काठमाडौं । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ । बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको हो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पूर्वउपाध्यक्ष रावलले निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिइरहेकाले संगठित सदस्यबाट हटाउने निर्णय गरिएको हो । भीम रावल महाधिवेशनमा अध्यक्षमा उम्मेदवार थिए । रावलले पछिल्लो पटक केन्द्रीय कार्यालय… Continue reading भीम रावल एमालेको सदस्यबाट हटाइए, दुई महिला नेतृ निलम्बन
Category: कला / साहित्य
रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको हो । ‘सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण एने, २०६४ को दफा २७ अनुसार थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा… Continue reading रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बित
गजल
होसियार ! देश माफियाहरुको खजाना हुँदैछसरकार भ्रष्टचारी उत्पादनको कारखाना हुँदैछ देवरहरुको सासमा भाउजूको गन्ध आउनेबा ! भन्नुस् त यो कस्तो जमाना हुँदैछ चौका छक्का हान्ने जनता भकुण्डो मान्नेके नयाँ रंगशाला अब पुलिसथाना हुँदैछ? भाग्य बलियो हुँदैमा डोकोमा दुध रहँदैनखबरदार ! तिम्रा निधार जनताको निशाना हुँदैछ होसियार ! देश माफियाहरुको खजाना हुँदैछसरकार भ्रष्टचारी उत्पादनको कारखाना हुँदैछ… Continue reading गजल
दूर्गा प्रसाईविरुद्ध साइवर अपराधमा मुद्दा दर्ता
काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुर गरेको आरोपमा मुद्दा दर्ता भएको छ । जिल्ला अदालत, काठमाडौंमा बुधबार प्रसाईंविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । साइबर ब्यूरोले पेश गरेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले मुद्दा दर्ता गरेको हो । विद्युतीय कारोबार ऐन विपरितको कसुरको… Continue reading दूर्गा प्रसाईविरुद्ध साइवर अपराधमा मुद्दा दर्ता
एमालेको निष्कर्ष : स्थानीय तह उपनिर्वाचनको परिणाम अपेक्षित आएन
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको एमालेले मंसिर १६ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनमा अपेक्षित परिणाम आउन नसकेकोप्रति गम्भीर बन्नुपर्ने अवस्था आएको निष्कर्ष निकालेको छ । एमालेले प्रधानमन्त्री ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको पनि निष्कर्ष निकालेको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनले… Continue reading एमालेको निष्कर्ष : स्थानीय तह उपनिर्वाचनको परिणाम अपेक्षित आएन
अन्तर्राष्ट्रिय मानवाधिकार दिवस मनाईंदै
काठमाडौं । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै मंगलबार विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ। हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ। यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार २०७५ सालदेखि… Continue reading अन्तर्राष्ट्रिय मानवाधिकार दिवस मनाईंदै
पत्रकार महासंघ निर्वाचनमा कांग्रेसमा विद्रोह, असन्तुष्ट समूह माओवादीसँग गठबन्धनमा
काठमाडौं । नेपाल पत्रकार महासंघमा नेपाली कांग्रेस निकट प्रेस युनियनका उम्मेदवारको विद्रोही पक्षधरसँग नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल सहितले चुनावी गठबन्धन गरेको छ । महासंघको चुनावमा कांग्रेसनिकट प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारीले चुनावी गठबन्धन गरेका हुन् । कांग्रेस र एमालेको गठबन्धनबाट महासंघको अध्यक्षमा निर्मला शर्माको उम्मेदवारी परेको छ । यसमा… Continue reading पत्रकार महासंघ निर्वाचनमा कांग्रेसमा विद्रोह, असन्तुष्ट समूह माओवादीसँग गठबन्धनमा
पत्रकार महासंघमा एमाले र कांग्रेस निकट संगठनबीच गठबन्धन, माओवादीको छुट्टै प्यानल
काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वका लागि सत्तारुढ र विपक्षी गठबन्धनमा अलगअलग प्यानल बनेको छ । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले साझा प्यानल बनाएका छन् । यो प्यानलबाट महासंघको अध्यक्षमा निर्मला शर्मा साझा उम्मेदवार बनेकी छन् । उनी चौतारीको कोटाबाट अध्यक्षको उम्मेदवारी बनेकी छन् । चौतारीका तर्फबाट अध्यक्ष सहित ५ पदाधिकारीमा उम्मेदवारी दिइएको… Continue reading पत्रकार महासंघमा एमाले र कांग्रेस निकट संगठनबीच गठबन्धन, माओवादीको छुट्टै प्यानल
धरानका मेयर किन धम्क्याउँदैछन् पत्रकार ?
काठमाडौं । धरानका मेयर हर्क साम्पाङले पत्रकार गोपाल दाहाललाई धम्क्याउँदै पत्रकारिता सिध्याइदिने धम्की दिएका छन् । दाहालले खोज पत्रकारिता केन्द्र (खोपके)का लागि ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितीको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेका थिए । त्यो समाचारमा हर्क साम्पाङ नक्कली माओवादी बनेको, तत्कालीन वाईसीएल कार्यकर्ताहरुले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेको लगायतका प्रसंग पनि छन् । यसबारे… Continue reading धरानका मेयर किन धम्क्याउँदैछन् पत्रकार ?
कांग्रेसको पक्षमा उत्साहजनक देखिएन जनमत
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस उपनिर्वाचनको नतिजाबाट निरास बनेको छ । उसले अघिल्लो पटक जितेका क्षेत्र समेत जोगाउन सकेन । एक्लै प्रतिस्पर्धा गर्ने नीति लिएको कांग्रेसले पालिका पदाधिकारीतर्फ ५ स्थानको नतिजा आउँदा कतैपनि जितिसकेको छैन । कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार अगाडी छन् । जबकी उपचुनाव भएका ८ पालिका पदाधिकारी मध्ये ६ ठाउँमा यसअघि… Continue reading कांग्रेसको पक्षमा उत्साहजनक देखिएन जनमत
मोरङमा कांग्रेसको बिरासत भत्काउँदै माओवादी विजयी
काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् । माझी ६ हजार ९ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मत प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा रहेका तुलसी राम विश्वासले ४ हजार १ सय… Continue reading मोरङमा कांग्रेसको बिरासत भत्काउँदै माओवादी विजयी
दैलेखको महाबुमा एमालेका शाही विजयी
काठमाडौं । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले खोसेको हो । यससँगै कर्णालीमा एमालेले स्थानीय तहमा एक सिट थपेको छ । एमालेका शाहीले ३१२७ मत ल्याएर विजयी हुँदा कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मत ल्याएर दोस्रो भए भने माओवादीका जंगबहादुर बरालमगरले… Continue reading दैलेखको महाबुमा एमालेका शाही विजयी
काठमाडौं १६ नं वडामा रास्वपा विजयी, कांग्रेसको गढ भत्कियो
काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् । स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन । रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएर दोस्रो भएका छन् । २०७९ मा विजयी… Continue reading काठमाडौं १६ नं वडामा रास्वपा विजयी, कांग्रेसको गढ भत्कियो
कीर्तिपुर वडा नं १ मा कांग्रेसका महर्जन विजयी
काठमाडौं । कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार कांग्रेस उम्मेदवार इच्छा कुमार महर्जन ५ सय ६२ मतसहित विजयी भएका हुन् । उनका अनुसार, नेकपा एमालेका हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार सरल गोपाल महर्जनले १ सय ७३… Continue reading कीर्तिपुर वडा नं १ मा कांग्रेसका महर्जन विजयी
देशभर ६२ प्रतिशत मतदान, विभिन्न स्थानमा मतगणना सुरु
काठमाडौं । रिक्त ४१ स्थानमा शनिबार भएको उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आइतबार साँझ विज्ञप्ति जारी गर्दै मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जानकारी गराएको छ । उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेको आयोगले जनाएको छ ।… Continue reading देशभर ६२ प्रतिशत मतदान, विभिन्न स्थानमा मतगणना सुरु
जनकपुरधाममा विवाह महोत्सव सुरु
काठमाडौं । जनकपुरधाममा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत शुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा हरेक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ । सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ । दोस्रो दिन भोलि फूलबारी लीला, तेस्रो दिन मङ्गलवार धनुष यज्ञ, चौथो दिन बुधवार… Continue reading जनकपुरधाममा विवाह महोत्सव सुरु
मतदान देशैभर सुरु, कहाँ कहाँ हुँदैछ उपनिर्वाचन ?
काठमाडौं । रिक्त स्थानीय तहमा जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको हो । मतदान साँझ ५ बजे सम्पन्न हुने छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो । कैलाली र ओखलढुंगाका जिल्ला समन्वय समिति प्रमुख… Continue reading मतदान देशैभर सुरु, कहाँ कहाँ हुँदैछ उपनिर्वाचन ?
उपनिर्वाचनका लागि मौन अवधि सुरु
काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि सुरु भएको छ । स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध गरिनुलाई मौन अवधि भनिन्छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आयोगले मौन अवधि लागू गर्दछ । मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको… Continue reading उपनिर्वाचनका लागि मौन अवधि सुरु
पशुपतिमा बाला चतुर्दशीमा लाग्ने मेलाको तयारी पुरा
काठमाडौं । पशुपतिमा बाला चतुर्दशीका अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । शुक्रबार रातभर जाग्राम बसेर पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहानै सतबीज छर्ने तयारी छ । दिवंगत पितृका नाममा राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष कैलाश क्षेत्रमा पसल राख्न नदिइने भएको छ ।… Continue reading पशुपतिमा बाला चतुर्दशीमा लाग्ने मेलाको तयारी पुरा
आज रातीबाट निर्वाचनको मौन अवधि सुरु
काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि निषेधित (मौन) अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत… Continue reading आज रातीबाट निर्वाचनको मौन अवधि सुरु
उपनिर्वाचन : ३७६ उम्मेदवारले पाए चुनाव चिन्ह
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीन सय ७६ जना उम्मेदवारलाई बुधबार सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा… Continue reading उपनिर्वाचन : ३७६ उम्मेदवारले पाए चुनाव चिन्ह
शान्ति सम्झौताका १८ वर्ष पुरा, अपेक्षा अधुरै
काठमाडौं । मुलुकमा शान्ति सम्झौता भएको १८ वर्ष पूरा भएको छ। सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्न मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्य थियो । लामो राजनीतिक रस्साकस्सी बीच सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ माघ २७ गते… Continue reading शान्ति सम्झौताका १८ वर्ष पुरा, अपेक्षा अधुरै
स्थानीय तह उप-निर्वाचनमा ९ संस्थाले पर्यवेक्षण गर्ने
काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनमा पर्यवेक्षण गर्न नौवटा संस्थाले अनुमति पाएका छन् । निर्वाचन आयोगले जनप्रशासन संघ, रेडियम लामिछाने स्मृति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, नेपाल मानव अधिकार सङ्गठन र सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाललाई पर्यवेक्षणको अनुमति दिएको छ । यस्तै केन्द्रीय बहिरा क्याम्पस, सुशासन महासंघ नेपाल, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति, डेमोक्रेसी रिसोर्स… Continue reading स्थानीय तह उप-निर्वाचनमा ९ संस्थाले पर्यवेक्षण गर्ने
निर्वाचन स्थलमा आधारभूत पूर्वाधार बनाउन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहमाकायम भएका मतदानस्थल केन्द्रमा आधारभूत भौतिक संरचनाको उचित प्रबन्ध मिलाउन सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ । आयोगको सोमबार बसेको बैठकले मतदान स्थलमा खानेपानी, शौचालय, विद्युत्, सञ्चार, आवजावतको वैकल्पिक मार्गका साथै ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गमैत्री बनाउन निर्देशन दिएको हो । संघीय सरकार र प्रदेश सरकारको स्वामित्व वा… Continue reading निर्वाचन स्थलमा आधारभूत पूर्वाधार बनाउन आयोगको निर्देशन
पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आज सोमबार दिवंगत ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनका छोराहरु निमेष र निशेषले दागबत्ती दिए । सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो ।कलेजो सम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३… Continue reading पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि
सार्वजनिक बिदा दिने सरकारको शैलीको आलोचना
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय ग¥यो । शोकका बेला सरकारले दिएको यो निर्णयको भने सामाजिक सञ्जालमा दिनभर आलोचना भयो । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका थिए । सरकारले कार्यालय सुरु हुने समयमा बिदा… Continue reading सार्वजनिक बिदा दिने सरकारको शैलीको आलोचना
उपनिर्वाचन : ४४ पदमा ४१० उम्मेदवार
काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि ४४ पदमा ४१० जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार देशभर उपनिर्वाचन हुन लागेका ४४ पदमा ४१० जनाको उम्मेदवारी परेको हो । उनीहरूमध्ये ६६ जना महिला, ३४२ जना पुरुष र अन्य दुई जना छन् । आयोगका अनुसार कैलाली जिल्ला समन्वय समितिको प्रमुखका लागि… Continue reading उपनिर्वाचन : ४४ पदमा ४१० उम्मेदवार
दोस्रो चरणको आन्दोलनको तयारीमा रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यबाहक प्रवक्ता मनिष झाले ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने बताए । उनले रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा नराखी अनुसन्धान गर्न सकिने भए पनि सरकारले राजनीतिक प्रतिशोधकै कारण एक पछि अर्को मुद्दामा अनुसन्धान गर्ने… Continue reading दोस्रो चरणको आन्दोलनको तयारीमा रास्वपा
उपनिर्वाचनको मनोनयन दर्ता आज
काठमाडौं १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । ३ मंसिरमा उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने ४ गते बेलुकासम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ । त्यस्तै ५ मंसिरको दिउँसो १ बजेसम्म उम्मेदवारले नाम… Continue reading उपनिर्वाचनको मनोनयन दर्ता आज
काठमाडौंमा माओवादी केन्द्र र समाजवादीबीच तालमेल
काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमाडौंमा तालमेल हुने भएको छ । शनिबार माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेबीच चुनावी तालमेलबारे सहमति भएको छ । सहमति अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकामा माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई एकीकृत समाजवादीले सघाउनेछ भने काठमाडौं महानगरपालिका १६ को वडाध्यक्षमा… Continue reading काठमाडौंमा माओवादी केन्द्र र समाजवादीबीच तालमेल