Category: अर्थतन्त्र

  • राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

    राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

    काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन्।

    मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्ष नियुक्त गरेको हो। प्रधानमन्त्रीले श्रेष्ठलाई सोमवार पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।

    यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए। उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्।

    श्रेष्ठले अष्ट्रेलियाको युनिभर्सिटी अफ ओलङगोङबाट अर्थशास्त्रमा पीएचडी गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट एमपीए, बीएल र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।

  • केरुङ–काठमाडौं रेलमार्ग हेर्न आएको चिनियाँ टोली स्वदेश फिर्ता

    केरुङ–काठमाडौं रेलमार्ग हेर्न आएको चिनियाँ टोली स्वदेश फिर्ता

    काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न नेपाल आएको चिनियाँ प्राविधिक टोली स्वदेश फिर्ता भएको छ । यो टोली तीन साता नेपाल बसेको थियो । टोलीले सम्भाव्यता अध्ययनका लागि भौगोलिक अवस्थिति बारे जानकारी लिएको बताइएको छ । २५ र २६ पुसका दिन टोली रसुवा पुगेको थियो । टोलीले सम्भाव्यता अध्ययन गर्ने ठाउँ हेरेको रेल विभागले जनाएको छ ।

    प्राविधिक टोलीले स्थान हेरेर फर्किएपछि अब रेलमार्ग निर्माणको प्रक्रियाले गति लिएको निष्कर्ष विभागको छ । प्राविधिक टोली पुनः फागुनमा नोपल आउने बताइएको छ । रेलमार्गको सम्भाव्यता अध्ययन गर्न पुस १२ मा चिनियाँ प्राविधिक टोली नेपाल आएको हो । दुई देशबीचमा रेलमार्ग निर्माणको आर्थिक मोडालिटी अझै टुंगो लागेको छैन । सम्भाव्यता अध्ययनको सम्पूर्ण खर्च भने चीन सरकारले बेहोर्ने छ ।

  • प्रवासी नेपालीसँग अर्थमन्त्रीले भने-‘रेमिट्यान्सलाई व्यवस्थित गर्न सरकार नीतिगत सुधारका लागि तयार छ’

    प्रवासी नेपालीसँग अर्थमन्त्रीले भने-‘रेमिट्यान्सलाई व्यवस्थित गर्न सरकार नीतिगत सुधारका लागि तयार छ’

    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् ।

    प्रवासी नेपाली मञ्ज अमेरिकाले शनिबार राती आयोजना गरेको रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई भर्चुवल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्राउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको बताएका हुन् ।

    अर्थमन्त्री पौडेले भने, ‘रेमिट्यान्स जति जेनरेट हुने गरेको छ, त्यसको ठूलो हिस्सा लिगल च्यानलबाट भित्राउन सकेका छैनौं । लिगल च्यानलबाट देशभित्र भित्राउनका लागि लिनु पर्ने नीति, गर्नुपर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका कार्यक्रमहरु अघि सार्न सरकार तयार छ ।’

    रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा, निर्माणको क्षेत्रमा र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सक्छौं भन्दै उनले त्यसका लागि नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्याहरुलाई परिमार्जन र सुधार गर्दै जाने बताए ।

    गैरआवासीय नेपालीले उठाएको नागरिकता सम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै पौडेलले भने ‘गैरआवासीय नेपालीहरुको आर्थिक तथा सामाजिक अधिकार सहितको नागरिकता प्राप्त गर्ने संविधानमा हामीले जुन प्रबन्ध गरेका छौं । त्यो छिट्टै पूरा गर्ने गरी हामी अघि बढेका छौं । त्यसबाट सहज ढंगले नागरिकता प्राप्त गर्न सक्ने र नेपालमा लगानी गर्न थप अनुकुल परिस्थिति सिर्जना हुनेछ ।’

    वैदेशिक लगानी तथा प्रविधि सम्बन्धी ऐेनले गैरआवासीय नेपालीहरुलाई विदेशी नागरिक सरह लिएको विषयप्रति गैरआवासीय नेपालीहरुले ध्यानाकर्षण गराएको जानकारी दिँदै उनले त्यस विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    गैरआवासीय नेपालीहरुले नेपालमा आउँदा भिसा लिनु पर्ने विषयमा पनि ध्यान गएको भन्दै तथा अर्थमन्त्री पौडेलले गैरआवासीय नेपालीहरुको नागिरकता सम्बन्धी विषय समाधान गरेसँगै यो समस्या पनि समाधान हुने विश्वास व्यक्त गरे ।

    ‘नेपालको आर्थिक विकासमा प्रवासमा रहनु भएका प्रवासी नेपाली गैरआवासीय नेपाली अन्यन्तै ठूलो योगदान छ । आउने दिनमा अझ प्रभावशाली हुँदैछ भन्ने अपेक्षा गर्न चाहन्छु,’ अर्थमन्त्री पौडेलले आग्रह गर्दै भने ‘रेमिट्यान्सका कोणबाट मात्र होइन, वैदेशिक लगानीका निम्ति पनि नेपालको सद्भावना दूतका रुपमा प्रत्येक प्रवासी र गैरआवासीय नेपालीले भूमिका खेलिदिनुस भन्ने अपेक्षा गर्न चाहन्छु । नेपाल लगानीका निम्ति सुरक्षित स्थान हो । प्रतिफल दिने स्थान हो । त्यो सन्देश संसारभरका लगानीकर्ताका बीचमा पुर्याइदिनुहोस् भन्ने आग्रह छ ।’

