काठमाडौं । ३० अर्ब रुपैयाँ बजेटमा निर्माण भएको हलिउड चलचित्र ‘अवतार : द वे अफ वाटर’को विश्वव्यापी प्रदर्शनको मिति सार्वजनिक गरिएको छ । निर्माता जेम्स क्यामरुनका अनुसार यो सिनेमा आगामी १६ डिसेम्बरबाट विश्वव्यापी प्रदर्शनमा आउने छ । सिनेमा कन्भेन्सनको मञ्चमा उनले सो घोषणा गरेका हुन् । योसँगै फिल्मको दोस्रो भागको नाम पनि सार्वजनिक गरिएको छ… Continue reading ३० अर्ब रुपैयाँ लगानीको चलचित्र ‘अवतार : द वे अफ वाटर’को प्रदर्शन कहिलेबाट ?
Category: अर्थतन्त्र
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भयो वाइडबडी जहाजको सफल अवतरण
काठमाडौं । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाजले सफल अवतरण भएको छ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको यो विमानस्थलमा पहिलो पटक राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बिहीबार साँझ सफल अवतरण गरेको हो। काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटनमन्त्री प्रेम आलेको नेतृत्वमा भएको परीक्षण उडानमा… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भयो वाइडबडी जहाजको सफल अवतरण
तालिका संशोधन नभए सबै आन्तरिक उडान बन्द गर्ने चेतावनी
काठमाडौं । वायु सञ्चालक संघ नेपालले नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई कार्यान्वयन गर्न नसक्ने जनाएको छ। वायुसेवा सञ्चालक संघले विहीवार एक विज्ञप्ति निकाल्दै राती ८ बजेपछिका नियमिततर्फका उडान तत्काल गर्न सक्ने अवस्था नरहेको जनाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान भइरहेका विमानस्थलहरूमा बिहीबारदेखि लागु हुनेगरी बिहान ६ देखि… Continue reading तालिका संशोधन नभए सबै आन्तरिक उडान बन्द गर्ने चेतावनी
चालु वर्ष आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने,अर्थतन्त्रको आकार साढे ४८ खर्ब
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्यांक विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । यसअघि चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर अन्तर्राष्ट्रिय मुद्रा कोषले ४.१ प्रतिशत, एसियाली विकास बैंकले ३.९ प्रतिशत र विश्व बैंकले ३.७ प्रतिशत हासिल हुने प्रक्षेपण गरेका… Continue reading चालु वर्ष आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने,अर्थतन्त्रको आकार साढे ४८ खर्ब
दोहोरो अंकले घट्यो नेप्से, सबै समूहको परिसूचक राताम्मे
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार ५ अंकले बढेको नेप्से आज फेरि दोहोरो अंकले घटेको हो । समग्रमा यस साता नेप्से ३० अंकले बढेको छ । आइतबार एकैदिन ९५ अंकले बढेको नेप्से सोमबार र मंगलबार गरी ५० अंकले घटेको थियो । बुधबार झिनो अंकले बढेको नेप्से आज फेरि घटेको हो… Continue reading दोहोरो अंकले घट्यो नेप्से, सबै समूहको परिसूचक राताम्मे
नेपालीको प्रतिव्यक्ति आय १३ सय ७२ डलर पुग्यो
काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर पुग्ने प्रक्षेपण सार्वजनिक भएको छ। केन्द्रीय तथ्यांक विभागले विहीवार राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै चालु वर्षमा नेपालीको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर (१ लाख ६४ हजार ५ सय ९८ रुपैयाँ) पुग्ने अनुमान गरेको हो। त्यस्तै विभागले चालू मूल्य अनुसार आधारभूत मूल्यमा मुलुकको कुल अर्थतन्त्रको आकार ४१ खर्ब… Continue reading नेपालीको प्रतिव्यक्ति आय १३ सय ७२ डलर पुग्यो
भारतमा बिजुली उत्पादन कम हुँदा नेपालमा असर, औद्योगिक क्षेत्रमा लोडसेडिङ
काठमाडौं । भारतमा कोइलाको आपूर्तिमा देखिएको व्यवधानका कारण बिजुली उत्पादनमा असर परेपछि त्यसको प्रभाव नेपालमा समेत परेको छ । भारतको ऊर्जा एक्सचेञ्ज बजारमा नेपाल विद्युत् प्राधिकरणले माग गरेअनुसारको बिजुली पाउन नसक्दा त्यसको असर नेपालका औद्योगिक क्षेत्रमा पर्ने देखिएको छ । समस्या समाधानका लागि अझै १५ देखि २० दिन थप लाग्ने देखिएको छ । प्राधिकरणले भारतबाट… Continue reading भारतमा बिजुली उत्पादन कम हुँदा नेपालमा असर, औद्योगिक क्षेत्रमा लोडसेडिङ
झिनो अंकले बढ्यो नेप्से, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । शेयर बजारमा झिनो अंकको सुधार आएको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक नेप्से ५.१७ अंकले बढेर २३७६.१७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२८ कम्पनीको १ अर्ब ८ करोड ९९ लाख ९२ हजार ३६ रुपैयाँ बराबरको २८ लाख ८५ हजार ३९ कित्ता शेयर किनबेच भएका छन्… Continue reading झिनो अंकले बढ्यो नेप्से, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोक्ने, के पर्छ असर ?
काठमाडौं । रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बुल्गेरियालाई बुधवारदेखि ग्यास पठाउन बन्द गर्ने बताएको छ। पोल्यान्डको सरकारी ग्यास कम्पनी पीजीएनआईजीले युरोपेली समय (सीईटी) अनुसार बिहान ८ बजेदेखि सबै खाले ग्यासको आपूर्ति रोकिने बताइएको जनाएको बीबीसीले लेखेको छ । बुल्गेरियाको ऊर्जा मन्त्रालयले पनि बुधवारबाट आपूर्ति बन्द गर्ने जानकारी दिइएको बताएको छ। रुसले मित्रवत् व्यवहार नगर्ने… Continue reading रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोक्ने, के पर्छ असर ?
तासदेखि कुरकुरेसम्मको आयात रोकियो
काठमाडौं । अर्थतन्त्रमा बढ्दो आयातका कारण परेको चापका कारण सरकारले विलासिताका वस्तु नेपाल ल्याउन रोकेको छ । चालु आर्थिक वर्षभर यी वस्तु नेपाल ल्याउन नपाउने गरि नियम ल्याइएकोृ हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा एक सूचना निकाल्दै सो जानकारी गराएको छ । यसमा विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।… Continue reading तासदेखि कुरकुरेसम्मको आयात रोकियो
मतपत्र जिल्ला-जिल्लामा पठाउन थालियो
काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको प्रयोजनका लागि मतपत्र जिल्लामा पठाउन शुरु भएको छ । निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशमा मतपत्र पठाएको छ । आयोगमा सहसचिव तुलसीबहादुर श्रेष्ठका अनुसार मङ्गलबार कर्णाली र सुदूरपश्चिम प्रदेशका १३ जिल्लामा मतपत्र ढुवानी गरिएको हो । उनका अनुसार मतपत्र ढुवानीका लागि सार्वजनिक सवारीसाधन भाडामा लिइएको छ ।… Continue reading मतपत्र जिल्ला-जिल्लामा पठाउन थालियो
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पछिल्लो १ वर्ष यताकै कम
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रोेदिन शेयर बजार मापक सूचक (नेप्से) १५.०२ अंकले घटेर २३७०.९९ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२८ कम्पनीको १ अर्ब ४ करोड ६० लाख १४ हजार ४१७ रुपैयाँ बराबरको ३४ लाख १९ हजार २२८ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पछिल्लो १ वर्ष यताकै कम
एकदिन पनि टिकेन नेपाली शेयर बजारको उछाल, दोहोरो अंकले घट्यो नेप्से
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलोदिन ९५ अंकले बढेको शेयर बजार मापक सूचक (नेप्से) सोमबार ३६.९४ अंकले घटेर २३८४.९० विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २३९ कम्पनीको २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँ बराबरको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर… Continue reading एकदिन पनि टिकेन नेपाली शेयर बजारको उछाल, दोहोरो अंकले घट्यो नेप्से
जहाजको सिटमा बेवारिसे १०८०० डलर भेटिएपछि…
काठमाडौं । भद्रपुरबाट काठमाडौं आएको बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा १० हजार ८०० अमेरिकी डलर भेटिएको छ । नेपाल प्रहरीका अनुसार त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा विमानस्थल १ सय दरका १ सय ८ थान नोट भेटिएको हो । एयर होस्टेसले भेटाएको यो रकम कम्पनीले प्रहरीलाई बुझाएको हो । जहाजको सिटमा छालाको ह्यान्ड… Continue reading जहाजको सिटमा बेवारिसे १०८०० डलर भेटिएपछि…
नेपाली शेयर बजारमा उच्च अंकको उछाल, २५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार उच्च अंकले वृद्धि भएको छ । केही दिनदेखि ओरालो लागि रहेको शेयर बजार साताको कारोबारको पहिलोदिन ९५ अंकले बढेको बढेको हो । आइतवार नेप्से ९५.४६ अंकले बढेर २५२०.३१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३८ कम्पनीको २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९२ रुपैयाँ बराबरको ६६… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको उछाल, २५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
१० महिनापछि मेलम्चीको पानी जनताको धारामा
काठमाडौं । बाढीले क्षतिग्रस्त बनाएपछि दस महिनापछि जनताको घरघरमा मेलम्चीको पानी वितरण शुरु भएको छ । आइतबारदेखि मेलम्चीको पानी पुनः घर–घरमा वितरण सुरु भएको खानेपानी मन्त्रालयले जनाएको छ । २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएका छैनन् । आयोजना गत वर्ष मात्र… Continue reading १० महिनापछि मेलम्चीको पानी जनताको धारामा
गगन थापाको टीमले बनाएको कांग्रेसको घोषणा पत्र आज सार्वजनिक हुने
काठमाडौं । नेपाली कांग्रेसले आइतबार स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्दैछ । घोषणा पत्र लेखनको नेतृत्व महामन्त्री गगन थापाले गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपरान्ह कार्यक्रम आयोजना गरि घोषणा पत्र सार्वजनिक गरिने भएको हो । कांग्रेसले केन्द्रमा घोषणा पत्र र स्थानीयस्तरमा प्रतिवद्धता पत्र सार्वजनिक गर्दैछ । कांग्रेसले ०७४ मा पार्टीबाट निर्वाचित… Continue reading गगन थापाको टीमले बनाएको कांग्रेसको घोषणा पत्र आज सार्वजनिक हुने
जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा कुवेतबाट सिधा उडान गर्ने
काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान कुवेतको जजिरा एयरवेजले गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सातामा तीन उडान गर्ने गरि सो कम्पनीले उडान अनुमति लिएको छ । कुवेतबाट सोमबार, बुधबार र शुक्रबार गरि तीन उडानका साथ जजिराले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो उपस्थिति जनाउने भएको हो ।… Continue reading जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा कुवेतबाट सिधा उडान गर्ने
चुलिँदै व्यापार घाटा, १४ खर्ब ६६ अर्बको आयात हुँदा १ खर्ब ६० अर्बको निर्यात
