रास्वपाको केन्द्रिय समिती बैठक बस्दै, के छन् एजेन्डा ?

काठमाडौं । राश्वपाको केन्द्रीय समिति बैठक आज बस्दै छ । महामन्त्री मुकुल ढकालका अनुसार बैठक दिउँसो ३ बजे बोलाइएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा विभागहरुको रिपोर्ट कार्ड प्रस्तुत हुने उनले जानकारी दिए । समसामयिक विषय र संगठनको अपडेट, आर्थिक तथा प्रशासनिक नियमावलीमा समेत छलफल हुने भएको छ । विभागीय कार्यसञ्चालन नियमावली, केन्द्रीय अनुशासन… Continue reading रास्वपाको केन्द्रिय समिती बैठक बस्दै, के छन् एजेन्डा ?

राष्ट्रिय सभा निर्वाचनमा आजबाट आचारसंहिता लागू

काठमाडौं । आगामी ११ माघमा हुने  राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुने भएको छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्न लागेको हो । मतदान केन्द्र बन्द नहुन्जेलसम्म आचारसंहिता लागू हुने छ । आचारसंहिता लागू भएपछि भोट माग्न पाइँदैन । कुनै पनि प्रक्रारका… Continue reading राष्ट्रिय सभा निर्वाचनमा आजबाट आचारसंहिता लागू

आज पृथ्वी जयन्ती, सार्वजनिक बिदा

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मनाइँदैछ । यस अवसरमा मुलुकभर विभिन्न कार्यक्रम आयोजना हुनेछन् । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिन्छ । दिवसको अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण… Continue reading आज पृथ्वी जयन्ती, सार्वजनिक बिदा

रास्वपामा सदस्य बन्न स्वेच्छिक शूल्क

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदस्यता शूल्क स्वेच्छिक बनाएको छ । पार्टीमा अब स्वेच्छिक शुल्क तिरेर सदस्यता लिन पाइने भएको छ। मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टी सचिवालयको बैठकले सदस्यताबारे यस्तो प्रबन्ध गरेको हो। रास्वपाले यसअघि सदस्यता शुल्क एक हजार रुपैयाँ कायम राखेको थियो । अब त्यसमा बढाएर, घटाएर वा स्वेच्छिक शुल्क तिर्न… Continue reading रास्वपामा सदस्य बन्न स्वेच्छिक शूल्क

राष्ट्रिय सभाका उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज उम्मेदवारविरुद्ध उजुरी हाल्न सकिने दिन तोकिएको छ । सोमबार मनोनयन दर्ता गरिएको थियो ।निर्वाचन आयोगका अनुसार सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका ताकिएको हो । राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका छन् । उनीहरूविरुद्ध परेको उजुरीको… Continue reading राष्ट्रिय सभाका उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने

राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै

काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आज उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम राखिएको छ । निर्वाचन भने ११ माघमा हुने छ । सात प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता हुने छ । राष्ट्रियसभा चुनावमा प्रदेशसभा सदस्य तथा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुख मतदाता… Continue reading राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै

राष्ट्रिय सभाका उम्मेदवार छान्दा गगन थापा असन्तुष्ट

काठमाडौं । सत्ता गठबन्धनभित्र सिट बाँडफाँट गर्दा आफ्नो भागमा परेको १० सिटमध्ये संस्थापन पक्षका ७ र संस्थापनइतर (शेखर–गगन पक्ष)का ३ जना उम्मेदवार रहने गरी कांग्रेसले उम्मेदवार टुंगो लगाएको छ । पुस १२ गतेदेखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट बन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई राष्ट्रिय… Continue reading राष्ट्रिय सभाका उम्मेदवार छान्दा गगन थापा असन्तुष्ट

राष्ट्रिय सभामा कांग्रेसका १० उम्मेदवारको टुंगो, कहाँबाट को परे ?

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाएको छ । संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी १० उम्मेदवार कांग्रेसले टुंगो लगाएको हो । राति अबेर सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र सोमबार बिहानपखमात्र बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गरेको हो । कोशीमा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले… Continue reading राष्ट्रिय सभामा कांग्रेसका १० उम्मेदवारको टुंगो, कहाँबाट को परे ?

