Category: कला / साहित्य

  • स्थानीय तहको निर्वाचनलाई लक्षित गरि आयोगले दलहरुसँग छलफल गर्ने

    स्थानीय तहको निर्वाचनलाई लक्षित गरि आयोगले दलहरुसँग छलफल गर्ने

    काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा तोकेको स्थानीय तह निर्वाचनलाई लक्षित गरि राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ । शुक्रबार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिसँग आयोगले छलफल गर्न लागेको हो । शुक्रबार बिहान ११ः३० बजे छलफलका लागि बोलाइएको छ ।

    छलफलमा स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी गराइने भएको छ । यसमा दलहरुको अपेक्षा समेत आयोगले सुन्ने छ । निर्वाचन घोषणा भएको एक महिनाको अवधिमा आयोगले गरेका कामबारे जानकारी लिइने भएको छ । यसबीचमा दल दर्ताको काम पुरा भएको छ । आयोगले ७९ दललाई मान्यता दिएको छ ।

  • भूमिका श्रेष्ठले पाइन् अमेरिका सरकारले प्रदान गर्ने शाहसिक पुरस्कार

    भूमिका श्रेष्ठले पाइन् अमेरिका सरकारले प्रदान गर्ने शाहसिक पुरस्कार

    काठमाडौं । नेपालकी भूमिका श्रेष्ठले अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने सन् २०२२ को सहासिक महिला पुरस्कार पाएकी छिन् । अमेरिकी विदेश मन्त्रालयले यस्तो जानकारी गराएको हो । श्रेष्ठ नेपालको यौनिक अल्पसंख्यकको हक अधिकारका लागि काम गर्छिन् । श्रेष्ठले पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको अमेरिकी विदेश मन्त्रालयको भनाई छ । यो पुरस्कार यस अघि नेपालकी मुस्कान खातुनले समेत पाइसकेकी छिन् । खातुन एसिड प्रहारबाट घाइते बनेकी थिइन् ।

  • स्थानीय तह निर्वाचन : चुनाव चिन्ह हरियो रङ्गको हुने

    स्थानीय तह निर्वाचन : चुनाव चिन्ह हरियो रङ्गको हुने

    काठमाडौं । सरकारले ३० वैशाखमा तोकेको स्थानीय तह निर्वाचनमा हरियो रङ्गको चुनाव चिन्ह हुने भएको छ । स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाई गर्दा मतपत्रमा छपाई हुने चिन्ह, विवरण तथा सुरक्षा चिन्हहरु हरियो मसीले छपाई गर्ने निर्णय गर्ने सोमबार पत्रकार सम्मेलनमार्फत आयोगले जानकारी गराएको छ । स्थानीय तहको निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिन्ह, विवरण तथा सुरक्षा चिन्हहरु हरियो एसके–३०८१ स्पेक्ट्रम ब्राइट ग्रिन मसिले छपाइ गर्ने तयारी गरिएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

    ०७४ सालको स्थानीय तह निर्वाचनमा सेतो कागजमा नीलो रङ्गको चुनाव चिन्हहरु थियो भने स्वस्तिक छाप पनि नीलो रङकै थियो । निर्वाचनसम्बन्धी छपाई सामग्रीहरु निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखानाहरु र सामग्री ढ्वानी व्यवस्थापनका लागि हेलिकोप्टर, ट्रक र कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरु सूचिकृकरणका लागि सार्वजनिक सूचना गरिएको समेत उनले जानकारी गराए ।

    उनका अनुसार स्वस्तिक छाप नीलो रङ्गको हुन्छ । स्वस्तिक छापको चिन्ह र निर्वाचन चिन्हको विभेद प्रष्ट होेस् भनेर प्राविधिक रुपमा सुझाव आएपछि यस्तो निर्णय गरिएको आयोगको भनाई छ । चुनावमा ७२ दलले देशैभरी उम्मेदवारी दिने भएका छन् । उहाँका अनुसार निर्वाचनमा सहभागी हुन आयोगमा दर्ता भएका ८० दलमध्ये ७२ दलले देशभरी उम्मेदवार दिनेगरी निवेदन दर्ता भएको हो ।

  • रुसमा अन्तर्राष्ट्रिय संचारमाध्यमले रोके सेवा

    रुसमा अन्तर्राष्ट्रिय संचारमाध्यमले रोके सेवा

    काठमाडौं । रुसमा अन्तर्राष्ट्रिय संचारमाध्यमले आफ्नो प्रसारण रोकेका छन् । बीबीसी, सीएनएन, ब्लुमबर्ग, सीबीएस न्यूज र एबीसी न्यूजले रुसमा आफ्नो सेवा निलम्बन गर्ने निर्णय गरेको बीबीसीले लेखेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको नयाँ कानुनले युक्रेनमा जारी युद्धको बारेमा मिथ्या समाचारहरु फैलाएको अभियोगमा मानिसहरूलाई १५ वर्षसम्म जेल सजाय दिनेछ। कानुन लागु भएपछि रुसमा स्वतन्त्र रिपोर्टिङ बन्द गरिने सम्भावना छ।

    त्यहाँ समाचार संस्थाहरूलाई युक्रेनमा जारी द्वन्द्वलाई युद्ध भनेर उल्लेख गर्न अनुमति दिइएको छैन। सीबीएसका प्रवक्ताले प्रसारण नगर्ने जानकारी दिँदै भनेका छन्, हामीले नयाँ मिडिया कानुनलाई मध्यनजर गर्दै हाम्रो समूहको परिस्थितिको निगरानी गरिरहेका छौँ। एबीसीले पनि सेवा रोक्ने निर्णय नयाँ कानुनमा आधारित भएको बताउँदै भनेको छ, स्थितिको मूल्याङ्कन गर्न र रुसमा हाम्रा समूहहरूको सुरक्षामा यसले कस्तो अर्थ राख्छ भनेर निर्धारण गर्न आवश्यक छ।

    यसअघि शुक्रवार बीबीसी, सीएनएन र ब्लुमबर्गले रुसभित्रको सेवाहरू निलम्बन गरेको थियो। रुसको सञ्चार नियामक निकायले फेसबुक, ट्विटर, यूट्यूब र अन्य स्वतन्त्र स्थानीय सञ्चारमाध्यमहरूमा पहुँचमा पनि रोक लगाएको छ।

  • स्थानीय तहको निर्वाचन प्रक्रिया शुरु, मतदाता नामावलीमा आजबाट दावि विरोध

    स्थानीय तहको निर्वाचन प्रक्रिया शुरु, मतदाता नामावलीमा आजबाट दावि विरोध

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ को प्रक्रिया थालेको छ । यसअन्तर्गत मतदाता नामावलीमा आजबाट दाबी विरोध गर्न सकिने भएको छ । ७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा आजदेखि ७ दिनसम्म दाबी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको आयोगले जानकारी दिएको छ । आयोगले तोकेका अधिकारीहरुले ती उजरी उपर छानबिन गरी मतदाता नामावलीबाट नाम हटाउन सक्ने छन् ।

    उक्त समयसीमाभित्र मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र कायम गर्न पनि निवेदन दिन पाइने छ । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा तोकिएको छ । स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरूले दर्ताका लागि दिएको निवेदनउपर आयोगले जाँचबुझ गरिरहेको छ ।

  • पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशत बढाउन सरकारलाई सिफारिस

    पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशत बढाउन सरकारलाई सिफारिस

    काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको आधारभूत तलब २५ प्रतिशत बढाउन सरकारलाई सिफारिस गरेको छ । समितिले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ‘श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस–२०७८’ प्रतिवेदन पेश गर्दै श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको न्यूनतम आधारभूत तलव २५ प्रतिशत बढाउन सिफारिस गरेको हो । हाल पत्रकारको न्यूनतम आधारभूत तलब २४ हजार ५०० रुपैयाँ छ ।

    न्यूनतम आवश्यकता, बजार भाउमा आएको उतारचढाव र अन्य क्षेत्रमा कार्यरत श्रमजीवीहरूको तुलनात्मक पारिश्रमिक दरको अध्ययन गरी २५ प्रतिशतले तलव वृद्धिको सिफारिस गरिएको समितिको भनाई छ । प्रतिवेदन बुझ्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समितिको सिफारिस कार्यान्वयनका लागि छलफल गर्ने बताएका छन् ।

  • नेपालबाट चोरी भई अमेरिका पुर्याइएका ३ वटा सम्पदा\मूर्ति फिर्ता ल्याइयो

    नेपालबाट चोरी भई अमेरिका पुर्याइएका ३ वटा सम्पदा\मूर्ति फिर्ता ल्याइयो

    काठमाडौं । नेपालबाट चोरी भएर अमेरिका लगिएका सम्पदा\मूर्ति नेपाल फिर्ता गरिएको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट चोरिएका ३ सम्पदा करिब साढे ६ महिनाको प्रयासपछि नेपाल फर्काइएको पुरातत्व विभागले जनाएको छ । गत असोज ४ गते पूरातत्व विभागमा परेको उजुरीको आधारमा फिर्ताको पहल थालिएको थियो । यी मूर्ति अमेरिका न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टमा दुईवटा र तिब्बत हाउस ग्यालरीमा एक वटा थिए ।

    मूर्ति र काष्ठकलाका रुपमा रहेको यी सम्पदा सोमबार मात्र नेपाल ल्याइएको हो । फिर्ता गरिएका सम्पदाहरुमा ओम बहालस्थित न्हुँच्छे बहाःबाट चोरिएको मल्लकालीन ध्यान मुद्रामा रहेको प्रस्तरको बुद्ध मूर्ति, ललितपुरको यम्पी महाविहारको प्रवेशद्वारमाथि रहेको काठको कलात्मक तोरण र इटुम्बहालबाट चोरिएको उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला हो ।

    बुधबार पुरातत्व विभागमार्फत् राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अभिलेखालयको सभाहलमा भएको कार्यक्रममा रुबिन म्युजियम अफ आर्ट न्यूयोर्कका कार्यकारी निर्देशक डा. जोरिट बित्स्च्गी र क्युरेटर एडमिनिस्ट्रेसन एण्ड कलेक्सनकी निर्देशक मिचेल बेन्नेट सिमोरेल्लाले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेलाई मूर्ति तथा काष्ठकला हस्तान्तरण गरेका छन् ।

