रहेनन् वरिष्ठ साहित्यकार ताना शर्मा

काठमाडौं । नेपाली साहित्वमा ताना शर्मा नामबाट परिचित तारानाथ शर्माको निधन भएको छ । शर्माको मंगलबार बिहान निधन भएको हो । इलाममा जन्मिएका उनी काठमाडौंमा सक्रिय रहे । काठमाडौँस्थित उनको निजी निवासमा निधन भएको हो । उनी मधुमेहबाट पीडित थिए । लेखन कृतिमा उनको योगदान ठूलो छ । प्रख्यात समालोचक तथा लेखक शर्माको जन्म विसं… Continue reading रहेनन् वरिष्ठ साहित्यकार ताना शर्मा

शताब्दी पुरुष जोशी उपचारपछि डिस्चार्ज

File rss

काठमाडौं । स्वास्थ्यमा सुधार आएसँगै संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी डिस्चार्ज भएका छन् । उनी सोमबार उपचारपछि घर फर्किएका हुन् । निमोनिया र स्वास प्रस्वासमा समस्या आएपछि उनी ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पताल भर्ना भएका थिए । उनी एक साता अस्पतालमा बसे । यसबीचमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिले स्वास्थ्यलाभको कामना गर्दै सन्देश पठाएका… Continue reading शताब्दी पुरुष जोशी उपचारपछि डिस्चार्ज

अभिनेत्री रेखा थापाले गरिन् कोर्ट म्यारिज

काठमाडौं । अभिनेत्री रेखा थापाले कोर्ट म्यारिज गरेकी छिन् । इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग उनले केही दिनअघि कोर्ट म्यारिज गरेको नेपाली संचारमाध्यमले लेखेका छन् । थापा नेपाली चलचित्र जगतमा सफल अभिनेत्री मानिन्छिन् । रेखा थापाले दोस्रो विवाह गरेकी हुन् । निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेद भएको थियो । रेखा र… Continue reading अभिनेत्री रेखा थापाले गरिन् कोर्ट म्यारिज

आजबाट विद्यालयहरु भौतिक उपस्थितिमै चल्ने

काठमाडौं । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेपछि बन्द भएका विद्यालयहरु आइतबार भौतिक उपस्थितिमै खुल्ने भएका छन् । कोरोनाको तेस्रो लहरका कारण विद्यालय एक महिनादेखि बन्द थिए । आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी नियमित दैनिक रुपमा नै विद्यालय जान पाउने भएका छन् । १२ वर्षभन्दा मुनिका बालबालिकालाई आलोपालो गरी पठनपाठन गराउनु पर्नेछ… Continue reading आजबाट विद्यालयहरु भौतिक उपस्थितिमै चल्ने

बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला, अबिर जात्रासहित भित्राइयो

काठमाडौं । ८ माघ शनिबारको राती ललितपुरको सुनाकोठी बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला परेको छ । महानगरीय प्रहरी परिसर जावलाखेलले २० दिनपछि भेटिएको मूर्ति सार्वजनिक गरेको हो । गत राती ललितपुरको हात्तीवन क्षेत्रमा रहेको करूणामयको मन्दिर क्षेत्रमा बोरामा पोको पारी फालेको अवस्थामा मूर्ति फेला परेको हो । हात्तीवनका स्थानीय बुढी आमाले बोरामा राखेको अवस्थामा… Continue reading बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला, अबिर जात्रासहित भित्राइयो

शताब्दी पुरुष जोशीको स्वास्थ्यबारे जानकारी लिन स्वाथ्यमन्त्री अस्पताल पुगे

File rss

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वांमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उनले जोशीलाई भेटेका हुन् । मन्त्री खतिवडाले उनको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । जोशी जिउँदो इतिहास भएको भन्दै उनको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको राससले… Continue reading शताब्दी पुरुष जोशीको स्वास्थ्यबारे जानकारी लिन स्वाथ्यमन्त्री अस्पताल पुगे

एसईई परीक्षाको तालीका सार्वजनिक, कुन दिन कुन विषय ?

