काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (आइतबार)देखि विधिवत् आरम्भ गरिंदैछ । आज एकै दिन प्रतिपदा र द्वितीया तिथिमा श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान २ः१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।… Continue reading यस वर्षको स्रोह श्राद्ध शुरु
Category: कला / साहित्य
किन खस्कियो कक्षा १२ को नतिजा ?
काठमाडौं । माध्यमिक तह (कक्षा १२) को परीक्षाफल प्रकाशित हुँदा निरासाजनक नतिजा आएको छ यस वर्ष आधाभन्दा बढी परीक्षार्थी एनजी (नन ग्रेडेड)मा परे । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार नतिजा सार्वजनिक गरेको हो । जसमा एक लाख ८८ हजार ४१० जना नन ग्रेडेडमा परे । यो कुल परीक्षार्थीको ५१.९० प्रतिशत हो । कक्षा… Continue reading किन खस्कियो कक्षा १२ को नतिजा ?
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाबाट समेत जस्ताको तस्तै पास
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रिय सभाबाट समेत जस्ताको तस्तै पारित भएको छ । भदौ २ गते प्रतिनिधि सभाले पनि पुनर्विचार गर्न राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेको थियो। राष्ट्रिय सभाले पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको भए पनि समितिले केही पनि परिवर्तन नगरी विधेयक राष्ट्रिय सभामा… Continue reading राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाबाट समेत जस्ताको तस्तै पास
नैतिकताको प्रश्न उठेका व्यक्तिलाई कांग्रेसले उम्मेदवार नबनाउने महामन्त्री थापाको स्पष्टीकरण
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नैतकताको प्रश्न उठेका व्यक्तिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने स्पष्टीकरण दिएका छन् । जेलमा रहेका अफ्ताब आलमलाई पार्टीले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने सिफारिस गरेसँगै अहिले पार्टीको व्यापक आलोचना भइरहेको छ । यसैतर्फ संकेत गर्दै उनले यस्तो बताएका हुन् । साहित्यकार रामलाल जोशीको पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा साहित्यकार नयनराज… Continue reading नैतिकताको प्रश्न उठेका व्यक्तिलाई कांग्रेसले उम्मेदवार नबनाउने महामन्त्री थापाको स्पष्टीकरण
सन्दुक रुइतलाई पद्यश्री पुरस्कार
काठमाडौं । पद्मश्री गौरव नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई प्रदान गरिने भएको छ । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानको निर्णायक समितिले प्रतिष्ठित आँखा चिकित्सक तथा मानव सेवी रुइतलाई पद्मश्री गौरव रुइतलाई प्रदान गर्ने निर्णय गरेको हो । २०७८ को पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको अर्को भोर कथासङ्ग्रहले पाउने भएको छ । पद्मश्री साधना सम्मान… Continue reading सन्दुक रुइतलाई पद्यश्री पुरस्कार
सत्तारुढ दलबीच सिट बाँडफाँटमा अझै सकस, आज पनि बैठक बस्दै
काठमाडौं । सिट बाँडफाँटबारे छलफल गर्न आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । बिहीबार बिहान ११ बजे बालुवाटारमा बैठक बस्ने कार्यक्रम छ । मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले तालमेल गरेर जाने निर्णय गरेका छन् । तर, कुन पार्टीलाई कति सिट भन्ने बाँडफाँट गर्न भने सकेका छैनन्… Continue reading सत्तारुढ दलबीच सिट बाँडफाँटमा अझै सकस, आज पनि बैठक बस्दै
सत्ता गठबन्धनको सिट बाँडफाँट आज टुंगिएला ?
काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले प्रतिनिधि सभाको सिट बाँडफाँटलाई टुंग्याउने तयारीमा जुटेका छन् । गठबन्धनमा आबद्ध दलहरुको छुट्टाछुट्टै र संयुक्त बैठक आज बस्दै छ । गठबन्धनका शीर्ष नेताहरुको बैठक आज ५ बजे बोलाइएको छ । यसै बैठकबाट प्रतिनिधि सभामा कुन दलले कति सीट प्राप्त गर्ने भन्ने विषय टुंगो लगाइने भएको छ । गठबन्धनका नेताहरुको बैठक… Continue reading सत्ता गठबन्धनको सिट बाँडफाँट आज टुंगिएला ?