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा नेपालको व्यापार घाटा १३ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ९ महिनामा (साउनदेखि चैत मसान्तसम्म) वैदेशिक व्यापार घाटा २८.४७ प्रतिशतले बढेको हो । कूल वैदेशिक व्यापार घाटा १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक… Continue reading चुलिँदै व्यापार घाटा, १४ खर्ब ६६ अर्बको आयात हुँदा १ खर्ब ६० अर्बको निर्यात
अमेरिकाले युक्रेनलाई थप ८० करोड डलर बराबरको युद्ध सहायता गर्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई ८० करोड डलर बराबरको थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेका छन्। बीबीसीले जनाए अनुसार उक्त सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत समावेश हुनेछन्। उक्त सहायता ूसीधा स्वतन्त्रताको अग्रपङ्क्तिमाू पठाइने बाइडनले बताएका छन्। यद्यपि उक्त सैन्य सहायता युक्रेन पुग्नमा विलम्ब हुनसक्ने युक्रेनी उपरक्षामन्त्रीले चेतावनी दिएका छन्। ट्याङ्क भेदी… Continue reading अमेरिकाले युक्रेनलाई थप ८० करोड डलर बराबरको युद्ध सहायता गर्ने
बजेटमा अर्थले मन्त्रालयगत छलफललाई दियो तिव्रता
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणलाई अन्तिम रुप दिने क्रममा अर्थमन्त्रालय र योजना आयोगले मन्त्रालयगत छलफल सुरु गरेका छन् । अर्थ मन्त्रालयका अनुसार बिहीबारबाट अर्थ मन्त्रालय र योजना आयोगले संयुक्त रुपमा मन्त्रालयहरुसँग छलफल गर्न थालेका हुन् । यसअघि योजना आयोगले पठाएको सिलिङ अनुसार मन्त्रालयहरुले आफ्नो कार्यक्रम र बजेट अनुमान अर्थमा पठाइसकेका छन्… Continue reading बजेटमा अर्थले मन्त्रालयगत छलफललाई दियो तिव्रता
नेपाली शेयर बजारमा झिनो अंकको कमब्याक, कारोबार रकममा सुधार
काठमाडौं । शेयर बजारमा झिनो अंकको सुधार आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ४.९४ अंकले बढेर २३२५.४५ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार २३१ कम्पनीको १ अर्ब ६१ करोड ९१ लाख ६८ हजार ८४८ रुपैयाँ बराबरको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading नेपाली शेयर बजारमा झिनो अंकको कमब्याक, कारोबार रकममा सुधार
ढुक्क हुनुहोस् नेपालको अर्थतन्त्रले श्रीलंकाको नियति भोग्नुपर्ने छैन
सरोज सिग्देल, टेक्सस कोरोना महामारी पश्चात थलिएको विश्व अर्थतन्त्रमा युक्रेन र रसियाको युद्धले अझै अस्थिर बन्दै गइरहेको छ । पेट्रोलियम पदार्थमा भएको व्यापक मूल्यवृद्धिका साथै श्रीलंका र पाकिस्तान जस्तै पो भई हाल्ने होकि भनेर नेपालीहरुलाई मनौबैज्ञानिक हिसाबले त्रास सिर्जना गरिरहेको अवस्थामा राष्ट्र बैंक गभर्नरको निलम्बन समाचारले के साँच्चै नेपाल पनि आर्थिक संकटको संघारमा त छैन… Continue reading ढुक्क हुनुहोस् नेपालको अर्थतन्त्रले श्रीलंकाको नियति भोग्नुपर्ने छैन
काममा फर्किएपछि गभर्नर अधिकारीले भने– ‘अर्थ मन्त्रालयसँग कुनै पूर्वाग्रह राखेर काम गरेको थिइनँ’
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन् । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि उनी आजबाट काममा फर्किएका हुन् । फैसलासँगै पद पुनर्बहाली भएका अधिकारीले अर्थ मन्त्रालय र राष्ट्र बैंक समन्वय गरेर अघि बढेको बताए । अधिकारीले विभिन्न घटना परिघटनाले यस्ता परिस्थिति ल्याउने तर आफूहरुले त्यसलाई पर हटाउँदै समन्वय गर्दै… Continue reading काममा फर्किएपछि गभर्नर अधिकारीले भने– ‘अर्थ मन्त्रालयसँग कुनै पूर्वाग्रह राखेर काम गरेको थिइनँ’
शेयर बजारमा दोहोरो अंकको गिरावट, धेरै गुमाउने नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ता
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ३६.७३ अंकले घटेर २३२०.५१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२८ कम्पनीको १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रुपैयाँ बराबरको ३५ लाख ७० हजार १४ कित्ता शेयर किनबेच भएका छन्… Continue reading शेयर बजारमा दोहोरो अंकको गिरावट, धेरै गुमाउने नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ता
मेलम्चीको पानी ११ वैशाखबाट काठमाडौका धारामा
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी ११ वैशाखबाट काठमाडौंका धाराहरुमा वितरण गरिने भएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन् । पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई उनले मंगलबार निर्देशन समेत दिए । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्चीको मुहानबाट गत… Continue reading मेलम्चीको पानी ११ वैशाखबाट काठमाडौका धारामा
अनअराइभल भिसा लिने पर्यटकले नगद डलर बोक्नु पर्ने नियम हटाइयो
काठमाडौं । सरकारको चर्को आलोचना भएपछि अनअराइभल भिसामा नेपाल आउने पर्यटकले नगद डलर बोक्नु पर्ने नियम हटेको छद्ध । गृह मन्त्रालय मातहतको अध्यागमन विभागले मंगलबार सूचना प्रकाशित गरी यस्तो जानकारी गराएको हो । विभागकाअनुसार विदेशी नागरिकले तिर्नुपर्ने भिसा शुल्कको भुक्तानी गर्न नगद नै बोक्नु पर्ने डलर अब विद्युतीय माध्यमबाट समेत तिर्ने व्यवस्था यथावत रहने भएको… Continue reading अनअराइभल भिसा लिने पर्यटकले नगद डलर बोक्नु पर्ने नियम हटाइयो
नेपाली शेयर बजारको आरोलो यात्रामा ‘ब्रेक’, कारोबार रकममा भने गिरावट
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिनदेखि ओरालो लागेको बजारमा मंगलबार न्यून अंकको सुधार आएको हो । मंलगबार बजार मापक सूचक नेप्से १३.३७ अंकले बढेर २३५७.२४ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२९ कम्पनीको १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३१ रुपैयाँ बराबरको ३२ लाख १३… Continue reading नेपाली शेयर बजारको आरोलो यात्रामा ‘ब्रेक’, कारोबार रकममा भने गिरावट
मेलम्चीको पानी आजबाट बागमतीमा बगाइँदै
काठमाडौं । मेलम्ची खोलाको पानी सुरुङमार्ग हुँदै आजबाट बागमती खेलामा बगाउन थालिने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुङ परीक्षण गर्न चैत २९बाट पानी पठाइएको थियो । उक्त पानी मंगलबारबाट बागमतीमा बगाउन थालिने भएको छ । समितिले सूचना निकालेर आजदेखि मेलम्चीको पानी बागमतीमा पठाइने भन्दै किनारमा बस्नेलाई सावधान रहन भनेको छ । समितिका अनुसार… Continue reading मेलम्चीको पानी आजबाट बागमतीमा बगाइँदै
नेपाली सेयर बजारमा लगातार उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौं । सेयर बजारमा लगातार उच्च अंकको गिरावट आएको छ । नयाँ वर्ष २०७९ को पहिलो कारोबार दिन आइतबार २९ अंकले घटेको नेप्से आज सोभन्दा धेरै ४१ अंकले घटेको हो । पछिल्ला दुई दिनमै नेप्से ७० अंकले घटेको छ । सूचकमा उच्च गिरावट आउँदा कारोबार रकममा भने झिनो बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा… Continue reading नेपाली सेयर बजारमा लगातार उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी