यस वर्षको मिस नेपालको उपाधी आश्मा कुमारी केसीलाई

काठमाडौं । यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि प्रदान गरिएको हो । उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरेकी छन् । त्यस्तै मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले पाएकी छन्… Continue reading यस वर्षको मिस नेपालको उपाधी आश्मा कुमारी केसीलाई

सरकारले आइतबार दियो काठमाडौंमा सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । यो बिदा काठमाडौं, भक्तपुर र ललितपुरमा लागू हुनेछ ।

रास्वपाको दुई दिने बन्द कार्यशाला सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने बन्द कार्यशाला सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा जारी कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन् । साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने र अभियानमा परिचालन गर्ने उद्देश्यले सघन प्रशिक्षण दिन कार्यशाला (क्लोज… Continue reading रास्वपाको दुई दिने बन्द कार्यशाला सुरु

राष्ट्रिय परिचय पत्रको तस्वीर खिच्दा पहिचान झल्कने संकेत वा चिह्न हटाउन नपर्ने

काठमाडौं । राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा पोसाक, सिन्दुर, टीकालगायतका पहिचान झल्कने संकेत वा चिह्न हटाउन नपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र सबै नागरिकका लागि अनिवार्य गराउने क्रममा सरकारले नेपालीको पहिचान मेटाउन खोजेको भन्दै आलोचना भएको थियो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन तथा राष्ट्रिय परिचयपत्र इकाईहरुलाई पत्राचार गरेर उक्त… Continue reading राष्ट्रिय परिचय पत्रको तस्वीर खिच्दा पहिचान झल्कने संकेत वा चिह्न हटाउन नपर्ने

नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती मगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीले प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई प्रदेश प्रमुख पदमा… Continue reading नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको सपथ

टीआरसी विधेयकमा सहमति

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकका विवादित विषयमा सहमति जुटेको दलहरुले बताएका छन् । तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच बिहीबार भएको छलफलमा विवादित विषयमा सहमति जुटेको हो । गृहमन्त्री रमेश लेखकले यसबारे जानकारी दिए । उनका अनुसार द्वन्द्वकालमा भएको हत्यालाई कसरी परिभाषित गर्ने भनेर सहमति जुटेको छ । मनसायपूर्वक अथवा स्वेच्छाचारीपूर्वक… Continue reading टीआरसी विधेयकमा सहमति

तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को साउन १४ गतेको बैठकको निर्णय एवम् सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका छन् । उनले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

आगामी चुनाव माओवादीले एक्लै लड्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी चुनाव एक्लै लड्ने निर्णय गरेको छ । शुक्रबारदेखि केन्द्रीय मूख्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले आगामी २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । पाँच दिनसम्म चलेको बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएका हुन् । सरकारबाट हट्नुपर्ने परिस्थतिले एक्लै… Continue reading आगामी चुनाव माओवादीले एक्लै लड्ने

बागमती प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश सभाबाट आज विश्वासको मत लिने भएका छन् । उनले मुख्यमन्त्री नियुक्त भएको ७ दिनमा अर्थात आज मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेसका लामा एमालेसमेतको समर्थनमा ९ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेश… Continue reading बागमती प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिँदै

तीन प्रदेशमा प्रमुख हटाएर नयाँ नियुक्ति

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको सोमबारको बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने निर्णय गरेको छ । बागमती, कर्णाली र लुम्बिनी प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सिफारिस गरिएको हो । सरकारले बागमतीमा दीपकप्रसाद देवकोटा, कर्णालीमा यज्ञराज जोशी र लुम्बिनीमा कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो… Continue reading तीन प्रदेशमा प्रमुख हटाएर नयाँ नियुक्ति

योजना आयोगको उपाध्यक्षमा प्रा.डा.अधिकारी नियुक्त

काठमाडौं । मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगमा पाल्पाका प्रा.डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको बैठकबाट पाल्पाका अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । सदस्यहरुमा महोत्तरीका डा. आरपी बिच्छा, डा. रमेश सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र  गंगादत्त अवस्थी नियुक्त… Continue reading योजना आयोगको उपाध्यक्षमा प्रा.डा.अधिकारी नियुक्त

लीलादेवि बनिन् पहिलो महिला मुख्यसचिव

काठमाडौं । नेपालमा पहिलोपटक महिला निजामती कर्मचारीको सर्वोच्च पदमा पुगेकी छिन् । बिहिवार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवि गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो । उनी महिलाबाट यो पदमा पुग्ने पहिलो व्यक्ति बन्दै इतिहास बनाउन सफल बनेकि छिन् । प्रधानमन्त्री केपि शर्मा ओलीले उनलाई औपचारिक रुपमा बधाई दिएका छन् ।

जहाज दुर्घटनाका मृतकको शोकमा आज आधा झण्डा झुकाइदै

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका मृतकको शोकमा आज राष्ट्रिय झण्डाआधा झुकाइदैछ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । बैठकले जहाज दुर्घटनाको छानबिन गर्न रतिशचन्द्रलाल सुमनको संयोजकत्वमापाँच सदस्यीय छानबिन समिति पनि गठन गरिसकेको छ । बुधबार बिहान काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज… Continue reading जहाज दुर्घटनाका मृतकको शोकमा आज आधा झण्डा झुकाइदै

मुकुल ढकाललाई कारवाही गरेपछि पहिलो पटक रास्वपा केन्द्रिय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । महामन्त्री र पार्टी प्रवक्ताबाट मुकुल ढकाललाई बर्खास्त गरेपछि रास्वपा केन्द्रीय समितिको यो पहिलो बैठक हो । आज बिहान ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ । बैठकमा रास्वपाबाट… Continue reading मुकुल ढकाललाई कारवाही गरेपछि पहिलो पटक रास्वपा केन्द्रिय समिति बैठक बस्दै

बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

काठमाडौं । सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ भने विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । बुधबार बिहान… Continue reading बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

मदन पुरस्कारका लागि छानिए उत्कृष्ट ५ पुस्तक

काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८० का लागि श्रेष्ठ सूची सार्वजनिक गरेको छ । गुठीले श्रेष्ठ सूचीमा पाँच वटा पुस्तकको नाम सार्वजनिक गरेको छ । सूचीमा भक्त स्याङतानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन–तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैलालीको मुकाम रणमैदान र रोशन थापा नीरवको सन्त्रासका साठी दिन रहेका छन् ।… Continue reading मदन पुरस्कारका लागि छानिए उत्कृष्ट ५ पुस्तक

अनेसासको २११ औं भानुजयन्ति कार्यक्रममा शारदा क्षेत्रीको गजल र मुक्तक संग्रह बिमोचित

बिष्णु सिंह (बैजु) न्युयोर्क । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरले २११ औं भानु जयन्ति मनाएको छ । कार्यक्रमका प्रमूख अतिथि डा. गोबिन्द कोईराला, र बिशेष अतिथीहरुमा राजेन्द्र श्रेष्ठ, आनन्द श्रेष्ठ र शारदा क्षेत्री थिए। साहित्यकार शकुन ज्ञवालीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता च्याप्टरकी अध्यक्ष लक्ष्मी श्रेष्ठले गरेकी थिइन्। प्रमूख अतिथीले पानसमा दियो प्रज्वलन गरी औपचारिक… Continue reading अनेसासको २११ औं भानुजयन्ति कार्यक्रममा शारदा क्षेत्रीको गजल र मुक्तक संग्रह बिमोचित

एमाले र कांग्रेसबीचको सहमति सार्वजनिक, प्रधानमन्त्री पालैपालो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति आइतबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने क्रममा उनले दुई दलबीच भएको ७ बुँदे सहमति सार्वजनिक गरे । उक्त सहमति अनुसार पहिलो चरणमा दुई वर्ष सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र त्यसपछि २०८४… Continue reading एमाले र कांग्रेसबीचको सहमति सार्वजनिक, प्रधानमन्त्री पालैपालो

प्रधानमन्त्रीलाई दुई तिहाई समर्थन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत पर्‍यो भने एक मत तटस्थ रह्यो । संसदमा आइतबार २६३ जना उपस्थित थिए । प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी,… Continue reading प्रधानमन्त्रीलाई दुई तिहाई समर्थन

आज गुरु पूर्णिमा, के छ महत्व ?

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गर्ने… Continue reading आज गुरु पूर्णिमा, के छ महत्व ?

माओवादी, रास्वपा र समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं । पुष्पकमल दाहाल सरकारमा छँदाका सत्ता सहयात्री दल माओवादी, रास्वपा र एकीकृत समाजवादी अहिले संसदमा विपक्षी भूमिका निर्वाह गर्ने भएका छन् । दाहाल सरकारले अघि सारेका सुशासन, समृद्धि, सामाजिक न्यायका मुद्दालाई लिएर उनीहरू विपक्षी मोर्चाबाटै एक भएर उभिने निर्णय गरेका हुन् । संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच असार १७ मा नयाँ सत्ता… Continue reading माओवादी, रास्वपा र समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् । ओलीलाई राष्ट्रपति रामचन्द्र… Continue reading प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ । राप्रपा निर्देशक समितिको शनिबार बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो । जबकी कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिलाई राप्रपाले सकारात्मक भनेको थियो । नयाँ सरकारलाई प्रारम्भिक रुपमा सकारात्मक हिसाबले लिएको भएपनि तत्पश्चातका सम्पूर्ण गतिविधिको विश्लेषण गरेर विश्वासको मत नदिने निर्णय… Continue reading राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

कांग्रेसको सभापति पदमा सुजाताको समर्थन शेखरलाई

काठमाडौं । नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाले आगामी महाधिवेशनमा शेखर कोइरालालाई सभापतिमा समर्थन गर्ने घोषणा गरेकी छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेतृ कोइरालाले १५ औं महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी हुन्। ‘हामी एकजुट हुनै पर्छ। हाम्रो बुबा र हजुरबुबाहरुले देख्नुभएको सपनालाई पूरा गर्नुपर्छ। त्यसका लागि शेखर दाइले लिडरसिप लिनुभएको छ,’ उनले भनिन्।… Continue reading कांग्रेसको सभापति पदमा सुजाताको समर्थन शेखरलाई

७ साउनमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदै

काठमाडौं । प्रतिनिधि सभामा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने तय भएको छ । सभामुख देवराज घिमिरे तथा राजनीतिक दलका मुख्य–प्रमुख सचेतकबिचको छलफलमा प्रश्नोत्तर साउन ७ गर्ने गरी सभाको क्यालेन्डरमा समझदारी भएको छ । सभामा यसअघिको सूचना अनुसारै प्रश्नोत्तर गर्न लागिएको हो । सचिवालयले तयार पारेको मसौदा क्यालेन्डरलाई शुक्रबारको कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिने… Continue reading ७ साउनमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदै

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । नेकपा एमालेका उपमहासचिव रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार नै थिए । प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् ।… Continue reading प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त

एनआरएनए जर्मनीले थाल्यो निःशूल्क नेपाली भाषा कक्षा

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए जर्मनीले निःशुल्क नेपाली भाषा कक्षा सञ्चालनको सुरूआत गरेको छ। हरेक आइतबार दुई वटा कक्षा सञ्चालन भइरहेको छ। एनआरएनए जर्मनीको भाषा तथा बालबालिका संयोजक सुनिता राईले हरेक आइतबार जुममार्फत् दुई वटा कक्षा सञ्चालन गर्दै आएकी हुन्। जसमा ४५ जनाभन्दा बढी बालबालिका सहभागी छन्। राई जर्मनीको ह्याम्बर्गमा जर्मनी स्कुलमा विगत ८… Continue reading एनआरएनए जर्मनीले थाल्यो निःशूल्क नेपाली भाषा कक्षा

प्रधानमन्त्रीले ६ साउनमा विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले अब बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई गत आइतबार असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । त्यसको भोलिपल्ट ३१ गते सोमबार उनले… Continue reading प्रधानमन्त्रीले ६ साउनमा विश्वासको मत लिने

समाजवादी मोर्चाले आगामी कार्यक्रम बनाउन गठन गर्यो कार्यदल

काठमाडौं । समाजवादी मोर्चाले आगामी कार्यक्रम बनाउन कार्यदल बनाएको छ । एकीकृत समाजवादीको पार्टी कार्यालय, आलोकनगरमा बसेको बैठकले मोर्चाले कांग्रेस र एमाले मिलेर सरकार बनाउनुलाई देशलाई पश्चगमनतिर फर्काउने प्रयास भएको निष्कर्ष निकालेको छ । त्यसैले समाजवादी मोर्चाको विगतको समीक्षा गर्न र आगामी योजना–कार्यक्रम बनाउन कार्यदल बनाएको छ । १५ दिनको समय दिइएको कार्यदलमा खड्गबहादुर विश्वकर्मा,… Continue reading समाजवादी मोर्चाले आगामी कार्यक्रम बनाउन गठन गर्यो कार्यदल

समाजवादी मोर्चाको बैठक आज बस्ने

काठमाडौं । आज समाजवादी मोर्चाको बैठक बस्दैछ । आज अपरान्ह ४ बजे नेकपा (एकीकत समाजवादी)को केन्द्रिय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ । साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ । समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द… Continue reading समाजवादी मोर्चाको बैठक आज बस्ने