नेपालमा थप तीन जनामा कोरोना पुष्टी

काठमाडौं । लगातार एक सातासम्म कोरोना नदेखिएको नेपालमा एकै दिन थप तीन जनामा कोरोनाको पुष्टी भएको छ । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षणले नतिजा पोजेटिभ देखाएको हो । वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।… Continue reading नेपालमा थप तीन जनामा कोरोना पुष्टी

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्यामा अमेरिका पहिलो, संक्रमित पाँच लाख नाघे

न्यूयोर्क/ कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्यामा अमेरिका पहिलो स्थानमा उक्लिएको छ । इटालीलाई उछिन्दै अमेरिका मृत्यु हुनेको संख्यामा पहिलो भएको हो । शनिबार दिउँसोसम्म अमेरिकामा भाइरसबाट २० हजार बढिले ज्यान गुमाएका छन् । दोस्रो स्थानमा रहेको इटालीमा १९ हजार ५०० को ज्यान गएको छ । अप्रिल लागेपछि अमेरिकामा मृतकको संख्यामा अध्यधिक बृद्धि भएको हो ।… Continue reading कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्यामा अमेरिका पहिलो, संक्रमित पाँच लाख नाघे

सीमा नाका झन कडा, भावनामा बगेर लकडाउन खुल्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा नाकामा अझ बढी कडाई गरिने बताएका छन् । उनले भावनामा बगेर लकडाउन समेत नखुल्ने स्पष्ट पारेका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाइएका सबै कदमललाई अझ कडाईका साथ लागु गरिने प्रधानमन्त्रीको भनाई छ । शनिबार सिंहदरबारस्थित एक्सन रूमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले… Continue reading सीमा नाका झन कडा, भावनामा बगेर लकडाउन खुल्दैन

एक सातायता नेपालमा देखिएन थप संक्रमण

काठमाडौं । नेपालमा एक सातायता कोरोना भाइरसको थप संक्रमण नदेखिएको सरकारले जनाएको छ । नेपालमा अहिलेसम्म ४ हजार ४ सय २६ जनामा कोरोनाको परिक्षण भएको छ । पछिल्लो २४ घण्टामा ८ सय ९७ जनामा नमुना परिक्षण भएको छ । त्यस परिक्षणबाट कुनै पनि थप संक्रमण पुष्टी नभएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । पछिल्लो… Continue reading एक सातायता नेपालमा देखिएन थप संक्रमण

भारतमा संक्रमित ७ हजारभन्दा माथि, २ सय ३९ को ज्यान गयो

नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्तमण हरेक दिन बढ्दो क्रममा रहेको छ । कोभिड–१९बाट मृत्यु हुने मानिसको संख्या दुई सय ३९ पुगेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० जना मानिसको मृत्यु भएको हो । भारतमा सबैभन्दा धेरै प्रभावित प्रदेश महाराष्ट्र हो… Continue reading भारतमा संक्रमित ७ हजारभन्दा माथि, २ सय ३९ को ज्यान गयो

लकडाउन खोल्ने हतार नगर्न डब्ल्यूएचओको चेतावनी

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाबाट बच्न घोषित लकडाउन खोल्ने विषयमा हतार नगर्न मुलुकहरुलाई सचेत गराएको छ । संगठनका प्रमुख टेड्रोस अदोनम गिब्रियससले कोरोना संक्रमण रोकथाम गर्न लगाइएको लकडाउन हतारमा हटाए स्थिति झनै भयावह हुने चेतावनी दिएका हुन् । लकडाउन अन्त्य गर्नेबारे संसारभरका मुलुकहरु सतर्क हुनुपर्ने उनको सुझाव छ । किनकी भाइरस सुशुप्त अवस्थामा… Continue reading लकडाउन खोल्ने हतार नगर्न डब्ल्यूएचओको चेतावनी

कोरोनाबाट बढी ज्यान जाने मुलुकमा अमेरिका दोस्रो

काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी मानिसको ज्यान गएको मुलुकमा अमेरिका दोस्रो स्थानमा आइसकेको छ । कोरोना भाइरसबाट अमेरिकामा एकैदिन २ हजार ३७ जनाको मृत्यु भयो । यो सँगै अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ७ सय १९ पुगेको छ। अमेरिकाभन्दा माथि इटली छ । इटलीमा १८ हजार ८ सय मानिसको ज्यान… Continue reading कोरोनाबाट बढी ज्यान जाने मुलुकमा अमेरिका दोस्रो

