२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् । रास्वपाका सांसदहरुले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा पार्टीको संसदीय दल एकमत रहेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिए । रास्वपाको संसदीय दलको कार्यालयबाट जारी विज्ञप्तिमा रास्वपा संसदीय दलका नेता रवि लामिछानेसहित २० प्रतिनिधिसभा सदस्यहरुले राजीनामा दिने निर्णयबारे जानकारी दिइएको… Continue reading रास्वपाका सांसदहरुद्वारा राजीनामा
Category: स्थानीय
प्रदर्शन उग्र बनेसँगै प्रधानमन्त्री ओलीले दिए राजिनामा
२४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनले पदबाट दिएको सचिवालयले जानकारी गराएको छ । सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि अन्ततः प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार एकैदिन १९ जना युवाहरूले ज्यान गुमाएका थिए । मंगलबार बिहानैदेखि सडकमा युवाहरूले प्रदर्शन गरिरहेका छन्… Continue reading प्रदर्शन उग्र बनेसँगै प्रधानमन्त्री ओलीले दिए राजिनामा
भक्तपुरमा आज बिहान ८ः३० बजेदेखि निषेधाज्ञा जारी, सभा, जुलुस गर्न रोक
२४ भदौ, भक्तपुर । भक्तपुर जिल्ला प्रशासन कार्यालयले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । आज बिहान ८ः३० बजेदेखि लागू हुने निषेधाज्ञा अर्को आदेश जारी नभएसम्मका लागि जारी गरिएको आदेशमा तोकिएको निर्धारित क्षेत्रमा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक र भीड गर्न रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेद्वारा जारी गरिएकोे आदेशमा भनिएको… Continue reading भक्तपुरमा आज बिहान ८ः३० बजेदेखि निषेधाज्ञा जारी, सभा, जुलुस गर्न रोक
कास्कीमा जारी भयो अनिश्चितकालिन निषेधाज्ञा
२४ भदौ, गण्डकी । कास्की जिल्ला प्रशासन कार्यालयले आज बिहान ८।०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जनाउँदै जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले शहिदचोक आसपासका क्षेत्र, पूर्वतर्फ वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ राष्ट्र बैंक चोक, दक्षिणपश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाइड क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको… Continue reading कास्कीमा जारी भयो अनिश्चितकालिन निषेधाज्ञा
ललितपुरका विभिन्न तीन क्षेत्रमा आज बिहान ७ः०० बजेदेखि मध्यरातिसम्म कर्फ्यु आदेश
२४ भदौ, ललितपुर । ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम आज बिहान ७ः०० देखि राति १२ः०० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेका हुन् । कर्फ्यु आदेशअनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९,… Continue reading ललितपुरका विभिन्न तीन क्षेत्रमा आज बिहान ७ः०० बजेदेखि मध्यरातिसम्म कर्फ्यु आदेश
काठमाडौंको चक्रपथ भित्र कर्फ्यु
२४ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । हिजो जेनजी युवाको प्रदर्शनपछि लगाइएको कर्फ्यु अवधि आज बिहान ५ बजेबाट सकिएको थियो ।… Continue reading काठमाडौंको चक्रपथ भित्र कर्फ्यु
जेन जी आन्दोलन : इटहरीमा मत्यु भएका युवकको पहिचान खुल्यो
२४ भदौ, इनरुवा । सुनसरीको इटहरीमा सोमबार जेनजीको प्रदर्शनका क्रममा मृत्यु भएका दुईमध्ये एक जनाको पहिचान खुलेको छ । इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठको प्रदर्शनका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश पराजुलीले जानकारी दिए । उनका अनुसार प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि धरानस्थित बिपी… Continue reading जेन जी आन्दोलन : इटहरीमा मत्यु भएका युवकको पहिचान खुल्यो
मध्यरातमा प्रधानमन्त्रीको वक्तब्य, अझै उत्तेजित हुँदै जनता
२४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरात एक वक्तव्य जारी गरेका छन् । उनले सोमबारको घटनालाई हल्का रुपमा लिएको भन्दै ठूलो आलोचना भइरहेको छ । । उनले सामाजिक सञ्जाल बन्द विरुद्धको आन्दोलनमा भएको सरकारी दमनमा १९ जनाको ज्यान गएपछि सोमबार साँझ वक्तव्य जारी गरेका हुने । सरकारको प्रयास र जेनजी पुस्ताबीचको अस्पष्टताले अप्रिय… Continue reading मध्यरातमा प्रधानमन्त्रीको वक्तब्य, अझै उत्तेजित हुँदै जनता
