इलाम । आगामी वैशाख १५ गते इलाम २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । पार्टी केन्द्रीय सहमहामन्त्रीद्वय भिष्मराज आङदेम्बे र बद्री पाण्डे, प्रचार विभाग प्रमुख मिन विश्वकर्मा, कांग्रेस इलामका पूर्वपार्टी सभापति हिमालय कर्माचार्यलगायतको उपस्थितिमा खड्काले मनोनयन दर्ता गराएका हुन् । खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा… Continue reading इलाममा कांग्रेसका खड्काले गरे उम्मेदवारी दर्ता
Category: कला / साहित्य
इलाममा एमालेका सुहाङले गरे मनोनयन दर्ता
काठमाडौं । इलाम २ मा नेकपा एमालेले मनोनयन दर्ता गराएको छ । एमालेका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका हुन् । उपनिर्वाचन १५ वैशाखमा हुँदैछ । एमालेले उपनिर्वाचनका लागि चुनावी कमाण्डर बनाएकी पूर्वउपसभामुख तथा एमाले नेता शिवमाया तुम्वाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री राम राना, राष्ट्रिय युवा संघका… Continue reading इलाममा एमालेका सुहाङले गरे मनोनयन दर्ता
उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
काठमाडौं । इलाम-२ र बझाङ १ (१) मा आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको समय तय गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार मनोनय दर्तापश्चता आजै साँझ नै मनोनयन सूची प्रकाशन… Continue reading उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
इलाम-२ मा एमालेलाई माओवादीको साथ
काठमाडौं । इलाम(२ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने औपचारिक निर्णय गरेको छ । माओवादीका जिल्ला संयोजक विजय खम्बु र एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सुहाङलाई मतदान गर्न अपिल गरेका छन् । इलामका सन्दर्भमा प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड र… Continue reading इलाम-२ मा एमालेलाई माओवादीको साथ
कर्णाली प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार अपराह्न ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । मंगलबार मुख्यमन्त्रीले विश्वासको मत लिने तय थियो। तर गठबन्धनको प्रमुख घटक एमालेले असन्तुष्टि देखाउँदै विश्वासको मत नदिने भएपछि मुख्यमन्त्रीको आग्रहमा प्रदेश सभाको बैठक… Continue reading कर्णाली प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने
बागमतीका मूख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेका हुन् । मत विभाजनका क्रममा उनको प्रस्तावको पक्षमा ५६ मत खसेको छ । विपक्षमा ३७ जना सांसदले मत दिए । १५ जना सांसद तटस्थ बसे । एक सय १० सदस्यीय… Continue reading बागमतीका मूख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
बागमती प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् । २३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिनुपर्थ्यो । त्यसैले गत शुक्रबार… Continue reading बागमती प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने
संवैधानिक परिषद्को बैठक आज बस्दै
काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दै छ । यसअघि चैत १२ गतेका लागि तय भएको बैठक बस्न नसकेपछि आज बिहान बस्न लागेको हो । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना छ । बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार… Continue reading संवैधानिक परिषद्को बैठक आज बस्दै
संसद बैठक आज बस्दै, के छ एजेण्डा ?
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो । सभामुख देवराज घिमिरेको विदेश भ्रमणका कारण १० दिनपछि बस्न लागेको बैठकमा झन्डै आधा दर्जन सम्भावित कार्यसूची छन् । यद्यपि सम्भावित कार्यसूचीमा सभामुखले केही हेरफेर पनि गर्न सक्ने छन् । संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सुरुमा सभामुख घिमिरेले… Continue reading संसद बैठक आज बस्दै, के छ एजेण्डा ?
