काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र सिराहाको भ्रमणमा निस्कदैछन् । आज देशकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उदघाटन गर्ने कार्यक्रम छ । त्यस क्रममा प्रधानमन्त्री यी दुई जिल्लाको भ्रमणमा पुग्ने छन् । उनी नेपाली सेनाको हेलिकप्टरमार्फत् आज धनुषा जाने कार्यक्रम रहेको छ । धनुषामा डेढ घण्टा बिताउने कार्यक्रम रहेको छ । त्यसपछि उनी… Continue reading आज ढल्केवर सवस्टेशनको उद्घाटन गर्न प्रधानमन्त्री पूर्वी तराई झर्दै
Category: अर्थतन्त्र
नेपाली सेयर बजारमा भीषण पहिरो, लगानीकर्ताले एकै दिन गुमाए ७३ अर्ब
काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । साताको पहिलो कारोबार दिन आइतबार करिब ५५ अंकको गिरावट आएको छ । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको आज दोस्रो दिन हो । बिहीबार नेप्से करिब १६.५५ अंकले घटेको थियो । बजारमा ठूलो गिरावट आउँदा लगानीकर्ताले एकैदिन करिब ७३ अर्ब गुमाएका छन् । बिहीबार ३२ खर्ब… Continue reading नेपाली सेयर बजारमा भीषण पहिरो, लगानीकर्ताले एकै दिन गुमाए ७३ अर्ब
पेट्रोलियम पदार्थ बिक्रेताको कमिशन बढ्यो, भार उपभोक्तामाथि
काठमाडौं । नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनबीच निगमका अधिकृत विक्रेताले पाउँदै आएको कमिशन बढाउने सहमति भएको छ । कमिशन बढेसँगै यसको भार भने उपभोक्ताले बोक्नु पर्ने भएको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार अधिकृत विक्रेताले साविकमा पाइरहेको पेट्रोलको कमिशन तीन प्रतिशत र डिजलको कमिशन २.६५५ मा क्रमशः ०.३९५५ र ०.४७५ ले… Continue reading पेट्रोलियम पदार्थ बिक्रेताको कमिशन बढ्यो, भार उपभोक्तामाथि
देशको सबैभन्दा ठूलो सवस्टेशन तयार, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौं । नेपालको सबैभन्दा विद्युत प्रसारण लाइन ढल्केबर सबस्टेशन तयार भएको छ । अहिलेसम्मको सबैभन्दा बढी क्षमताको यो सवस्टेशनलाई अब पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी भएको राष्ट्रिय समाचार समितिले जनाएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सबस्टेशन उद्घाटन गर्ने भर्एका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार ढल्केबरमा अहिले १६० एमभीएका दुई र ३१५ एमभीएको एक… Continue reading देशको सबैभन्दा ठूलो सवस्टेशन तयार, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौंमा भित्रियो बर्डफ्लु, तारकेश्वरमा पुष्टी
काठमाडौं । काठमाडौंमा बल्र्डफ्लु भित्रिएको छ । घरपालुवा पंक्षीमै बर्ड फ्लुको संक्रमण पुष्टी भएको पशु सेवा विभागले जानकारी दिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु पुष्टी भएको हो । त्यहाँ टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर… Continue reading काठमाडौंमा भित्रियो बर्डफ्लु, तारकेश्वरमा पुष्टी
तल्लो अरुण जलविद्यूत आयोजना भारतीय कम्पनीले पायो
काठमाडौं । तल्लो अरुण जलविद्युत आयोजनाको निर्माणको जिम्मा भारतीय कम्पनीले पाएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको ४६ औं बैठकले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना सतलज विद्युत निगम (एसजेभीएन) लाई दिने निर्णय गरेको छ । यो कम्पनी भारत केन्द्र सरकार र भारतको हिमाञ्चल प्रदेश सरकारको संयुक्त लगानी स्थापना भएको हो… Continue reading तल्लो अरुण जलविद्यूत आयोजना भारतीय कम्पनीले पायो
इन्फ्रास्टक्चर बैंकको आइपीओ बाँडफाँड
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आइपीओ शुक्रबार बाँडफाँड भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको काठमाडौं लाजिम्पाटस्थित मुख्यालयमा बिहान १० बजे एक कार्यक्रमबीच निफ्राका आइपीओ बाँडफाँड गरिएको छ। आईपीओ बाँडफाँड कार्यक्रमको प्रत्यक्ष प्रसारण क्यापिटलको फेसबुक पेजमा पनि गरिएको थियो। कम्पनीले माघ २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब… Continue reading इन्फ्रास्टक्चर बैंकको आइपीओ बाँडफाँड
अब मोफसलबाट पनि सुन वितरण हुने, व्यवसायी काठमाडौं धाउन नपर्ने
