Category: कला / साहित्य

  • नेकपा एसको अध्यक्षमा माधव नेपाल सर्वसम्मत

    नेकपा एसको अध्यक्षमा माधव नेपाल सर्वसम्मत

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्। काठमाडौंमा भएको महाधिवेशनबाट अध्यक्षमा नेपाल चयन भएका हुन्। नेपाल यसअघि पनि एकीकृत समाजवादीको अध्यक्ष नै थिए।

    बिहीबार नै बसेको सचिवालय बैठकले अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई चयन गर्ने सहमति गरेको थियो। उक्त सहमतिलाई महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले महाधिवेशन हलमा पेस गरेका थिए। महाधिवेशन हलले उनीहरूलाई सर्वसम्मत चयन गर्ने सचिवालयको निर्णय अनुमोदन गरेको हो।

    गत असार १६ गतेदेखि काठमाडौंको कमलादीमा एकीकृत समाजवादीको १० औं महाधिवेशन चलेको थियो। बिहीबार अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसहमतिमै टुंगो लगाएको एकीकृत समाजवादीले शुक्रबारसम्म थप पदाधिकारी र केन्द्रीय सदस्य पनि सहमतिबाटै टुंगो लगाउने भएको छ।

    सम्मानित नेता खनालले शुक्रबारसम्म बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो सहमतिबाटै लगाइने महाधिवेशन हलमा बताएका छन्। एकीकृत समाजवादीमा पदाधिकारी संख्या २१ सदस्यीय र केन्द्रीय समिति सदस्य संख्या २९९ सदस्यीय छ।

  • लुम्बिनी प्रदेश सरकारबाट फिर्ता भयो एमाले

    लुम्बिनी प्रदेश सरकारबाट फिर्ता भयो एमाले

    काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्तासँगै लुम्बिनी प्रदेश सरकारमा रहेका एमालेका पाँच जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री जोखबहादुर महरालाई बिहीबार बेलुका सरकारी निवासमा भेटेर मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् । आर्थिक मामिला मन्त्री चेतनारायण आचार्य, शहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकाल, आन्तरिक मामिला मन्त्री दिनेश पन्थी, सामाजिक विकास मन्त्री रत्न खत्री र वन तथा वातावरण मन्त्री अर्जुन केसीले राजीनामा दिएका छन् ।

    आजै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ । यसको जानकारी प्रदेश प्रमुख र सभामुखको सचिवालयमा समेत गराइसकेको संसदीय दलका नेता लिला गिरीले जानकारी दिए । एमालेले समर्थन फिर्ता लिएसँगै लुम्बिनी सरकार अल्पमतमा परेको छ । एमालले केन्द्रमा प्रचण्ड सरकारलाई दिएको समर्थन बुधबार फिर्ता लिएको थियो । आज बिहीबार मात्रै सुदूरपश्चिम सरकारलाई दिएको समर्थन पनि एमालेले फिर्ता लिएको छ ।

  • प्रचण्डले सहयोग मागेपछि रास्वपा ब्याक, मन्त्रीले बुझाएनन् राजिनामा

    प्रचण्डले सहयोग मागेपछि रास्वपा ब्याक, मन्त्रीले बुझाएनन् राजिनामा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने निर्णय लिएको छ । प्रधानमन्त्री प्रचण्डले मूख्य साझेदार एमालेको समर्थन फिर्ता लिएसँगै उनी कामचलाउ हैसियतमा पुगेका छन् । अबको ३० दिनमा उनले संसदबाट विश्वसको मत नलिए उनको पद स्वतल्ः निष्कृय हुनेछ । बिहीबार रास्वपका मन्त्रिहरु प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा बुझाउने तयारीमा थिए ।

    बालुवाटार पुगेका उनीहरुसँग प्रधानमन्त्रीले सहयोग मागे । बिहान ८ बजे चिठी बोकेर पुगेर पुगेका मन्त्रीहरुमा पार्टी सभापति तथा उपप्रधानमन्त्री रवि लामिछाने सहित पार्टीका उपसभापति समेत रहेका श्रममन्त्री डिपी अर्याल थिए । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार उनीहरुसँगै थिए ।

    प्रचण्डले भने आफूले संसदमा विश्वासको मत लिने तयारी गरेको भन्दै त्यसबेलासम्म कुर्न आग्रह गरे । प्रधानमन्त्रीसँग बैठकपछि पार्टीका संसदीय दल प्रमुख सचेतक सन्तोष परियारले भने, ‘उहाँले विश्वासको मत लिन्छु, म सदन फेस गर्छु भनिसकेपछि उहाँको संवैधानिक अधिकारलाई त सम्मान गरिदिनुपर्‍यो नि ।’