    नेपालमा राजनीतिक स्थायित्वका बारेमा गैरआवासीय नेपालीले चिन्ता गर्ने गरेको सन्दर्भमा स्पष्ट पार्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भने, ‘कुनै पार्टीको बहुमत भएन भने सहकर्मीहरु खोजेर राजनीतिक स्थायित्व गरे र त्यसलाई अगाडि बढाउनु पर्ने विशिष्ट अभिभारा नेपाली राजनीतिज्ञहरु र पार्टीहरुका सामुमा छ किनभने स्थायित्व विकास, समृद्धि र समाजवादको पूर्व शर्त बनेको छ ।’

    कार्यक्रमका सहभागीहरुले रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपालको अर्थतन्त्रलाई मजबुत पार्न कृषि, पर्यटन, उर्जा, पूर्वाधार, मानवीय संशाधन, औद्योगीकरण, सेवा क्षेत्र, सामाजिक सुरक्षा लगायतमा जोड दिनु पर्ने सुझाव दिएका थिए ।

  • बजेटरी सहायता बढाउन विश्व बैंकसँग अर्थमन्त्रीको आग्रह

    बजेटरी सहायता बढाउन विश्व बैंकसँग अर्थमन्त्रीको आग्रह

    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैङ्कसँग आग्रह गरेका छन् । माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जार्भोससहितको प्रतिनिधिमण्डलसँग शुक्रबार औपचारिक भेटवार्ता गर्दै अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरेका हुन् ।

    चालू आर्थिक वर्ष विश्व बैङ्कबाट बजेटरी सहायता प्राप्त हुने गरी स्रोत सुनिश्चित भएका योजना तथा कार्यक्रमका लागि आवश्यक पूर्वकार्य पूरा गर्न अर्थ मन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि पौडेलले जनाए । आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री पौडेलको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।


    विश्व बैङ्कको सहायतामा सञ्चालित आयोजनामा देखिएका समस्याका कारण पहिचान गरी समाधान गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिँदै अर्थमन्त्री पौडेलले कमजोरी र गुनासा नआओस् भन्नेतर्फ आफूले ध्यान दिएको बताए । विभिन्न क्षेत्रमा विश्व बैङ्कले गरेको सहयोगको प्रशंसा गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले माथिल्लो अरुण, ग्रामीण सडकलगायतका आयोजना नेपालको प्राथमिकतामा रहेको जानकारी गराए । विश्व बैङ्कसँगको सम्बन्ध अझ घनिष्ठ हुने र सहकार्यले थप उचाइ लिने विश्वास व्यक्त गर्दै अर्थमन्त्री पौडेलले आयोजना सफल बनाउन राजनीतिक नेतृत्वको सहयोग हुने बताए ।

    विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जर्भोसले विश्व बैङ्कको सहायतामा सञ्चालित आयोजना प्राथमिकतामा पर्ने विश्वास व्यक्त गरे । उनले विश्व बैङ्कको सहायतामा सञ्चालित आयोजनामा देखापरेका समस्या समाधानका लागि सहजीकरण गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई आग्रह गरेका छन् ।

  • खर्च घटाउने अर्थ मन्त्रालयको यस्तो छ योजना

    खर्च घटाउने अर्थ मन्त्रालयको यस्तो छ योजना

    काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा चालु खर्च घटाउनका लागि विभिन्न योजना अगाडि सारेको छ । ‘चालु खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९’ जारी गर्दै अर्थमन्त्रालयले केही बुँदा सार्वजनिक गरेको छ । चालु आवको बजेट वक्तव्यको बुँदा नं। ३७९ मा सरकारी निकायको चालु प्रकृतिका प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशतले घटाउने गरी बजेट कार्यान्वयन गरिनेछ भन्ने उल्लेख भएअनुसार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले उक्त मापदण्ड अगाडि सारेका छन् ।


    अर्थ मन्त्रालयको मापदण्डानुसार अति आवश्यक बाहेकका स्वदेश तथा विदेशका भ्रमणलाई निरुत्साहित गरिनेछ । यस्तै, दुई पाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनको सर्भिसिङ गर्दा आवश्यक भएमा मात्र मोबिल तथा लुब्रिकेन्ट फेरिनेछ । अति आवश्यकदेखि बाहेक थोरै र पटके रूपमा प्रयोग हुने सामान स्टक नराख्ने, मन्त्रालयले नियमितरूपमा छाप्ने बजेटसम्बन्धी पुस्तक वा अन्य पुस्तकहरू कम गरी वेबसाइटमा राखिने भएको छ । यस्तै, खर्च घटाउनका लागि अति आवश्यक बाहेकका सेमिनार, तालिम गोष्ठी नगर्ने, गर्नै पर्ने भए मन्त्रालयको कार्यकक्ष वा सरकारी निकायका भवनहरू प्रयोग गरिनेछ ।

    स्वीकृत कार्यक्रमहरू पुनरावलोकन गरी नगर्दा पनि हुने कार्यक्रम हाललाई स्थगित गर्ने, बजेट निर्माणको समयमा अतिरिक्त समयमा काम गरे वाफत दिइँदै आएको सुविधा नदिने, यदि दिनै पर्ने भए ५० प्रतिशत मात्र दिने व्यवस्था गरिएको छ ।

