काठमाडौं । यो वर्षको मिस नेपाल नम्रता श्रेष्ठ बनेकी छिन् । फाइनलमा पुगेका कुल २० प्रतिस्पर्धीबाट उनी उत्कृष्ट बन्दै उपाधी जितेकी हुन् । देशभरबाट आएका २ सय भन्दा बढी आवेदनबाट २० जना छानेर अन्तिम प्रतिस्पर्धा गराइएको थियो । शनिबार राती काठमाडौंको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा अन्तिम प्रतिस्पर्धा आयोजना भएको हो । नम्रताले ‘मिस नेपाल वर्ल्ड’को… Continue reading नम्रता श्रेष्ठलाई मिस नेपाल वर्ल्ड २०२० उपाधी
Category: कला / साहित्य
त्रिवि व्यवस्थापन संकाय, स्नातकोत्तर तहको परीक्षा २ घण्टा मात्र हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायको स्नातकोत्तर तहको अन्तिम परीक्षा दुई घन्टा मात्रै हुने निर्णय गरिएको छ । त्रिविका अनुसार कोभिड१९ संक्रमण जोखिमका कारण परीक्षा समय घटाइएको हो । यसअघि स्नातकोत्तर (एमए) व्यवस्थापन संकायको परीक्षा चार घण्टासम्म सञ्चालन हुने गरेको थियो। कोरोना त्रास कायमै रहेकाले परीक्षा समय घटाउने निर्णय विश्वविद्यालयले गरेको हो । राष्ट्रिय परीक्षा… Continue reading त्रिवि व्यवस्थापन संकाय, स्नातकोत्तर तहको परीक्षा २ घण्टा मात्र हुने
यो वर्ष सबैभन्दा खोजी गरिएको शब्द ‘प्यान्ड्यामिक’
काठमाडौं । मेरियम वेब्स्टर शब्दकोशका प्रकाशकको भनाई अनुसार कुनै एक शब्दले युगकै परिभाषा बोल्छ । सन् २०२० मा यस्तै शब्दको चर्चा सर्वाधिक भएको छ । जसको नाम हो प्यान्ड्यामिक । महामारीका रुपमा चिनिने यो वर्ष इन्टरनेटमा सन् २०२० मा सबैभन्दा बढी खोजी गरिएको शब्द बन्न सफल भएको हो । मेरियम वेब्स्टर शब्दकोशले इन्टरनेटका माध्यमबाट वर्षभर… Continue reading यो वर्ष सबैभन्दा खोजी गरिएको शब्द ‘प्यान्ड्यामिक’
पाकिस्तानले फेरी बन्द गर्यो शैक्षिक संस्था, कोरोनाको दोस्रो लहर शुरु
इस्लामावाद । पाकिस्तानले दक्षिण एसियाली क्षेत्रमै सबैभन्दा प्रभावकारी रुपमा कोरोना भाइरसको संक्रमण नियन्त्रण गरी शैक्षिक संस्था खोलेको थियो । तर, भाइरसको दोस्रो लहरको चपेटामा आएसँगै उसले पुनः विद्यालय बन्दको घोषणा गरेको छ । साथै पाकिस्तानले सबै प्रकारका परीक्षा समेत स्थगित गरिदिएको छ । अब पाकिस्तानमा डेढ महिना लामो प्रतिवन्ध लागेको छ । पाकिस्तानी संचारमाध्यमहरुका अनुसार… Continue reading पाकिस्तानले फेरी बन्द गर्यो शैक्षिक संस्था, कोरोनाको दोस्रो लहर शुरु
लकडाउनपछि पहिलो पटक कक्षा १२ को परीक्षा शुरु
काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएपछि गत चैतयता नेपालमा कुनै पनि तहका परीक्षण संचालन हुन सकेका थिएनन् । तर, ८ महिनापछि पहिलो पटक कक्षा १२ को परीक्षा हलमै संचालन भएको छ । आजबाट परीक्षा प्रारम्भ भएको हो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभरबाट ४ लाख ३२ हजार ५ सय विद्यार्थीले परीक्षा दिँदैछन् । बिहान ८… Continue reading लकडाउनपछि पहिलो पटक कक्षा १२ को परीक्षा शुरु
मंगलबारबाट कक्षा १२ को परीक्षा, मापदण्ड पालना गर्न शिक्षा मन्त्रीको आह्वान
काठमाडौं । मंगलबारबाट कक्षा १२ को वार्षिक परीक्षा संचालनको तयारी पुरा भएको छ । कोरोना भाइरसको महामारीपछि पहिलो पटक विद्यार्थीलाई कक्षा कोठामै बोलाएर परीक्षा संचालनको तयारी भएको छ । यसै सन्दर्भमा शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले विद्यार्थीलाई कोरोना विरुद्धका स्वास्थ्य मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन आह्वान गरेका छन् । मन्त्री पोख्रेलले परीक्षा… Continue reading मंगलबारबाट कक्षा १२ को परीक्षा, मापदण्ड पालना गर्न शिक्षा मन्त्रीको आह्वान
भौतिक रुपमा स्कुल चलाउन कार्यढाँचा तय
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण करीव ७ महिनादेखि स्कुल बन्द छन् । भौतिक रुपमा स्कुल संचालनको वातावरण बनेको छैन । तर, अब भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७’ तयार पारेको छ । कार्यढाँचा अनुसार विद्यालय सञ्चालन गर्न अब पर्याप्त प्रकाश र हावा आवत–जावत हुने कक्षाकोठा चाहिने भएको छ ।… Continue reading भौतिक रुपमा स्कुल चलाउन कार्यढाँचा तय
हास्य कलाकार गजुरेलले जिते कोरोना
काठमाडौं । कोरोना भाइरसका कारण आइसीयूमा उपचार गराएर मनोज गजुरेल अन्ततः कोरोनालाई जित्न सफल भएका छन् । कोरोना भाइरस पुष्टी भएपछि घरमै आइसोलेसनमा बसेका उनी ११ दिन अगाडी भने अस्पताल भर्ना भएका थिए । निमोनियाका कारण उनमा बढी समस्या देखिएको थियो । अस्पताल बसाईपछि भने आफु घरमै आराम गरिरहेको सामाजिक संजालबाट गजुरेलले जानकारी गराएका छन्… Continue reading हास्य कलाकार गजुरेलले जिते कोरोना
महाकवि देवकोटाको ११२ औं जन्मजयन्ती आज
काठमाडौं । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती मनाइदैछ । देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको हो । दश वर्षका उमेरमा कविता लेख्न शुरु गरेका उनी नेपाली साहित्य क्षेत्रका कहिल्यै नअस्ताउने श्रष्टाका रुपमा रहेका छन् । देवकोटाले नेपाली साहित्यलाई महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत,… Continue reading महाकवि देवकोटाको ११२ औं जन्मजयन्ती आज
जिपिके फाउण्डेशन अमेरिकाद्वारा सबलपोष्टका प्रधान सम्पादक सम्मानित
न्युयोर्क सबल नेपाल मिडिया प्रालिद्वारा संचालित सबल नेपाल साप्ताहिक तथा सबलपोष्ट डिजिटल पत्रिकाका प्रधान सम्पादक अमृत पाण्डेयलाई जि पी कोइराला फाउण्डेशन अमेरिकाले सम्मान गरेको छ । कोरोना भाइरसको महामारीका बेला प्रवासमा रहेका नेपालीहरुको समस्या र मुद्दाहरुमा सक्रियतापूर्वक कलम चलाए वापत फाउण्डेशनले पाण्डेय सहित विश्वका विभिन्न देशमा क्रियाशिल नेपाली पत्रकारहरु अजयबाबु शिवाकोटी, मिना शर्मा, अंकुर लुइंटेल,… Continue reading जिपिके फाउण्डेशन अमेरिकाद्वारा सबलपोष्टका प्रधान सम्पादक सम्मानित
भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत, पाटनले पप गायक भिटेन (समिर घिसिङ) लाई पक्राउ नगर्न आदेश दिएको छ । गीत, संगीतका विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नभएको उच्च अदालतको ठहर छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले उनलाई धरपकड नगर्न प्रहरीका नाममा आदेश गरेको हो । उच्च अदालतले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको… Continue reading भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण
काठमाडौं । हास्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी स्वयमले त्यसको पुष्टी गरेका हुन् । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वास्थ्य परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको उनले उल्लेख गरेका छन् । उनका अनुसार दाजुमा संक्रमण पुटी भएको थियो । दाजुलाई अस्पताल लैजाने–ल्याउने क्रममा आफुलाई कोरोना सरेको हुन सक्ने गजुरेलको… Continue reading हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण
यो वर्ष कांग्रेसको चियापान नहुने
काठमाडौं । नेपाली कांग्रेसले यो वर्ष चाडबाडका उपलक्ष्यमा कुनै पनि चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ । कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन यस्तो समारोह गर्दै आएको छ । कोरोना भाइरस महामारीका कारण चाडपर्वका अवसरमा गरिने चियापान कार्यक्रम यो वर्ष नराखिएको कांग्रेसले जनाएको छ । २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई… Continue reading यो वर्ष कांग्रेसको चियापान नहुने
नृत्याङ्गना सिता सुबेदीको स्वरमा “जीवन कस्तो हुन्छ” गीत सार्वजनिक
न्युयोर्क एउटा खुट्टाले नृत्य गरेर सबैको मन जितिसकेकी नृत्यङ्गना सिता सुबेदी आफ्नै स्वरमा ‘जीवन कस्तो हुन्छ…’ गीत गाएकी छिन् । जीवनको भोगाई र अनुभव समेटिएको गीतका शब्द पनि उनी आफैले कोरेकी हुन् । क्लासिकल वन लेग डान्सरको रुपमा ख्याति कमाएकी सुबेदीले जीवन दर्शन बोकेको गीत युट्युब मार्फत सार्वजनिक गरेकी हुन् । सीता सुबेदी भन्ने बित्तिकै… Continue reading नृत्याङ्गना सिता सुबेदीको स्वरमा “जीवन कस्तो हुन्छ” गीत सार्वजनिक
नेपालका हिमालले रोमाञ्चित बनायो : बहराइन राजकुमार
काठमाडौं । बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफाले आफु नेपालका हिमाल र यहाँको प्राकृतिक सौन्दर्यबाट रोमाञ्चित बनेको बताएका छन् । मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्कने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । राजकुमार खलिफालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा बिदाइ गरेका छन् । राजकुमार… Continue reading नेपालका हिमालले रोमाञ्चित बनायो : बहराइन राजकुमार
सीटीईभिटीका परिक्षा मंसिर ८ बाट सुरु
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी)का विभिन्न तहका परीक्षा ८ मंसिरबाट सुरु हुने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण रोकिएका परीक्षा पुनः सुर गर्न लागिएको सीटीइभिटीले जनाएको छ । डिप्लोमा तहको नियमित तथा आंशिक सेमेस्टर र डेन्टल कन्भर्जनको परीक्षा ८ मंसिरबाट सुरु गर्ने निर्णय भएको छ । सिटीईभिटीका अनुसार परीक्षा पूर्वनिर्धारित… Continue reading सीटीईभिटीका परिक्षा मंसिर ८ बाट सुरु
कोरोना संक्रमितलाई लोकसेवाले परीक्षामा रोक लगाउन नपाउने
काठमाडौं । लोकसेवा आयोगले उत्तरपुस्तिकाबाट कोरोना भाइरस सर्ने भन्दै संक्रमित परीक्षार्थीले परिक्षामा भाग लिन नपाउने निर्णय गरेको थियो । यो निर्णय खारेज गर्न र सुरक्षित तरिकाले जाँच दिन पाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले संक्रमितको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । महामारीको अवस्थामा थुप्रै परीक्षार्थी प्रतिस्पर्धाबाट बञ्चित हुने… Continue reading कोरोना संक्रमितलाई लोकसेवाले परीक्षामा रोक लगाउन नपाउने
रमेश प्रसाईंको बोलिबाण र शव्द चयनको पाठ
योगेश आदी / [email protected] मेरो अधिकार कति ? मलाई के के भन्न मिल्दैन । कुन सम्बोधन मेरो अपमान हो ? मेरो बारेमा के के कुरा खोल्न म बाध्य छैन ? यो सबै व्यक्तिको कानूनन: अधिकार हो । चेतना र विवेकको स्तरले आफ्नो महत्व बोध गराएपछि आत्मसम्मानित जीवनको शुरुवात हुन्छ । आशय गलत नभएपनि कतिपय अवस्थामा हामीले… Continue reading रमेश प्रसाईंको बोलिबाण र शव्द चयनको पाठ
चैतयता रोकिएका सबै प्रकारका परीक्षा संचालन हुने
काठमाडौं । गत चैतयता रोकिएका सबै प्रकारका परीक्षा अब संचालन हुन भएका छन् । सरकारले कोरोनाबाट रोकिएको सबै परिक्षा सञ्चालनको अनुमति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार सुरक्षा मापदण्ड अपनाएर रोकिएको सबै परीक्षा सञ्चालन गर्न सकिने भएको छ ।… Continue reading चैतयता रोकिएका सबै प्रकारका परीक्षा संचालन हुने
दोलखाका निजी स्कुलले ५ महिनाको शूल्क नलिने
चरिकोट । देशभर निजी स्कुलले अविभावकबाट अनाधिकृत शुल्क असुल गरिरहेको खबर आइरहँदा निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)ले उदाहरणीय निर्णय गरेको छ । अब दोलखा भित्र संचालित निजी स्कुलले ५ महिनाको शुल्क नलिने भएका छन् । जिल्लाभर कुल ३३ वटा बोर्डिङ स्कुल छन् । उनीहरुले वैशाखदेखि भदौ महिना सम्मको कुनै पनि शुल्क नलिने भएका हुन्… Continue reading दोलखाका निजी स्कुलले ५ महिनाको शूल्क नलिने
जनकपुरमा आजबाट खुल्ने भए स्कुल
जनकपुरधाम । कुनै बेला कोरोना भाइरसको हटस्पट थियो तराई-मधेष । एकै दिन ठूलो संख्यामा भाइरसको संक्रमण र मृत्यु भइरहेको तराई भेग अब सामान्यतर्फ उन्मुख भइरहेको छ । यसै अवस्थाका बीच धनुषाको जनकपुरमा आजबाट स्कुल संचालनमा आउने भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले कोरोनाबाट चैतयता बन्द शैक्षिक संस्था सञ्चालनको निर्णय गरेको हो । उपमहानगरपालिकाको सोमबार बसेको बैठकले… Continue reading जनकपुरमा आजबाट खुल्ने भए स्कुल
पाकिस्तानले खोल्यो सबै शिक्षण संस्था
इस्लामावाद । कोरोना भाइरसको नियन्त्रणमा दक्षिण एसियामै सफल मुलुक पाकिस्तानले अन्ततः सबै प्रकारका शिक्षण संस्था खुला गरेको छ । महामारी नियन्त्रणका लागि बन्द गरिएका पाकिस्तानका सबै शैक्षिक संस्था बुधबारबाट सूचारु गरिएको हो । सरकारी अधिकारीहरुले झण्डै ६ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन भएको जानकारी गराएका छन् । पाकिस्तानी संचारमाध्यमहरुका अनुसार पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म… Continue reading पाकिस्तानले खोल्यो सबै शिक्षण संस्था
विवादमा फसेपछि यो वर्षको पद्मश्री पुरस्कार रद्द
काठमाडौं । यस वर्ष कुनै पनि श्रष्टाले पद्मश्री पुरस्कार नपाउने भएका छन् । यसअघि सञ्जीव उप्रेती र मोदनाथ प्रश्रितलाई यो पुरस्कार दिने निर्णय खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले गरेको थियो । तर, पात्रहरुबीच नै आरोप प्रत्यारोप र विवाद भएपछि अन्ततः पुरस्कार नै रद्द गरिएको छ । आइतबार यो वर्षको पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’… Continue reading विवादमा फसेपछि यो वर्षको पद्मश्री पुरस्कार रद्द
त्रिविमा रोकिएका परीक्षा छठपछि धमाधम
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कोरोना भाइरसको संक्रमणयता रोकिएका सबै परीक्षा छठपछि धमाधम सकिने भएको छ । त्रिभुवन विश्वविद्यालयले परीक्षाको तयारी थाल्न सरोकारवाला निकायलाई निर्देशन समेत गरिसकेको जानकारी विश्वविद्यालयले दिएको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले कोरोनाका कारण रोकिएका परीक्षा छठलगत्तै सञ्चालन गर्ने निर्णय गरेको छ… Continue reading त्रिविमा रोकिएका परीक्षा छठपछि धमाधम
यस वर्षको जगदम्बा–श्री शान्ति ठटाल र मदन पुरस्कार चन्द्रप्रकाश बानियाँलाई
यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’लाईकाठमाडौं । यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई दिइने भएको छ। मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को मदन पुरस्कार बानियाँ र जगदम्बा(श्री शान्ति ठटाललाई प्रदान गर्ने निर्णय गरेको हो। बानियाँको उपन्यासलाई सिखा पब्लिकेसनले बजारमा ल्याएको हो । ‘मदन पुरस्कार गुठीको साधारण सभा बैठकले… Continue reading यस वर्षको जगदम्बा–श्री शान्ति ठटाल र मदन पुरस्कार चन्द्रप्रकाश बानियाँलाई
स्व. राष्ट्रकवि माधव प्रसाद घिमिरेको सम्झनामा ‘उनको प्रीति’
काठमाडौं । नेपाली साहित्यका युगपुरुष राष्ट्रकवि स्व. माधव प्रसाद घिमिरेको सम्झनामा ‘उनको प्रीति पैले हो की , मेरो प्रीति पैले’ गीत सार्वजनिक भएको छ । राष्ट्रकवि घिमिरेले रचना गरेका गीत चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझीको संगितमा नयाँ भर्सनमा नयाँ कलाकारको साथ बजारमा आएको हो । रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत सार्वजनिक भएको गीतमा प्रविन बेडवाल… Continue reading स्व. राष्ट्रकवि माधव प्रसाद घिमिरेको सम्झनामा ‘उनको प्रीति’
विद्यालयहरुले अनलाइन कक्षा संचालनको शूल्क लिन पाउने
काठमाडौं । अब निजी विद्यालयहरुले अनलाइन कक्षा संचालन गरेवापत शुल्क लिन पाउने भएका छन् । सरकारले यसका लागि कानूनी व्यवस्थाबाटै प्रावधान गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका छन् । विद्यार्थी सिकाई सहजीकरण निर्देशिका ल्याउँदै मन्त्रालयले निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको दरमा शुल्क लिन… Continue reading विद्यालयहरुले अनलाइन कक्षा संचालनको शूल्क लिन पाउने
कथा : निशा
प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर “मेरो जीवन निकै छोटो छ । मलाई थाहा छैन म अब कति दिन बाँच्नेछु । जति दिन बाँच्नेछु, म तपाईकै अँगालोमा बाँच्न चाहन्छु” । यति बोल्दै निशाले मलाई बेसरी अँगालो मारिन् । मेरो छातिमा आफ्नो टाउको लुकाएर सुँक्क सुँक्क रोइन् । मैले आफ्नो छाति भिजेको महसुस गरेँ । हुन त आकास पनि… Continue reading कथा : निशा
न्युयोर्कमा राष्ट्रकविको सम्झनामा नेपाली रचना वाचन सम्पन्न
न्युयोर्क, सेप्टेम्बर ५, २०२० कोरोना महामारीबाट केही राहत महसुस गरेसँगै न्युयोर्क सहरमा सशरीर उपस्थित भई गरिने केही सामुहिक कार्यक्रम हुन थालेको छ । यसै बीच तारा – किशन फाउण्डेसनले आज आइतबार राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको सम्झनामा ‘नेपाली रचना वाचन’ नामक साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । तारा – किसन फाउण्डेसनको एकल आयोजनामा न्युयोर्कको फोरेष्ट पार्कको… Continue reading न्युयोर्कमा राष्ट्रकविको सम्झनामा नेपाली रचना वाचन सम्पन्न
जंगली राजा घाेषित सुंगुरकाे व्यथा
सुपेन्द्र बस्नेत, बोष्टन एक दिन जंगलकाे राजा सिंह शिकार खाएर टन्न भएपछि खुल्ला चाैरमा घाम ताप्दै सुतेर आराम गरिरहेकाे थियाे । त्यही बाटाे हुँदै एउटा सुंगुर आफुलाई सारै मन पर्ने स्थानमा लडिबुडी गरेर रमाइलाे मान्दै आफ्नाे वासस्थान फर्कदै थियाे । यसै क्रममा बाटाेमा अचानक दुबैकाे आमनेसामने जम्काभेट भयाे । सिंहलाई देख्ने बित्तिकै अब मरिने भइयाे… Continue reading जंगली राजा घाेषित सुंगुरकाे व्यथा