कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै, के छ एजेण्डा ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने गरी बोलाइएको छ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा सरकारमा पठाउन बाँकी चार जना मन्त्रीको नामावली टुंगो लगाउने, आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल हुनेछ । आफ्नो भागमा परेका आठ मन्त्रालयमध्ये कांग्रेसले चार मन्त्रालय सम्हाल्ने… Continue reading कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै, के छ एजेण्डा ?

एमालेले चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उठाउने

काठमाडौं । नेकपा एमालेले चितवनमा रामप्रसाद न्यौपाने र तनहुँमा सर्वेन्द्र खनाललाई उपचुनावको लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको आज बसेको सचिवालय बैठकले चितवन–२ मा न्यौपाने र तनहुँ–१ मा खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । न्यौपाने एमाले चितवनका जिल्ला अध्यक्ष हुन् । नेपाल प्रहरीका पूर्व महानिरीक्षक खनाल गत… Continue reading एमालेले चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उठाउने

भीम रावलसँग वार्ता गर्न एमालेले बनायो टोली

काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलसँग वार्ता गर्न एमालले वार्ता टोली बनाएको छ। शनिबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको ‌संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको हो। उनीसँगै सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्णराज थापा पनि यस टोलीमा छन्। वार्ता टोलीले रावलसँग संवाद गर्ने र एउटा सहमतिमा पुगेर… Continue reading भीम रावलसँग वार्ता गर्न एमालेले बनायो टोली

सरकारमा सहभागिताबारे रास्वपाले चुनावपछि मात्र निर्णय लिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागिताबारे उपचुनावपछि मात्र निर्णय लिने भएको छ । १० वैशाखमा उपचुनाव हुँदैछ । पार्टीका सभापति रवि लामिछानेले आफूहरु व्यक्ति हेरेर नभई नीति हेरेर सरकारमा गएको बताए । प्रचण्ड सरकारले अघिल्लो पटक बनाएको न्यूनमत साझा कार्यक्रममा अधिकांश आफ्नो दलको वाचापत्रका एजेण्डाहरु समावेश भएको र त्यो कार्यान्वयनका लागि सरकारमा गएको… Continue reading सरकारमा सहभागिताबारे रास्वपाले चुनावपछि मात्र निर्णय लिने

रास्वपाबाट उप-निर्वाचन लड्ने उम्मेदवार निश्चित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । पार्टी कार्यालय महाराजगञ्जमा कार्यक्रम गरी रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको हो । गत मंसिरको चुनावमा चितवन २ मा रवि लामिछाने… Continue reading रास्वपाबाट उप-निर्वाचन लड्ने उम्मेदवार निश्चित

एसईई परीक्षा मर्यादित होस : प्रधानमन्त्री

काठमाडौं । आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपिल गरेका छन् । शुक्रवार बिहान आफ्नो फेसबुक मार्फत परीक्षामा सहभागी विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै प्रधानमन्त्रीले परीक्षा मर्यादित बनाउन सम्बन्धित सबैमा अपिल गरेका छन् । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड,… Continue reading एसईई परीक्षा मर्यादित होस : प्रधानमन्त्री

मन्त्रिपरिषद् बिस्तार आज, सपथ समेत खुवाउने तयारी

काठमाडौं । शुक्रबार मन्त्रिपरिषद विस्तारको तयारी छ । बिहीबार नै मन्त्रिपरिषद विस्तार हुने भनिए पनि केही मन्त्रालयमा धेरै दलको दाबी रहेका कारण विवाद हुँदा शुक्रबारका लागि सरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । शुक्रबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह तय भएको छ । मन्त्रालयका सन्दर्भमा दलहरुले माग गरेका र मिलाउन बाँकी विषयहरु शुक्रबार… Continue reading मन्त्रिपरिषद् बिस्तार आज, सपथ समेत खुवाउने तयारी

आजबाट एसईई परीक्षा, ५ लाख विद्यार्थी सहभागी

फाइल तस्वीर

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । परीक्षा बिहान आठ बजेदेखि सुरु भएको हो । चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुन लागेका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई… Continue reading आजबाट एसईई परीक्षा, ५ लाख विद्यार्थी सहभागी

राष्ट्रपतिले नियुक्त गरे दुई सल्लाहकार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले उनीरूलाई बुधबार सल्लाहकार नियुक्त गरेका हुन् । प्रमुख आर्थिक सल्लाहकार नेपाल पूर्वगभर्नर हुन् । कानुनी सल्लाहकार कुँवर पूर्वप्रदेश प्रमुख हुन् । उनीहरुले नियुक्तपत्र समेत बुझेका छन् ।