    अति आवश्यक विना एसी, हिटर र पङ्खाको प्रयोग नगर्ने, बोतलको पानीलाई निरुत्साहित गर्ने, कार्यालयमा प्रयोग हुने टोनर र कार्टेजलाई मिलेसम्म रिफिल गर्ने, स्वीकृत दरबन्दी र कार्यक्रममा समावेश भएको भन्दा बाहेक करार तथा ज्यालादारीमा कामकाज नलगाउने र बैठकहरू कार्यालय समयभित्र मिलाउने व्यवस्था मापदण्डमा गरिएको छ । यसबाट सकारात्मक सुरुआत हुने मन्त्रालयले अपेक्षा गरेको छ ।

  • झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा भारी गिरावट

    झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा भारी गिरावट

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २४६ कम्पनीको ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँ बराबरको ८२ लाख ४७ हजार ६४६ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । बुधवार ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६०२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये तीन समूह बाहेक अरु सबै उपसमूहको परिसूचकमा राताम्मे भएको छ ।

  • रोजगारी खोज्दै ६ महिनामा ४ लाख नेपाली विदेशिए

    रोजगारी खोज्दै ६ महिनामा ४ लाख नेपाली विदेशिए

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९\८० को पहिलो ६ महिनामा रोजगारीको खोजीमा ४ लाख नेपाली विदेशिएका छन् । पुससम्म तीन लाख ९८ हजार जना श्रम स्वीकृति लिएर कामको खोजीमा विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । जसमध्ये सबैभन्दा धेरै मलेसिया र खाडी (कतार, साउदी, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान)लगायत मुलुकमा गएका छन् । यी भेगमा ८० प्रतिशत मानिस पुगेका छन् । पछिल्लो समयमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर १२० देशमा नेपाली पुगेका छन् ।

    श्रम स्वीकृति नलिई जानेको सङ्ख्या पनि हजारौँ छ । अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतजस्ता मुलुकमा पनि नेपाली काम गर्न गएका छन् । यी मुलुकमा डिपेन्डेन्टका रूपमा काम गर्न जाने धेरै छन् । विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा ६३ हजार, भदौमा ७६ हजार, असोजमा ५६ हजार, कात्तिक र मङ्सिरमा ६८–६८ हजार र पुसमा ६५ हजारले श्रम स्वीकृति लिएका छन् ।

    सरकारले केही दिनदेखि विराटनगर, जनकपुर, पोखरा, भैरहवा, सुर्खेत र धनगढीबाट वैदेशिक रोजगारीमा जान चाहनेका लागि सम्पूर्ण व्यवस्था गरेको छ । यी स्थानमध्ये केही स्थानबाट सेवा दिन सुरु गरिएको छ भने केही स्थानमा पूर्वाधारका सामान मिलाउने काम भइरहेको विभागले जनाएको छ । आव २०७८–७९ मा छ लाख ३० हजार जनाले श्रम स्वीकृति लिएर विदेशिएकामा चालू आर्थिक वर्षको छ महिनामै करिब चार लाख नेपाली युवा श्रम स्वीकृति लिएर विदेशिएका छन् ।

  • सरकारले तोक्यो समर्थन मूल्य

    सरकारले तोक्यो समर्थन मूल्य

    काठमाडौं । सरकारले उखुको समर्थन मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले १ सय १० रुपैयाँका दरले सरकारले उखुको समर्थन मूल्य तोकेको हो । उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६ सय १० रुपैयाँ तोक्ने निर्णय गरेको उपप्रधान तथा अर्थन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । उखु किसानले भने मंसिर अन्तिम सातायता क्रसिङ सुरु गरेका छन् ।

    समर्थन मूल्य तोक्न ढिलाई भएपछि किसानले उद्यारोमा उखु बिक्री गर्दै आइरहेका छन् । सरकारले गत आर्थिक वर्ष २०७८–७९ को लागि प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ तोकेको थियो । उक्त मूल्य सरकारी अनुदानसहित हो । पोहोरभन्दा यसपटक प्रतिक्विन्टर २० रुपैयाँ बढाइएको छ ।

  • ओरालो लाग्यो शेयर बजार, ४ अर्ब ९२ करोडको कारोबार

    ओरालो लाग्यो शेयर बजार, ४ अर्ब ९२ करोडको कारोबार

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)९.१अंकले घटेर २१७३.१० विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २४८ कम्पनीको ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६०२ रुपैयाँ बराबरको १ करोड ३३ लाख ४ हजार १४० कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । मंगलवार ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये तीन समूह बाहेक अरु सबै उपसमूहको परिसूचकमा राताम्मे भएको छ ।

    झिनो अंकले घटेको बजारमा चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

    पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेको छ भने बाराही हाइड्रो, हिमालय उर्जा विकास कम्पनी, ग्रिन भेञ्चर लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

    आज साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

    आज रिडी पावरको सर्वाधिक कारोबार भएको छ । यसको ३५ करोड ७८ रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, अपी पावरको १९ करोड ७६ लाखको कारोबार भएको छ ।

  • गैरआवासीय नेपाली संघले भेट्यो अर्थमन्त्री, के भयो छलफल ?

    गैरआवासीय नेपाली संघले भेट्यो अर्थमन्त्री, के भयो छलफल ?

