काठमाडौं । सरकारले त्रिभुवन विमानस्थलमा मध्यरातपछि अवतरण गर्ने जहाजलाई सहुलियत दिने तयारी गरेको छ । यसको सिफारिस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सरोकारवालालाई निर्देशन दिएका छन् । खासगरी रातको १२ बजेपछि आउने जहाजका लागि नेभिगशनल शूल्क तथा ग्राउण्ड ह्याडिलिङमा दिन सकिने सुविधा सहुलीयत र सुविधाबारे मन्त्री भट्टराईले सरोकारवालासँग प्रस्ताव मागेका हुन्… Continue reading विमानस्थलमा मध्यरातमा आउने जहाजलाई सहुलियत
Category: अर्थतन्त्र
अब धमाधम बन्नेछन् चार्जिङ स्टेशन, आकर्षण बिद्युतिय सवारीमा
काठमाडौं । सरकारले विद्यूतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएसँगै मुलुकभित्र अब पूर्वाधार विकासले गति लिने भएको छ । सरकारले चालु आर्थिक वर्षभित्र मात्र करी डेढ दर्जन स्थानमा चार्जिङ स्टेशन स्थापनाको लक्ष्य सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयक कार्ययोजनामा १ वर्ष भित्र २० स्थानमा चार्जिङ स्टेशन निर्माणको लक्ष्य राखिएको छ । सरकारले… Continue reading अब धमाधम बन्नेछन् चार्जिङ स्टेशन, आकर्षण बिद्युतिय सवारीमा
नेपालमा छोइनसक्नु सुनको भाउ, खुम्चियो बजार
काठमाडौं ।सुनको भाउ आकासीयपछि नेपालमा सुन आम सर्वसाधारणको पहुँचबाट निकै टाढा पुगेको छ । अहिले प्रतितोला सुनको मूल्य ७० हजार नाघेको छ । यो इतिहासकै सर्वाधिक हो । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार भाउ आकासिएपछि बिक्रि ठप्प भएको छ । जसले गर्दा बजार खुम्च्याइदिएको छ । नेपालमा तीन, दशैं र बिवाहको मौसममा बढी सुनको कारोबार… Continue reading नेपालमा छोइनसक्नु सुनको भाउ, खुम्चियो बजार
एक वर्षमा सरकारले तिर्यो ७५ अर्ब ऋण
काठमाडौं । व्यक्तिजस्तै मुलुकले पनि आफ्नो वित्तीय आवश्यकता पुरा गर्न ऋण लिन्छ । निश्चित अवधिमा ऋणको साँवाब्याज भुक्तानी पनि गर्नुपर्छ । नेपाल सरकारले एक वर्षको अवधिका करीव ७५ अर्ब रुपैयाँ लिएको ऋणको साँवा ब्याज भुक्तानीमा खर्च गरेको छ । अर्थ मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५-७६ मा सरकारले वैदेशिक ऋणमा साँवा-ब्याज तिर्ने प्रयोजनका लागि २४… Continue reading एक वर्षमा सरकारले तिर्यो ७५ अर्ब ऋण
खुद्रे आयोजनामा डोजर निषेध
काठमाडौं । सरकारले साना तथा खुद्रे आयोजनामा डोजर लगाउन रोक लगाएको छ । स्थानीय सरकारहरुलाई परिपत्र गर्दै केन्द्र सरकारले उक्त निर्णय गरेको हो । अब एक करोड रुपैयाँसम्मभन्दा साना आयोजनामा डोजर प्रयोगमा रोक लगाएको हो । सरकारी तथा सार्वजनिक आयोजनामा डोजर प्रयोगमा रोक लगाइएको हो । श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा… Continue reading खुद्रे आयोजनामा डोजर निषेध
चर्किदै जापान-दक्षिण कोरिया व्यापारिक सम्बन्ध, के हुन्छ विदेशी कामदारको रोजगारी ?
दक्षिण कोरिया । दक्षिण कोरियाको साउथ सुकुङ्सा प्रान्तमा आप्रवासी कामदार आन्दोलित भएका छन् । नेपालसहितका एक दर्जन मुलुकका विदेशी कामदारले सामूहिक रुपमा ‘जापान बहिष्कार’ आन्दोलनमा ऐक्यबद्धता जनाएको दक्षिण कोरियाली संचारमाध्यमहरुले लेखेका छन् । नेपाल, मंगोलिया, म्यान्मार, बंगलादेश, भियतनाम, श्रीलंका, उज्बेकिस्तान, इन्डोनेशिया, चीन, कम्बोडिया, पाकिस्तान र फिलिपिन्सका आप्रवासी कामदार यो आन्दोलनको समर्थनमा रहेका हुन् । जापानका… Continue reading चर्किदै जापान-दक्षिण कोरिया व्यापारिक सम्बन्ध, के हुन्छ विदेशी कामदारको रोजगारी ?
नेपाल एयरलाइन्सको उपचारमा पर्यटन मन्त्रीको एक्सन
काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावाहक वायुसेवा नेपाल एयरलाइन्सको सुधारमा पर्यटन मन्त्री योगेश भट्टराईले काम थालेका छन् । बुधबार एक अध्ययन समिति गठन गर्दै मन्त्री भट्टराईले निगममा सुधारको खोजी थालेका हुन् । लामो इतिहास बोकेको नेपाल एयरलाइन्सले नेपालमा हवाई यातायातको विकास, पर्यटन क्षेत्रको विकास तथा अन्तर्राष्ट्रिय स्तरमा मुलुकको प्रतिष्ठा बृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ… Continue reading नेपाल एयरलाइन्सको उपचारमा पर्यटन मन्त्रीको एक्सन
एनआरएन युरोप क्षेत्रीय बैठक -चर्चा नेपालमा लगानी, मिसन चुनाबी जोड घटाऊ
विश्वन्युज ,युरोप संवाददाता इटलीको रोममा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएन)को युरोप क्षेत्रीय बैठक १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । आइतबार अबेर सम्पन्न बैठकमा नेपालमा लगानी भित्र्याउने विषय प्रमुख रुपमा छलफल भयो । पर्यटन प्रवद्र्धन, लगानीको अवसर तथा चुनौती र नेपाली नागरिकको निरन्तरताका विषयमा छलफल भएको छ । दुई दिनसम्म रोममा भएको युरोप… Continue reading एनआरएन युरोप क्षेत्रीय बैठक -चर्चा नेपालमा लगानी, मिसन चुनाबी जोड घटाऊ
खाना पकाउने ग्याँस सस्तियो, डिजेल, पेट्रोलमा बढ्यो
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्य घटाएको छ । निगमका अनुसार प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य घटेको छ । घटेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने भएको छ । उता, पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल तथा मट्टितेलमा ५० पैसाका दरले मूल्य बढेको निगमले जानकारी दिएको छ । नयाँ मूल्य सूची अनुसार प्रतिलिटर… Continue reading खाना पकाउने ग्याँस सस्तियो, डिजेल, पेट्रोलमा बढ्यो
अमेरिका चीन व्यापार युद्ध, सेयर बजारमा गयो पहिरो
न्यूयोर्क चीन र अमेरिकाबीचको बढ्दो व्यापार युद्धको प्रभावले सेयर बजारमा अत्यास उत्पन्न गराएको छ । सोमबार अमेरिकी सेयर बजारका अधिकांश तीब्र गतिले घटेका हुन् । चीनसँगको व्यापार वार्ता असफल भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले थप ३०० सय अर्ब डलर बराबरका चीनियाँ उत्पादनमा १० प्रतिशतका दरले भन्सार लगाउने घोषणा गरेका थिए । त्यसको प्रतिकृया स्वरुप चीनले आफ्नो मुद्रा… Continue reading अमेरिका चीन व्यापार युद्ध, सेयर बजारमा गयो पहिरो
तरकारी र फलफूलमा कतिसम्मको विषादी खानलायक ?
काठमाडौं । सरकारले नेपालमा उत्पादित फलफूल तथा तरकारीका लागि किटनाशक विषादीको अधिकतम सीमा तोकेको छ । नेपालमा पहिलो पटक यस्तो सीमा तोकिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार पहिलो चरणमा दश प्रजातीका फलफूल र तरकारीको एमआरएल (म्याक्सिमम रेजिड्यू लिमिट) तोकिएको छ । विभागले स्याउ, केरा, करेला, भन्टा, काउली, बन्दा, भिन्डी, आलु, गोलभेँडा… Continue reading तरकारी र फलफूलमा कतिसम्मको विषादी खानलायक ?
मेलम्चीको ठेक्का चिनियाँ कम्पनीलाई, दशैंपछि काम
काठमाडौं। मेलम्ची खानेपानी आयोजना निर्माण गर्न नयाँ ठेक्का सम्झौताको तयारी भएको छ । मेलम्चीको बाँकि काम सम्पन्न गर्न चिनियाँ कम्पनी छानिएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार सुरुङमार्ग फिनिसिङ र हेडवर्क्सको कामका लागि चिनियाँ कम्पनी सिनो हाईड्रो छनोट भएको हो । आयोजनाको मूल्यांकन समितिले उक्त कम्पनी छानेको हो । एसियाली विकास बैकले स्वीकृति दिएमा… Continue reading मेलम्चीको ठेक्का चिनियाँ कम्पनीलाई, दशैंपछि काम
पेट्रोलपम्प व्यवस्थित बनाउने तयारी
काठमाडौं । काठमाडौं महानगरपालिका भित्र जथाभावी खुलेका पेट्रोलपम्पलाई व्यवस्थित बनाइने भएको छ । मापदण्ड बीना नयाँ पेट्रोलपम्प खोल्न नदिने र भएका पेट्रोलपम्पले पनि व्यवस्थित संचालनको वातावरण बनाउनु पर्ने निर्णय महानगरपालिकाले गरेको छ । महानगरपालिकाका अनुसार अब महानगर भित्र सडक किनारमा बीना मापदण्ड कुनै पनि पेट्रोलपम्प खोल्न अनुमति दिइने छैन । खासगरी सडक किनारमै पेट्रोलपम्प खुल्दा… Continue reading पेट्रोलपम्प व्यवस्थित बनाउने तयारी
सुनको मूल्यले राख्यो कीर्तिमान
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । आइतबार ईतिहासमै सबैभन्दा उच्च मूल्यमा सुनको कारोबार भएको हो । नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला ६६ हजार ३ सय रुपैयाँ मूल्यमा पुगेको हो । तेजाबी सुनको मूल्य भने प्रतितोला ६६ हजार कायम भयो । शुक्रबार ६५ हजार ८ सयमा पुगी… Continue reading सुनको मूल्यले राख्यो कीर्तिमान
भूकम्पले भत्काएका ४ लाख २४ हजार घर पुनर्निर्माण सकियो
काठमाडौं । १२ वैशाख २०७२ को भूकम्प र त्यसपछिका परकम्पबाट प्रभावित ४ लाख २४ हजार ९७७ लाभग्राहीका घर निर्माण सम्पन्न भएका छन् । थप २ लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जानकारी दिएको छ । पुनर्निर्माण सम्पन्न र बनाउँदै गरेका सहित कुल ६ लाख ४४ हजार २९१ घर पुनर्निर्माणको प्रक्रियामा… Continue reading भूकम्पले भत्काएका ४ लाख २४ हजार घर पुनर्निर्माण सकियो
६४ अर्बमा बन्ने भयो औद्योगिक पार्क
काठमाडौं । झापाको दमकमा औद्योगिक पार्क निर्माण गर्न लगानी बोर्डले लगानी स्वीकृत गरेको छ । बोर्डका अनुसार यो परियोजनाको लागत ६४ अर्ब रुपैयाँ रहेको छ । चीन–नेपाल फ्रेण्डसीप औद्योगिक पार्क निर्माण हुन लागेको हो । स्वीकृत भएको यो लगानी कार्यान्वयनमा आउँदा सम्भवतः अहिलेसम्मकै ठूलो विदेशी लगानी हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको… Continue reading ६४ अर्बमा बन्ने भयो औद्योगिक पार्क
नेपालको पानी विदेश निर्यातको तयारी
काठमाडौं । नेपालको पानी अब विदेशमा निर्यातको तयारी शुरु गरिएको छ । रुद्र गंगा नेचुरल वाटर कम्पनीले रसुवाबाट स्प्रिङ पानीको उत्पादन थालेको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त पानीको ब्राण्ड सार्वजनिक गरिएको हो । हिमालबाट बगेर आउने शुद्ध पानी प्रशोधन गरी उत्पादन थालिएको हो । खानेपानी मन्त्री बिना मगरले रसुवा ब्रान्डको पानी उत्पादन… Continue reading नेपालको पानी विदेश निर्यातको तयारी
प्रधानमन्त्री रोजगार कार्यक्रमको श्रममन्त्री स्वयमःद्धारा प्रशंसा
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वयमःले प्रशंसा गरेका छन् । सफल रोजगार कार्यक्रम भएपनि छिटपुट उदाहरण लिएर आलोचना गर्न नमिल्ने उनको तर्क थियो । मन्त्री विष्टका अनुसार एक महिना चलेको यस कार्यक्रमका दौरान १ लाख ७६ हजार बेरोजगार नागरिकले काम पाएका छन् । उनले यस कार्यक्रमको प्रशंसा हुनुपर्ने… Continue reading प्रधानमन्त्री रोजगार कार्यक्रमको श्रममन्त्री स्वयमःद्धारा प्रशंसा
भूकम्पबाट पूर्ण क्षति भएका ७० सरकारी भवन पुनर्निर्माण सम्पन्न
काठमाडौं । २०७२ साल वैशाखको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारीरसार्वजनिक भवनहरुमध्ये ७० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । त्यसमा सरकारको स्रोतका ३० वटा छन् भने ४० वटा एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगका छन् । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलका अनुसार सरकारको स्रोतबाट पुनर्निर्माण भइरहेका बाँकी २१ वटा चालु… Continue reading भूकम्पबाट पूर्ण क्षति भएका ७० सरकारी भवन पुनर्निर्माण सम्पन्न
मलेसियाको रोजगारी खुलाउन माग गर्दै व्यवसायी आन्दोलित
काठमाडौं । वैदेशिक रोजगार व्यवसायी आन्दोलनमा उत्रिएका छन् । १४ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउन माग गर्दै व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । मलेसियाको रोजगारी नखुलाए व्यवसायको लाइसेन्स नै सरकारको जिम्मा लगाउने चेतावनी उनीहरुले दिएका छन् । व्यवसायी मंगलबार वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण धर्नामा उपस्थित थिए । म्यानपावर व्यवसायीको सबैभन्दा ठूलो आम्दानीको स्रोत नै मलेसिया… Continue reading मलेसियाको रोजगारी खुलाउन माग गर्दै व्यवसायी आन्दोलित
एक वर्षमा ७५३ नेपालीको विदेशमा निधन
काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पगेका ७५३ जना नेपाली युवा अब कैले पनि नउठ्ने गरी काठको बाकसमा स्वदेश फर्किएका छन् । बैदेशिक रोजगार बोर्ठले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५\७६ को तथ्यांक अनुसार एक वर्षको अवधिमा विदेशमा मृत्यु भई स्वदेश शव ल्याइएका ७५३ जनाको परिवारलाई क्षतिपूर्ति प्रदान गरेको छ । यस तथ्यांकमा अवैधानिक रुपमा… Continue reading एक वर्षमा ७५३ नेपालीको विदेशमा निधन
युवा विदेशमा-नेपालको बारी बाँझै, व्यापार घाटामा डुब्दै देश
काठमाडौं । आर्थिक वर्ष २०७५\७६ मा नेपालको व्यापार घाटा १३ खर्ब २१ अर्ब पुगेको छ । एक वर्षको अवधिमा नेपालले १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्यो । त्यसमध्ये आयात मात्र १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । निर्यात भने वर्षभरमा १ खर्ब पनि पुगेन । यस अवधिमा… Continue reading युवा विदेशमा-नेपालको बारी बाँझै, व्यापार घाटामा डुब्दै देश
मनसुन अवधिमा साढे ३ अर्बको कृषि उपजमा क्षति
काठमाडौं । असार अन्तिम सातादेखि साउन पहिलो सातासम्म आएको मनसुन र त्यसले उत्पन्न गरेको विपदले करीव साढे ३ अर्ब रुपैयाँ बराबरको कृषि उपजमा क्षति गरेको छ । त्यसमा सबैभन्दा ठूलो क्षति प्रदेश २ मा भएको हो । कृषि तथा पशुपंछि विकास मन्त्रालयका अनुसार प्रदेश २ का ८ वटै जिल्ला बाढीबाट प्रभावित भए । ८ जिल्लामा… Continue reading मनसुन अवधिमा साढे ३ अर्बको कृषि उपजमा क्षति
चीनबाट नेपाल फर्काइयो महिला कामदार
बेइजिङ । चीनको गार्मेन्टमा काम गर्न पुगेका महिला कामदारलाई नेपाल फर्काइएको छ । बेइजिङस्थित नेपाली दूतावासका अनुसार ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशङ गार्मेन्ट कारखानामा काम गरिरहेका ४४ नेपाली महिला कामदारलाई स्वदेश फर्काइएको हो । दूतावासका अनुसार उनीहरुलाई दालियान विमानस्थलबाट शनिबार नेपाल पठाइएको छ । उनीहरु आइतबार नेपाल पुग्ने दूतावासले उल्लेख गरेको छ । श्रम अनुमति लिएर… Continue reading चीनबाट नेपाल फर्काइयो महिला कामदार
जनकपुर विमानस्थलमा अब इन्धन भर्ने सुविधा
जनकपुर । वायुसेवा कम्पनीले अब जनकपुर विमानस्थलमा पनि जहाजमा इन्धन भर्न पाउने भएका छन् । जसले गर्दा जहाजले अतिरिक्त इन्धन बोकेर जानुपर्ने बाध्यता हटेको छ । शुक्रबार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादबले हवाई इन्धन रिफ्युलिङ स्टेशनको उद्घाटन गरेका हुन् । नेपाल आयल निगमले जनकपुर विमानस्थल संचालनमा आएको ५३ वर्षपछि हवाई इन्धन रिफ्युलिङ स्टेशन… Continue reading जनकपुर विमानस्थलमा अब इन्धन भर्ने सुविधा
आगामी साता पेट्रोलियम पाइपलाइन उद्घाटन, दुई प्रधानमन्त्रीले स्वीच थिच्ने
काठमाडौं । अन्तर देशीय पेट्रोलियम पाइपलाइन आगामी साता उद्घाटन हुने भएको छ । उद्घाटन भएसँगै पाइपलाइन संचालनमा आउने छ । त्यसपछि डिजेल आयात पाइपलाइनबाट शुरु हुने छ । अगस्ट पहिलो साता पाइपलाइन उद्घाटनको चाँजोपाँजो मिलाउने गरी तयारी भइरहेको नेपाल आयल निगमका एक अधिकारीले जानकारी दिए । पाइपलाइनको नेपाल र भारतका प्रधानमन्त्रीले स्वीच थिचेर गर्नेछन् ।… Continue reading आगामी साता पेट्रोलियम पाइपलाइन उद्घाटन, दुई प्रधानमन्त्रीले स्वीच थिच्ने
पाकिस्तानमा बिग्रदो आर्थिक अवस्था
प्रधानमन्त्री इमरान खानले सत्ता सम्हालेको १ वर्ष पुगेको छ । यसबीचमा अर्थतन्त्रमा आएको भारी गिरावटले उनीमाथि आम नागरिकको आक्रोस त बढ्दै गएको छ नै अर्थतन्त्रका सूचकांकले समेत उनलाई समर्थन गरिरहेको देखिदैन । अंतरराष्ट्रीय संचारमाध्यमले उल्लेख गरेअनुसार पाकिस्तानमा भुक्तानी सन्तुलन घाटामा गएको छ भने आर्थिक वृद्धिमा पनि गिरावट आएको छ । अमेरिकी डलरको तुलनामा पाकिस्तानको मुद्रा… Continue reading पाकिस्तानमा बिग्रदो आर्थिक अवस्था
सरकारले थप्यो करीव १ हजार दरवन्दी
काठमाडौं । सरकारले करीव १ हजार कर्मचारीको दरवन्दी थप गरेको छ । राजपत्रांकित श्रेणीमा एक हजार कर्मचारीको अस्थायी दरबन्दी थप्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । सरकारले विभिन्न आयोजना सञ्चालनका लागि भन्दै तीन वटा मन्त्रालयमा दरवन्दी थप गर्ने निर्णय गरेको हो । खानेपानी मन्त्रालय, वन तथा… Continue reading सरकारले थप्यो करीव १ हजार दरवन्दी
अब हवाईमा नियमन र सेवा प्रदायक छुट्टाछुट्टै संस्थाबाट
काठमाडौं । नेपालमा हवाई सेवाको नियमन र सेवा अब छुट्टाछुट्टै संस्थाबाट संचालन हुने भएको छ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन र हवाई प्राधिकरण ऐन बनाउन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले सूचना तथा संचार प्रविधि मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा उक्त जानकारी दिएका हुन् । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित… Continue reading अब हवाईमा नियमन र सेवा प्रदायक छुट्टाछुट्टै संस्थाबाट
पर्यटकीय गन्तब्यमा विदेशी मुद्रा सटही सुविधा
काठमाडौं । देशका मूख्य पर्यटकीय क्षेत्रमा अब विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै प्रमुख पर्यटकीय स्थलहरुमा बैंक तथा वित्तीय संस्थाहरुहरुलाई छुट्टै काउण्टर खोली विदेशी मुद्रा सटही गर्न सक्ने सुविधा दिन लागिएको नेपाल राष्ट्र बैंकले बताएको छ । बुधबार सार्वजनिक मौद्रिक नीति मार्फत राष्ट्र बैंकले पर्यटकीय… Continue reading पर्यटकीय गन्तब्यमा विदेशी मुद्रा सटही सुविधा