काठमाडौं । अब काठमाडौं बाहिरबाट पनि सुन व्यवसायीले सुन पाउने भएका छन् । मोफसलबाट समेत सुन वितरण गर्न नेपाल बैंकर्स सङ्घ सहमत भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र बैंकर्स सङ्घका पदाधिकारीबीच बिहीबार भएको छलफलपछि काठमाडौं बाहिरबाट पनि सुन वितरण गर्न सङ्घ सहमत भएको बताइएको छ । यससँगै अब सुन किन्न काठमाडौं नै धाउनु… Continue reading अब मोफसलबाट पनि सुन वितरण हुने, व्यवसायी काठमाडौं धाउन नपर्ने
विपी राजमार्गको पुनःनिर्माणपछि नेपाललाई हस्तान्तरण
काठमाडौं । जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो। पुनःनिर्माण गरिएको विपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए।… Continue reading विपी राजमार्गको पुनःनिर्माणपछि नेपाललाई हस्तान्तरण
दोहोरो अंकले घट्यो नेप्से,कारोबार इतिहासकै सर्वाधिक
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको कारोबार हुने अन्तिम दिन बिहिबार नेप्से १६.५५ अंकले घटेर २४२५.२९ विन्दुमा कायम भएको हो । यसदिन २०९ कम्पनीको २ करोड २१ लाख ५३ हजार ९ सय ८१ कित्ता सेयर किनबेच भएको छ । ९ अर्ब ९८ करोड ८४ लाख ५६ हजार १… Continue reading दोहोरो अंकले घट्यो नेप्से,कारोबार इतिहासकै सर्वाधिक
नेपालमा झनै बढ्यो भ्रष्टाचार, भ्रष्टाचार हुने मुलुकको ११७ औं स्थानमा
काठमाडौं । नेपालमा भ्रष्टाचार झनै बढेको तथ्यांक सार्वजनिक भएको छ । भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सूचकांक नेपाल गत वर्षभन्दा पनि खस्किएको छ । नेपाल ३३ अंकसहित गत वर्षभन्दा ४ स्थान तल झरेको छ । गत वर्ष ३४ अंकसहित नेपाल ११३औं स्थानमा थियो । यो वर्ष ३३ अंक पाउदा अरु… Continue reading नेपालमा झनै बढ्यो भ्रष्टाचार, भ्रष्टाचार हुने मुलुकको ११७ औं स्थानमा
अन्नपूर्ण उखु मिलका संचालक पक्राउ, किसानलाई भुक्तानी नदिएको आरोप
काठमाडौं । उखु किसानको रकम लामो समयसम्म भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन्। प्रहरीका अनुसार उनलाई गतराती काठमाडौंको त्रिपुरेश्वरस्थित घरबाट पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अग्रवालविरुद्ध ठगी सम्बन्धी कसूरमा किटानी परेको थियो । उखु मिलहरुबाट किसानले लामो समयदेखिको वक्यौता भुक्तानी पाएका छैनन् ।… Continue reading अन्नपूर्ण उखु मिलका संचालक पक्राउ, किसानलाई भुक्तानी नदिएको आरोप
दैनिक नयाँ इतिहास रच्दै गएको नेपाली सेयर बजारले फेरि बनायो ऐतिहासिक रेकर्ड
काठमाडौं । सेयर बजारले फेरि ऐतिहासिक रेकर्ड बनाएको छ । पछिल्लो समय दैनिक नयाँ इतिहास रच्दै गएको सेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको हो । आइतबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको नयाँ कीर्तिमान बनाएको हो । नेप्सेले २४४० विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो… Continue reading दैनिक नयाँ इतिहास रच्दै गएको नेपाली सेयर बजारले फेरि बनायो ऐतिहासिक रेकर्ड
प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न प्रधानमन्त्री दाङ जाँदै
काठमाडौं । २०७३ सालमा तत्कालिन प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न आज प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाने भएका छन् । दाङको देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उदघाटन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यहाँ उनले संसद विघटनबारे आफ्नो धारणा समेत राख्नेछन् । यो… Continue reading प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न प्रधानमन्त्री दाङ जाँदै
नेपाली सेयर बजारमा रेकर्डै रेकर्ड,नेप्से इतिहासकै उच्च विन्दुमा
काठमाडौं । सेयर बजारमा उछाल आउँदा नेप्सेले फेरि नयाँ रेकर्डै रेकर्ड बनाएको छ । पछिल्लो समय प्रायः दैनिक नयाँ इतिहास रच्दै गएको सेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको हो । गत बिहीबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । नेप्सेले २४२४ विन्दु पार गर्दै… Continue reading नेपाली सेयर बजारमा रेकर्डै रेकर्ड,नेप्से इतिहासकै उच्च विन्दुमा
सीरम इंस्टीट्यूटले भन्यो : आगलागीबाट १ हजार करोड भारु क्षति