फाइल तस्वीर

काठमाडौं । सरकारले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा ९ वैशाखबाट शुरु हुने छ । शुक्रबार परेको यो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा राखिएको छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुने तालीकामा उल्लेख छ । वैशाख ११ मा अनिवार्य गणित र १२… Continue reading एसईई परीक्षाको तालीका सार्वजनिक, कुन दिन कुन विषय ?

राप्रपाले कमल थापालाई भन्यो : पार्टी छाड्ने निर्णय पुनर्विचार गर्नुहोस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निवर्तमान अध्यक्ष कमल थापालाई पार्टी छाड्ने निर्णयबारे पुनर्विचार गर्न भनेको छ । मंगलबार थापाले पार्टी परित्याग गर्ने घोषणा गरेका थिए । यो निर्णयबारे पार्टीको धारणा बनाउन मंगलबार नै पदाधिकारी बैठक बसेको थियो । बैठकले यस्तो निर्णय गरेको हो । मंगलबार हेटौंडामा पूर्वअध्यक्ष थापाले पार्टी बाट अलग हुने घोषणा गरेका… Continue reading राप्रपाले कमल थापालाई भन्यो : पार्टी छाड्ने निर्णय पुनर्विचार गर्नुहोस

सोमबारसम्म मतदाता नामावलीमा नाम टिपाएका नागरिकले भोट हाल्न पाउने, आजबाट बन्द

File

काठमाडौं । निर्वाचन आयोगले मंगलबारबाट मतदाता नामावली संकलन बन्द गरेको छ । यससँगै सोमबारसम्म मतदाता नामावलीमा नाम टिपाएका नागरिकले मात्र भोट हाल्न पाउने छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा तोकेको छ । निर्वाचन कार्यतालिका एक–दुई दिनमा सार्वजनिक गर्ने र सोही अनुसार कार्य अगाडि बढाउने तयारीमा आयोग छ ।… Continue reading सोमबारसम्म मतदाता नामावलीमा नाम टिपाएका नागरिकले भोट हाल्न पाउने, आजबाट बन्द

अनुमति नलिइ विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थामाथि सरकारले कारवाही गर्ने

काठमाडौं । इजाजत नलिई अनधिकृत रुपमा विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थामाथि सरकारले कारवाही गर्ने भएको छ । गृह मन्त्रालयले यस्तो गरेको पाइए उजुरी दिन समेत सर्वसाधारणसँग आग्रह गरेको छ । विदेश जाँदा शैक्षिक संस्थाहरुले निर्णारण गरेको पक्रिया पूरा नहुने र अलपत्र पर्ने वा कतिपय अवस्थामा नेपालमै फिर्ता हुने गुनासो आएको भन्‍दै गृह मन्त्रालयले सोमबार विज्ञप्ति… Continue reading अनुमति नलिइ विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थामाथि सरकारले कारवाही गर्ने

१ फागुनबाट भौतिक उपस्थितिमै कक्षा संचालन गर्न पाइने

काठमाडौं । नेपालमा फागुन १ बाट भौतिक उपस्थितिमै विद्यालयमा कक्षा सञ्चालन गर्न पाइने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिसमा उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रशासन कार्यालयले आइतबार यस्तो निर्णय गरेका हुन् । फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने भएको छ । १२… Continue reading १ फागुनबाट भौतिक उपस्थितिमै कक्षा संचालन गर्न पाइने

आज बसन्त पञ्चमी, विद्याकी देवि सरस्वतीको पूजा आरधना गरिँदै

काठमाडौं । आज हिन्दुधर्मावलम्बीहरु बसन्त पञ्चमी पर्व मनाउँदैछन् । यस दिन विद्याकी देवी सरस्वतीको पूज आरधना गर्ने गरिन्छ । आज सरस्वती मन्दिरहरुमा पूजा गरिन्छ । ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभूलगायत विभिन्न सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड लाग्छ । आज हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम… Continue reading आज बसन्त पञ्चमी, विद्याकी देवि सरस्वतीको पूजा आरधना गरिँदै

चर्चित गायिका लता मंगेश्वरको स्वास्थ्य अवस्था चिन्ताजनक

मुम्बई । स्वर कोकिलाका नामबाट चर्चित भारतीय गायिका लता मंगेश्वरको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ । ९२ वर्षिय उनलाई कोरोना र निमोनिया देखिएपछि अस्पतालमा भर्ना गरिएको छ । उनको भेन्टिलेटरको सहायतामा उपचार जारी रहेको र स्वास्थ्य अवस्था निकै खराब बनेको चिकित्सकले बताएका छन् । उनलाई मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको छ । भारतीय समाचार… Continue reading चर्चित गायिका लता मंगेश्वरको स्वास्थ्य अवस्था चिन्ताजनक

निर्वाचन आयोगद्धारा निर्वाचन लक्षित मतपत्रको डिजाइन आह्वान

File

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी मतपत्र डिजाइन गर्न दरखास्त आह्वान गरेको छ । आयोगले शनिबार सूचना निकाल्दै मतपत्र, लोगो, निर्वाचन चिन्ह तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनको माग गरेको हो । निर्वाचनको समयमा आयोगले तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन सक्नेछन् ।… Continue reading निर्वाचन आयोगद्धारा निर्वाचन लक्षित मतपत्रको डिजाइन आह्वान

स्थगित भएका त्रिविका सबै परीक्षा सूचारु हुने

फाइलफोटो

काठमाडौं । कोभिड १९ को नयाँ भेरियन्टका कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा सूचारु हुने भएका छन् । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने ८ वटा परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बुधबार विभिन्न संकायका डिनसहित बसेको बैठकले स्थगित सबै परीक्षा फागुन एक गतेदेखि गर्ने निर्णय गरेको हो । त्रिविको सूचना अनुसार फागुन एक… Continue reading स्थगित भएका त्रिविका सबै परीक्षा सूचारु हुने

बालकुमारीबाट चोरी भएको मूर्तिबारे सूचना दिनेलाई ५ लाख पुरस्कार घोषणा

ललितपुर । ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारी माईको मूर्ति बारे सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिइने भएको छ । चोरी भएको एक सातासम्म पनि यो मूर्तिबारे प्रहरीले कुनै सुराक पाउन सकेको छैन । बालकुमारी गुठीले विशेष सूचना निकालेर पुरस्कार घोषणा गरेको हो। ललितपुर महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष बाबुराज महर्जनले विशेष सूचना… Continue reading बालकुमारीबाट चोरी भएको मूर्तिबारे सूचना दिनेलाई ५ लाख पुरस्कार घोषणा

स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने तयारी, सत्तारुढ दलको बैठकले तय गर्ने

File RSS

काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्ने सहमति सत्तारुढ दलमा जुट्दै गएपछि आज मितिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने बताइएको छ । प्रधानमन्त्री देउवाको जोड निर्वाचन आयोगको सिफारिस अनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले गठबन्धनले सोही… Continue reading स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने तयारी, सत्तारुढ दलको बैठकले तय गर्ने

माघ मसान्तसम्म भौतिक उपस्थितिमा कक्षा संचालन नहुने

काठमाडौं । माघ मसान्तसम्म भौतिक उपस्थितिमा शिक्षण संस्थामा कक्षा संचालन नहुने भएको छ । कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठन पाठन नगर्न सिफारिस गरेको हो । शुक्रबार बसेको बैठकले अहिलेपनि कोरोना महामारीको जोखिम रहेकाले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न मन्त्रिपरिषदमा सिफारिस गरेको छ । जनस्वास्थ्यका विज्ञहरुले मानिसहरुबीच… Continue reading माघ मसान्तसम्म भौतिक उपस्थितिमा कक्षा संचालन नहुने