प्रतिनिधिसभा निर्वाचनको समानुपातिकमा ६८ दलको निवेदन
काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ६८ दलको निवेदन परेको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनमा भाग लिने ७६ वटा दलमध्येबाट प्रतिनिधि सभामा ६८ वटा निवेदन परेको निर्वाचन आयोगका सहायक प्रवक्ता उपयसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए। प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ मा ६३ दलबाट ५५ वटा निवेदन, मधेस प्रदेशमा… Continue reading प्रतिनिधिसभा निर्वाचनको समानुपातिकमा ६८ दलको निवेदन
नवराज लम्सालको ‘अग्नी’ले जित्यो मदन पुरस्कार
काठमाडौं । नेपालको प्रतिष्ठित साहित्यित पुरस्कार ‘मदन पुरस्कार’ यस वर्ष डा. नवराज लम्सालको पुस्तक ‘अग्नि’ले पाएको छ। मदन पुरस्कार गुठीको साधारण सभाले लम्सालको पुस्तक अग्निलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी गराएका छन् । अध्यक्ष दीक्षितका अनुसार यो वर्षको जगदम्बा-श्री बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गुठीले गरेको छ।… Continue reading नवराज लम्सालको ‘अग्नी’ले जित्यो मदन पुरस्कार
नागरिकता विधेयक आज राष्ट्रियसभामा पेश हुँदै
काठमाडौं । नागरिकता विधेयक आज राष्ट्रियसभामा पेश हुने भएको छ । आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराइनेछ। राष्ट्रियसभाका… Continue reading नागरिकता विधेयक आज राष्ट्रियसभामा पेश हुँदै
सत्ता गठबन्धनले निर्वाचनमा सिट बाँडफाँट अझै टुंग्याएन, आज पनि बस्दै बैठक
काठमाडौं । सत्ता गठबन्धनले आगामी निर्वाचनका लागि अझै सिटको बाँडफाँट टुग्याउन सकेको छैन । सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । बिहीबार कार्यदलसहित शीर्ष दलका नेताहरूको बैठकमा आ-आफ्नै दाबी प्रस्तुत भएपछि सिट बाँडफाँट टुङ्ग्याउन आज बैठक बस्न लागेको हो । बिहीबार नेपाली… Continue reading सत्ता गठबन्धनले निर्वाचनमा सिट बाँडफाँट अझै टुंग्याएन, आज पनि बस्दै बैठक
माओवादी केन्द्र र नेपाल समाजवादीको एउटै चुनाव चिन्ह स्वीकृत
काठमाडौं । आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिन्हबाट निर्वाचन लड्ने निश्चित भएको छ । दुई पार्टीबीच पार्टी एकतासम्मको सहमति रहेको छ । निर्वाचन आयोगले निवेदन दिएका सबै ८७ वटै दलको दर्ता स्वीकृत भएको जनाएको छ । जसमा यी दुई पार्टी एकल चुनाव चिन्हबाट लड्नेछन्… Continue reading माओवादी केन्द्र र नेपाल समाजवादीको एउटै चुनाव चिन्ह स्वीकृत
राष्ट्रपतिले राजिनामा दिने आशंकाका बीच तरंगित हुँदै राजनीति
काठमाडौं । सरकारले नागरिकता विधेयक जस्ताको तस्तै पठाएसँगै असन्तुष्ट राष्ट्रपति विद्यादेवि भण्डारीले राजिनामा दिन सक्ने आशंकाका बीच राजनीतिमा नयाँ बहस शुरु भएको छ । बुधबार एमाले निकट सञ्चारमाध्यमले राजिनामा आउन सक्ने सम्भावना रहेको प्रकृतिका समाचार प्रकाशित गरेका थिए । यसलाई बल पुग्ने गरी बुधबार नै राष्ट्रपतिले आफ्नो सुरक्षामा खटिएका वर्तमान र विगतका सुरक्षाकर्मीलाई समेत बोलाएर… Continue reading राष्ट्रपतिले राजिनामा दिने आशंकाका बीच तरंगित हुँदै राजनीति
समानुपातिक प्रणालीमा भाग लिने दलसँग निवेदन माग
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलसँग निवेदन माग गरेको छ । आयोगले बुधबार भदौ १० देखि १२ गतेसम्म कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय, बहादुर भवन, कान्तिपथ, काठमाडौँमा निवेदन दिन सकिने गरी सूचना जारी गरेको हो । आयोगले साउन २२ देखि ३१ गतेसम्म निर्वाचन… Continue reading समानुपातिक प्रणालीमा भाग लिने दलसँग निवेदन माग
निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाबाट निवेदन आह्वान
काठमाडौं । आगामी निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थासँग निर्वाचन आयोगले प्रस्ताव मागेको छ । मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आयोगले पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूलाई अनुमति प्राप्तिका लागि निवेदन मागेको हो । राष्ट्रिय संस्थाहरूलाई आयोगले पर्यवेक्षण अनुमति दिने तयारी गरेको छ। संस्था दर्ता प्रमाणपत्र प्रतिलिपी, संस्थाको विधान प्रतिलिपी, नवीकरण, पदाधिकारी… Continue reading निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाबाट निवेदन आह्वान
मेयर बालेनको अर्को बोल्ड निर्णय, कर्मचारी र शिक्षकलाई राजनीतिक दलको आवद्धता त्याग्न निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शिक्षक र कर्मचारीहरूलाई दलीय आवद्धता त्याग्न निर्देशन दिएका छन् । सार्वजनिक सूचना जारी गर्दै मेयर साहले महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीको दलीय आवद्धता भए तत्काल त्याग्न उनले निर्देशन दिएका हुन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा सरकारी शिक्षक र कर्मचारीले दलको सदसेयता लिन नपाइँने व्यवस्था रहेको उल्लेख… Continue reading मेयर बालेनको अर्को बोल्ड निर्णय, कर्मचारी र शिक्षकलाई राजनीतिक दलको आवद्धता त्याग्न निर्देशन
प्रचण्ड र माधव नेपालबीच पार्टी एकता सम्मको सहमतीले पार्टीलाई कति फाइदा ?
काठमाडौं । सत्ता गठबन्धन भित्रका दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुने गरी तयारी थालिएको छ । दुबै दलका नेताहरु एकता प्रक्रियालाई औपचारिकता दिन सहमत भएसँगै यो प्रक्रियाले गति लिने देखिएको छ । दुई दलबीचको छलफलमा ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव लगत्तै एकता गर्ने गरी गृहकार्य सुरु गर्न नेता तयार भएका… Continue reading प्रचण्ड र माधव नेपालबीच पार्टी एकता सम्मको सहमतीले पार्टीलाई कति फाइदा ?
