नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक २४०० अंकबाट ओर्लियो

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से २९.६० अंकले घटेर २३८५.६४ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३३ कम्पनीको १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रुपैयाँ बराबरको ३४ लाख ७ हजार २७१ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक २४०० अंकबाट ओर्लियो

अध्यागमनले पर्यटकलाई भन्यो-‘ भिसा शुल्क तिर्न २०० डलर बोकेर आउनू’

काठमाडौं । अध्यागमन विभागले अनअराइभल भिसा लिने पर्यटकलाई साथमा २०० अमेरिकी डलर बोकेर आउन अनुरोध गरेको छ । विद्युतीय भुक्तानी प्रक्रियामा समस्या रहेको भन्दै अध्यागमन कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो । विदेशी पर्यटकले मास्टर कार्ड, भिसा कार्ड तथा विद्युतीय कारोबार लिएर आउनेको संख्या बढेपछि पर्यटकले विमानस्थलमा सास्ती भोग्नुपरिरहेको छ। उक्त समस्या नआओस् भन्नको लागि… Continue reading अध्यागमनले पर्यटकलाई भन्यो-‘ भिसा शुल्क तिर्न २०० डलर बोकेर आउनू’

सरकारले अमेरिका र विश्व बैंकबाट ९८ अर्ब अनुदान लिने, दुई दिन बिदा अनिश्चित

काठमाडौं । सरकारले अमेरिकाबाट अनुदानमा उपलब्ध हुने करिब ८० अर्ब रुपैयाँ स्वीकार गर्ने निर्णय गरेको छ। शुक्रबार पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकायबाट प्राप्त हुने करिब ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय भएको… Continue reading सरकारले अमेरिका र विश्व बैंकबाट ९८ अर्ब अनुदान लिने, दुई दिन बिदा अनिश्चित

तीन स्थानीय तह अझै वाणिज्य बैंक विहीन

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको शाखा संख्या विगत चार वर्षको अवधिमा दोब्बर वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, २०७८ फागुन मसान्तसम्म वाणिज्य बैंकको संख्या २७, विकास बैंकको संख्या १७, वित्त कम्पनीको संख्या १७, लघुवित्त वित्तीय संस्थाको संख्या ६६ र पूर्वाधार विकास बैंकको संख्या १ रहेको छ… Continue reading तीन स्थानीय तह अझै वाणिज्य बैंक विहीन

रोकिएन् नेपाली शेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ३४.७८ अंकले घटेर २३८५.०२ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३७ कम्पनीको १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँ बराबरको ३७ लाख ८३ हजार २४ कित्ता शेयर किनबेच भएका छन्… Continue reading रोकिएन् नेपाली शेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

विदेशी विनिमय सञ्चिति ९ अर्ब ५८ करोड डलर मौज्दात, ६.७ महिनाको आयात धान्ने

काठमाडौं । विदेशी विनिमय सञ्चिति घटेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/०७९ को ८ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले यस्तो देखिएको हो । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले कमी आई २०७८ फागुन मसान्तमा ११… Continue reading विदेशी विनिमय सञ्चिति ९ अर्ब ५८ करोड डलर मौज्दात, ६.७ महिनाको आयात धान्ने

रेमिट्यान्स घट्यो, ८ महिनामा ६ खर्ब ३१ अर्ब भित्रियो

काठमाडौं । चालू आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्समा गिरावट आएको छ । गत वर्षको तुलनामा विदेशिनेको संख्यामा वृद्धि भए पनि रेमिट्यान्स भने घटेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ८ महिनाको तथ्यांक अनुसार फागुन मसान्तसम्ममा ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । माघ मसान्तसम्ममा यस्तो… Continue reading रेमिट्यान्स घट्यो, ८ महिनामा ६ खर्ब ३१ अर्ब भित्रियो

तेल, तरकारी, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ८ महिनाको तथ्यांक अनुसार फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.०३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य… Continue reading तेल, तरकारी, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च

निजी क्षेत्रलाई राजस्व स्रोतको रूपमा मात्र हेरियो, विकासको साझेदार मानिएन: अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)का अध्यक्ष शेखर गोल्छाले राज्यले निजी क्षेत्रलाई राजस्वको स्रोतको रुपमा मात्र हेर्ने गरेको बताएका छन् । महासंघको ५६ औं वार्षिक साधरण सभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा सोमबार सोल्टी होटलमा आयोजित कायक्रममा बोल्दै उनले राज्यले निजी क्षेत्रलाई राजस्वको स्रोतको रुपमा मात्र हेरेको तर विकासको साझेदार मान्न नसकेको बताएका हुन्… Continue reading निजी क्षेत्रलाई राजस्व स्रोतको रूपमा मात्र हेरियो, विकासको साझेदार मानिएन: अध्यक्ष गोल्छा

नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, २ अर्ब २६ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ४४.६४ अंकले घटेर २४१९.७१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२८ कम्पनीको २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँ बराबरको ५० लाख ९५ हजार ८३४ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, २ अर्ब २६ करोडको कारोबार

पूर्वअर्थमन्त्री पाण्डे भन्छन् -‘श्रीलंकामा अर्थमन्त्री भाग्नेरे भन्ने सुन्दैछु, नेपालमा त्यो दिन नआओस्’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुुरेन्द्र पाण्डेले नेपालमा पनि अर्थमन्त्री भाग्नुपर्ने स्थिति आउन सक्ने बताएका छन् । आइतबार नेकपा एमालेको प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । अहिले श्रीलंकाका अर्थमन्त्री भाग्नुपर्ने अवस्था आएको भन्दै उनले नेपालको अर्थमन्त्रीको पनि त्यही दिन आउन सक्ने बताए । ‘श्रीलंकामा अर्थमन्त्री भाग्नेरे भन्ने… Continue reading पूर्वअर्थमन्त्री पाण्डे भन्छन् -‘श्रीलंकामा अर्थमन्त्री भाग्नेरे भन्ने सुन्दैछु, नेपालमा त्यो दिन नआओस्’

एमालेले भन्यो-‘गठबन्धनले अर्थतन्त्रलाई जोखिममा धकेल्यो,समस्या समाधान नगरे श्रीलंकाकै हालत’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले ‘गठबन्धन सरकारले अर्थतन्त्रलाई जोखिममा धकेलेको बताएका छन् । नेकपा एमालेको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी दल एमालेले पूर्वअर्थमन्त्रीले गठबन्धन सरकारले मुलुकको अर्थव्यवस्था जोखिममा धकेलेको बताएका हुन् । उनले मुलुकको आर्थिक अवस्था जोखिमउन्मुख रहेको भन्दै सार्थक हस्तक्षेप नगरेमा मुलुक श्रीलंकाजस्तै हुनबाट कसैले रोक्न नसक्ने दाबी… Continue reading एमालेले भन्यो-‘गठबन्धनले अर्थतन्त्रलाई जोखिममा धकेल्यो,समस्या समाधान नगरे श्रीलंकाकै हालत’

नयाँ लाइसेन्सको लागि आवेदन फारम जेठ १ गतेबाट खोल्ने तयारी

काठमाडौं । नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन फारम अझै एक महिनाका लागि रोकिएको छ । यातायात व्यवस्था विभागले फारम भरेर परीक्षा लिएकाहरूको ट्रायल गरेपछि मात्रै नयाँ फारम खोल्ने तयारी गरेको हो। अब जेठ १ गतेदेखि नयाँ आवेदन खोल्ने र त्यसअघि अहिलेसम्म परीक्षा गरिएकाको ट्रायल सक्ने योजना रहेको यातायात व्यवस्था विभागले जनाएको छ… Continue reading नयाँ लाइसेन्सको लागि आवेदन फारम जेठ १ गतेबाट खोल्ने तयारी

फेरि प्रतितोला एक लाख नाघ्यो नेपाली बजारमा सुन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि एक लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार तोलामा ८ सयले बढेर सुनको मूल्य तोलामै एक लाख नाघेको हो । । महासंघका अनुसार साताको पहिलो दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३ सय रुपैयाँ रहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार… Continue reading फेरि प्रतितोला एक लाख नाघ्यो नेपाली बजारमा सुन

वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने

काठमाडौं । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको छ । वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने, ठगिने, सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएपछि… Continue reading वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने

बतासको पक्षमा अन्तरकालिन आदेश, पशुपति धर्मशालामा चलाएको होटल बन्द गर्नु गैरकानूनी

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गर्नु गैरकानूनी भनेको छ । बतास समूह अन्तर्गतको होटेल आनन्दसँग भएको करार सम्झौता एकलौटी रूपमा भङ्ग गर्ने कोषको निर्णयका विरुद्ध अदालतमा पेस भएको मुद्दामा सुनुवाई गर्दै जिल्ला अदालत काठमाडौंले शुक्रवार अन्तरकालीन आदेश दिएको हो । बतास समूहका तर्फबाट अञ्जली रायमाझीले… Continue reading बतासको पक्षमा अन्तरकालिन आदेश, पशुपति धर्मशालामा चलाएको होटल बन्द गर्नु गैरकानूनी

