बरहथवा (सर्लाही), ६ माघः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारी दर्ता गराएका छन् । सभापति थापाले आज वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा उपेन्द्रप्रसाद कुशवाहा र समर्थक रामआश्रय साह बसेको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिए ।… Continue reading सर्लाही क्षेत्र नं ४ मा कांग्रेस सभापति थापाको उम्मेदवारी दर्ता
Category: स्थानीय
रास्वपा सभापति लामिछानेको उम्मेदवारी वारेसनामामार्फत दर्ता
चितवन, ६ माघ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले रास्वपा भरतपुर महानगर सभापति सीता ज्ञवालीको वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत देवीराम भण्डारीले वारेसनामामार्फत उम्मेदवारी… Continue reading रास्वपा सभापति लामिछानेको उम्मेदवारी वारेसनामामार्फत दर्ता
ओलीले गरे मनोनयन दर्ता, मूख्य प्रतिस्पर्धी बालेन
झापा (भद्रपुर), ६ माघः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालय पुगेर अध्यक्ष ओलीले आज मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापश्चात् सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै निर्वाचनमा आफ्नो प्रतिस्पर्धी नरहेको बताए । अध्यक्ष ओली यसअघि २०७९ को… Continue reading ओलीले गरे मनोनयन दर्ता, मूख्य प्रतिस्पर्धी बालेन
स्थानीय तहबाट राजीनामा दिँदै प्रतिनिधिसभाको उम्मेदवार
विश्वन्यूजकाठमाडौँ, ६ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ । स्थानीय तहका कतिपय जनप्रतिनिधिहरू धमाधम पदबाट राजीनामा दिँदै उम्मेदवारी दिएका छन् । महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरू प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराए । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले… Continue reading स्थानीय तहबाट राजीनामा दिँदै प्रतिनिधिसभाको उम्मेदवार
तीन दशकपछि देउवाले छाडे मैदान, नैनसिंह महर कांग्रेसको उम्मेदवार
६ माघ, काठमाडौं । डडेलधुरामा कांग्रेसका नैनसिंह महर उम्मेदवार बन्ने भएका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यसपटकबाट चुनाव नलड्ने भएपछि महरले टिकट पाएका हुन् । कांग्रेस संसदीय बोर्डको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । महर कांग्रेसमा देउवा पक्षकै नेता हुन् । महर नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका छन् । उनी निवर्तमान केन्द्रीय सदस्य समेत… Continue reading तीन दशकपछि देउवाले छाडे मैदान, नैनसिंह महर कांग्रेसको उम्मेदवार
ऋषि धमला रौतहटबाट चुनाव लड्दै
६ माघ, काठमाडौं । पत्रकार ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्। उनी रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी छन्। ऋषिपत्नी एलिजा त्यस पार्टीकी उपाध्यक्ष छिन्। उनी केही समयअघि पार्टी प्रवेश गरेकी थिइन्। ‘आज मनमा गर्व पनि छ र अलि भारीपन पनि। वर्षौंसम्म… Continue reading ऋषि धमला रौतहटबाट चुनाव लड्दै
काठमाडौंमा कुन कुन स्थानमा हुँदैछ मनोनयन दर्ता ?
६ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन्। जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ। कार्यालयका अनुसार काठमाडौँ क्षेत्र नं १ को कार्यालय सहकारी… Continue reading काठमाडौंमा कुन कुन स्थानमा हुँदैछ मनोनयन दर्ता ?
गुल्मीमा कुन पार्टीबाट को उम्मेदवार ?
६ माघ, काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मीमा मुख्य राजनीतिक दलले उम्मेदवारी टुङ्गो लगाएका छन्। मङ्गलबार उम्मेदवारीको मनोनयन दर्ता कार्यक्रम रहेको छ। यस जिल्लामा विशेषगरी नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, रास्वपा र राप्रपाले दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको पाइएको हो। नेपाली कांग्रेसले निर्वाचन क्षेत्र नम्बर–१ मा प्रभावशाली नेता… Continue reading गुल्मीमा कुन पार्टीबाट को उम्मेदवार ?
