आर्थिक चलखेल गरेको आरोपमा इलाममा गाउँपालिका अध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा

इलाम (रासस) । नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । बुधबार राति गाउँपालिकाको वडानम्बर ५ को जमुनामा पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ छ । उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत स्थानीयवासीले नियन्त्रणमा लिएका हुन् । मौन अवधिमा दुवै जनालाई प्रचार–प्रसारको काममा… Continue reading आर्थिक चलखेल गरेको आरोपमा इलाममा गाउँपालिका अध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा

शेयर बजारको उकालो यात्रा कायमै, कारोबार रकममा पनि सुधार

काठमाडौं । साताको कारोबार चौंथो दिन शेयर बजार उच्च अंकले बढेको छ । बुधवार शेयर बजार मापक सूचक (नेप्से) ५६.६ अंकले बढेर २३६९.०६ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२९ कम्पनीको २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँ बराबरको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर किनबेच भएका छन्… Continue reading शेयर बजारको उकालो यात्रा कायमै, कारोबार रकममा पनि सुधार

विदेशी विनिमय सञ्चिति ११ खर्ब ६७ अर्ब मौज्दात, ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्ने

काठमाडौं । विदेशी विनिमय सञ्चिति घटेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/०७९ को ९ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले यस्तो देखिएको हो । २०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आई २०७८ चैत्र मसान्तमा रु.११६७ अर्ब ९२… Continue reading विदेशी विनिमय सञ्चिति ११ खर्ब ६७ अर्ब मौज्दात, ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्ने

रेमिट्यान्समा सामान्य सुधार, ९ महिनामा भित्रियो ७ खर्ब २४ अर्ब

काठमाडौं । चालू आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्समा गिरावट आएको छ । गत वर्षको तुलनामा विदेशिनेको संख्यामा वृद्धि भए पनि रेमिट्यान्स भने घटेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ९ महिनाको तथ्यांक अनुसार चैत मसान्तसम्ममा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । तथ्याङक अनुसार समीक्षा… Continue reading रेमिट्यान्समा सामान्य सुधार, ९ महिनामा भित्रियो ७ खर्ब २४ अर्ब

शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब घाटामा

काठमाडौं । शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ९ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले रुपैयाँ घाटामा रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले… Continue reading शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब घाटामा

तेल, तरकारी, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ९ महिनाको तथ्यांक अनुसार फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य… Continue reading तेल, तरकारी, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च

लुक्ला जान टिकट काटेका यात्रुलाई चुनावको दिन पनि नरोकिने

काठमाडौं । ३० वैशाखको दिन नेपालभर सार्वजनिक यातायात चल्ने छैनन् । जसले गर्दा आन्तरिक हवाई उडान समेत ठप्प हुने छ । यस दिन उद्धार उडान, मानवीय सहायताका उडान र सरकारको अनुमतिमा भने उडान हुनेछन् । समिट एयरका अनुसार यस दिन लुक्ला जान टिकट काटिसकेका यात्रुले उडान गर्न पाउने गरि व्यवस्था मिलाइएको छ । सोहीकारण सम्बन्धित… Continue reading लुक्ला जान टिकट काटेका यात्रुलाई चुनावको दिन पनि नरोकिने

मौन अवधिमा भोजभतेर र पैसा बाँडे तत्काल कारवाही हुने

काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा भोजभतेर,पैसा बाँड्नेहरूलाई तत्काल कारबाही गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी मौन अवधिमा भोजभतेर गर्ने, पैसा बाँड्ने, सभा सम्मलेन गर्नेहरूलाई तत्कालै कारबाही गर्ने प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आज मध्यराति देखि मौन अवधि सुरू हुँदैछ। त्यसबीच आचारसंहिताको उल्लंघन भएको पाइएमा तत्काल कारबाही गर्ने चेतावनी दिएको… Continue reading मौन अवधिमा भोजभतेर र पैसा बाँडे तत्काल कारवाही हुने

शेयर बजारमा हरियाली, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । साताको कारोबार तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । मंगलवार शेयर बजार मापक सूचक (नेप्से) ४४.१६ अंकले बढेर २३१३.४७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२६ कम्पनीको १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६८ रुपैयाँ बराबरको ३३ लाख ३० हजार १५० कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading शेयर बजारमा हरियाली, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