प्याब्सनले भन्यो : २३ माघबाट विद्यालय खोलौं

सांकेतिक तस्वीर

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल (प्याब्सन) ले परिस्थितिको मूल्यांकन गरि २३ माघबाट विद्यालय खोल्न दिन माग गरेको छ । प्याब्सनले खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्थाको समेत माग गरेको हो । प्याब्सन केन्द्रीय कार्यसमितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेटेर कोरोना महामारीको परिस्थिति हेरेर… Continue reading प्याब्सनले भन्यो : २३ माघबाट विद्यालय खोलौं

बुधबार हुँदैछ राष्ट्रिय सभाको निर्वाचन, तयारी पुरा

File

काठमाडौं । बुधबार राष्ट्रिय सभा निर्वाचन हुँदैछ । मतदान गर्न सातवटै प्रदेशका केन्द्रमा आवश्यक तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी गराएको छ । राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । आयोगले मतदान गर्न आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ… Continue reading बुधबार हुँदैछ राष्ट्रिय सभाको निर्वाचन, तयारी पुरा

ढाका फिल्म महोत्सवमा दुई नेपाली फिल्मले जिते अवार्ड

काठमाडौं । ढाकामा संचालन भएको फिल्म महोत्सवमा दुई नेपाली फिल्मले अवाडी जित्न सफल भएका छन् । बंगलादेशको ढाकामा ‘ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ चलेको थियो । आइतबार सम्पन्न अवार्डको २० औं संस्करणमा चलचित्र ‘ऐना झ्यालको पुतली’बाट सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड र किरण पोखरेल निर्देशित ‘पुतलीको सपना’ले स्क्रिप्ट ल्याबतर्फ प्रथम पुरस्कार प्राप्त गरेको छ । ‘एसियन… Continue reading ढाका फिल्म महोत्सवमा दुई नेपाली फिल्मले जिते अवार्ड

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उमेदवारलाई विजयी गराउन आह्वान

File RSS

काठमाडौं । माघ १२ मा हुने राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका तर्फबाट संयुक्त रुपमा उठेका उम्मेदवारलाई विजयी गराउन पाँच दलीय गठबन्धनले अपिल गरेको छ । पाँच दलीय गठबन्धन समन्वय समितिका तर्फबाट अपील जारी गर्दै यस्तो आह्वान गरिएको हो । लोकतन्त्रको रक्षाका लागि साझा उम्मेदवार जिताउन आग्रह गरिएको छ । अपीलमा भनिएको छ, ’यही माघ १२ गते हुन… Continue reading राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उमेदवारलाई विजयी गराउन आह्वान

काठमाडौं महानगरले भन्यो : अध्ययन-अध्यापनमा वैकल्पिक माध्यम अपनाउनु

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका भित्र अध्ययन अध्यापनमा वैकल्पिक माध्यम प्रयोग गर्न सबै सरोकारवालालाई निर्देशन दिएको छ । कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढिरहेको भन्दै तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न काठमाडौंका विद्यालयलाई महानगरपालिकाले निर्देशन दिएको हो । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन… Continue reading काठमाडौं महानगरले भन्यो : अध्ययन-अध्यापनमा वैकल्पिक माध्यम अपनाउनु

राप्रपालाई हिन्दु राष्ट्र, गाई र राजसंस्थामा निर्वाचन आयोगको अंकुश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विधानबाट राजसंस्था र हिन्दु राष्ट्र नलेख्न निर्वाचन आयोगले निर्देशन दिएको छ। राप्रपाले पुस १० मा आफ्नो संशोधित विधान र केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गरी आयोगमा पेश गरेको थियो। आयोगले २ माघमा राप्रपालाई निर्देशनात्मक पत्र पठाएको छ । जसमा विधानबाट सनातन हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउन भनिएको छ । विधानको… Continue reading राप्रपालाई हिन्दु राष्ट्र, गाई र राजसंस्थामा निर्वाचन आयोगको अंकुश

आइतबार देशभरका अदालत बन्द हुने

काठमाडौं । आइतबार सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द हुने भएका छन् सर्वोच्च अदालतको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले आइतबार देशभरका अदालत बन्द गर्ने निर्णय गरेको हो । पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक मनाउन आइतबार नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, विशेष अदालत र न्यायाधिकरण शोक बिदाका रुपमा आइतबारका लागि बन्द गर्ने निर्णय भएको बताइएको छ… Continue reading आइतबार देशभरका अदालत बन्द हुने

गठबन्धन कायम राख्दै संयुक्त निर्वाचनमा जाने सत्तारुढ दलको तयारी, बढ्यो सरगर्मी

File RSS

काठमाडौं । नेपालमा चूनावी सरगर्मी बढेको छ । कानून अनुसार स्थानीय तहको निर्वाचन शुरुमा गर्नुपर्छ । तर, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ण्डले पहिला संसदीय निर्वाचनको प्रस्ताव गरेसँगै राजनीतिक माहौल तात्तिएको हो । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच तीन तहको निर्वाचन एकै पटक गर्न सकिने सम्भावनाका… Continue reading गठबन्धन कायम राख्दै संयुक्त निर्वाचनमा जाने सत्तारुढ दलको तयारी, बढ्यो सरगर्मी

कोरोना संक्रमित मतदाताले पनि राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न पाउने

File

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमित भएका मतदाताले पनि मतदान गर्न सक्ने भएका छन् । निर्वाचन आयोगले बुधबार १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । जसमा १२ माघमा हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमितले पनि मतदान गर्न पाउने व्यवस्था छ । आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार सङ्क्रमित मतदाताबाट अर्को व्यक्तिलाई नसर्ने गरी… Continue reading कोरोना संक्रमित मतदाताले पनि राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न पाउने

कोरोनाका कारण सर्वोच्च अदालतको सेवा संकुचन

काठमाडौं । सर्वोच्च अदालतबाट प्रवाह हुने सेवा संकुचन गरिएको छ । सर्वोच्चको पूर्ण बैठकले कोरोना महामारीको बढ्दो जोखिमलाई ध्यानमा राख्दै सेवामा संकुच गर्ने निर्णय गरेको हो । मंगलबार दिउँसो बसेको बैठकले स्थानीयस्तरको अवस्था हेरेर जिल्ला र उच्च अदालतले यसबारे आफैँ निर्णय गर्न सक्ने निर्णय गरेको छ । बैठकले विभिन्न चार निर्णय अख्तियारी गरेको छ ।… Continue reading कोरोनाका कारण सर्वोच्च अदालतको सेवा संकुचन

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज, के छ एजेन्डा ?

काठमाडौं । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक मङ्गलबार बस्ने भएको छ । आगामी १२ माघमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनलाई लक्ष्यित गर्दै सत्तारुढ दलहरु बीच छलफल हुन लागेको बताइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । राष्ट्रिय सभा निर्वाचनमा सत्ता साझेदार दलहरूले गठबन्धन गरेका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको लागि… Continue reading उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज, के छ एजेन्डा ?

धुर्मुस-सुन्तलीविरुद्ध अख्तियारमा पर्यो उजुरी

काठमाडौं । भरतपुरमा क्रिकेट रंगशाला बनाउन अभियान प्रारम्भ गरेपनि असफल भएका सामाजिक अभियन्ता धुर्मुस सुन्तली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सामाजिक सेवाको आवरणमा अनियमितता गरेको आरोप लगाउँदै भरतपुरका क्रिकेट प्रशिक्षक अनिल अधिकारीले उनीहरुमाथि रंगशाला निर्माणका नाममा चन्दा उठाएर रकम दुरुपयोग गरेको आरोप लगाएका छन् । आइतबार दर्ता भएको सी–०२३५०३ नम्बरको उजुरीमा… Continue reading धुर्मुस-सुन्तलीविरुद्ध अख्तियारमा पर्यो उजुरी