पुने । कोरोना भाइरसको खोप उत्पादन गरिरहेको भारतीय कम्पनी सीरम इंस्टीट्यूट अफ इंडियाको एक नवनिर्मित भवनमा आगलागी हुँदा ५ जना मजदुरको ज्यान गएको छ । बिहीबार भएको यो आगलागीका कारण कम्पनीलाई भने १ हजार करोड भारतीय रुपैयाँ बराबरको क्षति भएको कम्पनीले दावि गरेको छ । पुनेमा यो घटना भएको हो । कम्पनीका सीईओ अदार पूनावालाले… Continue reading सीरम इंस्टीट्यूटले भन्यो : आगलागीबाट १ हजार करोड भारु क्षति
कृषि विकास बैंकमा खुल्यो ३२६ जनाका लागि जागिर
काठमाडौं । बैंकिंग क्षेत्रमा सरकारी जागिर खाने गरी अध्ययन गरिरहेका विद्यार्थीलाई खुसीको खबर छ । आज कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्ने गरी एक साथ ३२६ जनाका लागि जागिर खुलाएको छ । बैंकले वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरसहितका पदमा अधिकृत र विभिन्न पदमा सहायक पदमा… Continue reading कृषि विकास बैंकमा खुल्यो ३२६ जनाका लागि जागिर
नेपाली सेयर बजारमा फेरि नयाँ रेकर्ड, २२ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । पछिल्लो समय प्रायः दैनिक नयाँ इतिहास रच्दै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । नेप्सेले २३७४ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २३७० विन्दु पार गरेको इतिहासमै… Continue reading नेपाली सेयर बजारमा फेरि नयाँ रेकर्ड, २२ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
नेपालमै रासायनिक मल कारखाना स्थापना तयारीसम्बन्धी गृहकार्य थालियो
काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धी सम्बन्धी गृहकार्य शुरु भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपंछि विकास मन्त्री पद्माकुमारी अर्याल र सचिवसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा नेपालमा रासायनिक मल कारखाना स्थापनाको तयारी सम्बन्धी छलफल भएको छ । बैठकमा रासायनिक मल कारखाना स्थापनाको प्रविधि र… Continue reading नेपालमै रासायनिक मल कारखाना स्थापना तयारीसम्बन्धी गृहकार्य थालियो
नेपाली सेयर बजारले फेरि नयाँ रेकर्ड, नेप्से २३४२ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा
काठमाडौं । पछिल्लो समय प्रायः दैनिक नयाँ इतिहास रच्दै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ । सोमबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।मंगलबार सामान्य करेक्शन आएको बजारले आज फेरि नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २३४२ विन्दु पार गर्दै इतिहासकै… Continue reading नेपाली सेयर बजारले फेरि नयाँ रेकर्ड, नेप्से २३४२ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा
नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने भारतको घोषणा
काठमाडौं । भारतले नेपाललाई कोरोना संक्रमणविरुद्धको खोप हस्तान्तरण गरेको छ । बुधबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले १० लाख डोज खोप स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् । अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने त्रिपाठीले बताए । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए… Continue reading नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने भारतको घोषणा
नेपालमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल, मट्टितेलको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल, मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको हो । निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल, मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः ११० रूपैयाँ र… Continue reading नेपालमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य
इसेवा मनिट्रान्सफर र लिगल रेमिटबीच सम्झौता,अस्ट्रेलियाबाट सहजै रेमिट्यान्स् पठाउन सकिने
काठमाडौं । रेमिट्यान्स क्षेत्रमा आफ्नो बजार हिस्सा फराकिलो बनाउँदै लगेका इसेवा मनि ट्रान्सफर र अस्ट्रेलियाको प्रतिष्ठत रेमिट्यान्स कम्पनी लिगल रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। योसँगै अस्ट्रेलियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स् पठाउन अझ सहज भएको छ। रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरााला र लिगल रेमिटका तर्फबाट निर्देशक विवेक ढकालले हस्ताक्षर गरेका… Continue reading इसेवा मनिट्रान्सफर र लिगल रेमिटबीच सम्झौता,अस्ट्रेलियाबाट सहजै रेमिट्यान्स् पठाउन सकिने
