फेरी कट्यो अमेरिकामा एकै दिन मृत्‍यु हुनेको संख्या एक हजार

न्युयोर्क महामारी सुरु भए यता केही समय अमेरिकामा कोरोना संक्रमण सुस्ताएकोमा पुन: मेईपछि पहिलो पटक एकै दिनमा एक हजार भन्दा धेरैको मृत्‍यु भएको नयाँ रेकर्ड कायम भएको छ ।यसअघि मेई २९ का दिन कोरोना संक्रमणका कारण एकै दिनमा ११ सय ७९ को मृत्‍यु भएको अमेरिकामा गत मंगलबार जुलाई २१ का दिन १ हजार २९ को मृत्‍यु भएको… Continue reading फेरी कट्यो अमेरिकामा एकै दिन मृत्‍यु हुनेको संख्या एक हजार

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, ४१ पुगे ज्यान गुमाउने

काठमाडौं । नेपालमा कोरेना भाइरसका कारण थप एक जनाको ज्यान गएको छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको ज्यान गएको हो । मंगलबार राति महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले पुष्टी गरेको छ । सिकित्स अवस्थामा अस्पताल आएका उनको आइसियुमा राखेर उपचार थालिएको थियो । सोही क्रममा उनको पिसिआर… Continue reading नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, ४१ पुगे ज्यान गुमाउने

​संसारमा फेरी तिव्र रुपमा फैलँदै कोरोना, सोमबार रेकर्ड ब्रेक

काठमाडौं । संसारमा कोरोना भाइरसको संक्रमणले पुनः गति लिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार एकैदिन भेटिने संक्रमितको संख्यामा सोमबार नयाँ रेकर्ड कायम भएको हो । २४ घण्टामा विश्वभर २ लाख ६० हजार संक्रमित थपिए । यो संख्या एकै दिन थप भएको सर्वाधिक संख्या हो । विश्वभर कोरोना भाइरसका कारण ६ लाख ४ हजार… Continue reading ​संसारमा फेरी तिव्र रुपमा फैलँदै कोरोना, सोमबार रेकर्ड ब्रेक

नेपालमा कोरोना परीक्षण कुल जनसंख्याको एक प्रतिशतमाथि

काठमाडौं । नेपालमा कोरोना परीक्षण संख्या ३ लाख नाघेको छ । यससँगै नेपालमा कुल जनसंख्याको १ प्रतिशत भन्दा माथि व्यक्तिमा कोरोनाभाइरसको पिसिआर विधिबाट परीक्षण सम्पन्न भएको छ । सरकारले कुल जनसंख्याको २ प्रतिशतमा परीक्षण गर्ने लक्ष्य राखेको छ । यसको मतलव कुल ६ लाख मानिसको कोरोना परीक्षणको लक्ष्य सरकारको छ । अहिले नेपालको जनसंख्या ३… Continue reading नेपालमा कोरोना परीक्षण कुल जनसंख्याको एक प्रतिशतमाथि

४ पाइलटसहित नेपाल एयरलाइन्सका १४ कर्मचारीले जिते कोरोना

काठमाडौं । नेपाल एयरलाइन्सका चार पाइलटसहित १४ जना उडान कर्मचारीले कोरोनालाई जित्न सफल भएका छन् । उनीहरुको तेस्रो चरणको कोरोना पिसिआर परीक्षण नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आएका सबै कर्मचारीलाई परीक्षणपछि घर पठाइएको छ। दुई साताअघि नेपाल एयरलाइन्किा १४ कर्मचारीमा कोरोना पुष्टी भएको थियो । विदेशबाट नेपालीको उद्दार थालिएपछि उनीहरु विदेश जाने क्रममा कोरोना… Continue reading ४ पाइलटसहित नेपाल एयरलाइन्सका १४ कर्मचारीले जिते कोरोना

६ वटा जिल्ला बने कोरोना मुक्त

File

काठमाडौं । नेपालका ६ वटा जिल्ला कोरोना मुक्त बनेका छन् । शनिबारसम्मको तथ्यांक अनुसार ६ वटा जिल्लामा अब एक जना पनि कोरोना संक्रमणका सक्रिय बिरामी छैनन् । यसअघि नेपालका ७७ वटै जिल्लामा कोरोना फैलिएको थियो । तर, डिस्चार्ज हुनेको संख्या बढेसँगै जिल्लाहरुबाट क्रमशः कोरोना संक्रमणको दर न्यून हुँदै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका… Continue reading ६ वटा जिल्ला बने कोरोना मुक्त

नेपालमा करीव दुई महिनायताकै कम संक्रमण पुष्टी

काठमाडौं । शनिबार नेपालमा कोराना भाइरससम्बन्धी सकारात्मक खबर सार्वजनिक भएको छ । शनिबार कोरोना भाइरसका ५७ जना मात्र थप संक्रमित भेटिएका छन् । यो संख्या पछिल्लो दुई महिनायता कै सबैभन्दा कम हो । लगातार माथि चढ्दै गएको कोरोनाको ग्राफ पछिल्ला दुई सातायता ओरालो लागेको छ । अहिले नयाँ थप हुने भन्दा कोरोनालाई जित्नेहरुको संख्या बढी… Continue reading नेपालमा करीव दुई महिनायताकै कम संक्रमण पुष्टी

विश्वभर कोरोनाले ज्यान गुमाउने ६ लाखभन्दा माथि, संक्रमण डेढ करोड नजिक

काठमाडौं । संसारका करीव डेढ करोड मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । कोभिड–१९ बाट विश्वभर अहिलेसम्म १ करोड ४० लाख ३७ हजार २१ जना मानिस संक्रमित भएको तथ्यांक सार्वजनिक भएको छ । उनीहरुमध्ये ६ लाख ६६५ जनाले ज्यान गुमाइसकेका छन् । जोन्स होप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतले रुसलाई समेत उछिन्दै संक्रमित संख्यामा… Continue reading विश्वभर कोरोनाले ज्यान गुमाउने ६ लाखभन्दा माथि, संक्रमण डेढ करोड नजिक

अमेरिकामा कोरोना संक्रमणको दिन दिनै नयाँ रेकर्ड बन्दै : ह्वाइट हाउस भन्छ अनिबार्य मास्कको आदेश राष्ट्रपतिले गर्दैनन्

न्युयोर्क अमेरिकामा बिहिबार ७७ हजार  कोरोना संक्रमित पुष्टि भएका छन् ।बिहीबार पुष्टि भएको यो संख्या अमेरिकामा एकै दिन पुष्टि भएका कोरोना संक्रमितको आजसम्म कै सर्वाधिक संख्याको नयाँ रेकर्ड हो । यसअघि यसै हप्ता मंगलबार ६७ हजार ४ सय १७ एकै दिन सबैभन्दा धेरैको संख्यामा पुष्टि भएका थिए । पछिल्लो एक हप्तादेखि अमेरिकामा दैनिक ६० हजार… Continue reading अमेरिकामा कोरोना संक्रमणको दिन दिनै नयाँ रेकर्ड बन्दै : ह्वाइट हाउस भन्छ अनिबार्य मास्कको आदेश राष्ट्रपतिले गर्दैनन्

नेपालमा कोरोनाबाट थप एक जनाको ज्यान गयो

धरान । नेपालमा कोरोनाबाट थप एक जनाको मत्यु भएको छ । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० पुगेको छ । शुक्रबार बिहान कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जनाको मृत्यु भएको हो । सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएको हो । प्रदेश १ मा कोरोना… Continue reading नेपालमा कोरोनाबाट थप एक जनाको ज्यान गयो

अमेरिकामा आजदेखि कोरोना संक्रमणको सम्पूर्ण सुचना सिडिसीलाई होईन डिसीलाई जाँदैछ

न्युयोर्क अमेरिकामा अब देशभरका अस्पतालहरुले कोरोना भाईरसको आँकडा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) लाई होईन बाटो बदलेर सोझै ह्वाईट हाऊस प्रशासनलाई  पठाउनु पर्ने भएको छ । ट्रम्प प्रशासनले अस्पतालहरुलाई सिडिसिलाई पन्छाएर सोझै व्हाईट हाऊस प्रशासनको  “ ‘सेन्ट्रल डाटाबेस सिस्टम’मा अमेरिका भरका बिरामीहरुको आँकडा पठाउन आदेश गरेको हो । ट्रम्प प्रशासनको यो कदमले अमेरिकास्थित… Continue reading अमेरिकामा आजदेखि कोरोना संक्रमणको सम्पूर्ण सुचना सिडिसीलाई होईन डिसीलाई जाँदैछ

नवलपरासी र चितवनमा थपिए १९ संक्रमित

चितवन । कोरोना भाइरसको संक्रमणको दर केही कम भएको छ । खासगरी भारतबाट आउने मानिसको संख्या घटेको र विदेशबाट फर्कनेको पिसिआर परीक्षण अनिवार्य गरिएका कारण कोरोना भाइरसको संक्रमण कम भएको छ । समुदायस्तरमा भने अहिलेसम्म भयानक रुपमा कोरोना फैलिएको पाइएको छैन । यसैबीच, बुधबार नवलपरासी पूर्व र चितवनमा थप १९ जनामा कोरोना संक्रमण पुष्टी भएको… Continue reading नवलपरासी र चितवनमा थपिए १९ संक्रमित

‘अत्यावश्यक नपरेसम्म सार्वजनिक बसमा नचढ्नु’

काठमाडौं । सरकारले अत्यावश्यक नपरेसम्म सार्वजनिक यातायातमा नचढ्न सर्वसाधारणलाई सचेत गराएको छ । सार्वजनिक यातायात खुला गरेपनि यसले कोरोना भाइरसको संक्रमणलाई बिस्तार गर्न सहयोग पुग्ने भन्दै अति आवश्यक काम नपरेसम्म सार्वजनिक यातायात नचढ्न सरकारले सचेत बनाएको छ । सडकमा केही सार्वजनिक सवारी साधनले सेवा थालिसकेका छन् । स्वास्थ्य जनसंख्या मन्त्रालयले सार्वजनिक सवारीमा अनावश्यक यात्रा नगर्न… Continue reading ‘अत्यावश्यक नपरेसम्म सार्वजनिक बसमा नचढ्नु’

म्याग्दीमा पहिराले ज्यान गुमाएका १९ जनाको सामुहिक अन्त्येष्टी, ज्यान गुमाउने संख्या २८

म्याग्दी । म्याग्दीमा पहिरोमा परी ज्यान गुमाउने मानिसको संख्या २८ पुगेको छ । आइतबार एक जनाको शव फेला परेको हो । उनीहरुमध्ये १९ जनाको भने सामुहिक अन्त्येष्टी गरिएको छ । रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा गएको बाढी तथा पहिरोमा परी दर्जनौं मानिस वेपत्ता भएका थिए । त्यसमध्ये २८ जनाको ज्यान गएको छ… Continue reading म्याग्दीमा पहिराले ज्यान गुमाएका १९ जनाको सामुहिक अन्त्येष्टी, ज्यान गुमाउने संख्या २८

न्युयोर्कमा ६८ प्रतिशत मानिसमा कोरोना बिरुद्धको एण्टिबडी भेटियो; क्वीन्स सम्भावित दोश्रो छालको न्युन जोखिममा

First day of Phase 1, reopen the City, after Coronavirus, Line outside CityMD, walk-in doctors office, Forest Hills, Queens, New York. (Photo by: Lindsey Nicholson/Education Images/Universal Images Group via Getty Images)

न्युयोर्क न्युयोर्कमा कोरोनाभाइरस संक्रमण सम्बद्ध एउटा नयाँ आँकडा सार्वजनिक भएको छ ।आकस्मिक स्वास्थ जाँचको लागि चर्चित सिटिएमडिद्वारा सार्वजनिक आँकडाका अनुसार मार्चमा सुरु भएको महामारीले  सबै  भन्दा  धेरै  प्रभाबित  क्वीन्स  बोरोमा  बसोबास गर्नेहरुको ठुलो संख्यामा  एण्टिबडी  पोजेटिभ  देखिएको छ ।  तर त्यो आँकडाले जोसँग एन्टीबडी छ तिनीहरुको प्रतिरक्षा प्रणाली मजबुत नै भन्ने ग्यारेन्टि भने गरेको होईन… Continue reading न्युयोर्कमा ६८ प्रतिशत मानिसमा कोरोना बिरुद्धको एण्टिबडी भेटियो; क्वीन्स सम्भावित दोश्रो छालको न्युन जोखिममा

अवैध मृगौला प्रत्यारोपणमा प्रहरीसमेत मुछियो

काठमाडौं । अघिल्लो जेठमा भएको एक मृगौला प्रत्यारोपणमा नक्कली नाता सम्बन्ध कायम गरी मृगौला किनबेच प्रकरणमा प्रहरीको समेत संलग्नता खुलेको छ । २०७६ जेठ २७ मा चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भएको मृगौला प्रत्यारोपणमा नक्कली भान्जा खडा गरी मृगौला दिएको खुलेको हो । ललितपुरका एक जनामा गरिएको मृगौला प्रत्यारोपणबारे गत असोजमा प्रहरी समक्ष एक बेनामे… Continue reading अवैध मृगौला प्रत्यारोपणमा प्रहरीसमेत मुछियो

भाइरस हावाबाट एकआपसमा कसरी सर्दछ ? कसरी बच्ने ? हेर्नुहोस् – एक खोज

न्युयोर्क कोरोना लगायत बिभिन्न किसिमका भाइरसहरु हावामा कसरी रहन्छन् ? एक व्यक्तिको शरीरबाट निस्काषित भाइरसयुक्त खकार-बिकार कसरी फैलन्छ ? भन्ने बिषयमा जापानका प्राध्यापकहरुले गरेको एक सुक्ष्म अध्ययन सार्वजनिक गरका छन् । https://youtu.be/EPNBHuu755E यस अध्ययनका अनुसार मास्क, सामाजिक दुरी र हावा चलिराख्ने स्थान सुरक्षित हुने निस्कर्ष निकालेका छन् । कति समयसम्म भाइरसहरु हावामा कसरी रहन्छन्, अध्ययनमा… Continue reading भाइरस हावाबाट एकआपसमा कसरी सर्दछ ? कसरी बच्ने ? हेर्नुहोस् – एक खोज

ससुरा र पतीको साथमा ऐश्वर्या र नातिनी आराध्यामा पनि कोरोना पुष्टि

नयाँ दिल्ली शनिबार अमिताब बच्चन र अभिसेक बच्चन दुबै जना कोरोना संक्रमित भएर अस्पताल भर्ना भएको भोलिपल्ट ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यामा पनि कोरोना पोजेटिब पुष्टि भएको भारतीय संचार माध्यमले जनाएका छँन् ।पती र छोरा संक्रमित भए पछी बुहारी ऐश्वर्या ,नातिनी आराध्या र हजुरआमा जया बच्चनको पनि संक्रमण जाँच गरिएको थियो ।जया बच्चनमा भने कोरोन संक्रमण नदेखिएको टाईम्स… Continue reading ससुरा र पतीको साथमा ऐश्वर्या र नातिनी आराध्यामा पनि कोरोना पुष्टि

मार्चको महामारीपछि न्युयोर्कमा सबैभन्दा थोरै मानिस अस्पताल भर्ना

न्युयोर्क       न्युयोर्कमा कोरोना महामारी सुरु भए यता शुक्रबार सबैभन्दा कम बिरामी अस्पताल भर्ना भएका छन् । मार्चपछि शुक्रबार सबैभन्दा कम ७ सय ९९ जना मात्र न्युयोर्क राज्यभरका अस्पतालमा उपचारको लागि बिरामी भर्ना भएको गभर्नर कुमोले बताएका छन् । न्युयोर्क राज्यमा तीन दिनदेखि लगातार दैनिक ७ जनाको कोरोनाको कारण मृत्‍यु भएको छ भने… Continue reading मार्चको महामारीपछि न्युयोर्कमा सबैभन्दा थोरै मानिस अस्पताल भर्ना

अवैध मृगौला प्रत्यारोपण गरेको आरोपमा डाक्टरसहित ६ पक्राउ

चितवन । चितवनमा अवैध मृगौला प्रत्यारोपण गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) भरतपुरका चार चिकित्सकसहित ६ जना पक्राउ परेका छन । एक  वर्ष अगाडी प्रत्यारोपण गरिएको एक मृगौला अवैध भएको खुलासा भएपछि उनीहरु पक्राउ परेका हुन् । अवैध रुपमा मिर्गौला प्रत्यारोपण गराएको आरोपमा अस्पतालको मिर्गौला… Continue reading अवैध मृगौला प्रत्यारोपण गरेको आरोपमा डाक्टरसहित ६ पक्राउ

बिज्ञको चेतावनी; अमेरिका ईतिहास कै सबैभन्दा अस्थिर समयमा पुग्न लाग्यो

न्युयोर्क अमेरिकाका थुप्रै राज्यहरुमा पुन: कोरोना संक्रमित र मृतकको संख्यामा ब्यापक बृद्धि हुन थालेपछि महामारी सुरु भएर लकडाऊन गरिएका राज्यहरुको चरणबद्ध खुलाउने नीति तत्कालका लागि कि रोकिएका छन् कि त भने मिति नै सारेका छन् ।अमेरिकाको चिकित्सा अध्ययनका लागि ख्याति प्राप्त शिक्षण संस्था बेलर कलेज अफ मेडिसिनका डिन डा पिटर होटेजले शुक्रबार एक टेलिभिजनसँगको अन्तर्वार्तामा… Continue reading बिज्ञको चेतावनी; अमेरिका ईतिहास कै सबैभन्दा अस्थिर समयमा पुग्न लाग्यो

डेढ महिनापछि नेपालमा एक दिनमा सबैभन्दा कम संक्रमित भेटिए

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीका बीच शनिबार एक खुसीको खबर सार्वजनिक भएको छ । करीव डेढ महिना यता पहिलो पटक सबैभन्दा कम संख्यामा कोरोना भाइरसको संक्रमित फेला परेका छन् । नयाँ संक्रमितको संख्या दुई अंकमा झरेको छ भने सक्रिय संक्रमितभन्दा निको हुने संख्या समेत अब धेरै भएको छ । अर्कोतर्फ एकै दिन नयाँ थपिने… Continue reading डेढ महिनापछि नेपालमा एक दिनमा सबैभन्दा कम संक्रमित भेटिए

म यो उमेरमा मर्न चाहन्न !

सुवास तामाङ, रसुवा  म दुर्गम हिमाली जिल्ला रसुवाको ग्रामिण परिवेशमा जन्मे, हुर्कें । सडक र बिजुलीको सपना देखेरै बाल्यकाल बित्यो । आम पहाडी गरिबको बच्चाले भोग्ने सबै अभाव व्यहोरें । कलेज गएर उच्च शिक्षा हाँसिल गर्ने रहर घर-व्यवहारको बोझले छिन्यो । मन परेको केटी बिहे गरें । छोरा जन्मियो । आर्थिक अभावको कारण बाध्य भएर… Continue reading म यो उमेरमा मर्न चाहन्न !

कोरोना संक्रमणपछि १ सय १० दिन अस्पताल बसेका धार्मिक गुरुको जीवन मृत्‍यु बीचको डरलाग्दो संघर्षको कथा

न्युयोर्क       गत डिसेम्बरमा अकस्मात चीनमा देखिएको अज्ञात भाइरसले विज्ञानलाई चुनौति दियो । कोरोना नामाकरण गरिएको उक्त भाईरसबाट शक्तिसम्पन्न राष्ट्रहरु समेत आच्छु आच्छु भएका छन् ।१ करोड २२ लाखलाई संक्रमित बनाएको यो भाईरसको संक्रमणबाट कोही पत्तै नपाई निको भई सकेको खबर आईरहेका छन् भने कसैलाई ३ महिनासम्म पनि निको नभएर महिनौं अस्पातलको बेडमा… Continue reading कोरोना संक्रमणपछि १ सय १० दिन अस्पताल बसेका धार्मिक गुरुको जीवन मृत्‍यु बीचको डरलाग्दो संघर्षको कथा

अमेरिकामा कोरोना महामारी; हालको अवस्था ठ्याक्कै यस्तो

न्युयोर्क नोवल कोरोनाभाइरसको कारण विश्वमा ५ लाख ५१ हजार मानिसले ज्यान गुमाई सकेका छन् । १ करोड २१ लाख ३० हजार मानिस भाईरस संक्रमित भई सकेको जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो आँकडाले जनाएको छ । कतिपय देशको सरकारले तथ्यांक नै लुकाएर वा पर्याप्त जाँच नगरेर वा संक्रमित व्यक्तिलाई नै संक्रमण भएको पत्तो नभएका कारण अधिकारिक रुपमा… Continue reading अमेरिकामा कोरोना महामारी; हालको अवस्था ठ्याक्कै यस्तो

नेपालमा कोरोना ग्राफ नेगेटिभतर्फ, संक्रमित थपिने भन्दा डिस्चार्ज हुनेको संख्या बढी

फाइलफोटो

काठमाडौं । नेपालमा बिहीबारबाट कोरोनाको ग्राफ ओरालो लागेको छ । बिहीबार कोरोना भाइरसका संक्रमित थप हुने संख्या भन्दा विभिन्न अस्पतालबाट डिस्चार्ज हुने व्यक्तिको संख्या धेरै भएको छ । अर्कोतर्फ पछिल्लो तीन दिन यता नेपालमा कोरोनाका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउनु परेको छैन । बिहीबार २४ घण्टामा १ सय ८ जना नयाँ संक्रमित थपिए ।… Continue reading नेपालमा कोरोना ग्राफ नेगेटिभतर्फ, संक्रमित थपिने भन्दा डिस्चार्ज हुनेको संख्या बढी

६ वटा निजी अस्पतालले पनि अब पिसिआर परीक्षण गर्न पाउने

काठमाडौं । सरकारले ६ वटा अस्पताललाई सःशुल्क पिसिआर परिक्षणको अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगन्जको नारायणी अस्पतालसहित ६ वटा अस्पताललाई सःशुल्क पीसीआर परीक्षण सेवा दिन अनुमति प्रदान गरेको हो । एक प्रदेशमा एउटा प्रयोगशालालाई यस्तो अनुमति दिने निर्णय हो । प्रदेश १ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा… Continue reading ६ वटा निजी अस्पतालले पनि अब पिसिआर परीक्षण गर्न पाउने

डब्लूएचओबाट औपचारिक रुपमै बाहिरियो अमेरिका

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सदस्यताबाट अमेरिका औपचारिक रुपमा बाहिरिएको छ । ट्रम्प सरकारले यस अघि नै डब्लूएचओबाट अलग हुने घोषणा गरेको थियो । अमेरिकी सञ्चार माध्यमका अनुसार अमेरिका औपचारिक रुपमै डब्लुएचओबाट अलग भएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाले महामारी लिन थालेसँगै यो संस्थाको कडा विरोध गर्दै आएका थिए । उनले संगठनले… Continue reading डब्लूएचओबाट औपचारिक रुपमै बाहिरियो अमेरिका

के नियन्त्रण उन्मुख छ नेपालमा कोरोना ? नयाँ संक्रमण र डिस्चार्ज बराबर

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ संक्रमण र डिस्चार्ज हुने संख्या करीव बराबरीमा आएको छ । पछिल्लो २४ घण्टामा देशभर २ सय ५५ जना कोरोना संक्रमित थपिए । यस अवधिमा कोरोनालाई जितेर घर फर्कने संक्रमितको संख्या समेत २ सय ५३ रहेको छ । यस प्रकार नयाँ थपिने र कोरोनालाई जित्ने दर अब भने करीव बराबरीमा… Continue reading के नियन्त्रण उन्मुख छ नेपालमा कोरोना ? नयाँ संक्रमण र डिस्चार्ज बराबर

नेपालमा कोरोना संक्रमितको ग्राफ घट्यो, अब जोखिम काठमाडौंमा

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको ग्राफ ओरालो लागेको छ । खासगरी भारतबाट आउने मानिस कम भएसँगै देशभरबाट कोरोना संक्रमितको संख्या उल्लेख्य घटेको हो । पिसिआर परीक्षणको दायरा उस्तै रहेको र क्वारेन्टिनमा बस्ने मानिसको समेत संख्या घटेसँगै अहिले देशभर संक्रमण कम हुँदै गएको पाइएको छ । यो साता पहिलो दिनबाटै संक्रमितको संख्या कम देखिन थालेको… Continue reading नेपालमा कोरोना संक्रमितको ग्राफ घट्यो, अब जोखिम काठमाडौंमा