    फिर्ता गरिएका सम्पदामध्ये प्रस्तरको बुद्धमूर्ति १३ औं शताब्दीको मानिएको छ । जसलाई म्युजियमले फिर्ता गर्ने बेलामा ३० हजार अमेरिकी डलर मूल्य तोकेको थियो । काठको कलात्मक तोरण १७ औं शताब्दीको मानिएको छ । जसको मूल्य एक लाख १० हजार रुपैयाँ तोकिएको थियो भने १४ औं शताब्दीको मानिएको उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकलाको मूल्य २२ हजार रुपैयाँ मानिएको थियो । ती मूर्तिलाई अहिले राष्ट्रिय संग्रहालयमा राखिने र सम्बन्धित स्थानीय तहले सुरक्षाको प्रत्याभूति दिलाएपछि सम्बन्धित ठाउँमा प्रतिस्थापन गरिने विभागका महानिर्देशक दामोदर गौतमले जानकारी गराए ।

  • लोक गायक तथा कलाकार जयनन्द लामाको निधन

    लोक गायक तथा कलाकार जयनन्द लामाको निधन

    काठमाडौं । वरिष्ठ लोक गायक तथा दिग्गज कलाकार जयनन्द लामाको निधन भएको छ । नेपाली संचारमाध्यमहरुका अनुसार लामाको बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा भएको हो । उनी राती भोजमा सहभागी भई घर आएका थिए । सो क्रममा उनी गाडीबाट झर्ने बेला लडेको समेत समाचारमा उल्लेख छ । लडेर लामाको टाउकोमा गहिरो चोट लागेको बताइएको छ ।

    सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् । उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए । उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीत गाएका छन् ।

  • दलित समुदायबाट पहिलो महिला सीडीओ बनिन् सीता

    दलित समुदायबाट पहिलो महिला सीडीओ बनिन् सीता

    काठमाडौं । नेपालमा दलित समुदायबाट पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुने कीतिमान सीता परियारले राखेकी छिन् । गृह मन्त्रालयले हुम्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा सीता परियारलाई खटाएको हो । उनी यसअघि भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारी थिइन् । परियार दलित समुदायबाट सीडीओ बन्ने पहिलो महिला बनेकी छिन् ।

    दलित समुदायबाट पुरुषहरू भने यसअघि सीडीओ बनिसकेका छन् । कास्कीको रुपा गाउँपालिका–१ मा जन्मिएकी सीता शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी हुन् । उनले तीनवटा उपमहानगरपालिका तथा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा समेत काम गरिसकेकी छिन् ।

  • रहेनन् वरिष्ठ साहित्यकार ताना शर्मा

    रहेनन् वरिष्ठ साहित्यकार ताना शर्मा

    काठमाडौं । नेपाली साहित्वमा ताना शर्मा नामबाट परिचित तारानाथ शर्माको निधन भएको छ । शर्माको मंगलबार बिहान निधन भएको हो । इलाममा जन्मिएका उनी काठमाडौंमा सक्रिय रहे । काठमाडौँस्थित उनको निजी निवासमा निधन भएको हो । उनी मधुमेहबाट पीडित थिए । लेखन कृतिमा उनको योगदान ठूलो छ । प्रख्यात समालोचक तथा लेखक शर्माको जन्म विसं १९९१ असार ९ मा भएको हो । अङ्ग्रेजी साहित्यमा एमए र भाषा विज्ञानमा विद्यावारिधि गरेका उनी मदन पुरस्कार, साझा पुरस्कार लगायतबाट सम्मानित छन् ।

    उनको ‘बेलाइततिर बरालिँदा’ नामक कृतिले २०२६ सालमा मदन पुरस्कार पाएको थियो । ‘सम र समका कृति’ ले २०२९ सालमा साझा पुरस्कार पाएको हो । विसं २०२३ मा रत्नश्री स्वर्णपदक र २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कारसमेत उनले पाए । यनले २००८ सालमा थिओडर मेननको सम्पादनमा दार्जिलिङबाट निस्कने ‘साथी’ साप्ताहिक पत्रिकामा ‘इलाम’ शीर्षकमा निबन्ध लेखन थालेका थिए ।

    अध्ययनका सिलसिलामा भारतको खर्साङ छँदा ‘आह्वान’ हस्तलिखित पत्रिका निकालेका उनले ‘हिमध्वनि’ पत्रिकाको सम्पादकसमेत रहेर काम गरेका थिए । प्रकाशित मध्ये उनको अन्तिम कृति ‘चरी भरर’ निबन्ध सङ्ग्र्रह हो ।

  • शताब्दी पुरुष जोशी उपचारपछि डिस्चार्ज

    शताब्दी पुरुष जोशी उपचारपछि डिस्चार्ज

    काठमाडौं । स्वास्थ्यमा सुधार आएसँगै संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी डिस्चार्ज भएका छन् । उनी सोमबार उपचारपछि घर फर्किएका हुन् । निमोनिया र स्वास प्रस्वासमा समस्या आएपछि उनी ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पताल भर्ना भएका थिए । उनी एक साता अस्पतालमा बसे । यसबीचमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिले स्वास्थ्यलाभको कामना गर्दै सन्देश पठाएका थिए ।

  • अभिनेत्री रेखा थापाले गरिन् कोर्ट म्यारिज

    अभिनेत्री रेखा थापाले गरिन् कोर्ट म्यारिज

    काठमाडौं । अभिनेत्री रेखा थापाले कोर्ट म्यारिज गरेकी छिन् । इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग उनले केही दिनअघि कोर्ट म्यारिज गरेको नेपाली संचारमाध्यमले लेखेका छन् । थापा नेपाली चलचित्र जगतमा सफल अभिनेत्री मानिन्छिन् । रेखा थापाले दोस्रो विवाह गरेकी हुन् ।

    निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेद भएको थियो । रेखा र शाही केही समयदेखि प्रेम सम्बन्धमा रहेको सार्वजनिक भएको थियो । उनीहरुले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन् । रेखा पछिल्लो समय राजनीतिमा तानिएकी छिन् । उनी राप्रपामा आवद्ध छिन् ।

  • आजबाट विद्यालयहरु भौतिक उपस्थितिमै चल्ने

    आजबाट विद्यालयहरु भौतिक उपस्थितिमै चल्ने

    काठमाडौं । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेपछि बन्द भएका विद्यालयहरु आइतबार भौतिक उपस्थितिमै खुल्ने भएका छन् । कोरोनाको तेस्रो लहरका कारण विद्यालय एक महिनादेखि बन्द थिए । आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी नियमित दैनिक रुपमा नै विद्यालय जान पाउने भएका छन् । १२ वर्षभन्दा मुनिका बालबालिकालाई आलोपालो गरी पठनपाठन गराउनु पर्नेछ ।

    १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोना विरुद्धको खोप दिएर भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्न लागिएको हो । १२ वर्षदेखि मुनिका बालबालिकालाई भने खोप दिन बाँकी छ । यसले गर्दा उनीहरुलाई आलोपालो गरेर पठनपाठन गर्ने सरकारले निर्णय गरेको हो ।

    १२ वर्षमुनिका बालबालिकालाई पनि खोप दिन तयारी भइरहेको छ । गत साता कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी आजदेखि खुलाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।

  • बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला, अबिर जात्रासहित भित्राइयो

    बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला, अबिर जात्रासहित भित्राइयो

    काठमाडौं । ८ माघ शनिबारको राती ललितपुरको सुनाकोठी बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला परेको छ । महानगरीय प्रहरी परिसर जावलाखेलले २० दिनपछि भेटिएको मूर्ति सार्वजनिक गरेको हो । गत राती ललितपुरको हात्तीवन क्षेत्रमा रहेको करूणामयको मन्दिर क्षेत्रमा बोरामा पोको पारी फालेको अवस्थामा मूर्ति फेला परेको हो । हात्तीवनका स्थानीय बुढी आमाले बोरामा राखेको अवस्थामा मूर्ति देखेपछि स्थानीयबीचमा हल्ला भएको थियो । त्यसपछि मूर्ति महानगरीय प्रहरी परिसर जावलाखेल लगिएको थियो ।

    मूर्ति भेटिएको जानकारीपछि गुठीका सदस्य बाजागाजासहित प्रहरी परिसर जावलाखेल पुगेका थिए । त्यसपछि अबिर जात्रासहित मूर्ति मन्दिरमा भित्राइएको छ । गुठीले मूर्ति भेटिएको सूचना दिनेको नाम गोप्य राखिने र पाँच लाख पुरस्कार दिने अपिलसमेत निकालेको थियो । मूर्ति चोरीको अनुसन्धान गर्न ललितपुर परिसर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले अनुसन्धान गरिरहेको थियो । मूर्ति चोरीको विषयमा हालसम्म कसैलाई पक्राउ भने गरिएको छैन । यो ३ सय वर्ष पुरानो मूर्ति मानिएको छ ।

  • शताब्दी पुरुष जोशीको स्वास्थ्यबारे जानकारी लिन स्वाथ्यमन्त्री अस्पताल पुगे

    शताब्दी पुरुष जोशीको स्वास्थ्यबारे जानकारी लिन स्वाथ्यमन्त्री अस्पताल पुगे

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वांमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उनले जोशीलाई भेटेका हुन् । मन्त्री खतिवडाले उनको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

    जोशी जिउँदो इतिहास भएको भन्दै उनको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको राससले लेखेको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि जोशी माघ २५ देखि अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालको भनाई छ । उनको कोरोना परीक्षण रिर्पोट समेत नेगेटिभ आएको छ ।

  • एसईई परीक्षाको तालीका सार्वजनिक, कुन दिन कुन विषय ?

    एसईई परीक्षाको तालीका सार्वजनिक, कुन दिन कुन विषय ?

    काठमाडौं । सरकारले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा ९ वैशाखबाट शुरु हुने छ । शुक्रबार परेको यो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा राखिएको छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुने तालीकामा उल्लेख छ । वैशाख ११ मा अनिवार्य गणित र १२ मा अनिवार्य नेपालीको परीक्षा राखिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको तालीका अनुसार ९ वैशाखमा सुरु भएको परीक्षा वैशाख २० गते सकिने भएको छ । परीक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म राखिएको छ ।

  • राप्रपाले कमल थापालाई भन्यो : पार्टी छाड्ने निर्णय पुनर्विचार गर्नुहोस

    राप्रपाले कमल थापालाई भन्यो : पार्टी छाड्ने निर्णय पुनर्विचार गर्नुहोस

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निवर्तमान अध्यक्ष कमल थापालाई पार्टी छाड्ने निर्णयबारे पुनर्विचार गर्न भनेको छ । मंगलबार थापाले पार्टी परित्याग गर्ने घोषणा गरेका थिए । यो निर्णयबारे पार्टीको धारणा बनाउन मंगलबार नै पदाधिकारी बैठक बसेको थियो । बैठकले यस्तो निर्णय गरेको हो । मंगलबार हेटौंडामा पूर्वअध्यक्ष थापाले पार्टी बाट अलग हुने घोषणा गरेका थिए । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ऐतिहासिक एकता महाधिवेशनपछि राष्ट्रिय शक्तिको रुपमा उदाएको राप्रपाका निवर्तमान अध्यक्ष थापाको निर्णय अनपेक्षित भएको भन्दै यस्तो अनुरोध गरेका छन् ।

    ‘राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रुपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भन्दै गरेको घोषणाप्रति दुःख प्रकट गर्दछौँ’, प्रवक्ता श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीबाट अलग हुने उहाँको निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ ।’ राप्रपाले पार्टी राजसंस्था, हिन्दूराष्ट्रको पुनःस्थापनालगायत सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित भएकोसमेत उल्लेख गरेको छ ।

  • सोमबारसम्म मतदाता नामावलीमा नाम टिपाएका नागरिकले भोट हाल्न पाउने, आजबाट बन्द

    सोमबारसम्म मतदाता नामावलीमा नाम टिपाएका नागरिकले भोट हाल्न पाउने, आजबाट बन्द

    काठमाडौं । निर्वाचन आयोगले मंगलबारबाट मतदाता नामावली संकलन बन्द गरेको छ । यससँगै सोमबारसम्म मतदाता नामावलीमा नाम टिपाएका नागरिकले मात्र भोट हाल्न पाउने छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा तोकेको छ । निर्वाचन कार्यतालिका एक–दुई दिनमा सार्वजनिक गर्ने र सोही अनुसार कार्य अगाडि बढाउने तयारीमा आयोग छ । आयोगले आशन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनबारे समेत तयारी थालेको छ ।

    सोमबार आयोगका प्रवक्ता पौडेलले विज्ञप्ति जारी गर्दै आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आवश्यक भवन, सवारी साधन तथा फर्चिरसहितका साधनको स्थानीय तहसँग विवरणका लागि पत्राचार गरेको जानकारी गराएका छन् ।

    प्रवक्ता पौडेलका अनुसार मुख्य निर्वाचन अधिकृत–निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि कार्यालय सञ्चालनका लागि सम्बन्धित स्थानीय तहबाटै कम्तीमा एक-एक थान चालु अवस्थाको डेस्कटप कम्प्यूटर, ल्यापटप, स्क्यानर र प्रिन्टर उपलब्ध हुनेगरी व्यवस्थापन गरिदिन सबै स्थानीय तहहरुलाई त्यहाँबाटै पत्राचार हुन समेत अनुरोध गरिएको छ ।

    त्यस्तै, स्थानीय तह निर्वाचन, २०७४ मा निर्वाचन आयोगबाट उपलब्ध गराइएका ल्यापटप तथा प्रिन्टरहरुको विवरण समेत खुलाउन आयोगले भनेको छ । आयोगले आफुलाई मात्र १२ अर्ब बजेट चाहिने भनेको छ ।

  • अनुमति नलिइ विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थामाथि सरकारले कारवाही गर्ने

    अनुमति नलिइ विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थामाथि सरकारले कारवाही गर्ने

    काठमाडौं । इजाजत नलिई अनधिकृत रुपमा विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थामाथि सरकारले कारवाही गर्ने भएको छ । गृह मन्त्रालयले यस्तो गरेको पाइए उजुरी दिन समेत सर्वसाधारणसँग आग्रह गरेको छ । विदेश जाँदा शैक्षिक संस्थाहरुले निर्णारण गरेको पक्रिया पूरा नहुने र अलपत्र पर्ने वा कतिपय अवस्थामा नेपालमै फिर्ता हुने गुनासो आएको भन्‍दै गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै त्यस्तो गैर कानुनी रुपमा काम गर्ने शैक्षिक परामर्शदाता संस्थाहरुविरुद्ध उजुरी दिन आग्रह गरेको हो ।

    त्यसरी गैर कानुनी रुपमा काम गरेको संस्थाहरु\व्‍यक्ति उपर सम्बन्धित व्‍यक्तिले नेपालमा भए जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालय र विदेशमा भए विदेशस्थित निपाली नियोगहरुमा जानकारी, सूचना, उजुरी दिनहुन गृहले भनेको छ । विज्ञप्तिमा भनिएको छ, ‘त्‍यस्ता गतिविधि सञ्‍चालन गरेको पाइएमा संलग्‍न संस्था, समूह र व्‍यक्ति जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने व्‍यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।’

    इजाजतपत्र नलिई अनधिकृत रुपमा सञ्‍चालन भएका शैक्षिक परामर्शदाता संस्थाहरु, अनधिकृत रुपमा इजाजत नलिई अनलाइन रुपमा विज्ञापन गर्ने शैक्षिक संस्थाहरु, अवैध रुपमा विदेशस्थित विभिन्‍न देशका शैक्षिक संस्थाहरुको प्रतिनिधि रुपमा कार्य गर्ने व्‍यक्तिहरु उपर सरकारले निगरानी गरिरहेकोसमेत गृहले उल्लेख गरेको छ । वैदेशिक अध्‍ययनका लागि जाने विलार्थीहरुले सम्बन्धित देश र उक्त देशको शैक्षिक संस्थाहरुले निर्धारण गरेको प्रक्रिया पूरा गरेर मात्र अध्‍ययनका लागि जानसमेत गृहले अनुरोध गरेको छ

  • १ फागुनबाट भौतिक उपस्थितिमै कक्षा संचालन गर्न पाइने

    १ फागुनबाट भौतिक उपस्थितिमै कक्षा संचालन गर्न पाइने

    काठमाडौं । नेपालमा फागुन १ बाट भौतिक उपस्थितिमै विद्यालयमा कक्षा सञ्चालन गर्न पाइने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिसमा उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रशासन कार्यालयले आइतबार यस्तो निर्णय गरेका हुन् । फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने भएको छ ।

    १२ वर्ष पुरा नभएका विद्यार्थीको हकमा भने स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने भएको छ । उनीहरुले अझै खोप लगाउन पाएका छैनन् । सबै परीक्षाहरु जेड आकारमा फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने भएको छ । विदेशबाट नेपाल आउँदा वा कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुले नेगेटिभ रिपोर्ट भएतापनि कम्तिमा पाँच दिन अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्‍नु पर्ने समेत काठमाडौं प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

  • आज बसन्त पञ्चमी, विद्याकी देवि सरस्वतीको पूजा आरधना गरिँदै

    आज बसन्त पञ्चमी, विद्याकी देवि सरस्वतीको पूजा आरधना गरिँदै

    काठमाडौं । आज हिन्दुधर्मावलम्बीहरु बसन्त पञ्चमी पर्व मनाउँदैछन् । यस दिन विद्याकी देवी सरस्वतीको पूज आरधना गर्ने गरिन्छ । आज सरस्वती मन्दिरहरुमा पूजा गरिन्छ । ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभूलगायत विभिन्न सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड लाग्छ । आज हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम छ ।

    विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइने यो पर्वका दिन ती वस्तुको पूजा गरिन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा(आराधना गर्ने प्रचलन वैदिककालदेखि चलि आएको छ । सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन छ ।

  • चर्चित गायिका लता मंगेश्वरको स्वास्थ्य अवस्था चिन्ताजनक

    चर्चित गायिका लता मंगेश्वरको स्वास्थ्य अवस्था चिन्ताजनक

    मुम्बई । स्वर कोकिलाका नामबाट चर्चित भारतीय गायिका लता मंगेश्वरको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ । ९२ वर्षिय उनलाई कोरोना र निमोनिया देखिएपछि अस्पतालमा भर्ना गरिएको छ । उनको भेन्टिलेटरको सहायतामा उपचार जारी रहेको र स्वास्थ्य अवस्था निकै खराब बनेको चिकित्सकले बताएका छन् । उनलाई मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको छ ।

    भारतीय समाचार एजेंसी एएनआईका अनुसार उनको उपचारमा संलग्न डा. प्रतीत समदानीले लताको चिन्ताजनक अवस्थामा उपचार भइरहेको बताएका छन् । यसअघि ८ जनवरीमा चिकित्सकले उनी निको भएको बताएका थिए । त्यसबेला भेन्टिलेटर सहायता हटाइएको थियो ।

    उनको स्वास्थ्य अवस्थाबारे अफवाह नफैलियासे भनेर चिकित्सकले पछिल्लो अवस्थाबारे निरन्तर अपडेट गराइरहेका छन् । ुभारत रत्नुबाट सम्मानित लताले पछिल्लो ७ दशकदेखि निरन्तर संगितमा योगदान गरिरहेकी छिन् ।

  • निर्वाचन आयोगद्धारा निर्वाचन लक्षित मतपत्रको डिजाइन आह्वान

    निर्वाचन आयोगद्धारा निर्वाचन लक्षित मतपत्रको डिजाइन आह्वान

    काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी मतपत्र डिजाइन गर्न दरखास्त आह्वान गरेको छ । आयोगले शनिबार सूचना निकाल्दै मतपत्र, लोगो, निर्वाचन चिन्ह तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनको माग गरेको हो । निर्वाचनको समयमा आयोगले तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन आयोगको कार्यालय वा आयोगको इमेलमा दर्ता गर्न सकिने भनिएको छ । निवेदनको ढाँचा आयोगको मतदाता नामावली तथा निर्वाचन संकलन शाखा वा वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।

    मान्यता प्राप्त गरेका विश्वविद्यालयबाट चित्रकला र ग्राफिक डिजाइनमा कम्तिमा स्नातक तह उत्तिर्ण गरेको, दृष्टान्त चित्र र ग्राफिक डिजाइन सम्बन्धी कम्तिमा दुई वर्षको अनुभव भएको, रेखा चित्र तथा रङ्गिन चित्र तयार गर्ने सम्बन्धी दक्षता भएको र नेपाली टाइप गर्नसक्ने र मुद्रण तथा प्रि प्रेस सम्बन्धी जानकारी भएकाले आवदेन दिन सक्ने आयोगले उल्लेख गरेको छ । आयोग स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा जुटेको छ । यद्दपी निर्वाचनको मिति तय हुन बाँकि छ ।

  • स्थगित भएका त्रिविका सबै परीक्षा सूचारु हुने

    स्थगित भएका त्रिविका सबै परीक्षा सूचारु हुने

    काठमाडौं । कोभिड १९ को नयाँ भेरियन्टका कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा सूचारु हुने भएका छन् । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने ८ वटा परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बुधबार विभिन्न संकायका डिनसहित बसेको बैठकले स्थगित सबै परीक्षा फागुन एक गतेदेखि गर्ने निर्णय गरेको हो ।

    त्रिविको सूचना अनुसार फागुन एक गतेदेखि वार्षिक परीक्षा अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको ४ वर्षे बीएस्सी तथा बीएड चौथो वर्षको नियमित तथा आंशिक परीक्षा गर्ने समय तालिका सार्वजनिक गरेको छ । परीक्षा अपरान्ह १२ बजेदेखि तीन बजेसम्म हुनेछ। वार्षिक प्रणाली अन्तर्गतको कानून संकायतर्फ ३ वर्षे एलएलबी प्रथम वर्षको नियमित (नयाँ पाठ्यक्रम) परीक्षा र तेस्रो वर्षको नियमिततर्फको परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

    फागुन दुई गतेदेखि तीन वर्षे शिक्षा संकाय तथा मानविकी संकायका स्नातक तहको तेस्रो वर्षको नियमित, आंशिक तथा प्राइभेट परीक्षा अपरान्ह १२ बजेदेखि हुनेछ । फागुन दुई गतेदेखि नै ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ स्नातक तह प्रथम वर्ष नियमितर्फको परीक्षा सञ्चालन हुनेछ । परीक्षा अपरान्ह १२ बजेदेखि ३ बजेसम्म हुनेछ । फागुन ९ गतेबाट ४ वर्षे वीएफए चौथो वर्षको पूरा तथा आंशिक तर्फको परीक्षा हुनेछ । परीक्षा बिहान ७ बजेदेखि बिहान १० सम्म हुनेछ ।

    फागुन १३ गतेदेखि शिक्षा संकाय तथा मानविकी तर्फको तीन वर्षे स्नातक तह तेस्रो वर्ष नियमित, आंशिक तथा प्राइभेटतर्फको परीक्षा हुनेछ । परीक्षा अपरान्ह १२ बजेदेखि तीनबजेसम्म हुनेछ । फागुन १३ गतेदेखि नै ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षा संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको स्नातक तह प्रथम वर्ष नियमिततर्फको स्थगित परीक्षा सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यलयको अनुसार विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा संकायको परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म र मानविकीतर्फको परीक्षा अपरान्ह १२ बजेदेखि तीनबजेसम्म हुनेछ ।

  • बालकुमारीबाट चोरी भएको मूर्तिबारे सूचना दिनेलाई ५ लाख पुरस्कार घोषणा

    बालकुमारीबाट चोरी भएको मूर्तिबारे सूचना दिनेलाई ५ लाख पुरस्कार घोषणा

    ललितपुर । ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारी माईको मूर्ति बारे सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिइने भएको छ । चोरी भएको एक सातासम्म पनि यो मूर्तिबारे प्रहरीले कुनै सुराक पाउन सकेको छैन । बालकुमारी गुठीले विशेष सूचना निकालेर पुरस्कार घोषणा गरेको हो। ललितपुर महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष बाबुराज महर्जनले विशेष सूचना दिने व्यक्तिलाई पाँच लाखसम्मको पुरस्कार दिने घोषणा गरिएको जानकारी गराएका छन् ।

    सुराकी दिने व्यक्तिको गोपनीयता कायम गरिने भएको छ । चोरी भएको मूर्तिको सम्बन्धमा अनुसन्धान गर्न अहिले महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको टोली खटिएको छ। अघिल्लो आइतवार माघ ९ गते ललितपुर महानगरपालिका–२७ मा रहेको बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको थियो ।

  • स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने तयारी, सत्तारुढ दलको बैठकले तय गर्ने

    स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने तयारी, सत्तारुढ दलको बैठकले तय गर्ने

    काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्ने सहमति सत्तारुढ दलमा जुट्दै गएपछि आज मितिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने बताइएको छ । प्रधानमन्त्री देउवाको जोड निर्वाचन आयोगको सिफारिस अनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले गठबन्धनले सोही अनुसारको निर्णय गर्ने अनुमान गरिएको छ ।

    निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिइसकेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्थानीय तह निर्वाचन ऐन २०७३ को प्रावधान छ । शुक्रबार प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफलमा यसबारे अनौपचारिक सहमति जुटेको बताइएको छ ।

  • माघ मसान्तसम्म भौतिक उपस्थितिमा कक्षा संचालन नहुने

    माघ मसान्तसम्म भौतिक उपस्थितिमा कक्षा संचालन नहुने

    काठमाडौं । माघ मसान्तसम्म भौतिक उपस्थितिमा शिक्षण संस्थामा कक्षा संचालन नहुने भएको छ । कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठन पाठन नगर्न सिफारिस गरेको हो । शुक्रबार बसेको बैठकले अहिलेपनि कोरोना महामारीको जोखिम रहेकाले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

    जनस्वास्थ्यका विज्ञहरुले मानिसहरुबीच सम्पर्क कम गर्नुपर्ने सुझाव दिएकाले भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न सिफारिस गरिएको हो । सरकारले माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्ने निर्णय गरेको थियो । माघ १५ गतेदेखि २० गतेसम्म बालबालिकालाई खोप लगाउनका लागि विद्यालय खुला हुँदैछन् ।

  • प्याब्सनले भन्यो : २३ माघबाट विद्यालय खोलौं

    प्याब्सनले भन्यो : २३ माघबाट विद्यालय खोलौं

    काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल (प्याब्सन) ले परिस्थितिको मूल्यांकन गरि २३ माघबाट विद्यालय खोल्न दिन माग गरेको छ । प्याब्सनले खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्थाको समेत माग गरेको हो ।

    प्याब्सन केन्द्रीय कार्यसमितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेटेर कोरोना महामारीको परिस्थिति हेरेर २३ गतेदेखि खोप लगाइसकेको विद्यार्थीलाई आलो पालो प्रणालीमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न, आउने सप्ताह १२ देखि १७ वर्ष उमेर समूहका सबै विद्यार्थीलाई खोप दिनुपर्ने, पाँच वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि पनि खोपको व्यवस्था गर्न माग गरेको केन्द्रीय अध्यक्ष टीकाराम पुरीले जानकारी दिए ।

    विद्यालय मात्रै बन्द भएर शिक्षा क्षेत्र डेडलक भएको भन्दै कोरोना संक्रमण दर यही दरमा रह्यो भने त्यो सम्भव नहुने उनको भनाई छ । संक्रमण घटेको अवस्थामा खोप लगाइसकेका विद्यार्थीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड कायम गरेर विद्यालय सञ्चालन गर्ने अवस्था सिर्जना गर्नुपर्ने माग प्याब्सनको छ ।

    सरकारले यथाशक्य चाँडो पाँच वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि पनि खोपको व्यवस्था गर्न, शिक्षक तथा कर्मचारीको लागि बुस्टर डोजको व्यवस्था गर्न मन्त्रीलाई अनुरोध गरेको छ । प्याब्सनको काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला समिति तथा नगरसमितिहरु गरी १८ वटा कार्यसमितिले तीन वटै जिल्ला प्रशासन कार्यलयमा १० बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

  • बुधबार हुँदैछ राष्ट्रिय सभाको निर्वाचन, तयारी पुरा

    बुधबार हुँदैछ राष्ट्रिय सभाको निर्वाचन, तयारी पुरा

    काठमाडौं । बुधबार राष्ट्रिय सभा निर्वाचन हुँदैछ । मतदान गर्न सातवटै प्रदेशका केन्द्रमा आवश्यक तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी गराएको छ । राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । आयोगले मतदान गर्न आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । सबै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसकिएको समेत आयोगले जानकारी गराएको छ । सातवटा प्रदेशमा दुई हजार २५ जना मतदाता छन् ।

    चुनावमा पाँच सय ३२ जना प्रदेश सभा सदस्य र एक हजार चार सय ९३ जना पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । १९ पदका लागि ४३ जनाले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनमा रहेका पाँच दलले राष्ट्रिय सभा चुनावमा पनि गठबन्धन गरेका छन् । प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले सातै प्रदेशमा आफ्ना उम्मेदवार उठाएको छ । कोरोना संक्रमित मतदाताले समेत भोट हाल्न पाउने छन् ।

  • ढाका फिल्म महोत्सवमा दुई नेपाली फिल्मले जिते अवार्ड

    ढाका फिल्म महोत्सवमा दुई नेपाली फिल्मले जिते अवार्ड

    काठमाडौं । ढाकामा संचालन भएको फिल्म महोत्सवमा दुई नेपाली फिल्मले अवाडी जित्न सफल भएका छन् । बंगलादेशको ढाकामा ‘ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ चलेको थियो । आइतबार सम्पन्न अवार्डको २० औं संस्करणमा चलचित्र ‘ऐना झ्यालको पुतली’बाट सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड र किरण पोखरेल निर्देशित ‘पुतलीको सपना’ले स्क्रिप्ट ल्याबतर्फ प्रथम पुरस्कार प्राप्त गरेको छ ।

    ‘एसियन सिनेमा’ विधातर्फ उत्कृष्ट निर्देशकको अवार्ड ‘ऐना झ्यालको पुतली’का निर्देशक सुजित बिडारीले जितेका हुन् । यस विधाको उत्कृष्ट चलचित्रको अवार्ड भने भारतको तमिल चलचित्र ‘पेब्बल्स’ले हात पारेको छ । ‘पुतलीको सपना’ले पाँच हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको छ । १७ विधामा प्रदान गरिएको अवार्ड समारोहका लागि ढाका पुगेका सुजित र किरण भने कोरोना संक्रमणका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् ।