पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द

कृष्ण दवाडी–राससकास्की, १८ पुसः पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गत रहेको कुँडहर सबस्टेशनमा चार दिनसम्म बिहान ६ः०० देखि ११ः०० बजेसम्म ‘बसबार’ स्तरोन्नति कार्य सुरु हुने भएकाले पोखराको अधिकांश क्षेत्रमा बिजुली काटिने पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए । “कुँडहर सबस्टेशनको… Continue reading पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द

स्थानीय र परम्परागत उत्पादनको बजारीकरण गर्दै कामपा

काठमाडौँ, १८ पुस । काठमाडौँ महानगरपालिकाले स्थानीय र परम्परागत (रैथाने) उत्पादनको प्रवर्द्धन तथा बजारीकरणका लागि सहयोग गर्ने जनाएको छ । कामपाले ताजा तरकारी, अन्न र फलफूल उपलब्ध गराउन कामपाले स्थानीय तथा रैथाने उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि काम गरिरहेको सुशासन समितिका संयोजक एवं वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारीले जानकारी दिए । उपभोक्तालाई स्थानीय… Continue reading स्थानीय र परम्परागत उत्पादनको बजारीकरण गर्दै कामपा

कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

कर्णाली, १७ पुसः सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको मृत्यु भएको । निस्सासिएर अन्य दुई जना बेहोस अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकृत प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार भेरीगङ्गा नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीस्थित मानबहादुर चन्दको घरमा बस्ने ३२ वर्षीय तारा बुढाको ३८ दिनको छोरी प्रतीक्षाको निस्सासिएर… Continue reading कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी

काठमाडौँ, १७ पुस । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्का संरचनाको बाँकी बक्यौता उठाउन व्यापारी तथा सङ्घसंस्थालाई तत्कालै पत्र काट्ने बताएकी छिन् । भृकुटीमण्डपको अवलोकनपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भनिन्, “कतिपय संरचनाको बक्यौता बाँकी छ भन्ने सुनेका थियौँ, त्यो समस्या आज आफैँले थाहा पायौँ, बाँकी बक्यौता तिर्नका लागि आजै पत्र… Continue reading भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी

प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि

काठमाडौँ, १६ पुस । नेपाल पत्रकार महासङ्घले सन् २०२५ मा नेपालमा प्रेस स्वतन्त्रता हननका घटना अघिल्लो वर्षको तुलनामा करिब तेब्बरले वृद्धि भएकामा ध्यानाकर्षण गराएको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा पत्रकारविरुद्धका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्था कमजोर बन्दै जानु, पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा जोखिम बढ्नुले प्रेस स्वतन्त्रता थप चुनौतीपूर्ण बन्दै गएको… Continue reading प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि

शितलहरले पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा अझै समस्या

काठमाडौँ, १६ पुसः शितलहरका कारण निर्माणाधिन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको छ । सडक विभागको आयोजना निर्देशनालयले यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शितलहरको कारणले निर्माणाधीन सडकमा समस्या देखिएको हो । सो सडकको केही स्थानमा कल्भर्ट तथा सडक… Continue reading शितलहरले पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा अझै समस्या

तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

RSS

काठमाडौँ, १६ पुस । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । यसैबीच, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली… Continue reading तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

शीतलहरले वीरगन्जमा तीन दिन सार्वजनिक बिदा

वीरगञ्ज (पर्सा), १६ पुसः वीरगञ्ज महानगरले यहाँ शीतलहर चलेसँगै यहाँ तेस्रोपटक फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।पछिल्लो दुई सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले पुस १६ देखि १८ गतसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो । यसअघि महानगरले दुईपटक गरेर पाँच दिन जाडो बिदा दिइसकेको छ ।… Continue reading शीतलहरले वीरगन्जमा तीन दिन सार्वजनिक बिदा

कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

जुम्ला, १५ पुस । ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा पु(याउने उद्देश्यका साथ नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम भेगमा टावर विस्तार गरेको छ । नेपाल टेलिकम शाखा कार्यालय जुम्लाको कार्यक्षेत्र पर्ने जुम्लालगायत कालीकोट र मुगुमा ८६ वटा टावर विस्तार गरिएको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख पारस पुजाराले जानकारी दिए ।… Continue reading कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

काठमाडौंमा छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ, १५ पुस । काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बूढानीलकण्ठ नगरपालिका–७ गल्फुटार चोकस्थित सडकमा चक्रपथबाट बूढानीलकण्ठतर्फ जाँदै गरेको बा प्र०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप खाँडादेवी गाउँपालिका–३ का अवि श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा घाइते उहाँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु… Continue reading काठमाडौंमा छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु

ग्यास बुलेट राजमार्गमा पल्टियो, दिनभर खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग

चन्द्रपुर (रौतहट), १५ पुष । आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अझै खुल्न सकेको छैन । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर—धन्सार सडक खण्डको लमाह पुल नजिक एलपी ग्यास बोकेको बुलेट दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको हो । भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ ए टी २११४ नम्बरको ट्याङ्कर… Continue reading ग्यास बुलेट राजमार्गमा पल्टियो, दिनभर खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग

प्रचण्ड नेतृत्वको नेकपाले दियो सबै नयाँ अनुहारलाई अवसर, समानूपातिक सूचीमा कोको परे ?

तस्बिरः रत्न श्रेष्ठ\रासस

१५ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक तर्फका उम्मेदवारमा सबै नयाँ अनुहारले अवसर पाएका छन् । पार्टीले यसअघि संघ र प्रदेशमा सांसद बनिसकेकाहरुलाई समानुपातिक उम्मेदवार नबनाउने नीति सार्वजनिक गरेको थियो । सोही अनुसार नेकपाको सूचीमा सबै नयाँ अनुहार छन् । यो पार्टीको खर्स आर्यको महिलातर्फ करुणा बस्नेत र पुरुषमा प्रमेश हमाल पहिलो नम्बरमा छन्… Continue reading प्रचण्ड नेतृत्वको नेकपाले दियो सबै नयाँ अनुहारलाई अवसर, समानूपातिक सूचीमा कोको परे ?

आज पुस १५ तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा

काठमाडौँ, १५ पुस । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ… Continue reading आज पुस १५ तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा

निर्वाचन आउन ६५ दिन बाँकी : आयोगले तोक्यो खर्च सीमा

निर्वाचन आयोगको कार्यालय काठमाडौँ, ११ पुसः कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन आयोग, नेपालको कार्यालय । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौँ, १५ पुस ः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो । आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २५ लाख खर्च गर्न पाउनेछन् ।… Continue reading निर्वाचन आउन ६५ दिन बाँकी : आयोगले तोक्यो खर्च सीमा

रवि, कुलमान र बालेनबीच यस्तो भयो सहमति

१४ पुस, कुलमान घिसिङ, बालेन शाह र रवि लामिछानेबीच त्रिपक्षीय सहमति भएको छ । सहमति पत्रमा लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । साक्षी बालेन बसेका छन् । सहमति अनुसार जेन जी आन्दोलनलाई आत्मसाथ गर्ने उल्लेख छ । पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने भएको छ । चुनाव चिन्ह… Continue reading रवि, कुलमान र बालेनबीच यस्तो भयो सहमति

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ, १४ पुस । यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ । केन्द्रमा भएको तन्तु प्रयोगशाला प्रविधिमामार्फत प्रशारण गरिएको हाईब्रिड स्याउको बीउ छरेर यहाँ उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउका बिरुवा रोपण गरी उत्पादनतर्फ जोड दिइएको हो ।… Continue reading मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

प्रतिनिधिसभा निर्वाचन : रौटहतमा एक मतदातास्थलसहित १८ केन्द्र थप गरियो

चन्द्रपुर (रौतहट), १४ पुस । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा अगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदातालाई थप सहज बनाउन केन्द्र र स्थल थप गरिएका हुन् । विसं २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा पाँच सय… Continue reading प्रतिनिधिसभा निर्वाचन : रौटहतमा एक मतदातास्थलसहित १८ केन्द्र थप गरियो

प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

टक्सार (भोजपुर), १४ पुसः पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको निर्वाचनका लागि कूल एक लाख २५ हजार सात सय ६६ जना मतदाता कायम भएका छन् । अघिल्लो निर्वाचनको तुलनामा अहिले जिल्लामा मतदाताको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो निर्वाचनसम्म यहाँको कूल मतदाता सङ्ख्या एक लाख २३ हजार तीन सय ७९ जना मात्र थियो… Continue reading प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

वाणिज्य विभागले तीन उद्योगलाई तिरायो एक लाख १० हजार जरिवाना

काठमाडौँ, १४ पुस । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गरेको छ । विभागले तीन वटा उद्योग तथा फर्मलाई रु एक लाख १० हजार जरिवाना गरेको छ । विभागले सम्झना अचार उद्योगलाई रु १० हजार, आरोहण फेशन क्राफ्ट प्रालि र… Continue reading वाणिज्य विभागले तीन उद्योगलाई तिरायो एक लाख १० हजार जरिवाना

एमालेले समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने

काठमाडौँ, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि सामानुपातिकतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको बैठकले सोमबार आयोगमा समानुपातिकतर्फको बन्दसूचि बुझाउने निर्णय गरेको एमालका उपमहासचिव लेखराज भट्टले बैठकपछि पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार पार्टीले जिल्ला… Continue reading एमालेले समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने

क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष च्यान पक्राउ

File : जिल्ला प्रहरी परिसर काठमाडौँमा बुधबार आयोजित पत्रकार सम्मेलनमा क्यासिनोबाट पक्राउ परेका व्यक्तिहरु बारे जानकारी दिनुहुँदै परिसरका सूचना अधिकारी पवनकुमार भट्टराई । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ, १३ पुस : प्रहरीले क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई पक्राउ गरेको छ । चिङलाई ठगीसम्बन्धी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए । उनले भने, “क्यासिनामा डमी खेलाडी तयार गरेर आँखामा लेन्स र तासमा चिप्स जडान गरी ठगी गरेको आरोपमा प्रहरीले… Continue reading क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष च्यान पक्राउ

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

मनाङ, १३ पुस । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्रिय प्रकृति कोष (एनटिएनसी) र अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)ले संयुक्त रूपमा मनाङ क्षेत्रमा विज्ञसहित क्यामेरा ट्रयापिङबाट हिउँ चितुवाको अवस्था, गणना र वन्यजन्तुको अनुगमन गरिने भएको हो । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने… Continue reading मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी, १३ पुस । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन् । खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको कम्पनी एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमको तामाखानीको खोजतलास तथा उत्खननका लागि पुनः अध्ययन थालेको हो । मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा छ ठाउँमा रहेका तामाखानी पाँच… Continue reading तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

रास्वपा र बालेन मिल्दा कुलमान छुटे

काठमाडौँ, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच विभिन्न विषयमा सात बुँदे सहमति हुँदा कुलमान घिसिङ भने छुटेका छन् । यसबारे प्रतिक्रिया दिँदै रास्वपा सभापति रवि लामिछानेले सहमति नेताको चाहना अनुसार नभई जनताको चाहना अनुसार भएको बताएका छन् । सहमतिमा सभापति लामिछाने र प्रमुख शाहले मात्र हस्ताक्षर गरेका छन्… Continue reading रास्वपा र बालेन मिल्दा कुलमान छुटे

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौँ, १२ पुस । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौँ महानगरपालिकाले २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलेको छ । पाशुपत क्षेत्र जयवागीश्वरी मन्दिरसँगै रहेको सुन्धाराको बन्द पानीको निकास खोलिएको हो । यही पुस ६ गते र ९ गते रातभरको प्रयास गरेपछि १० गते बिहान पाइप राखेर निकास खोलिएको वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी… Continue reading खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

अलैँचीको निर्यात ६० प्रतिशत बढ्यो

भद्रपुर (झापा), १२ पुसः चालु आर्थिक वर्ष २०८२–०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु पाँच अर्व ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैची निर्यात भएको छ । पाँच महिनाको अवधिमा दुई हजार ६२२ दशमलव १० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका… Continue reading अलैँचीको निर्यात ६० प्रतिशत बढ्यो

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर, ११ पुस । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै गएको छ । जङ्गली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि प्रदेशभर जनस्वास्थ्यमा ठूलो चुनौती थपिएको छ । धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार पछिल्लो २० दिनयता कम्तीमा १८ पशुको रेबिजका कारण मृत्यु… Continue reading सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव हुँदै

मुग्लिन (चितवन), ११ पुस । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुँदैछ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव हुन लागेको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वासका साथ महोत्सवको आयोजना गरिएको चितवन उद्योग सङ्घ इच्छाकामना समितिका… Continue reading मुग्लिनमा आजदेखि सुन्तला महोत्सव हुँदै

हुम्लामा आगलागी, पाँच घर जले, दुई घाइते

हुम्लाको सर्केगाड गाउँपालिका-२ मा बिहीबार राति ११ बजेतिर भएको आगलागी । आगलागीबाट यहाँका दुई घर जलेका छन् । तस्बिर ः कालीबहादुर थापा / रासस

११ पुस, हुम्ला । सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए । फडेराका अनुसार गए राति लैबा फडेरोको घरबाट अचानक सुरु भएको आगलागीमा परेर स्थानीय लैबा फेडेरा र बम्बु फडेर घाइते भएका छन् । घाइते दुवैजनालाई उपचारका लागि राति नै एम्बुलेन्सबाट… Continue reading हुम्लामा आगलागी, पाँच घर जले, दुई घाइते

बागद्धारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

काठमाडौँ, १० पुस । बागमतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान गराउन सम्भाव्यता अध्ययन गरिने भएको छ । गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालको संयोजकत्वमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीसहितको बैठकले यस्तो निर्णय गरेको हो । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जस्थित गोकर्णेश्वर… Continue reading बागद्धारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै