Category: अर्थतन्त्र

  • इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको सम्पूर्ण सेवा दुई दिन बन्द हुने

    इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको सम्पूर्ण सेवा दुई दिन बन्द हुने

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको सम्पूर्ण सेवा पुस दुई दिन बन्द हुने भएको छ ।

    पुस २७ देखि एकीकृत कारोबार गर्न लागेको दुवै बैंकले डाटा माइग्रेशन प्रयोजनका लागि पुस २५ गते र २६ गते सम्पूर्ण सेवा बन्द गर्ने भएका हुन् ।

    मर्जरपछि बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ रहने छ । इन्भेष्टमेन्टले मेगा बैंकलाई १००:९० सेयर अनुपातमा गाभ्न लागेको हो ।

    दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले पुस १७ र कम्पनी रजिष्ट्रार कार्यालयले पुस २१ गते अन्तिम स्वीकृति दिएको थियो । दुवै बैंकको पुस ७ गते सम्पन्न साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए ।

    दुई बैंक एक आपसमा मर्जर भई बन्ने नयाँ बैंक अधिकांश सूचकका आधारमा देशकै सबैभन्दा ठूलो बैंक बन्नेछ । यसको पूँजीकोषको आकार ५० अर्ब माथि पुग्नेछ ।

  • आजदेखि सबै प्रदेशबाट श्रम स्वीकृति सेवा सुरु

    आजदेखि सबै प्रदेशबाट श्रम स्वीकृति सेवा सुरु

    काठमाडौं । आजबाट सबै प्रदेशबाट श्रम स्वीकृति सेवा पाइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारबाट विराटनगर र जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीमा जान संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सुरु गर्ने जनाएको छ ।

    काठमाडौं केन्द्रित सेवालाई विकेन्द्रित गर्दै लैजाने नीतिअनुसार विराटनगर र जनकपुरबाट श्रम स्वीकृति प्रदान गर्ने सेवा थपिएको मन्त्रालयको भनाई छ । यसअघि संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृतिलगायत सेवा पोखरा र बुटवलबाट सुरु गरिएको थियो । सर्खेत र धनगढीबाट भने पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिइँदै आएको छ ।

    चार स्थानबाट संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति र दुई स्थानबाट पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान भएको हो । श्रम स्वीकृतिका लागि भौतिक रूपमा उपस्थित हुनुपर्ने छैन । सबै सेवा अनलाइन प्रणालीमार्फत नै पाउने व्यवस्था गरिएको छ ।

  • अमेरिकाबाट शंकाष्पद रुपमा रकम भित्राउन खोजेका ६ जना पक्राउ

    अमेरिकाबाट शंकाष्पद रुपमा रकम भित्राउन खोजेका ६ जना पक्राउ

    काठमाडौं । अमेरिकाबाट शंकास्पद रूपमा नेपालमा रकम नेपाल भित्राउने खोजेका ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछामका पृथ्वीबहादुर शाहसहित ६ जना छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको हो। उनीहरूलाई काठमाडौंको चावहिलबाट पक्राउ गरिएको प्रहरीको भनाई छ । शाह यसअघि माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री छँदा राष्ट्रबैंकमा दवाव दिएको भनी नाम मुछिएका व्यक्ति हुन् ।

    यसको तत्कालिन अर्थमन्त्रीको हैसियतमा शर्माले खण्डन गरेका थिए । प्रहरीका अनुसार उनीहरूमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको छ। शाहले अमेरिकाबाट ल्याउन लागेको शंकास्पद १२ लाख अमेरिकी डलर राष्ट्र बैंकले रोकेर राखिदिएको थियो। उक्त रकम फुकुवा गरिदिन शाहले विभिन्न निकायमा दवाव दिएका थिए । दर्जनौं कम्पनी खोलेर शंकास्पद कारोबार गरेको, कारोबार गर्न अनुमति पनि नलिएको, विदेशीहरूलाई प्रलोभन देखाएर झुक्याएको, यसअघि पनि शंकास्पद कारोबार गरेको भन्ने आरोप उनीहरूमाथि लागेको छ ।

  • शेयर कारोबार रकम ५ अर्ब नाघ्यो,यी ९ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    शेयर कारोबार रकम ५ अर्ब नाघ्यो,यी ९ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से)१७.९२ अंकले बढेर २१४३.७६ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २५९ कम्पनीको ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँ बराबरको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । बुधवार ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँ बराबरको भएको थियो ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहमध्ये २ वटा बाहेक सबै परिसूचकमा हरियाली छाएको छ । होटल समूह सबैभन्दा धेरै ५.५७ प्रतिशतले बढेको छ ।

    उच्च अंकले बढेको बजारमा आज झन्डै एक दर्जन कम्पनीको शेयर मूल्यमा उछाल आएको छ । दोहोरो अंकले बढेको बजारमा आज ९ कम्पनीको शेयर मूल्यमा उछाल आएको छ ।

    चन्द्रागिरी हिल्स, बुद्धभूमि नेपाल, खप्तड लघुवित्त, धौलागिरी लघुवित्त र श्रृजनशील लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    त्यसैगरी, बाराही हाइड्रोपावर, हिमालयन ऊर्जा, इस्टर्न हाइड्रोपावर र हिमालयन हाइड्रोपावरका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

    आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको ४३ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर २१ करोड र हिमाल दोलखा हाइड्रोपावर ११ करोड बढीको कारोबार भएको छ ।

  • विष्णु पौडेलले अर्थमन्त्रालय सम्हालेका ११ दिनपछि अर्थ र राजस्व सचिव हेरफेर

    विष्णु पौडेलले अर्थमन्त्रालय सम्हालेका ११ दिनपछि अर्थ र राजस्व सचिव हेरफेर

    काठमाडौं । सरकारले अर्थ मन्त्रालयका दुई सचिवको हेरफेर गरेको छ। एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्रालय सम्हालेको ११ दिनपछि दुबै सचिव हेरफेर गर्ने निर्णय भएको हो ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिवमा तोयम राया र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याउने निर्णय गरेको छ । यसअघि अर्थ सचिवमा कृष्णहरि पुष्कर र राजश्व सचिवमा रामेश्वर दंगाल थिए ।

    तोयम रायासँग आन्तरिक राजस्व विभाग, भन्सार विभाग तथा अर्थ मन्त्रालयमा काम गरेको अनुभव छ।

    योभन्दा अघि उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए। त्यस्तै राजस्व सचिवमा आएका राम प्रसाद घिमिरे समेत अर्थ मन्त्रालयकै अनुभवी छन्।

  • पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रधानमन्त्रीको निर्देशन

    पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रधानमन्त्रीको निर्देशन

    .काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिीपरषद्को कार्यालयमा बिहीवार वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएका हुन्।

    आपूर्ति सचिव नेपाल आयल निगमको अध्यक्ष रहने व्यवस्था छ। निगमको पछिल्लो विवरण अनुसार १५ दिनमा ९९ करोड रुपैयाँ नाफा हुने देखिएको छ।

    निगमले १८ अर्ब रुपैयाँ बराबरको रकम तिर्नुपर्ने दायित्व रहेको भन्दै मूल्य घटाउन तयार भएको छैन।

    चौतर्फी रुपमा मूल्य घटाउन निगमलाई दबाब परेपनि अस्वीकार गर्दै आएको छ। लगातार अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागे पनि दायित्व बाँकी रहेको भन्दै मूल्य घटाउन निगम तयार नभएपछि प्रधानमन्त्रीले नै निर्देशन दिनुपरेको बताइएको छ।

    लगातार अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागे पनि दायित्व बाँकी रहेको भन्दै मूल्य घटाउन निगम तयार नभएपछि प्रधानमन्त्रीले नै निर्देशन दिनुपरेको हो ।

  • दर्ता नभएका क्रसर उद्योग बन्द गरिँदै

    दर्ता नभएका क्रसर उद्योग बन्द गरिँदै

    काठमाडौं । सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्ने भएको छ । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिएको हो । गृह मन्त्रालयले कानुन विपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता उद्योग बन्द गर्न आज बुधवार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरी निर्देशन दिएको हो ।

    कानुन विपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न, वातावरण संरक्षण ऐन २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न आवश्यक देखिएकाले यो परिपत्र जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

    विभिन्न आयोजना, विकास तथा निर्माणका क्रममा त्यही आयोजनाका लागि आवश्यक परिमाणमा ढुङ्गा, गिट्टी, रोडालगायतको उत्खननको अनुमति प्राप्त उद्योगीरनिर्माण व्यवसायीले आयोजना समाप्त भएपछि पनि त्यस्तो उत्खनन गरिरहेको भए त्योसमेत छानबिन गरी तत्काल बन्द गर्न परिपत्रमा भनिएको छ ।

  • शेयर बजारमा उछाल, ३ अर्ब ५० करोडको कारोबार

    शेयर बजारमा उछाल, ३ अर्ब ५० करोडको कारोबार

    काठमाडौं । शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से)६४.८७ अंकले घटेर २१२५.९४ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २५८ कम्पनीको ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँ बराबरको ८७ लाख ३३ हजार ५४२ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । मंगलवार ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । व्यापार उपसमूह सबैभन्दा धेरै ९.७४ प्रतिशतले बढेको छ ।

    उच्च अंकले बढेको बजारमा आज झन्डै डेढ दर्जन कम्पनीको शेयर मूल्यमा उछाल आएको छ । हिमालयन डिस्ट्रीलरी, साल्ट ट्रेडिङ, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर र खप्तड लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    त्यसैगरी, कालिका पावर, आरएसडीसी लघुवित्त, बाराही हाइड्रोपावर, बिन्ध्यबासिनी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, आशा लघुवित्त, सबैको लघुवित्त, निर्धन उत्थान, सेन्टर फाइनान्स र समता लघुवित्तका शेयर धनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

    आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको साढे ११ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सानिमा माइ हाइड्रोपावर र एनआइसी एशिया बैंक १० १० करोड बढीको कारोबार भएको छ ।

  • काठमाडौंको सडकका खाल्डा एक महिना भित्र पुर्न भौतिक मन्त्रीको निर्देशन

    काठमाडौंको सडकका खाल्डा एक महिना भित्र पुर्न भौतिक मन्त्रीको निर्देशन

    काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडकको खाल्डोहरु पुर्न उपत्यकाभित्र १५ दिन र उपत्यका बाहिरको १ महिना भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । मंन्त्रालय मन्त्रालयमा आयोजित सडक विभागको ब्रिफिङ्ग कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘निर्धारित समयमा गुणस्तरीय पूर्वाधार निर्माण गर्नुको विकल्प छैन।’