शीर्ष नेताबीच वालुवाटारमा छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार साँझ छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच छलफल सुरु भएको हो । २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गरेपछि तीन नेताबीच पहिलो पटक छलफल हुन लागेको हो । प्रधानमन्त्री… Continue reading शीर्ष नेताबीच वालुवाटारमा छलफल
ज्याकलिन फर्नान्डिज नेपालमा
काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । शनिबार आरबी डायमन्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा हुन लागेको ज्वेलरी फेसन रनवेमा सहभागी हुन उनी शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी हुन् । त्रिभुवन विमानस्थलमा ज्याकलिनलाई आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनलगायतले स्वागत गरे । रनवेमा ज्याकलिन शो स्टपरको रुपमा देखिनेछिन् । ज्वेलर्सका अध्यक्ष महर्जनले… Continue reading ज्याकलिन फर्नान्डिज नेपालमा
थाइ संसदबाट पास भयो समलिंगी विवाहलाई मान्यता दिने विधेयक
काठमाडौं । संसद्को तल्लो सदनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको छ । यससँगै अब थाईल्यान्डले वैवाहिक समानतासम्बन्धी एउटा ऐतिहासिक कदम चालेको छ। उक्त विधेयक कानुन बन्न माथिल्लो सदन (सिनेट) र शाही अनुमोदन आवश्यक पर्छ। यद्यपि यसै वर्षको अन्त्य सम्ममा त्यस्तो अनुमोदन हुने अपेक्षा गरिएको छ। त्यो सँगै थाइल्यान्ड समलिङ्गी विवाहलाई मान्यता दिने… Continue reading थाइ संसदबाट पास भयो समलिंगी विवाहलाई मान्यता दिने विधेयक
यस वर्षको एसईई परीक्षा आजबाट सुरु
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा २७ गतेसम्म चल्ने छ । आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने छ । एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार… Continue reading यस वर्षको एसईई परीक्षा आजबाट सुरु
इलाम-२ मा एमालेको उम्मेदवार सुहाङ नेम्वाङ
काठमाडौं । इलाम-२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘सिंगो पार्टी शक्ति उम्मेदवार विजयी गराउन केन्द्रित हुने र अरु पार्टीहरुलाई पनि हाम्रो उम्मेदवारलाई सहयोग गर्न अपील गर्ने निर्णय गरेको छ’, उपमहासचिव ज्ञवालीले… Continue reading इलाम-२ मा एमालेको उम्मेदवार सुहाङ नेम्वाङ
समाजवादीले दीपक मनाङेसँग स्पष्टीकरण सोध्ने
काठमाडौं । स्वतन्त्र हैसियत मागेको भोलिपल्ट नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा गएका राजीव गुरुङ (दीपक मनाङे)लाई एकीकृत समाजवादीले स्पष्टीकरण सोध्ने भएको छ । एकीकृत समाजवादी पार्टीको सदस्य भएर पार्टीसँग सल्लाह नै नगरी मन्त्री भएकोबारे बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । मनाङेलाई मंगलबार… Continue reading समाजवादीले दीपक मनाङेसँग स्पष्टीकरण सोध्ने
ज्याकलिन फर्नान्डिज नेपाल आउने
काठमाडौं । गहनासम्बन्धी रनवेमा सहभागी हुन बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आउने भएकी छन् । आगामी चैत १७ गते आरबी डायमण्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा ज्वेलरी फेसन रनवे हुन लागेको हो । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार रनवेमा ज्याकलिन शो स्टपरको रुपमा देखिनेछिन् । सोही रनवेका लागि आउन लागेका मोडल किम गुडबर्नले पुरुष… Continue reading ज्याकलिन फर्नान्डिज नेपाल आउने
संसदमा आज प्रधानमन्त्रीले जवाफ दिँदै
काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि तय भएको छ ।कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५ दिनको पाक्षिक कार्यतालिका अनुसार आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर… Continue reading संसदमा आज प्रधानमन्त्रीले जवाफ दिँदै
सत्तारुढ दलले न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दै
काठमाडौं । सत्ता साझेदार दलहरूले न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डले कार्यदलले तयार पारेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गर्ने कार्यक्रम छ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका दुई-दुई जना नेता सदस्य रहेको कार्यदलले न्यूनतम… Continue reading सत्तारुढ दलले न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दै
साहित्यकार परशु प्रधानको निधन
काठमाडौं । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । सोमबार राति बानेश्वरस्थित निवासमा उनको निधन भएको हो । प्रधानको पार्थिव शरीर आज बिहान ९ बजेसम्म बानेश्वरस्थित राधामोहन मार्ग २० मा श्रद्धाञ्जलीका लागि राखिएको छ । आजै ९ः३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परशु प्रधानका छोरा एवम् बाह्रखरी अनलाइनका प्रधान… Continue reading साहित्यकार परशु प्रधानको निधन
एकीकृत समाजवादी त्यागेको दीपक मनाङ्गेको घोषणा
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका छन् । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए । आइतबार मनाङेले आफूले एकीकृत समाजवादी पार्टी परित्याग गरेको भन्दै गण्डकी प्रदेशसभा सचिवालयमा पत्र बुझाएका छन् । एकीकृत समाजवादीमा प्रवेश… Continue reading एकीकृत समाजवादी त्यागेको दीपक मनाङ्गेको घोषणा
प्रज्ञा-प्रतिष्ठानको पुरस्कार को-कसले पाउने भए ?
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न १० पुरस्कार घोषणा गरेको छ । पुरस्कृत हुनेहरुमा खगेन्द्र संग्रौलादेखि मोहनविक्रम सिंहसम्म छन् । खगेन्द्र संग्रौलालाई अनुवाद पुरस्कार र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई दर्शन पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ । यसैगरी शान्ता श्रेष्ठलाई प्रज्ञा सामाजिकशास्त्र पुरस्कार, घनश्याम शर्मा पौडेललाई संस्कृति, लोकवार्ता तथा मौखिक… Continue reading प्रज्ञा-प्रतिष्ठानको पुरस्कार को-कसले पाउने भए ?
बाबुराम भट्टराई पुनः एक्लिए, नेताहरु माओवादी केन्द्रमा विलय
काठमाडौं । जनता समाजवादी पार्टीबाट छुट्टिएर डाक्टर बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) समेत फुटेको छ । पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको हो । बाबुराम भट्टराईलाई पनि सहभागी गराउने प्रयास असफल भएपछि नेसपा फुटाएर महिन्द्र रायले माओवादीसँग एकता गर्ने सहमति गरेका हुन् ।… Continue reading बाबुराम भट्टराई पुनः एक्लिए, नेताहरु माओवादी केन्द्रमा विलय
प्रतिनिधिसभाको आजको बैठकमा के छन् एजेण्डा ?
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने तय भएको छ। आजको बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रबर्द्धन सम्बन्धी केही ऐनलाई संसोधन गर्ने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ। त्यस्तै… Continue reading प्रतिनिधिसभाको आजको बैठकमा के छन् एजेण्डा ?
प्रचण्डलाई विश्वासको मत दिन एमालेको ह्वीप
काठमाडौं । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । मंगलबार संसदीय दलको बैठकले सांसदहरुलाई विश्वासको मत दिन ह्वीप जारी गरेको प्रमुख सेचतक महेश बर्तोलाले जानकारी दिए । ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिन पार्टीले ह्वीप जारी गरेको छ,’ उनले भने, ‘सरकारलाई बलियो बनाउनु पर्ने छ । प्रभावकारी काम गर्नुपर्ने अवस्था छ ।’… Continue reading प्रचण्डलाई विश्वासको मत दिन एमालेको ह्वीप
ओली र राजेश हमालबीच सिनेमा संवाद हुने
काठमाडौं । अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को सातौँ संस्करणमा चलचित्रका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तर्क्रियामध्ये एउटा शत्रमा ‘दिग्गज नेता र अभिनेता संवाद’ राखिएको छ । नेता र अभिनेताबिचको संवाद राष्ट्रिय सभागृहको हलमा निःशुल्क अवलोकन गर्न पाइने छ ।… Continue reading ओली र राजेश हमालबीच सिनेमा संवाद हुने
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज
काठमाडौं । आज राष्ट्रिय सभा अध्यक्षका लागि मतदात हुँदैछ । बिहान ११ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ । अध्यक्षका लागि युवराज शर्मा र नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार नेपाली कांग्रेसबाट शर्मा र सत्ता गठबन्धनबाट दाहालले उम्मेदवारी दर्ता गरेका हुन् । निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना… Continue reading राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज
राष्ट्रिय सभा अध्यक्षमा आज उम्मेदवारी दर्ता
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनअन्तर्गत् आज उम्मेदवारी दर्ता हुँदैछ। संघीय संसद् सचिवालयले मंगलरबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ। जसअन्तर्गत् आज उम्मेदवारी दर्ता हुन लागेको हो। उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय छुट्टयाइएको छ। आजै दिउँसो साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुनेछ। सत्ता गठबन्धनमा माओवादी केन्द्रले राष्ट्रिय सभाको… Continue reading राष्ट्रिय सभा अध्यक्षमा आज उम्मेदवारी दर्ता
उपनिर्वाचनमा उम्मेदारीबारे निर्णय गर्न रास्वपाको केन्द्रिय समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने छ । तिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाको बझाङ क्षेत्र नम्बर १ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको तयारीको विषयमा बैठकमा छलफल हुने बताइएको छ । चार वटा मन्त्रालयसहित सरकारमा… Continue reading उपनिर्वाचनमा उम्मेदारीबारे निर्णय गर्न रास्वपाको केन्द्रिय समिति बैठक बस्दै
ओस्कारमा ‘ओपेनहाइमर’को वर्चस्व
काठमाडौं । ९६ औं ओस्कार अवार्डमा ‘ओपेनहाइमर’ले धुम मच्चाएको छ । आणविक बमका आविष्कारक भौतिकशाष्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले ७ विधामा जित हाँसिल गर्यो । फिल्मले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, बेस्ट स्कोरसहित अवार्ड जित्यो । क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बन्दा किलियन मर्फीले अभिनेता विधामा बाजी मारे । रोबर्ट डाउने… Continue reading ओस्कारमा ‘ओपेनहाइमर’को वर्चस्व
राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दाहाललाई उठाउने
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ । नेपाली कांग्रेसले भने युवराज शर्मालाई उम्मेदवार… Continue reading राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दाहाललाई उठाउने