काठमाडौं । शेयर बजार झिनो अंकको बढेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ७.३२ अंकले बढेर १९३८.३० विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२७ कम्पनीको १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँ बराबरको ४३ लाख ४६ हजार ७०८ कित्ता शेयर किनबेच भएका… Continue reading झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार
Category: अर्थतन्त्र
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न हिमालय एयरलाइन्स तयार
काठमाडौं । हिमालय एयरलाइन्सले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ। एयरलाइन्सलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ र गौतम बुद्ध विमानस्थलबाट कमर्सियल ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको आश्वासन नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको हिमालयले जनाएको छ। हिमालयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा क्वालालम्पुर नियमित चार्टर उडान गर्नेछ। नेपाल र मलेसियाको… Continue reading गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न हिमालय एयरलाइन्स तयार
अमेरिकासँग नेपालको आग्रह : ‘क्लाइमेट फन्ड’को रकम प्रयोग गर्न सहजीकरण गरिदिनुहोस
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पर्यावरणसम्बन्धी समस्या भोग्दै आएको नेपालले ‘क्लाइमेट फन्ड’को रकम प्रयोग गर्न नपाएको भन्दै यसमा सहजीकरण गरिदिन अमेरिकासँग आग्रह गरेका छन् । अर्थ मन्त्रालयमा मंगलबार बिहान नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनसँगको भेटमा उनले यस्तो आग्रह गरेका हुन् । भेटमा अर्थमन्त्री शर्माले राजदूत थम्प्सनमार्फत् नेपाललाई संकटका बेला गरेको सहयोगप्रति अमेरिकी… Continue reading अमेरिकासँग नेपालको आग्रह : ‘क्लाइमेट फन्ड’को रकम प्रयोग गर्न सहजीकरण गरिदिनुहोस
निर्वाचन प्रयोजनका लागि भारतले नेपाललाई दियो २ सय सवारी उपहार
काठमाडौं । निर्वाचनमा प्रयोग गर्ने गरी भारतले नेपाललाई दुई सयवटा सवारीसाधन प्रदान गरेको छ। मङ्गलबार राजधानीमा आयोजित एक समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई उक्त सवारीसाधन प्रदान गरेका हुन् । यी सवारीसाधन निर्वाचनको समयमा प्रयोग गरिनेछ। जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछ। समारोहमा अर्थमन्त्री… Continue reading निर्वाचन प्रयोजनका लागि भारतले नेपाललाई दियो २ सय सवारी उपहार
ट्वीटर भेरिफाइड बनाउन मासिक ८ डलर शुल्क तोकियो
काठमाडौं । ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न नीलो रंगको टिक मार्कका लागि अब हरेक महिना आठ डलर तिर्नुपर्ने गरी शुल्क तोकिएको छ । ट्वीटरका सीईओ एलन मस्कले यस्तो जानकारी दिएका हुन् । यसअघि उनले २० डलरको प्रस्ताव राखेका थिए । तर फरक फरक देशको फरक फरक क्रयशक्ति भएकाले क्रयशक्ति अनुसार मासिक आठ डलर तोकिएको… Continue reading ट्वीटर भेरिफाइड बनाउन मासिक ८ डलर शुल्क तोकियो
शेयर बजारमा उछाल, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । तिहारपछि शेयर बजारमा सुधारको संकेत देखिएको छ । तिहार बिदापछि बजार खुलेको दोस्रो दिन शेयर बजार उच्च अंकले बढेको छ । मंगलवार शेयर बजार मापक सूचक (नेप्से) ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३१ कम्पनीको १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६४१ रुपैयाँ बराबरको… Continue reading शेयर बजारमा उछाल, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स बाँडने प्रक्रिया रोकियो
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने काम तत्कालका लागि रोकेको छ । बोर्डले मंगलबार एक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश अनुसार बोर्डले सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्ने निर्णय गरेको हो । अब सर्वोच्चबाट अर्को आदेश नआएसम्म स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्सको लागि कुनै पनि आवेदन नलिने… Continue reading नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स बाँडने प्रक्रिया रोकियो
इलोन मस्कले गरे ट्वीटरको निर्देशक बोर्ड बर्खास्त, अब सञ्चालक समितिमा एक्लै
काठमाडौं । ट्विटरको कमाण्ड सम्हालेपछि एलोन मस्कले ट्वीटरको निर्देशक बोर्डलाई बर्खास्त गरेका छन्। यससँगै उनले ट्वीटरलाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएका छन्। अब एलोन मस्क ट्वीटरका एक मात्र सञ्चालक बनेका छन् । डेली मेलको रिपोर्टका अनुसार हटाइएका निर्देशकहरूमा मार्था लेन फक्स, ओमिड कोर्डेस्तानी, डेभिड रोजेनब्लाट, प्याट्रिक पिचेट, इगोन फेई-फेई ली र मिमी अलेमेहेउ समावेश छन्।… Continue reading इलोन मस्कले गरे ट्वीटरको निर्देशक बोर्ड बर्खास्त, अब सञ्चालक समितिमा एक्लै
विद्युतीय पोलमा तानिएका जथाभावी तार हटाउन ४५ दिने अल्टिमेटम
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इण्टरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई ४५ दिनको समयसीमा दिएको छ । प्राधिकरणले मंगलबार सार्वजनिक सूचनामार्फत दूरसञ्चार, केवल टिभि तथा इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै सोही अनुसार व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई आग्रह गरेको हो… Continue reading विद्युतीय पोलमा तानिएका जथाभावी तार हटाउन ४५ दिने अल्टिमेटम
युक्रेनमा पानी र बिजुली आपूर्ति प्रभावित, देशभर हाहाकार
काठमाडौं । संवेदनशील पूर्वाधारहरूमा निशाना बनाउँदै रुसले ५० वटाभन्दा बढी क्षेप्यास्त्र प्रहार गर्दा देशभरि बिजुली तथा पानीको आपूर्ति नराम्ररी प्रभावित भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। राजधानी किएभका ८० प्रतिशत बासिन्दा खानेपानीको पहुँचबाट अलग भएको र ३,५०,००० अपार्टमेन्टमा विद्युत् आपूर्ति बन्द भएको मेयर भिटाली क्लित्स्कोले बताएका छन्। बीबीसीका अनुसार उत्तर पूर्वी सहर खार्किभमा पनि विद्युत् प्रणालीमा… Continue reading युक्रेनमा पानी र बिजुली आपूर्ति प्रभावित, देशभर हाहाकार
नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । शेयर बजारमा हरियाली छाएको छ । तिहार बिदा पछि बजार खुलेको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२४ कम्पनीको ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँ बराबरको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
सरकारी कोषको अवस्था निकै कमजोर, चालू खर्च धान्न मुस्किल
काठमाडौं । राज्यको अहिलेको आम्दानीले चालू खर्चमात्र धान्न सक्ने अवस्था रहेको अध्ययनले देखाएको छ । राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययनले हालको अवस्था हेर्दा राज्यको सरकारी कोषको अवस्था निकै कमजोर देखिएकोले चालू खर्च धान्न मुस्किल देखाएको छ । पछिल्लो समय देश संघीयतामा गएपछि प्रशासनिक खर्चमा वृद्धि भएको, र दुई/तीन वर्षमै त्यस्तो खर्च दोब्बर भएकाले राज्यको… Continue reading सरकारी कोषको अवस्था निकै कमजोर, चालू खर्च धान्न मुस्किल
लक्ष्मीपूजाको दिन विद्युत्को उच्चतम माग १३०५ मेगावाट, ३८० मेगावाट निर्यात
काठमाडौं । यस वर्षको तिहारमा लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १३०५ मेगावाट पुगेको छ। गत वर्ष लक्ष्मीपूजाको दिन विद्युत्को पिक डिमाण्ड १२७० मेगावाट रहेकोमा यस वर्ष ३५ मेगावाट बढी १३०५ मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले यसवर्षको लक्ष्मीपूजाको दिन सोमबार साँझ ६.१० बजे पिक डिमाण्ड १३०५ मेगावाट रेकर्ड गरेको हो। प्राधिकरणका स्वामित्वका… Continue reading लक्ष्मीपूजाको दिन विद्युत्को उच्चतम माग १३०५ मेगावाट, ३८० मेगावाट निर्यात
रसुवागढी नाकाबाट भित्रियो साढे ५ अर्बको सामान, १५० विद्युतीय गाडी जाँसपास हुन बाँकी
रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कन छिटोछरितो भइरहेको छ । तिहार लागि आयात भएका स्याउ, ओखर, किवी स्याउपातीजस्ता फलफूल छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने उद्देश्यले त्यस्ता सामग्री सकभर आयात आएकै दिन जाँचपास गराउन भन्सार प्रशासन अग्रसर भएको हो । प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार चीनबाट आयात भएका सामग्री परीक्षण… Continue reading रसुवागढी नाकाबाट भित्रियो साढे ५ अर्बको सामान, १५० विद्युतीय गाडी जाँसपास हुन बाँकी
तिहार र छठमा निःशुल्क मोबाइल बैंकिङ फण्ड ट्रान्सफर, दैनिक दुई लाखसम्म नि:शुल्क
काठमाडौं । कनेक्ट आइपीएस मार्फत दैनिक २ लाख रुपैयाँसम्म फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । नेपाल क्यिलरिङ हाउस (एनसीएचएल)ले तिहार तथा छठको अवसरमा मोबाइल बैंकिङबाट कनेक्ट आइपीएसमार्फत दैनिक २ लाख रुपैयाँसम्म फण्ड ट्रान्सफर गर्दा शुल्क नलाग्ने जनाएको हो । एनसीएचएलले तिहार तथा छठको अवसरमा मोबाइलमा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रबद्र्धन गर्नका… Continue reading तिहार र छठमा निःशुल्क मोबाइल बैंकिङ फण्ड ट्रान्सफर, दैनिक दुई लाखसम्म नि:शुल्क
प्राधिकरणका आधादर्जन चार्जिङ स्टेशन निर्माण पूरा, गाडी चार्ज गर्न जाँदा यी काम गर्नुपर्ने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण निर्माण थालेको ५० वटा चार्जिङ नेटवर्क क्रमिक रूपमा निर्माण सम्पन्न हुँदै गएका छन् । हालसम्म आधादर्जन चार्जिङ स्टेशन निर्माण सम्पन्न भएका छन् भने अन्य निर्माणाधीन अवस्थामा छन् । प्राधिकरणले काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेशन संचालनमा ल्याइसकेको छ । त्यस्तै, काठमाडौंको बल्खु र उपत्यकाबाहिरचितवन बसपार्क, बर्दिवास, बनेपा, खुर्कोट जस्ता स्थानमा पनि निर्माणको… Continue reading प्राधिकरणका आधादर्जन चार्जिङ स्टेशन निर्माण पूरा, गाडी चार्ज गर्न जाँदा यी काम गर्नुपर्ने
तिहारको अन्तिम कारोबार:दोहोरो अंकले बढ्यो बजार, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । शेयर बजारको ओरालो यात्रा रोकिएको छ । आइतवार शेयर बजार मापक सूचक (नेप्से) १४.३५ अंकले बढेर १८५८.४९ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२१ कम्पनीको ५१ करोड ६८ लाख ३ हजार ४८३ रुपैयाँ बराबरको १५ लाख ३८ हजार ४२ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम… Continue reading तिहारको अन्तिम कारोबार:दोहोरो अंकले बढ्यो बजार, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
३५ प्रतिशत घट्यो निर्यात, गलैँचा,अलैंची, मञ्जन लगायतको मागमा कमि
काठमाडौं । दुई महिनामा कूल वस्तु निर्यात ३४.९ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो । दुई महिनाको अवधिमा वस्तु निर्यात २८ अर्ब ६८ करोड पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। अघिल्लो वर्षको सोही… Continue reading ३५ प्रतिशत घट्यो निर्यात, गलैँचा,अलैंची, मञ्जन लगायतको मागमा कमि
रेमिट्यान्स आयातमा वृद्धि, दुई महिनामा १ खर्ब ८७ अर्ब भित्रियो
काठमाडौं । नेपालमा पछिल्लो दुई महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकले यस्तो देखाएको हो । तथ्याङ्कअनुसार रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भएको हो । उक्त तथ्याङ्कअनुसार रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भएर १ खर्ब ८७ अर्ब ४ करोड भित्रिएको छ । अघिल्लो वर्षको सोही… Continue reading रेमिट्यान्स आयातमा वृद्धि, दुई महिनामा १ खर्ब ८७ अर्ब भित्रियो
शोधनान्तर स्थिति २३ अर्बले घाटामा
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिनामा शोधनान्तर स्थिति (देशमा भित्रिने र बाहिरिने मुद्राको अन्तर) २३ अर्ब ६८ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १०६ अर्ब ८ करोड रुपैयाँले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो… Continue reading शोधनान्तर स्थिति २३ अर्बले घाटामा
विदेशी मुद्रा सञ्चिति निराशाजनक, ९ महिनाको आयात मात्र धान्ने
काठमाडौं । विदेशी मुद्रा सञ्चिति निराशाजनक देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा आउँदा कूल विदेशी विनियम सञ्चिति घटेको छ। २०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले कमी आई २०७९ भदौ मसान्तमा ११८९ अर्ब १६ करोड कायम भएको छ।… Continue reading विदेशी मुद्रा सञ्चिति निराशाजनक, ९ महिनाको आयात मात्र धान्ने
पर्यटनमन्त्री श्रेष्ठले मदिरा आयात खुलाउन लगे मन्त्रिपरिषद्मा प्रस्ताव
काठमाडौं । प्रतिबन्धित महंगा मदिराको आयात खुलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका छन् ।बिहीबार बसेको मन्त्रीपरिषद् बैठकमा व्यवसायीको माग र मुख्य पर्यटकीय सिजनमा यसबाट पर्ने असरबारे छलफल भएको मन्त्री श्रेष्ठले बताएका छन् । मदिराको आयात लामो समय लम्ब्याउँदा पर्यटन क्षेत्रमा पर्ने असरबारे छलफल भएको समेत उनले बताए । होटेल… Continue reading पर्यटनमन्त्री श्रेष्ठले मदिरा आयात खुलाउन लगे मन्त्रिपरिषद्मा प्रस्ताव
कोरोना बीमाको पौने २ अर्ब दाबी भुक्तानी दिइँदै, पहिला आवेदन दिनेलाई प्राथमिकता
काठमाडौं । बीमा समितिले पौने २ अर्ब कोरोना बीमाको दाबी भुक्तानी गर्ने भएको छ । सरकारले निकासा गरेको १ अर्ब रुपैयाँमा बीमा समिति, बीमा कम्पनी र पुनर्बीमा कम्पनीले ८१ करोड रुपैयाँ थपेर १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी गर्न लागिएको हो । सरकारले गत भदौमा १२ अर्ब ३२ करोड रुपैयाँ कोरोना बीमाको दाबी भुक्तानीको दायित्व… Continue reading कोरोना बीमाको पौने २ अर्ब दाबी भुक्तानी दिइँदै, पहिला आवेदन दिनेलाई प्राथमिकता
नेप्सेमा सामान्य गिरावट, सयपत्री हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) १.३८ अंकले घटेर १८४४.१४ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२१ कम्पनीको ५० करोड ७६ लाख ८९ हजार ५६० रुपैयाँ बराबरको १५ लाख ४६ हजार ८७५ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार… Continue reading नेप्सेमा सामान्य गिरावट, सयपत्री हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट
१ अमेरिकी डलरको नेपाली मूल्य १३३.१४ रुपैयाँ, बन्यो कीर्तिमान
काठमाडौं । अमेरिकी डलरको मूल्यले पुनः कीर्तिमान कायम गरेको छ । बिहीबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय ३३ रुपैयाँ १४ पैसा तोकेको छ । खरिददर मूल्य १ सय ३२ रुपैयाँ ५४ पैसा तोकिएको छ । यसससँगै डलरको मूल्य सबैभन्दा माथिल्लो विन्ुदमा पुगेको हो । डलरको भाउ बुधबार १ सय ३२… Continue reading १ अमेरिकी डलरको नेपाली मूल्य १३३.१४ रुपैयाँ, बन्यो कीर्तिमान
खानेपानी कार्यालय रामेछापका इन्जिनियर २८ लाख घुससहित पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख रुपैयाँ घुससहित दुई जनालाई पक्राउ गरेको छ । रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई मन्थली नगरपालिका-१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो । उनीहरूबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख… Continue reading खानेपानी कार्यालय रामेछापका इन्जिनियर २८ लाख घुससहित पक्राउ
काठमाडौंका रेष्टुरेन्ट र मिठाई पसलमा हुँदैन नियमित सरसफाई
काठमाडौं । काठमाडौंका रेष्टुरेन्ट र मिठाइ पसलका भान्छामा सरसफाइको समस्या देखिएको छ। मंगलबार अनुगमनका क्रममा नयाँ बानेश्वर क्षेत्रका मिठाइ पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा स्वच्छता र सफाइको समस्या देखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा नम्बर-१० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रालिले सञ्चालन… Continue reading काठमाडौंका रेष्टुरेन्ट र मिठाई पसलमा हुँदैन नियमित सरसफाई
३ महिनामा विकास खर्च जम्मा १९ अर्ब, चालु खर्च भने सवा २ खर्ब
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ३ महिनासम्म विकास बजेटको जम्मा ५ प्रतिशत मात्र खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमास (साउन–असोज)सम्म सरकारले १९ अर्ब ६८ करोड पूँजीगत खर्च गरेको हो । चालु आवमा कुल ३ खर्ब ८० अर्ब पूँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले ३ महिनामा कुल बजेटको जम्मा… Continue reading ३ महिनामा विकास खर्च जम्मा १९ अर्ब, चालु खर्च भने सवा २ खर्ब
संघ र प्रदेशमा दर्ता भएका व्यवसाय महानगरपालिकामा पनि दर्ता गर्नु पर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले संघ र प्रदेशमा दर्ता भएका व्यवसाय महानगरपालिकामा दर्ता गर्न ३० दिनको अल्टिमेटम दिएको छ । महानगरपालिकाले मंगलवार सूचना जारी गर्दै महानगर क्षेत्रभित्र संचालन भएका व्यापार व्यवसाय महानगरपालिकामा पनि दर्ता गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको हो । अनुगमनको क्रममा दर्ता नगरी व्यवसाय गरेको पाइएमा व्यवसाय बन्द गरी जरिवाना गरिने चेतावनी समेत… Continue reading संघ र प्रदेशमा दर्ता भएका व्यवसाय महानगरपालिकामा पनि दर्ता गर्नु पर्ने
नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ८५ लाख, एक वर्षका कति थपिए ?
काठमाडौं । नेपालमा फोरजी प्रयोगकर्ताको संख्या ६८ प्रतिशतले बढेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार २०७८ सालको साउनमा नेपालमा १ करोड १० लाख ३४ हजार फोरजी प्रयोगकर्ता थिए। जुन २०७९ को असारसम्म १ करोड ८५ लाख ५९ हजार पुगेको छ। एक वर्षमा ७५ लाख २५ हजार फोरजी प्रयोगकर्ता थपिएका छन्। २०७९ को असारसम्म नेपाल टेलिकमका… Continue reading नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ८५ लाख, एक वर्षका कति थपिए ?