वालिङ (स्याङ्जा), २३ फागुनः स्याङ्जा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा धनञ्जय रेग्मी विजयी भएका छन् । शनिबार बिहान सम्पन्न अन्तिम मतगणनाबाट रास्वपा उम्मेदवार रेग्मीले २९ हजार ७१ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले राससलाई जानकारी दिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकाल १० हजार २१४… Continue reading स्याङ्जा–१ मा रास्वपाका रेग्मी विजयी
Category: कला / साहित्य
चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी
चितवन, २३ फागुनः चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । उनले ५४ हजार ४०२ मत प्राप्त गरे । नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । यस्तै नेकपा (एमाले)का अस्मिन घिमिरेले छ हजार ९९२ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले चार… Continue reading चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी
महोत्तरी–१ मा रास्वपा उम्मेदवार महतो विजयी
महोत्तरी, २३ फागुनः महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज बिहान जारी गरेको अन्तिम निर्वाचन मतपरिणामअनुसार रास्वपा उम्मेदवार महतो ३४ हजार ६३६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत गगनदेव महतोले जानकारी दिए । त्यसैगरी उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार गिरिराजमणि पोखरेलले १२… Continue reading महोत्तरी–१ मा रास्वपा उम्मेदवार महतो विजयी
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
म्याग्दी, २३ फागुनः म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । बाइस हजार ८५० मतका साथ पुन निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए ।… Continue reading म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी
रुकुम पूर्व, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतगणनामा उनले १० हजार २४० मत प्राप्त गरी विजयी भएका हुन् । सो निर्वाचन क्षेत्रमा खसेको १९ हजार १८८ मत गणना गर्दा संयोजक दाहालले आफ्ना निकटतम प्रतिद्वन्दीलाई ६ हजार… Continue reading रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी
विराजभक्त र रन्जु दर्शना भारी अन्तरले अगाडी, यस्तो छ काठमाडौँका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण
काठमाडौँ, २२ फागुन । काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । निर्वाचन आयोगले काठमाडौँका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण उपलब्ध गराएको हो । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार काठमाडौँ क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले दुई हजार ५५१ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका हिमाल कार्कीले ५४५, नेकपा (एमाले)का विनोद… Continue reading विराजभक्त र रन्जु दर्शना भारी अन्तरले अगाडी, यस्तो छ काठमाडौँका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण
गणनाको प्रारम्भिक रुझान : रास्वपालाई अभूतपूर्व मत
२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुने क्रम सुरु भएको छ । सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा अभूतपूर्व मत आएको देखिएको छ । काठमाडौंका अधिकांश क्षेत्रको नतिजामा रास्वपा भारी मतले अगाडी छ । अहिलेसम्म कुल २२ स्थानको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जसमध्ये १६ स्थानमा रास्वपाका उम्मेदवार भारी अन्तरले… Continue reading गणनाको प्रारम्भिक रुझान : रास्वपालाई अभूतपूर्व मत
काठमाडौं १ र १० मा पनि सुरु भयो मतगणना
२२ फागुन, काठमाडौं । काठमाडौं १ र १० नम्बर क्षेत्रमा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक सम्पन्न भइ यी क्षेत्रमा मतगणना सुरु भएको हो ।
झापा ५ र चितवन २ मा पनि आजै रातिदेखि मतगणना
२२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको निर्वाचन क्षेत्रमा आज राती बाटै मतगणना सुरु हुने भएको छ । अहिले झापा ५ मा सर्वदलीय बैठक बसिरहेको छ । चितवन २ को भने १२:३० बाट मतगणना थाल्ने तयारी छ ।
इलाममा ५७ प्रतिशत मत खस्यो, गणना भोलिदेखि
फिक्कल (इलाम), २१ फागुनः इलाममा आज भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५६ दशमलव ५३ प्रतिशत मत खसेको छ । सबै मतदान केन्द्रको विवरण आइसक्दा दुई लाख ३१ हजार ८०९ मध्ये एक लाख ३१ हजार ३९ अर्थात् ५६ दशमलव ५३ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए । प्रजिअ ढकालका अनुसार जिल्लामा ६२ हजार… Continue reading इलाममा ५७ प्रतिशत मत खस्यो, गणना भोलिदेखि
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सन्तोष प्रकट
काठमाडौँ, २१ फागुनः राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष प्रकट गरेका छन् । राष्ट्रपति पौडेलले निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, आम मतदाता, राष्ट्रसेवक कर्मचारी र सम्बद्व सबै पक्षसहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा धन्यवाद प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार… Continue reading शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सन्तोष प्रकट
काठमाडौंमा आज रातिबाटै मतगणना
२१ फागुन, काठमाडौं । काठमाडौंमा आज राती बाटै मतगणना सुरु हुने भएको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार काठमाडौंको १० वटै क्षेत्रमा अहिले मतपेटिका सङ्कलनको काम सुरु भएको छ । सो काम सकिए सङ्गै मतगणनाको प्रक्रिया थालिने छ । निर्वाचन आयोगका अनुसार काठमाडौं जिल्लामा ६० प्रतिशत माथी भोट खसेको अनुमान छ ।
कांग्रेस सभापति थापाले दिए : आभार, सम्मान र बधाई
२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताका लागि आभार, सम्मान र बधाई दिएका छन् । उनले यसबाट लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिवद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको बताएका छन् । निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण… Continue reading कांग्रेस सभापति थापाले दिए : आभार, सम्मान र बधाई
बालेनले प्रधानमन्त्रीलाई “आमा” सम्बोधन गर्दै लेखे यस्तो स्टाटस
२१ फागुन, काठमाडौं । भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा हेरिएका बालेन शाहले निर्वाचन सफल बनाएकोमा प्रधानमन्त्री सुशीला कार्कीप्रति सम्मान व्यक्त गरेका छन् । उनले आमा सम्बोधन गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।’ अनेक चूनौतिका बीच प्रधानमन्त्री पद सम्हालेकी कार्कीले अन्ततः आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकी छिन् । उनको अहिले प्रशंशा गरिएको छ… Continue reading बालेनले प्रधानमन्त्रीलाई “आमा” सम्बोधन गर्दै लेखे यस्तो स्टाटस
सकियो मतदान, शान्तिपुर्ण वातावरण
२१ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतदानको समय सम्पन्न भएको छ । प्रहरीका अनुसार देशभर सामान्य घटनाबाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो । निर्वाचन आयोगले साझ ६:१५ बजे अध्यावधिक विवरण सार्वजनिक गर्ने भनेको छ । प्रारम्भिक तथ्यांक अनुसार देशभर ५५ प्रतिशत भन्दा माथी मत खसेको अनुमान छ । आज बिहान ७ बजेबाट मतदान… Continue reading सकियो मतदान, शान्तिपुर्ण वातावरण
पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान
चन्द्रपुर (रौतहट), २१ फागुनः नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका छन् । चार वटा निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्रमा २७७ मतदानस्थल र ५४१ वटा मतदान केन्द्र कायम छन् । सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले राससलाई जानकारी… Continue reading पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान
कांग्रेस उपसभापति शर्माद्वारा मतदान
झापा, २१ फागुनः नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मेचीनगर नगरपालिका–९ स्थित कविशिरोमणि माध्यमिक विद्यालयको मतदानस्थलको ‘च’ केन्द्रमा मतदान गरेका छन् । यो निर्वाचन क्षेत्रमा एक लाख ३१ हजार ६७ जना मतदाता कायम छन् । निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४५ वटा मतदानस्थल र १४५ वटा मतदान केन्द्र कायम छन् । झापाका पाँच निर्वाचन क्षेत्रमा सात… Continue reading कांग्रेस उपसभापति शर्माद्वारा मतदान
पूर्वराष्ट्रपति भण्डारीद्वारा मतदान
काठमाडौँ, २१ फागुन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गरेकी छिन् । मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका लागि आवधिकरुपमा जनमत लिइनु सकारात्मक भएको बताइन् ।
रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा मतदान
काठमाडौँ, २१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदान गर्नुअघि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले यस निर्वाचनले मुलुकलाई राजनीतिक निकास दिने विश्वास व्यक्त गरे । अध्यक्ष लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । यसैगरी, रास्वपाका वरिष्ठ नेता… Continue reading रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु
काठमाडौँ, २१ फागुनः जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । निर्धारित निर्वाचन कार्यतालिकाअनुसार अहिले बिहान ७ः०० बजे मतदान सुरु भएको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले राससलाई जानकारी दिए । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म एकैचरणमा मतदान हुँदैछ । पहिलो हुने निर्वाचित हुने निर्वाचन… Continue reading प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु
पत्रकारलाई निर्वाचनमा सहज रूपमा समाचार सङ्कलनको व्यवस्था गर्न महासङ्घको माग
काठमाडौँ, २१ फागुनः नेपाल पत्रकार महासङ्घले पत्रकारलाई मतगणनाको समाचार सङ्कलन रूपमा गर्ने व्यवस्थाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग माग गरेको छ । महासङ्घले बुधबार विज्ञप्ति जारी गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको समाचार सङ्कलनमा प्रशासनिक झन्झट व्यहोर्नुपरेको भनी देशभरबाट पत्रकार तथा सञ्चारगृहले गुनासो गरेको उल्लेख गर्दै सूचना विभाग तथा अन्य सरकारी निकायबाट जारी प्रेस पास, सम्बद्ध… Continue reading पत्रकारलाई निर्वाचनमा सहज रूपमा समाचार सङ्कलनको व्यवस्था गर्न महासङ्घको माग
प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान
काठमाडौँ, २१ फागुनः जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो । आज ‘पहिलो… Continue reading प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान
निर्वाचनको तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी
काठमाडौँ, २१ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगका अनुसार आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पु(याइसकिएको छ । सुरक्षालगायतका प्रबन्ध पनि मिलाइसकेको आयोगले जनाएको छ ।आज हुने निर्वाचनका लागि मतदान केन्द्रहरूको निर्माण, व्यवस्थापन, पहुँच व्यवस्थापन, लैङ्गिक र अपाङ्गमैत्री व्यवस्था तथा कर्मचारी… Continue reading निर्वाचनको तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी
छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
पूर्णप्रसाद मिश्र–राससकाठमाडौँ, २० फागुनः निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट पारेको छ । मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रतिमध्ये कुनै एकले मतदान गर्न पाइने आयोगका सहायक प्रवक्ता… Continue reading छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा संयोजक दाहाल विश्वस्त
चितवन, २० फागुनः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने बताएका छन् । मतदानका लागि आज चितवन आएका दाहालले निर्वाचन शान्तिपूर्ण हुनेमा आफू विश्वस्त रहेको बताए । सबै राजनीतिक दलहरुको सहभागितामा निर्वाचन हुने भएकाले कुनै समस्या नहुनेमा आफू ढुक्क रहेको उनले बताए । पूर्वप्रधानमन्त्री दाहालले भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित… Continue reading शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा संयोजक दाहाल विश्वस्त
निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह
काठमाडौँ, २० फागुनः निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम मतदातालाई आग्रह गरेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गरे । कावा प्रमुख आयुक्त भण्डारीले लोकतान्त्रिक वैद्यतालाई नवीकरण… Continue reading निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह
यूरोपमा तीनमध्ये एक महिला हिंसाको सिकार
भिएना, २० फागुन (रासस–एएफपी) युरोपेली सङ्घ (इयु) भित्र महिलाविरुद्धको हिंसा अझै पनि गम्भीर र व्यापक समस्याका रूपमा रहेको नयाँ प्रतिवेदनले देखाएको छ । इयुको अधिकारसम्बन्धी एजेन्सीले सार्वजनिक गरेको अध्ययनअनुसार करिब तीनमध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरिक वा यौन हिंसाको अनुभव गर्ने गरेको पाइएको छ । प्रतिवेदनले लैङ्गिक हिंसालाई ‘व्यापक, डिजिटल माध्यमबाट… Continue reading यूरोपमा तीनमध्ये एक महिला हिंसाको सिकार
निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
काठमाडौँ, २० फागुन । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त संस्थाले निर्वाचनको पूर्वतयारी अवस्थाको स्थलगत अवलोकन र कल सेन्टरमा प्राप्त सूचनाका आधारमा समग्रमा निर्वाचनपूर्वको वातावरण शान्तिपूर्ण र व्यवस्थापकीय दृष्टिले व्यवस्थित रहेको निष्कर्ष सार्वजनिक गरेको छ । जियोकले मतदान… Continue reading निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
काठमाडौँ, १९ फागुनः प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न आग्रह गरेको छ । काउन्सिसले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम नगर्न नगराउनेसम्बन्धी निर्वाचन आचारसंहिताको प्रावधान स्मरण गराएको हो । मौन अवधिमा आचारसंहिता उल्लङ्घन भएमा पत्रकार आचारसंहिता,… Continue reading आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
निर्वाचनका लागि मौन अवधि सुरु, कसले केके गर्न पाइँदैन ?
काठमाडौँ, १९ फागुनः बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ः०० बजेसम्म प्रचारप्रसारको समय दिएको थियो । मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा… Continue reading निर्वाचनका लागि मौन अवधि सुरु, कसले केके गर्न पाइँदैन ?