काठमाडौं । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८०–८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ७०७ तोक्ने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रीको निजी सचिवालयले बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको हो। सरकारले १८ प्रतिशतभन्दा बढी… Continue reading चैते धानको समर्थन मूल्य तोकियो
Category: अर्थतन्त्र
नेपाल र भारतबीच तीन महिनाका लागि मात्र विद्युत आयात सम्झौता नवीकरण
काठमाडौं । नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो । सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न पाइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । त्यसमध्ये ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन… Continue reading नेपाल र भारतबीच तीन महिनाका लागि मात्र विद्युत आयात सम्झौता नवीकरण
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन ११ सय रुपैयाँ प्रतितोला सुन १ लाख २७ हजार ९ सय र तेजाबी सुन १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। यता चाँदीको मूल्य पनि… Continue reading सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
झिनो अंकले बढ्यो नेप्से, सर्वोत्तम सिमेन्टको सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा पुगेको हो । यसदिन ३१३ कम्पनीको २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४६८ रुपैयाँ बराबरको ६६ लाख १४ हजार ४४५ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ५… Continue reading झिनो अंकले बढ्यो नेप्से, सर्वोत्तम सिमेन्टको सर्वाधिक कारोबार
उत्पादन र रोजगारी लक्षित बजेट बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८१र८२ को बजेटको स्रोत अनुमान सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्रीले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले भने, ‘नीति… Continue reading उत्पादन र रोजगारी लक्षित बजेट बनाउन प्रधानमन्त्रीको निर्देशन
दोहोरो अंकले घट्यो नेप्से, शिवम् सिमेन्टको सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक १०.८३ अंकले बढेर २०३०. ८६ विन्दुमा पुगेको हो । यसदिन ३१० कम्पनीको २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४रुपैयाँ बराबरको ६० लाख ४७ हजार २१ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये १… Continue reading दोहोरो अंकले घट्यो नेप्से, शिवम् सिमेन्टको सर्वाधिक कारोबार
श्री एयरलाइन्सले अमेरिकाबाट नेपाल ल्यायो दुई वटा जहाज
काठमाडौं । निजी लगानीको श्री एयरलाइन्सले एक साथ दुई जहाज थपेको छ । कम्पनीले ८० सिट क्षमताका दुई जहाज मंगलबार काठमाडौं अवतरण गराएको हो । नाइनएन–एओके र नाइनएन–एओएल जहाज क्यानडामा निर्माण भएको कम्पनीले जनाएको छ । यी जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो । श्री एयरलाइन्सका पाइलटले अमेरिकाको पोर्टल्याण्डबाट मिनेसोटा राज्यको… Continue reading श्री एयरलाइन्सले अमेरिकाबाट नेपाल ल्यायो दुई वटा जहाज
दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रोेदिन नेप्से परिसूचक १०.१४ अंकले बढेर २०४१.७० विन्दुमा पुगेको हो । यसदिन ३१० कम्पनीको २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५०३ रुपैयाँ बराबरको ६८ लाख ४२ हजार ३९२ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ३… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीले भने-‘यात्रुलाई अमर्यादित व्यवहार नगर्नू’
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई मर्यादित व्यवहार गर्न र अनावश्यक दु:ख नदिन अध्यागमन विभागका कर्मचारीलाई निर्देशन दिएका छन् । मंगलवार अध्यागगमन विभाग पुगेर गृहमन्त्री लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा आउँदा-जाँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई सुझाव दिएका हुन् । उनले सेवाग्राहीलाई आफ्नो व्यवहार आजैबाट… Continue reading अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीले भने-‘यात्रुलाई अमर्यादित व्यवहार नगर्नू’
अर्थमन्त्री पुनसँग एआईआईबीले भन्यो : नेपाल हाम्रो उच्च प्राथमिकतामा छ
काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको थियो । त्यसक्रममा मन्त्री पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी बढाउन आग्रह गरेका थिए । जवाफमा प्रतिनिधि मण्डलको नेतृत्व गरेका एआईआईबी निर्देशक आरएमपी रथनायकेसहितले टोलीका… Continue reading अर्थमन्त्री पुनसँग एआईआईबीले भन्यो : नेपाल हाम्रो उच्च प्राथमिकतामा छ
जाजरकोट भूकम्पबाट भत्किएका विद्यालय बनाउन अर्थले बजेट जुटाउने
काठमाडौं । अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण ध्वस्त विद्यालय भवन पुनः निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटबाट शैक्षिक संस्थाका भवन पुनः निर्माण गरिने भएको हो । सोमबार अर्थमन्त्री वर्षमान पुन र शिक्षामन्त्री सुमना श्रेष्ठसहित दुवै मन्त्रालयका प्रशासनिक नेतृत्वबीच अर्थ मन्त्रालयमा भएको छलफलमा सो सहमति भएको हो ।… Continue reading जाजरकोट भूकम्पबाट भत्किएका विद्यालय बनाउन अर्थले बजेट जुटाउने
दोहोरो अंकले घट्यो नेप्से, कारोबार खुम्चियो
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ विन्दुमा पुगेको हो । यसदिन ३०४ कम्पनीको २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४८५ रुपैयाँ बराबरको ७० लाख ६१ हजार १२ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार खुम्चियो
नेपालमा लगानी भित्राउन पहल गर्ने कोरियाली राजदूतको आश्वासन
काठमाडौं । नेपालमा ठूलो वैदैशिक लगानी भित्र्याउन पहल गर्ने नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले आश्वासन दिएका छन् । शुक्रबार अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्दै उनले यस्तो आश्वासन दिएका हुन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर लगानी गर्दै आएकामा कोरिया सरकारलाई धन्यवाद दिए ।… Continue reading नेपालमा लगानी भित्राउन पहल गर्ने कोरियाली राजदूतको आश्वासन
शनिबार काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने
काठमाडौं । शनिबार काठमाडौंका केही स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सवस्टेसनमा १३२/११ केभी, ४५ एमभीए ट्रान्सफरमर १ र २ लाई समानन्तर गर्नका लागि आपूर्ति बन्द गर्न लागिएको हो । टेकु सवस्टेसनबाट आपूर्ति हुने थापाथली, त्रिपुरेश्वर, टेकु, क्षेत्रपाटी, सोह्रखुट्टे, ज्याठा, न्यूरोड, भीमसेनस्थान, भोटेबहाल, लगन, सुनधारा, खिचापोखरी वसन्तपुर लगायतका… Continue reading शनिबार काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने
श्रम कार्यालयको अनुगमनमा निस्किए श्रम मन्त्री
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार कार्यालय ताहाचलको अनुगमन गरेका छन् । बिहीबार साँझ मन्त्री आफैं ताहाचल पुगेर श्रम स्वीकृति दिने कार्यालयको अनुगमन गरेका हुन् । अर्यालले श्रम स्वीकृतिको प्रक्रिया र समस्याको विषयमा कर्मचारीसँग जानकारी लिएका थिए । श्रम स्वीकृति प्रक्रियालाई सहज र सरल बनाउन यस अघि नै निर्देशन दिएका… Continue reading श्रम कार्यालयको अनुगमनमा निस्किए श्रम मन्त्री
राष्ट्रिय भुमी आयोग खारेज गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो । ३० भदौ २०७८मा सरकारले कांग्रेससम्बद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको थियो । त्यसअघि तत्कालीन सरकारले एमाले नेता देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो ।… Continue reading राष्ट्रिय भुमी आयोग खारेज गर्ने सरकारको निर्णय
दोहोरो अंकले घट्यो नेप्से
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.९५ विन्दुमा पुगेको हो । यसदिन ३१५ कम्पनीको ३ अर्ब ३१ करोड ३० लाख १७ हजार ७१३ रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा… Continue reading दोहोरो अंकले घट्यो नेप्से
सुनको भाउ हालसम्मकै उच्च, एकैदिन प्रतितोला २६ सय बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउने नयाँ रेकर्ड राखेको छ । केही समयदेखि लगातार बढीरहेको सुनको भाउ आज हालसम्मकै उच्च बिन्दुमा पुगेर रेकर्ड राखेको हो । यस दिन छापावाल सुनको मूल्य तोलामा २ हजार ६०० रुपैयाँले बढेर एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला एक लाख २७ हजार… Continue reading सुनको भाउ हालसम्मकै उच्च, एकैदिन प्रतितोला २६ सय बढ्यो
बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा विनोद चौधरीमाथि अनुसन्धान जारी
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) विनोद चौधरीमाथि अनुसन्धान केन्द्रित गरेको छ । सीआइबीले सभामुखलाई पत्र लेखी नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि आफूहरुले अनुसन्धान गरिरहेको जानकारी गराएको छ । सीआईबीले सभाामुख देवराज घिमिरेलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ । ‘‘बाँसबारी छाला जुत्ता… Continue reading बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा विनोद चौधरीमाथि अनुसन्धान जारी
रिडी–तमघास सडक आजबाट दैनिक १२ घण्टा बन्द
काठमाडौं । आजदेखि रिडी-तम्घास सडक २७ दिनका लागि दैनिक १२ घण्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत रिडीदेखि बलेटक्सारसम्मको २३ किलोमिटर क्षेत्रमा चट्टान फोर्न र ग्रेड मिलाउने कार्य भइरहेकोले आजदेखि ३० गतेसम्म सडक १२ घण्टा बन्द गरिएको हो । उक्त सडक बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४… Continue reading रिडी–तमघास सडक आजबाट दैनिक १२ घण्टा बन्द
अर्थमन्त्री र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी ?
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले चिनियाँ सहयोग तथा लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ । उनले प्रक्रियामा रहेका आयोजना अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । चीनले पछिल्लो दशकमा… Continue reading अर्थमन्त्री र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी ?
१० महिनामा निर्यात १ खर्ब, आयात १० खर्ब
काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को आठ महिना (फागुन)सम्म निर्यात १ खर्ब नाघेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन–फागुनसम्म १ खर्ब ६१ करोड रुपैयाँ बराबर निर्यात भएको छ । यो गत आव २०७९–८० को यसै महिनाको तुलनामा ३.९९ प्रतिशत कम हो । गत आव फागुनसम्म १ खर्ब ४ अर्ब ७९ रुपैयाँको निर्यात भएको… Continue reading १० महिनामा निर्यात १ खर्ब, आयात १० खर्ब
झिनो अंकले घट्यो नेप्से, ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ विन्दुमा पुगेको हो । यसदिन ३०७ कम्पनीको ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ रुपैयाँ बराबरको ९४ लाख ७८ हजार ९३३ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये… Continue reading झिनो अंकले घट्यो नेप्से, ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
झिनो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३.५३ विन्दुमा पुगेको हो । यसदिन ३०३ कम्पनीको २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८१८ रुपैयाँ बराबरको ७४ लाख ५९ हजार ४२४ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ४… Continue reading झिनो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
श्रम स्वीकृति एक घण्टा भित्र दिन श्रम मन्त्रीको निर्देशन
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिएका छन् । आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र मन्त्रालयको सूचना प्रविधि परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिन सकिने गरी… Continue reading श्रम स्वीकृति एक घण्टा भित्र दिन श्रम मन्त्रीको निर्देशन
दोहोरो अंकले घट्यो नेप्से, शिवम् सिमेन्टको सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ विन्दुमा झरेको हो । यसदिन ३०४ कम्पनीको ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३८४ रुपैयाँ बराबरको ८४ लाख ६ हजार ७६ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये… Continue reading दोहोरो अंकले घट्यो नेप्से, शिवम् सिमेन्टको सर्वाधिक कारोबार
अर्थमन्त्री र गभर्नर झगडा गरेर बस्ने होइन : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफू र नेपाल राष्ट्र बैंकका पदाधिकारीबीच प्रतिस्पर्धा नभएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शनिबार गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट) २०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर अर्थतन्त्रका समस्या समाधान गरी बजार चलायनमान बनाउनुपर्ने बताएका हुन् । सरकार र राष्ट्र बैंक दुवैले जनताको अपेक्षा,… Continue reading अर्थमन्त्री र गभर्नर झगडा गरेर बस्ने होइन : अर्थमन्त्री
कामको खोजीमा एक महिनामा विदेशिए ६५ हजार भन्दा धेरै नेपाली
काठमाडौं । काम खोज्दै एक महिनामा साढे ६५ हजार नेपाली विदेशिएका छन् । वैदैशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन २०८० मा मात्र ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् । योसँगै चालु आर्थिक वर्ष (आव) २०८०–८१ आठ महिनामा नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ७१… Continue reading कामको खोजीमा एक महिनामा विदेशिए ६५ हजार भन्दा धेरै नेपाली
अमेरिका- बेलायतसहित तेस्रो मुलुकका पर्यटकले अब नेपालमा डिजिटल भुक्तानी गर्न पाउने
काठमाडौं । भारत बाहेक तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकले नेपालमा डिजिटल भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थाले त्यस्तो भुक्तानी स्वीकार गर्न सक्ने व्यवस्था गरेको हो । राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै ‘नेसनल पेमेन्ट स्वीच’ मार्फत… Continue reading अमेरिका- बेलायतसहित तेस्रो मुलुकका पर्यटकले अब नेपालमा डिजिटल भुक्तानी गर्न पाउने
लघुवित्त पिडितका समस्या समाधान गर्न कार्यदल गठन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न सात सदस्यीय कार्यदल गठन गरेका छन् । मन्त्री पुनले शुक्रबार साँझ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेका हुन् । समितिमा राष्ट्र बैंकको लघुवित्त क्षेत्र हेर्ने कार्यकारी निर्देशक, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र हेर्ने सहसचिव र सोही क्षेत्र हेर्ने उपसचिव सदस्य… Continue reading लघुवित्त पिडितका समस्या समाधान गर्न कार्यदल गठन