जगडोलमा चङ्गाचेट

काठमाडौं । काठमाडौं उपत्यकाकै सुन्दर पर्यटकीय स्थल जगडोलमा तेश्रो चङ्गाचेट प्रतियोगिता सम्पन्न भएको छ । लगातार दुुई वर्ष कोभिडका कारण रोकिएको चंगाचेट र सांस्कृतिक कार्यक्रम यस वर्ष भने भब्य रुपमा सम्पन्न भएको आयोजक यज्ञडोल जगडोल युवा क्लबका अध्यक्ष सञ्जय पौडेलले जानकारी दिए । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ जगडोलस्थित झण्डा पार्कमा कार्यक्रम आयोजना गरिएको हो… Continue reading जगडोलमा चङ्गाचेट

धादिङमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै शनिबार दिउँसो ट्रक दुर्घटनामा पर्दा दुई जनाको मत्यु भएको छ । कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताएका छन् । दुर्घटनामा कपिलवस्तु तौलिहवाका २५र२६ वर्षका सद्दाम अन्सारी र सोही ठाउँका… Continue reading धादिङमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

तिब्बतको सीमानामा पर्ने नेपाली गाउँ हिल्सामा सोलारबाट विजुली

Gorakhapatra

हुम्ला । तिब्बत सीमामा पर्ने नेपाली गाउँ हिल्सामा एक सय किलोवाट सौर्य विद्युत् उत्पादन भएको छ । सोलार मिनी ग्रिडबाट विद्युत् उत्पादन भएसँगै हिल्सावासीको उज्यालोमा बस्ने सपना पूरा भएको छ । यो आयोजनाको मुख्य लगानीकर्ता ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले सोलार मिनी ग्रिडबाट हिल्सामा एक सय किलोवाट विद्युत् उत्पादन सुरु भएको बताएका… Continue reading तिब्बतको सीमानामा पर्ने नेपाली गाउँ हिल्सामा सोलारबाट विजुली

सल्यानमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु

सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका ७ डुमकोटबाट शारदा नगरपालिका ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा दुर्घटना भएको हो । दुर्घटनामा परी कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी… Continue reading सल्यानमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु

काभ्रेमा दशैंभर टिपर चलाउन रोक

काभ्रे । चाडपर्वमा सडकमा सवारी साधनको चाप र सुरक्षालाई दृष्टिगत गरी दसैं अवधिभर काभ्रे जिल्लामा टिपर सञ्चालनमा रोक लगाइएको छ। दसैं मनाउन काठमाडौँ उपत्यकाबाट काभ्रेपलाञ्चोकको रुट भएर जिल्ला बाहिर जाने–आउने सवारीसाधन र यात्रुको चापलाई मध्यनजर गरी शुक्रबारदेखि असोज २४ गतेसम्म जिल्लाभित्र टिपर नचलाउने निर्णय भएको हो। काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलेको अध्यक्षतामा बसेको सार्वजनिक… Continue reading काभ्रेमा दशैंभर टिपर चलाउन रोक

लुम्बिनीमा आजबाट चल्ने भए विद्युतीय बस

काठमाडौं । लुम्बिनीमा आजबाट पाँचवटा विद्युतीय बस चल्ने भएका छन् । यी बस एसियाली विकास बैंकले अनुदानमा लुम्बिनी विकास कोषलाई दिएको थियो । तीन वर्ष अगाडी नै भित्रिएका विद्युतीय पाँचवटा बस र १४ वटा भ्यान चलाउने मोडालिटी नहुँदा अड्किएको थियो । पर्यटन मन्त्रालयले लुम्बिनी विकास कोषलाई यी सवारी हस्तान्तरण समेत गरेको थिएन । गृहमन्त्री बालकृष्ण… Continue reading लुम्बिनीमा आजबाट चल्ने भए विद्युतीय बस

सल्यान जिप दुर्घटनामा ज्यान गुमाउने ८ जनाकै पहिचान

सल्यान । सल्यानमा भएको जिप दुर्घटनामा ज्यान गुमाउने ८ जनाकै पहिचान भएको छ । जिल्लाको कपुरकोटमा बुधबार बिहान जिप सडकबाट १५० मिटर तल खसेर दुर्घटनामा परेको हो । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट सिनवाङ्गको लागि छुटेको रा १ ज ५६३ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा ज्यान गुमाउनेमा जीप चालक कपुरकोट–६ जलवाङ्गका २१ वर्षका जितबहादुर… Continue reading सल्यान जिप दुर्घटनामा ज्यान गुमाउने ८ जनाकै पहिचान

सल्यानमा जिप दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु

काठमाडौं । सल्यानमा बुधबार बिहान भएको जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । जिल्लाको कपुरकोटमा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका ३ मुलपानी भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले सञ्चारमाध्यमलाई जानकारी दिए अनुसार… Continue reading सल्यानमा जिप दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु

बसुन्धारामा ट्याक्सी र स्कुटर ठोक्किदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको वसुन्धारामा गत राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राति पौने २ बजे बा २ ज ११९२ नम्बरको ट्याक्सी र बा ९१ प ५४०३ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक गोरखा घर भएका ३१ वर्षका राजु गरुङको ज्यान गएको प्रहरीले जनाएको छ । उनी महाराजगञ्ज वृत्तमा दरबन्दी भइ प्रहरी प्रभाग… Continue reading बसुन्धारामा ट्याक्सी र स्कुटर ठोक्किदा एक जनाको मृत्यु

झापामा मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका पिपलडाँगीमा गतराति मोटरसाइकल जुध्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ पिपलडाँगीमा गतराति प्रदेश १–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकल र प्रदेश १–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । मोटरसाइकलका चालक कनकाई–४ का ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र अर्जुनधारा–४… Continue reading झापामा मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु

जनकपुरमा ओलीको रेल सवारी

जनकपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा नेपालको रेल चढेका छन् । उनले जनकपुर–जयनगर रेल चढेका हुन् । शनिबार पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुर आएका ओली रेल चढेर धनुषाको विदेह नगरपालिका तीनकौरिया पुगेका हुन् । उनलाई पर्खिनु परेपछि जनकपुर–जयनगर रेल निर्धारित समयभन्दा एक घण्टा ढिलो जनकपुरबाट जयनगर गुडेको छ । पार्टी प्रवेश कार्यक्रम… Continue reading जनकपुरमा ओलीको रेल सवारी

मकवानपुर बस दुर्घटनामा ज्यान गुमाउनेमध्ये ६ जनाको पहिचान

काठमाडौं । बिहीबार मकवानपुरमा बस दुर्घटनामा ज्यान गुमाएका मध्ये ६ जनाको सनाखत भएको छ । दुर्घटनामा ७ जनाको मृत्यु भएकोमा एक जनाको सनाखत भएको छैन । दुर्घटनामा ज्यान गुमाउनेमा नुवाकोट घर भएका रघुराज न्यौपाने, बाराका अन्दुल्लाहा मियाँ ठकुराई र सेख अरमान, वीरगञ्जका हृदयनाराण पञ्जियार, मकवानपुरका मदन विक र भारत मोतिहारी घर भएका सरदनारायण शर्मा रहेका… Continue reading मकवानपुर बस दुर्घटनामा ज्यान गुमाउनेमध्ये ६ जनाको पहिचान

दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा बिहीबार राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी छन् । उनको घट्नास्थलमै मृत्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरेलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले… Continue reading दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु

रुकुम पूर्वमा बस दुर्घटना, ४ जनाको मृत्यु

रुकुम । रुकुम पूर्वको भूमे गाउँपालिका ३ को क्याङ्सी बगरमा बस दुर्घटनामा परेको छ । बिहीबार अपरान्ह भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् । काठमाडौंबाट रुकुमकोटका लागि छुटेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटनामा परेको रुकुम पूर्वका प्रहरी… Continue reading रुकुम पूर्वमा बस दुर्घटना, ४ जनाको मृत्यु

खोला तर्ने क्रममा बगाउँदा दैलेखमा दुई जनाको मृत्यु

दैलेख । दैलेखमा खोला तर्ने क्रममा बगेर दुई जनाको मृत्यु भएको छ । भैरवी गाउँपालिका–२ का लिलाबहदुर थापा र महावु गाउँपालिका–३ का कृष्ण बुढाको छामघाट खोला तर्ने क्रममा बगेर बुधबार दिउँसो मृत्यु भएको हो । उनीहरु महावुबाट भैरवी गाउँपालिकातर्फ जाँदै गरेको अवस्थामा खोला तर्दैगर्दा बगेको र पछि मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ… Continue reading खोला तर्ने क्रममा बगाउँदा दैलेखमा दुई जनाको मृत्यु

कपन आगलागी : मृत्यु हुनेको संख्या तीन पुग्यो

file

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको कपनस्थित एक घरमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । कपनको राम मन्दिर नजिक ट्रेकिङ एजेन्सी रहेको घरमाआगलागी भएको हो । घरमा बुधबार अक्सिजन सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीको अनुमान छ । घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको काठमाडौं प्रहरीका एसएसपी भरत बोहरालाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्… Continue reading कपन आगलागी : मृत्यु हुनेको संख्या तीन पुग्यो

कपनमा भिषण आगलागी, एक जनाको मृत्यु

Photo : Onlinekhabar.com

काठमाडौं । कपनको एक घरमा भीषण आगलागी भएको छ । घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिने प्रयास बुधबार राती अबेरसम्म जारी छ । कपनको राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको हो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डर पड्किएर ठूलो क्षति भएको प्रहरीको अनुमान छ ।… Continue reading कपनमा भिषण आगलागी, एक जनाको मृत्यु

गोठाटारमा हत्या भएका अन्सारीको विवादाष्पद पृष्ठभूमी, अनुसन्धानमा जुट्यो प्रहरी

घटनास्थल

काठमाडौं । फिल्मी शैलीमा गोली हानी हत्या भएका काठमाडौंको गोठाटारस्थित जम्बुडाँडाका गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको पृष्ठभूमि विवादास्पद पाइएको छ । प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार उनी तयारी पोसाक र झोला बनाउने फ्याक्ट्रीका सञ्चालक हुन् । उनको स्थानीय घर सर्लाही हो । अज्ञात समूहले उनलाई कारमा लखेटी लखेटी गोली हानीको सीसीटीभी फुटेजमा देखिएको… Continue reading गोठाटारमा हत्या भएका अन्सारीको विवादाष्पद पृष्ठभूमी, अनुसन्धानमा जुट्यो प्रहरी

अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या २१ पुग्यो

काठमाडौं । तीन दिनदेखिको अविरल वर्षाका कारण शनिवार राति अछामका चार स्थानमा घर भत्किएर २१ जनाको मृत्यु भएको छ । भने दुई जना पहिरोमा बेपत्ता भएका छन् । वेपत्ताको खोजी तथा राहत वितरण र थप पीडित स्थानीयको उद्धारको काम सुरु गरेको जनाएको छ । अछाममा पहिरोले घर पुरिएर तुर्माखाँद गाउँपालिका–५ नाडामा आठ, कमलबजार नगरपालिका–६ वीर… Continue reading अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या २१ पुग्यो

अछाम पहिरो अपडेट : १७ जनाको मृत्यु

काठमाडौं । अछामका विभिन्न ४ ठाउँमा शुक्रबार राति पहिरो जाँदा १७ जनाको मृत्यु भएको छ । त्यस्तै शनिबार दिउँसो १ बजेसम्म ६ जना बेपत्ता रहेको स्थानीय प्रशासनले जनाएको छ । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार तुर्माखाद गाउँपालिका वडा नम्बर ५ नाडामा ४ जनाको शव जनाको शव जनाको शव फेला परेको छ ५… Continue reading अछाम पहिरो अपडेट : १७ जनाको मृत्यु

अछाममा पहिरो प्रभावितको उद्धारमा खट्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अछामका पहिरो प्रभावितलाई हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन दिएका छन् । गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएका हुन् । अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला… Continue reading अछाममा पहिरो प्रभावितको उद्धारमा खट्न गृहमन्त्रीको निर्देशन

अछाममा भिषण पहिरो, ८ जनाको मृत्यु, ७ वेपत्ता

अछाम । अछाममा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ । कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । कमलबजार नगरपालिका ६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजाललाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्… Continue reading अछाममा भिषण पहिरो, ८ जनाको मृत्यु, ७ वेपत्ता

कैलालीमा बाढी, ६ सय घर डुबानमा

कैलाली । पूर्वी कैलालीमा बाढीका कारण झण्डै ६०० घर डुबानमा परेका छन् । प्रहरीका अनुसार कान्द्रा र पथरिया नदीको बाढी बस्तीमा पस्दा पाँच सय बढी घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार भजनी नगरपालिका-८ मारहेको पथरिया नदीको पानी बस्तीमा पस्दा… Continue reading कैलालीमा बाढी, ६ सय घर डुबानमा

छारुङमा पुग्यो नेपाल टेलिकमको सेवा

काठमाडौं । नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा बुधबार फोरजी सेवा शुभारम्भ गरेको छ। त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकामा अवस्थित छाङरुमा टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर उक्त सेवा सञ्चालनमा ल्याएको हो। यो सँगै टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सीमानासम्म पुगेको बताइएको छ। फोरजी सेवाका लागि टेलिकमले दार्चुला जिल्लाको महाकाली नगरपालिकास्थित न्यू… Continue reading छारुङमा पुग्यो नेपाल टेलिकमको सेवा

काभ्रेमा पहिरो, एकै परिवारका तीन जनाको मृत्यु

File

काभ्रे । काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा अबिरल वर्षासँगै गएको पहिरोमा परी एकै परिवारका तीन जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार बिहीबार बिहान करिब दुई बजे आएको पहिरोमा परी स्थानीय ठुलीमायाँ तामाङ, उनका ४४ वर्षीय छोरा निर बहादुर तामाङ र ४० बर्सिया छोरी सावित्री तामाङको मृत्यु भएको हो ।… Continue reading काभ्रेमा पहिरो, एकै परिवारका तीन जनाको मृत्यु

कलंकीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार काठमाडौं-१४ कलंकी सीता पेट्रोल पम्प नजिकै रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। सडक छेउमा रोकेको बा प्र ०३–००१ ख २०४० न. को ट्रकमा कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्र न ३–०२–००३ प ८८८८ न. को… Continue reading कलंकीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

दार्चुला पहिरोमा ५ जनाको शव भेटियो, अझै ७ वेपत्ता

दौलतसिंह ठगुन्ना

दार्चुला । दार्चुलामा आज बिहानै आएको पहिरोमा पुरिएर वेपत्ता भएकामध्ये ५ जनाको शव भेटिएको छ । नौगाड गाउँपालिकामा तीन र महाकाली नगरपालिकामा दुई गरेर पाँच जनाको शव भेटिएको प्रहरीले जनाएको छ । ७ जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार नौगाड गाउँपालिका–२ बस्ने… Continue reading दार्चुला पहिरोमा ५ जनाको शव भेटियो, अझै ७ वेपत्ता

दार्चुलाको लास्कु खोलामा बाढी, ४ जना वेपत्ता

दौलतसिंह ठगुन्ना

दार्चुला । दार्चुलाको महाकाली नगरपालिकास्थित लास्कु खोलामा आएको बाढीले १३ घर बगाएको र ४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि शुक्रबार रातिदेखि आएको बाढीले १३ घर बगाएको र ४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी निरीक्षक मगरका अनुसार बाढीमा फसेकाहरूको… Continue reading दार्चुलाको लास्कु खोलामा बाढी, ४ जना वेपत्ता

२ सय जनामा कोरोना पुष्टी २ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५३७ नमुना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भयो । पछिल्लो २४ घण्टामा ३३९ जना भने संक्रमण भएका छन् । हाल देशभर २ हजार ६४२… Continue reading २ सय जनामा कोरोना पुष्टी २ जनाको मृत्यु

उदयपुरमा एकै परिवारका तीन जनाको विभत्स हत्या, एक आफन्त पक्राउ

file

उदयपुर । उदयपुरमा एकै परिवारका तीनजनाको विभत्स हत्या भएको छ । प्रहरीले आफन्त भित्रकै एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले नरबहादुर बस्नेतलाई पक्राउ गरेको छ । उनले हत्या गरेको स्वीकार समेत गरेका छन् । शुक्रबार बिहान ११ बजे बेलका नगरपालिका– ७ गोवाटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षकी… Continue reading उदयपुरमा एकै परिवारका तीन जनाको विभत्स हत्या, एक आफन्त पक्राउ