नेपालमा उर्जा क्षेत्रमा जापानले सहयोग बढाउने प्रतिवद्धता

काठमाडौं । नेपालको उर्जा क्षेत्रमा जापानले सहयोग बढाउने प्रतिवद्धता व्यक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि जापानी राजदूत किकुता युताकाबीच भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत किकुताले मन्त्री भुसाललाई जापानमा अप्रिल २३ र २४ तारिखमा भएको एसिया प्यासिफिक जल सम्मेलनमा भिडियो सन्देशमार्फत सहभागिता जनाएकोमा धन्यवाद ज्ञापन… Continue reading नेपालमा उर्जा क्षेत्रमा जापानले सहयोग बढाउने प्रतिवद्धता

अष्ट्रेलियाबाट लगानी भित्राउन सहजीकरण गर्न परिसंघद्धारा राजदूतसँग आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालको तुलनात्मक लाभका क्षेत्रमा अस्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्नेतर्फ सहजीकरण गरिदिन नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कसँग आग्रह गरेको छ । नेपालमा हरित ऊर्जा, खनिजजन्य उद्योग, सूचना प्रविधि र कृषि प्रशोधनसँग सम्बन्धित व्यवसायहरुमा उच्च प्रतिफलको सम्भावना रहेकाले त्यस्ता क्षेत्रमा अस्ट्रेलियाका लगानीकर्ता आउनेगरी सहजीकरण गर्न परिसंघले आग्रह गरेको हो । कार्यक्रममा परिसंघका… Continue reading अष्ट्रेलियाबाट लगानी भित्राउन सहजीकरण गर्न परिसंघद्धारा राजदूतसँग आग्रह

आर्थिक संकट र राजनीतिक द्धन्द्धका बीच श्रीलंकाका प्रधानमन्त्रीले दिए राजिनामा

कोलम्बो । श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपक्षले व्यापक रूपमा सरकार विरोधी प्रदर्शन भइरहँदा राजीनामा दिएका छन्। राष्ट्रपति तथा आफ्ना भाइ गोटबय राजपक्षलाई पठाइएको पत्रमा ७६ वर्षीय प्रधानमन्त्रीले नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताएका छन्। बीबीसीका अनुसार त्यस्तो नयाँ सरकारले गहिरिँदो आर्थिक सङ्कटबाट बाहिरिन देशलाई निर्देश गर्न सक्ने पनि उनले पत्रमा उल्लेख गरेका बताइएको… Continue reading आर्थिक संकट र राजनीतिक द्धन्द्धका बीच श्रीलंकाका प्रधानमन्त्रीले दिए राजिनामा

राजस्व छलिमा दुई जनाविरुद्ध १७ करोडको मुद्दा

काठमाडौं । अन्तरा इन्टरनेश्नल प्रालि काठमाडौंका सञ्चालकसहित दुईजना विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । नक्कली भ्याट बिलमार्फत राजस्व चुहावट गरेको आरोपमा प्रालिका सञ्चालक डोटीका गणेशबहादुर केसी र कम्पनीका लेखापरीक्षक श्यामसुन्दर यादव विरुद्ध १७ करोड ७ लाख ५५ हजार रुपैयाँ विगो मागदावी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागका अनुसार… Continue reading राजस्व छलिमा दुई जनाविरुद्ध १७ करोडको मुद्दा

मनसुन शुरु भएपछि मेलम्चीको पानी रोकिने

काठमाडौं । अस्थायी रुपमा काठमाडौंमा आइरहेको मेलम्ची खानेपानी आयोजनाको पानी मनसुन शुरु भएपछि भने रोकिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले वर्षा सुरू हुनुभन्दा पहिले मेलम्चीको पानी ल्याउन रोक्ने भएको छ। दुई साता पहिले अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको भए पनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन नसकिने… Continue reading मनसुन शुरु भएपछि मेलम्चीको पानी रोकिने

२७ वैशाखबाट काठमाडौंमा मदिरा बिक्रि रोक

काठमाडौं । स्थानीय तह निर्वाचन सुरक्षालाई लक्षित गरी काठमाडौंमा वैशाख २७ गतेदेखि ३० गते साँझसम्म मदिरा बिक्री वितरणमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार एक सूचना जारी गरी वैशाख २७ गते मंंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन नगर्न नगराउन आग्रह गरेको छ । ३०… Continue reading २७ वैशाखबाट काठमाडौंमा मदिरा बिक्रि रोक