नेप्से इतिहासकै उच्च विन्दुमा, लगानीकर्ताको सम्पत्ति साढे ३१ खर्ब नाघ्यो
काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ इतिहास रच्दै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ । आइतबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । नेप्सेले २३३२ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २३३० विन्दु पार गरेको इतिहासमै पहिलो… Continue reading नेप्से इतिहासकै उच्च विन्दुमा, लगानीकर्ताको सम्पत्ति साढे ३१ खर्ब नाघ्यो
उत्पादनमुलक उद्योगलाई लकडाउन अवधिभरको विद्यूत डिमाण्ड शूल्क छूट दिइने
काठमाडौं । उत्पादनमुलक उद्योगहरुले लकडाउन अवधिभरको विद्यूत डिमाण्ड शूल्कमा छूट पाउने भएका छन् । अर्थ मन्त्रालयका अनुसार यो निर्णयको कार्यान्वयन आजबाट हुन लागेको हो । सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने निर्णय गरेको हो । यस्तो व्यवस्था बजेट मै उल्लेख थियो । लामो समयदेखि व्यवसायीले… Continue reading उत्पादनमुलक उद्योगलाई लकडाउन अवधिभरको विद्यूत डिमाण्ड शूल्क छूट दिइने
राज्यमन्त्री खोसिएका व्यापारी दुगडलाई प्रधानमन्त्रीको उपहार, बने विशेष सल्लाहकार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी, व्यवसायी तथा पूर्व राज्यमन्त्री मोतीलाल दुगडलाई आफ्नो विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन् । उनी अब मन्त्रीसरहको नियुक्ति भएका हुन् । यसअघि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा यस पदमा थिए । खतिवडालाई सरकारले अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्ति दिएपछि रिक्त रहेको पदमा दुगडलाई लिइएको हो । संसद विघटनपछि भएको… Continue reading राज्यमन्त्री खोसिएका व्यापारी दुगडलाई प्रधानमन्त्रीको उपहार, बने विशेष सल्लाहकार
पेट्रोलियम पाइपलाइनमा प्वाल पारी डिजेल चोरीको प्रयास
काठमाडौं । नेपाल–भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर डिजेल चोरी भएको भन्दै आज भारतीय संचारमाध्यमले खुलासा गरेका छन् । मोतीहारी अमलेखगञ्ज पाइपलाइन अन्तर्गत नेपाली सीमाबाट एक सय किलोमिटर पर बिहारको सिवान अन्तर्गत नविगन्जमा पाइपलाइन फुटाएर हजारौं लिटर डिजेल चोरी नवभारत टाइम्सले उल्लेख गरेको छ । यता, नेपाल आयल निगमले भने पाइपलाइनमा आक्रमण भएको जानकारी… Continue reading पेट्रोलियम पाइपलाइनमा प्वाल पारी डिजेल चोरीको प्रयास
नेपाली सेयर बजारकै सबैभन्दा ठूलो आईपीओ खुला, कति कित्तासम्म भर्न पाइन्छ ?
काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको छ। बैंकले सर्वसाधारण समूहतर्फको ८ करोड कित्ता आइपिओ छिटोमा माघ ६ गतेसम्म निष्काशन गर्नेछ। यदि पहिलो चरणमा बिक्री नभए दोस्रो चरणमा माघ १६ गतेसम्म निष्काशन गर्ने तयारी गरेको छ। बैंकले ८ करोड कित्तामध्ये कर्मचारीका लागि एक लाख ६० हजार कित्ता सुरक्षित गरेको छ। त्यस्तै… Continue reading नेपाली सेयर बजारकै सबैभन्दा ठूलो आईपीओ खुला, कति कित्तासम्म भर्न पाइन्छ ?
६ महिनामा मात्र १४.४ प्रतिशत पूँजिगत खर्च
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मात्र १४.४ प्रतिशत मात्र पूँजिगत खर्च भएको छ । सरकारको प्राथमिकता विकास निर्माणका काम नपर्दा पूँजीगत (विकास) खर्च दयनीय देखिएको हो । साउन देखि पुससम्म ६ महिनामा ५० अर्ब ८१ करोड रुपैयाँ पूँजिगत खर्च भएको छ । चालु आर्थिक वर्षमा पूँजिगत खर्चको लक्ष्य ३ खर्ब ५२ अर्ब… Continue reading ६ महिनामा मात्र १४.४ प्रतिशत पूँजिगत खर्च
विदेशबाट नेपालीले ५ महिनामा पठाए ४ खर्ब १६ अर्ब रेमिट्यान्स
काठमाडौं । विदेशमा रहेका नेपालीबाट चालु आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात् साउनदेखि मङ्सिरसम्म चार खर्बभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पाँच महिनामा चार खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो रकम गत साल यसै अवधिको तुलनामा १० दशमलव ९ प्रतिशत बढी हो । अमेरिकी डलरमा… Continue reading विदेशबाट नेपालीले ५ महिनामा पठाए ४ खर्ब १६ अर्ब रेमिट्यान्स