त्रिविको उपकुलपति नियुक्त गर्न आह्वान विज्ञापन रद्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियक्ति गर्न आह्वान भएको विज्ञापन रद्द गरिएको छ । उपकुलपतिको योग्यतासम्बन्धी मापदण्ड विवादित भएपछि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले विज्ञापन रद्द गरेको जनाएको छ । समितिले २० पुसमा उपकुलपतिमा खुला प्रतिस्पर्धाबाट दरखास्त माग्दै विज्ञापन खुलाएको थियो। खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गरिने भनिएपनि विश्वविद्यालयको पदाधिकारीमध्ये… Continue reading त्रिविको उपकुलपति नियुक्त गर्न आह्वान विज्ञापन रद्द

राष्ट्रिय सभा निर्वाचनको मतदाताको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने भएको छ । आज अन्तिम नामावली प्रकाशित भएपछि सोमबार सातै वटा प्रदेशमा उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आगामी माघ ११ गतेमा हुँदैछ । निर्वाचन आयोगका अनुसार २ हजार ४७ जना मतदाता छन् । यसअघि स्वीकृत मतदाताको… Continue reading राष्ट्रिय सभा निर्वाचनको मतदाताको अन्तिम नामावली प्रकाशन आज

राष्ट्रिय सभामा गठबन्धन भित्र मात्र भागबण्डा

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा रहेका दलहरू मात्रै मिलेर जाने भएका छन् । प्रमुख प्रतिपक्ष एमालेले पछिल्लो समय सत्तारुढ गठबन्धनमा रहेका दलहरूसँग राष्ट्रिय सभा निर्वाचनमा मिलेर जानुपर्ने प्रस्ताव राखेको थियो । सत्तारुढ गठबन्धनको शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुने १९ सिट सत्ता गठबन्धनमा रहेका दलहरूबीचमा मात्रै बाँडफाँट… Continue reading राष्ट्रिय सभामा गठबन्धन भित्र मात्र भागबण्डा

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन् । शुक्रवार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यस मुद्दामा मागदाबी नपुग्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई सफाइ दिएको हो । यो फैसलाको पूर्णपाठ आउन बाँकी छ । २०७३ वैशाखमा राष्ट्रिय सभा गृहमा भएको माओवादी कार्यकर्ताको भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध… Continue reading अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाई

राष्ट्रपति बनेपछि दोस्रो पटक तनहुँ पुग्दै रामचन्द्र

तस्बिरः किरणराज विष्ट / रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज शुक्रवार गृह जिल्ला तनहुँ जाँदै छन् । जिल्ला भ्रमणको क्रममा राष्ट्रपति पौडेलले भानु नगरपालिका–७ वसन्तपुर स्थित पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति बनेपछि पौडेलको दोसो पटकको गृह जिल्ला भ्रमणका हो । यस अघि असोज ६ गते सदरमुकाम दमौली स्थित जिल्ला सभा हलको उद्घाटनको लागि… Continue reading राष्ट्रपति बनेपछि दोस्रो पटक तनहुँ पुग्दै रामचन्द्र

त्रिविको उपकुलपतिका लागि दरखास्त खुल्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ। उपकुलपति नियुक्त गर्ने प्रयोजनका लागि गठित सिफारिस समितिले सूचना जारी गरेर इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूलाई १० दिनभित्र शिक्षा मन्त्रालयमा आवेदन पेस गर्न भनेको हो। उपकुलपतिका लागि स्नातकोत्तर र विद्यावारिधी तहको शैक्षिक योग्यता, विश्विवद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको… Continue reading त्रिविको उपकुलपतिका लागि दरखास्त खुल्यो

पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा गरियो नागरिक अभिनन्दन

Photo : Nepal Press

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । बिहीबार गरिएको अभिनन्दनमा पूर्वराजा ज्ञानेन्द्र शाह सहित पूर्वरानी कोमल राज्य लक्ष्मी र छोरी प्रेरणा समेत सहभागी भए । अभिनन्दनअघि विभिन्न ठाउँबाट सहभागी नागरिक तथा विभिन्न संघसंस्थाले झाँकी तथा सांस्कृतिक प्रस्तुति गरेका थिए । नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक डा. रामप्रसाद बस्यालले… Continue reading पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा गरियो नागरिक अभिनन्दन

राष्ट्रिय सभा निर्वाचनको सन्दर्भलाई लिएर आज शीर्ष नेताको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको संयुक्त बैठक आज बस्ने भएको छ । बुधबार बेलुकाको छलफल टुंगोमा पुग्न नसकेपछि बिहीबार बिहान ९ बजे फेरि बैठक बस्न लागेको हो । बिहीबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताको संयुक्त बैठक… Continue reading राष्ट्रिय सभा निर्वाचनको सन्दर्भलाई लिएर आज शीर्ष नेताको बैठक बस्दै