निर्वाचनको दिन निजी सवारीलाई पास अनिवार्य, सार्वजनिक चलाउन नपाइने

file

काठमाडौं । वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनको मतदान हुने दिन निजी सवारी साधन चलाउन पास अनिवार्य गरिएको छ । निर्वाचन आयोगले पास नभई सवारी साधन चुनावका दिन चलाउन नदिन सरकारसँग अनुरोध गरेको छ । आयोगका अनुसार काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रूपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ। आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको… Continue reading निर्वाचनको दिन निजी सवारीलाई पास अनिवार्य, सार्वजनिक चलाउन नपाइने

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा सुधार

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोवारको अन्तिम शेयर बजार मापक सूचक (नेप्से) ३७.०६ अंकले घटेर २३३८.६२ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २३२ कम्पनीको १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७२ रुपैयाँ बराबरको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा सुधार

आर्थिक वृद्धिदर सबैभन्दा धेरै बागमती प्रदेशको, कम कर्णालीको

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले सातै प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र आर्थिक वृद्धिदर प्रक्षेपण गरेको छ। चालू आर्थिक वर्षको ९ महिनाको तथ्याङ्कका आधारमा विभागले प्रक्षेपण गरेको हो। प्रदेशगत कुल गार्हस्थ्य उत्पादनका आधारमा बागमती प्रदेशको सबेभन्दा बढी र कर्णाली प्रदेशको सबैभन्दा कम रहेको छ। प्रदेश नम्बर १ दोस्रो, लुम्बिनी प्रदेश तेस्रो, मधेश प्रदेश चौथो र… Continue reading आर्थिक वृद्धिदर सबैभन्दा धेरै बागमती प्रदेशको, कम कर्णालीको

नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्न ८० करोड अमेरिकी अनुदान

काठमाडौं । नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु. ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ। अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज (बिहीबार) आयोजित एक कार्यक्रममा काठमाडाैंस्थित अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) का निर्देशक सेपिदेह केवंशद र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका… Continue reading नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्न ८० करोड अमेरिकी अनुदान

विश्व बैंकले नेपाललाई दियो १८ अर्ब भन्दा बढी ऋण

काठमाडौं । नेपालले विश्व बैंकबाट थप १५ करोड अमेरिकी डलर (१८ अर्ब भन्दा बढी) ऋण लिने भएको छ । नेपालमा वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न तथा वित्तीय सेवामा पहुँच बढाउनका लागि विश्व बैंकले सो रकम ऋण सहायता स्वरुप नेपाललाई उपलब्ध गराउने भएको हो । बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट… Continue reading विश्व बैंकले नेपाललाई दियो १८ अर्ब भन्दा बढी ऋण

एनएमबि बैंकको ऊर्जा ऋणपत्र विक्री खुल्यो, न्यूनतम २५ कित्ता भर्नुपर्ने

काठमाडौं । एनएमबि बैंकले आजदेखि ‘एनएमबि ऊर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र विक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो । निष्काशित कुल ३५ लाख कित्ता ऋणपत्र मध्ये २१ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी… Continue reading एनएमबि बैंकको ऊर्जा ऋणपत्र विक्री खुल्यो, न्यूनतम २५ कित्ता भर्नुपर्ने

उम्मेदवारलाई आयोगको निर्देशन : खर्च बैंकबाट मात्र गर्नु

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई बैंक मार्फत मात्र खर्च गर्न निर्देशन दिएको छ । मंगलबार आयोगले विज्ञप्ति जारी गरी निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल गरी बैंक मार्फत मात्र खर्च गर्न आग्रह गरेको हो । आयोगले उम्मेदवारले बैंकमार्फत खर्च गरेको वा नगरेको ख्याल गर्न… Continue reading उम्मेदवारलाई आयोगको निर्देशन : खर्च बैंकबाट मात्र गर्नु

अन्नपूर्ण केवलकार पुग्न पोखराका विभिन्न स्थानबाट निःशूल्क बस सेवा शुरु

काठमाडौं । पोखरास्थित अन्नपूर्ण केबलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ । बिहान ५ बजेदेखि सेवा सुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो । केवलकार स्टेसन रहेको सेदीबगरसम्म पुग्न कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको हो । केवलकारमा यात्रा गर्ने स्वेदशी तथा विदेशी… Continue reading अन्नपूर्ण केवलकार पुग्न पोखराका विभिन्न स्थानबाट निःशूल्क बस सेवा शुरु

अप्रिलमा कोरोना महामारीयताकै धेरै पर्यटक नेपाल आए, अमेरिकाबाट मात्र ६ हजार ९५४

काठमाडौं । कोरोना भाइरसको महामारी शुरु भएयता अप्रिल २०२२ मा नेपालमा सबैभन्दा धेरै संख्यामा पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको पर्यटक आगमनको तथ्यांक अनुसार यो महिनामा ५८ हजार ३८४ पर्यटक नेपाल आएका छन् । यो ११ चैत २०७६ मा नेपालमा लकडाउन भएयताको सबैभन्दा उच्च संख्या हो । मार्चमा ४२ हजार ६… Continue reading अप्रिलमा कोरोना महामारीयताकै धेरै पर्यटक नेपाल आए, अमेरिकाबाट मात्र ६ हजार ९५४

भारतबाट इन्धनको लागत मूल्य बढेर आयो, पेट्रोल भन्दा डिजेल महंगो

काठमाडौं । इन्धनको खरिद लागत मूल्य वैशाख तेस्रो सातामा महँगो बनेको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल निगम (आईओसी)बाट ३ वैशाखमा प्राप्त मूल्य सूचीको तुलनामा १८ वैशाखमा प्राप्त नयाँ मूल्य सूचीले निगमलाई थप एक अर्ब ४५ करोड रुपैयाँ नोक्सान हुने भएको छ । १ वैशाखको मूल्यले ३ अर्ब ७४ करोड रुपैयाँ घाटा हुने… Continue reading भारतबाट इन्धनको लागत मूल्य बढेर आयो, पेट्रोल भन्दा डिजेल महंगो

आजबाट मेलम्चीको पानी वितरण बढ्ने, कति जाने छ काठमाडौंका धारामा ?

Photo : spotlightnepal

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आइतबारबाट मेलम्चीको पानी वितरण क्षमता बढाउने भएको छ । अब दैनिक १७ करोड लिटर पानी वितरण गरिने भएको छ । मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने भएको हो । आइतबार बिहान ११ बजेसम्म सर्वसाधारणको धारामा पान िपुगिसक्ने भएको हो । वैशाख ११… Continue reading आजबाट मेलम्चीको पानी वितरण बढ्ने, कति जाने छ काठमाडौंका धारामा ?

आज श्रमिक दिवस, विश्वभर मनाइदैं

काठमाडौं । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ । एक सय ३६ वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ ।… Continue reading आज श्रमिक दिवस, विश्वभर मनाइदैं

२३ वैशाखबाट आन्तरिक विमानस्थलमा रात्रिकालिन उडान

काठमाडौं । आगामी २३ वैशाखबाट नेपालका आन्तरिक विमानस्थलमा रातको १२ बजेसम्म जहाज उड्ने भएका छन् । यसअघि अन्तर्राष्ट्रिय उडानमा मात्र यो नियम कार्यान्वयनमा रहेको थियो । वायुसेवा सञ्चालक संघका अनुसार शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, पर्यटन सचिव महेश्वर न्यौपाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा संचालकहरुबीच छलफल भएको छ… Continue reading २३ वैशाखबाट आन्तरिक विमानस्थलमा रात्रिकालिन उडान

गभर्नर अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्ने आदेश निरन्तर, पदबाट नहट्ने

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्नु भन्ने आदेशलाई निरन्तरता दिएको छ । यससँगै गभर्नर अधिकारीको पद नहट्ने भएको छ । शुक्रबार न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । यसअघि न्यायाधीश हरि फुयालको इजलासले गभर्नरमाथि जाँचबुझ गर्न गठन हुने समितिको… Continue reading गभर्नर अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्ने आदेश निरन्तर, पदबाट नहट्ने

विमानको शौचालय प्रयोग गरेर सुन तस्करी, सफाइ कर्मचारीसहित ५ पक्राउ

काठमाडौं । विमानको शौचालय प्रयोग गरेर सुन तस्करी हुने गरेको खुलासा भएको छ । बिहीबार दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमानको शौचालयमा रहेको डस्टबिनमा २ केजी २ सय ३२ ग्राम सुन लुकाएर ल्याएको प्रहरीले फेला पारेको छ । प्रहरीले विमानमा कार्यरत सरसफाइ कर्मचारीसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको याङवरक-५ का २८… Continue reading विमानको शौचालय प्रयोग गरेर सुन तस्करी, सफाइ कर्मचारीसहित ५ पक्राउ