काठमाडौं । विभिन्न समयमा गएका तीन वटा भूकम्पका कारण क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि ६३ अर्ब ५८ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको प्रारम्भिक क्षति मूल्याङ्कनमा झण्डै ५८ अर्ब रुपैयाँको क्षति भएको र त्यसको पुनःनिर्माणका लागि साढे ६३ अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको हो ।… Continue reading भूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड लाग्ने
Category: अर्थतन्त्र
१० महिनामा भित्रियो ४१ अर्ब माथि एफडीआई
काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०–८१ को १० महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा व्यापक सुधार देखिएको छ । उद्योग विभागका अनुसार वैशाख मसान्तसम्म ४१ अर्ब २ करोड रुपैयाँबराबर एफडीआई स्वीकृत भएको छ । यो अघिल्लो आव २०७९–८० को सोही अवधिको तुलनामा सवा ११ अर्ब बढी हो । गत आव वैशाख मसान्तसम्म २९ अर्ब… Continue reading १० महिनामा भित्रियो ४१ अर्ब माथि एफडीआई
दोहोरो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । ताको कारोबारको दोस्रोदिन दिन नेप्से परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ विन्दुमा पुगेको हो । यसदिन ३२० कम्पनीको ३ अर्ब ४० करोड ८६ लाख ८ हजार १५७ रुपैयाँ बराबरको ९५ लाख ४१ हजार १७ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये ९ समूहको… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
जेठ महिनाको लागि वाणिज्य बैंकले घटाए ब्याजदर
काठमाडौं । वाणिज्य बैंकहरुको जेठ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटेको छ । ३ बैंकले बढाएका छन् । व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर जेठ महिनाका लागिऔसतमा ७.०७ प्रतिशत भएको छ । वैशाखमा औसत ब्याजदर ७.१५ प्रतिशत रहेको छ । १९ बैंकहरुको ब्याजदर ०.०८ विन्दुले घटको हो । बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिए पनि… Continue reading जेठ महिनाको लागि वाणिज्य बैंकले घटाए ब्याजदर
नारायणी नदीमा बन्ने भयो सिग्नेचर पुल, प्रधानमन्त्रीले शिलान्यास गर्दै
काठमाडौं । चितवनमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदीमाथि बन्ने नयाँ पुलको आज शिलान्यास गर्ने भएका छन् । उनी आइतबार नै चितवन आएका थिए । प्रधानमन्त्री प्रचण्डले चितवनको नारायणगढ र नवलपुरको गैंडाकोट जोड्ने पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणी नदी माथि बन्ने केबलस्टेट पुलको शिलान्यास गर्न लागेका हुन् । यो पुल ४ सय २०… Continue reading नारायणी नदीमा बन्ने भयो सिग्नेचर पुल, प्रधानमन्त्रीले शिलान्यास गर्दै
विदेश पढ्न जाने विद्यार्थीसँगै विदेशियो १ खर्ब रुपैयाँ
काठमाडौं । नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै करिब १ खर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष (आव) २०८०–८१ को चैतसम्म शिक्षातर्फ ९५ अर्ब ८५ करोड रुपैयाँ विदेशिएको छ । यो अधिल्लो वर्षको तुलनामा धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा शिक्षातर्फ ६७ अर्ब १९ करोड रुपैयाँ मात्र विदेशिएको थियो ।… Continue reading विदेश पढ्न जाने विद्यार्थीसँगै विदेशियो १ खर्ब रुपैयाँ
विदेशी मुद्रा सञ्चिति हालसम्मकै धेरै, १५ महिनाको आयात धान्ने
काठमाडौं । विदेशी मुद्रा संचितिले हालसम्मकै उच्चको रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले आइबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ९ महिना (साउन-चैत)को तथ्यांक अनुसार विदेशी मुद्रा संचिति १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा चैतमा विदेशी मुद्रा संचिति २४.२ प्रतिशतले बढेको हो । असार मसान्त्सम्म… Continue reading विदेशी मुद्रा सञ्चिति हालसम्मकै धेरै, १५ महिनाको आयात धान्ने
शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्बले बचतमा, चालु खातामा १ खर्ब ७९ अर्ब
