प्रेमकृष्ण श्रेष्ठ/ किर्तिपुर आकाससँग मेरो दुई बर्ष प्रेम चल्यो । त्यो अन्तरालमा हामी बीच शारीरिक समागम पनि भयो । शारीरिक समागमकै परिणामस्वरुप म गर्भवती भएँ । आफ्नो अवस्थाको बारेमा आकासलाई भन्दा आकासले भन्यो — ‘यो पेटको शिशु मेरो बच्चा हो । म स्वीकार गर्छु यस्लाई ।’ आकासले यसो भन्दा मैले ठूलो सान्त्वना पाएकी थिएँ । शुरुमा… Continue reading कथा : बीस बर्ष अघिको बिन्दुको डायरीबाट…
Category: कला / साहित्य
उत्पात प्रकृति
पदमा लिंखा मगर / न्यूयोर्क हामी मान्छे ! चेतनशील प्राणी त्यसैले त हर कुरा नियाली रहन्छौं l हो त ! पहिलेभन्दा यो प्रकृति प्रकोप उत्पात छ अहिले मान्छे धेरै भएर मासिन शुरु भयो कलि लाग्यो अब उत्पात हुन्छ l मान्छे मात्र नभएर अब त गाउँ गाउँको रुखहरू अनि ढुंगा र माटो शहरतिर बसाईं… Continue reading उत्पात प्रकृति
तीजलाई भड्किलो बनाए कारवाही गर्ने चेतावनी
काठमाडौं । स्थानीय प्रशासनले विभिन्न जिल्लामा तीजलाई मर्यादित बनाउने प्रयास थालेका छन् । जिल्ला प्रशासन कार्यालयहरु यसमा सक्रिय देखिएका हुन् । तीज मनाउने नाममा एक महिना अगाडी बाटै होटेल र पार्टी प्यालेस भरिभराउ हुन गरेका छन् । मौलिक तीज गीतमा नाचगान हुने छाडेको छ भने यूट्यूवमा भड्किला गाना बजाएर नशामा झुल्ने क्रम शुरु भएको छ… Continue reading तीजलाई भड्किलो बनाए कारवाही गर्ने चेतावनी
नेपाली सांगितिक क्षेत्रमा तीजको बाढी
काठमाडौं । नेपाली महिलाको महान चाड तीज शुरु हुन अझै करीव १ महिना बाँकि छ । तर, सांगितिक क्षेत्र भने तीजमय बनेको छ । नेपालमा मौसम अनुसार आउने गीत संगितमा सम्भवतः सबैभन्दा बढी बाढी तीजकै आउँछ । सबैजसो चर्चित लोक गायक गायिकाले यस मौसमको सदूपयोग गर्दै आफ्नो एल्वम निकाल्छन् । त्यसो त तीजमा नाम नचलेका… Continue reading नेपाली सांगितिक क्षेत्रमा तीजको बाढी
नेपाली कवितामा मौलाएका बाद
आचार्य पीपलमणि सिग्देल नेपाली कविताको आधुनिक स्वरुप विविध घुम्ती र मोडहरू पार गर्दै विभिन्न वाद र प्रवृत्ति अँगाल्न पुगेको छ । आधुनिक नेपाली कविताले पूर्वीय र पाश्चात्य शैलीलाई अँगाल्दै अनेक वाद, नयाँ आयाम र नवीनतम प्रवृत्तिहरूलाई आत्मसात गरेको छ । नेपाली कविताको विकासक्रमको अध्ययन र विश्लेषण गर्दा पनि वाद र प्रवृत्तिका आधारमा गर्नु उपयुक्त देखिन्छ… Continue reading नेपाली कवितामा मौलाएका बाद
पलायन
मेरो मौन भाषा म आँफैलाई भन्दैछु देशको कर्णधार बोकेर म पलायन हुँदैछु तिम्रो ढिकुटी भरिदा म रित्तिन्दैछु । तिमीले नौ-पुस्ता पुग्ने बटुल्दा म एकै-पुस्तामा सिद्धिदैछु त्यसैले उज्यालो खोज्न भविष्य खोज्न मन नलागेर पनि पलायन हुँदैछु धेरैचोटि लाटो आँखाले हेरे बैरो कानले सुने छामछाम-छुमछुम गर्दै देशलाई स्पर्ष गरे अनि पसिना बगाए मेहनत गरे… Continue reading पलायन
लघुकथा : पात्र एक, रुप अनेक