टेकु अस्पतालबाट चार चिकित्सकसहित ६ स्वास्थ्यकर्मी सिभिल अस्पतालमा खटाइयो
२३ भदौ, काठमाडौं । जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाको उपचारका लागि टेकु अस्पतालबाट चार चिकित्सकसहित ६ स्वास्थ्यकर्मीको टोली सिभिल अस्पतालमा खटाइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको निर्देशनमा प्रदर्शनका क्रममा घाइते भएकाको उपचारका लागि आज साँझ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइएको हो । आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको छ भने ४२२ जना घाइते भएका… Continue reading टेकु अस्पतालबाट चार चिकित्सकसहित ६ स्वास्थ्यकर्मी सिभिल अस्पतालमा खटाइयो
जेन–जीमाथि रक्तपातपूर्ण भयानक दमनपछि कांग्रेसका गृहमन्त्री लेखकले त्यागे पद, प्रधानमन्त्री ओली ओठे जवाफमै
२३ भदौ, काठमाडौं ।, राज्यले सोमबार काठमाडौं र नेपालका अन्य शहरमा युवा तथा कलेजका विद्यँर्थीहरुको स्वतस्फूर्त आन्दोलनमाथि रक्तपातपूर्ण भयानक दमन गरेको छ । कांग्रेस र एमालेको दुई तिहाई बहुमतको सरकारले अभिव्यक्ति स्वतन्त्रता नै कुण्ठित पार्ने मनसायसहित सामाजिक संजालमा रोक लगाएसँगै युवा विद्यार्थी भड्किएका छन् । हिंसात्मक आन्दोलनमा १९ जनाको ज्यान गइसकेको छ । घटनापछि गृहमन्त्री… Continue reading जेन–जीमाथि रक्तपातपूर्ण भयानक दमनपछि कांग्रेसका गृहमन्त्री लेखकले त्यागे पद, प्रधानमन्त्री ओली ओठे जवाफमै
देशैभर फैलियो जेन–नी आन्दोलन, वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी
२३ भदौ, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा आज बेलुकी ९ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको हो । ‘जेनजी’ समूहले आज बेलुका वीरगञ्जको घण्टाघर, माईस्थानलगायत स्थानमा सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनी गर्न थालेपछि पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सोमबार बेलुका… Continue reading देशैभर फैलियो जेन–नी आन्दोलन, वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी
उपत्यकाका अस्पताल भरी आन्दोलनका घाइते, रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
२३ भदौ, काठमाडौं । आज भएको जेन–जी प्रदर्शनका क्रममा घाइतेलाई रगतको अभाव हुन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रगतको उपलब्धताबारे अस्पताललाई जानकारी प्रदान गर्न ‘हटलाइन १११५’ रातभर सञ्चालन गर्ने भएको छ । मन्त्रालयका अनुसार कुनै पनि अस्पतालमा रगतको अभाव भएमा उक्त अस्पतालले सिधैँ १११५ मा फोन गरेर रक्त सञ्चार केन्द्र वा अस्पतालमा रगत उपलब्ध छ… Continue reading उपत्यकाका अस्पताल भरी आन्दोलनका घाइते, रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
बानेश्वरसहित उपत्यकाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी, दिनभर तनावग्रस्त
२३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ महानगरपालिकाभित्र आज चार किल्ला तोकी कर्फ्यू आदेश जारी गरेको छ । जेनजी पुस्ताका नाममा भएको प्रदर्शन अराजक देखिएपछि तोकिएको निश्चित सिमानाभित्र कसैले आवत–जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको हो । बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट… Continue reading बानेश्वरसहित उपत्यकाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी, दिनभर तनावग्रस्त
नेपालमा युवा- विद्यार्थीको आन्दोलन रक्तपातपूर्ण, हालसम्म १९ को मृत्यु–तीन सयभन्दा बढी घाइते
२३ भदौ, काठमाडौं । आज ‘जेन-जी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर… Continue reading नेपालमा युवा- विद्यार्थीको आन्दोलन रक्तपातपूर्ण, हालसम्म १९ को मृत्यु–तीन सयभन्दा बढी घाइते
आश्विन कृष्ण पक्षः आजबाट सुरु भयो सोह्र श्राद्ध
२३ भदौ, काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई… Continue reading आश्विन कृष्ण पक्षः आजबाट सुरु भयो सोह्र श्राद्ध
सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि जेनजी पुस्ता आज सडक प्रदर्शनमा उत्रँदै
२३ भदौ, दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप,’ ८ सेप्टेम्बरको मिति तोकेर जेनजी अर्थात् नयाँ पुस्ता आज सडक प्रदर्शनमा उत्रँदैछन् । उनीहरुले आज माइतीघर मण्डला र संसद् भवन अगाडि आन्दोलनको घोषणा गरेका हुन् । सरकारले दिनयता सामाजिक सञ्जाल बन्द गरेको छ । यसको विरोधमा नयाँ पुस्ता सडक आन्दोलनमा आएको हो । जेनजी सोमबार माइतीघर… Continue reading सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि जेनजी पुस्ता आज सडक प्रदर्शनमा उत्रँदै
मेची खोलामा डुबेर पुरुषको मृत्यु
२१ भदौ, भद्रपुर । यहाँको भद्रपुर नगरपालिका–३, भैसाबाडीस्थित मेची खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ । आज दिउँसो करिब १२ः२० बजे स्थानीयवासीले खोलामा बग्दै गरेको देखेपछि उद्धार गरी बाहिर निकालेका थिए । तर, उनी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । प्रनाउ खड्काका अनुसार मृतक झापा कचनकवल… Continue reading मेची खोलामा डुबेर पुरुषको मृत्यु
एमाले सचिवालय बैठकः विधान महाविधेशनको कार्यतालिका स्वीकृत
१९ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले दोस्रो विधान महाविधेशनको कार्यतालिका स्वीकृत गरेको छ । ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यलयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आजको केन्द्रीय सचिवालय बैठकले भोलिदेखि सुरु हुने पार्टीको महाधिवेशनको कार्यकालिका स्वीकृत गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । कार्यतालिकाअनुसार ४० मिनेटको उद्घाटन सत्रपछि महाधिवेशन भोलि नै दस्तावेज प्रस्तुतिकरणमा… Continue reading एमाले सचिवालय बैठकः विधान महाविधेशनको कार्यतालिका स्वीकृत
प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
१९ भदौ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले बाढीपहिरो, महँगी, भ्रष्टाचार, उखु किसानलगायतका मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद अब्दूल खाँनले परनिर्भरता भन्दा पनि देशलाई आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित हुन राजनीतिक दल तथा दलका नेताहरुलाई अपिल गरे । उनले भने, “बाह्य देशबाट आयातित वस्तुको कारणले गर्दा नेपाली उत्पादनकर्ता समस्यामा परिरहेका छन्,… Continue reading प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
मुस्ताङ कारागार : एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी
१८ भदौ, मुस्ताङ । जोमसोमस्थित कारागारमा कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य छन् । कारागार भवनको दुई कोठामा कैदीबन्दी र अन्य तीन वटा कोठामा त्यहाँ कार्यरत सुरक्षाकर्मी बस्ने गरेका छन् । एउटै कारागार भवनमा कैदीबन्दी र सुरक्षाकर्मीको निवास हुँदा विभिन्न खालका समस्या तथा चुनौती देखा पर्ने गरेका छन् । आधा शताब्दीभन्दा धेरै पुरानो यहाँको… Continue reading मुस्ताङ कारागार : एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी
विद्यालयबाट फर्कंदै गर्दा खोलाले बगाएर बालिकाको मृत्यु, तीन घाइते
१८ भदौ, त्रिशूली । तादी गाउँपालिका–२ स्थित चिलाउने आधारभूत विद्यालयबाट घर फर्कने क्रममा चिलाउने खोलामा आएको भलबाढीले बगाउँदा एक जना बालिकाको मृत्यु भएको छ । खोलाले बगाएर अन्य तीन जना विद्यार्थी घाइते भएका छन् । विद्यालय छुट्टीपश्चात् आज अपराह्न ४ बजे घर फर्कने क्रममा चिलाउने खोलाले बगाउँदा बालकक्षामा अध्ययनरत स्थानीय रामबहादुर तामाङका चार वर्षीया छोरी… Continue reading विद्यालयबाट फर्कंदै गर्दा खोलाले बगाएर बालिकाको मृत्यु, तीन घाइते
पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा दुई घाइते, एकको अवस्था गम्भीर
१८ भदौ, काठमाडौं । काठमाडौँको पुतलीसडकमा वाग्मती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रो बसले आज सडक पार गर्दै गरेका दुई बालबालिकालाई ठक्कर दिएको छ । ठक्करबाट घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । ठक्करबाट नौ वर्षीय विवेक तामाङ र धनकुटाको छिन्ताङ–१ की ५ वर्षीय आशिका राई घाइते भएकामा विवेक तामाङको अवस्था गम्भीर रहेको उपत्यका… Continue reading पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा दुई घाइते, एकको अवस्था गम्भीर
दमौलीमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक घाइते
१८ भदौ, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माका अनुसार पोखराबाट दमौलीतर्फ आइरहेको स्कुटर र विपरीत दिशाबाट आइरहेको स्कुटर एकापसमा ठोक्किँदा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापाको मृत्यु भएको… Continue reading दमौलीमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक घाइते
हिले–जलजलेमा कृत्रिम ताल निर्माण
१८ भदौ, धुलिखेल । यहाँको हिले जलजले सामुदायिक वन क्षेत्रभित्र कृत्रिम ताल निर्माण गरिएको छ । बनेपा नगरपालिका–२ घिमिरेगाउँ नजिकैको थुम्कीखोला र ओख्रेखोलाको सङ्गमस्थलमा बहुउद्देश्यीय पर्यटकीय कृत्रिम ताल निर्माण गरिएको हो । सोही स्थानमा अब उद्यान निर्माण गरिने र तालमा डुङ्गा सञ्चालन गर्ने योजना बनाइएको छ । घिमिरेगाउँका स्थानीय बासिन्दा केशवप्रसाद घिमिरेले ताल निर्माणसँगै सो… Continue reading हिले–जलजलेमा कृत्रिम ताल निर्माण
श्रीमतीको शव भान्सामा, हत्या अभियोगमा श्रीमान् पक्राउ
१८ भदौ, अर्घाखाँची । यहाँका एक व्यक्तिलाई श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ । छत्रदेव गाउँपालिका–४ का किरण गुरुङलाई उक्त अभियोगमा मंगलबार पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लका अनुसार निजले एक साताअघि ३४ वर्षीया सुमित्राको हत्या गरेर भान्साकोठमा नै शव गाडेका थिए । छोरी हराइएको जाहेरी प्रहरीमा परेपछि अनुसन्धान… Continue reading श्रीमतीको शव भान्सामा, हत्या अभियोगमा श्रीमान् पक्राउ
बाढीमा बगेर दुई युवकको मृत्यु
१८ भदौ, रसुवा । दुई दिनअघि सदरमुकामबाट आफ्नो घर ठाडेगाउँतर्फ जाने क्रममा हराएका दुई युवकको शव आज फेला परेको छ । प्लेङजुङ खोलाको बाढीमा परी उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख हेमबहादुर शाहीका अनुसार गोसाइकुण्ड गाउँपालिका– ६ ठाडेका २३ वर्षीय दावाढिण्डुप तामाङ र सुदीप घलेको मृत्यु भएको हो । गत… Continue reading बाढीमा बगेर दुई युवकको मृत्यु
एमालेले सचिवालय बैठक बोलायो
१८ भदौ, काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यही भदौ १९ गते (बिहीबार) अपराह्न ३ः०० बजे सचिवालय बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । उनले… Continue reading एमालेले सचिवालय बैठक बोलायो
रतुवाको मासुसहित पक्राउ
१७ भदौ, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–२ पूर्णागिरि टोलका अन्ताजी ५६ वर्षीय राजेन्द्र सिंह भाटलाई आज प्रहरीले रतुवाको मासुसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार भाटलाई सोही नगरपालिका–३ शान्ति टोलबाट गोप्य सूचनाका आधारमा रतुवाको मासुसहित पक्राउ गरिएको छ । बरामद रतुवाको मासुसहित भाटलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज… Continue reading रतुवाको मासुसहित पक्राउ
लहानमा आमा र छोरा मृत फेला
१७ भदौ, सिरहा । यहाँको लहान नगरपालिका–१ मटियर्वामा एकै परिवारका आमा र छोरा घरमै मृत अवस्थामा फेला परेका छन् । लहान नगरपालिका–१२ भोटियाटोल घर भई मटियर्वामा डेरा लिएर बस्दै आएका प्रवीण चौधरीकी २३ वर्षीया श्रीमती रञ्जिता चौधरी र पाँच वर्षीय छोरा एरोज चौधरी आज बिहान मृत फेला परेका हुन् । रञ्जितासँगै रहेका नौ महिनाका अर्का… Continue reading लहानमा आमा र छोरा मृत फेला
कालीगण्डकी नदीबाट अवैध उत्खनन गरिएको बालुवा जफत
१७ भदौ, गलकोट । नियमविपरीत कालीगण्डकी नदी उत्खनन गरी निकालिएको नदीजन्य पदार्थ बालुवा जफत गरिएको छ । नियमविपरीत सङ्कलन गरिएको नदीजन्य पदार्थ जिल्ला समन्वय समिति बागलुङको सक्रियतामा जफत गरी बागलुङ नगरपालिकालाई कारबाहीका लागि पठाइएको हो । जिल्ला समन्वय समितिको सक्रियतामा बागलुङ नगरपालिकाभित्र अवैध रूपमा कालीगण्डकी दोहन गरेर सङ्कलन गरिएको बालुवा जफत गरेर रु १५ लाख… Continue reading कालीगण्डकी नदीबाट अवैध उत्खनन गरिएको बालुवा जफत