सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

२९ असार, काठमाडौं । सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने भएको छ । आज राष्ट्रिय नाचघरमा आयोजित पत्रकार सम्मेलनमा संस्थानले दोस्रो गाईजात्रा महोत्सव गर्न लागेको जानकारी दिएको हो । संस्थाका प्रवक्ता किरणबाबु पुनले नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारू) लाई प्राचीन सांस्कृतिक परम्परा, मूल्य–मान्यता अनुरूप उत्सवका रूपमा मनाउन साउन २४ देखि… Continue reading सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

२९ असार, काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।… Continue reading आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेण्डा ?

२९ असार, काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् ।… Continue reading प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेण्डा ?

बामदेव गौतम एकीकृत समाजवादीमा जाने

२८ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानकाबीच एकता हुने भएको छ । पार्टी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले हस्ताक्षर गरे । दुवै पार्टीका नेताले हस्ताक्षर गर्नुभएको सहमतिपत्रमा भनिएको छ, “राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा… Continue reading बामदेव गौतम एकीकृत समाजवादीमा जाने

विपद् व्यवस्थापन प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

२६ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले विपद् प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराएको हो । बैठकले आगामी दिनमा विपद्को जोखिम आकलन गरी… Continue reading विपद् व्यवस्थापन प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार, काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं… Continue reading आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ

कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ काठमाडौँ, २५ असार : प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष प्रधानमन्त्री निवास, बालुवाटारमा आज त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले पद तथा गोपनीयताको सपथ लिनुभएको छ। साथमा सहकुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त।तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

२५ असार, काठमाडौं । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालले सपथ लिएका हुन् । कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी थिए । कुलपति ओलीले उपकुलपतिमा… Continue reading कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ

निर्वाचनमा उम्मेदवारलाई असहयोग गर्ने नेता- कार्यकर्तालाई कांग्रेसले गर्यो कारवाही

२५ असार, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरी पराजित गराउने नेता तथा कार्यकर्तालाई कारवाही गरेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिको यही असार ९ देखि १७ गतेसम्म बसेको बैठकले पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरी… Continue reading निर्वाचनमा उम्मेदवारलाई असहयोग गर्ने नेता- कार्यकर्तालाई कांग्रेसले गर्यो कारवाही

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेण्डा ?

२५ असार, काठमाडौं । आज सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आव २०८०÷२०८१) पेस गर्ने कार्यसूची छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नबल किशोर साह सुडीले बालबालिकासम्बन्धी (पहिलो… Continue reading प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेण्डा ?

नियात्रा : उडानसँगै खुल्दुलिएको मन

भीमनारायण श्रेष्ठ एउटा देशको भाषा र लिपि अर्को देशका मान्छेले सहजै बुझ्न र पढ्न नसक्नु स्वाभाविकै हो । सबै सर्वविज्ञ हुन सक्दैनन् । त्यसैले अरुको भाषा नबुझ्ने मान्छे लाटोसरह नै हुने रहेछ भने त्यहाँको लिपि नजान्ने त झन् अन्धोसरह नै हुने रहेछ । यस्तै अनुभव यसपालिको विदेश भ्रमणका क्रममा स्वयम् आफंैले व्यहोर्नु प¥यो । यहाँ… Continue reading नियात्रा : उडानसँगै खुल्दुलिएको मन

आइफल टावरको आँगनमा नेपाली साहित्य, प्रवासीको मातृभूमी प्रेमको बिम्ब बनेका छन् प्रशान्त

विश्वन्यूज प्रतिनिधि यूरोप २३ असार, पेरिस । पेरिसको आइफिल टावर वरिपरि सदा भीडभाड नै हुन्छ । पर्यटकको लहर, सेल्फीको माहौल अनि विश्वकै प्रतिष्ठित गन्तव्यको मोह । त्यही भीडमा आइतबारको दिन नेपाली ढाका टोपी र नेपाली पहिरनमा सजिएर उभिन्छन्– प्रशान्त उप्रेती । जो आफैंलाई ‘भुइँमान्छे’ भन्न रुचाउँछन् ।प्रशान्त त्यहाँ सेल्फी खिच्न आएका होइनन्, न त अरुको सेल्फी… Continue reading आइफल टावरको आँगनमा नेपाली साहित्य, प्रवासीको मातृभूमी प्रेमको बिम्ब बनेका छन् प्रशान्त

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि….