चुनावको मुखमा माओवादीले गरायो वाइसीएललाई सक्रिय
काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावको मुखमा आफ्नो भातृ सङ्गठन योङ कम्युनिष्ट लिग (वाईसीएल)लाई सक्रिय बनाएको छ । बिहिवार अध्यक्ष पुष्पकमल दाहालले पहिलो संविधानसभा चुनावमा जस्तो सक्रियतापूर्वक परिचालन हुन योङ कम्युनिष्ट लिग (वाईसीएल)लाई निर्देशन दिए । वाईसीएलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष दाहालले चुनाव विजय गराउने अविचलित अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन् । विस्तृत शान्ति… Continue reading चुनावको मुखमा माओवादीले गरायो वाइसीएललाई सक्रिय
अमेरिकन आइडलका उपविजेता ‘अर्थन गन’ नेपालमा, शनिबारबाट कन्सर्ट
काठमाडौं । अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडलका उपविजेता अर्थर गन अर्थात् दिवेश पोखरेल नेपाल आइपुगेका छन् । उनी बुधबार अपरान्ह काठमाडौं आइपुगेका हुन् । उनीसहित ब्यान्डका अन्य चार सदस्य पनि काठमाडौं आएका हुन् । पोखरेल आगामी शनिबारबाट शुरु हुने सांगीतिक प्रस्तुतीका लागि काठमाडौं आएका हुन् । उनले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायत नेपालका विभिन्न… Continue reading अमेरिकन आइडलका उपविजेता ‘अर्थन गन’ नेपालमा, शनिबारबाट कन्सर्ट
काठमाडौंका मेयर बालेन र धरानका मेयर हर्कबीच फेसबुकमै घोचपेच ब्याटल
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा घोचपेच ब्याटल भएको छ । सम्पाङले बुधबार साँझ फेसबुकमा ‘आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैन्छ’ भन्दै स्टाटस लेखे । उनको पोष्टमा बालेनले प्रतिक्रिया दिएका छन् । उनले सम्पाङकै शैलीमा लेखे, ‘हो नि ‘ तपाईकै लौरो चुनाव चिह्न लिएर… Continue reading काठमाडौंका मेयर बालेन र धरानका मेयर हर्कबीच फेसबुकमै घोचपेच ब्याटल
आगामी निर्वाचनमा ८४ वटा दलबिच भिडन्त
काठमाडौं । आगामी मंसिर ४ मा तोकिएको संघ र प्रदेशको निर्वाचनमा ८४ वटा दल दर्ता भएका छन्। मंगलबार दल दर्ता गर्ने अन्तिम दिन थियो । निर्वाचन आयोगका अनुसार दर्ता भएका दलमध्ये चार वटा दल संयुक्त रूपमा दर्ता भएका छन् । दुई वा दुईभन्दा बढी दल एउटै पार्टी र चुनाव चिन्हबाट लड्ने गरी चार वटा दल… Continue reading आगामी निर्वाचनमा ८४ वटा दलबिच भिडन्त
सत्ता गठबन्धनको सीट बाँडफाँट गर्न बनाइएको कार्यदलको बैठक आज
काठमाडौं । सत्ता गठबन्धनको कार्यदलको बैठक आज पनि बस्दैछ । आजको बैठकमा सिट बाँडफाँटको प्रस्ताव पेस गर्ने तयारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बस्ने बैठकमा कार्यदल संयोजक कृष्ण प्रसाद सिटौलाले सिट बाँडफाँटको प्रस्ताव पेस गर्ने तयारी छ । २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने… Continue reading सत्ता गठबन्धनको सीट बाँडफाँट गर्न बनाइएको कार्यदलको बैठक आज
आगामी निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन
काठमाडौं । मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज पुरा हुने भएको छ ।सरकारले चुनावको मिति घोषणा गरेपछि आयोगले २२ साउनमा दल दर्ताका लागि आह्वान गरेको हो । साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य… Continue reading आगामी निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन
डा. बाबुराम भट्टराई माओवादी केन्द्रमा समाहित हुन तयार, चुनावी रणनीति की राजनीतिक थकान ?
काठमाडौं । डा. बाबुराम भट्टराई वर्तमान पार्टीहरुमध्ये आफ्नो माउ पार्टी माओवादी केन्द्रको चर्को आलोचक बनिसकेका थिए । नयाँ युगका लागि पुरानो पार्टीको काम छैन भन्ने निष्कर्षसहित ७ वर्षअघि तत्कालीन नेकपा एकीकृत माओवादी परित्याग गरेका उनी आगामी निर्वाचनमा भने माओवादीको चुनाव चिन्हबाट निर्वाचनमा जान तयार भएका छन् । नयाँ संविधान बनेलगत्तै उनले पार्टी परित्याग गरेका थिए… Continue reading डा. बाबुराम भट्टराई माओवादी केन्द्रमा समाहित हुन तयार, चुनावी रणनीति की राजनीतिक थकान ?
चोरी भएर अमेरिका लगिएको टुँडाल र मूर्ति नेपाल फिर्ता
काठमाडौं । नेपालबाट चोरी भएर अमेरिका लगिएका पुरातात्विक महत्वका काठको कलात्मक सालभञ्जिका टुँडाल र प्रस्तरबाट निर्मित दुई साधुका बीचमा उभिएको शिव मूर्ति ल्याइएको छ । पुरातात्विक महत्वको टुँडाल काठमाडौं महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्व विभागको अनुमान छ । यो १३ औं वा १४ औं शताब्दीमा निर्माण भएको टुँडाल हो।… Continue reading चोरी भएर अमेरिका लगिएको टुँडाल र मूर्ति नेपाल फिर्ता
न्यूयोर्कमा सलमान रुस्दीमाथि छुरा प्रहार भएको पुष्टी, आइसीयूमा उपचार जारी
न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा शुक्रवार आयोजित एक कार्यक्रममा छुरा प्रहार भएपछि चर्चित लेखक सलमान रुस्दीबारे जानकारी सुखद नरहेको उनका प्रतिनिधिले बताएका छन्। उनलाई एक साहित्यिक कार्यक्रममा भाग लिइरहेको अवस्थामा एक व्यक्तिले मञ्चमा उक्लिएर चक्कुले प्रहार गरेका थिए। अहिले उनी भेन्टिलेटरमा रहेको र बोल्न नसक्ने अवस्थामा रहेको एन्ड्रिउ वाइलीले एक विज्ञप्तिमा जनाएका छन्। उनले रुस्दीले एउटा… Continue reading न्यूयोर्कमा सलमान रुस्दीमाथि छुरा प्रहार भएको पुष्टी, आइसीयूमा उपचार जारी
विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि न्यूयोर्कमा आक्रमण
न्यूयोर्क । विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्युयोर्क सहरमा सांघातिक आक्रमण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पुष्टी गरेका छन् । न्युयोर्कमा एक कार्यक्रममा बोल्ने क्रममा रुस्दीमाथि आक्रमण भएको छ । आक्रमणपछि रुस्दी भुईँमा ढलेको तस्वीर सार्वजनिक भएको छ । उनीमाथि मुड्की वा चक्कु के प्रहार गरिएको छ भन्ने बारे खुलि नसकेको समाचारमा उल्लेख छ । रुस्दी भुइँमा ढलेपछि… Continue reading विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि न्यूयोर्कमा आक्रमण
सीट बाँडफाँट गर्न गठित सत्तारुढ दलको कार्यदलको बैठक आज
काठमाडौं । आगामी निर्वाचनमा सीट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्दैछ । दिउँसो २ बजे बालुवाटारमा बैठक बोलाइएको छ । कार्यदलको पहिलो बैठकले संयोजक तोक्ने काम गरेको थियो । कार्यदलमा कांग्रेसबाट तीन जना र अन्य चार दलबाट दुई-दुई जना सदस्य छन्। कार्यदललाई सिट बाँडफाँटको आधार तय गरी कुन दलले कति सिट… Continue reading सीट बाँडफाँट गर्न गठित सत्तारुढ दलको कार्यदलको बैठक आज
३ मंसिरसम्म १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा फोटोसहितको मतदाता नामावलीमा नाम भई मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्नेले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले मंगलबार मतदाताको उमेरसम्बन्धी अन्तिम मिति तय गर्दै सो निर्णय गरेको हो । मंसिर ४ गते मतदान हुँदैछ । २०७९ साउन १९ गतेसम्म… Continue reading ३ मंसिरसम्म १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने
निर्वाचन कार्यतालिका तय, असोज २३ मा उम्मेदवारी दर्ता
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तय गरेको छ । मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो । आयोगको कार्यतालिका अनुसार असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरि २८ गतेदेखि मतपत्र छपाइ सुरु… Continue reading निर्वाचन कार्यतालिका तय, असोज २३ मा उम्मेदवारी दर्ता