आज मन्त्रिपषिद् बिस्तारको तयारी

काठमाडौं । आज मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । प्रधानमन्त्री प्रचण्डले यसका लागि पार्टीहरुबाट मन्त्री बन्नेको नाम मागेका छन् । सत्ता साझेदार दलहरुले आफूलाई परेको मन्त्रालयको भागबण्डा अनुसार नामावली प्रधानमन्त्रीलाई बुझाउनासाथ मन्त्रिपरिषद् विस्तार हुने भएको छ । १० पुसको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिनादेखि १६ मन्त्रालय आफैं चलाइरहेका छन् । यी मन्त्रालयहरु ३… Continue reading आज मन्त्रिपषिद् बिस्तारको तयारी

नेकपा एसले को-कसलाई बनाउने भयो मन्त्री ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपाध्यक्ष डा। बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा सरकारमा पार्टीको सहभागिताको सम्बन्धमा छलफल गरिएको र उपाध्यक्ष भुसालको नेतृत्वमा सरकारमा जाने… Continue reading नेकपा एसले को-कसलाई बनाउने भयो मन्त्री ?

सत्ता गठबन्धनको बैठक आज पनि

काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान नौ बजेका लागि बोलाइएको छ । हिजो बेलुका बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका नेताहरुलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए । त्यो मस्यौदामा आजको बैठकमा नेताहरुले आ–आफ्ना राय… Continue reading सत्ता गठबन्धनको बैठक आज पनि

महिला कर्मचारीमाथि अश्लील हर्कत गरेका डिनले प्राध्यापक पदबाट समेत दिए राजीनामा

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयको डीनबाट निलम्बनमा परेका जयप्रकाश दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएका छन्। जुम बैठकमा महिला कर्मचारीमाथि अश्लील हर्कत गर्ने कृषि संकायका डीन दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएको उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीले बताए।दत्तले जुम मिटिङ चलिरहेका बेला महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडिओ सार्वजनिक भएको थियो। उपकुलपति रेग्मीले दत्तको राजीनामा… Continue reading महिला कर्मचारीमाथि अश्लील हर्कत गरेका डिनले प्राध्यापक पदबाट समेत दिए राजीनामा

सत्ता गठबन्धनको बैठक आज

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको छलफलमा आज अपराह्न ४ बजे सत्ता गठबन्धन दलको बैठक बोलााउने समझदारी बनेको थियो। सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्री प्रचण्डले कुन दलले कति मन्त्रालय लिने भन्नेबारे प्रस्ताव गर्ने तयारीसमेत गरेका… Continue reading सत्ता गठबन्धनको बैठक आज

नेपाली कांग्रेसले मन्त्री र उपनिर्वाचनका उम्मेदवार आज छान्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ । मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने भएको छ । कार्यसम्पादन समिति बैठकमा सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही केन्द्रीय सदस्य सहभागी हुनेछन्। कांग्रेसले केन्द्रीय समिति बोलाउन तत्काल सम्भव नभएका बेला कार्यसम्पादन समिति बैठकबाट… Continue reading नेपाली कांग्रेसले मन्त्री र उपनिर्वाचनका उम्मेदवार आज छान्दै

सरकारलाई पूर्णता दिनेबारे आज गठबन्धनमा छलफल हुने

काठमाडौं । मन्त्रालय बाडफाँट सकाएर सरकारलाई पूर्णता दिनेबारे आज गठबन्धनमा छलफल हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयको सङ्ख्या बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयार पारी गठबन्धनमा रहेका दलहरूसँग प्रस्तुत गर्ने भएका छन् । प्रस्तावमा आज गठबन्धन दलसँग सहमति जुटाएर भोलिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । शनिबार बसेको माओवादी पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका… Continue reading सरकारलाई पूर्णता दिनेबारे आज गठबन्धनमा छलफल हुने

सरकारमा कांग्रेसको ८ मन्त्रालयमा दावि

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी भएको अवस्थामा अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालय पाउनु पर्ने दाबी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा र गठबन्धन बैठकमा अहिलेसम्म भएका छलफलबारे शनिबार पदाधिकारी बैठकमा ब्रिफिङ भएको थियो। जसमा अर्थसहित ८ मन्त्रालयमा दाबी रहेको पदाधिकारीलाई जानकारी दिइएको छ । सभापति शेरबहादुर देउवाले अहिलेसम्म भएका छलफलका प्रगतिबारे ब्रिफिङ… Continue reading सरकारमा कांग्रेसको ८ मन्त्रालयमा दावि

राष्ट्रपति पौडेल आज गोरखा जाने

तस्बिरः किरणराज विष्ट / रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाने भएका छन् । राष्ट्रपति बनेपछि उनी पहिलो पटक काठमाडौं बाहिर जान लागेका हुन्। उनी बिहान ९ः३० बजे गोरखा जाने र दरबार क्षेत्र अवलोकन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम… Continue reading राष्ट्रपति पौडेल आज गोरखा जाने

सोमबारसम्म सरकारलाई पूर्णता दिने माओवादीको निर्णय

rss

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले यही चैत्र १३ गते (सोमबार) सम्ममा मन्त्रीपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार अपरान्ह बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो। पर्सीसम्ममा मन्त्रिपरिषदलाई विस्तार गरी डेलिभरीका कामलाई तीव्रता दिने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । माओवादीले संसदलाई गतिशील र प्रभावकारी… Continue reading सोमबारसम्म सरकारलाई पूर्णता दिने माओवादीको निर्णय

गण्डकी सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता गर्न आज नेकपा माओवादी संसदीय दलको बैठक डाकिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन ११ बजे संसदीय दलको बैठक डाकिएको हो । सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्न अध्यक्ष… Continue reading गण्डकी सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिने

उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको उपचुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले संविधानको धारा २७१ बमोजिम वैशाख १० गते हुने उपचुनावका लागि आज दल दर्ताको सूचना निकालेको हो । उपचुनावमा भाग लिन चाहने दलले भोलिदेखि यही १२ गते आइतरवारसम्म आयोगमा दल दर्ता गर्न सक्नेछन् । चैत ५ गतेसम्म आयोगमा दर्ता… Continue reading उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ता गर्न आह्वान

उपराष्ट्रपति यादवले पद तथा गोपनीयताको शपथ लिने

काठमाडौं । उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ । बिहान १० बजे शीतल निवासमा शपथ ग्रहण कार्यक्रम राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ खुवाउने छन् । जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।… Continue reading उपराष्ट्रपति यादवले पद तथा गोपनीयताको शपथ लिने

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेछन् । यसअघि गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ मत पाएका थिए ।… Continue reading प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

देशैभरका क्याम्पसमा आज स्ववियु निर्वाचन

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज देशैभरका क्याम्पसमा हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म हुनेछ । निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक… Continue reading देशैभरका क्याम्पसमा आज स्ववियु निर्वाचन

सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक आज संसदमा पेश हुने

काठमाडौं । प्रतिनिधि सभामा आज बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस हुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो विधेयक पेश गर्ने कार्यसूची छ । शनिबार बसेको सत्ता साझेदार १० दलको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण… Continue reading सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक आज संसदमा पेश हुने

सत्ता गठबन्धनका १० दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं । सत्ता गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेको हो । शनिबार बालुवाटारमा बसेको बैठकले सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सहमति बनेको प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालले बताएकी छिन् । आइतबार सं‌सदमा… Continue reading सत्ता गठबन्धनका १० दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

सडक खाली नगराई कुमारी घरमा राष्ट्रपति पौडेल

तस्बिरः किरणराज विष्ट / रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सर्वसाधारणलाई दुखः नदिई काठमाडौंको बसन्तपुरस्थित कुमारी घर पुगेका छन् । उनको साथमा आज कारगेट थिएन । राष्ट्रपति पौडेलले शनिबार अपरान्ह कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका छन् । त्यसक्रममा सर्वसाधारणले सडकमा सवारी साधन चलाइरहेका थिए । पैदलयात्रुलाई पनि रोकिएको थिएन ।… Continue reading सडक खाली नगराई कुमारी घरमा राष्ट्रपति पौडेल

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

RSS

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् । पौडल राष्ट्रपतिमा निर्वाचित भएपछि उनीहरूबीचको यो पहिलो औपचारिक भेटवार्ता हो। पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका… Continue reading राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

मुलुकले आज पाउँदैछ नयाँ उपराष्ट्रपति

काठमाडौं । मुलुकले आज नयाँ उपराष्ट्रपति पाउँदैछ । उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुने भएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगको भनाई छ… Continue reading मुलुकले आज पाउँदैछ नयाँ उपराष्ट्रपति

उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु

काठमाडौं । यही चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । मङ्गलबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू भएको हो । निर्वाचन आयोगले आज ९बुधबार०देखि मतदानको दिन मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न… Continue reading उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु