काठमाडौं । संयुक्त राज्य अमेरिकाका एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) बन्द गर्ने थप कदम चाल्न रोक लगाएका छन्। आफ्नो आदेशमा न्यायाधीश थिओडर छ्वाङले यूएसएआईडी बन्द गर्ने प्रयासले अमेरिकी संविधानको उल्लङ्घन गर्न सक्ने जनाएका छन्। इलोन मस्कको द डिपार्टमन्ट अफ गभर्मन्ट इफिशन्सी (डीओजीई) ले अमेरिकी सहयोग निकाय बन्द गर्न लिएको निर्णय… Continue reading यूएसएआईडी बन्द गराउने खालका काम नगर्न अमेरिकी अदालतको आदेश
Category: अर्थतन्त्र
नेपाल विकासशील राष्ट्र हुँदा गर्नुपर्ने तयारीबारे अर्थमन्त्रीले थाले छलफल
काठमाडौं । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अवलम्बन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यबारे गृहकार्य सुरु भएको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले गर्नुपर्ने कार्यहरूलाई पूर्णतयारी साथ अघि बढाउने उल्लेख गर्दै त्यसमा जुट्न कर्मचारीलाई निर्देशन दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज… Continue reading नेपाल विकासशील राष्ट्र हुँदा गर्नुपर्ने तयारीबारे अर्थमन्त्रीले थाले छलफल
अन्तरिक्ष यात्री सुनिता र बुच विलमोर पृथ्वीमा फर्किए
काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोर नौ महिना अन्तरिक्षमा बिताएपछि पृथ्वीमा फर्किएका छन्। नेपाली समयअनुसार बिहान ३ बजेर ४३ मिनेटमा चार अन्तरिक्ष यात्रीलाई लिएर आएको क्याप्सुल फ्लोरिडाको तट नजिक समुद्रमा अवतरण गरेको छ । बीबीसीका अनुसार अन्तरिक्ष यानबाट बाहिर निस्किंदा उनीहरूको अनुहारमा मुस्कान थियो। पृथ्वीमा पुग्न उनीहरूलाई १७ घण्टा लाग्यो। यानले पृथ्वीको… Continue reading अन्तरिक्ष यात्री सुनिता र बुच विलमोर पृथ्वीमा फर्किए
ट्रकमा २५ करोड नगदसहित एक पक्राउ
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा पर्ने झोरबाट ठूलो परिमाणको विदेशी मुद्रासहित गए राति एक जना ट्रक चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ना ७ ख १६५२ को ट्रक र त्यस ट्रकभित्र लुकाएर राखेको पैसासहित चालकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी ट्रक चालक र बरामद विदेशी… Continue reading ट्रकमा २५ करोड नगदसहित एक पक्राउ
सुनको भाउले पुनः राख्यो कीर्तिमान
काठमाडौं । मंगलबार नै सुनको भाउले तीन दिनअघिको उच्च रेकर्ड तोडेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ७४ हजार १ सय रुपैयाँ थियो । यसअघि गत शुक्रबार सुनको मूल्यले १… Continue reading सुनको भाउले पुनः राख्यो कीर्तिमान
वीरगञ्ज सुक्खा बन्दरगाह आउन थाल्यो ‘ट्यांक कन्टेनर’
काठमाडौं । वीरगञ्ज सुक्खा बन्दरगाहमा ‘ट्यांक कन्टेनर’ आउन थालेको छ । गत आइतबार पहिलो पटक कच्चा तेल बोकेको कन्टेनर रेल सुक्खा बन्दरगाह आएको हो । बारा जितपुरस्थित खाने तेल उत्पादक उद्योग शिवशक्ति प्रालिले खरिद गरेको सोयाबिन तेलको कच्चा पदार्थ (कच्चा तेल) बोकेको ट्यांक कन्टेनर सुक्खा बन्दरगाह आएको हो । २० फुटे ९० वटा ट्यांक कन्टेनरमा… Continue reading वीरगञ्ज सुक्खा बन्दरगाह आउन थाल्यो ‘ट्यांक कन्टेनर’
पोखरा–छेन्दु रुटमा नियमित व्यवसायिक चार्टर्ड उडान हुने
४ चैत, काठमाडौं । मंगलबारबाट पोखरा–छेन्दु रुटमा अब नियमित उडान हुने भएको छ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर्ड उडान हुने भएको हो । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने जानकारी गराएको छ ।… Continue reading पोखरा–छेन्दु रुटमा नियमित व्यवसायिक चार्टर्ड उडान हुने
ऊर्जामन्त्रीले गठन गरेको समितिलाई काम गर्न किन रोक्यो सर्वोच्चले ?