    काठमाडौं । गैरआवासीय नेपाली संघले १० अर्ब बराबरको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड कम्पनी कार्यान्वयनमा ल्याउन रहेका अप्ठ्यारा फुकाउन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष माग गरेको छ । एनआरएनएका अध्यक्ष त्रयसहितको प्रतिनिधिमण्डलले पौडेललाई मंगलबार भेटेको हो । संघका अध्यक्षहरुले लामो समयदेखि संघले उठाउँदै आएका माग सम्बोधन गर्न आग्रह गरे ।

    गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रविना थापाले विदेशमा रहेका लाखौं नेपालीहरु नेपालमा लगानीका लागि उत्साहित भएपनि विभिन्न कानूनी र नीतिगत कठिनाईका कारण समस्या परेकोले त्यस्ता कठिनाई हटाउन आग्रह गरिन् । अध्यक्ष थापाले विदेशमा रहेका नेपालीलाईविना कुनै उल्झन लगानी गर्न पाउने वातावरण निर्माण गर्न अर्थमन्त्री समक्ष आग्रह गरिन् ।

    संघका अर्का अध्यक्ष डा। बद्री केसीले गैरआवासीय नेपालीहरुको लगानी अभिवृद्धि गर्न नेपाली नागरिक सरह लगानीको व्यवस्था गर्नुपर्नेमा जोड दिए । अध्यक्ष केसीले नेपाल सरकारको समन्वय, सहकार्य तथा लगानीसहित नेपालभित्र १० अर्ब बराबरको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेड कम्पनी कार्यान्वयनमा ल्याउन विद्यमान समस्याबारे जानकारी गराएका थिए ।

    केसीले कम्पनीको कार्यक्षेत्र तथा एनआरएनले लगानी भित्राउन धितोपत्र सम्बन्धी नियम, लगानीको स्वीकृति विधि, लगानीको लेखाङकन विधि, लगानीको प्रतिफल फिर्ता विधि तथा धितोपत्रको कारोबार विधि लगायतको निर्माण तथा संशोधन गरी तुरुन्त काम अगाडि बढाउन अर्थमन्त्रीसमक्ष माग गरे ।

    अर्का अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकताको विषयलाई तत्काल टुंगो लगाउन आग्रह गरे । अध्यक्ष केसीले डलर खाता सञ्चालनमा देखा परेका प्राविधिक समस्या समाधान गर्न, ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’लाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाइ समाधानका लागि अन्तरमन्त्रालयगत समन्वय गरेर समस्या सम्बोधन गरिदिन आग्रह गरे ।


    जवाफमा अर्थमन्त्री पौडेलले गैरआवासीय नेपाली संघका प्रतिनिधिसहितको एउटा छुट्टै संयन्त्र बनाएर यथाशक्य छिटो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका संघले जनाएको छ । गैरआवासीय नेपालीले नेपालमा गरिरहेको लगानीप्रति नेपाल सरकार जानकार रहेको भन्दै आगामी दिनमा पनि लगानीका लागि मार्ग प्रशस्त गर्न आफू प्रतिबद्ध रहेको अर्थमन्त्री पौडेलले बताए ।

  • नवनियुक्त श्रममन्त्री भन्छन् : बाध्यताले विदेशिने अवस्था शून्यमा झार्छु

    नवनियुक्त श्रममन्त्री भन्छन् : बाध्यताले विदेशिने अवस्था शून्यमा झार्छु

    काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताएका छन्।

    श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदवहालीका क्रममा सञ्चारकर्मीसँग उहाँले नेपालीहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्‍याउने बताए।

    उनले नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको विकास कल्पना बाहिरको हुन्छ,’ अर्यालले भने ।

    स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारी बाध्यात्मक रहेको उनले बताए । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर पठाउनेमा आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ छ ।

    ‘दक्ष भएर विदेश नजाँदासम्म श्रमिकले दुःख पाइरहेको अवस्था छ,’ उनले भने, ‘त्यसको निराकरणका लागि मैले काम गर्छु ।’

  • उच्च अंकले बढ्यो नेप्से, ३ अर्ब ७२ करोडको कारोबार

    उच्च अंकले बढ्यो नेप्से, ३ अर्ब ७२ करोडको कारोबार

    काठमाडौं । शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक (नेप्से)३२.७२ अंकले बढेर २१८२.११ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५० कम्पनीको ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँ बराबरको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । बिहीवार ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १ वटा बाहेक सबै परिसूचकमा हरियाली छाएको छ ।

    उच्च अंकले बढेको बजारमा ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । तीन कम्पनीको शेयरमूल्य ९.९६ प्रतिशत भन्दा बढीले बढेको छ ।

    आज प्रभु सेलेक्ट फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यसको आज २३ करोड २६ लाखभन्दा बढीको कारोबार भएको छ ।

    अपर तामाकोशीको ११ करोड ३८ लाख र न्यादी ग्रुपको ९ करोड बढीको कारोबार भएको छ ।

  • भारतबाट बढेर आयो पेट्रोलको मूल्य, डिजेलको घट्यो

    भारतबाट बढेर आयो पेट्रोलको मूल्य, डिजेलको घट्यो

    काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

    पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन ९आइओसी० ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलको मूल्य बढेको छ भने डिजेलको घटेको छ ।

    नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको र डिजेल भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ ।

    यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशनअनुरुप आयल निगमले पुस २४ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ तथा हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो ।