    यसको लागि राजनीतिज्ञ र कर्मचारीले शुसासन कायम गर्न आत्माआलोचना सहित शून्य सहनशीलताको नीति अवलम्बन गर्न अपरिहार्य रहेकोमा उपप्रधानमन्त्री श्रेष्ठको जोड रहेको छ। झण्डै ४ घण्टा लामो ब्रिफिंगमा सडक बिभाग मातहतको सम्पूर्ण आयोजना र अवस्थितिको ब्रिफिंग गरिएको थियो। त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले अत्यन्त समस्याग्रस्त आयोजनाको छुट्टै सूची बनाएर कारबाहीको प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको उपप्रधानमन्त्री श्रेष्ठको स्वकीय सचिव विजय गौतमले बताए ।

    जागिरे मानसिकताबाट माथि उठेर विकास निर्माणमा जिम्मेवार हुन कर्मचारीले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले सञ्चालित सम्पूर्ण आयोजनाको अवस्था र भावी योजना ५ दिनभित्र पेश गर्न निर्देशन दिएको थियो। साथै भौतिक पूर्वाधार केन्द्रीत कार्यदल बनाएर सुधारको परिणाममूखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

  • दरबारमार्गको पार्किङ हट्यो

    दरबारमार्गको पार्किङ हट्यो

    काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गको एक लाइन पार्किङ हटाएर सडक खाली गराएको छ । मंगलबार दरबारमार्ग क्षेत्रको बाटो खाली र खुला बनाउन ट्राफिक प्रहरीको समन्वयमा पार्किङ निषेध गरिएको महानगर प्रहरी राजुनाथ पाण्डेलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

    उनका अनुसार आजदेखि पार्किङ निषेध गरिएको हो। उक्त क्षेत्रमा एक लाइन पार्किङ हुँदै आएको थियो। अब यस क्षेत्रमा पार्किङ गर्न नपाइने बताइएको छ ।

  • प्रधानमन्त्रीको जोड : जनजिविका सहज बनाऔं

    प्रधानमन्त्रीको जोड : जनजिविका सहज बनाऔं

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनजिविकालाई सहज बनाउने गरी काम गर्न सरकारका सचिवहरुलाई निर्देशन दिएका छन् । सोमबार र मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेका प्रधानमन्त्री प्रचण्डले मंगलबार ३० बुँदे निर्देशन दिए । जसमा अधिकांश विषय जनजिविकासँग सम्बन्धित छन् । उनले भनेका छन्, ‘हिजो र आज दुईदिन सबै मन्त्रालय र निकायका तर्फबाट तपाईहरुका प्रस्तुति सुनें ।

    तपाईहरुले यहाँ प्रस्तुत गर्दा सबै कुरा ठीकै जस्तो गरी विषयवस्तुहरु प्रस्तुत गर्नुभयो । ठयाक्कै तपाईहरुले भने जस्तो सामान्य अवस्था रहेको भए त राम्रो हो । तर यथार्थ त्योभन्दा फरक छ भन्ने मैले बुझेको छु’ उनले भने । उनले उपलव्ध तथ्यांक राम्ररी केलाउ र आम नागरिकका गुनासाहरुलाई विश्लेषण गर्नु समेत निर्देशन दिए । त्यसबाट यथार्थको नजिक पुग्ने उनको भनाई छ ।


    आर्थिक वर्षको करिव आधाआधी समय व्यतित भइसक्दा पौष १५ सम्म राजस्व वार्षिक लक्ष्यको करिब २५ प्रतिशत मात्र संकलन भएको सन्दर्भ राख्दै उनले अनुदानसहितको श्रोत करिव २७ प्रतिशत संकलन भएको बताए । यो अवधिमा कुल खर्च करिव २८ प्रतिशत मात्र भएकोले संकलित आयश्रोतभन्दा बढी खर्च भएको देखिएको उनले उल्लेख गरे । चालु खर्च करीव ३३ प्रतिशत र पूँजीगत खर्च निराशाजनक ढंगको करिव ११ प्रतिशत मात्र भएको समेत उनले उल्लेख गरेका छन् ।

    बैदेशिक अनुदान रु ५५ अर्व प्राप्त हुने वार्षिक लक्ष्य रहेकोमा पौष १५ सम्म रु ३ अर्व ४२ करोड मात्र प्राप्त भएको उनले उल्लेख गरेका छन् । राजश्व कम उठ्नुमा आर्थिक मन्दी, आयातमा कमी यस्तै केही कारण पनि होलान् भन्दै उनले आयकरसमेत लक्ष्यबमोजिम नउठ्नुमा मासिक कर बुझाउन जाँदा पनि अनेक झन्झट र लामो लाइन बस्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।

    विकास खर्च आर्थिक वर्षको आधाआधी भइसक्दा जम्मा ११ प्रतिशत मात्र भएको भन्दै उनले सोधेका छन्, ‘विकास खर्च हुन नसक्नाका कारण के हुन् ? को जिम्मेवार हो ? यसको कारण खोजी गरी निराकरण अब पनि नगरे कहिले गर्ने ? नीतिगत तहमा समस्या भए तथ्यमा आधारित सुधारका प्रस्ताव ल्याउनुहोस्। तर कार्यान्वयनमा देखिएका कमजोरी अब कसैलाई पन्छ्याएर उम्किन मिल्दैन ।’


    ठूला आयोजनामा विनियोजन भएको बजेट र हालसम्मको खर्च तथा भौतिक प्रगति र बिकास आयोजनामा गति तीव्र गर्ने उपायहरुसहितको योजना राष्ट्रिय योजना आयोगले तत्काल तयार गर्न समेत प्रधानमन्त्रीले निर्देशन दिए । संघीयता लागू भएपछि जनताले घरदैलोमा सहज सेवा पाउने छन्, विकास निर्माणमा स्थानीय जनताको सहभागिता हुनेछ भन्ने अपेक्षा राखेको उनले स्मारण गराए । विगत ५ वर्षको कार्यसम्पादन सन्तोषजनक नभएको प्रधानमन्त्रीको भनाई छ ।

    ‘अहिले तपाइँ हामी यो बैठक गरिरहँदा राहदानी लिन बिहान दुई बजेदेखि लाइनमा बसेको समाचार प्रकाशित भएको छ,’ उनले भने, राष्ट्रिय परिचय पत्र लिने सास्ती उत्तिकै छ । त्यो परिचयपत्र किन आवश्यक भएको हो भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर हामीसँग छैन ।’ उनले सवारी चालक अनुमति पत्र लिन पनि वर्षौं कुर्नुपर्ने अवस्था प्रति समेत सचेत गराए ।

  • सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन : ठोस परिवर्तन देखिने गरी काम गर्नुहोस

    सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन : ठोस परिवर्तन देखिने गरी काम गर्नुहोस

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका सचिवहरुलाई ठोस परिवर्तन देखिने गरी काम गर्न निर्देशन दिएका छन् । सोमबार र मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको प्रस्तुती सुनेका प्रधानमन्त्रीले मंगलबार ३० बुँदे निर्देशन दिएका हुन् । उनले विकास खर्च कम हुनुको कारण खोज्न भनेका छन् । नीतिगत तहमा समस्या भए सुधारको प्रस्ताव ल्याउन प्रधानमन्त्रीको अनुरोध छ ।

    उनले भनेका छन्, ‘तर कार्यान्वयनमा देखिएका कमजोरी अब कसैलाई पन्छ्याएर उम्किन मिल्दैन ।’ प्रधानमन्त्री प्रचण्डले अगाडी भने, ‘एकातर्फ लक्ष्यअनुसार राजस्व नउठ्ने, पूँजीगत खर्च नहुने, अर्कोतर्फ भएको खर्च पनि बेरुजु पर्ने र फछर्यौट नहुने भनेको वित्तीय प्रशासनको पूरा चक्र नै समस्याग्रस्त रहेको देखियो । यसमा संवेदनशील हुन जरुरी छ ।’

    प्रधानमन्त्री प्रचण्डले प्रमुख कार्यकारीको भूमिकामा तेश्रोपटक आएको र यसपटक कर्मचारीबाट पूर्ण सहयोगको अपेक्षा गरेको उल्लेख गरे । ठूला नीतिगत र दीर्घकालीन विषयहरुभन्दा पनि तत्कालिन नागरिकका दैनिक आवश्यकताका सार्वजनिक सेवा प्रवाहका विषयहरु र विकास निर्माण र आयोजना संचालनका विषयहरुमा केन्द्रित हुँदै उनले राज्यको स्थायी सरकारसँग प्रशस्त अनुभव रहेको बताए । यो सरकार त्यो अनुभव, योग्यता र क्षमताको पूर्णरुपमा प्रयोग गर्न चाहन्छ, उनले भने ।

  • झिनो अंकले घट्यो नेप्से, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    झिनो अंकले घट्यो नेप्से, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)३.०३ अंकले घटेर २०६१.०६ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५७ कम्पनीको ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँ बराबरको ८२ लाख २२ हजार ८३३ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । सोमवार २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४४० रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    झिनो अंकले घटेको बजारमा दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । २ वटा कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत भन्दा बढीले बढेको छ ।

    आज स्वतगंगा हाइड्रोपावर र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । खप्तड लघुवित्त वित्तीय संस्था र अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

    आज नेपाल वीन नेपाल लघुवित्त वित्तीय संस्था र बोटलर्स नेपाल तराइ लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ ।

    यसको ४३ करोड १९लाखभन्दा बढीको कारोबार भएको छ । एनआइसी एशिया बैंकको ९ करोड ६६ लाखको कारोबार भएको छ ।

  • विश्वभर देखिन सक्छ आर्थिक मन्दी

    विश्वभर देखिन सक्छ आर्थिक मन्दी

    काठमाडौं । विशवभर आर्थिक मन्दिको असर देखिन सक्ने अतर्राष्ट्रिय निकायले चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष विश्वका एक तिहाइ देशमा आर्थिक मन्दी आउने सम्भावना रहेको बताएको हो । आईएमए प्रमुख क्रिस्टालिना जोर्जिभाले विश्वका एक तिहाइ देशमा यस वर्ष आर्थिक मन्दीको सम्भावना रहेको र यसबाट लाखौं मानिस प्रभावित हुने बताइन् ।