एमालेका इश्वर पोखरेल काठमाडौं–५ बाट चुनाव लड्ने
६ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँ क्षेत्र ५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले पार्टी केन्द्रले क्षेत्र ५ मा पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए । पोखरेल विगतको प्रतिनिधिसभा र संविधानसभा निर्वाचनमा उक्त क्षेत्रबाट उम्मेदवार हुँदै आएका छन् । अध्यक्ष निरौलाका अनुसार… Continue reading एमालेका इश्वर पोखरेल काठमाडौं–५ बाट चुनाव लड्ने
आज प्रत्यक्षतर्फ देशैभर उम्मेदवारी दर्ता
६ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुन लागेको जनाएको हो । उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित… Continue reading आज प्रत्यक्षतर्फ देशैभर उम्मेदवारी दर्ता
रास्वपाको चुनावी सभा जनकपुरबाट सुरु, प्रदर्शनीमा बालेन आकर्षण
५ माघ, काठमाडौं । २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मंगलबार मनोनयन दर्ता हुँदैछ । त्यसअगाडी नै राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको चर्चित पात्र बालेन शाहलाई प्रदर्शनीमा उत्रार्दै विपक्षीलाई कडा चूनौति पेश गरेको छ । आइतबार घण्टीघर प्रवेशसँगै बालेनलाई रास्वपाले भब्य स्वागत गरेको थियो । आज जनकपुरमा त्यसलाई आम जनता र… Continue reading रास्वपाको चुनावी सभा जनकपुरबाट सुरु, प्रदर्शनीमा बालेन आकर्षण
बालेनले जनकपुरमै बुझे झापा-५ को टिकट
५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा(५ को प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारको टिकट लिएका छन् । उनले पार्टी सभापति रवि लामिछानेमार्फत जनकपुरमा टिकट लिएका हुन् । लामिछाने र बालेन दुवै पार्टीको सभाका लागि जनकपुर पुगेका थिए । झापाबाट चुनाव लड्नकै लागि बालेनले आइतबार काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएका थिए… Continue reading बालेनले जनकपुरमै बुझे झापा-५ को टिकट
कांग्रेसमा सहमतिमै टिकट बाँड्न सुरु, दोस्रो पक्षले समेत गगनलाई स्वीकार गर्यो
५ माघ, काठमाडौं । नेपाली कांग्रेस यस पटक चुनाव अगाडी एक पार्टीकै रुपमा चुनाव लड्ने भएको छ । निर्वाचन आयोगले गगनलाई सभापतिको मान्यता दिएसँगै देउवा समूह अदालत पुगेको छ । अदालती प्रक्रिया थाँती राख्दै कांग्रेसका देउवा, गगन र शेखर कोइराला पक्ष निर्वाचनमा एक भएर जान सहमत भएका छन् । यससँगै कांग्रेसले टिकट वितरण समेत थालेको… Continue reading कांग्रेसमा सहमतिमै टिकट बाँड्न सुरु, दोस्रो पक्षले समेत गगनलाई स्वीकार गर्यो
आरजु देउवाले कैलालीमा पाइनन् टिकट, ५ क्षेत्रमा कांग्रेसबाट कोकसले पाए ?
५ माघ, काठमाडौं । नेपाली कांग्रेसले कैलालीका पाँचवटै क्षेत्रका उम्मेदवारहरूको टुंगो लगाएको छ । सोमबार सभापति गगन कुमार थापाले ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूलाई टिकट वितरण गरेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि राजनीतिक दलहरूले धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ । कांग्रेस कैलालीका सचिव केशव मिश्रले… Continue reading आरजु देउवाले कैलालीमा पाइनन् टिकट, ५ क्षेत्रमा कांग्रेसबाट कोकसले पाए ?
रास्वपाको तेह्रथुमका जिल्ला तथा पालिका समितिको सामूहिक राजीनामा
५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुम जिल्ला कार्यसमिति, सबै पालिका समिति तथा वडा कमिटीका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । पार्टीको केन्द्रीय नेतृत्वले पार्टीकै विधि र प्रक्रियाविपरीत उम्मेदवार चयन गरेको भन्दै असन्तुष्टि जनाउँदै उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन्। २३ र २४ भदौको जेनजी आन्दोलनपछि मुलुक नयाँ राजनीतिक मोडमा प्रवेश गरेको सन्दर्भ उल्लेख… Continue reading रास्वपाको तेह्रथुमका जिल्ला तथा पालिका समितिको सामूहिक राजीनामा
आयोगले समानुपातिकतर्फ ८९ लाख १७ हजार थान मतपत्र छाप्यो
५ माघ, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतपत्र छपाइ भएको थियो । आयोगले… Continue reading आयोगले समानुपातिकतर्फ ८९ लाख १७ हजार थान मतपत्र छाप्यो
बालेनले जानकी मन्दिरमा गरे पूजाआजा
५ माघ, जनकपुर । सभालाई सम्बोधन गर्न मधेशको राजधानी जनकपुरधाम आएका रास्वपा नेता बालेन शाहले जानकी मन्दिरमा पूजा गरी आजको दिन सुरुवात गरेका छन् । जनकपुरधामबाट उनी मधेश आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्न लहान पुगेका छन् । उनी आज एकाबिहानै पूजाआजाका लागि जानकी मन्दिर पुगेका थिए । पूजाआजापछि उनले मन्दिरका पूजारी तथा सहमहन्थ रामरोशन दाससँग… Continue reading बालेनले जानकी मन्दिरमा गरे पूजाआजा
धरानका मेयर हर्क साम्पाङले दिए राजिनामा
४ माघ, काठमाडौं । धरान उपमहानगरपालिकाका नगर प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले राजिनामा दिएका छन् । साथै धरान–१७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) ले समेत समेत आइतबार साँझ राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारीमा रहेका दुवै जनाले… Continue reading धरानका मेयर हर्क साम्पाङले दिए राजिनामा
काठमाडौं महानगरको कार्यबाहक मेयरमा सुनिता डंगोल
४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वतस् कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । मेयरले पदबाट राजीनामा पाएपछि स्वतः उपमेयरले कार्यवाहक पाउने व्यवस्था ऐनमा छ । मेयर शाहले रास्वपा कार्यालय… Continue reading काठमाडौं महानगरको कार्यबाहक मेयरमा सुनिता डंगोल
जनकपुर पुगे बालेन, मधेश केन्द्रित अभियानमा सहभागी हुने
४ माघ, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) जनकपुरधाम पुगेका छन् । उनी आइतबार साँझ जनकपुरधाम जनकपुरधाम विमानस्थल हुँदै जनकपुरधाम पुगेका हुन् । विमानस्थलमा बालेनको स्वागतमा आएका बालेन समर्थकले ‘अबकी बार बालेन सरकार’को नारा लगाएका थिए। भीडले विमानस्थलको सिसासमेत फुटाएको थियो। सोमबार जनकपुरधाम स्थित तिरहुतिया गाछिमा आयोजित कार्यक्रममा सहभागी हुन… Continue reading जनकपुर पुगे बालेन, मधेश केन्द्रित अभियानमा सहभागी हुने
मेयर पदबाट बालेनले दिए राजिनामा, आजै पुगे घण्टीघर
४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् । मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । त्यसलगत्तै उनी रास्वपा केन्द्रीय कार्यालय पुगेका थिए । रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भिडले उनको स्वागत गरेको थियो । उनी रास्वपा प्रवेश गरेर झापा–५ बाट निर्वाचन लड्ने तयारीमा छन् । उनी रास्वपाका… Continue reading मेयर पदबाट बालेनले दिए राजिनामा, आजै पुगे घण्टीघर
धरानमा घर भित्रै छिर्यो बस, कम्तिमा ५ को मृत्यु
धरान (सुनसरी), माघ ४ गते । जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्ट बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को१ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चन्द्र खड्काले… Continue reading धरानमा घर भित्रै छिर्यो बस, कम्तिमा ५ को मृत्यु
बालेनले मेयरबाट राजिनामा दिँदै, भोलीबाट चुनावी अभियानमा होमिने
४ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा दिँदैछन् । उनले सम्भवतः आज राजिनामा दिने तयारी छ । आजै रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने र भोलीबाट चुनावी अभियानमा होमिने तयारीमा बालेन छन् । आगामी फागुन २१ मा हुने प्रतिनधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक आज… Continue reading बालेनले मेयरबाट राजिनामा दिँदै, भोलीबाट चुनावी अभियानमा होमिने
जेनजी आन्दोलनपछि पहिलो पटक राष्ट्रिय सभा बैठक बस्दै
४ माघ, काठमाडौं । राष्ट्रिय सभाको १९औं अधिवेशन आजदेखि सुरु हुँदैछ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा अधिवेशन सुरु हुन लागेको हो ।नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालयमाअधिवेशन सञ्चालन गर्ने तयारी गरिएको हो । आजको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । अधिवेशनको तयारीका लागि… Continue reading जेनजी आन्दोलनपछि पहिलो पटक राष्ट्रिय सभा बैठक बस्दै
झापा ५ मा ओली र बालेन भिडन्त पक्का
४ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उम्मेदवार बनेका छन् । शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारहरूको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । सो क्रममा ओलीलाई झापा–५ बाट उम्मेदवार बनाइएको उनले बताए । झापा क्षेत्र नम्बर ५ यसपटक चर्चाको केन्द्रमा छ । रास्वपा प्रवेश गरेका काठमाडौंका मेयर बालेन शाहले… Continue reading झापा ५ मा ओली र बालेन भिडन्त पक्का
बर्दियामा विद्युतीय भ्यान र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु
३ माघ, काठमाडौं । बर्दियामा विद्युतीय भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । गत राति करिब १० बजे मधुवन नगरपालिका वडा नं ४ गमक्कामा भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका वडा नं ५ शाहीपुर बस्ने २१ वर्षीय सुशीलकुमार… Continue reading बर्दियामा विद्युतीय भ्यान र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु
नवलपरासीमा भ्यान र स्कुटर ठोक्किए, एकको मृत्यु
३ माघ, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका ११ आश्रम चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ धारापानीबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५९३० नं को पिकअप भ्यान र विपरीत दिशातर्फ जाँदै गरेको गप्र०४-००१ प ९१०६ नं को स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार दुई जना घाइते भएका थिए… Continue reading नवलपरासीमा भ्यान र स्कुटर ठोक्किए, एकको मृत्यु
कालिकोटमा जीप दुर्घटना, ३ जनाको मृत्यु
३ माघ, मान्म (कालीकोट) । कालीकोटको शुभकालिका गाउँपालिका(४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना स्काभेटरका अपरेटर र एक जना सहचालक रहेको कालीकोटका… Continue reading कालिकोटमा जीप दुर्घटना, ३ जनाको मृत्यु
निर्वाचनको तयारीका लागि रास्वपा केन्द्रीय समिति बैठक बस्दै
३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । यही माघ ४ गते आइतबा बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठक दिउँसो २ बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बस्नेछ। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको प्रवक्ता झाले बताए । बैठकमा सबै पदाधिकारी एवं… Continue reading निर्वाचनको तयारीका लागि रास्वपा केन्द्रीय समिति बैठक बस्दै
सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन गर्न जाँचबुझ आयोग गठन
काठमाडौँ, माघ २ गते। सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ। विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग, २०८२ गठन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को उपाध्यक्षमा महम्मद सफी उल्लाहलाई नियुक्त… Continue reading सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन गर्न जाँचबुझ आयोग गठन