  • सुनको मूल्यले बनायो नयाँ रेकर्ड

    सुनको मूल्यले बनायो नयाँ रेकर्ड

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

    महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ।

    आइतबार छापावाल सुन तोलाको एक लाख पाँच हजार रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य तोलाको एक लाख चार हजार सात सय रुपैयाँ निर्धारण भएको छ।

    चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको छ। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

  • जहाज दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा

    जहाज दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा

    काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले आज बिदा दिएको छ । विमान दुर्घटनाको शोकमा झण्डा झुकाउने निर्णयसमेत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि छुटेको यती एयरलाइन्सको ९ एन एनएसी ७२ विमान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो ।

    विमानमा चालक दलसहित ७२ जना थिए । घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग पनि गठन गरेको छ । दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो ।

  • नेवानिले सञ्चयकोषलाई तिर्यो ३३ करोड ९ लाख किस्ता

    नेवानिले सञ्चयकोषलाई तिर्यो ३३ करोड ९ लाख किस्ता

    काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषको ऋणको किस्ता तिरेको छ । निगमले पुस २९ गते कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको ३३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको हो । निगमले कर्मचारी सञ्चय कोषबाट न्यारोबडी जहाज खरिदका निम्ति लिएको ऋणको साँवा र ब्याजबापतको रकम भुक्तानी गरेको जनाएको छ । यसअघि निगमले असार ३० गते एक अर्ब ३५ करोड र असोज ३१ गते ७३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको थियो ।

    निगमले असोजमा बुझाएको किस्ता कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकामा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको साँवा र ब्याजबापतको ५३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ र नागरिक लगानी कोषको हकमा वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापतको २० करोड रुपियाँ गरी जम्मा ७३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ रहेको थियो ।

    निगमले वाइडबडी जहाज किन्न नागरिक लगानी कोषबाट १२ अर्ब ऋण लिएको थियो । १५ वर्षभित्र तिरिसक्ने गरी लिइएको यो ऋणको एक वर्षमा ब्याज मात्रै एक अर्ब २६ करोड रुपियाँ तिर्नुपर्ने हुन्छ । त्यस्तै निगमले १५ वर्षकै लागि कर्मचारी सञ्चय कोषबाट पनि ११ अर्ब ९९ करोड रुपियाँ ऋण लिएको थियो । ऋण सहमतिअनुसार वाइडबडी र न्यारोबडीको ६०\६० किस्ता तिर्नुपर्छ ।

    जहाज खरिदका लागि ऋण लिँदा दुवै संस्थालाई वार्षिक चार÷चार किस्ता तिर्ने सहमतिअनुसार रकम लिएको निगमले असारभन्दा अघि २०६७ पुसमा किस्ता बुझाएको थियो । निगमलाई २०५४ सालदेखि ऋण लगानी गर्दै आएको नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषले सरकारको जमानीमा वाइडबडी र न्यारोबडी जहाज किन्न ऋण दिएको थियो ।

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन प्रकाशित

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन प्रकाशित

    काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआईपी) सार्वजनिक गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि गत जेठ २ गते दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको १० महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक सञ्चालनमा आएको छ ।

    हवाई रुट, धावनमार्ग, उडान व्यवस्थापन प्रणाली, नेभिगेसनसँगै विमानस्थलले प्रदान गर्ने सेवा–सुविधासहित विमानस्थलको समग्र अवस्थाबारे पूर्ण जानकारी समेटेर सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएका तथ्याङ्कका आधारमा अबको ४२ दिनपछि पोखरामा अन्तर्राष्ट्रिय उडान–अवतरण हुनसक्ने बताएको छ ।

    प्राधिकरणले सार्वजनिक एआईपीकै आधारमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूलाई आफ्ना जहाजमार्फत पोखरामा व्यावसायिक उडान भर्न ध्यानाकर्षण गराएको छ ।

    एआईपीले पोखरामा उडान गर्न चाहने हवाई कम्पनीलाई अन्तर्राष्ट्रिय उडानको बाटो खोलेसँगै उडान अनुमतिको प्रक्रियामा सहजै आउने अपेक्षा प्राधिकरणको छ ।  एआईपीमा उल्लेख गरिएका तथ्याङ्कका आधारमा हवाई कम्पनीहरूले आफ्नो जहाज पोखरामा उडान तथा अवतरण गर्न सक्ने नसक्नेबारे जानकारी पाउने छन् ।

    एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरोथाई)को विज्ञ टोलीले विमानस्थल प्राविधिक हिसाबले ठीक छ कि छैन भनी गरेको यान्त्रिक परीक्षण उडानको पूर्ण प्रतिवेदनका आधारमा तयार पारिएको प्रतिवेदनले पोखरामा फागुन दोस्रो सातादेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडानको ढोका खोलेको  हो । 

  • विदेशी मुद्रा सञ्चिति १२ खर्ब ९२ अर्ब, ८.७ महिनाको वस्तु तथा सेवा खरिद धान्ने

    विदेशी मुद्रा सञ्चिति १२ खर्ब ९२ अर्ब, ८.७ महिनाको वस्तु तथा सेवा खरिद धान्ने

    काठमाडौं । मुलुकको विदेशी मुद्रा सञ्चिति बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

