काठमाडौं । विशवभर आर्थिक मन्दिको असर देखिन सक्ने अतर्राष्ट्रिय निकायले चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष विश्वका एक तिहाइ देशमा आर्थिक मन्दी आउने सम्भावना रहेको बताएको हो । आईएमए प्रमुख क्रिस्टालिना जोर्जिभाले विश्वका एक तिहाइ देशमा यस वर्ष आर्थिक मन्दीको सम्भावना रहेको र यसबाट लाखौं मानिस प्रभावित हुने बताइन् ।… Continue reading विश्वभर देखिन सक्छ आर्थिक मन्दी
Category: अर्थतन्त्र
लागु औषध कारोबार मुद्दामा गाउँपालिका प्रमुखलाई साढे तीन वर्ष जेल
काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा तीन वर्ष छ महिना कैद फैसला भएको छ। अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित रु ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए। निसीखोला –६ को… Continue reading लागु औषध कारोबार मुद्दामा गाउँपालिका प्रमुखलाई साढे तीन वर्ष जेल
एटीएम मेसिन फोड्न खोज्ने एक जना पक्राउ
काठमाडौं । प्रहरीले एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका(७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर भएका २८ वर्षीय प्रकाश मगर रहेका छन् । आइतबार राति चन्द्रागिरी नगरपालिका ११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दा(फोड्दैको अवस्थामा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको… Continue reading एटीएम मेसिन फोड्न खोज्ने एक जना पक्राउ
दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भारी गिरावट
काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)१७.५६ अंकले बढेर २०६३.८३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५३ कम्पनीको २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४४० रुपैयाँ बराबरको ८२ लाख ७१ हजार ३५५ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भारी गिरावट
सुधारियो नेपाली शेयर बजार, कारोबार रकम चार अर्ब नाघ्यो
काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से)१७.२६ अंकले बढेर २०४६.०२९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २६१ कम्पनीको ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँ बराबरको १ करोड,८ लाख ८० हजार ९०४ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading सुधारियो नेपाली शेयर बजार, कारोबार रकम चार अर्ब नाघ्यो
आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन
काठमाडौं । नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा आजबाट सञ्चालनमा आउँदैछ । यद्दपी पहिलो चरणमा यहाँ आन्तरिक उडानमात्र हुने भएको छ । आइतबार बिहान ११ बजे प्रधानमन्त्री पुष्प कमल दाहालले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पोखरा महानगरपालिकाले आज आइतबारका लागि पोखरामा सार्वजनिक बिदा समेत दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना हो… Continue reading आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन
उच्च अंकले बढ्यो नेप्से, परिसूचक २००० माथि उक्लियो
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से)५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २५७ कम्पनीको २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँ बराबरको ८० लाख २४ हजार ५५९ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading उच्च अंकले बढ्यो नेप्से, परिसूचक २००० माथि उक्लियो
टिकेन शेयर बजारको उछाल, दोहोरो अंकले घट्यो
काठमाडौं । शेयर बजार दोहोरो अंकको घटेको छ । लामो समयदेखि ओरालो लागेको नेप्सेमा नयाँ सरकार बनेसँगै उछाल आएको बजार पुरानै लयमा फर्किएको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से ११.८१ अंकले घटेर १९७२.१५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २५७ कम्पनीको २ अर्ब १५ करोड ३५ लाख… Continue reading टिकेन शेयर बजारको उछाल, दोहोरो अंकले घट्यो
चीनले पूर्ण रुपमा खुला गर्यो रसुवा नाका
काठमाडौं । लामो समयदेखि बन्द रहेको उत्तरी रसुवा नाकाबाट मङ्गलबारदेखि सामान निर्यात सुरु भएको छ । कोभिड–१९ सङ्क्रमणको कारण देखाउँदै बन्द भएको नाका मङ्गलबारदेखि खुला भएको हो । रसुवाका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले नाका खुलेको पहिलो दिन ५० लाख ७० हजार रुपियाँ बराबरका सामान निर्यात भएको जानकारी दिए । मङ्गलबार छ कन्टेनर स्वदेशी सामान… Continue reading चीनले पूर्ण रुपमा खुला गर्यो रसुवा नाका
कोरियाबाट जहाज चढाएर ल्याइएका गाई किसानलाई वितरण
काठमाडौं । हेफर इन्टरनेशनल नेपालको पहलमा दक्षिण कोरियाबाट ल्याइएका गाई नेपाली किसानलाई वितरण गरिएको छ । हेफर इन्टरनेशनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट शतप्रतिशत शुद्ध नस्लका गाई नेपालमा ल्याएर आज किसानलाई वितरण गरिएको हो । दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका छ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा… Continue reading कोरियाबाट जहाज चढाएर ल्याइएका गाई किसानलाई वितरण
काठमाडौं-केरुङ रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौं आयो
काठमाडौं । काठमाडौं– केरुङ रेल मार्गको सम्भाव्यता अध्ययन गर्न चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आएको छ । यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको रेल मार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली काठमाडौं आएको रेल विभागले जनाएको छ । चिनियाँ विज्ञ र विभागको सहकार्यमा सम्भाव्यता अध्यनयको प्रक्रिया अगाडि बढ्नेछ । यसअघि पनि चिनियाँ सहयोगमा नै यो परियोजनाको… Continue reading काठमाडौं-केरुङ रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौं आयो
शेयर बजारमा उछाल, एकैदिन ३ अर्ब ८८ करोडको कारोबार
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । शेयर बजारमैत्री अर्थमन्त्रीका रुपमा चिनिएका पौडेल अर्थमन्त्री हुँदा लगानीकर्ता उत्साहित भएका छन् जसका कारण दुई दिनमै नेप्सले १०० बढी अंकको फड्को मारिसकेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २६१… Continue reading शेयर बजारमा उछाल, एकैदिन ३ अर्ब ८८ करोडको कारोबार
गभर्नर महाप्रसाद अधिकारीले बुझे वर्षदिनको तलब-भत्तावापत ४९ लाख रुपैयाँ
काठमाडौं । नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले वर्षदिनको तलब-भत्तावापत ४९ लाख रुपैयाँ बुझेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनले उक्त कुरा देखाएको हो । वार्षिक प्रतिवेदन अनुसार अधिकारीले वर्षभरीमा ४९ लाख ५ हजार २५५ रुपैयाँ बुझेका छन्। उनले एक वर्षमा तलबबापत १४ लाख १८ हजार ४ सय रुपैयाँ… Continue reading गभर्नर महाप्रसाद अधिकारीले बुझे वर्षदिनको तलब-भत्तावापत ४९ लाख रुपैयाँ
प्रधानमन्त्री र मन्त्रीहरुले यस वर्ष बढेको तलव नलिने
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुले यस वर्ष बढेको तलव नलिने भएका छन् । मन्त्रिपरिषद्का सदस्यहरूले चालु आर्थिक वर्षमा बढेको १५ प्रतिशत तलब नलिने निर्णय सोमबारे भएको हो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को सोमबार बसेको पहिलो बैठकले कम्तीमा चालु आर्थिक वर्षभरि वृद्धि भएर आएको तलबभत्ता मन्त्रिपरिषद्का सदस्यहरूले नलिने निर्णय गरेको हो । ‘प्रतिकात्मक रुपमा… Continue reading प्रधानमन्त्री र मन्त्रीहरुले यस वर्ष बढेको तलव नलिने
सरकारको पहिलो निर्णय : राहदानी र लाइसेन्स लिँदा लाइन लाग्नुपर्ने व्यवस्था सुधार गर्ने
काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारले सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), पासपोर्टसहितका सेवा वितरण हुने कार्यालयको सेवामा सुधार गर्ने निर्णय भएको छ । राहदानी बनाउन लामो लाइन बस्नुपर्ने हालको अवस्था अन्त्य गर्न र नागरिकलाई सास्ती नहुने गरी काम गर्न… Continue reading सरकारको पहिलो निर्णय : राहदानी र लाइसेन्स लिँदा लाइन लाग्नुपर्ने व्यवस्था सुधार गर्ने
नयाँ सरकारको स्वागतमा शेयर बजारमा देखियो उत्साहपूर्ण हरियाली
काठमाडौं । नयाँ सरकारलाई शेयर बजारले पनि स्वागत गरेको छ । निरन्तर घटिरहेको शेयर बजार सोमवार उच्च अंकले बढेको हो । आइतबार पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोसँगै अब नयाँ अर्थमन्त्री आउने अपेक्षाका साथ लगानीकर्ताको मनोबल बढ्दा नेप्सले बिहानै छलाङ मारेको थियो । शेयर बजारमैत्री अर्थमन्त्रीका रुपमा समेत चिनिने विष्णु पौडेल अर्थमन्त्री… Continue reading नयाँ सरकारको स्वागतमा शेयर बजारमा देखियो उत्साहपूर्ण हरियाली
बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बस्नेतको निधन
काठमाडौं । बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ। उनको ९३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो। भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा गरेका थिए। उनी नेपाल बार एसोसिएसनको संस्थापक सदस्य पनि थिए।उनी सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षा मन्त्री ९२०२४०, अर्थ,… Continue reading बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बस्नेतको निधन
त्रिभुवन विमानस्थल हुँदै निरन्तर सुनको तस्करी, एकै व्यक्तिको साथबाट १९ किलो सुन बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको तस्करी निरन्तर भइरहेको पाइएको छ । शुक्रबार एकै व्यक्तिको साथबाट १९ किलो सुन बरामद भएको छ । उनी विदेशी नागरिक हुन् । पक्राउ पर्नेमा सुडानका नागरिक मोहम्मद अहम्मद छन्। शुक्रबार फ्लाई दुबईको उडानबाट नेपाल आएका उनलाई विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेक गरेका थिए। चेक गर्दा उनको साथबाट १९ किलो… Continue reading त्रिभुवन विमानस्थल हुँदै निरन्तर सुनको तस्करी, एकै व्यक्तिको साथबाट १९ किलो सुन बरामद
धरानका मेयर हर्कलाई अदालतको आदेश : साबुन उद्योगको काम अगाडी नबढाउ
काठमाडौं । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकालाई वन क्षेत्रमा साबुन उद्योग निर्माणको काम रोक्न अन्तरिम आदेश दिएको छ । धरान उपमहानगरपालिकाले कार्यपालिका निर्णयका आधारमा धरान २० मा पर्ने जलकन्या सामुदायिक वनको जग्गामा सावुन उद्योग निर्माणको काम सुरु गरेको थियो । मेयर हर्क सम्पाङले वनको जग्गामा वातावरणीय प्रभाव मूल्यांकन नगरी काम सुरु गरेपछि जिल्ला वन कार्यालय… Continue reading धरानका मेयर हर्कलाई अदालतको आदेश : साबुन उद्योगको काम अगाडी नबढाउ
आयात घट्दा व्यापार घाटा पनि कम
नेपालमा चालु आर्थिक वर्षको शूरुवातबाटै आयात खुम्चिएको छ । यसले व्यापार घाटामा समेत कमी ल्याएइको तथ्यांकले देखाएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म कुल वैदेशिक व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार रुपैयाँ छ । आर्थिक वर्ष २०७८–७९ को सोही अवधिको वैदेशिक व्यापार घाटा ७ खर्ब… Continue reading आयात घट्दा व्यापार घाटा पनि कम
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यति र बुद्धको ‘डेमो’ उडान सफल
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २:१५ बजे पुरानो विमानस्थलबाट उडान भइ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २:२७ मा अवतरण भएको जानकारी दिए । ‘मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आज यतिले प्रदर्शन उडान सम्पन्न… Continue reading पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यति र बुद्धको ‘डेमो’ उडान सफल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो फ्लाइट आज
पोखरा । पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा आज प्रदर्शन (डेमो) उडान हुदैछ । बिहिवार यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले २ बजे विमानस्थलमा डेमो उडान गर्न लागेको जानकारी दिएका छन् । जहाज पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । यो विमानस्थलमा १ जनवरी २०२३ बाट व्यवसायीक उडान हुदैछ ।
दोहोरो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार दोहोरो अंकको बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से १४.२२ अंकले बढेर १८७३.११ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५७ कम्पनीको ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँ बराबरको ३० लाख २२ हजार ५२ कित्ता शेयर किनबेच भएका छन् । आज कारोबारमा… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं महानगरले पुनः भन्यो :मापदण्ड विपरितका साइनबोर्ड हटाउ
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्र भित्र रहेका मापदण्ड विपरीतका साइन बोर्ड हटाउन पुनः ताकेका गरेको छ । साइनबोर्ड नराख्न र राखेको भए १५ दिनभित्र हटाउन महानगरले अनुरोध गरेको हो । महानगरको राजस्व विभागले आज सूचना निकालेर महानगरपालिका क्षेत्रभित्र व्यापार गर्ने सङ्घ, संस्था, वित्तीय संस्था, सरकारी तथा गैह्र सरकारी निकायले आफ्नो व्यवसाय वा कार्यालय परिसरमा… Continue reading काठमाडौं महानगरले पुनः भन्यो :मापदण्ड विपरितका साइनबोर्ड हटाउ
आजबाट नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द
काठमाडौं । आजबाट नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । सडक बिहान ११… Continue reading आजबाट नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द
नेप्सेमा सामान्य सुधार, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । सेयर बजारमा झिनो अंकको कमब्याक भएको छ । गत मंगलबारदेखि लगातार ओरालो लागेको नेप्से आज ३ अंकले बढेको हो । सूचकमा झिनो सुधार आए पनि कारोबार रकममा भने गिरावट आएके छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २७ करोडले घटेर १ अर्बभन्दा कममा सीमित भएको छ । सोमबार नेप्से ३.८३ अंकले बढेर १८५८.८९… Continue reading नेप्सेमा सामान्य सुधार, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
नेप्सेमा उच्च अंकको गिरावट, दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट
काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । गत मंगलबारदेखि ओरालो लागेको नेप्से आज पनि उच्च अंकले घटेको हो । आइतबार नेप्से २७.५४ अंकले घटेर १८५५.०६ विन्दुमा आइपुगेको छ । यसदिन २५० कम्पनीको १ अर्ब १५ करोड रुपैयाँ बढीको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३… Continue reading नेप्सेमा उच्च अंकको गिरावट, दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट
विदेशमा पनि उत्तिकै माग हुन्छ टोखाको चाकु
काठमाडौं । माघे सङ्क्रान्ति आउन केही समय बाँकी रहँदा काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नं २ र ३ मा सञ्चालित १४ उद्योगलाई यतिबेला चाकु बनाउन भ्याइनभ्याइ भएको हो । टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका… Continue reading विदेशमा पनि उत्तिकै माग हुन्छ टोखाको चाकु
घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३–३ रुपैयाँ घटाइएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल र मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल र मटितेल १७८… Continue reading घट्यो पेट्रोलियम पदार्थको मूल्य
भारतबाट घटेर आयो इन्धनको मूल्य, कुनमा कति घट्यो ?
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले निगमलाई पुस १ गते (डिसेम्बर १६ तारिख) मा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आइओसीले नेपालमा पनि भाउ घटाएर पठाएको हो । आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा… Continue reading भारतबाट घटेर आयो इन्धनको मूल्य, कुनमा कति घट्यो ?