा पहिरो गएको छ । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९.५७ अंकले घटेर २६९०.२९ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२५ कम्पनीको ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५३९ रुपैयाँ बराबरको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर किनबेच भएका छन् । आज कारोबारमा… Continue reading रोकिएन् शेयर नेपाली बजारको पहिरो, धेरै गुमाउने फाइनान्सका लगानीकर्ता

कोरोना प्रभावित अतिविपन्न परिवारलाई १० हजार अनुदानका लागि आवेदन दिन आह्वान

काठमाडौं । कोरोना भाइरसको महामारीको कहरमा परेका ठूला व्यवसायी तथा व्यापारीले मोटो रकम राहत पाउँदा टुलुटुलु हेर्न बाध्य नागरिकलाई पहिलोपटक सरकारले सानै भए पनि सहयोग गर्ने भएको छ । संविधानमा समाजवाद लेखिए पनि व्यवहारमा राज्यका तर्फबाट राहत पाउन नसकेका अति विपन्न वर्गलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिन लागिएको हो । दिनभरि कमाएर साँझ… Continue reading कोरोना प्रभावित अतिविपन्न परिवारलाई १० हजार अनुदानका लागि आवेदन दिन आह्वान

जनगणनामा सत्य विवरण टिपाउन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । आजबाट देशभर १२ औं राष्ट्रिय जनगणना शुरु भएको छ । देशभर ४० हजारको संख्यामा गणक खटिँदैछन् । उनीहरुले करीव ७० लाख घरमा पुगेर ३ करोड हाराहारी जनसंख्याको विवरण टिपोट गर्नेछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणनामा सत्य विवरण टिपाएर सहयोग गर्न आह्वान गरेका छन् । घरघरमा आउने गणकलाई सही विवरण उपलब्ध गराउन उनले… Continue reading जनगणनामा सत्य विवरण टिपाउन प्रधानमन्त्रीको आह्वान

राष्ट्रिय जनगणना बिहीबारबाट, ८० वटा प्रश्न बोकेर गणक घर-घर पुग्ने

काठमाडौं । १२ औँ राष्ट्रिय जनजणना बिहीबारबाट शुरु हुँदैछ । जनगणनाको सम्पूर्ण तयारीको काम पुरा भएको केन्द्रिय तथ्यांक विभागले जनाएको छ । जनगणनाका लागि देशभरबाट ४० हजार गणक खटिने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए । जनगणनामा खटिने गणकको सहजीकरणमा आठ हजार पाँच सय जना सुपरीवेक्षक खटिने भएका छन् । ४० हजार जना गणकले हरेक… Continue reading राष्ट्रिय जनगणना बिहीबारबाट, ८० वटा प्रश्न बोकेर गणक घर-घर पुग्ने

सरकारले पुनः बढायो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासमा ७५ रुपैयाँ वृद्धि

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिलिण्डिर ७५ रुपैयाँ बढेको छ । अब एक सिलिण्डर ग्यास किन्न १५७५ रुपैयाँ तिर्नुपर्ने भएको छ । हवाई इन्धनमा प्रतिलिटर ५… Continue reading सरकारले पुनः बढायो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासमा ७५ रुपैयाँ वृद्धि

नेपाली शेयर बजारमा उच्च अंकको पहिरो

काठमाडौं । साताको कारोबारको दोस्रो दिन शेयर बजारमा पहिरो गएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९.७९ अंकले घटेर २७४९.८६ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२५ कम्पनीको ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ रुपैयाँ बराबरको १ करोड, १९ लाख १७ हजार ७७ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको पहिरो

त्रिभुवन विमानस्थलको गेटबाट आन्तरिक टर्मिनलसम्म नि:शुल्क बस सेवा शुरु

काठमाडौं । त्रिभुवन विमानस्थलको गेटबाट आन्तरिक टर्मिनल सम्म अब निशुल्क बस सेवा लिन सकिने भएको छ । विमानस्थल पुग्ने पैदल यात्रुलाई लक्षित गरि निशुल्क बस सेवा शुरु गरिएको हो । यो बस टर्मिनलबाट गेटसम्म आउने छ । जसमा विमानबाट झरेका यात्रुले विमानस्थलको गेटसम्म आउने सुविधा पाउने छन् । विमानस्थल भित्र ट्याक्सीले चर्को भाडा लिने गरेको… Continue reading त्रिभुवन विमानस्थलको गेटबाट आन्तरिक टर्मिनलसम्म नि:शुल्क बस सेवा शुरु

नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से १९.२० अंकले घटेर २८२९.६५ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार २३० कम्पनीको ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १०३ रुपैयाँ बराबरको ७२ लाख ७ हजार ३९६ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट

नेपाली सेनालाई चीनले दियो ३ लाख डोज खोपसहित स्वास्थ्य सामग्री

काठमाडौं । चीनले नेपाली सेनालाई ३ लाख डोज कोरोनाविरुद्धको खोप हस्तान्तरण गरेको छ । चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोग स्वरुप १० थान भेन्टिलेटर तथा १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज भेरोसेल खोप प्रदान गरेको हो । सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त सामग्री… Continue reading नेपाली सेनालाई चीनले दियो ३ लाख डोज खोपसहित स्वास्थ्य सामग्री

कोरोना महामारीमा पर्यटकको उद्धार गरेवापत नेपालले पायो अवार्ड

काठमाडौं । कोरोना महामारीका समयमा अलपत्र परेका विदेशी पर्यटकको उद्धारमा उत्कृष्ट काम गरेको भन्दै नेपालले अवार्ड प्राप्त गरेको छ । नेपालले बेलायतमा जारी ट्राभल शोमा ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड प्राप्त गरेको हो । नेपाल पर्यटन बोर्डले यस्तो अवार्ड प्राप्त भएको जानकारी गराएको छ । महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका बेला नेपालका विभिन्न… Continue reading कोरोना महामारीमा पर्यटकको उद्धार गरेवापत नेपालले पायो अवार्ड

कोभिड प्रभावित गरिब परिवारलाई १० हजार दिने कार्यविधि पारित, कसले पाउँछन् अनुदान ?

काठमाडौं । सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएका परिवारलाई राहतस्वरुप १० हजार रुपैयाँ अनुदान दिने गरि कार्यविधि बनाएर राजपत्रमा प्रकाशित गरेको छ । कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि–२०७८ अनुसार कोभिड प्रभावित अति विपन्न परिवारले १० हजार रुपैयाँ अनुदान पाउने भएका हुन् । राजपत्रमा प्रकाशित सूचना अनुसार विगतमा गर्दै आएको रोजगारी… Continue reading कोभिड प्रभावित गरिब परिवारलाई १० हजार दिने कार्यविधि पारित, कसले पाउँछन् अनुदान ?

नेपालले पहिलो पटक भारतमा बिजुली निर्यातको अनुमति पायो, आजैबाट निर्यात शुरु

काठमाडौं । नेपालले भारतमा बिजुली बेच्ने अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयले सहमति दिएसँगै अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले सोमवार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा बिजुली बेच्न गर्न अनुमति दिएको राससले लेखेको छ । पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट… Continue reading नेपालले पहिलो पटक भारतमा बिजुली निर्यातको अनुमति पायो, आजैबाट निर्यात शुरु

नबिल बैंकले ३८ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक नबिल बैंकले गत वर्षको नाफाबाट ३८ प्रतिशत लाभाशं आफ्ना लगानीकर्तालाई बाड्ने भएको छ । यो पछिल्लो चार वर्ष यताकै सबैभन्दा उच्च दर हो । नबि बैंक संचालक समितिको बैठकले मंगलबार बसेको बैठकले उक्त दरमा लाभाशं घोषणा गरेको हो । कुल ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको बैंकले… Continue reading नबिल बैंकले ३८ प्रतिशत लाभांश दिने

राहत पुनर्कर्जाका लागि आवेदन खुल्यो, कसले पाउँछन् ?

काठमाडौं । कोरोना प्रभावित उद्योग तथा व्यवसायका लागि राहत दिन नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई पुनर्कर्जाका लागि आवेदन दिन आह्वान गरेको छ । राष्ट्र बैङ्कद्धारा आइतबार जारी सर्कुलरमा यस्तो उल्लेख छ । वाणिज्य बैङ्क, विकास बैङ्क, वित्तीय संस्था र लुघवित्तले पुनर्कर्जाका लागि आवेदन दिन आसक्ने छन् । बैङ्क तथा वित्तीय संस्थाले आगामी मङसिर… Continue reading राहत पुनर्कर्जाका लागि आवेदन खुल्यो, कसले पाउँछन् ?

एमसीसीले पुनः दोहोर्यायो : सम्झौता तोड्ने वा अगाडी बढाउने नेपालकै हातमा छ

काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले सम्झौता अगाडि बढाउने वा तोड्ने भन्ने विषय नेपालकै हातमा रहेको पुनः दोहोर्याएको छ । आइतबार वक्तव्य जारी गर्दै एमसीसीले पुनः यस्तो प्रतिक्रिया दिएको हो । एमसीसीबारे अहिले नेपालमा मौनता छ । केही समय पहिले एमसीसीका पदाधिकारीले नेपाल भ्रमण गरेका थिए । सो बेला अधिकारीहरुले एमसीसी सम्झौताबारे स्पष्टीकरण दिएको र… Continue reading एमसीसीले पुनः दोहोर्यायो : सम्झौता तोड्ने वा अगाडी बढाउने नेपालकै हातमा छ