कांग्रेसले आज एकता दिवस मनाउँदै

काठमाडौं । नेपाली कांग्रेसले आज ४८औं राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदै छ । प्रज्ञा भवन कमलादीमा दिउँसो एक बजे हुने कार्यक्रममा राजनीतिक दलका शीर्ष नेताहरु पनि सहभागी हुँदैछन् । कांग्रेसले हरेक वर्ष १६ पुसमा राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउने गर्दछ । यस वर्षको कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा… Continue reading कांग्रेसले आज एकता दिवस मनाउँदै

एक वर्षमा विश्वभर १२० पत्रकार मारिए, आधाभन्दा धेरै प्यालेस्टिनी

काठमाडौं । सन् २०२३ मा विश्वभर १ सय २० पत्रकार र सञ्चारकर्मी मारिएका छन् । अन्तर्राष्ट्रिय पत्रकार महासंघले आइतबार जारी गरेको प्रतिवेदन अनुसार मारिनेहरुमा ११ पत्रकार महिला छन् । आइफजेले गत ८ डिसेम्बरमा संयुक्त राष्ट्रसंघ मानव अधिकार दिवस अघि मारिएका पत्रकारहरूको प्रारम्भिक सूची प्रकाशित गरेको थियो जसमा ९४ जनाको हत्या भएको उल्लेख थियो । वर्षको… Continue reading एक वर्षमा विश्वभर १२० पत्रकार मारिए, आधाभन्दा धेरै प्यालेस्टिनी

कांग्रेसको केन्द्रीय समिति बैठकमा मन्त्रीहरुले आज बोल्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्नेछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ। हिजोदेखि सुरू भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठको एजेन्डा प्रस्तुत गरेका थिए। महासमिति बैठक तयारी, समसामयिक राजनीतिक घटनाक्रम, सरकारको एक वर्षे समीक्षा र कांग्रेसबाट मन्त्री भएकाहरूका कार्यसम्पादनका अवस्था, जाजरकोट भूकम्पपछि पार्टीले गरेका कामका समीक्षा,… Continue reading कांग्रेसको केन्द्रीय समिति बैठकमा मन्त्रीहरुले आज बोल्दै

कांग्रेसले मन्त्रिहरुको कामको समिक्षा गर्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि बस्दैछ । आज दिउँसो एक बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठकमा सरकारको एक वर्षको समीक्षा हुने कांग्रेस नेताहरूले बताएका छन् । त्यस क्रममा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समेत समीक्षा हुने कांग्रेस नेताहरूले बताएका छन् । आजको बैठकमा पार्टीबाट सरकारमा गएका… Continue reading कांग्रेसले मन्त्रिहरुको कामको समिक्षा गर्दै

पोखरामा रवी माथि मकैको खोया प्रहार भएपछि….

काठमाडौं । पोखराको अमरसिंह चौरमा शनिबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ । रवीेले भाषण गरिहरेको समयमा दर्शक दीर्घाबाट उनीमाथि मकैको खोया प्रहार भएको हो । खोया प्रहार गर्नेलाई कार्यकर्ता र सुरक्षाकर्मीले समातेका छन् । सम्बोधन गरिरहेका रविले उनलाई केही नगर्न आग्रह गरेका थिए । ‘विनम्रतापूर्वक सुरक्षाकर्मीहरुलाई अनुरोध छ,… Continue reading पोखरामा रवी माथि मकैको खोया प्रहार भएपछि….

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, आज सपथ हुँदै

file

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी र कांग्रेसबाट प्युठानका सरोज थापालाई मन्त्री नियुक्त गरेका हु्न् । शुक्रवार नै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेसभित्र कुरा नमिलेपछि रोकिएको थियो । नवनियुक्त दुई मन्त्रीको आजै शपथको तयारी भएको बताइएको छ । केसीले खानेपानी, ग्रामीण तथा… Continue reading लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, आज सपथ हुँदै