    विश्वका तीन प्रमुख अर्थतन्त्रहरू अमेरिका, युरोपेली संघ र चीन एकसाथ सुस्त गतिमा चलेका हुनाले त्यस्तो परिस्थिति आउने उनको तर्क छ । अमेरिकी टेलिभिजन च्यानल सीबीएससँगको अन्तर्वार्तामा उनले सन् २०२२ को तुलनामा यो वर्ष थप कठिन हुने बताइन् । ‘विश्व अर्थतन्त्रको एक तिहाइमा आर्थिक मन्दी छाउने हामीले अनुमान गरेका छौं,’ जोर्जिभाले भनेकी छन्, ‘आर्थिक मन्दी नभएका देशहरूका लाखौं मानिसले पनि मन्दीकै जस्तो अवस्था महसुस गर्नेछन् ।’

    अमेरिकाले मन्दी पन्छाउन सके पनि युरोपमा गम्भीर स्थिति देखापर्ने उनको भनाइ छ । कोभिडको महामारीपछि रुस–युक्रेन युद्धले अधिकांश देशको अर्थतन्त्र थिलथिलो पारेकाले युरोपेली संघको आधा हिस्सामा गम्भीर आर्थिक समस्या देखापर्ने उनले बताएकी छन् । शून्य कोभिड नीतिका कारण विश्वको दोस्रो ठूलो अर्थतन्त्र, चीनले सन् २०२२ मा बाँकी विश्वसँग रफ्तार मिलाउन सकेको थिएन । यसले गर्दा आपूर्ति शृंखला र व्यापार तथा लगानी प्रवाहमा अवरोध सिर्जना भएको थियो ।

    ‘चालीस वर्षमा पहिलो पटक सन् २०२२ मा चीनको आर्थिक विकास विश्व आर्थिक विकासभन्दा कम वा उही स्तरमा हुने देखिएको छ,’ जोर्जिभाले भनेकी छन्, ‘कोभिडअघि चीनले विश्व आर्थिक विकासको ३४, ३५ वा ४० प्रतिशत प्रवाह गर्थ्यो । अहिले त्यो सकिरहेको छैन ।’ समग्र एसियाली अर्थतन्त्रका लागि यो ‘तनावपूर्ण’ अवधि रहेको उनको भनाइ छ ।

    आईएमएफले यो वर्ष विश्व आर्थिक विकासको दर २।७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् २०२२ मा आर्थिक विकास दर ३।२ प्रतिशत थियो । युक्रेन युद्ध, मुद्रास्फीतिको दबाब र प्रमुख केन्द्रीय बैंकहरूले बढाएको ब्याजदरलगायतलाई मध्यनजर गर्दै आईएमएफले सन् २०२३ को आर्थिक विकासको दर प्रक्षेपण गरेको थियो ।

  • लागु औषध कारोबार मुद्दामा गाउँपालिका प्रमुखलाई साढे तीन वर्ष जेल

    लागु औषध कारोबार मुद्दामा गाउँपालिका प्रमुखलाई साढे तीन वर्ष जेल

    काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा तीन वर्ष छ महिना कैद फैसला भएको छ। अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित रु ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए। निसीखोला –६ को वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको लागुऔषध गाँजा–चरेससम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर भएको थियो।


    सोमबार जिल्ला अदालत बागलुङका न्यायाधीश भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारण गरेको हो। इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई तत्कालीन अवस्थामा घरबाटै पक्राउ गरेको थियो। बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो।

    तत्कालीन वडाध्यक्ष घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजारचरेस नियन्त्रण ऐन २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो। फैसलाको पूर्णपाठ आउन बाँकी रहेको सूचना अधिकारी भण्डारीले बताए। रासस

  • एटीएम मेसिन फोड्न खोज्ने एक जना पक्राउ

    एटीएम मेसिन फोड्न खोज्ने एक जना पक्राउ

    काठमाडौं । प्रहरीले एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका(७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर भएका २८ वर्षीय प्रकाश मगर रहेका छन् ।

    आइतबार राति चन्द्रागिरी नगरपालिका ११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दा(फोड्दैको अवस्थामा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भारी गिरावट

    दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भारी गिरावट

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ ।

    साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)१७.५६ अंकले बढेर २०६३.८३ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५३ कम्पनीको २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४४० रुपैयाँ बराबरको ८२ लाख ७१ हजार ३५५ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । आइतवार ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँ बराबरको कारोबार भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमध्ये १० वटा हरियो भएको छ भने २ वटा घटेको छ ।

    उच्च अंकले बढेको बजारमा दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । २ वटा कम्पनीको शेयरमूल्य ९।९८ प्रतिशत भन्दा बढीले बढेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको १६ करोड ८४ लाखभन्दा बढीको कारोबार भएको छ ।

    हिमालयन डिष्ट्रिलरी लिमिटेडको १६ करोड ६४ लाख र एनआइसी एशिया बैंकको ११ करोड १४ लाखको कारोबार भएको छ ।

  • सुधारियो नेपाली शेयर बजार, कारोबार रकम चार अर्ब नाघ्यो

    सुधारियो नेपाली शेयर बजार, कारोबार रकम चार अर्ब नाघ्यो

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ ।

    साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से)१७.२६ अंकले बढेर २०४६.०२९ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २६१ कम्पनीको ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँ बराबरको १ करोड,८ लाख ८० हजार ९०४ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमध्गे ११ वटा हरियो भएको छ भने २ वटा घटेको छ ।