    चालू वर्षको मंसिरसम्मको तथ्यांक अनुसार कायम सञ्चितिले ८.७ महिनाको वस्तु तथा सेवा खरिद गर्न धान्नेछ।

    असोज मसान्तसम्म ८.३ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति थियो।

    राष्ट्र बैंकको तथ्यांकअनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति पाँच महिनामा ६.३ प्रतिशतले बढेर मंसिर मसान्तमा १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको छ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ३ प्रतिशतले वृद्धि भएर ९ अर्ब ८२ करोड कायम भएको छ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ७.८ प्रतिशतले वृद्धि भई रु.११३९ अर्ब २२ करोड पुगेको छ ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ३.८ प्रतिशतले कमी आई रु.१५३ अर्ब ३४ करोड कायम भएको छ । २०७९ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।

  • २३ प्रतिशतले बढ्यो रेमिट्यान्स, पाँच महिनामा ४ खर्ब ८० अर्ब भित्रियो

    २३ प्रतिशतले बढ्यो रेमिट्यान्स, पाँच महिनामा ४ खर्ब ८० अर्ब भित्रियो

    काठमाडौं । नेपालमा पछिल्लो पाँच महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ ।

    नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो ।

    द्दज्ञ। समीक्षा अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई रु.५३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।

  • मूल्यवृद्धि साढे सात प्रतिशत नजिक, महंगीको धेरै भार भान्छामा

    मूल्यवृद्धि साढे सात प्रतिशत नजिक, महंगीको धेरै भार भान्छामा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको बजार महँगी ८ प्रतिशत हाराहारी रहेको जनाएको छ ।

    नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो ।

    प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३८ प्रतिशत छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ११ प्रतिशत बराबर थियो ।

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.८५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकले मौद्रिक नीति मार्फृत ७ प्रतिशतको हाराहारीमा मूल्यवृद्धि कायम राख्ने लक्ष्य लिएको थियो । तर, त्यसअनुसार लक्ष्य पूरा गर्न सकेको देखिँदैन ।

    बाह्य दबाबका कारण मूल्यवृद्धिको प्रभाव सबै वस्तुमा परेको छ । केही समय अघि राष्ट्र बैंकले गरेको अध्ययन प्रतिवेदनले १२ प्रतिशतसम्म मूल्यवृद्धि पुग्न सक्ने प्रक्षेपण गरेको थियो ।

    यही अवधिमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेष्टुराा तथा होटल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १५ दशमलव ५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११ दशमलव ८१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ३९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव शून्य ७ प्रतिशत र पेय पदार्थको आठ दशमलव ८४ प्रतिशतले बढेको छ ।

    मंसिर मसान्तसम्ममा गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकांक १७ दशमलव ३३ प्रतिशत, स्वास्थ्यको ११ दशमलव २२ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको आठ दशमलव ७६ प्रतिशतले बढेको छ ।

    घरायसी उपयोगका वस्तुहरुको आठ दशमलव २९ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको मूल्य आठ दशमलव २९ प्रतिशतले बढेको छ ।

    राष्ट्र बैंकको विवरणअनुसार यही अवधिमा उपत्यकामा छ दशमलव ५६ प्रतिशत, तराईमा आठ प्रतिशत, पहाडमा सात दशमलव ३२ प्रतिशत र हिमालमा छ दशमलव ४८ प्रतिशत मुद्रास्फीति रहेको छ ।

    गत वर्षको मङ्सिर महिनामा यी क्षेत्रहरुमा क्रमशः पाँच दशमलव ९१ प्रतिशत, सात दशमलव ५२ प्रतिशत, छ दशमलव ९५ प्रतिशत र चार दशमलव ९१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

  • शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा

    शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा

    काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनाको शोधनान्तर स्थिति (देशमा भित्रिने र बाहिरिने मुद्राको अन्तर) ४५ अर्ब ८७ करोडले बचतमा मा रहेको छ ।

    नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको पाँच महिनाको दुई महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

    समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.४५ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१९५ अर्ब १ करोडले घाटामा रहेको थियो ।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको छ ।

    समीक्षा अवधिमा चालु खाता रु.३७ अर्ब ९१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२९८ अर्ब ५१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड ७२ लाखले घाटामा रहेको छ ।

    द्दघ। समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.३ प्रतिशतले कमी आई रु.३ अर्ब ४७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.६० करोड ४९ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब ६४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.७ अर्ब ७ करोड रहेको थियो ।

  • उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

    उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

    काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से)४१.२ अंकले घटेर २१४९.४१ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २५२ कम्पनीको ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ रुपैयाँ बराबरको १ करोड ४४ लाख ८२ हजार ९५९कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । मंगलवार७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५७९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये एकवटाबाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ ।

    दोहोरो अंकले घटेको बजारमा ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले ठ्याक्कै १० प्रतिशतले कमाएका छन् ।

  • विकसित मुलुकहरुमा देखिन सक्छ आर्थिक मन्दी : विश्व बैंक

    विकसित मुलुकहरुमा देखिन सक्छ आर्थिक मन्दी : विश्व बैंक

    काठमाडौं । सन् २०२३ मा विश्वका अधिकांश मुलुकमा आर्थिक मन्दी देखिने विश्व बैंकले प्रक्षेपण गरेको छ । सन् २०२३ को पहिलो आउटलुक सार्वजनिक गर्दै विश्व बैंकले विश्वको आर्थिक वृद्धि सन् २०२३ मा १.७ प्रतिशत मात्र रहने बताएको छ । ६ महिनाअघि ३ प्रतिशतको अनुमान गरेको बैंकले अहिले १.७ मा झारेको छ ।

