समाजवादी मोर्चामा ६–६ महिनामा नेतृत्व परिवर्तन हुने

काठमाडौं । समाजवादी मोर्चामा आवद्ध दलहरुले मोर्चाको अध्यक्षता ६–६ महिनामा परिवर्तन गर्ने समझदारी गरेका छन् । शनिबार एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले मोर्चाको अध्यक्षता ६–६ महिनामा पालैसँग गर्ने समझदारी गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । ‘सामान्यतया यो मोर्चाको ६–६ महिनामा अध्यक्षता गर्ने । एक जना (दल) ले ६ महिना गर्ने, त्यसपछि… Continue reading समाजवादी मोर्चामा ६–६ महिनामा नेतृत्व परिवर्तन हुने

कलाकार सारुक ताम्राकार घरमै मृत फेला

काठमाडौं । कलाकार सारूक ताम्राकार मृत भेटिएका छन्। उनी गएराति काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए। ३१ वर्षीय ताम्राकार घरको भर्‍याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाइ झुण्डिएको अवस्थामा मृत भेटिएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलको मुचुल्का गरी अहिले शव पोष्टमर्टमका… Continue reading कलाकार सारुक ताम्राकार घरमै मृत फेला

कक्षा ११ मा छात्रवृत्तिको कोटा निर्धारण गरी विवरण बुझाउन महानगरको विद्यालयहरुलाई ताकेता

काठमाडौं । कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गरेर त्यसको विवरण बुझाउन काठमाडौं महानगरपालिकाले निजी शिक्षण संस्थालाई निर्देशन दिएको छ। कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थालाई निर्देशन दिइएको काठमाडौं महानगरले सूचना प्रकाशित गरेर भनेको छ। ‘यस प्रयोजनका लागि काठमाडौँ महानगरपालिकाअन्तर्गत सञ्चालित कक्षा ११ मा… Continue reading कक्षा ११ मा छात्रवृत्तिको कोटा निर्धारण गरी विवरण बुझाउन महानगरको विद्यालयहरुलाई ताकेता

एसईईको प्रमाणपत्र ६ महिना भित्र सच्याउन सकिने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा अबको ६ महिनाभित्र सच्याउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले प्रमाण पत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष निवेदन दिनुपर्नेछ । प्राप्त निवेदन अनुसार प्रमुख जिल्ला अधिकारीले फैसला… Continue reading एसईईको प्रमाणपत्र ६ महिना भित्र सच्याउन सकिने

चर्चित रक गायक तथा अभिनेता तामाङको निधन

काठमाडौं । चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । रविनको फेसबुक पेजबाट उनको मृत्युको जानकारी दिइएको छ । मंगलबार बेलुका यस्तो पोष्ट भएको थियो । जसलाई पारिवारिक स्रोतले पुष्टी गरेको हो । उनको मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा निधन भएको हो । मृत्युको कारण खुलेको छैन । उनको निधनपछि प्रहरी घरमा पुगेको… Continue reading चर्चित रक गायक तथा अभिनेता तामाङको निधन

कंचनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा २ पक्राउ

काठमाडौं । कञ्चपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्चर गाउँपालिका- ५ बस्ने ३९ कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए । उनीहरु श्रीमान् श्रीमती हुन् । उनका अनुसार वैशाख २८ गते दोहोरो नागरिकतासम्बन्धी कसुरमा… Continue reading कंचनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा २ पक्राउ

आगामी आवदेखि कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी महानगर आफैले छान्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्तिको लागि छनोटसम्बन्धी परीक्षा आगामी आर्थिक वर्षदेखि महानगर आफैंले सञ्चालन गर्ने भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले यस्तो जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत् यसबारे सूचना जारी गरेका छन् । सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब जेहेन्दार पीडिएको क्षेत्र तथा आदिवासी जनजातिलगायतका… Continue reading आगामी आवदेखि कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी महानगर आफैले छान्ने

आज गुरु पुर्णिमा पर्व मनाइँदै

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गर्ने… Continue reading आज गुरु पुर्णिमा पर्व मनाइँदै

स्वयम्भूनाथ चैत्यको जीर्णोद्धार सुरु

rss

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको जीर्णोद्धार सुरु गरिएको छ । हावाहुरीका कारण गत फागुनमा चैत्यको गजुर झरेपछि यसको जीर्णोद्धार सुरु गरिएको हो । पुरातत्त्व विभाग, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति र काठमाडौं महानगरपालिकाको प्राविधिक टोलीले विस्तृत अध्ययन गरेको थियो । काठमाडौं –१५ मा पर्ने उक्त स्थलमा विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने… Continue reading स्वयम्भूनाथ चैत्यको जीर्णोद्धार सुरु

चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्षको कैद सजाय

काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद सजाय सुनाएको छ। मंगलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उनीहरूको सजाय निर्धारण गरेको हो। प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार… Continue reading चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्षको कैद सजाय

नातिलाई छोरा भन्दै नागरिकता बनाउने पक्राउ

काठमाडौं । दाङमा नातिलाई छोरा भन्दै नागरिकता बनाइदिएको आरोपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–५ सिमलखुटीका ज्ञानबहादुर विकले नाति विवेकलाई छोरा हो भन्दै नागरिकता बनाइदिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिएका छन् । प्रहरीले ज्ञानबहादुर, उनकी पत्नी जोगिनी विक, नाति विवेक विक, नागरिकता बनाउन साक्षी बस्नेहरू सावित्राकुमारी विक,… Continue reading नातिलाई छोरा भन्दै नागरिकता बनाउने पक्राउ

चार दलको मोर्चा गठन हुँदै, नाम ‘समाजवादी मोर्चा’

काठमाडौं । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा आज हुँदैछ । राष्ट्रिय सभागृहमा आज अपराह्न तीन बजे घोषणा सभा आयोजना गरिएको छ । समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन् । नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म… Continue reading चार दलको मोर्चा गठन हुँदै, नाम ‘समाजवादी मोर्चा’

विद्यालय बन्द गराएमा मुद्दा लगाउने बालेनको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले भोलिदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने घोषणा गरेको प्रसङ्गलाई लिएर मेयर शाहले चेतावनी दिएका हुन् । सेवा सुविधा बढाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका कर्मचारी तथा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक)हरुले भोलिदेखि सामुदायिक… Continue reading विद्यालय बन्द गराएमा मुद्दा लगाउने बालेनको चेतावनी

बिहानी सत्रमा काठमाडौंका हलमा चलेन ‘आदिपुरुष’

काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर विवाद चर्किएपछि चलचित्र संघको निर्देशनमा काठमाडौं उपत्यकाका सबै फिल्म हलले शुक्रबार बिहानी सत्रमा प्रदर्शन रोकेका छन् । क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शो नगरेनन् । फिल्म हलको छाता संस्था चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै विकसित परिस्थितीको कारण काठमाडौं उपत्यकाभित्रका सबै हलमा ‘आदिपुरुष’को बिहानी शो… Continue reading बिहानी सत्रमा काठमाडौंका हलमा चलेन ‘आदिपुरुष’

प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराई विरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र विद्रोहमा बालबालिकाका सम्बन्धमा नेकपा माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको इजलासले सो मुद्दामा अग्रधिकार दिने आदेश दिएको छ । १० वर्षे सशस्त्र संघर्षमा बालबालिका प्रयोग गरेको आरोपमा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध… Continue reading प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराई विरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

मधेश प्रदेशका मूख्यमन्त्री यादवले पाए विश्वासको मत

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सबै प्रदेश सभा सदस्यको विश्वासको मत पाएका छन् । १ जेठमा समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिएपछि मङ्गलवार संसद्को आकस्मिक बैठकमा मुख्यमन्त्री यादवले प्रदेश सभामा उपस्थित एक सय तीन जना सांसदकै मत पाएका हुन् । उनलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सदनका सबै दल र स्वतन्त्र सांसदले… Continue reading मधेश प्रदेशका मूख्यमन्त्री यादवले पाए विश्वासको मत

मर्ज हुन चाहने क्याम्पसलाई निवेदन दिन आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आपसमा गाभिइ समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न आह्वान गरेको छ । विश्वविद्यालयको उपकुलपति कार्यालय योजना निर्देशनालयले आज सूचना निकालेर असार मसान्तभित्र निवेदन दिन अनुरोध गरेको हो । त्रिविबाट सम्बन्धन प्राप्त दुई वा दुईभन्दा धेरै क्याम्पस मर्ज हुन चाहेमा आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय… Continue reading मर्ज हुन चाहने क्याम्पसलाई निवेदन दिन आह्वान

एमालेमा हट्यो ७० वर्षे उमेर हदम्याद

काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेर हद सम्बन्धी व्यवस्था हटाएको छ । गत १९ जेठमा केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद कायम नरहने निर्णय गरेको हो । तत्काललाई यो व्यवस्था खारेज भएको एमालेका पदाधिकारीलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाएका छन् । ७० वर्षे उमेर हद हटाउनुपर्ने प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेलले… Continue reading एमालेमा हट्यो ७० वर्षे उमेर हदम्याद

नेपालमा ८१ प्रतिशत हिन्दु, क्रिष्टियन धर्म मान्ने कति ?

