काठमाडौं । बारा क्षेत्र नं.२, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट… Continue reading उप-निर्वाचनमा मतदान सुरु
Category: कला / साहित्य
गण्डकी प्रदेशका मूख्यमन्त्री भण्डारीले पाएनन् विश्वासको मत
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन असफल भएका छन् । गण्डकी प्रदेशसभामा उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ जना मात्र रहे । विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमाले र राप्रपाका सांसदको गरी २४ मत पाए । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका… Continue reading गण्डकी प्रदेशका मूख्यमन्त्री भण्डारीले पाएनन् विश्वासको मत
उपनिर्वाचन हुने क्षेत्रमा आइतबार सार्वजनिक बिदा
काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो। बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख… Continue reading उपनिर्वाचन हुने क्षेत्रमा आइतबार सार्वजनिक बिदा
नेपाली फ्यानलाई सलमानको सन्देश : मेरो फिल्म नेपाल आउँदैछ
काठमाडौं । इदमा प्रदर्शन हुने सलमान खान अभिनित ुकिसीका भाइ, किसिका जानुलाई वितरक मनोज राठीले नेपाल ल्याउँदैछन् । फिल्मलाई भारतीय रुपैयाँ एक करोडमा किनेर राठीले नेपाल प्रदर्शनमा ल्याउने भएका हुन् । ‘अब नेपालमा पनि सलमानको क्रेज धेरै छ । त्यसैले दर्शकले यो फिल्मलाई हेरिदेलान् भनेर हामीले फिल्मलाई एक करोडमा किन्ने जोखिम मोलेका छौं, राठीले भनेका… Continue reading नेपाली फ्यानलाई सलमानको सन्देश : मेरो फिल्म नेपाल आउँदैछ
विदेश अध्ययनका लागि एक वर्षमा १ लाख १७ हजार एनओसी जारी, कुन देशमा कति ?
काठमाडौं । अध्ययनका लागि नेपालबाट एक वर्षमा सवा एक लाख युवा विदेशिएका छन् । २०७९ सालमा विदेशमा अध्ययन गर्न जान १ लाख १७ हजार जनाले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएको सरकारको तथ्यांक छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार विभिन्न ७२ देशमा अध्ययन गर्न जान १ लाख १७ हजार ५६३ जनाले… Continue reading विदेश अध्ययनका लागि एक वर्षमा १ लाख १७ हजार एनओसी जारी, कुन देशमा कति ?
जुनसुकै परिचयपत्रका आधारमा उपनिर्वाचनमा भाग लिन सकिने
काठमाडौं । आउँदो १० गते आइतबार हुने उपचुनावमा सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगले मतदाताको परिचयपत्र हराए वा नासिएको अवस्थामा सरकारी परिचय पत्रका आधारमा पनि मतदान गर्न पाइने व्यवस्था गरेको हो । आयोगले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा वा सवारी चालक अनुमतिपत्रको… Continue reading जुनसुकै परिचयपत्रका आधारमा उपनिर्वाचनमा भाग लिन सकिने
२७ वर्षिय सुजनले बिस्काः जात्राका लागि छेडाए जिब्रो
काठमाडौं । मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले शनिबार जिब्रो छेडेका हुन् । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ । यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।… Continue reading २७ वर्षिय सुजनले बिस्काः जात्राका लागि छेडाए जिब्रो
आज मन्त्रिपरिषद् बिस्तार हुँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नयाँ मन्त्रीहरुको शपथ अपराह्न तीन बजे तोकिएको छ । परराष्ट्र मन्त्रीको रुपमा नेपाली कांग्रेसका एनपी साउदले शपथ ग्रहण गर्ने निश्चित भएको छ । अन्य मन्त्रीहरुको भने टुंगो लागेको छैन । गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौं पटक… Continue reading आज मन्त्रिपरिषद् बिस्तार हुँदै
ढाका कुमारको ठाउँमा विन्दवासिनी कंसाकार सांसद बन्ने
काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गरेपछि उनको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले डा। श्रेष्ठको साधारण सदस्यता खारेज गरेको हो । पार्टीको सदस्य नरहेपछि श्रेष्ठको सांसद पद पनि रहने छैन । समानुपातिक पद्धतिबाट निर्वाचित भएकाले रास्वपाले श्रेष्ठको ठाउँमा अर्को व्यक्तिलाई संसदमा… Continue reading ढाका कुमारको ठाउँमा विन्दवासिनी कंसाकार सांसद बन्ने
ढाका कुमारको सांसद पद गयो, घुम मागेको पार्टीद्धारा पुष्टी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाका कुमारको सांसद पद गएको छ । पार्टीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेसँगै उनको सांसद पद गएको हो । बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको हो । श्रेष्ठले बी एण्ड सी मेडिकल… Continue reading ढाका कुमारको सांसद पद गयो, घुम मागेको पार्टीद्धारा पुष्टी
ढाकारामबारे रास्वपाले आज निर्णय लिने, गर्ला कारवाही ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आज बोलाएको छ । बुधबार बिहान ९ बजेका लागि बोलाइएको बैठक बुधबार नै दिउँसो २ बजे बस्ने गरी सारिएको छ । रास्वपाका सभापति रवि लामिछाने र अधिकांश केन्द्रीय सदस्यहरू उपनिर्वाचन प्रचारप्रसारका लागि तनहुँ, चितवन र बारामा भएकोले काठमाडौं आइपुग्न समय लाग्ने भएकाले बैठक पछि सारिएको… Continue reading ढाकारामबारे रास्वपाले आज निर्णय लिने, गर्ला कारवाही ?
जथाभावी शूल्क नबढाउन शिक्षा मन्त्रालयको अनुरोध
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जथाभावी शुल्क नबढाउन निजी विद्यालयलाई आग्रह गरेको छ । शैक्षिक सत्र २०८० मा विद्यार्थीसँग शुल्क लिँदा स्थानीय तहले स्वीकृत गरेको सीमाभित्र रहेर तोकिएको शीर्षकमा मात्र लिन मन्त्रालयले निर्देशन दिएको हो । निजी विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा पारदर्शी ढंगले सबै अभिभावकहरुलाई जानकारी गराउनुपर्ने र अभिभावकहरुले शुल्कको विषयमा प्रश्न… Continue reading जथाभावी शूल्क नबढाउन शिक्षा मन्त्रालयको अनुरोध
नवीकरण नगरे त्रिविको सम्बन्धन खारेज गरिने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविले नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ । यस्ता क्याम्पसलाई नवीकरण नहुनुको मनासिब कारण खुलाएर आउँदो वैशाख मसान्तभित्र सम्बन्धित डीन कार्यालयमा निवेदन दिन त्रिविले आग्रह गरेको छ । यो अवधिमा नवीकरण नगरे क्याम्पसको सम्बन्धन खारेज हुन सक्ने त्रिविले जनाएको छ । यस्तै, नवीकरण भएका क्याम्पसले त्रिविको विनियोजन शाखाबाट… Continue reading नवीकरण नगरे त्रिविको सम्बन्धन खारेज गरिने
पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता आमाको थरबाटै हुने व्यवस्था कायम
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नलागेको बच्चाको आमाको थर राखेर जन्मदर्ता हुने व्यवस्था कायम गरेको छ । यसअघि २३ चैतमा स्थानीय तहहरुलाई गरेको परिपत्रमा यस्ता बच्चाको मावलीको थर राखेर जन्मदर्ता गर्न पाउने भनी गरेको व्यवस्थाको आलोचना भएपछि विभागले नयाँ परिपत्रमार्फत सच्याएको हो । आइतबार स्थानीय तहमा गरिएको… Continue reading पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता आमाको थरबाटै हुने व्यवस्था कायम
प्रधानमन्त्रीसहित शीर्ष तीन नेता र सभामुखबीच छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेता र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । शनिबार अपराह्नमा सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको हो। लामो समयपछि तीन जना शीर्ष नेताहरूबीच छलफल भएको हो। छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै एमाले अध्यक्ष ओलीले… Continue reading प्रधानमन्त्रीसहित शीर्ष तीन नेता र सभामुखबीच छलफल