    विश्वमा विद्यमान मुद्रास्फिति, बढ्दो ब्याजदर र निजी क्षेत्र तथा सर्वसाधारणमा गरिएको लगानी घट्नुले विश्व लामो समय आर्थिक मन्दीमा रहने बैंकको अनुमान छ । कोभिडको असर तथा रुस र युक्रेनबीचको तनावले मुद्रास्फिति बढेको प्रतिवेदनमा उल्लेख छ । ब्याजदर उच्च हुनु र नागरिकप्रति लगानीमा आएको संकुचनले आर्थिक मन्दीलाई बढाउने बैंकको प्रक्षेपण छ ।

    अन्य प्रान्तको तुलनामा दक्षिण एसियाका मुलुकहरुको अनुमानित आर्थिक वृद्धिदर केही सन्तोषजनक देखिएको छ । सन् २०२४ मा अफगानिस्तान, पाकिस्तान र श्रृलंकामा गरिबीको संख्या बढ्दै जान सक्ने रिपोर्टमा उल्लेख छ । दक्षिण एसियामा माल्दिभ्स र भारतको आर्थिक वृद्धिदर राम्रो देखिएको छ । विश्व बैंकले पछिल्लो पटक सन् २०२३ मा माल्दिभ्सको आर्थिक वृद्धिदर ८.२ तथा भारतको ६.९ प्रतिशत अनुमान गरेको छ ।

    त्यस्तै नेपालको ५.१ प्रतिशत, बंगलादेशको ५.२, भुटानको ४.१ र पाकिस्तानको २ प्रतिशत रहने अनुमान गरेको छ । श्रीलंकाको भने ४.२ प्रतिशत ऋणात्मक हुने अनुमान छ । त्यस्तै सन् २०२४ मा माल्दिभ्सको ८, श्रीलंकाको १, बंगलादेशको ६.२, भुटानको ३.७, भारतको ६.६, नेपालको ४.९ तथा पाकिस्तानको ३.२ प्रतिशत आर्थिक वृद्धिदरको अनुमान छ ।

  • इलाममा १ माघबाट हरेक आइतबार नियमित उडान हुने

    इलाममा १ माघबाट हरेक आइतबार नियमित उडान हुने

    काठमाडौं । नेपाल एयरलाइन्सले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नियमित उडान गर्ने भएको छ। एयरलाइन्सले आगामी माघ १ गतेदेखि काठमाडौं–इलाम–काठमाडौं उडान गर्न लागेको हो। हालका लागि सातामा एक उडान गर्ने र यात्रुको माग आएपनि विस्तारै उडान संख्या बढाउने एयरलाइन्सले बताएको छ।

    यसअघि इलाम नगरपालिकाले पैसा तिर्ने सर्तमा तारा एयरले सोही विमानस्थलबाट उडान भरेको थियो। एयरलाइन्सले सम्झौता मिति सकिएपछि उडान बन्द भएको थियो। ताराले गत साउनमा उडान बन्द गरेसँगै इलामबाट उडान भएको छैन ।

  • तीव्र उतारचढावबीच रोकियो शेयर बजारमा उकालो यात्रा

    तीव्र उतारचढावबीच रोकियो शेयर बजारमा उकालो यात्रा

    काठमाडौं । शेयर बजारको उकालो यात्रामा ब्रेक लागेको छ । नयाँ सरकार बनेदेखि उकालो लाग्दै आएको शेयर बजा साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)२१.३५ अंकले घटेर २१.९० विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५४ कम्पनीको ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५७९ रुपैयाँ बराबरको २ करोड ८ लाख ४३ हजार ९५२ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । सोमवार ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार १ रुपैयाँ ८५३ बराबरको कारोबार भएको थियो ।

  • हाइड्रो चम्किँदा नेप्सेमा उछाल, १३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

    हाइड्रो चम्किँदा नेप्सेमा उछाल, १३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)४६.७६ अंकले बढेर २२११.३८ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५७ कम्पनीको ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार १ रुपैयाँ ८५३ बराबरको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । आइतवार ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार १ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १ वटा बाहेक सबै परिसूचकमा हरियाली छाएको छ । जलविद्युत समूह सबैभन्दा धेरै ४.९४ प्रतिशतले बढेको छ ।

    उच्च अंकले बढेको बजारमा आज एक दर्जन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन ऊर्जा, युनियन, सिंगटी हाइड्रोपावर र खप्तड लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    त्यसैगरी, राधी विद्युत्, बाराही हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, हिमालयन पावर र पञ्चकन्यामाइ हाइड्रोपावरका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

    आज रिडी पावरको सर्वाधिक कारोबार भएको छ । यसको २० करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, ङादी ग्रुप १७ करोड र एनआइसी एशिया बैंक साढे १६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सी सम्बन्धी एप तथा वेवसाइट बन्द हुने

    नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सी सम्बन्धी एप तथा वेवसाइट बन्द हुने

    काठमाडौं । नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सीसम्बन्धी एप तथा वेवसाइट बन्द हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी अनलाइन कारोबारका लागि प्रयोग गरिने वेबसाइट, एप र सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न निर्देशन दिएको हो । प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने व्यवस्था गर्न निर्देशन दिएको छ ।