राष्ट्रिय वाणिज्य बैंकले एकै पटक माग्यो ८ सय जनालाई रोजगारी

काठमाडौं । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकका लागि आठ सयभन्दा बढी संख्यामा एकै पटक आवेदन मागेका छ । आयोगले वरिष्ठ प्रबन्धकसहित विभिन्न पदमा आठ सय ३५ जनाका लागि आवेदन माग गरेको हो । आवेदन अनलाइनबाट दिन सकिने छ । सोमबारबाट भर्न सकिने गरि आवोदन माग गरिएको छ । २ जना वरिष्ठ प्रबन्धक, ८ जना… Continue reading राष्ट्रिय वाणिज्य बैंकले एकै पटक माग्यो ८ सय जनालाई रोजगारी

इन्धनको मूल्यमा भारी वृद्धि, खाना पकाउने ग्यासमा ५० रुपैयाँ बढ्यो

काठमाडौं । सरकारले फेरि इन्धनको मूल्यमा भारती वृद्धि गरेको छ । शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूलय बढाएको हो । निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको साबिकको विक्रि मूल्यमा ३ रुपैयाँ वृद्धि गरी १३३ रुपैयाँ कायम गरेको जनाएको छ ।… Continue reading इन्धनको मूल्यमा भारी वृद्धि, खाना पकाउने ग्यासमा ५० रुपैयाँ बढ्यो

तिहारको पूर्वसन्ध्यामा जावलाखेलमा शुरु भयो पुष्प प्रदर्शनी

काठमाडौं । तिहारको पुर्वसन्ध्यामा ललितपुरको जावलाखेल खेल मैदानमा पुष्प प्रदर्शनी शुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार १४ औं गोदावरी पुष्प प्रदर्शनीको उद्घाटन गरेका छन् । कोभिड–१९ महामारीका कारण गत वर्ष मेला हुन सकेको थिएन । तिहारमा सबैभन्दा बढी फूलको खपत हुने गर्छ । तर, कोरोनाका कारण प्रभावित भएको व्यवसाय पुरानै अवस्थामा फर्कन भने… Continue reading तिहारको पूर्वसन्ध्यामा जावलाखेलमा शुरु भयो पुष्प प्रदर्शनी

वर्षाबाट धानमा भएको क्षतिको ६५ प्रतिशतसम्म क्षतिपूर्ति दिने सरकारको निर्णय

file

काठमाडौं । सरकारले वर्षाका कारण धानबालीमा भएको क्षतिका आधारमा ६५ प्रतिशतसम्म क्षतिपूर्ति दिने भएको छ । क्षतिको आंकलन गरि अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय सरकारले गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ । सञ्चार तथा… Continue reading वर्षाबाट धानमा भएको क्षतिको ६५ प्रतिशतसम्म क्षतिपूर्ति दिने सरकारको निर्णय

मंसिरदेखि लागु हुने गरि विद्युतको नयाँ महसुल सार्वजनिक

काठमाडौं । मंसिरदेखि लागु हुने गरि विद्युत् नियमन आयोगले विद्युत्को नयाँ महसुल दर सार्वजनिक गरेको छ । दरअनुसार पहिलेको भन्दा औसतमा महसुल २.८४ प्रतिशत कम भएको छ । सिँचाइको प्रयोजनमा प्रयोग हुने बिजुली भने अब ४०.६९ प्रतिशत सस्तो भएको छ । मङ्सिर १ देखिको खपतमा नयाँ महसुल लागु हुनेछ । नयाँ महसुल संरचनाअनुसार करिब १९… Continue reading मंसिरदेखि लागु हुने गरि विद्युतको नयाँ महसुल सार्वजनिक

६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्स, लाखौं आकंक्षी प्रतिक्षारत

काठमाडौं । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)का लागि आवेदन खुलाएको छ । नयाँ लाइसेन्स लिन लाखौं नागरिक प्रतिक्षारत छन् । वैशाख १६ गतेदेखि कोरोना महाकारीका कारण लाइसेन्स बन्द भएको थियो । अनलाइनबाट आवेदन दिन सकिने प्रणाली सोमबार रातिबाट खुलेको विभागले जानकारी गराएको छ । आवेदन प्रणाली खुलेसँगै अब नियमित… Continue reading ६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्स, लाखौं आकंक्षी प्रतिक्षारत

तीन महिनामा नेपालबाट अमेरिकामा ५ अर्ब हाराहारीको वस्तु निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को पहिलो तीन महिनामा नेपालको निर्यात व्यापार चम्किएका छ । यसमा भारत र अमेरिकासँगको हिस्सा ठूलो रहेको भन्सार विभागले जनाएको छ । नेपालले यो अवधिमा अमेरिकाबाट ५ अर्ब ३२ करोड रुपैयाँको वस्तु आयात गरेको छ । नेपालबाट अमेरिकामा भने ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।… Continue reading तीन महिनामा नेपालबाट अमेरिकामा ५ अर्ब हाराहारीको वस्तु निर्यात