निफ्रासहित ८ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको अनुमति

काठमाडौं । काठमाडौं, २५ चैत । नेपाल धितोपत्र बोर्डले थप ८ संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्रदान गरेको छ। बुक बिल्डिङ्गमा सहभागिता जनाउन बोर्डसमक्ष निवेदन पेश गरेको मध्ये ८ संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्रदान गरेको हो । बोर्डबाट क्यूआइआइको मान्यता पाउने संस्थाहरूमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), सानिमा… Continue reading निफ्रासहित ८ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको अनुमति

‘नेपाल र श्रीलंकाबीच तुलना गर्नेलाई धन्यवाद, अर्थतन्त्र धरासयी बनाउने रहर पूरा हुँदैन’

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी नहुने दाबी गरेका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलंका जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताए । ‘अहिलेको… Continue reading ‘नेपाल र श्रीलंकाबीच तुलना गर्नेलाई धन्यवाद, अर्थतन्त्र धरासयी बनाउने रहर पूरा हुँदैन’

रेमिट्यान्स बढाउन श्रम मन्त्रीले दिए १२ सुझाव

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिटेन्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरुबारे एक दर्जन प्रस्ताव गरेका छन् । अर्थ मन्त्रालयमा भएको सरोकारवाला निकायको वैठकमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार वा रेमिट्यान्सबाट अधिकतम लाभ लिन हुन्डीको सट्टा बैंकिङ च्यानल प्रयोग गरेर विदेशी मुद्रा ल्याउन आकर्षित गर्नुपर्ने बताए । नेपाल आउने… Continue reading रेमिट्यान्स बढाउन श्रम मन्त्रीले दिए १२ सुझाव

दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार, २ अर्ब १२ करोडको करोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकको बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ३५.६६ अंकले बढेर २४६४.३१ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२४ कम्पनीको २ अर्ब १२ करोड १५ लाख ११ हजार २७९ रुपैयाँ बराबरको ५४ लाख ४४ हजार ४३८ कित्ता शेयर किनबेच भएका छन् । आज कारोबारमा… Continue reading दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार, २ अर्ब १२ करोडको करोबार

अमेरिकाले पुटिनका छोरीहरुलाई लक्षित गरि लगायो प्रतिवन्ध

BBC

काठमाडौं । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीहरू सहित उनका अन्य विश्वासपात्रहरू माथि प्रतिबन्धहरू लागु गरेको छ। उक्त सूचीमा रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभको परिवारका सदस्यसहित रुसका प्रमुख ब्याङ्कहरू पनि समावेश छन्। युक्रेनमा रुसी सेनाले गरेको अत्याचारबारे विवरणहरू सार्वजनिक भएसँगै पछिल्लो प्रतिबन्धहरूको घोषणा गरिएको हो। यसैसाता राजधानी किएभ नजिकै रहेको बुचा सहरका सडकमा सर्वसाधारणहरूको शव छरप्रस्ट… Continue reading अमेरिकाले पुटिनका छोरीहरुलाई लक्षित गरि लगायो प्रतिवन्ध

भारतीय नागरिक बाहेक दक्षिण एसियामा विनोद चौधरी एक्लो अर्बपति

काठमाडौं । फेब्र्सले सार्वजनिक गर्ने विश्वका अर्बपतिको सूचीमा नेपालका विनोद चौधरी १९२९ औं स्थानमा रहन सफल भएका छन् । यो सूचिमा अट्ने उनी नेपालका मात्र नभएर भारतीय नागरिकबाहेक दक्षिण एसियाका अन्य मुलुकका एक्लो अर्बपति हुन् । अर्थातः भारत र नेपालबाहेक दक्षिण एसियाली मुलुकबाट कुनै पनि नागरिक अर्बपतिको सूचिमा अटाएनन् । फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्‍यांकिङ… Continue reading भारतीय नागरिक बाहेक दक्षिण एसियामा विनोद चौधरी एक्लो अर्बपति

भारतमा थप ३२५ मेगावाट बिजुली बेच्न नेपालले पायो अनुमति

काठमाडौं । नेपालले भारतीय बजारमा थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा प्रतिस्पर्धामार्फत थप ३२५ मेगावाट बिजुली विक्री गर्न अनुमति दिएको हो । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरेर थप ३२५ मेगावाट बिजुलीलाई भारत निर्यात गर्न अनुमति पाएको… Continue reading भारतमा थप ३२५ मेगावाट बिजुली बेच्न नेपालले पायो अनुमति

रोकिएन सेयर बजारको पहिरो, चार दिनमा ११५ अंकले घट्यो

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । आइबारदेखि लगातार दोहोरो अंकले घटेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । यस साताको चार दिनमा नेप्से झन्डै ११५ अंकले घटेको हो । सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६६ करोडले घटेर २ अर्बभन्दा… Continue reading रोकिएन सेयर बजारको पहिरो, चार दिनमा ११५ अंकले घट्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाने पकाउने ग्याँसमा २५ रुपैयाँ वृद्धि

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले गत रातीबाटै लागु हुने गरि मूल्य वृद्धि भएको जानकारी गराएको छ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढेको हो । अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ । डिजल र मट्टितेलको मूल्य प्रति लिटर… Continue reading पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाने पकाउने ग्याँसमा २५ रुपैयाँ वृद्धि

हिमाल चढ्न अनुमति लिने बढ्दै, कुन हिमालमा कति ?

file

काठमाडौं । हिमाल चढ्न अनुमति लिने विदेशी तथा स्वदेशी आरोहीको संख्या निरन्तर बढ्दैछ । मंगलबारसम्म सगरमाथा आरोहणका लागि मात्र यो सिजनमा १६ समूहका १३८ जनाले अनुमति लिएको पर्यटन विभागको तथ्यांकले देखाएको छ । पर्यटन विभागका अनुसार मंगलबारसम्म ३३ महिला र १०५ जना पुरुष गरी १३८ जनाले सगरमाथाका लागि अनुमति लिएका हुन् । यी आरोही विभिन्न… Continue reading हिमाल चढ्न अनुमति लिने बढ्दै, कुन हिमालमा कति ?

टेस्लाका मालिक एलन मस्क बने ट्‍वीटरको सबैभन्दा ठूलो सेयरधनी

काठमाडौं । विश्वकै धनाढ्य व्यक्ति तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कले ट्‍वीटरको सबैभन्दा ठूलो सेयरधनी बनेका छन् । मस्कले सामाजिक सञ्जाल ट्‍वीटरको ९.२ प्रतिशत सेयर स्वामित्व किन्दै सबैभन्दा ठूलो सेयरधनी बनेका हुन् । टेस्लाका प्रमुख कार्यकारी अधिकृत मस्कले ७ करोड ३४ लाख ८६ हजार ९३८ कित्ता सेयर किनेका हुन् । उक्त सेयरको… Continue reading टेस्लाका मालिक एलन मस्क बने ट्‍वीटरको सबैभन्दा ठूलो सेयरधनी

चोभार सुख्खा बन्दरगाहको उद्घाटन, आयात तथा निर्यातकर्ता दुवैलाई सहज

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले चोभार सुख्खा बन्दरगाहको उद्घाटन गरेका छन्। मंगलवार वीरगञ्जबाट डिजिटल लक लगाएर आएको मालबाहक कन्टेनर बहुप्रतिक्षित बन्दरगाहमा प्रवेश गराई उद्घाटन गरेका हुन्। गत असारमा निर्माण सम्पन्न भएको चोभारको सुख्खा बन्दरगाह हालसम्म सञ्चालनमा आउन सकेको थिएन। सञ्चालनमा आएसँगै वीरगञ्ज भन्सारमा ‘डिजिटल लक’ गरेर आन्तरिक परिवहन सुविधा अन्तर्गत काठमाडौं आएका ती कन्टेनरसँगै… Continue reading चोभार सुख्खा बन्दरगाहको उद्घाटन, आयात तथा निर्यातकर्ता दुवैलाई सहज

काठमाडौंको चोभारमा बनेको सुख्खा बन्दरगाह आजबाट संचालनमा आउने

काठमाडौं । काठमाडौंको चोभारमा निर्माण सम्पन्न भएको सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आउने भएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दरगाहको उद्घाटन गर्ने छन् । बन्दरगाह नेपाल इन्टरमोडल यातायत विकास समितिमार्फत संचालनमा आउन लागेको हो । काठमाडौं सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि समुन्द्री बन्दरगाह हुँदै व्यवसायीहरुले भित्र्याएको माल वस्तु सिधै काठमाडौंमै जाँच पास गर्न सकिन्छ । यसले… Continue reading काठमाडौंको चोभारमा बनेको सुख्खा बन्दरगाह आजबाट संचालनमा आउने

अर्थमन्त्रीले भने : एमसिसी परियोजनाको कार्यान्वयन छिटो शुरु गरौं

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको कार्यान्वयन प्रकृया छिटो अघि बढाउन आग्रह गरेका छन् । सोमबार साँझ अर्थमन्त्री शर्माको नेतृत्वमा एमसिसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसिसीको नेपालस्थित राष्ट्रिय निर्देशक (निमिक्त) सञ्जय पौडेल, नेपालस्थित अमेरिकी दुतावासको राजनीतिक विशेषज्ञ रोजी कट्टेल र अर्थ मन्त्रालयका प्रतिनिधिबीच भर्चुअल बैठकमा उनले यस्तो आह्वान… Continue reading अर्थमन्त्रीले भने : एमसिसी परियोजनाको कार्यान्वयन छिटो शुरु गरौं