जेनजी आन्दोलनमा निजी क्षेत्रले मात्र ८० अर्ब गुमाएको प्रारम्भिक अनुमान

८ असोज, काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो । न्यायको मन्दिर मानिने सर्वोच्च अदालतको भवन आगोमा दन्कियो । ऐतिहासिक धरोहरका रुपमा रहेको राष्ट्रपति कार्यालय शीतल निवासमाथि आक्रमण भयो, आगजनी गरियो । चीन सरकारको सहयोगमा निर्माण गरिएको र सङ्घीय संसद्ले प्रयोग गरेको अन्तरराष्ट्रिय सम्मेलन… Continue reading जेनजी आन्दोलनमा निजी क्षेत्रले मात्र ८० अर्ब गुमाएको प्रारम्भिक अनुमान

तुइनखोलामा डाँडै खस्यो, भयानक पहिरोपछि अनिश्चितकालका लागि बन्द भयो राजमार्ग

७ असोज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा फेरि ठूलो पहिरो खसेको छ । पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको छ । आज दिउँसो ४ः५५ बजे ठूलो पहिरो गएको र त्यसपछि पनि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन कठिन भएको डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लम्सालले जानकारी दिए । उनले भने, “पहिरो झर्ने क्रम नरोकिँदा… Continue reading तुइनखोलामा डाँडै खस्यो, भयानक पहिरोपछि अनिश्चितकालका लागि बन्द भयो राजमार्ग

सुनको मूल्यले फेरी राख्यो कीर्तिमान, तोलाको दुई लाख २१ हजार ७००

७ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा रू तीन हजार नौ सय बढेको हो ।… Continue reading सुनको मूल्यले फेरी राख्यो कीर्तिमान, तोलाको दुई लाख २१ हजार ७००

जेनजी प्रदर्शनः अहिलेसम्म २२ अर्ब २५ करोड बराबरको बिमा दाबी

७ असोज, काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । सो प्रदेशमा रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ । कूल एक हजार ३४३… Continue reading जेनजी प्रदर्शनः अहिलेसम्म २२ अर्ब २५ करोड बराबरको बिमा दाबी

सूर्यविनायक–धुलिखेल खण्ड छिटो बनाउन माग

७ असोज, भक्तपुर । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसँग उद्योगी तथा यातायात व्यवसायीले सूर्यविनायक(धुलिखेल सडकखण्ड यथाशीघ्र निर्माण सम्पन्न गराउन माग गरेका छन् । मन्त्री घिसिङद्वारा सोमबार सूर्यविनायक–धुलिखेल सडकको अवलोकन गर्ने क्रममा व्यवसायीले जगाती र साँगा खण्डमा अव्यवस्थित सडकका कारण दुर्घटना बढेको भन्दै शीघ्र निर्माण सम्पन्न गराउन माग… Continue reading सूर्यविनायक–धुलिखेल खण्ड छिटो बनाउन माग

तातोपानी र केरुङ नाका बन्द हुँदा दसैँको सामान बेच्न समस्या

७ असोज, काठमाडौं । नेपाल–चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानी र केरुङ नाका बन्द हुँदा दसैँको सामान बेच्न समस्या भइरहेको व्यवसायीले गुनासो गरेका छन् । नेपाल–चीन जोड्ने प्रमुख दुई नाका वर्षातका कारण अवरुद्ध हुँदा दसैँका लागि ल्याइएका हजारौँ कन्टेनरका सामान नाकामा आरोकिँदा समस्या भइरहेको व्यवसायी बताएका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्कीले दसैँमा… Continue reading तातोपानी र केरुङ नाका बन्द हुँदा दसैँको सामान बेच्न समस्या

मन्त्री घिसिङद्वारा बिस्तारित अरनिको राजमार्गको काम समयमै सम्पन्न गर्न निर्देशन

६ असोज, काभ्रे । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले अरनिको राजमार्गअन्तर्गत दुई सडकखण्डको आज अवलोकन गरेका छन् । बिस्तारित दुई खण्ड सूर्यविनायक–धुलिखेल तथा धुलिखेल–खावा सडकखण्डको अनुगमन गरी चाडपर्वमा यात्रा सहज बनाउन उनले निर्देशन दिए । मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजना… Continue reading मन्त्री घिसिङद्वारा बिस्तारित अरनिको राजमार्गको काम समयमै सम्पन्न गर्न निर्देशन

मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीले लिए शपथ

RSS

६ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, महाविर पुन, मदनप्रसाद परियार र जगदीश खरेललाई शपथ गराए । नवनियुक्त मन्त्री सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय… Continue reading मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीले लिए शपथ

सुन प्रतितोला २ लाख १७ हजार ८ सय

६ असोज, काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भएकोमा आज रू सात सय बढेको हो । त्यस्तै, आज चाँदी प्रतितोला रू… Continue reading सुन प्रतितोला २ लाख १७ हजार ८ सय

उच्च गिरावटपछि उठ्यो नेप्से, एकै दिन १११ अङ्कको वृद्धि

५ असोज, काठमाडौं । , ५ असोजस् गत हप्ता अन्तिम कारोबार दिन नकारात्मक सर्किट लागेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक आज १११ दशमलव ७० अङ्कले बढेको छ । आज नेप्से परिसूचक चार दशमलव ४४ प्रतिशतले बढेको हो । आज ३२९ कम्पनीको दुई करोड ३२ हजार २२४ कित्ता शेयर एक लाख आठ हजार ९०८… Continue reading उच्च गिरावटपछि उठ्यो नेप्से, एकै दिन १११ अङ्कको वृद्धि

निजी क्षेत्रलाई सहुलीयत- जलेका गाडी कबाडीमा बेच्ने, यी हुन आजका मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णय

५ असोज, काठमाडौं । काठमाडौँ, ५ असोजः सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक इञ्जिनियर मनोज सिल्वाललाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशक इञ्जिनियर हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने र रिक्त रहेको प्राधिकरणकको कार्यकारी… Continue reading निजी क्षेत्रलाई सहुलीयत- जलेका गाडी कबाडीमा बेच्ने, यी हुन आजका मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णय

हितेन्द्रदेव शाक्यको जिम्मेवारी खोसियो, प्राधिकरणमा आए सिलवाल

५ असोज, सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको जिम्मेवारी खोसेको छ । उनलाई ऊर्जा आयोगमा पद सिर्जना गरी सरुवा गर्ने निर्णय आइतबारको मन्त्रिपरिषद्ले गरेको हो । गृहमन्त्री ओम प्रकाश अर्यालका अनुुसार उनको स्थानमा प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । यसअघि वर्तमान ऊर्जामन्त्री कुलमान घिसिङलाई हटाएर अघिल्लो… Continue reading हितेन्द्रदेव शाक्यको जिम्मेवारी खोसियो, प्राधिकरणमा आए सिलवाल

सरकारले बनायो पुनर्निर्माण कोष, साना आयोजना खारेज

५ असोज, काठमाडौं । सरकारले ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरी ३ करोडभन्दा माथिका तर आयोजना बैंकमा प्रविष्ट नभएका वा एलएमबीआईएसमा प्रविष्ट गरेर आयोजना बैंकमा पछि राखिएका वा राजनीतिक दबाबमा राखिएका आयोजना रोक्का राख्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।… Continue reading सरकारले बनायो पुनर्निर्माण कोष, साना आयोजना खारेज

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

५ असोज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आज साँझ पुनःपहिरो खसेर अवरुद्ध भएको छ । दिउँसो ४ बजे एकतर्फि सञ्चालनमा आएको सडक साँझ ८ बजे पुन पहिरो खसेपछि अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माका अनुसार साँझ ८ बजेपछि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन सकिएको छैन । रातको समयमा जोखिम… Continue reading नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने

AP Photo/Evan Vucci)

एजेन्सी५ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुशल कामदार भिसा (एच–१ बी) का लागि नयाँ वार्षिक एक लाख अमेरिकी डलर शुल्क उठाउने घोषणा गरेको छ । यसले प्रविधि उद्योगमा ठूलो असर पार्न सक्ने भन्दै घोषणाप्रति भारतको प्रमुख व्यापारिक निकाय (नासकोम) ले शनिबार चासो व्यक्त गरेको छ। अमेरिकामा त्यस्ता भिसा अनुमतिहरू व्यापक रहेका नासकोमले बताएको… Continue reading ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने

स्याफ्रुबेँसी–रसुवागढी मर्मत सम्पन्न : कुलुङखोला पुलमा ठूला सवारीमा रोक

५ असोज, रसुवा । गत असार २४ र साउन १४ गते ल्हेन्देखोलामा आएको बाढीका कारण क्षति पु¥याएको स्याफ्रुबेँसी–रसुवागढी सडक मर्मत गरिएको छ । सडक विभागले टिमुरेको तातोपानी डाँडादेखि रसुवागढीसम्म र बाँकी रसुवागढी जलविद्युत् आयोजनाले संयुक्त रूपमा सहयोग गरेका थिए । टिमुरेभन्दा माथि पहरो कटिङ गर्न नसक्दा भोटेकोसी खोलाको नजिकबाट यातायात आवतजावत खुलाइएको छ । खोलामा… Continue reading स्याफ्रुबेँसी–रसुवागढी मर्मत सम्पन्न : कुलुङखोला पुलमा ठूला सवारीमा रोक

शुक्रबारदेखि बन्द नारायणगढ–मुग्लिन सडक अझै खुलेन, आज बिहानैदेखि काम

५ असोज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरुआत गरिएको छ । शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम सुरु गरिएको हो । पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसिरहेकाले पन्छाउन समय लागेको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए । उनका अनुसार आज बिहान… Continue reading शुक्रबारदेखि बन्द नारायणगढ–मुग्लिन सडक अझै खुलेन, आज बिहानैदेखि काम

महाशिला गाउँपालिकाले आफ्नै भवनबाट सेवा थाल्यो

५ असोज, पर्वत । सङ्घीयता कार्यान्वयनमा आएको झण्डै एक दशकपछि महाशिला गाउँपालिकाले सेवा आफ्नै भवनबाट सुरु गरेको छ । स्थापनाकालदेखि साविक बालाकोट गाविस तथा वडा नं ३ को कार्यालयबाट सञ्चालन हुँदै आएको सेवा यसै सातादेखि आफ्नै भवनबाट सञ्चालन गरिएको हो । महाशिला–३ र वडा नं ५ को सिमाना काफलडाँडामा बनेको सुविधासम्पन्न भवनवाट सेवा सुरु गरिएको… Continue reading महाशिला गाउँपालिकाले आफ्नै भवनबाट सेवा थाल्यो

कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा

४ असोज, काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि आज रु नौ अर्ब ८० करोड निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ । “चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो… Continue reading कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा

सिंहदरबारमा यसरी भइरहेको छ मर्मत र रङरोगन

rss

४ असोज, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै चमक दिलाउन धमाधम मर्मतसम्भार र रङरोगन गरिएको छ । जेनजी प्रदर्शनपछि सुनसान र खण्डहर जस्तै बनेको राजनीतिक र प्रशासनिक केन्द्र सिंहदरबारमा मर्मत र रङरोगनले चहलपहल बढेको छ । आगोले जलेका संरचना र धुवाँले कालो बनेका मन्त्रालयका भित्तामा पानीले पखाली… Continue reading सिंहदरबारमा यसरी भइरहेको छ मर्मत र रङरोगन

दशैं अगाडी नै नागढुंगा सुरुङमार्गबाट यात्रुबाहक सवारी चलाउने तयारी

४ असोज, काठमाडौं । सरकारले दशैं अगाडी नै नागढुंगा सुरुङमार्गबाट यात्रुबाहक सवारी साधन चलाउने तयारी गरेको छ । दशैं अगाडी काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारीमध्ये यात्रुबाहक सवारी साधन जान दिने र दशैंपछि भित्रने सवारी साधनलाई पनि सो मार्ग प्रयोग गर्ने दिनेबारे सम्बन्धित पक्षसँग छलफल गर्ने निर्णय भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले गरेको… Continue reading दशैं अगाडी नै नागढुंगा सुरुङमार्गबाट यात्रुबाहक सवारी चलाउने तयारी

काठमाडौं जोड्ने मूख्य राजमार्ग नारायणगढ–मुग्लिन सडक १५ घण्टादेखि बन्द, खुल्ने समय अनिश्चित

४ असोज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो । उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो… Continue reading काठमाडौं जोड्ने मूख्य राजमार्ग नारायणगढ–मुग्लिन सडक १५ घण्टादेखि बन्द, खुल्ने समय अनिश्चित

विध्वंशपछि अहिलेसम्म २० अर्ब ७० करोड बराबरको बीमा दावी

४ असोज, काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिका कारण भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म रु २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ बराबरको बीमा दावी भएको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा क्षति पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार… Continue reading विध्वंशपछि अहिलेसम्म २० अर्ब ७० करोड बराबरको बीमा दावी

अविरल वर्षाले धानबालीमा क्षति

४ असोज, नवलपरासी । हालैको अविरल वर्षात्ले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका धान बालीमा क्षति पु¥याएको छ । पाल्हीनन्दन र सरावलमा ७०० बिघाहभन्दा बढी धान बाली डुुबान भएको पाल्हीनन्दन‐१ का वडासदस्य चुुल्हाइप्रसाद यादवले जानकारी दिए । उनका अनुसार यस वर्ष सरावल र पाल्हीनन्दनका शंकरपुरमा धान बाली सप्राएकोे थियो । उनका अनुसार धनेवा र… Continue reading अविरल वर्षाले धानबालीमा क्षति

पुँजीबजारमा देखिएका समस्या पहिचान गर्न कार्यदल गठन

RSS

३ असोज, काठमाडौं । सरकारले पुँजीबजारमा देखिएका समस्या पहिचानका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार पुँजीबजारमा विकसित विसङ्गति तथा समस्याको अध्ययन गरी तत्काल आमलगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना (रोडम्याप) पेस गर्न कार्यदल गठन गरिएको हो । धितोपत्र… Continue reading पुँजीबजारमा देखिएका समस्या पहिचान गर्न कार्यदल गठन

कालीगण्डकी लोकमार्ग भाँसियो

३ पर्वत, असोज । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग भाँसिएको छ । लोकमार्गअन्तर्गत फलेबास नगरपालिका–११ पाङ्राङमा बिहीबार सडक भाँसिएको हो । सडक भाँसिएपछि मर्मतमा समस्या देखिएको छ । कालोपत्र भइसकेको स्थानमा भासिने, उप्किने र खाल्डाखुल्डी पर्ने समस्याले सडक जीर्ण बन्दै गएको छ । कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने झण्डै ७० किलोमिटरमध्ये कालोपत्र… Continue reading कालीगण्डकी लोकमार्ग भाँसियो

‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

३ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव तथा विभागीय प्रमुखलाई जीर्ण आयोजनाको सूची तत्काल तयार गरी पेस गर्न… Continue reading ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

बजार झरे दशैंका लागि लेकाली भेडा–च्याङ्ग्रा

३ असोज, म्याग्दी । दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । किसान तथा व्यापारीहरू भेडाच्याङ्ग्राको बथान लिएर देशका विभिन्न बजारमा आइपुगेका हुन् । हिमाली भेडाच्याङ्ग्रा बजार झरेपछि दसैँ पर्व आगमनको झल्को दिन्छ । मुस्ताङबाट बेनी–जोमसोम सडक भएर म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौँलगायत ठूला… Continue reading बजार झरे दशैंका लागि लेकाली भेडा–च्याङ्ग्रा

अब नेपालमा अन्तरराष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने, एनआरएन र पर्यटक लाभान्वित

२ असोज, काठमाडौं । अब अन्तरराष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने भएको छ । महालेखा नियन्त्रक कार्यालयले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तरराष्ट्रिय भुक्तानी प्रणाली जोडिएको जनाएको छ । राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तरराष्ट्रिय भुक्तानी प्रणाली आजदेखि जोडिएको र सञ्चालनमा आएको प्रवक्ता दीपक लामिछानेले जानकारी दिए । अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले संयुक्त… Continue reading अब नेपालमा अन्तरराष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने, एनआरएन र पर्यटक लाभान्वित

राजनीतिक परिवर्तनबाट भयवित शेयर बजार, तेस्रो सर्किट लाग्दै बजार १२ बजे नै स्थगित

२ असोज, काठमाडौं । राजनीतिक परिवर्तनका कारण शेयर बजारका लगानीकर्ता भयवित देखिएका छन् । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक छ प्रतिशतले ओरोलो लागेपछि आजका लागि बजार बन्द भएको छ । कारोबार सुरु भएलगत्तै बजार ओरालो लाग्न थालेको थियो । बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले ओरालो लागेको थियो । बजारमा छोटो… Continue reading राजनीतिक परिवर्तनबाट भयवित शेयर बजार, तेस्रो सर्किट लाग्दै बजार १२ बजे नै स्थगित