काठमाडौं । सर्वोच्च अदालतले विद्युत महसुलबारे निर्क्योल गर्न ऊर्जामन्त्रीले गठन गरेको समितिलाई काम गर्न रोक लगाएको छ । सर्वोच्चले डेडिकेटेड र ट्रंक लाइनबाट वितरित विद्युत उपभोगबारे अध्ययन गर्न ऊर्जामन्त्री दीपक खड्काले गठन गरेको समितिलाई काम गर्न नदिनू भनी अन्तरिम आदेश दिएको हो ।मन्त्री खड्काले २ मंसिरमा अरविन्दकुमार मिश्रको संयोजकत्वमा समिति गठन गरेका थिए । न्यायाधीशहरु… Continue reading ऊर्जामन्त्रीले गठन गरेको समितिलाई काम गर्न किन रोक्यो सर्वोच्चले ?
मुक्तिनाथमा भारतीय पर्यटकले क्यूआर स्क्यान गरी भेटी दिन पाउने
काठमाडौं । प्रभु बैंकले मुक्तिनाथ मन्दिर परिसरमा शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भीम यूपीआई सेवा सुरु गरेको छ। उक्त सेवा सुरुवातसँगै अब भारतका नागरिकले आफ्नो बैंक खाताबाट भीम यूपीआई मार्फत क्यूआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्ने छन् । यसले मुक्तिनाथ मन्दिर आउने भारतीय भक्तजनलाई… Continue reading मुक्तिनाथमा भारतीय पर्यटकले क्यूआर स्क्यान गरी भेटी दिन पाउने
कामको खोजिमा ८ महिनामा विदेशिए झण्डै साढे ५ लाख युवा
काठमाडौं, ३ चैत । चालु आर्थिक वर्ष २०८१–८२ को ८ महिना (साउन–फागुन) मा कामको खोजीमा झन्डै साढे ५ लाख युवाले देश छाडेका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा मात्र ६८ हजार ९ सय ६३ युवाले श्रम स्वीकृति लिएका छन् । योसँगै यस वर्ष कुल ५ लाख ३४ हजार ४ सय ७१ युवाले देश छाडेको… Continue reading कामको खोजिमा ८ महिनामा विदेशिए झण्डै साढे ५ लाख युवा
मध्यभोटेकोशी र खिम्ती-बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र निर्माण सक्न ताकेता
३ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सक्न ताकेता गरेको छ । निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादन सुरु गर्न संरचना तथा उपकरण परीक्षण क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो । हाल चुहिएको सुरुङ मर्मत र… Continue reading मध्यभोटेकोशी र खिम्ती-बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र निर्माण सक्न ताकेता
फागुनमा बढ्यो घरजग्गा कारोबार
काठमाडौं । घरजग्गा कारोबारबाट फागुन महिनामा मात्र चार अर्ब १२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । देशभर घरजग्गा कारोबार विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघको तुलनामा फागुनमा राजस्व संकलन बढेको छ । घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व संकलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागले जनाएको छ । विभागका… Continue reading फागुनमा बढ्यो घरजग्गा कारोबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटेको छ ।शनिबार मध्यरातदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य समायोजन गरेको हो । अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँमा बिक्रीवितरण हुनेछ । इन्डियन आयल कर्पोरेशनबाट १५… Continue reading पेट्रोलियम पदार्थको मूल्य घट्यो
जब अमेरिकामा जहाजमा लाग्यो आगो
काठमाडौं । अमेरिकामा जहाज डाइभर्ट गरेर अवतरण गरिएको केही बेरमै आगलागी भएको छ। बिहीबार साँझ अमेरिकन एयरलाइन्सको जहाज डाइभर्ट गरी कोलोराडो राज्यको डेनभर विमानस्थलमा अवतरण गरेको केही बेरमै जहाजको इन्जिनमा आगो बलेको थियो। अमेरिकी एयरलाइन्सको फ्लाइट ४०१२ को बोइङ ७३७–८०० जहाज कोलोराडो स्प्रिङ विमानस्थलबाट डालासको फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको थियो। उडानको क्रममै इन्जिनमा… Continue reading जब अमेरिकामा जहाजमा लाग्यो आगो
नेपाली बजारमा सूनको मूल्यले राख्यो रेकर्ड, पुग्यो १ लाख ७४ हजार
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ इतिहासकै उच्च भएको छ । यसअघिका सबै भाउको रेकर्ड तोड्दै सुन तोलाको लगभग पौने २ लाख रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनमा एकैचोटि ४ हजार रुपैयाँ बढेर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघिको रेकर्ड… Continue reading नेपाली बजारमा सूनको मूल्यले राख्यो रेकर्ड, पुग्यो १ लाख ७४ हजार
यूरोपेली मदिरामा २ सय प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपेली देशहरूबाट अमेरिका भित्रने मदिरामा २ सय प्रतिशत भन्सार कर लगाउने चेतावनी दिएका छन् । युरोपेली संघले ह्विस्कीमा घोषणा गरेको ५० प्रतिशत भन्सार कर नहटाए २ सय प्रतिशत कर लगाउने बताएका हुन् । दोस्रो कार्यकाल सुरू गरेसँगै राष्ट्रपति ट्रम्पले विभिन्न देशबाट अमेरिका भित्रने सामानमा कर वृद्धि गरेका छन् । यसअघि… Continue reading यूरोपेली मदिरामा २ सय प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सम्पन्न, के आयो निष्कर्ष ?
काठमाडौं । आन्तरिक रोजगारी सिर्जनालाई तीव्रता दिन घोषित आन्तरिक रोजगार प्रवर्द्धन दशकलाई सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक रणनीति, कार्यनीति र कार्यक्रम कार्यान्वयन गर्ने भन्दै पाँचौ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनले १६ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा सहभागी सरकार, रोजगारदाता, ट्रेड युनियन र… Continue reading राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सम्पन्न, के आयो निष्कर्ष ?
नेपालमा मुद्रास्फिति दर ४.१६ प्रतिशत,
काठमाडौं । गत माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) ४.१६ प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.०१ प्रतिशत थियो । ७ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत रहेको राष्ट बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति… Continue reading नेपालमा मुद्रास्फिति दर ४.१६ प्रतिशत,
विदेशी मुद्रा सञ्चिति साढे २३ खर्ब माथि
काठमाडौं । माघ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति रकम २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ बराबर पुगेको छ । सञ्चित भएको यो विदेशी मुद्रा हालसम्मकै उच्च हो । सात महिनामा विदेशी मुद्रा सञ्चिति १६.१ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा भने सोही अवधिमा मुद्रा सञ्चिति ११.७ प्रतिशत बढेर १७ अर्ब ५ करोड पुगेको छ ।… Continue reading विदेशी मुद्रा सञ्चिति साढे २३ खर्ब माथि
एमालेपछि राप्रपालाई समेत महानगरले तिरायो एक लाख जरिवाना
काठमाडौं । काठमाडौँ महानगरपालिकाले फोहोर मैला गरेको र सडक संरचनामा क्षति पुर्याएको भन्दै राप्रपालाई १ लाख रुपैयाँ जरिवाना गरेको छ । महानगरले आइतबार साँझ पत्र काटेर जरिवाना तोकेको हो । पत्रमा पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङमा भौतिक क्षति… Continue reading एमालेपछि राप्रपालाई समेत महानगरले तिरायो एक लाख जरिवाना
आफ्नै पसल जलाएर बीमा दावि
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८, न्युरोडस्थित शर्मा आइटी हबमा भएको आगलागीमा संलग्न रहेको आरोपमा प्रहरीले जनालाई प्रहरीले पक्राउ गरेको छ। पसलका सञ्चालक पर्साको जगरनाथपुरका रमेश शर्मा लोहारलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले सञ्चालक लोहारले पसलको एक करोड बराबरको बिमा गराएको र बिमा रकम… Continue reading आफ्नै पसल जलाएर बीमा दावि
इजरायलले किन रोक्दैछ गाजामा बिजुली ?
काठमाडौं । इजरायलले गाजामा बिजुली आपूर्ति बन्द गर्ने भएको छ । ५९ बन्धक रिहाइमा दबाव दिन इजरायलले बिजुली आपूर्ति बन्द गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलका ऊर्जामन्त्री एली कोहेनले इजरायल इलेक्ट्रिसिटी कर्पोरेसनलाई गाजामा भइरहेको बिजुली आपूर्ति बन्द गर्न आदेश दिइसकेको जानकारी दिए । उनले भने ‘मैले गाजा क्षेत्रका बिजुली आपूर्ति तुरुन्तै बन्द… Continue reading इजरायलले किन रोक्दैछ गाजामा बिजुली ?
कांग्रेसको ‘मिसन रोजगारी’ अभियान सुरु
काठमाडौं । कांग्रेसले आइतबारबाट ‘मिसन रोजगारी अभियान थालेको छ । अभियानकै रूपमा एक वर्षसम्म चलाउन खोजिएको बहस दुई चरणमा सम्पन्न गरिने नेपाली कांग्रेसले जनाएको छ । मिसन रोजगारीको क्रममा रोजगारीका क्षेत्र र सम्भावनामाथि सबै सेक्टरसँग बहस चलाउने कांग्रेसको योजना छ । यसले समस्याको पहिचान र समाधानको उपाय खोजी गर्न सहज हुने नेपाली कांग्रेसका महामन्त्री गगन… Continue reading कांग्रेसको ‘मिसन रोजगारी’ अभियान सुरु
अमेरिकापछि क्यानडा र चीन पनि ट्रेड वारमा होमिए
काठमाडौं । अमेरिकापछि क्यानडा र चीन पनि व्यापार युद्धमा होमिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चीनले क्यानडाबाट आउने विभिन्न वस्तुमा शतप्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको छ । जसमा मटर, तेलसहितका विभिन्न वस्तु रहेका छन् । रोयटर्सका अनुसार यसको सुरुवात भने क्यानडाले गरेको थियो । उसले चीनबाट आउने विद्युतीय सवारी साधन, इस्पात र आल्मुनियमका उत्पादनमा आयात… Continue reading अमेरिकापछि क्यानडा र चीन पनि ट्रेड वारमा होमिए
चीनको संकेत : अमेरिकासँग जुनसुकै युद्धका लागि तयार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बढाउँदै लगेको चिनियाँ उत्पादनमा लाग्ने आयातशुल्क ट्यारिफको बदला लिएसँगै बेइजिङ आफू अमेरिकासँग ुजस्तोसुकै युद्धुका निम्ति तयार रहेको बताएको छ। ट्रम्पले सबै चिनियाँ वस्तुमाथि थप शुल्क लगाएपछि विश्वका दुई सबभन्दा ठूला अर्थतन्त्र व्यापार युद्धको सँघारमा पुगेका छन्। ट्रम्पको कदमको बदलामा चीनले तत्कालै अमेरिकी कृषिजन्य वस्तुहरूमा १०.१५ प्रतिशत आयातशुल्क लगाएको छ… Continue reading चीनको संकेत : अमेरिकासँग जुनसुकै युद्धका लागि तयार
नयाँ बजेटबारे सहरी र ऊर्जा मन्त्रालयसँग छलफल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय महत्त्वका आयोजना मात्र संघले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजनाहरू प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट निर्माणसम्बन्धी सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलमा अर्थमन्त्री पौडेलले संवैधानिक कार्य जिम्मेवारी अनुसार प्रदेश र स्थानीय सरकारको… Continue reading नयाँ बजेटबारे सहरी र ऊर्जा मन्त्रालयसँग छलफल
लोडसेडिङ अन्त्यको श्रेय छिमेकीमुलुक भारतलाई दिनुपर्छ : ऊर्जामन्त्री
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले लोडसेडिङ अन्त्यको श्रेय छिमेकीमुलुक भारतलाई दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति लक्षित गर्दै एक जना व्यक्तिले मात्रै लोडसेडिङ अन्त्य गर्न नसक्ने बताए । ‘४ सय मेगावाट उहाँहरू (भारत)लाई चाहिँदा चाहिँदा पनि हामीलाई ४५० मेगावाट खरिद गर्न दिनुभयो ।… Continue reading लोडसेडिङ अन्त्यको श्रेय छिमेकीमुलुक भारतलाई दिनुपर्छ : ऊर्जामन्त्री
राष्ट्रिय सभामा प्रस्तुत हुँदै अध्यादेश
काठमाडौं । सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै छ । सरकारले माघ १८ गते ६ वटा अध्यादेश राष्ट्रिय सभा बैठकमा पेस गरेको थियो । तीमध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ बाहेकका अध्यादेशहरु आज ३४ औं दिनमा निर्णयार्थ प्रस्तुत गर्न लागिएको हो । आज दिउँसो १… Continue reading राष्ट्रिय सभामा प्रस्तुत हुँदै अध्यादेश
प्रतिनिधि सभाबाट स्वीकृत भए पाँच अध्यादेश
काठमाडौं । प्रतिनिधि सभाले विभिन्न पाँच वटा अध्यादेश स्वीकृत गरेको छ । तर, सँगै सदनमा प्रस्तुत भएको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश ‘होल्ड’ मा राखिएको छ । यो अध्यादेश गत २ माघमा जारी भएको थियो । यो अध्यादेश ‘होल्ड’ गरेर प्रतिनिधि सभाले बाँकी अध्यादेश अगाडि बढाएको हो । गत १४ पुसमा सहकारीसम्बन्धी केही… Continue reading प्रतिनिधि सभाबाट स्वीकृत भए पाँच अध्यादेश
नयाँ बजेट बनाउन अर्थले थाल्यो मन्त्रालयगत छलफल
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२–०८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा आज अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायहरुसँग परामर्श गरेको छ । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२–०८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताए । यर्थाथपरक… Continue reading नयाँ बजेट बनाउन अर्थले थाल्यो मन्त्रालयगत छलफल