२३ असार, काठमाडौं । “पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ”, गायिका एलिना चौहानले भनिन्, “गाली गरेको टिप्पणीलाई ‘स्क्रिन सट’ गरेर सार्वजनिक गरेपछि धेरैले माफ मागिरहेका छन् ।” गायिका चौहानले सामाजिक सञ्जालमा अमर्यादित गालीगलौज धेरै भए पछि गाली गर्नेहरूलाई सार्वजनिक गर्न थालेपछि त्यस्ता प्रतिक्रिया दिनेहरुले धमाधम माफी माग्न थालेका… Continue reading गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि….

आज प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेण्डा ?

तस्बिरः किरणराज विष्ट\रासस प्रतिनिधिसभामा विपक्षी दलको अवरोध काठमाडौँ, १३ जेठः स‌ङ्घीय संसद भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहितका विपक्षी दलका सांसदहरु उभिएर अवरोध जनाउनुहुँदै । तस्बिरः किरणराज विष्ट÷रासस

२३ असार, काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची तय भएको छ । यसैगरी ‘विनियोजन विधेयक,… Continue reading आज प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेण्डा ?

घरदैलोमा नागरिकता वितरणले सेवाग्राही उत्साहित

२२ असार, वीरगञ्ज । ठोरी गाउँपालिका–३ शिकारीबासकी पुनिया कुमारीले ५३ वर्ष पुग्दा पनि नागरिकता प्राप्त गर्न सकेकी थिइनन् । यस्तो अवस्थामा उनले आफ्ना सन्तानको समेत नागरिकता बनाउन सकेकी थिइनन् । जिल्ला प्रशासन कार्यालयले शनिबार सञ्चालन गरेको एकीकृत सेवा सञ्चालन कार्यक्रममार्फत वैवाहिक अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि कुमारीमा खुसीको कुनै सीमा नै छैन । “इलाका… Continue reading घरदैलोमा नागरिकता वितरणले सेवाग्राही उत्साहित

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

२२ असार, काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म… Continue reading आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

‘कुलिङ पिरियड’सम्बन्धमा छानबिन गर्न सात सदस्यीय समिति गठन गरिने

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी सांसद । तस्बिर : गोपाल दाहाल/रासस

२१ असार, काठमाडौं । प्रमुख राजनीतिक दलबीच सङ्घीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’का सम्बन्धमा उठेका प्रश्न र विवादित विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ । सभामुख देवराज घिमिरे निवासमा आज प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतक र सचेतकबीच भएको छलफलबाट सात सदस्यीय छानबिन समिति गठन गर्ने सहमति भएको राष्ट्रिय स्वतन्त्र पार्टीका… Continue reading ‘कुलिङ पिरियड’सम्बन्धमा छानबिन गर्न सात सदस्यीय समिति गठन गरिने

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्ने पक्राउ

१९ असार, काठमाडौं । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार गर्नेमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप भएको छ । गायिका चौहानले दिएको जाहेरीका आधारमा चितवनको भरतपुर महानगरपालिका–१० घर भई हाल ललितपुरको गोदावरी बस्ने ३३ वर्षका गुञ्जन राईलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । अदालतको आदेशले… Continue reading गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्ने पक्राउ

रास्वपाले संसदीय छानबिन समिति गठनको माग गर्ने

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठक बिहिष्कार गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू वेल अगाडिबाट बाहिर निस्किदै । तस्बिर: रत्न श्रेष्ठ/रासस

१९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’बारे भएको हेरफेरप्रति आपत्ति जनाएको छ । रास्वपाको आज बसेको पार्टी सचिवालयको बैठकले प्रतिनिधिसभाबाट पारित निजामती सेवा विधेयकमा समावेश कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको हेरफेरमा संलग्नको छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्ने निर्णय गरेको हो । बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता मनिष… Continue reading रास्वपाले संसदीय छानबिन समिति गठनको माग गर्ने

संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट खारेज, पद जोगियो

१९ असार, काठमाडौं । सर्वोच्च अदालतले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध दायर रिट निवेदन बहुमतले खारेज हुने फैसला सुनाएको छ । केहीबेर अघि भएको यस फैसलासँगै संवैधानिक आयोगका पदाधिकारीले पूर्ण कार्यकाल काम गर्न पाउने भएका छन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू मनोजकुमार शर्मा, डा कुमार चुडाल र डा नहकुल सुवेदीको… Continue reading संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट खारेज, पद जोगियो

राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक काठमाडौँ, १८ असारः राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा सर्वसम्मत पारित गरिएको निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ विषयमाथि समसामयिक छलफल हुँदै । तस्बिरः गोपाल दाहाल÷रासस

१८ असार, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दुई वर्ष अवधिको कुलिङ पिरियडका विषयमा समितिको प्रतिवेदनको व्यवस्था र भावना आवश्यक संशोधन गर्ने व्यवस्थाका लागि राष्ट्रियसभालाई अनुरोध गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकमा भएको छलफल र सदस्यहरूले दिनुभएको सुझावका… Continue reading राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय

पार्टीमा सक्रिय भएसँगै पूर्वराष्ट्रपति भण्डारीबाट सुरक्षाबाहेक कुनै सेवा–सुविधा नलिने घोषणा

१८ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुविधामध्ये सुरक्षाबाहेक कुनै पनि सेवासुविधा आजै मितिदेखि नलिने घोषणा गरेकी छिन् । उनको सचिवालयबाट गृह मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखिएको पत्रमा पूर्वराष्ट्रपति भण्डारीले आजकै मितिदेखि लागू हुनेगरी सुरक्षाबाहेकका कुनै पनि सेवासुविधा नलिने निर्देशन भएको उल्लेख छ । पूर्वराष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल… Continue reading पार्टीमा सक्रिय भएसँगै पूर्वराष्ट्रपति भण्डारीबाट सुरक्षाबाहेक कुनै सेवा–सुविधा नलिने घोषणा

एकीकृत समाजवादीले नेत्री झाँक्रीलाई सोध्यो स्पष्टीकरण

१८ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी))ले पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अनुशासन आयोगले पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण मागेको हो । युवा सङ्गठनको रूपन्देहीमा भएको कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै अभिव्यक्ति दिएको तथा पार्टी सङ्गठनको ‘अर्ली’ अधिवेशनबाट नेतृत्व तथा कार्यसमिति चयनको माग गरेका विषयमा स्पष्टीकरण सोधेको… Continue reading एकीकृत समाजवादीले नेत्री झाँक्रीलाई सोध्यो स्पष्टीकरण

भारत–पाकिस्तान विवादले फिल्म र सङ्गीतप्रतिको साझा भावनामा प्रभाव

एजेन्सी१७ असार, काठमाडौं । भारत र पाकिस्तानका आणविक सम्पन्न सेनाहरूबीचको द्वन्द्वले दुई देशबीचको साझा सांस्कृतिक भावनामा चोट पुर्‍याएको छ । दुई देशबीच राजनीतिक रूपमा द्वन्द्व लामो समयदेखिको निको पार्न नसकिएको घाउ बनेको भएपनि त्यहाँका नागरिकको फिल्म र सङ्गीतप्रति साझा भावना रहँदै आएको देखिन्छ । दुई देशबीच सबैभन्दा खराब मानिएको मे महिनाको सुरुमा भएको घातक लडाईंले… Continue reading भारत–पाकिस्तान विवादले फिल्म र सङ्गीतप्रतिको साझा भावनामा प्रभाव

रुपन्देही क्षेत्र नं ३ मा १७ कात्तिममा उपनिर्वाचन तय

१७ असार, काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचन गर्ने घोषणा गरेको छ । उक्त निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद दीपक बोहराको गत चैत १९ गते निधन भएको थियो । नेपालको संविधानको धारा ८९ को खण्ड ९च० बमोजिम प्रतिनिधिसभा सदस्य पद रिक्त भएको भनी सङ्घीय संसद् सचिवालयले गत… Continue reading रुपन्देही क्षेत्र नं ३ मा १७ कात्तिममा उपनिर्वाचन तय

एसइई परीक्षाको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर, १३ असारः राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आज नतिजा सार्वजनिक गर्दै बोर्डका अध्यक्ष डा महाश्रम शर्माले परीक्षामा सहभागि भएका चार लाख ३८ हजार ८९६ जना परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको बताए । परीक्षामा दुई लाख ७१ हजार २९९… Continue reading एसइई परीक्षाको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

‘साक्षर सुदूरपश्चिम’ प्रदेश घोषणा

१२ असार, सुदूरपश्चिम । साक्षरताको सुनिश्चिततासँगै सुदूरपश्चिम प्रदेशलाई आज ‘साक्षर सुदूरपश्चिम प्रदेश’ घोषणा गरिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज धनगढीमा आयोजित समारोहमा साक्षर सुदूरपश्चिम प्रदेश घोषणा गरे । सो अवसरमा उनले सूचना र प्रविधिले फड्को मारेको वर्तमान परिपे्रक्ष्यमा समयानुकूल शिक्षाको खाँचो रहेको बताए । पन्ध्र वर्षदेखि ६० वर्ष उमेर समूहका नागरिकको साक्षरता ९५ प्रतिशतभन्दा… Continue reading ‘साक्षर सुदूरपश्चिम’ प्रदेश घोषणा

एमाले स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमिल्सेनाको निलम्वन फुकुवा

११ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनाको निलम्वन फुकुवा गरेको छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज बसेको ५३ औँ सचिवालय बैठकले पाण्डे र तिमिल्सेनाको निलम्वन फुकुवा गरिएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । गत पुस १० गते बसेको… Continue reading एमाले स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमिल्सेनाको निलम्वन फुकुवा

समुदायको सस्कार र संस्कृति जोगाउन जुटे रामेछापका माझी

१० असार, मन्थली । समुदायको संस्कार र संस्कृति जोगाउन रामेछापका माझी जुटेका छन् । माझी जागरण केन्द्रले आफ्नो समुदायको जन्मदेखि मुत्युसम्मको सस्कार र संकृति जोगाउन समुदायमा संस्कृति संरक्षण अभियान सञ्चालन गरेको हो । समुदायको संस्कारका बारेमा माझी युवालाई जानकारी नहुँदा संस्कृति लोप हुने अस्थामा पुगेकाले संस्कार र संस्कृति संरक्षण र प्रवर्द्धनुँगै पुस्तान्तरण अभियानमा जुटेको मन्थली… Continue reading समुदायको सस्कार र संस्कृति जोगाउन जुटे रामेछापका माझी

कवि राजन महर्जनले यलको सम्मानमा लेखेको कविता सङ्ग्रह विमोचित

न्यूयोर्क उदयीमान कवि राजन महर्जनको अङ्ग्रेजी भाषामा प्रकाशित पहिलो कविता सङ्ग्रह ओड टु यल (Ode to Yala) न्यूयोर्कको क्विन्समा जुन २१  २०२५ का दिन एक विशेष साहित्यिक कार्यक्रममा सार्वजनिक गरिएको छ। निराला पब्लिकेशन्स, नयाँ दिल्लीद्वारा प्रकाशित यो सङ्ग्रहमा २३ वटा छोटा र लामा कविताहरू समावेश छन्, जसले कविको जन्मभूमि यल (पाटन)—काठमाडौँ उपत्यकाको ऐतिहासिक शहर—को सौन्दर्य,… Continue reading कवि राजन महर्जनले यलको सम्मानमा लेखेको कविता सङ्ग्रह विमोचित

‘यल’को सम्मानमा लेखिएको कविता सङ्ग्रह न्यूयोर्कमा विमोचन

८ असार, न्यूयोर्क । नेपाली कवि राजन महर्जनको अङ्ग्रेजी भाषामा प्रकाशित पहिलो कविता सङ्ग्रह ओड टु यल न्यूयोर्कको क्विन्समा एक विशेष साहित्यिक कार्यक्रममा सार्वजनिक गरिएको छ। निराला पब्लिकेशन्स, नयाँ दिल्लीद्वारा प्रकाशित यो सङ्ग्रहमा २३ वटा छोटा र लामा कविताहरू समावेश छन् । जसले कविको जन्मभूमि यल (पाटन), काठमाडौँ उपत्यकाको ऐतिहासिक शहरको सौन्दर्य, संस्कृति र आत्मासँग… Continue reading ‘यल’को सम्मानमा लेखिएको कविता सङ्ग्रह न्यूयोर्कमा विमोचन