काठमाडौं । नेपालमा ८१ प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बी रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएको छ, जसअनुसार कुल जनसंख्याको ८१.१९ प्रतिशतले आफ्नो धर्म हिन्दु भएको बताएका छन् । जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये २ करोड ३६… Continue reading नेपालमा ८१ प्रतिशत हिन्दु, क्रिष्टियन धर्म मान्ने कति ?

नागरिकता विधेयक पास भएपछि गैरआवासीय नेपाली उत्साहित

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको जनाएको छ। सङ्घका कार्यकारी अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीलाई नेपालको संविधान २०७२ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएको बताए ।… Continue reading नागरिकता विधेयक पास भएपछि गैरआवासीय नेपाली उत्साहित

अत्यधिक गर्मीका कारण तराईमा विद्यालयहरु बन्द गरिँदै

काठमाडौं । लगातार बढिरहेको गर्मीका कारण तराईमा विद्यालय बिदा दिन थालिएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय तहको विद्यालयमा बिदा दिइएको छ । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले २०८० जेठ १८ गते बिहीबारदेखि २४ गते बुधबारसम्मका लागि बिदा दिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिएका… Continue reading अत्यधिक गर्मीका कारण तराईमा विद्यालयहरु बन्द गरिँदै

नयाँ विधेयकपछि गैरआवासीय नेपालीले कसरी प्राप्त गर्छन् नागरिकता ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको छ । यसअघि दुई पटक संघीय संसदले पारित गरेको यो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी ‘होल्ड’ मा राखेकी थिइन् । यो प्रावधानले अब गैरआवासीय नेपालीलाई नागरिकता लिन बाटो खुलेको छ । उनीहरुले… Continue reading नयाँ विधेयकपछि गैरआवासीय नेपालीले कसरी प्राप्त गर्छन् नागरिकता ?

नागरिकता विधेयक प्रमाणिकरणप्रति रवि लामिछानेको विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आपत्ति जनाएका छन् । नागरिकता प्रमाणीकरण गर्न अपनाइएको शैलीलाई लामिछानेले राष्ट्रहित बिपरीतको कार्य भनेका छन् । ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरीत,… Continue reading नागरिकता विधेयक प्रमाणिकरणप्रति रवि लामिछानेको विरोध

आज निर्लजा एकादशी, तुलसीको बिउ राखिँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज आ(आफ्नो घरको मठमा तुलसीको दल (बिउ) राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका… Continue reading आज निर्लजा एकादशी, तुलसीको बिउ राखिँदै

विदेश अध्ययनमा जाने विद्यार्थीसँग लिइने सेवा शूल्क बढ्यो

काठमाडौं । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा लाग्ने कर बढेको छ । आज संसदमा प्रस्तुत भएको आर्थिक विधेयक २०८० ले शिक्षा सेवा शूल्क बढाएको हो । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शूल्कवापत विदेशी सटही सुविधा दिँदा त्यस्तो सटही रकममा लाग्ने शिक्षा सेवा शूल्क तीन प्रतिशत पु¥याइएको छ । यसअघि… Continue reading विदेश अध्ययनमा जाने विद्यार्थीसँग लिइने सेवा शूल्क बढ्यो

संघीय संसदको संयुक्त बैठक आज

काठमाडौं । नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्न संघीय संसद् अन्तर्गत दुवै सदनको संयुक्त बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्ने र त्यसलाई पारित गर्ने सम्भावित कार्यसूची छ । संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय… Continue reading संघीय संसदको संयुक्त बैठक आज

मिस नेपाल २०२३ बनिन् श्रीच्छा प्रधान

काठमाडौं । मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते । समारोहमा १२ सहविधाका विजेता… Continue reading मिस नेपाल २०२३ बनिन् श्रीच्छा प्रधान

प्रतिनिधि सभा बैठक आज, एमालेले अवरोध गर्ला ?

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ। संघीय संसद भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ। सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने बैठकको कार्यसूची छ। शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेका कारण प्रधानमन्त्रीले सदनमा… Continue reading प्रतिनिधि सभा बैठक आज, एमालेले अवरोध गर्ला ?

संसदमा आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिन लागेका हुन् । प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने आजको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र… Continue reading संसदमा आज प्रधानमन्त्रीले जवाफ दिने

राष्ट्रपतिबाट भोटेजात्रा अवलोकन

gorakhapatra

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपराह्न आयोजित भोटोजात्रामा सरिक भई भोटोजात्रा अवलोकन गरेका हुन् । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाए । सो अवसरमा… Continue reading राष्ट्रपतिबाट भोटेजात्रा अवलोकन