काठमाडौं । चालु वर्षमा महँगी क्रमशः घट्दै गएको देखिएको छ । पुसमा महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । यो सरकारको सीमाभन्दा तल हो । सरकारले चालु आवमा मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेका छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो । असोजमा ७.५ प्रतिशत रहेको… Continue reading उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत, मंसिरभन्दा पुसमा बढ्यो महँगी
Category: अर्थतन्त्र
झिनो अंकले बढ्यो नेप्से, हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ९.४४ अंकले बढेर २०८५.७१ विन्दुमा पुगेको हो । यसदिन ३१५ कम्पनीको २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९०७ रुपैयाँ बराबरको ७६ लाख २४ हजार ३७६ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ११ समूहको… Continue reading झिनो अंकले बढ्यो नेप्से, हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार
डलर संचिति हालसम्मकै धेरै, विदेशी मुद्रा १८ खर्ब नाघ्यो, १ वर्षको आयात धान्ने
काठमाडौं । अमेरिकी डलर संचिति हालसम्मकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको छैटौं महिना (पुससम्म)को तथ्यांक अनुसार डलर संचिति १३ अर्ब ६९ करोड पुगेको छ । यो राष्ट्रिय ढुकुटीमा यति धेरै डलर जम्मा भएको इतिहासमै पहिलो पटक हो । यसअघि २०२३ को डिसेम्बरमा १३ अर्ब ३० डलर संचिति… Continue reading डलर संचिति हालसम्मकै धेरै, विदेशी मुद्रा १८ खर्ब नाघ्यो, १ वर्षको आयात धान्ने
जाकार्ता डुब्ने भयसँगै राजधानी सार्ने इन्डोनेशियाको योजना कहाँ पुग्यो ?
काठमाडौं । इन्डोनेशियाको राजधानीलाई जाकार्ताबाट नुसन्तारामा सार्ने महात्वाकांक्षी योजना अन्तर्गतका काममा ढिलाइ भएको छ । सन् २०२४ मा राजधानी सारिसक्ने निर्णय सरकारले गरे पनि काम पूरा नहुने संकेत देखिएको छ । राष्ट्रपति जोको बिडोडोले राजधानी सार्ने घोषणा सन् २०१९ मै गरेका थिए । त्यसका लागि सन् २०२२ मा एक कानुन पारित गरिएको थियो । त्यसपछि… Continue reading जाकार्ता डुब्ने भयसँगै राजधानी सार्ने इन्डोनेशियाको योजना कहाँ पुग्यो ?
बुटवल–नारायणगढ सडकखण्डलाई एक महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाइने
काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले बुटवल–नारायणगढ सडकखण्डलाई एक महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाउने निर्णय भएको छ ।सोमबार बुटवल–नारायणगढ सडकखण्डको विषयमा भौतिक मन्त्री प्रकाश ज्वाला, प्रभावित क्षेत्रका सांसद, संसदको पूर्वाधार समितिका सभापति दीपकबहादुर सिंह सहितको छलफलमा मन्त्रालयले यस्तो प्रतिवद्धता व्यक्त गरेको हो । बैठकपछिको निर्णयमा भनिएको छ, ‘एक महिनाभित्रै खाल्डाखुल्डीरहित सडक सतह हुने गरी मर्मत सुधारको… Continue reading बुटवल–नारायणगढ सडकखण्डलाई एक महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाइने
धरहराको भूमिगत पार्किङमा जडान गरियो आगो निभाउने यन्त्र
काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहराको भूमिगत पार्किङमा आगो निभाउने यन्त्रहरू (फायर एक्सटिंग्विसर) जडान गरेको छ ।निःशुल्क पार्किङ दिएको पहिलो तल्लामा ५ वटा सिलिन्डर सहित आगो निभाउने उपकरणहरू जडान गरिएको महानगर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । निर्माणाधिन धरहराको भूमिगत पार्किङमा अहिले दैनिक करिब एक हजार दुई पाङ्ग्रे सवारी साधन निःशुल्क पार्किङ भइरहेको… Continue reading धरहराको भूमिगत पार्किङमा जडान गरियो आगो निभाउने यन्त्र
दोहोरो अंकले बढ्यो नेप्से, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक १४.५७ अंकले बढेर २०७६.२७ विन्दुमा पुगेको हो । यसदिन ३१० कम्पनीको २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २४५ रुपैयाँ बराबरको ७४ लाख ९१ हजार ३०३ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ समूहको… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
इच्छाराज तामाङ र श्रीमतीबाट करीव ३ अर्ब असुल्नु पर्ने फैसला
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धिकरणको मुद्दामा संविधान सभा सदस्य तथा सिभिल सहकारीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङबाट पौने २ अर्ब र उनीकी श्रीमती श्रृजना शाक्य तामाङबाट करिब एक अर्ब रुपैयाँ जरिवाना असुल्नुपर्ने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङ दम्पत्तिविरुद्ध पौने ३ अर्ब रुपैयाँ… Continue reading इच्छाराज तामाङ र श्रीमतीबाट करीव ३ अर्ब असुल्नु पर्ने फैसला
द्रुतमार्ग निर्धारित समयमै सम्पन्न गर्न निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–तराई द्रुत मार्ग निर्माणलाई निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । साथै उनले रक्षामन्त्रालय र नेपाली सेनाअन्तर्गत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामध्ये अधिकांश आयोजनाको प्रगति सन्तोषजनक रहेको बताए । आइतबार रक्षा मन्त्रालयमा भएको चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक समीक्षा बैठकमा उनले अधिकांश योजनाको प्रगति सन्तोषजनक… Continue reading द्रुतमार्ग निर्धारित समयमै सम्पन्न गर्न निर्देशन
रास्वपाको दवाव अभियान आजबाट सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु हुँदैछ । २१ चैतसम्म चल्ने पहिलो चरणको अभियानको आज पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ । सभापति लामिछानेले पार्टी पदाधिकारी र सांससहरूसहित सिन्धुपाल्चोकको मेलम्चीबाट अभियानको उद्घाटन गर्ने तय भएको छ । रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय… Continue reading रास्वपाको दवाव अभियान आजबाट सुरु
ग्लोबल आइएमई बैंकले आइएफसीबाट लियो साढे ७ अर्ब ऋण
काठमाडौं । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले ग्लोबल आईएमई बैंक लिमिटेडमा ५ करोड ६० लाख अमेरिकी डलर (७ अर्ब ४१ करोड रुपैयाँ) लगानी गर्ने भएको छ । यो साझेदारी आईएफसी र ग्लोबल आईएमईबीचको तेस्रो हो । यो लगानी महिलाद्वारा सञ्चालित व्यवसाय लगायत साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री… Continue reading ग्लोबल आइएमई बैंकले आइएफसीबाट लियो साढे ७ अर्ब ऋण
पर्यटन क्षेत्रमा लगानी गर्न जापानी व्यवसायीको चासो
काठमाडौं । जापानी व्यवसायीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न चासो देखाएका छन् । नेपाल पर्यटन बोर्डले जापानमा नेपालको पर्यटन प्रवर्द्धन गर्न तथा नेपालको पर्यटन क्षेत्रमा जापानी लगानी भित्र्याउने सम्बन्धमा नेपालका लागि जापानका राजदूत तथा जापानी व्यवसायीसँग काठमाडौंमा अन्तरक्रिया गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताका तथा जापानका सरकारी अधिकारी एवम्… Continue reading पर्यटन क्षेत्रमा लगानी गर्न जापानी व्यवसायीको चासो
दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब १८ करोडको करोबार
काठमाडौं । शेयर बजारले दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ विन्दुमा झरेको हो । यसदिन ३०९ कम्पनीको ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रुपैयाँ बराबरको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये… Continue reading दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब १८ करोडको करोबार
भारतमा पहिलो चार महिनाका लागि आज बजेट आउँदै
काठमाडौं । भारतीय केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले आज संसदमा वित्त वर्ष २०२४\२५ को पहिलो चार महिनाका लागि अन्तरिम बजेट पेश गर्दैछिन् । मोदी सरकारको दोस्रो कार्यकालको यो अन्तिम बजेट हुनेछ । वित्तमन्त्री सीतारमणको यो कुल छैठौं र पहिलो अन्तरिम बजेट हुनेछ । निर्मला सीतारमणले बिहान ११ बजे लोकसभामा बजेट भाषण पढ़न सुरु गर्ने तयारी… Continue reading भारतमा पहिलो चार महिनाका लागि आज बजेट आउँदै
झारखण्डका मूख्यमन्त्री किन परे पक्राउ ?
काठमाडौं । भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई जग्गा घोटाला सम्बन्धी आरोपमा प्रवर्तन निर्देशालय (ईडी) को टोलीले पक्राउ गरेको छ । बुधबार दिनभर झारखण्डको राँचीमा उनकै निवासमा बयान लिएको ईडीले गतरात मुख्यमन्त्री सोरेनलाई पक्राउ गरेको हो । पक्राउ परेकोबारे औपचारिक घोषणा हुनुपूर्व सोरेनले राति नै राज्यपालकहाँ गएर मुख्यमन्त्री पदबाट राजिनामा दिएका बीबीसीले जनाएको छ । ईडी… Continue reading झारखण्डका मूख्यमन्त्री किन परे पक्राउ ?
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले… Continue reading पेट्रोलियम पदार्थको मूल्य वृद्धि
नेपाल सरकार र आइएलआरआईबीच सहकार्य गर्ने सम्झौता
काठमाडौं । कृषि तथा पशुपन्छी क्षेत्रको विकासका निम्ति सहकार्य गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आइएलआरआई) बिच सम्झौता भएको छ । काठमाडौँमा बुधबार नेपाल सरकारका तर्फबाट कृषि मन्त्रालयका सचिव डा.रेवती रमण पौडेल र आइएलआरआईका तर्फबाट सहायक महानिर्देशकले डा. सिरले तारावालीले दुईपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताले पशुपन्छी अनुसन्धान र विकास, नवीन… Continue reading नेपाल सरकार र आइएलआरआईबीच सहकार्य गर्ने सम्झौता
हेटौडा कपडा उद्योग चलाउन सेनाको जिम्मा दिने तयारी
काठमाडौं । हेटौंडा कपडा उद्योग सञ्चालन गर्न सरकारले सेनाको जिम्मा लगाउने तयारी गरेको छ । सो क्रममा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बुधबार छलफल गरेका छन् । यसमा २ अर्ब रुपैयाँ लगानी गर्ने तयारी समेत सरकारको छ । सेनालाई उद्योग चलाउन दिने तयारी स्वरुप सरकारले अध्ययन गराएको छ । नेपाली सेनाले गरेको अध्ययनले उद्योग पुनःसञ्चालनका… Continue reading हेटौडा कपडा उद्योग चलाउन सेनाको जिम्मा दिने तयारी
नेवानिका कार्यकारी अध्यक्षलाई पर्यटनमन्त्रीका तीन प्रश्न
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगम सुधारका लागि बनाइएका समितिको प्रतिवेदन कार्यान्वयन किन नगरेको भन्दै प्रश्न गरेका छन् । बुधबार निगम ‘संरचनागत एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति’ को प्रतिवेदन कार्यान्वयन गर्न बनेको समितिको प्रतिवेदन बुझ्दै मन्त्री किराँतीले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई यस्तो प्रश्न गरेका हुन् । उनले विगतमा… Continue reading नेवानिका कार्यकारी अध्यक्षलाई पर्यटनमन्त्रीका तीन प्रश्न
कोरियाली लगानीलाई नेपालमा स्वागत गर्न तयार छौं : परराष्ट्र मन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा कोरियाली लगानीलाई स्वागत गर्न तयार रहेको बताएका छन् । नेपाल र कोरियाको द्वैत्य सम्बन्ध सुरु भएको ५०औँ वर्षगाँठको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले हाल नेपालमा लगानी गरिरहेका कोरियाली कम्पनीको प्रशंसा समेत गरे । ‘नेपालमा लगानी गरिरहेका सामसंग टेलिभिजन, हुन्डाई मोटर्सलगायत अन्य कोरियाली लगानीकर्ता कम्पनीहरूको प्रशंसा गर्न… Continue reading कोरियाली लगानीलाई नेपालमा स्वागत गर्न तयार छौं : परराष्ट्र मन्त्री
एनसेल खरीद-बिक्रि प्रकरण छानविन गर्न गठित समितिले बुझायो प्रतिवेदन
काठमाडौं । एनसेल शेयर खरिदबिक्रीमा अध्ययन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बुझाएको छ । समितिले यो प्रकरणमा थप छानबिन आवश्यक रहेको निष्कर्ष निकालेको हो । निवर्तमान महालेखापरिक्षक शर्मा नेतृत्वको पाँच सदस्यीय समितिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो, जसमा पटकपटक एनसेलको शेयर खरिदबिक्री हुँदा राज्यका कतिपय निकायहरुले आफ्नो… Continue reading एनसेल खरीद-बिक्रि प्रकरण छानविन गर्न गठित समितिले बुझायो प्रतिवेदन
आकाशिँदै कच्चा तेलको भाउ, १ महिना यताकै महँगो
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ आकाशिँदै गएको छ । गत सेम्टेम्बरदेखि लगातार ओरालो लागको कच्चा तेलको मूल्य नयाँ अंग्रेजी वर्षको सुरूदेखि नै बढ्न थालेको हो । आयल प्राइस डटकमका अनुसार सन् २०२४ जनवरीमा कच्चा तेलको भाउ औसतमा १२ प्रतिशतले बढेको छ । डिसेम्बर अन्तिममा प्रतिब्यारेल ७२ डलरसम्म झरेको कच्चा तेलको भाउ अहिले बढेर… Continue reading आकाशिँदै कच्चा तेलको भाउ, १ महिना यताकै महँगो
दोहोरो अंकले बढ्यो नेप्से
काठमाडौं । शेयर बजारले दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक १०.२६ अंकले बढेर २१०४.७२ विन्दुमा पुगेको हो । यसदिन ३११ कम्पनीको ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रुपैयाँ बराबरको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये… Continue reading दोहोरो अंकले बढ्यो नेप्से
२२ निर्माण कम्पनी कालोसूचिमा
काठमाडौं । ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगर्ने २२ कम्पनी कालोसूचीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूका सिफारिसमा एकैपटक २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो। सडक डिभिजन कार्यालय दमौलीले सिफारिस गरेअनुसार ८ निर्माण कम्पनी कालो सूचीमा परेका छन्। ललितपुरको देवी रमण कन्स्ट्रक्सन कम्पनी प्रा।लि, बन्दीपुरको खड्गदेवी कन्स्ट्रक्सन, बन्दीपुरकै… Continue reading २२ निर्माण कम्पनी कालोसूचिमा
१६ औं योजनाबारे आयोगले दलरुसँग लियो सुझाव
काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औं पञ्चवर्षीय योजनाका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि (सांसदहरु)सँग सुझाव लिएको छ ।१६औं योजना कस्तो बनाउने भन्ने विषयमा आयोगले मस्यौदा तयार पारेको छ । तयार मस्यौदा माथि आइतबार आयोग उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दलका प्रतिनिधिहरुसँग सुझाव लिइएको हो । कार्यक्रममा नेपाली कांग्रेसका सांसद एवम् पूर्वअर्थमन्त्री… Continue reading १६ औं योजनाबारे आयोगले दलरुसँग लियो सुझाव
१७ सय जनालाई रोजगारी दिन सरकार, संघ र उद्यमीबीच भयो सहमति
काठमाडौं । १ हजार ६६५ जनालाई प्रशिक्षण र रोजगारी प्रदान गर्ने उद्देश्यसहित नेपाल सरकार, नेपाल उद्योग परिसंघ र उद्योगबीच त्रिपक्षीय सम्झौता भएको छ । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससीप) सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र ६ उद्योगहरुबीच त्रिपक्षीय सम्झौता भएको हो ।… Continue reading १७ सय जनालाई रोजगारी दिन सरकार, संघ र उद्यमीबीच भयो सहमति
निगमको मूख्यालय अब सिनामंगलमा बन्ने, न्यूरोडमा व्यापारिक भवन बनाउने
काठमाडौं । नेपाल वायुसेवा निगमले सिनामङ्गलस्थित जग्गामा नयाँ प्रधान कार्यालय निर्माण गर्ने भएको छ । ३४ रोपनी १४ आना दुई पैसा तीन दाम क्षेत्रफल रहेको निगमको उक्त जग्गामा प्रधान कार्यालय निर्माण गर्न शनिबार भूमि पूजन कार्य गरिएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण ९बुट० मोडलमा मुख्यालय सिनामङ्गलमा सार्ने योजना… Continue reading निगमको मूख्यालय अब सिनामंगलमा बन्ने, न्यूरोडमा व्यापारिक भवन बनाउने
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणकोअध्यक्ष पदका लागि सरकारले आवेदन मागेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गरेर दरखास्त माग गरेको हो। दरखास्त पेस गर्ने अन्तिम दिनसम्म उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकोका व्यक्तिले दरखास्त दिन सक्नेछन्। कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा दस वर्षको अनुभव भएको, तर, सरकारी… Continue reading दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग
धरहराको अण्डरग्राउण्डमा आजदेखि पार्किङ खुला
काठमाडौं । धरहराको अण्डर ग्राउण्डमा रहेको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा खुला भएको छ । धरहरा सँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो । काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि विकल्पका रूपमा धरहरामा निःशुल्क पार्किङको व्यवस्था गरेको हो। महानगरले यसअघि काठमाडौं टावरमा… Continue reading धरहराको अण्डरग्राउण्डमा आजदेखि पार्किङ खुला
नेपाली यूनिक वस्तुको बजारीकरण गर्न सकेनौं : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालका युनिक उत्पादन, सेवा र हामीभित्र भएका वस्तुको यथेष्ट बजार व्यवस्थापन गर्न नसकिएको बताएका छन् । नेपाल मार्केटिङ एशोसियनले आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. महतले सबै मिलेर नेपाली उत्पादनको बजार व्यवस्थापन गर्न जरुरी रहेको बताए । ‘‘युनिकनेस अहिले संसारभरि चलेको ट्रेन्ड हो ।… Continue reading नेपाली यूनिक वस्तुको बजारीकरण गर्न सकेनौं : अर्थमन्त्री