लगातार छैटौं दिन पनि नेपालमा भेटिएनन् थप संक्रमित

काठमाडौं । नेपालमा लगातार छैटौं दिनसम्म पनि कोरोना भाइरसका थप संक्रमित फेला परेनन् । यसअघि अघिल्लो साता शनिबार एकैपटक तीन जनामा संक्रमण पुष्टी भएको थियो । तर, त्यसपछिको परिक्षणमा भने कोरोना देखिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक सातायता कोरोनाको परिक्षण तिब्र बनाइएको छ । अघिल्लो सताको तुलनामा दोब्बर भन्दा बढीमा परिक्षण भएको छ… Continue reading लगातार छैटौं दिन पनि नेपालमा भेटिएनन् थप संक्रमित

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नजिक

काठमाडौं । कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या अब १ लाख हाराहारी पुगेको छ । बिहीबार सम्मको तथ्यांका अनुसार संसारभर कोरोना भाइरसले ९५ हजार ५ सय ६ जनाको ज्यान लिइसकेको छ । यो भाइरसले सबैभन्दा बढी इटलीमा मानवीय क्षति भएको छ । यहाँ अहिलेसम्म १८ हजार दुई सय ७९ जनाको मृत्यु भएको तथ्यांक रहेको… Continue reading कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नजिक

शनिबार यता नेपालमा थपिएनन् कोरोना संक्रमित, सुदुरपश्चिमबाट आउन थाल्यो रिपोर्ट

काठमाडौं । शनिबार यता नेपालमा कोरोना संक्रमित फेला परेनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना अतिप्रभावित क्षेत्रबाट प्राप्त कूल ६६ वटा नतिजा परिक्षण भएको थियो । तर, सबै परिक्षण नेगेटिभ आएको छ । सरकारले सातवटै प्रदेशमा र्‍यापिड डाइगोनिस्टिक किटबाट कोरोनाको परीक्षणको तयारी समेत गरेको छ । लकडाउन गरिरहेको सरकारले परिक्षण समेत… Continue reading शनिबार यता नेपालमा थपिएनन् कोरोना संक्रमित, सुदुरपश्चिमबाट आउन थाल्यो रिपोर्ट

कांग्रेसका १० नेताको सुझाव, सांसद विकास कोषको रकम कोरोना रोकथाममा लगाउ

काठमाडौं । नेपाली कांग्रेसका १० नेताले सांसद विकास कोष र पूर्वपदाधिकारीको सुविधा कटौती गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा लगाउन सुझाव दिएका छन् । उनीहरुले बिहीबार एक विज्ञप्ति जारी गरी यस्तो सुझाव दिएका हुन् । अहिले सरकारले खर्च कटौती गरी रकमको जोहो गर्न खोजिरहेको छ । संकटको समयमा खर्च कटौतीका लागि सांसद विकास कोषको रकम… Continue reading कांग्रेसका १० नेताको सुझाव, सांसद विकास कोषको रकम कोरोना रोकथाममा लगाउ

विश्व स्वास्थ्य संगठनको ट्रम्पलाई जवाफ, महामारीलाई राजनीतिकरण नगर

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) को महामारीका विषयर्ला लिएर राजनीतिकरण नगर्न विश्वका नेताहरुसँग आह्वान गरेको छ । बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले नियमित पत्रकार सम्मेलनका दौरान यस्तो आग्रह गरेका हुन । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संगठन चीनको मात्र समर्थनमा रहेको र अमेरिकालाई गलत सुझाव दिएको आरोप लगाएका थिए । घेब्रेससले… Continue reading विश्व स्वास्थ्य संगठनको ट्रम्पलाई जवाफ, महामारीलाई राजनीतिकरण नगर

लगातार चौथो दिन नेपालमा भेटिएनन् कोरोना संक्रमित, बढाइयो परिक्षणको दायरा

काठमाडौं । सरकारले कोरोना परिक्षणको दायरा बढाएको छ । बुधबारसम्म कूल २३६६ जनाको नमुना परिक्षण भएको छ । त्यसमध्ये ९ जनामा मात्र कोरोना पोजेटिभ पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार लगातार  चौथो दिन नेपालमा थप संक्रमित भने फेला परेनन् । सरकारले अहिले काठमाडौंस्थित केन्द्रिय प्रयोगशालासहित देशभर १० स्थानबाट कोरोनाको… Continue reading लगातार चौथो दिन नेपालमा भेटिएनन् कोरोना संक्रमित, बढाइयो परिक्षणको दायरा