    सत्ता गठबन्धनमा आफ्नो पार्टी साझेदार भइसकेपछि सरकार नढल्दासम्म आफ्नो जिम्मेवारी रहिराख्ने रास्वपा नेतृत्वको तर्क छ । प्रमुख सचेतक परियार भन्छन्, ‘हामीले प्रधानमन्त्रीलाई विश्वासको मत लिन ढिला नगर्नुस् भनेका छौं, प्रधानमन्त्रीले म विश्वासको मत लिँदैछु भनिसकेपछि सत्ता साझेदार दलका हिसाबले जिम्मेवारी हाम्रो पनि हो नि त ।’

  • नेकपा एसको नयाँ नेतृत्वका लागि आज मतदान

    नेकपा एसको नयाँ नेतृत्वका लागि आज मतदान

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दैछ । नेकपा एसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । एकीकृत समाजवादीको अध्यक्ष पदमा हालका अध्यक्ष माधव कुमार नेपाल र महासचिव घनश्याम भूसाल दाबेदार छन् ।

    माधव नेपालले अध्यक्ष पद नछाड्ने भएपछि झलनाथ खनाल पक्षले भुसाललाई अघि सार्न लागेको हो । नेतृत्व चयन सकेसम्म सहमतिमा र सहमति नभए मतदानमार्फत् गर्ने तयारी गरिएको छ । महाधिवेशनको तेस्रो दिन हिजो महाधिवेशनमा प्रस्तुत गरिएका विभिन्न दस्तावेज अनुमोदन गरिएको थियो ।

    महाधिवेशन प्रतिनिधिद्वारा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई सुझावसहित अनुमोदन गरिएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचन मण्डललाई दिएको छ । निर्वाचनमण्डलले निर्वाचन प्रक्रियाअन्तर्गत मतदाता नामावली प्रकाशनको तयारी गरेको छ ।

    आज मनोनयन दर्ता गर्ने, दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय, मतदानको कार्यसूची तोकिएको छ । पार्टी केन्द्रीय कमिटी, अनुशासन र लेखापरीक्षण कमिटीले संयुक्त रुपमा निर्वाचन निर्देशिका निर्माण गरेको छ । प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्य केन्द्रीय कमिटीमा प्रतिनिधित्व रहने सुनिश्चितता कायम गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

    असार १६ देखि २० गतेसम्म चल्ने महाधिवेशनले २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । निर्वाचन विद्युतीय उपकरणबाट गरिने जनाइएको छ । एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि आवश्यक प्रशिक्षण प्रदान गरिएको छ ।

  • कारवाहीमा परे रास्वपा प्रवक्ता ढकाल

    कारवाहीमा परे रास्वपा प्रवक्ता ढकाल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई कारवाही गरेको छ । उनी निलम्बनमा परेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनसम्म निलम्बन गरेको हो । केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटासँग परामर्श गरेर ढकाललाई सात दिनका लागि निलम्बन गरिएको हो । झाका अनुसार केन्द्रीय समितिले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी समेत दिएको छ ।

    साथै, ढकालको गतिविधिका सम्बन्धमा यथोचित कारबाहीको सिफारिस सहितको प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन समेत दिइएको छ । बुधबारको केन्द्रीय समिति बैठकमा बोल्न नपाएको भन्दै मुखमा कालो टेप लगाएर बसेका ढकालले आफूलाई ‘ह्यारेसमेन्ट’ गरिएको भन्दै बैठकको बीचबाटै बाहिरिएका थिए । मिडियाकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी सभापति रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।

  • रास्वपाका मन्त्रीले सामुहिक राजिनामा दिँदै

    रास्वपाका मन्त्रीले सामुहिक राजिनामा दिँदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले सामुहिक राजीनामा दिने भएका छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने तयारी छ । बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए ।
    नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ ।

    प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्न लागेका हुन् । सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् । मंगलबार बसेको रास्वपाको पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनको सरकारमा सहभागी नहुने निर्णय गरेको थियो ।

  • कांग्रेसले भन्यो : एमाले-कांग्रेसले पालैपालो सरकारको नेतृत्व गर्छन्

    कांग्रेसले भन्यो : एमाले-कांग्रेसले पालैपालो सरकारको नेतृत्व गर्छन्

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार बनाउने गरी नेकपा (एमाले) सँग सहमति भएको औपचारिक रुपमा सार्वजनिक गरेको छ । असार १७ गते सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच यो सहमतिमा हस्ताक्षर भएको र बुधबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेको कांग्रेसले जनाएको छ। ‘नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच २०८१ असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी सहमतिलाई यो बैठक स्वागत गर्दै समर्थन गर्दछ,’ बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न गठबन्धन बनाइएको पनि विज्ञप्तिमा उल्लेख छ। ‘संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओली र दोस्रो पटक कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्त गर्दछ,’ कांग्रेसको निर्णयमा उल्लेख छ।