काठमाडौं । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६० अर्ब ४३ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४६ करोड ८३ लाख रुपैयाँले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब… Continue reading शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्बले बचतमा, चालु खातामा १ खर्ब ७९ अर्ब
मूल्यवृद्धिदर निरन्तर घट्दै, पुग्यो ४.६१ प्रतिशत
काठमाडौं । चालू वर्षमा महँगी क्रमशः घट्दै गएको देखिएको छ । चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ । यो सरकारको सीमाभन्दा तल हो । सरकारले चालु आवमा मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेका छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा… Continue reading मूल्यवृद्धिदर निरन्तर घट्दै, पुग्यो ४.६१ प्रतिशत
९ महिनामा १० खर्ब ८२ अर्ब भित्रियो रेमिट्यान्स
काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले… Continue reading ९ महिनामा १० खर्ब ८२ अर्ब भित्रियो रेमिट्यान्स
नेपाल टेलिकमले पाँच वर्षका लागि पायो नयाँ लाइसेन्स
काठमाडौं । नेपाल टेलिकमले पाँच वर्षको लागि नयाँ अनुमतिपत्र पाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको शुक्रबार बसेको बैठकले अनुमति पत्र प्रदान गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जिएसएम सेलुलर मोबाइल सेवा प्रदान गर्दै आइरहेको टेलिकमलाई पुनः अनुमतिपत्र जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो। मन्त्रिपरिषद्को बैठकको निर्णयमा भनिएको थियो, ‘दूरसञ्चार सेवालाई नियमित गर्ने प्रयोजनको… Continue reading नेपाल टेलिकमले पाँच वर्षका लागि पायो नयाँ लाइसेन्स
नेपाल र स्वीट्जरल्याण्ड सरकारबीच पर्यटनमा सहकार्य गर्न बारे द्धिपक्षीय सम्झौता
काठमाडौं । नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच पदर्मागमा आधारित पर्यटन विकास परियोजना सुरु गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरबार स्थित अर्थ मन्त्रालयमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल र नेपालका लागि स्वीट्जरल्याण्डका तर्फबाट राजदूत डेनियल मेउलीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा हस्ताक्षर कार्यक्रममा सहसचिव कृष्ण नेपालले यो परियोजनाले कोशी प्रदेशका… Continue reading नेपाल र स्वीट्जरल्याण्ड सरकारबीच पर्यटनमा सहकार्य गर्न बारे द्धिपक्षीय सम्झौता
नेपाल टेलिकमले एकै पटक तिर्यो २० अर्ब
काठमाडौं । नेपाल टेलिकमले प्राधिकरणलाई एकैपटक २० अर्ब रूपैयाँ बुझाएको छ। जिएसएम मोबाइल सेवाको अनुमतिपत्र लिएबापत टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने २० अर्ब रूपैयाँ मंगलबार बुझाएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेले बताए। नेपाल टेलिकमले २०५६ सालमा जिएमएम सेवाको लागि अनुमतिपत्र लिएको थियो। सेवा लिएबापत कम्पनीले २०७६ सालमै तेस्रो नवीकरण दस्तुर बुझाउनुपर्ने थियो। तर सो रकम कम्पनीले… Continue reading नेपाल टेलिकमले एकै पटक तिर्यो २० अर्ब
अर्थमन्त्रीलाई सरोकारवालाको सुझाव- ‘हिम्मत निकाल्नूस-सच्चिने समय यही हो’
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणमा जुटेका अर्थमन्त्री वर्षमान पुन तथा अर्थ प्रशासकलाई सरोकारवालाले राज्य संयन्त्रलाई सच्याउने सही समय आएको भन्दै हिम्मत गर्न सुझाव दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार आयोजना गरेको ‘प्रि-बजेट राउण्ड टेबल’ कार्यक्रमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रमुख, अर्थविज्ञ, प्राध्यापक तथा सरोकारवालाले यस्तो सुझाव दिएका हुन्… Continue reading अर्थमन्त्रीलाई सरोकारवालाको सुझाव- ‘हिम्मत निकाल्नूस-सच्चिने समय यही हो’
भारतीय कम्पनीले पायो एमसीसीको पहिलो ठेक्का, ४०० केभी बुटवल सबस्टेसन निर्माण हुने
काठमाडौं । भारतीय कम्पनी लिङ्कसन इण्डिया प्रालिले एमसीए–नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०को अनुदानमा बन्ने न्यू बुटवल सबस्टेसन निर्माणका लागि ठेक्का पाएको छ । नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्प्सन, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उपस्थितिमा नवलपरासीमा आयोजित समारोहमा एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र लिङ्कसन इण्डियाका प्रतिनिधिले हस्ताक्षर… Continue reading भारतीय कम्पनीले पायो एमसीसीको पहिलो ठेक्का, ४०० केभी बुटवल सबस्टेसन निर्माण हुने
झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब १२ करोडको कारोबार
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६. २३ विन्दुमा पुगेको हो । यसदिन ३१३ कम्पनीको ३ अर्ब १२ करोड १२ लाख ८६ हजार ३६२ रुपैयाँ बराबरको ७० लाख ५८ हजार ३९९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये १०… Continue reading झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब १२ करोडको कारोबार
चल सम्पत्ति धितो राखेर पनि अब ऋण लिन सकिने
काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ। दफाबार छलफलपछि समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार बसेको बैठकले प्रतिवेदनसहितको विधेयक पारित गरेको हो। विधेयक अब राष्ट्रिय सभामा पेस हुनेछ। बैठकमा अर्थमन्त्री वर्षमान पुन सहभागी थिए। समिति सभापति जयन्ती राईले प्रतिवेदन चाँडै राष्ट्रियसभा बैठकमा प्रस्तुत गरिने जानकारी दिइन्।… Continue reading चल सम्पत्ति धितो राखेर पनि अब ऋण लिन सकिने
१६ देशका कर विज्ञको भेला नेपालमा
काठमाडौं । आन्तरिक राजस्वको प्रभावकारी कार्यान्यवन क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस टयाक्स इनिसिएटिभ (एटीआई) को क्षेत्रीय प्राविधिक बैठक नेपालमा आयोजना भएको छ । काठमाडौंमा बुधबार सुरु बैठकमा एटीआई सदस्य १६ मुलुकका कर प्रशासक, विज्ञ र विकास साझेदारका प्रतिनिधि गरी ६० जनाभन्दा बढी सहभागी छन् । काउन्सिल अन इकोनोमिक पोलिसी ९सीईपी० र जर्मन इन्स्टिच्युट… Continue reading १६ देशका कर विज्ञको भेला नेपालमा
झिनो अंकले घट्यो नेप्से, २ अर्ब ५४ करोडको कारोबार
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक ०.२१ अंकले घटेर १९६०.८१ विन्दुमा झरेको हो । यसदिन ३०५ कम्पनीको २ अर्ब ५४ करोड ७० लाख ३० हजार ८२५ रुपैयाँ बराबरको ५८ लाख ७४ हजार ९६७ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये ४ समूहको… Continue reading झिनो अंकले घट्यो नेप्से, २ अर्ब ५४ करोडको कारोबार
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन्। सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरे। ‘बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा… Continue reading सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’
सुनकोशी-मरिण डाइभर्सनको सुरुङ आज ब्रेक थ्रु
काठमाडौं । सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत सुरुङ खन्ने काम सकिएको छ । बुधबार ब्रेक थ्रु हुने भएको छ । ब्रेक थ्रुका लागि केही सेन्टिमिटर राखेर सुरुङ निर्माणको काम सकिएको आयोजनाले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ कानढुंग्रीमा बाँकी रहेको केही सेन्टिमिटरबाट ब्रेक थ्रु गरी सुरुङ खन्ने टीबीएम मेसिन बाहिर निकाल्ने कार्यक्रम छ । १३ दशमलव तीन किलोमिटरमध्ये… Continue reading सुनकोशी-मरिण डाइभर्सनको सुरुङ आज ब्रेक थ्रु
मुलपानी क्रिकेट रंगशालाको डीपीआर तयार, यस्तो बनाउने योजना
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालयमा विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बुझाएको छ । पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सीले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई बुझाएको डिपीआर सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको हो। मूलपानी क्रिकेट रंगशालालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेत समावेश गरिसकेको छ। डिपीआरको ९० प्रतिशत काम सम्पन्न भइसकेको… Continue reading मुलपानी क्रिकेट रंगशालाको डीपीआर तयार, यस्तो बनाउने योजना
दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ८९ करोडमा सीमित
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ विन्दुमा झरेको हो । यसदिन ३१० कम्पनीको २ अर्ब ८९ करोड १३ लाख ९९ हजार ९७९ रुपैयाँ बराबरको ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये १ समूहको… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ८९ करोडमा सीमित
घट्यो ब्रोकर कमिसन, जेठदेखि कार्यान्वयनमा आउने
काठमाडौं । नेपाल धितोपत्र बोर्डको आइतबार बसेको सञ्चालक समितिको बैठकले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको छ । धितोपत्र बोर्डमा अध्यक्ष नभएकै कारण यो निर्णय हुन सकिरहेको थिएन। आइतबार अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक रितेश शाक्यसमेत उपस्थित रहेको बैठकले यस्तो निर्णय गरेको हो। शाक्य अहिले धितोपत्र बोर्डको अध्यक्षको हैसियतमा समेत छन्। यद्यपि, उक्त निर्णयमा सबै… Continue reading घट्यो ब्रोकर कमिसन, जेठदेखि कार्यान्वयनमा आउने
दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ७९ करोडको कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २४.५८ अंकले घटेर १९७४. ३७ विन्दुमा झरेको हो । यसदिन ३१६ कम्पनीको ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६ रुपैयाँ बराबरको ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये २… Continue reading दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ७९ करोडको कारोबार
करका दर हेरफेरमा विवाद नहुने गरी काम गर्ने अर्थमन्त्रीको प्रतिबद्धता
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पुनले करका दर हेरफेरमा कसैको दबाब वा स्वार्थपूर्ति हुने गरी काम नगर्ने प्रतिबद्धता जनाए । राजस्वका… Continue reading करका दर हेरफेरमा विवाद नहुने गरी काम गर्ने अर्थमन्त्रीको प्रतिबद्धता
कुमारीसहित ६ बैंक राष्ट्र बैंकको कारबाहीमा
काठमाडौं । आफ्नो निर्देशन पालना नभएको भन्दै राष्ट्र बैंकले ६ बैंकलाई कारबाही गरेको छ भने केही सञ्चालकलाई नगद जरिवाना समेत गराएको छ। राष्ट्र बैंकको कारवाहीमा पर्ने बैंकहरुमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र लक्ष्मीसनराइज बैंक छन् । बाँकी दुई वटा लुम्बिनी विकास बैंक र एक्सल डेभलपभेष्ट बैंक हुन् ।लक्ष्मी सनराइज बैंकका… Continue reading कुमारीसहित ६ बैंक राष्ट्र बैंकको कारबाहीमा
पर्यटक आगमन उत्साहजनक, एक महिनामा भित्रिए एक लाख ११ हजार
काठमाडौं । नेपाल भ्रमणमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । नेपाल पर्यटन बोर्डले तथ्यांक अनुसार सन् २०२४ को अप्रिलमाएक लाख ११ हजार ३७६ पर्यटक भित्रिएका छन्। पर्यटन बोर्डका अनुसार यो सन् २०२३ को अप्रिलको संख्यामा १२ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष अप्रिलमा ९८ हजार ७७३ पर्यटक भित्रिएका थिए। नेपाल आउने पर्यटकमध्ये भारतीय पहिलो… Continue reading पर्यटक आगमन उत्साहजनक, एक महिनामा भित्रिए एक लाख ११ हजार
अर्थतन्त्र सुधार गर्न नेतृत्वले जोखिम लिनुपर्छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुलुकको आर्थिक विकासका लागि राजनीतिक नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गर्दै अर्थमन्त्री पुनले भने, ‘निजी क्षेत्र र प्रशासन संयन्त्रको मनोबल कमजोर छ । राजनीतिक नेतृत्वले मुलुकको विकासमा गति पैदा गर्न जोखिम मोल्नुपर्ने अवस्था आएको… Continue reading अर्थतन्त्र सुधार गर्न नेतृत्वले जोखिम लिनुपर्छ : अर्थमन्त्री
श्रम मन्त्रालयले सार्वजनिक गर्यो श्रमाधान योजना
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारीसँग सम्बन्धित ‘श्रमाधान योजना’ घोषणा गरेको छ । बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मन्त्रालयले श्रमाधान योजना घोषणा गरेको हो । मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच श्रमाधान योजनाको घोषणा गर्दे श्रममन्त्री डोल प्रसाद आयलले श्रमाधान योजनाले नेपाल र विदेशमा रहेको नेपाली श्रमिकको सबै खालको समस्या… Continue reading श्रम मन्त्रालयले सार्वजनिक गर्यो श्रमाधान योजना