काठमाडौं महानगर भित्रका स्कुलमा डीआई राख्न नपाइने

काठमडाौं । काठमाडौँ महानगरपालिकाभित्रका शिक्षालयमा अनुशासन इन्चार्ज (डिआई) राख्न नपाइने भएको छ । महानगरपालिकाको शिक्षा विभागले शुक्रबार निर्णय गरेर कार्यान्वयनका लागि सबै सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ । पछिल्लो समय सामुदायिक तथा निजी विद्यालय व्यवस्थापनले विद्यार्थीलाई अनुशासनमा राख्ने नाममा अनुशासन इन्चार्ज राख्ने गरेका छन् । यस्ता व्यक्तिले विद्यार्थीलाई अनावश्यक यातना दिने, भय सिर्जना… Continue reading काठमाडौं महानगर भित्रका स्कुलमा डीआई राख्न नपाइने

राष्ट्रिय स्वतन्त्र पार्टीले नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा गर्ने भएका छन् । १ सय १३ किलोमिटर लामो सडकमा लामिछानेले पैदल यात्रा गर्दै निर्माण कार्य समयमै सम्पन्न गराउन दबाब दिन लागेका हुन् । २०७५ सालदेखि नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नति कार्य सुरु भएको थियो । तर निर्धारित समयमा सडक निर्माण सम्पन्न… Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीले नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा गर्ने

नेपालमा पहिलो पटक समलिंगि विहे दर्ता

काठमाडौं । नेपालमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिकामा आज बुधवार दुलही रामबहादुर गुरुङ र दुलाहा सुरेन्द्र पाण्डेको विवाह कानुनी रूपमा दर्ता भएको हो । गाउँपालिकाको वडा नम्बर २ ले समलिङ्गी विवाहको प्रमाणपत्र दिएको छ । सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका आधारमा विवाह दर्ता भएको हो । नवलपरासीको कावासोती नगरपालिका–८… Continue reading नेपालमा पहिलो पटक समलिंगि विहे दर्ता

एमालेले झुलाघाट–चिवाभन्ज्याङ विशेष अभियान चलाउँदै, तयारी पुरा

काठमाडौं । नेकपा एमालेले बिहीबारदेखि थाल्ने झुलाघाट–चिवाभन्ज्याङ विशेष अभियानको तयारी पूरा भएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटिले मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बैतडीको झुलाघाटदेखि सुरु हुने विशेष अभियान भनिएको पदयात्राको तयारी पूरा भएको जनाएको हो । एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले विशेष अभियानको सबै तयारी पूरा भएको जानकारी दिए… Continue reading एमालेले झुलाघाट–चिवाभन्ज्याङ विशेष अभियान चलाउँदै, तयारी पुरा

‘उत्तराखण्डमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति’ भन्ने समाचारको कोषले गर्यो कडा खण्डन

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ। भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारमा कुनै सत्यता नभएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए। उनले भने, ‘पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता छैन, उक्त भ्रामक समाचारप्रति कोषको ध्यानाकर्षण भएको… Continue reading ‘उत्तराखण्डमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति’ भन्ने समाचारको कोषले गर्यो कडा खण्डन

पूर्वराजा ज्ञानेन्द्रले झापामा गरे पृथ्वीनारायण शाहको शालिक अनावरण

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले झापामा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । विर्तामोड–१ मा सञ्चालित इकम कलेज परिसरमा स्थापना गरिएको शालिक शनिबार दिउँसो उनले अनावरण गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संयोजन गरेको कार्यक्रममा पुगेर उनले शालिक अनावरण गरेका हुन् । कार्यक्रमका लागि पूर्वराजा शाह शुक्रबारै झापा पुगेका थिए ।… Continue reading पूर्वराजा ज्ञानेन्द्रले झापामा गरे पृथ्वीनारायण शाहको शालिक अनावरण

११ माघमा राष्ट्रिय सभा निर्वाचन गर्न प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने गरी मिति प्रस्ताव गरेको छ । बिहीबार आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए । त्यसक्रममा आयोगले माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने प्रस्ताव गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी माघ ११ गते निर्वाचन गर्र्ने गरी मिति तोक्न… Continue reading ११ माघमा राष्ट्रिय सभा निर्वाचन गर्न प्रस्ताव

माओवादीसँग पार्टी एकता गर्न समाजवादीले बनायो समिति

काठमाडौं । नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठकले अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीसँग एकता तथा ध्रुवीकरणका लागि समिति गठन गरेको छ । नेसपाको बुधबार बसेको बैठकले सात सदस्यीय एकता समिति गठन गरेको हो । जसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठकाअनुसार पार्टी एकता र ध्रुवीकरण संयोजन समिति संयोजकमा भट्टराई छन् भने सदस्यमा अर्का अध्यक्ष… Continue reading माओवादीसँग पार्टी एकता गर्न समाजवादीले बनायो समिति