    कांग्रेस र एमालेबीच नेपालको संविधानको धारा ७६ (२) बमोजिम ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमत भएका छन्। साथै उनीहरूले कांग्रेस र एमाले गरी प्रतिनिधि सभामा स्पष्ट बहुमत देखिएको अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु लाई राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न पनि कांग्रेसले आग्रह गरेको छ।

  • एमालेका नेताले दिए सामुहिक राजिनामा

    एमालेका नेताले दिए सामुहिक राजिनामा

    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेका आठ मन्त्रीले राजीनामा दिएका छन्। बुधबार साँझ एमालेका आठ मन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा पत्र बुझाए ।

    उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, खानेपानी मन्त्री राजेन्द्र राई, कृषि मन्त्री ज्वालाकुमारी साह, महिला मन्त्री भगवती चौधरी, उद्योग मन्त्री दामोदर भण्डारी, रक्षामन्त्री हरि उप्रेती र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राजीनामा दिएका हुन्।

    बुधबार अपराह्न नेकपा एमालेले पुष्पकमल दाहाल ुप्रचण्डु नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। नयाँ समीकरण बनिसकेकोले प्रधानमन्त्री प्रचण्डले पद त्याग्न नमानेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने स्थितिमा पुगेको हो।

    यसअघि मंगलबार बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको थियो। मंगलबार बेलुका बसेको सचिवालय बैठकले निर्णय गर्ने जिम्मा पार्टी अध्यक्षलाई दिएको थियो। त्यही अनुसार एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको हो।

    सत्तारूढ दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्छ। तर यस्तो प्रक्रिया समर्थन फिर्ताको सूचना संसदलाई दिएपछि मात्र सुरू हुन्छ। अर्थात् एमालेले संसदलाई समर्थन फिर्ताको औपचारिक जानकारी गराएको तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ।

  • कांग्रेस कार्य सम्पादन समितिको बैठक

    कांग्रेस कार्य सम्पादन समितिको बैठक

    काठमाडौं । नेकपा एमालेसँग सत्ता सहकार्यको समझदारी अनुमोदन गर्न नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठक आज बिहान नौ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको छ । एमालेसँग कांग्रेसले गरेको गठबन्धनका लागि भएका समझदारीलाई अनुमोदन गर्न कार्य सम्पादन समितिको बैठक बोलाइएको हो ।

    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन जारी गरिएको छ । कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्ने र नयाँ सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने लगायतका विषयमा समझदारी भएको छ ।

    कांग्रेस–एमालेले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । तर प्रचण्डले तत्काल राजीनामा नदिने बरु संसदमा विश्वासको मत सामना गर्ने तयारी गरेका छन् ।

  • रास्वपा केन्द्रिय समिति बैठक बस्दै

    रास्वपा केन्द्रिय समिति बैठक बस्दै

    काठमाडौं । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक आज बिहान आठ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बोलाइएको छ । बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि छलफल हुने छ ।

    काग्रेस–एमालेले सत्ता गठबन्धन गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसँगै साझेदार रास्वपा दबाबमा छ । माओवादी केन्द्र र रास्वपा दुवैले तत्काल राजीनामा नदिने बताएका छन् । मंगलबार बसेको रास्वपा पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनले राजनीतिक स्थायित्व नदिने भन्दै उनीहरुको गठबन्धनमा सहभागी नहुने र तत्काल सरकार पनि नछोड्ने निर्णय गरेको थियो ।

    प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रास्वपाका चार मन्त्रीहरु छन् । पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

  • बुधबारसम्म राजिनामा दिन एमालेको प्रचण्डलाई आग्रह

    बुधबारसम्म राजिनामा दिन एमालेको प्रचण्डलाई आग्रह

    काठमाडौं । नेकपा एमालेले बुधबारसम्म राजीनामा दिई मार्ग प्रसस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएको सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गर्ने निर्णय गरेको हो ।

    एमालेले कांग्रेससँग भएको सहमति अनुसार अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन अरु दललाई पनि सहभागी हुन आह्वान गरेको छ । सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सरकारको नेतृत्वमा आलोपालो गर्ने र सुरुमा ओली प्रधानमन्त्री हुने सहमति भएको छ ।

  • एसईई परीक्षाको पुरक परीक्षाको समय तालिका सार्वजनिक

    एसईई परीक्षाको पुरक परीक्षाको समय तालिका सार्वजनिक

    काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा (ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ। कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो। यस पटक सबै विद्यार्थीलाई मौका परीक्षाको अवसर दिइएको हो ।

  • कांग्रेस-एमालेको सहमतिलाई बालेनको व्यङ्ग्य : यो समय गिरिबन्धु चियाको हो

    कांग्रेस-एमालेको सहमतिलाई बालेनको व्यङ्ग्य : यो समय गिरिबन्धु चियाको हो

    काठमाडौं । कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमतिलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यङ्ग्य गरेका छन् । उनले सामाजिक सञ्जालमा केपी शर्मा ओली र शेर बहादुर देउवाको तस्वीर राख्दै लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाउँ भाले ।’ उनले सोही स्टाटसको मुनी गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्ग एकपल्टलाई बेच्न दिने विधेयक संसदबाट पास भएको समेत उल्लेख गरेका छन् ।

    नेपाल मजदुर किसान पार्टी र नेपाली कांग्रेसका केही नेताले विरोध गरे पनि यसमा एमाले,माओवादी र रास्वपाले समर्थन गरेको उनको भनाई छ । यस विधेयकमा अब कांग्रेसले सहमति जनाउने र राजस्व र माओवादीले चर्को विरोध गर्ने भन्दै उनले यसलाई सत्ता स्वार्थका रुपमा अर्थाएका छन् ।

  • कांग्रेससँग मिलेर प्रचण्ड सरकार ढाल्ने सहमति गरेको एमालेले बोलायो सचिवालय बैठक

    कांग्रेससँग मिलेर प्रचण्ड सरकार ढाल्ने सहमति गरेको एमालेले बोलायो सचिवालय बैठक

    काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। सोमबार मध्यरातमा नेपाल कांग्रेससँग मिलेर प्रचण्ड सरकार ढाल्ने सहमति गरेको एमालेले आज दिउँसो सचिवालय बैठक बोलाइएको हो । कांग्रेससँगको सहमतिबारे ब्रिफिङ गर्न सचिवालय बैठक बोलाइएको बताइएको छ ।

    हिजो राति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीका बीचमा सहमतिको हस्ताक्षर भएको छ । उनीहरुबीचमा निर्वाचन, शासकीय प्रणालीका विषयमा संविधान संशोधन गरेर जाने विषयमा सहमति भएको छ।
    एमाले र कांग्रेस मिलेर सरकार बनाउने र पहिलो कार्यकालको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गर्ने सहमति समेत जुटेको छ ।

  • एमालेसँगको समझदारीबारे व्रिफिङ गर्न देउवाले बोलाए पदाधिकारी बैठक

    एमालेसँगको समझदारीबारे व्रिफिङ गर्न देउवाले बोलाए पदाधिकारी बैठक

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ । बैठक आज बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बोलाइएको हो । बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने भएको छ । कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने समझदारी भएको छ ।

    समझदारीलाई अन्तिम रुप दिने तयारी गरिएको छ । समझदारी पत्रलाई आज अन्तिम रुप दिएर दुवै दलका शीर्ष नेताले हस्ताक्षर गर्ने भएका छन् । दुई दलका नेताहरुबीच मध्यरातसम्म भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली सुरुका दुई वर्ष र शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी बनाइएको छ ।

  • संविधान संशोधनसम्म पुग्ने गरी कांग्रेस र एमालेबीच सहमति

    संविधान संशोधनसम्म पुग्ने गरी कांग्रेस र एमालेबीच सहमति

    काठमाडौं । कांग्रेस र एमालेबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने सममति बनेको छ । सुरुको चरण एमाले अध्यक्ष ओलीले, दोस्रो चरणमा कांग्रेस सभापति देउवाले सरकार चलाउने सहमति जुटेको नेताहरुले बताएका छन् ।

    संविधानको धारा ७६ (२) अन्तर्गतबाटै सरकार बनाउन चाहेका यी दलले संविधानको व्याख्याबारे राष्ट्रपति कार्यालयको स्पष्टता चाहेको समेत बताइएको छ । ललितपुरमा एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकसहितको छलफलमा यो समझदारीको प्रारम्भिक खाका तयार पारिएको छ ।

    खाका तयार गरिसकेर नेताहरु सभापति देउवा र अध्यक्ष ओलीसहित एक व्यवसायीको महाराजगन्जस्थित निवासमा छलफल गरेका थिए । छलफलमा सहभागी एक नेताका अनुसार सहमतिको प्रारम्भिक खाका अनुसार उनीहरुले प्रदेश सरकारहरुमा पनि ३–३ वटा सरकार बाँडेका छन् ।

    मधेश प्रदेशमा चाहिँ मधेशकेन्द्रित दलकै नेतृत्व हुन सक्ने उनीहरुको समझदारी छ । उनीहरुले संविधान संशोधनका लागि प्रारम्भिक सहमतिको खाका तयार गरेका छन्, जसमा समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसद लाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी छ ।

    प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिट संख्याबारे पनि पुनर्विचार गर्न सकिने सम्भावनाबारे समेत छलफल भएको छ । पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्न संविधान संशोधन प्रस्तावमा सहमति गर्ने सम्भावना छ ।

    संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने उनीहरुले तयारी गरेका छन् । प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने विकल्पबारे उनीहरुबीच छलफल भएको छ । देउवा र ओलीले हस्ताक्षर गरेर सहमतिलाई पूर्णता दिने तयारी छ ।

  • कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति, प्रचण्ड सरकार ढल्ने

    कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति, प्रचण्ड सरकार ढल्ने

    काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ । यससँगै प्रचण्ड सरकार ढल्ने भएको छ । सोमबार मध्यराति दुई दलबीच सत्ता सहकार्य गर्ने बारे सहमति जुटेको हो । ललितपुरमा एक होटलमा दुई दलका दोस्रो तहका नेताले लिखित सहमतिको मस्यौदा बनाएका छन् ।

    दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ । दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको स्रोतले जानकारी दिएको छ ।

  • के प्रचण्डको कुर्सी हल्लिएकै हो ?

    के प्रचण्डको कुर्सी हल्लिएकै हो ?

    काठमाडौं । सत्ता समीकरणमा उथलपुथल हुने चर्चाले सोमबार राजनीतिक वृत्तमा ठूलै हलचल ल्यायो । तर, सत्तारुढ घटकका शीर्ष नेताले भने यसको खण्डन गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसलाई अस्वीकार गरेका छन् । मन्त्रिपरिषद्को सोमबार सिंहदबारमा बसेको बैठकमा उनले समीकरण भत्किने हल्लामा सत्यता नभएको बताए । उनले मन्त्रीहरुलाई हल्लाको पछि नलाग्न आग्रह गरे ।

    सोमबार बिहान एमाले अध्यक्ष केपी ओलीसँग बालुवाटारमा तीन घण्टा लामो छलफल गरेपछि बसेको मन्त्रिपरिषद् बैठकमा दाहालले सरकार केही नहुने दाबी गरे । माओवादी उपमहासचिव एबं उर्जामन्त्री शक्ति बस्नेतले मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले समीकरण फेरिने चर्चाबारे उल्लेख गर्दै हाल त्यस्तो केही नहुने बताएको जानकारी गराए ।

    दाहालले सोमबार बेलुका माओवादीका केही पदाधिकारीसँग भएको भेटमा कांग्रेसले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको भए पनि तत्काल स्वीकार नगरेको आफूलाई बताएको जानकारी दिएका थिए । ‘कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार बालकोट निवासमा ओलीसँग भेटवार्ता गरेका थिए । त्यही वार्तामा उनले ओलीलाई ‘राष्ट्रि सहमतिको सरकार बनाउने’ भन्दै प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए ।

    ओली र दाहालबीच दरी बढ्नुको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा विवाद, संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयकमा देखिएको बिवाद हो । एउटै सत्ता समीकरणमा भए पनि विधेकमा पीडित केन्द्रित प्रावधानमा परिभाषा के हुने, गम्भीर मानवअधिकार उल्लंघनकर्तालाई कुन हदसम्मको कारबाही हुने ? पीडितले मेलमिलाप गर्न नचाहे के गर्ने लगायत विषयमा एमाले र माओवादीबीच सहमति हुन सकेको छैन ।

    टीआरसी विधेयकका यी विषयमा बिहीबार एमाले र माओवादी नेताबीच चर्काचर्की भएको थियो । कांग्रेसका नेताले सत्तारुढ दल एमाले र माओवादीबीच सहमति नभएकाले विधेयक संसदमा रोकिएको आरोप लगाएपछि यी दुई दलका नेताबीच असहज अवस्था आएको बताइएको छ । मन्त्रिपरिषद बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताइन् ।

  • नागरिक उन्मुक्ति पार्टीमा भाँडभैलो, रन्जितालाई संसदीय दलको नेताबाट हटाइयो

    नागरिक उन्मुक्ति पार्टीमा भाँडभैलो, रन्जितालाई संसदीय दलको नेताबाट हटाइयो

    काठमाडौं । रञ्जिता श्रेष्ठलाई नागरिक नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट हटाइएको छ । आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो । प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । जसमध्ये गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी (रेशम चौधरीका बुबा)ले श्रेष्ठलाई दलको नेताबाट हटाएका हुन् ।

    गंगा चौधरीलाई दलको नेता चयन गरेपछि प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिइएको छ । दलको नेता परिवर्तनको निर्णय गरिएको विषय अहिले बहुमत सांसदहरूले शीर्ष नेताहरूलाई जानकारी गराइसकेका छन्।

  • इरान राष्ट्रपति निर्वाचन : पहिलो चरणमा पुगेन बहुमत

    इरान राष्ट्रपति निर्वाचन : पहिलो चरणमा पुगेन बहुमत

    काठमाडौं । इरानमा सम्पन्न राष्ट्रपति निर्वाचनमा कसैको पनि बहुमत नपुगेको इरानी सञ्चारमाध्यमले जनाएका छन् । अब दोस्रोपटक मतदान हुने भएको छ । दोस्रो पटकको मतदान ५ जुलाईमा तोकिएको छ । इरानका तत्कालीन राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि त्यहाँ शुक्रबार राष्ट्रपति पदको निर्वाचन भएको हो । प्रतिस्पर्धामा कट्टरपन्थी उम्मेदवार सइद जलिली र सुधारवादी नेता मसुद पेजेशकियान छन् ।

    मसुदले सबैभन्दा धेरै भोट पाएका छन् । चुनाव आयोगका प्रवक्ता मोहसेन इस्लामीले सरकारी टेलिभिजनमार्फत् नतिजा सार्वजनिक गर्दै २ करोड ४५ लाख मतमध्ये मसुदले १ करोड ४० लाख र जलिलीले ९४ लाख मत प्राप्त गरेको जानकारी दिए । सबैभन्दा धेरै मत ल्याए पनि मसुदले बहुमत हासिल गर्न भने सकेनन् । बीबीसीका अनुसार बहुमत हासिल गर्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । त्यसैले ५ जुलाईमा पुनः निर्वाचन हुने बीबीसीले जनाएको छ ।

    सबैभन्दा धेरै भोट पाएका मसुदले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् । उनले ५ जुलाईको निर्वाचनमा अधिक भाग लिन र देशलाई गरिबी, भेदभाव र अन्यायबाट जोगाउने पक्षमा उभिन आह्वान गरेका छन् । गत शुक्रबार भएको निर्वाचनमा एकदमै कम भोट खसेको बीबीसीले जनाएको छ । त्यसो हुनुमा इरानको सरकारप्रति बढ्दो असन्तोष कारण हुनसक्ने अनुमान छ ।

  • एसईईको पुरक परीक्षा २३ साउनबाट

    एसईईको पुरक परीक्षा २३ साउनबाट

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पुरक) परीक्षा २३ साउनदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शिक्षा मन्त्रालयको बैठकले २३ साउनबाट पुरक परीक्षा सुरु गर्ने निर्णय गरेको हो ।

    ‘२३ साउनबाट ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ । त्यहीअनुसार बोर्डले तयारी गर्नेछ,’ मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले भने । यसअघि दुई विषयमा नन ग्रेडेड (अनुत्तीर्ण) विद्यार्थीका लागि बोर्डले १८, १९ साउनमा परीक्षा गर्ने सूचना जारी गरेको थियो ।

    तर मन्त्रालयले शुक्रबार दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई परीक्षामा सहभागी गराउने निर्णय गरेपछि परीक्षा मिति पछि सरेको हो । अहिले पास भएका र पुरक परीक्षा दिने विद्यार्थीको पढाइमा ‘ग्याप’ कम गर्नका लागि असोजको पहिलो हप्ताभित्र नतिजा सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ ।

    प्रवक्ता दाहालले भने ‘बोर्डले नतिजा र प्रश्नपत्र तयारको काम गर्ने अरू काम प्रदेशले गरेपछि छिटो र गुणस्तरीय हुन्छ भन्ने हाम्रो बुझाइ छ ।’ बिहीबार प्रकाशित एसईईको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ विद्यार्थी नन ग्रेडेड भएका छन् ।

  • रास्वपाले महामन्त्रीलाई सोध्यो स्पष्टीकरण

    रास्वपाले महामन्त्रीलाई सोध्यो स्पष्टीकरण

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर पार्टीले स्पष्टीकरण सोधेको छ । ढकाललाई पार्टीको अनुशासन आयोगले शुक्रबार पत्र पठाएर स्पष्टीकरण सोधेको हो। महामन्त्री ढकालले आफ्नो सचिवालयमा पत्र आइपुगेको जानकारी दिएका छन् । आफुलाई सभापतिबाहेक अरुले स्पष्टीकरण सोध्न नमिल्ने भन्दै उनले पत्र भने बुझेका छैनन् ।

    महामन्त्री ढकालले ३८ जिल्ला घुमेर तयार पारेको ३२ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेका कारण रास्वपाभित्र खैलाबैला मच्चिएको हो । सो प्रतिवेदनमा भएका महत्वपूर्ण बुँदासमेत महामन्त्री ढकालले सार्वजनिक गरेको भन्दै अनुशासन आयोगले ढकाललाई स्पष्टीकरण सोधेको हो । महामन्त्री ढकालले आफ्नो प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए ।

    तर अहिलेसम्म सो प्रतिवेदन सार्वजनिक भएको छैन । प्रतिवेदनमा समावेश विषयवस्तुबारे महामन्त्री ढकालले सार्वजनिक गरेको आरोप लागेको छ । सो प्रतिवेदनमा महामन्त्री ढकालले किन्तु र परन्तु नलगाइ प्रदेश संरचना खारेजीको पक्षमा उभिनुपर्ने उल्लेख गरेको बताएका थिए ।

  • रास्वपाले बोलायो केन्द्रिय समिति बैठक

    रास्वपाले बोलायो केन्द्रिय समिति बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न १९ असारमा केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय चमतिमा बस्ने बैठकको एजेण्डामा महामन्त्रीको समीक्षा प्रतिवेदनमाथि छलफल र विविध गरी दुई वटा राखिएको छ ।

    महामन्त्री ढकालले देशव्यापी भ्रमण गरेर तयार पारेको समीक्षा प्रतिवेदन बुधबार सभापति रवि लामिछानेलाई बुझाएका थिए । उनले पार्टीमा विभिन्न समस्या देखिएको भन्दै बेलैमा उपचार नगरे ०८४ को चुनावमा राष्ट्रिय पार्टी बन्न पनि नसक्ने निश्कर्ष निकालेका छन् ।

  • मदिरा सेवन गरी जहाज चढ्न लाग्दा गायक राजेश पायल राई फर्काइए

    मदिरा सेवन गरी जहाज चढ्न लाग्दा गायक राजेश पायल राई फर्काइए

    काठमाडौं । दुबई जान लागेका गायक राजेशपायल राई त्रिभुवन विमानस्थलमा रोकिएका छन् । फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका राई विमानस्थलमा रोकिएका हुन् । प्रहरी स्रोतका अनुसार अत्यधिक मदिरा सेवन गरेका कारण राईलाई रोकिएको हो । अ

    त्यधिक मदिरा सेवन गरेको भनेर जहाजले कम्प्लेन गरेको थियो । उनी नर्मल अवस्थामा भएपछि दुबई जान सक्ने बताइएको छ । उनी बोर्डिङ पास भएर जहाजमा समेत पुगिसकेका थिए । जहाजमा हो–हल्ला गर्न थालेपछि प्रहरीले उनलाई बाहिर निकालेको छ ।

  • एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

    एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज प्रकाशन हुँदैछ । बिहान १० बजेसम्म प्रकाशन गर्ने तयारी भएको छ । बुधबार नै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै आज प्रकाशन गर्न लागेको हो ।

    नतिजा प्रकाशनबारे निर्णय गर्न बिहानै राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाइएको छ । १५ चैत्रदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

    विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ ।

    लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरिने छ । तर, विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात २६.२५ अंक पाएको छैन भने प्रमाण पत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र ग्रेड वृद्धि परीक्षा नदिइ कक्षा ११ मा पढ्न पाउने छैनन् ।

    साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र नपाउने बोर्डले जनाएको छ । विद्यार्थीले २ विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।

  • नेपाल आइडल करणलाई प्रधानमन्त्रीले दिए बधाई

    नेपाल आइडल करणलाई प्रधानमन्त्रीले दिए बधाई

    काठमाडौं । नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाइ दिएका छन् । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिए ।

    बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए । सो अवसरमा प्रधानमन्त्रीले बधाइ दिँदै विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरे ।

  • निमित्त मूख्यसचिवको जिम्मेवारी गतडौलालाई

    निमित्त मूख्यसचिवको जिम्मेवारी गतडौलालाई

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव लीलादेवी गतडौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी छिन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवम् जनशक्ति व्यवस्थापन महाशाखाका सहसचिव प्रेमप्रसाद आचार्यका अनुसार कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने प्रावधान छ ।

    यसअघिका मुख्य सचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेपछि अर्याल स्वतः पदमुक्त भएका छन् । अर्यालसहित १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेको छ ।

  • नेपालको साक्षरता दर ७७.४ प्रतिशत, मधेशमा कम साक्षरता

    नेपालको साक्षरता दर ७७.४ प्रतिशत, मधेशमा कम साक्षरता

    काठमाडौं । नेपालको साक्षरता दर ७७.४ प्रतिशत पुगेको छ । नेपाल जीवनस्तर सर्वेक्षण २०२२–२३ ले नेपालको साक्षरता दर ७७ प्रतिशत नाघेको देखाएको छ । यसअघि राष्ट्रिय जनगणना २०७८ ले साक्षरता दर ७६.३ प्रतिशत पुगेको देखाएको थियो । यो ५ वर्ष सोभन्दा बढी उमेरका कुल जनसंख्याको साक्षरता दर हो । साक्षरतामा महिलाको तुलनामा पुरुषको साक्षरता दर माथि देखिन्छ । पुरुषको साक्षरता दर ८५.८ प्रतिशत र महिलाको साक्षरता दर ७०.१ प्रतिशत रहेको छ ।

    १५ वर्ष र सोभन्दा माथिको साक्षरता दर भने ७२.५ प्रतिशत रहेको छ । जसमा महिलाको साक्षरता दर ६४.१ प्रतिशत र पुरुषको साक्षरता दर ८२.९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । १५ वर्ष र सोभन्दा माथिका जनसंख्यामा सन् २०१०–११ को जीवनस्तर सर्वेक्षणले ५६.५ प्रतिशत मात्र साक्षरता दर रहेको देखाएको थियो । सन् १९९५–९६ मा गरिएको पहिलो जीवनस्तर सर्वेक्षणले यो उमेर समूहको साक्षरता दर ३५.६ प्रतिशत देखाएको थियो ।

    ५ वर्ष र सोभन्दा माथिको साक्षरता दरलाई प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै साक्षरता गण्डकी प्रदेशमा रहेको छ । सबैभन्दा कम मधेश प्रदेशमा रहेको छ । गण्डकीमा ८३.४ प्रतिशत साक्षरता रहेको छ । मधेशको साक्षरता दर ६८.३ प्रतिशत रहेको छ । महिला साक्षरता दर सबैभन्दा धेरै बागमतीमा देखिन्छ । यस प्रदेशमा ७६.८ प्रतिशत महिला साक्षरता दर रहेको छ । सबैभन्दा कम मधेश प्रदेशमा रहेको छ । यस प्रदेशको साक्षरता दर ५९.९ प्रतिशत रहेको छ । पुरुषमा सबैभन्दा धेरै साक्षरता दर गण्डकी प्रदेशमा रहेको छ । यस प्रदेशमा पुरुषको साक्षरता दर ९१.३ प्रतिशत पुगेको छ । सबैभन्दा कम साक्षरता दर मधेश प्रदेशमा ७७.९ प्रतिशत रहेको छ ।

    क्षेत्रगत रुपमा हेर्दा काठमाडौं उपत्यकाको सहरी इलाकामा सबैभन्दा धेरै ८९.६ प्रतिशत साक्षरता रहेको छ । जहाँ ९४.७ प्रतिशत पुरुष साक्षर रहेका छन् । सबैभन्दा कम मधेश प्रदेशको ग्रामीण भेगमा साक्षरता रहेको छ । मधेश प्रदेशको ग्रामीण भेगमा ६२.९ प्रतिशत मात्र साक्षरता रहेको पाइएको छ । जहाँ महिला जनसंख्याको आधा मात्र (५३.७ प्रतिशत) साक्षरता रहेको नेपाल जीवनस्तर सर्वेक्षणले देखाएको छ ।

  • पत्रकार महासंघको निर्वाचन २२ असारलाई तोकियो

    पत्रकार महासंघको निर्वाचन २२ असारलाई तोकियो

    काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन २२ असारमा तोकिएको छ । शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जसअनुसार मतदाताको अन्तिम नामावली प्रकाशन असार १२ गते हुनेछ । १३ गते उम्मेदवारको मनोनयन र नामावली प्रकाशन तथा १५ गते अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ । असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

  • कांग्रेसका सांसदलाई संसदमा अनिवार्य उपस्थिति हुन निर्देशन

    कांग्रेसका सांसदलाई संसदमा अनिवार्य उपस्थिति हुन निर्देशन

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्को बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएको छ । संसदीय दलको शुक्रबार बसेको बैठकले ९ गतेदेखि अनिवार्य उपस्थित हुन र बजेट निर्णयार्थ पेस गर्दा पार्टीको ह्वीप पालना गर्न निर्देशन दिएको हो । प्रमुख सचेतक रमेश लेखकले भने, ‘बजेटमा के पोजिसन राख्ने भनेर त्यही बेला निर्णय गर्छौं ।’