लीलाराज दाहाल कर्मैया, सर्लाही दृष्य : १ “के भो रे भाउजू ? दाईले फेरी कुटे रे ? कस्ता पुराना सोचाईका छन् दाई ! मूर्खताको लौरो बोकेर हिड्न कहिल्यै छाडेनन् । उनले लगाईरहेको अन्धविश्वासको चस्मा फुकाल्न लगाउनु पर्छ । छोरी मात्रै जन्मनुमा तपाईको के दोष छ र ? छोराछोरी एकै हुन् भनेर म सम्झाइ दिउँला दाईलाई… Continue reading लघुकथा : पात्र एक, रुप अनेक
चिनियाँ चलचित्र नेपालमा छायांकन हुने
काठमाडौं । चिनियाँ फिचर फिल्म ‘द वे अफ पियोर ल्याण्ड’को नेपालमा छायांकन हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा सोमबार आयोजित कार्यक्रममा उक्त जानकारी गराइयो । उक्त अवसरमा चलचित्रको छायांकनका लागि नेपाल आएको टोली पनि सार्वजनिक भएको थियो । चीनबाट चर्चित निर्देशक किम किङ, कलाकार सेलिना, लेखक रे चेन, निर्माता वेङ वीन… Continue reading चिनियाँ चलचित्र नेपालमा छायांकन हुने
लघुकथा : अभियन्ता
लीलाराज दाहाल कर्मैया, सर्लाही एकदिन रत्नपार्कको पुरानो बसपार्कमा केही मानिसहरु भेला भए । उनीहरुले एकै प्रकारका पोशाक र टोपी लगाएका थिए । गन्जीको अगाडि पछाडि दुवै तिर र टोपीमा सरसफाई अभियान लेखिएको थियो । “आफ्नो टोल, नगर सफा राखौं” भनेर लेखिएको प्लेकार्ड पनि बोकेका थिए । उनीहरुको उद्देश्य भनेको धुम्रपान, मद्यपानलाई निरुत्साहित गर्नु, सरसफाईको महत्वलाई… Continue reading लघुकथा : अभियन्ता
व्यङ्ग्य साहित्य : साबुन
सामान्यतया साबुन सरसफाइमा प्रयोग गरिने बस्तु हो । यस्को उत्पती कहाँ र कहिले भयो, कसरी बन्छ र कुन हिरोईनले कुन साबुन प्रयोग गर्छन् अनि ट्रम्पले कुन साबुन प्रयोग गर्छ ? भन्ने जस्ता बिषय माथि कुरा गर्न खोजिएको हैन । ‘बाथरुमको ढोकामा चुक्कुल लगाएर शरिरका अंगअंगमा डुल्न पाउने भाग्यमानी त्यही साबुन त रैछ’ भनेर एउटा साथीले… Continue reading व्यङ्ग्य साहित्य : साबुन
राष्ट्रिय चलचित्र पुरस्कार आगामी साता
काठमाडौं । लगातार दुई वर्ष रोकिएको राष्ट्रिय चलचित्र पुरस्कार यस वर्ष भने प्रदान गरिने भएको छ । चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवका असरमा आगामी २७ असारमा राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह आयोजना हुने भएको हो । कार्यक्रम राष्ट्रपति निवासमै आयोजना गर्ने तयारी छ । पुरस्कार समारोहको तिब्र तयारी भइरहेको बोर्डले विज्ञप्ती जारी… Continue reading राष्ट्रिय चलचित्र पुरस्कार आगामी साता
प्रकृती
आमा ! तिमीले मलाई जन्मायौ यी हात खुट्टा लाग्ने बनायौ मनचरी झै उड्न सिकायौ तर, तिम्रो सपना पूरा गर्न हैन मेरो आफ्नै चाहना पूरा गर्न तिमी कति स्वार्थी छौ आमा आफुले गरेको कर्तव्यको हिसाब माग्छेउ तर म ती सब तिम्रा सपना पूरा गर्न सक्दिन किनकि तिमीले म माथि सपना देखे जस्तै मेरो पनि सपना बुन्ने… Continue reading प्रकृती
भानुभक्तलाई सलाम
वि. सं. १८२६ देखि १९४० सम्मको समयावधि नेपाली कविताको प्राथमिक काल अन्तर्गत पर्दछ । पृष्ठभूमिकालको गीत, गाथा, लोकपद्य तथा नाट्यगाथाद्वारा प्रेरित यस समयलाई लेखोटकाल समेत भन्ने गरिएको पाइन्छ । नेपालको एकीकरण अभियान, अङ्ग्रेजसँगको युद्ध, सुगौली सन्धि, कोतपर्व, राणाकालको उदय आदि विशेष घटनाक्रमहरूले प्राथमिक कालको कविताको विकासका लागि प्रभाव पारेको देखिन्छ । त्यसो त धार्मिक, आध्यात्मिक… Continue reading भानुभक्तलाई सलाम
लम्जुङमा स्मार्ट फिल्म सिटी बन्ने, ६ अर्ब लगानी
काठमाडौं । आकर्षक जिल्ला लम्जुङमा स्मार्ट फिल्म सिटी निर्माण गरिने भएको छ । सीटी निर्माणसम्बन्धी एक सम्झौतामा बुधबार इटालियन र नेपाली कम्पनीबीच हस्ताक्षर भयो । यस सम्झौताको साक्षी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा रहे । स्काई इन्टरनेट नेपाल र इटालियन कम्पनी एरिया होल्डिङबीच फिल्म सीटी निर्माणको सहमतिमा सम्झौता भएको हो । सम्झौता अनुसार… Continue reading लम्जुङमा स्मार्ट फिल्म सिटी बन्ने, ६ अर्ब लगानी
आइफा अर्वाडमा रकमको विवाद, पर्यटन बोर्ड भन्छ, ऐतिहासिक अवसर
काठमाडौं । नेपालमा आयोजनाको तयारी भइरहेको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) सम्झौता नहुँदै विवादमा तानिएको छ । खासगरी अवार्ड आयोजकले नेपालमा अवार्ड कार्यक्रम आयोजना गर्न नगद रकम मागेको र त्यसमा नेपाल सरकार पनि सहमत भएको खबर बाहिरिएसँगै विवाद शुरु भएको छ । आयोजकले नेपालसँग प्रारम्भिक छलफलममै ५० लाख डलर माग गरेको थियो । पछिल्लो… Continue reading आइफा अर्वाडमा रकमको विवाद, पर्यटन बोर्ड भन्छ, ऐतिहासिक अवसर
जीवन जयन्ती
म बेरोज़गार भएको उ बेला देशको ठेकेदारहरूलाई सम्झि सम्झि कुर्लन्थे टुडिखेलमा खाल्डो खनेर सबै नेतालाई पुरेको सपना देख्थे आजको पुस्ताले गोलीले उडाउने भन्दा म अतित फेरि सम्झन्छु अभावको अहिले प्रवासमा बिकास देख्दा माकुराको जालो जस्तो बाटोहरू हेर्दा मन मनै खुब सम्झन्छु हाम्रो नेताहरूलाई किन मार्नु ? बरू लाईन लगाएर हत्केलामा गैती बेल्चा झ्याम्पल कोदालो दिएर … Continue reading जीवन जयन्ती
आइफा अवार्ड नेपालमा आयोजना गर्ने तयारी
काठमाडौं । भारतको चर्चित इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आईफा) अवार्ड नेपालमा आयोजना गर्न मन्त्रीपरिषद्ले स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को ८ असारको बैठकले अवार्ड नेपालमा आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए । नेपाल पर्यटन बोर्डको नेतृत्वमा अवार्ड आयोजना हुने र काठमाडौं महानगरपालिका सहआयोजक रहने मन्त्रीपरिषद्को निर्णयमा उल्लेख छ ।… Continue reading आइफा अवार्ड नेपालमा आयोजना गर्ने तयारी
राजकुमारीको जुत्ता
म लक्ष्मणको घरमा आएको यो तेस्रोपल्ट हो । २०५८ पुस १८ गते हाम्रो भेट भएको थियो । त्यतिबेला हामी “बिजोशीतल सिड्स कम्पनी” अरौंगावादको निमन्त्रणामा दुई साताको गोवा भ्रमणमा गएका थियौं । त्यो भ्रमणमा हेटौडाका विश्वनाथ बानियाँ, मनहरीका कृष्ण बर्तौला, पोखराका पिताम्बर भण्डारी, नारायण गौतम, दाङका एकनारायण गौतम, बर्दघाटका रामप्रसाद, चितवनका रमेश श्रेष्ठ, बुटवलका लक्ष्मण घिमिरे,… Continue reading राजकुमारीको जुत्ता
मिले प्रकाश सपूत र शम्भू राई
काठमाडौं । गलबन्दी गीतको विवाद टुंगिएको छ । गायकद्धय प्रकाश सपूत र शम्भू राईबीच ४ बुँदे सहमति भएसँगै विवाद टुंगिएको हो । बुधबार प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा छलफलपछि दुबै गायक सहमतिमा आएका हुन् । सहमति अनुसार युटुबमा राखिएको गलबन्दी बोलको गीतमा संगीत सिर्जनातर्फ शम्भु राईको नाम राखिने भएको छ । पुनः संगीत सिर्जनामा प्रकाश सपूतको… Continue reading मिले प्रकाश सपूत र शम्भू राई
ठमेलमा घन्किनेछन् आदित्य
काठमाडौं । आदित्य नारायण झा, बलिउडमा युवा पुस्ताबीच लोकप्रिय नाम हो । बलिउड गायन जगतका हस्ती उदित नारायण झाका छोरा आदित्यले काठमाडौंको ठमेललाई संगितमय बनाउने भएका छन् । २१ असारमा उनको प्रस्तुती ठमेलमा हेर्न पाइने भएको छ । पर्यटकीय क्षेत्र ठमेलमा आउने पक्का भएसँगै आदित्य दोस्रो पटक कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् । उनले… Continue reading ठमेलमा घन्किनेछन् आदित्य
मेरा आँखाहरुले रोई सकेछन्
’मैले पनि होईन मेरा आँखाहरुले तिम्रा लागि रोई सकेछन्’ । बर्षौदेखि बच्चुकैलाशले गाएको यो सदाबहार गीत सुन्दै आएको छु । यसमा क्षेत्रप्रताप अधिकारीको शव्द र नातीकाजीको संगीत छ । गीतले पुरुष र महिलाका बिचमा हुने भावनात्मक सम्वन्धको गहिराईलाई छोएको महसुस हुन्थ्यो । अनि म पात्रको मनमा नरोईकन आँखाले मात्रै कसरी रोए होलान ? भन्ने प्रश्न… Continue reading मेरा आँखाहरुले रोई सकेछन्
जून पनि सधैभरि कहाँ झुल्किन्छ र
गीत रन्जु मार्ग कहिले काही सम्झना आए ,बोलाउनु है , हिजोका ती बैगुनहरु ,नकेलाउनु है । जून पनि सधैभरि कहाँ झुल्किन्छ र , फूलपनि सधैभरि कहाँ फूली रहन्छ र , एकैनास हुन्न जीवन ,मन बुझाउनु है हिजोका ती बैगुनहरु ,नकेलाउनु है । तराजुमा मायालाई जोखन सकिन्न माया हुन्छ छाती भित्र देखन सकिन्न सकिएन रोक्न त्यो… Continue reading जून पनि सधैभरि कहाँ झुल्किन्छ र
लुकेको प्यारो मान्छे
प्रत्येक घडीको पलसँग सँगै हिंडें, जीवनको ऋतुहरूमा तिमीलाई नै प्रेम गर्छु । तिमीले देख्ने सपना, र मैले देख्ने सपना भिन्न भिन्न छन् । वास्तवमा , मेरो सत्य त्यही हो सुन्दर सपना तिमी, सधै तिम्रो संझनामा हाँसेर, जीबन यात्राको पाइलाहरूमा तिमीलाई भेट्छु । खुशी लाग्छ, आकाश झैं मौनतामा सुन्दर प्रस्तुती देखेर अलि कति पनि दुखाई छैन,… Continue reading लुकेको प्यारो मान्छे
लघुकथा : नाजवाफ
चालिस बर्ष पार हुॅदै गर्दा स्वस्तिमालाई अचानक देब्रे पट्टीको छाती र कोखा दुखेर आयो । ग्याष्ट्रिक त होलानि भनेर दुई चार दिन सहन सक्नेसम्म सहेर बसी । दुखाई तिब्र हुन थाल्यो । मुटु नै होला भनेर दौडेर हस्पिटल पुगी । धेरै नै खराबी छ जस्तो गरेर उसलाई मुटुका सम्पूर्ण जाॅच गर्न भनियो । डाक्टरले “सरर… Continue reading लघुकथा : नाजवाफ
एउटा बिचित्रको सम्मान
समा श्री काठमाडौं सभाहलमा एक प्रसिद्ध संस्थाको वार्षिक कार्यक्रमका साथै वरिष्ठ कविहरूलाई बिबिध विधामा पुरस्कार तथा सम्मान गरिने भएको थियो । कार्यक्रम सुरु भयो, मञ्चमा आसन ग्रहणको लागि बोलावट भएका नामसँगै तारिफको पोको र विशेषणका गुठरी जोड्न थालियो । सम्मान तथा पुरस्कार ग्रहण गर्नेहरुको संख्या लगभग पचास साठीको हाराहारीमा थिए । समयमै कोही नपुगेकाले एक… Continue reading एउटा बिचित्रको सम्मान
साहित्यको विधागत वर्गीकरणमा कविता
आचार्य पीपलमणि सिग्देल न्यूयोर्क लौकिक कविताले चार हजार वर्षको यात्रा तय गरिसकेको छ । कविता समग्र साहित्यको सबैभन्दा जेठो विधा पनि हो । संस्कृत साहित्य दुई भागमा विभाजित छ स् श्रव्य र दृश्य । दृश्य विधाअन्तर्गत नाटक पर्दछ भने श्रव्य विधाअन्तर्गत गद्य र पद्य विधा पर्दछन् । जीवन र जगतका सूक्ष्म अनुभूति कविहृदयमार्फत् प्रस्फुटित हुँदा… Continue reading साहित्यको विधागत वर्गीकरणमा कविता
सारेगमपमा नेपालका प्रितमलाई तेस्रो स्थान
काठमाडौं । नेपालका प्रितम आचार्य भारतीय चर्चित रियालीटी शो सारेगमपको तेस्रो स्थान जित्न सफल भएका छन् । जी टीभिबाट प्रसारण हुने यो कार्यक्रमको फाइनल प्रतिस्पर्धामा उनी तेस्रो भएका हुन् । अर्को नेपाली बालक आयुष केसीलाई चौथो स्थान प्राप्त भयो । यस कार्यक्रकको फाइनलमा ६ जना प्रतिस्पर्धी थिए । सुनसरीको इटहरी उपमहानगरपालिका प्रितमले यस प्रतियोगिताको शुरु… Continue reading सारेगमपमा नेपालका प्रितमलाई तेस्रो स्थान
नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा खड्का
काठमाडौं । नेपाली चलचित्र कलाकारहरूको छाता संगठन चलचित्र कलाकार संघको अध्यक्षमा रबिन्द्र खड्का निर्वाचित भएका छन् । उनले अध्यक्षका अर्की प्रत्याशी सरिता लामिछानेलाई ५७ मतान्तरले पराजित गरेका हुन् । भर्खरै प्राप्त नतिजा अनुसार उपाध्यक्षमा रेजिना उप्रेती, महासचिब सानु ताम्राकार, कोषाध्यक्ष सुनिल कटवाल बिजयी भएका छन् । संघको निर्वाचन शनिबार भएको थियो । यस पटक महिला… Continue reading नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा खड्का
लघुकथा: आफन्त
आनन्द श्रेष्ठ न्यूयोर्क । क्यानाडाबाट घर आएको दोश्रो हप्ता, आफूलाई भेट्न आएकी स्कूलदेखिको साथी कुसुमसँग भलाकुसारीमा व्यस्त छिन् राधा । – किन्नुपर्ने, लानुपर्ने सबै सामान तयार भयो । गाडी बेच्नुछ अब । टोरोण्टो बसाइ कति हुने हो थाहा छैन ! बेक्कार, बर्षको करमै बीस पच्चिस हजार, अनि नचलेपछि फेरि ब्याट्री फेर, ज्याला देऊ, यसोउसो… Continue reading लघुकथा: आफन्त
छायाँ
पद्मा लिंखा मगर न्यूयोर्क । विहानीको झुल्के घामसँगैको तिम्रो आगमनले म प्रफुल्लित थिएँ एकातिर किरण अर्कोतिर तिमी आहा ! म कति भाग्यमानी ! सम्झें हो म जहाँ जान्छु तिम्रो साथ सधैं रहन्छ जब दिन चिप्लिंदै जान्छ घाम पनि मेरो टाउको नाप्ने क्रममा टुपितिर लम्किन्छ उही गतिमा तिमी खुम्चिन लाग्छौ मेरो मन कता कता सशंकित… Continue reading छायाँ