    नेपालमा मौद्रिक उपकरणको कानुनी मान्यता नपाएका भर्चुअल मुद्रा र नेटवर्क मार्केटिङलगायत डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार बढ्दै गएको नेपाल दूरसञ्चार प्राधिकरणको अनुगमन महाशाखाले उल्लेख गरेको छ ।

    ‘नेपालमा मौद्रिक उपकरणको रुपमा कानूनी मान्यता नदिएको भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोवार हालका दिनमा बढ्दै गएको हुँदा अनलाईन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाईन, हाईपर नेटवर्किङ, अनलाईन जुवा लगायतका गैर कानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्वन्धित वेभसाइट, एप, अनलाईन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपाल भित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी र त्यस्तो वेवसाइट, एप वा अनलाईन सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न सबै इन्टरनेट (इमेलसहित) सेवा प्रदायक संस्थाहरुलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट निर्देशन जारी गरिएको छ’, सूचनामा भनिएको छ। प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐन बमोजिम कारबाही हुने भएको छ ।

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य कटौती गरेको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ । यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ)घटेको निगमले जनाएको छ ।

    नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर पर्नेछ । खाना पकाउने एलपी ग्यासको मुल्य भने हेरफेर भएको छैन । यसअघि इन्धनको मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डले आयल निगमलाई निर्देशन दिएका थिए ।

  • दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ४५ करोडको कारोबार

    दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ४५ करोडको कारोबार

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक (नेप्से)२०.५५ अंकले बढेर २१६४.४८विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २५९ कम्पनीको ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार १ रुपैयाँ बराबरको १ करोड ४१लाख ९८८ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँ बराबरको भएको थियो । आज कारोबारमा आएका १३ वटै उपसमूहमध्ये ३ वटा बाहेक सबै परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ४४३ प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । खप्तड लघुवित्त वित्तीय संस्था र बाराही हाइड्रोपावर १० प्रतिशतले बढेको छ ।

    यसका साथै तीन कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ । आज बुद्धभुमी नेपाल हाइड्रोपावर, वीन नेपाल लघुवित्त वित्तीय संस्था र सिर्जनशिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

    आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड २९ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । शिवम् सिमेन्टको १९ करोड ६८ लख र रिडी पावरको १५ करोड ७१ लाखको कारोबार भएको छ ।

    त्यस्तै, रिडी पावर २१ करोड र हिमाल दोलखा हाइड्रोपावर ११ करोड बढीको कारोबार भएको छ ।

  • नारायणगढ–मुग्लिन सडक: पुस ३० र माघ १ गते दिउँसो पनि खुला गरिँदै

    नारायणगढ–मुग्लिन सडक: पुस ३० र माघ १ गते दिउँसो पनि खुला गरिँदै

    काठमाडौं । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ-मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ । यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो ।

    प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिने छ । तीर्थालुको चाप बढी हुने भएकाले सडक खुला राख्न लागिएको उनले जानकारी दिए । अहिले सो सडकखण्डमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको छ ।

    देवघाटमा स्नान गर्न विदेशीसहित देशैभरबाट भक्तजन आउने गर्दछन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार ५ लाखभन्दा बढी भक्तजन आउने अपेक्षा गरिएको छ । गएका वर्षहरूमा कोभिडका कारण आउन नपाएकाहरू यस वर्ष आउने अनुमानका साथ तयारी गरिएको उनले बताए।

    देवघाटबाट त्रिशूली वारपार गर्ने झोलुङ्गे पुलको मर्मत गरिसकिएको छ । वेणीमा वारपार गर्न २२ वटा र्याफ्टिङको व्यवस्था गरिएको छ । दासढुङ्गामा पक्की पुल भएकाले देवघाटको वेणीमा स्नान र दर्शन गर्न चाहनेलाई सोही पुल प्रयोग गर्न आह्वान गरिएको छ । यसका कारण झोलुङ्गे पुल र डुङ्गाको चाप घट्ने अनुमान छ ।

    समितिले १५१ सदस्यीय मूल समिति र उपसमिति निर्माण गरेर काम गरिरहेको छ । मुख्यरूपमा स्नान गर्न आउनेहरू पानीमा डुब्न सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र क्षेत्र विकास समितिले तयार गरेका उद्धार टोली तयारी अवस्थामा राखिँदै छ । विद्युत्, खानेपानी, यातायात, पार्किङ, शौचालयलगायतलाई व्यवस्थित गर्न विभिन्न उपसमिति बनेका छन् ।

    सवारीको अत्यधिक चाप हुने भएकाले पुस ३० गते बेलुकादेखि माघ १ गते बेलुकासम्म देवघाट आवतजावतका लागि एकतर्फी बाटो तय गरिएको छ । देवघाट जानेहरूलाई रामनगर हुँदै जानुपर्ने छ भने फर्किँदा आँपटारीको बाटो प्रयोग गर्नुपर्ने छ । दासढुङ्गाको पुलतर्फबाट भने जाने आउने दुवै सुविधा रहने छ ।

    पुस मसान्तको बिहान त्रिवेणीमा बाँसको लिङ्गो गाडी पूजा गरेर मकर सङ्क्रान्ति मेलाको शुभारम्भ गरिने छ । मकर मेलामा देवघाटमा स्नान गरेरमा पुण्य प्राप्ति हुने जनविश्वास रहिआएको छ ।