    उच्च अंकले बढेको बजारमा एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । ४ वटा कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशत भन्दा बढीले बढेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको २२ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ ।

    नेपाल टेलिकमको १९ करोड ८८ लाख र हिमालयन डिष्ट्रिलरी लिमिटेडको १५ करोड ८० लाखको कारोबार भएको छ ।

  • आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

    आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

    काठमाडौं । नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा आजबाट सञ्चालनमा आउँदैछ । यद्दपी पहिलो चरणमा यहाँ आन्तरिक उडानमात्र हुने भएको छ । आइतबार बिहान ११ बजे प्रधानमन्त्री पुष्प कमल दाहालले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पोखरा महानगरपालिकाले आज आइतबारका लागि पोखरामा सार्वजनिक बिदा समेत दिएको छ ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना हो । अब पोखराबाट हुने सबै आन्तरिक उडान नयाँ विमानस्थलबाट हुँदैछन् । यसले पोखराको उडानलाई अझ सुरक्षित बनाउने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाई छ । अंग्रेजी नयाँ वर्षको अवसर पारी यो विमानस्थलको उद्घाटन गर्ने भनी मिति यसअघि नै तय गरिएको थियो ।

  • उच्च अंकले बढ्यो नेप्से, परिसूचक २००० माथि उक्लियो

    उच्च अंकले बढ्यो नेप्से, परिसूचक २००० माथि उक्लियो

    काठमाडौं । शेयर बजारमा उछाल आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से)५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २५७ कम्पनीको २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँ बराबरको ८० लाख २४ हजार ५५९ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । बुधवार २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक हरियो भएको छ । उच्च अंकले बढेको बजारमा तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सात वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

  • टिकेन शेयर बजारको उछाल, दोहोरो अंकले घट्यो

    टिकेन शेयर बजारको उछाल, दोहोरो अंकले घट्यो

    काठमाडौं । शेयर बजार दोहोरो अंकको घटेको छ । लामो समयदेखि ओरालो लागेको नेप्सेमा नयाँ सरकार बनेसँगै उछाल आएको बजार पुरानै लयमा फर्किएको छ ।

    साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से ११.८१ अंकले घटेर १९७२.१५ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २५७ कम्पनीको २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँ बराबरको ६५ लाख ३० हजार ४१५ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । मंगलवार ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९९७ रुपैयाँ बराबरकोबराबरको कारोबार भएको थियो ।

    दोहोरो अंकले घटेको बजारमा ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने तीन वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

    दोहोरो अंकले घटेको बजारमा महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ८ करोड ८५ लाख भन्दा बढीको कारोबार भएको छ ।
    रिडी पावरको ८ करोड र माथिल्लो तामाकोशीको ७ करोड ८४ लाखको कारोबार भएको छ ।

  • चीनले पूर्ण रुपमा खुला गर्यो रसुवा नाका

    चीनले पूर्ण रुपमा खुला गर्यो रसुवा नाका

    काठमाडौं । लामो समयदेखि बन्द रहेको उत्तरी रसुवा नाकाबाट मङ्गलबारदेखि सामान निर्यात सुरु भएको छ । कोभिड–१९ सङ्क्रमणको कारण देखाउँदै बन्द भएको नाका मङ्गलबारदेखि खुला भएको हो । रसुवाका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले नाका खुलेको पहिलो दिन ५० लाख ७० हजार रुपियाँ बराबरका सामान निर्यात भएको जानकारी दिए ।

    मङ्गलबार छ कन्टेनर स्वदेशी सामान भन्सार पास भएर निर्यात भएको उनले जानकारी दिए । चीनले कोभिड महामारी सुरु भएयता पहिलो पटक नेपाली वस्तु निर्यात गर्न सक्ने गरी रसुवागढी नाका खुला गरेको हो । मङ्गलबार बाँसको मुढा, तामाका भाँडालगायतका सजावटका सामान चीनतर्फ निर्यात भएको कार्यालयले जनाएको छ ।

    रसुवा नाकाबाट नियमित रूपमा सामान भने आयात भइरहेको थियो । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा चीनबाट ९४ अर्ब ५८ करोड ११ लाख छ हजार रुपियाँको सामान आयात भएकोमा २४ करोड ४७ लाख २७ हजार रुपियाँको सामान निर्यात भएको छ । चीनले नेपालका आठ हजार वस्तुको निर्यातमा भन्सार छुटको व्यवस्था गरेको छ ।

    नेपालबाट निर्यातयोग्य वस्तुका रूपमा अलैँची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक, कपडा र धागो, छाला जुत्ता, च्याङ्ग्रा, पस्मिना, गलैँचा, कफी राखिएको छ । यस्तै तरकारी तथा तरकारीको बीउ, फलफूल र जुस, मह, चाउचाउ, तयारी पोसाक, पत्थर, गहना, ऊनीका उत्पादन, फल, हस्तकला, मसुरो, जुट झोला, छुर्पी नेपालबाट चीन निर्यात हुने वस्तु हुन् ।

  • कोरियाबाट जहाज चढाएर ल्याइएका गाई किसानलाई  वितरण

    कोरियाबाट जहाज चढाएर ल्याइएका गाई किसानलाई वितरण

    काठमाडौं । हेफर इन्टरनेशनल नेपालको पहलमा दक्षिण कोरियाबाट ल्याइएका गाई नेपाली किसानलाई वितरण गरिएको छ । हेफर इन्टरनेशनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट शतप्रतिशत शुद्ध नस्लका गाई नेपालमा ल्याएर आज किसानलाई वितरण गरिएको हो ।

    दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका छ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र बहर नेपाल ल्याएर वितरण गरिएको हेफर इन्टरनेशनल नेपालका भेटरिनरी डा भोला श्रेष्ठले जानकारी दिए । उनका अनुसार अझै होलिस्टिन फ्रिजनका २२ वटा कोरली गाई आउन बाँकी छ ।


    हेफर कोरियाबाट प्राप्त गाई पुस ७ गते नै कोरिया सरकारको तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरी नेपाल सरकारले सिन्धुलीका किसानलाई वितरण गरेको हो । उत्पादनको हिसाबले कोरियाका टप ९परीक्षण भएका० दुई वटा बहर पनि केही दिनपछि आउने हेफरले जनाएको छ ।

    डा श्रेष्ठले नेपाली स्थानीय गाईलाई विस्थापित गर्ने नभई नस्ल सुधार गरी संरक्षण गर्ने उद्देश्यले गाई ल्याइएको बताउनुभयो । दक्षिण कोरियाबाट ल्याएका शतप्रतिशत शुद्ध नस्लका गाई नस्ल सुधारका लागि ल्याएको उनको भनाइ थियो । उहाँले नेपालको स्थानीय गाईको संरक्षण गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद् पशु सेवा विभागले गरिरहेको बताए ।

    नेपालमा रहेका ७३ लाख गाईमध्ये करिब २० प्रतिशत मात्रै गाई उन्नत जातका रहेको डा श्रेष्ठले बताए । उनले नेपालमा दूध उत्पादन बढाउन आवश्यक रहेको भन्दै शुद्ध नस्ल भएका उत्पादन क्षमता बढी भएका गाई ल्याइएको बताए । गाईलाई आवश्यक पर्ने शुद्ध नस्लको सिमेन (वीर्य) पनि कोरियाबाटै प्राप्त भएको छ । यी गाईको क्षमता प्रतिबेत आठदेखि १६ हजार लिटर दूध रहेको बताइएको छ । रासस

  • काठमाडौं-केरुङ रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौं आयो

    काठमाडौं-केरुङ रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौं आयो

    काठमाडौं । काठमाडौं– केरुङ रेल मार्गको सम्भाव्यता अध्ययन गर्न चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आएको छ । यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको रेल मार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली काठमाडौं आएको रेल विभागले जनाएको छ । चिनियाँ विज्ञ र विभागको सहकार्यमा सम्भाव्यता अध्यनयको प्रक्रिया अगाडि बढ्नेछ । यसअघि पनि चिनियाँ सहयोगमा नै यो परियोजनाको पूर्वसम्भाव्यता अध्ययन भएको थियो ।

    चिनियाँले सम्भाव्यता अध्ययनलाई नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मान्दछन् । सरकारले सम्भाव्यता अध्ययनका लागि यसअघि नै चीनलाई आग्रह गरेको थियो । कोरोना कहरलगायतका कारणले चिनियाँ प्राविधिक टोली नेपाल आउन सकेको थिएन । सरकारको पटक–पटकको आग्रहपछि चिनियाँ प्राविधिक टोली नेपाल आएको हो । टोलीले नै समग्र आयोजनाको अध्ययन गर्नेछ । विभागले त्यसका लागि समन्वय गर्नेछ ।

    बेल्ट एन्ड रोड अवधारणामा निर्माण गर्ने गरी नेपालले चीनसँग प्रस्ताव गरेको विभिन्न नौ परियोजनामध्येको एक हो रेल मार्ग । गएको चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण र तत्कालीन परराष्ट्रमन्त्री डा। नारायण खड्काको चीन भ्रमणमा समेत यो परियोजनाको बारेमा छलफल भएको थियो । आयोजनाको सम्भाव्यता अध्ययनसमेत चिनियाँ सहयोगमा नै सम्पन्न हुनेछ ।

  • शेयर बजारमा उछाल, एकैदिन ३ अर्ब ८८ करोडको कारोबार

    शेयर बजारमा उछाल, एकैदिन ३ अर्ब ८८ करोडको कारोबार

    काठमाडौं । शेयर बजारमा उछाल आएको छ । शेयर बजारमैत्री अर्थमन्त्रीका रुपमा चिनिएका पौडेल अर्थमन्त्री हुँदा लगानीकर्ता उत्साहित भएका छन् जसका कारण दुई दिनमै नेप्सले १०० बढी अंकको फड्को मारिसकेको छ ।

    साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २६१ कम्पनीको ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९९७ रुपैयाँ बराबरको १ करोड लाख २० हजार ३९ हजार ६०३ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । सोमवार २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

  • गभर्नर महाप्रसाद अधिकारीले बुझे वर्षदिनको तलब-भत्तावापत ४९ लाख रुपैयाँ

    गभर्नर महाप्रसाद अधिकारीले बुझे वर्षदिनको तलब-भत्तावापत ४९ लाख रुपैयाँ

    काठमाडौं । नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले वर्षदिनको तलब-भत्तावापत ४९ लाख रुपैयाँ बुझेका छन् ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनले उक्त कुरा देखाएको हो ।

    वार्षिक प्रतिवेदन अनुसार अधिकारीले वर्षभरीमा ४९ लाख ५ हजार २५५ रुपैयाँ बुझेका छन्। उनले एक वर्षमा तलबबापत १४ लाख १८ हजार ४ सय रुपैयाँ बुझेका हुन्।

    यस हिसाबले उनको मासिक तलब १ लाख १८ हजार २०० रुपैयाँ हुन्छ।

    यसबाहेक सञ्चालक समिति भत्ताका रूपमा ३ लाख ५ हजार रुपैयाँ बुझेका छन्। उनले सबैभन्दा बढी अन्य सुविधा बुझेका छन्। यसबापत उनले ३१ लाख ८१ हजार ८५५ रुपैयाँ बुझेका हुन्।

  • प्रधानमन्त्री र मन्त्रीहरुले यस वर्ष बढेको तलव नलिने

    प्रधानमन्त्री र मन्त्रीहरुले यस वर्ष बढेको तलव नलिने

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुले यस वर्ष बढेको तलव नलिने भएका छन् । मन्त्रिपरिषद्का सदस्यहरूले चालु आर्थिक वर्षमा बढेको १५ प्रतिशत तलब नलिने निर्णय सोमबारे भएको हो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को सोमबार बसेको पहिलो बैठकले कम्तीमा चालु आर्थिक वर्षभरि वृद्धि भएर आएको तलबभत्ता मन्त्रिपरिषद्का सदस्यहरूले नलिने निर्णय गरेको हो ।

    ‘प्रतिकात्मक रुपमा यसै वर्षदेखि राष्ट्रसेवकहरूको तलबमा भएको वृद्धि कम्तीमा यस आर्थिक वर्षसम्मका मन्त्रिपरिषद्का सदस्यहरूले नलिने निर्णय गरिएको छ‚’ बैठकपछि पत्रकारहरूलाई मन्त्रिपरिषद्का निर्णय सुनाउँदै मन्त्री पौडेलले भने ।

  • सरकारको पहिलो निर्णय : राहदानी र लाइसेन्स लिँदा लाइन लाग्नुपर्ने व्यवस्था सुधार गर्ने

    सरकारको पहिलो निर्णय : राहदानी र लाइसेन्स लिँदा लाइन लाग्नुपर्ने व्यवस्था सुधार गर्ने

    काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारले सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), पासपोर्टसहितका सेवा वितरण हुने कार्यालयको सेवामा सुधार गर्ने निर्णय भएको छ ।

    राहदानी बनाउन लामो लाइन बस्नुपर्ने हालको अवस्था अन्त्य गर्न र नागरिकलाई सास्ती नहुने गरी काम गर्न निर्देशन दिने निर्णय बैठकले गरेको छ । मन्त्रिपरिषद बैठकले अर्थतन्त्रमा सुधार, राजस्व चुहावट नियन्त्रण, सुशासन र जनतालाई परिवर्तनको अनुभूति दिने गरी सेवामा सुधार गर्ने निर्णय समेत गरेको छ ।

  • नयाँ सरकारको स्वागतमा शेयर बजारमा देखियो उत्साहपूर्ण हरियाली

    नयाँ सरकारको स्वागतमा शेयर बजारमा देखियो उत्साहपूर्ण हरियाली

    काठमाडौं । नयाँ सरकारलाई शेयर बजारले पनि स्वागत गरेको छ । निरन्तर घटिरहेको शेयर बजार सोमवार उच्च अंकले बढेको हो ।

    आइतबार पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोसँगै अब नयाँ अर्थमन्त्री आउने अपेक्षाका साथ लगानीकर्ताको मनोबल बढ्दा नेप्सले बिहानै छलाङ मारेको थियो ।

    शेयर बजारमैत्री अर्थमन्त्रीका रुपमा समेत चिनिने विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्लाले बजार बढेको हो । यसअघि दुई पटक नेप्सेले अल टाइम हाइ रेकर्ड बनाउँदा पौडेल नै अर्थमन्त्री थिए ।

    साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से)५६.८६ अंकले बढेर १९२४.०७ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५० कम्पनीको २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँ बराबरको ५६ लाख ५३ हजार ५३ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार १ अर्ब ११ करोड ९७ लाख ९७ हजार ९२१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक हरियो भएको छ ।

    नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । साथै आज १२ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने १० वटा कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।

    आज नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यसको आज २० करोड ८८ लाख भन्दा बढीको कारोबार भएको छ ।

  • बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बस्नेतको निधन

    बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बस्नेतको निधन

    काठमाडौं । बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ। उनको ९३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो। भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा गरेका थिए। उनी नेपाल बार एसोसिएसनको संस्थापक सदस्य पनि थिए।
    उनी सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षा मन्त्री ९२०२४०, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ९२०२५०, नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत हुन्।

    ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत उनले जोडेका थिए। २ छोरा र १ छोरी रहेका बस्नेतले हवाई उडानलाई सहज र सरल बनाई आम सर्वसाधारणका खुलासमेत गरेका थिए। हाल बुद्ध एयरलाई उनका जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले प्रवन्ध निर्देशकका रूपमा हाँकिरहेका छन्।