कोरोना महामारीमा पनि ट्याक्सी चलाएका न्युयोर्क सहरका : एक चालकको पिडादायी कथा

कोरोनाको महामारी चर्कदै गर्दा न्युयोर्क सहरमा ट्याक्सी चालकको काम गर्दै आएका राउल रोमेरोलाई माक्स लगाएर ट्याक्सी चलाउने कामलाई निरन्तरता दिंदा कोरोनाबाट सुरक्षित हुन सकिन्छ भन्ने लाग्यो  । न्युयोर्कमा कोरोना संक्रमण फैलिन सुरु हुँदादेखि नै रोमेरोले न्युयोर्क सहरका सम्पूर्ण ट्याक्सी व्यवसायीको नियमनकारी संस्था “ट्याक्सी एण्ड लिमोजिन कमिसन” को प्रत्येक सुचना नछुटाई पढ्दै आएका थिए । अन्य… Continue reading कोरोना महामारीमा पनि ट्याक्सी चलाएका न्युयोर्क सहरका : एक चालकको पिडादायी कथा

प्रधानमन्त्रीको सन्देश : अझै केही साता कठिन समयबाट गुज्रनु पर्नेछ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै केही साता नेपालले कठिन अवस्थाका सामना गर्नुपर्ने बताएका छन् । मंगलबार नेपाल टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समुदायमा कोरोनाको सन्त्रास नफैलियोस भन्नकै लागि लकडाउन लम्ब्याउनु परेको उल्लेख गरे । सरकारले आजबाट लकडाउन ८ दिन थपेको छ । सम्बोधनका क्रममा उनले आगामी दुई साता थप चुनौतीपूर्ण हुन… Continue reading प्रधानमन्त्रीको सन्देश : अझै केही साता कठिन समयबाट गुज्रनु पर्नेछ

कोरोनाबाट मर्नेको संख्या ७४ हजार ६ सय, साढे १३ लाखमा संक्रमण

काठमाडौं । संसारभर कोभिड १९ को त्रास जारी छ । ३१ डिसेम्बर २०१९ मा चीनको बुहानमा पहिलो पटक देखिएको यस भाइरसले विश्वका करीव सबैजसो मुलुक प्रभावित बनेका छन् । सोमबार रातीसम्मको तथ्यांक अनुसार कोरोनाका कारण विश्वभर ७४ हजार ६ सय ७८ मानिसको ज्यान गएको छ । विश्वभर १३ लाख ४६ हजार दुई सय ९९ जनामा… Continue reading कोरोनाबाट मर्नेको संख्या ७४ हजार ६ सय, साढे १३ लाखमा संक्रमण

न्युजर्सी राज्यस्थित जर्सी सिटी काउन्सिल म्यानको कोरोनाको कारण मृत्‍यु

न्युजर्सी न्युजर्सी राज्यस्थित जर्सी सिटीका काउन्सिल म्यान माईकल युनको कोभिड -१९ का कारण मृत्‍यु भएको छ । उनको मृत्‍युको खबर जर्सी सिटीका मेयर स्टिब फुलोपले पुष्टि गरेका छन् । काउन्सिल म्यान युनको मृत्‍युमा समबेदना ब्यक्त गर्दै मेयर फुलोपले भनेका छन् “काउन्सिल म्यान माईकल युनको मृत्‍युले गर्दा हामी दु:खी भएका छौं । उनी बिगत ३० बर्षदेखि… Continue reading न्युजर्सी राज्यस्थित जर्सी सिटी काउन्सिल म्यानको कोरोनाको कारण मृत्‍यु

निजी अस्पतालका डाक्टरले समेत सरकारीसरह सुविधा पाउने

काठमाडौं । अब निजी अस्पतालका डाक्टरले पनि कोरोना रोगसँग लड्दा सरकारी डाक्टरसरह सुविधा पाउने भएको छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले निजी क्षेत्रका डाक्टर सरकारी अस्पतालमा आएमा सम्बन्धित तहअनुसार मिलान गरी कामको अवसर दिने निर्णय गरेको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी अस्पतालमा आएर काम गर्न इच्छुक निजी डाक्टरहरुलाई सरकारी डाक्टरसरह… Continue reading निजी अस्पतालका डाक्टरले समेत सरकारीसरह सुविधा पाउने

भारतीय प्रधानमन्त्रीसहित सांसदको ३० प्रतिशत तलव कटौती हुने

काठमाडौं । भारतीय प्रधानमन्त्रीसहित सांसदको तलब कटौती हुने भएको छ । मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री, मन्त्रीपरिषद्का सदस्य र सांसदहरुको तलवबाट ३० प्रतिशत कटौती गर्ने निर्णय गरेको हो । पछिल्ला दिनमा भारत कोरोनाको संक्रमण तिब्र रुपमा फैलिरहेको छ । यसविरुद्ध लड्न भारतलाई समेत हम्मेहम्मे पर्ने देखिएको छ । भारतीय सूचना प्रसारणमन्त्री प्रकाश जावडेकरले सांसदको तलब कटौती गर्ने… Continue reading भारतीय प्रधानमन्त्रीसहित सांसदको ३० प्रतिशत तलव कटौती हुने

अमेरिकामा स्वास्थ बीमा नहुनेले कोरोना संक्रमण उपचारको चिन्ता गर्नु नपर्ने

न्युयोर्क अमेरिकामा यती बेला कोरोनाको महामारी चलेको छ । कतिपयलाई कोरोना भाईरसको संक्रमण भै हाल्यो भने स्वास्थ बिमा नहुँदा कसरी उपचार गर्ने होला र ठुलो खर्चको ब्यबस्थापन गर्ने होला भन्ने चिन्ताले समेत सताएको छ ।तर अब स्वास्थ बिमा नहुनेले पनि कोरोना संक्रमणको उपचारको लागि चिन्ता गर्नु नपर्ने भएको छ ।स्वास्थ बिमा नभएका कोरोनाका त्यस्ता बिरामीको… Continue reading अमेरिकामा स्वास्थ बीमा नहुनेले कोरोना संक्रमण उपचारको चिन्ता गर्नु नपर्ने

लकडाउन ३ वैशाखसम्म लम्बियो

काठमाडौं । सरकारले लकडाउनको अवधि बढाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले लकडाउन ८ दिन थप गर्ने निर्णय गरेको हो । अब बैशाख ३ सम्म लकडाउन कायम हुने भएको छ । लकडाउनको अवधि प्रारम्भमा तोकेको भन्दा दोस्रो पटक थपिएको हो । नेपालमा दोस्रो संक्रमण पुष्टी भएसँगै ११ चैतबाट चैत १८ सम्म लकडाउन घोषणा भएको थियो… Continue reading लकडाउन ३ वैशाखसम्म लम्बियो

कोभिड -१९ को उपचारमा अमेरिकामा उदायो नयाँ आशा

न्युयोर्क हरेक अंध्यारो पछी उज्यालो पक्का आउँछ अनी खराब समय सधैं रहदैन भने जस्तो अमेरिकामा अब बिस्तारै कोरोना भाईरसबाट बच्ने उपचार बिधी पहिल्याईदै छ।अमेरिकाको न्युयोर्क शहरमा ४ हजार जना कोभिडका बिरामीहरुलाई एन्टीमलेरियाको औषधी  हाईड्रोक्सक्लोरोकुईन दिएर उपचार सुरु गरिएको राज्यका स्वास्थ अधिकारीहरुले जनाएका छँन् ।न्युयोर्क राज्यका स्वास्थ अधिकारीहरुले बताएका छँन् -डिपार्ट्मेन्ट अफ हेल्थले न्युयोर्कका ५६ वटा अस्पातलमा उपचारत ४… Continue reading कोभिड -१९ को उपचारमा अमेरिकामा उदायो नयाँ आशा

बृटिश प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना

न्युयोर्क बृटेनका प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएको लन्डनस्थित डाउनिङ्ग स्ट्रीट प्रबक्ताले जनाएका छन् ।   प्रधानमन्त्री जोन्सनमा कोरोना पोजेटिभ भएर लक्षणहरुमा आइतवार साँझसम्म पनि कमी नदेखिए पछि अस्पताल लगिएको बताइएको छ । तापक्रम पनि कायम नै रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको हो । जोन्सनको निजी चिकित्सकको सुझाव अनुरुप प्रधानमन्त्री जोन्सन… Continue reading बृटिश प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना

एकैपटक करीव २० हजार जनामा कोरोना परीक्षणको तयारी

काठमाडौं । सरकारले नेपालमा एकै पटक २० हजार व्यक्तिमा कोभिड १९ को परीक्षण गर्ने भएको छ । यो परीक्षण सुदूरपश्चिम प्रदेश र बागलुङमा गर्न लागिएको हो । सुदुरपश्चिममा समुदायस्तरमा कोरोना भाइरसको संक्रमणको आंशका सहित सरकारले र्‍यापिड टेष्टको तयारी थालेको हो । यसअघि मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले र्‍यापिड डायग्नोस्टिक टेष्ट प्रविधिबाट कोभिड१९ को परीक्षण गर्ने निर्णय… Continue reading एकैपटक करीव २० हजार जनामा कोरोना परीक्षणको तयारी

कांग्रेस सभापति देउवाबाट कोरोनाबारे पूर्वप्रधानमन्त्रीसँग टेलिफोन वार्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । उनले कोरोनाको संकटसँग जुध्न आवश्यक रणनीति तयार गर्नु पर्नेबारे छलफल गरेको बताइएको छ । उनले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनमा वार्ता गरेका हुन् ।… Continue reading कांग्रेस सभापति देउवाबाट कोरोनाबारे पूर्वप्रधानमन्त्रीसँग टेलिफोन वार्ता

२४ घण्टामा नेपालमा देखिएन नयाँ संक्रमण, खरीपाटीका सबैको रिर्पोट नेगेटिभ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको नयाँ संक्रमण फेला परेन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित प्रेस ब्रिफिंगका दौरान यस्तो जानकारी गराइएको हो । यसअघि शुक्रबार भने एकै दिन ३ जनामा कोरोनाको पुष्टी भएको थियो । नेपालमा अहिलेसम्म ९ जनामा कोरोना पुष्टी भएको छ । जसमध्ये ८ जना उपचारार्थ छन् ।… Continue reading २४ घण्टामा नेपालमा देखिएन नयाँ संक्रमण, खरीपाटीका सबैको रिर्पोट नेगेटिभ

कोरोनाविरुद्ध महिला स्वयंसेविका परिचालन हुने

काठमाडौं । सरकारले कोरोनाविरुद्ध स्वास्थ्य अभियानमा ग्रामीण महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ । देशभर करीव ५० हजार हाराहारी यस्ता स्वास्थ्य सेविका रहेको अनुमान छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले सुरक्षाको पूर्ण प्रत्याभूति गरेर स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो । उनीहरुको पारिश्रमिक र बीमा व्यवस्था सरकारले गर्ने… Continue reading कोरोनाविरुद्ध महिला स्वयंसेविका परिचालन हुने

बागलुङकी कोरोना संक्रमित महिलाको परिवारमा कोरोना नेगेटिभ

पोखरा । नेपालकी छैटौं कोरोना संक्रमित बागलुङ नगरपालिकाकी ६५ वर्षीया महिलाको परिवारमा भने कोरोना नसरेको पाइएको छ । उनको परिवारको कोरोना परीक्षणबाट नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ । उनका ससुरा, बुहारी र दुई नातिको थ्रेट स्वाब शुक्रबार परीक्षणका लागि पठाइएको थियो। चारै जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको धौलागिरि अञ्चल अस्पतालले जनाएको छ । पोखरा… Continue reading बागलुङकी कोरोना संक्रमित महिलाको परिवारमा कोरोना नेगेटिभ

के टि बी रोगको भाइरस बिरुद्ध प्रयोग गरिने बि सि जी खोप लिनेलाई कोरोना लाग्दैन ?

न्यूयोर्क टि बी (ट्युबरक्लोसिस) रोग बिरुद्धको खोप अनिबार्य गरिएका देशहरुमा कोरोना भाईरसका कारण मृत्‍यु हुनेहरुको संख्या  निक्कै कम देखिएको एक अध्ययनले देखाएको छ ।  टि बि बिरुद्धको  खोप अनिबार्य  नगरिएका देशहरुमा कोरोनाको कारण मृत्‍यु हुनेको संख्या अधिक भएपनि यो खोप अनिबार्य भएका देशहरुमा भने कोरोना संक्रमित र मृत्‍यु हुनेको संख्या निकै न्युन भएको उक्त अध्ययनले… Continue reading के टि बी रोगको भाइरस बिरुद्ध प्रयोग गरिने बि सि जी खोप लिनेलाई कोरोना लाग्दैन ?

बागलुंग, कैलाली र कंचनपुरमा अब कोरोनाको र्यापिड टेस्ट

काठमाडौं । कोरोना संक्रमित व्यक्ति भेटिएका तीन जिल्ला बागलुंग, कैलाली र कंचनपुरमा अब कोरोनाको र्यापिड टेस्ट गरिने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा कोरोनाको परिक्षणलाई वृहत बनाउने निर्णय गरेको हो । यसअघि विदेशबाट आएका नेपालीमा मात्र देखिएको यो रोग शनिबार पहिलो पटक समुदायमा समेत देखिएको छ । सोहीकारण अब ती जिल्लामा… Continue reading बागलुंग, कैलाली र कंचनपुरमा अब कोरोनाको र्यापिड टेस्ट