आजदेखि निर्वाचन आचारसंहित लागु
काठमाडौं । आगामी बैशाख १० गते तोकिएको उपनिर्वाचनका लागि तीन जिल्लामा आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । चितवन क्षेत्र नम्बर–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । आचारसंहिता ती तीन जिल्लामा मात्र उपनिर्वाचन सम्पन्न नभएसम्मका लागि लागू हुनेछ । निर्वाचन आयोगले मन्त्रीहरु, उपनिर्वाचनका उम्मेदवार, मतदाता, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय कार्यपालिकाका सदस्य, शिक्षक,… Continue reading आजदेखि निर्वाचन आचारसंहित लागु
न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिन सत्ता साझेदारको बैठक सुरु
काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । नयाँ गठबन्धन बने र त्यसबाट मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बोलाइएको छ । यसअघिको गठबन्धनले पनि न्यूनतम साझा कार्यक्रम बनाएको थियो । उक्त गठबन्धन भत्किएर नयाँ दलहरूबीच सत्ता गठबन्धन भएपछि फेरि साझा कार्यक्रम… Continue reading न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिन सत्ता साझेदारको बैठक सुरु
उपनिर्वाचनका उम्मेदवारले आज चुनाव चिन्ह पाउने
काठमाडौं । उपनिर्वाचनका उम्मेदवारले आज चुनाव चिन्ह पाउने भएका छन् । त्यस अगाडी उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने निर्वाचन आयोगको तालिका छ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ ।त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आजै चुनाव… Continue reading उपनिर्वाचनका उम्मेदवारले आज चुनाव चिन्ह पाउने
उपनिर्वाचन हुने क्षेत्रमा आज मनोनयन दर्ता
काठमाडौं । आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने दिन तोकिएको छ । निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि सार्वजनिक गरेको कार्यक्रम अनुसार आज चैत २० गते उम्मेदवारी दर्ता गर्न लागिएको हो । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी… Continue reading उपनिर्वाचन हुने क्षेत्रमा आज मनोनयन दर्ता
कांग्रेसको निर्णयप्रति गोविन्दराज जोशीको आपत्ति
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले १० वैशाखमा हुने उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन नगर्ने संकेत गरेका छन् ।आइतबार कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा, चितवन र तनहुँमा २०७९ सालको निर्वाचनमा पार्टीको आधिकारिक र पार्टीले समर्थन गरेको उम्मेदवारलाई असहयोग गर्ने नेता कार्यकर्ताले १० वैशाखको उपनिर्वाचनमा सहयोग गरेमा कारबाही फिर्ता गर्न सक्ने निर्णय गरेको छ ।… Continue reading कांग्रेसको निर्णयप्रति गोविन्दराज जोशीको आपत्ति
कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै, के छ एजेण्डा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने गरी बोलाइएको छ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा सरकारमा पठाउन बाँकी चार जना मन्त्रीको नामावली टुंगो लगाउने, आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल हुनेछ । आफ्नो भागमा परेका आठ मन्त्रालयमध्ये कांग्रेसले चार मन्त्रालय सम्हाल्ने… Continue reading कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै, के छ एजेण्डा ?
एमालेले चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उठाउने
काठमाडौं । नेकपा एमालेले चितवनमा रामप्रसाद न्यौपाने र तनहुँमा सर्वेन्द्र खनाललाई उपचुनावको लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको आज बसेको सचिवालय बैठकले चितवन–२ मा न्यौपाने र तनहुँ–१ मा खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । न्यौपाने एमाले चितवनका जिल्ला अध्यक्ष हुन् । नेपाल प्रहरीका पूर्व महानिरीक्षक खनाल गत… Continue reading एमालेले चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उठाउने
भीम रावलसँग वार्ता गर्न एमालेले बनायो टोली
काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलसँग वार्ता गर्न एमालले वार्ता टोली बनाएको छ। शनिबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको हो। उनीसँगै सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्णराज थापा पनि यस टोलीमा छन्। वार्ता टोलीले रावलसँग संवाद गर्ने र एउटा सहमतिमा पुगेर… Continue reading भीम रावलसँग वार्ता गर्न एमालेले बनायो टोली
सरकारमा सहभागिताबारे रास्वपाले चुनावपछि मात्र निर्णय लिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागिताबारे उपचुनावपछि मात्र निर्णय लिने भएको छ । १० वैशाखमा उपचुनाव हुँदैछ । पार्टीका सभापति रवि लामिछानेले आफूहरु व्यक्ति हेरेर नभई नीति हेरेर सरकारमा गएको बताए । प्रचण्ड सरकारले अघिल्लो पटक बनाएको न्यूनमत साझा कार्यक्रममा अधिकांश आफ्नो दलको वाचापत्रका एजेण्डाहरु समावेश भएको र त्यो कार्यान्वयनका लागि सरकारमा गएको… Continue reading सरकारमा सहभागिताबारे रास्वपाले चुनावपछि मात्र निर्णय लिने
रास्वपाबाट उप-निर्वाचन लड्ने उम्मेदवार निश्चित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । पार्टी कार्यालय महाराजगञ्जमा कार्यक्रम गरी रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको हो । गत मंसिरको चुनावमा चितवन २ मा रवि लामिछाने… Continue reading रास्वपाबाट उप-निर्वाचन लड्ने उम्मेदवार निश्चित
एसईई परीक्षा मर्यादित होस : प्रधानमन्त्री
काठमाडौं । आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपिल गरेका छन् । शुक्रवार बिहान आफ्नो फेसबुक मार्फत परीक्षामा सहभागी विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै प्रधानमन्त्रीले परीक्षा मर्यादित बनाउन सम्बन्धित सबैमा अपिल गरेका छन् । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड,… Continue reading एसईई परीक्षा मर्यादित होस : प्रधानमन्त्री
मन्त्रिपरिषद् बिस्तार आज, सपथ समेत खुवाउने तयारी
काठमाडौं । शुक्रबार मन्त्रिपरिषद विस्तारको तयारी छ । बिहीबार नै मन्त्रिपरिषद विस्तार हुने भनिए पनि केही मन्त्रालयमा धेरै दलको दाबी रहेका कारण विवाद हुँदा शुक्रबारका लागि सरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । शुक्रबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह तय भएको छ । मन्त्रालयका सन्दर्भमा दलहरुले माग गरेका र मिलाउन बाँकी विषयहरु शुक्रबार… Continue reading मन्त्रिपरिषद् बिस्तार आज, सपथ समेत खुवाउने तयारी
आजबाट एसईई परीक्षा, ५ लाख विद्यार्थी सहभागी
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । परीक्षा बिहान आठ बजेदेखि सुरु भएको हो । चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुन लागेका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई… Continue reading आजबाट एसईई परीक्षा, ५ लाख विद्यार्थी सहभागी
राष्ट्रपतिले नियुक्त गरे दुई सल्लाहकार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले उनीरूलाई बुधबार सल्लाहकार नियुक्त गरेका हुन् । प्रमुख आर्थिक सल्लाहकार नेपाल पूर्वगभर्नर हुन् । कानुनी सल्लाहकार कुँवर पूर्वप्रदेश प्रमुख हुन् । उनीहरुले नियुक्तपत्र समेत बुझेका छन् ।
आज मन्त्रिपषिद् बिस्तारको तयारी
काठमाडौं । आज मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । प्रधानमन्त्री प्रचण्डले यसका लागि पार्टीहरुबाट मन्त्री बन्नेको नाम मागेका छन् । सत्ता साझेदार दलहरुले आफूलाई परेको मन्त्रालयको भागबण्डा अनुसार नामावली प्रधानमन्त्रीलाई बुझाउनासाथ मन्त्रिपरिषद् विस्तार हुने भएको छ । १० पुसको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिनादेखि १६ मन्त्रालय आफैं चलाइरहेका छन् । यी मन्त्रालयहरु ३… Continue reading आज मन्त्रिपषिद् बिस्तारको तयारी