बस्तीमा छिर्यो सप्तकोशी, सतर्क रहन आह्वान

उदयपुर । पश्चिम धार कटान गर्दै आएको सप्तकोसी नदी बुधबार बिहान ४ बजेबाट उदयपुरको बेलका नगरपालिका(८ डुम्रिबोटेबाट पश्चिममा पसेको छ । पूर्वी पहाडमा लगातारको वर्षात्‌सँगै कोसी नदीमा आएको बाढीले पछिल्लो समय कटान तीव्र पारेसँगै पश्चिम तटीय क्षेत्रमा नदी पसेको हो । डुम्रिबोटेमा कटान गर्दै आएको कोसी सोही स्थानबाट बेलका नगरपालिकाका क्षेत्रमा पसेको छ । कोसी… Continue reading बस्तीमा छिर्यो सप्तकोशी, सतर्क रहन आह्वान

म्याग्दीमा पहिरोले घर पुरियो, २ जनाको मृत्यु-तीनजना वेपत्ता

File

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका २ रुम गाउँको हल्लेपानीमा गयराती पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ । तीनजना वेपत्ता भएका छन् । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका… Continue reading म्याग्दीमा पहिरोले घर पुरियो, २ जनाको मृत्यु-तीनजना वेपत्ता

करेन्ट लागेकी भाउजुलाई जोगाउँदा देवर-देउरानीको मृत्यु, भाउजु घाइते

दाङ । दाङमा करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको मृत्यु भएको छ । मुत्यु हुनेमा राप्ती गाउँपालिका–२ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगर छन् । करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए । त्यस्तै २७ वर्षीया भिमा गाहा मगर पनि… Continue reading करेन्ट लागेकी भाउजुलाई जोगाउँदा देवर-देउरानीको मृत्यु, भाउजु घाइते

कोशी र नारायणीमा बाढी, अन्य कुन-कुन नदी किनारमा जोखिम छ ?

File

काठमाडौं । देशभर आएको वर्षाले ठूला नदीहरुको पानीको बहाव बढेको छ । मौसम पूर्वानुमान महाशाका अनुसार कोशी र नारायणी नदीमा बाढी आएको छ । नारायणी नदीका केही ठाउँमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगिसकेको छ । नवलपरासीको बर्दघाट, डण्डा र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको छ । यो क्षेत्र भइ बहने… Continue reading कोशी र नारायणीमा बाढी, अन्य कुन-कुन नदी किनारमा जोखिम छ ?

पोखरामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु

File

कास्की । पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते छन्। अविरल वर्षापछि घर माथिबाट आएको पहिराले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने वर्ष २६ का सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए।… Continue reading पोखरामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु

बालकुमारीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ललितपुर । ललितपुरको बालकुमारीमा गतराति भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बा ५७ प ३१४३ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको जीपले ठक्कर दिँदा मोटरसाइकलका चालक काठमाण्डौको दक्षिणकाली नगरपालिका वडा नम्बर ८ का आशिष लामाको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति ११ बजे बीएण्डबी अस्पताल ग्वार्कोमा… Continue reading बालकुमारीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्वी नेपालमा भूकम्प, काठमाडौंसम्म धक्का

काठमाडौं । पूर्वी नेपालको खोटाङको मार्तिमबिर्ता केन्द्र विन्दु भएर नेपालमा भूकम्प गएको छ । नेपालमा ६ रेक्टर स्केलको मध्यम खालको भूकम्प गएको हो । यसको धक्का काठमाडौंसम्म महसुश गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ः१३ मा गएको भूकम्पको क्षतिको विवरण आइसकेको छैन । यो नयाँ भूकम्प हो या गोरखा भूकम्पकै परकम्प हो… Continue reading पूर्वी नेपालमा भूकम्प, काठमाडौंसम्म धक्का

स्वर्गद्धारी दर्शन सकेर फर्कदैं गरेको जिप दुर्घटना, एक जनाको मृत्यु

प्यूठान । प्यूठानमा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । १४ जना घाइते भएको प्रहरीले जनाएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा शनिबार मध्यान्ह जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका ३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु ३… Continue reading स्वर्गद्धारी दर्शन सकेर फर्कदैं गरेको जिप दुर्घटना, एक जनाको मृत्यु

काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगी पुष्टी

काभ्रे\रासस । काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोगको सङ्क्रमण बढेको छ । करिब एक महिनाअघि पाँचखालमा देखिएको डेंगीको सङ्क्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। काभ्रेमा तीन वर्षपछि गत असार दोस्रो साता पाँचखालमा भेटिएका डेंगी सङ्क्रमित जिल्ला बाहिरका हुन्। ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा… Continue reading काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगी पुष्टी

बाँकेमा दाईले पेशेबर हत्यारा प्रयोग गरी भाइ-बुहारीको बीभत्स हत्या गर्न लगाएको पुष्टी

बाँके । बाँकेको कोहलपुर नगरपालिका–१४, पार्वतीपुरमा एक दम्पतीको बीभत्स हत्या भएको छ । प्रहरीका अनुसार उनीहरुको मंगलबार बिहान हत्या भएको हो । हत्यामा मृतकका दाइको संलग्नता देखिएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी मधुसुधन न्यौपानेका अनुसार हत्यामा मृतक कृष्णकुमार गडरियाको दाइ विजयकुमार गडरियाको संलग्नता पुष्टी भएको हो । मंगलबार बिहान ६ बजे पार्वतीपुरमा २५… Continue reading बाँकेमा दाईले पेशेबर हत्यारा प्रयोग गरी भाइ-बुहारीको बीभत्स हत्या गर्न लगाएको पुष्टी

सल्लाघारीमा सडक किनारका २१ वटा रुख काटियो

काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर किच्दा ३ जनाको मृत्‍यु भएपछि सडक छेउका २१ वटा रुख काटेर पन्छाइएको छ । जिल्ला प्रहरी कार्यायालय भक्तपुरका अनुसार डिभिजन वन कार्यालय भक्तपुरका कर्मचारीले सल्लाघारी सडक क्षेत्रका रुख काटेका हुन् । सोमबार मात्र डिभिजन वन कार्यालय भक्तपुरले बिहानै ४ बजेदेखि २१ वटा रुख काटेर पन्छाएको हो । आइतबार सल्लाको… Continue reading सल्लाघारीमा सडक किनारका २१ वटा रुख काटियो

म्याग्दीको गुर्जामा जुवातास र धूम्रपान, मदिरा निषेध

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सुर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ । वडाका जनप्रतिनिधिहरूको सोमबार बसेको बैठकले जुवातास, धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ ।चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँडरक्सी सेवन गर्न… Continue reading म्याग्दीको गुर्जामा जुवातास र धूम्रपान, मदिरा निषेध

इन्द्रावती खोलाले बगाउँदा दुई जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा इन्द्रावती खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ । मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी र इन्द्रावती गाउँपालिका ५ नयाँवस्ती जोड्ने झोलुंगेपुल पार गरेर पैदल हिँड्दा चौतारा साँगाचोकगढी नगरपालिका(७ सानोसिरुबारीकी ५० वर्षकी गोमादेवी धिताल र ५ वर्षका विशेष चालिसे चिप्लेर इन्द्रावती खोलामा खसेका थिए । खोलामा बेपत्ता भएका बालक चालिसेको शव २ किलोमिटर तल र… Continue reading इन्द्रावती खोलाले बगाउँदा दुई जनाको मृत्यु

पाल्पा दुर्घटनामा मृतक र घाइते सबैको पहिचान

पाल्पा । पाल्पाको लघुवामा आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाएका ६ जना र घाइते सबैको पहिचान भएको छ । बाग्लुङको बुर्तिवाङबाट बुटवलका लागि आइरहेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मी चन्द्रकोट–८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट–४ का ४० वर्षीय लालबहादुर… Continue reading पाल्पा दुर्घटनामा मृतक र घाइते सबैको पहिचान

श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

चितवन । चितवनमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरी घरको तीन तलामाथिबाट हाम फाल्दा श्रीमान्‌को पनि ज्यान गएको छ । गम्भीर घाइते भएका श्रीमान्‌–श्रीमती दुवै जनाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिकन १० रमाइलो चोकमा आइतबार राति साढे १० बजेतिर ४३ वर्षीय कृष्ण आचार्यले ३५… Continue reading श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

अछाममा पहिरोमा घर पुरियो, ३ जनाको मृत्यु

अछाम । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको निधन भएको छ । स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उनका परिवारका सदस्यहरुको मृत्यु भएको वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । जिल्ला प्रहरी कार्यालय अछामले पनि एकै परिवारका तीन जनाको मृत्यु भएको पुष्टि गरे पनि… Continue reading अछाममा पहिरोमा घर पुरियो, ३ जनाको मृत्यु

सुन्दरीजलमा खोलामा वेपत्ता किशोर मृत फेला

File

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा खोलामा खसेर बेपत्ता भएका किशोरको शव फेला परेको छ । हिजो शनिवार खोलामा खसेर बेपत्ता भएका कपनका १६ वर्षका शुभमश्री प्रधानको शव आज आइतवार फेला परेको प्रहरीले जनाएको छ । प्रधान साथीहरूसँग सुन्दरीजल घुम्न गएका थिए । मृत फेला परेका प्रधान हिजो शनिवार दिउँसो ढुङ्गामा बसेर फोटो खिचाउने क्रममा चिप्लिएर खोलामा… Continue reading सुन्दरीजलमा खोलामा वेपत्ता किशोर मृत फेला

पाल्पाको लघुवामा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

पाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट–२, लघुवामा यात्रुबहाक बस दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । आइतबार साँझ ५ बजे तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा बस दुर्घटना हुँदा छजना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते भएको प्रहरीले जनाएको छ । गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित भीरबाट… Continue reading पाल्पाको लघुवामा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

सुन्दरीजलमा खोलामा खसेर एक किशोर वेपत्ता

File

काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक जना किशोर बेपत्ता भएको प्रहरीले जनाएको छ । शनिबार अपराह्न सवा ४ बजे सुन्दरीजलस्थित बागमती खोलामा अन्दाजी १६ वर्षीय किशोर खसेर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । काठमाडौंको कपन घर भएका उनी साथीहरूसँग घुम्न निस्केका थिए । वेपत्ता हुनेमा १६ वर्षीय शुभम श्री प्रधान छन्… Continue reading सुन्दरीजलमा खोलामा खसेर एक किशोर वेपत्ता

तराई पुगेर प्रचण्डले भने : नागरिकतामा गरेको बाचा पूरा गर्‍यौं

सर्लाही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक पारित गरेर आफूले मधेसी जनतासँग गरेको प्रतिवद्धता पूरा गरेको बताएका छन् । शनिबार सर्लाहीको बागमती नगरपालिकामा आयोजित कार्यक्रममा उनले अघिल्लो पटक मधेश आउँदा नागरिकताको समस्या यही सदनबाट पूरा गर्ने प्रतिवद्धता जनाएको र अहिले पूरा भएको बताए । तराई मधेसको नागरिकता समस्या आउँदो सदनमा हर… Continue reading तराई पुगेर प्रचण्डले भने : नागरिकतामा गरेको बाचा पूरा गर्‍यौं

नेपालमा ३३५ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपाल पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ८८ पीसीआर परीक्षणमा २१६ र एक हजार ९०८ एन्टिजेन परीक्षणमा ११९ गरी ३३५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४… Continue reading नेपालमा ३३५ जनामा कोरोना पुष्टि

स्याङ्जामा पोखरीमा डुबेर बाबुछोरीको निधन

स्याङ्जा । जिल्लाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनाललाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनए अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि बुबा उनको… Continue reading स्याङ्जामा पोखरीमा डुबेर बाबुछोरीको निधन

काभ्रेमा नदीमा बगेर तीन जना वेपत्ता

काभ्रे । जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा नदीले बगाएर ३ जना बेपत्ता भएका छन् । तेमाल–२ स्थित सुनकोसी नदीमा पौडी खेल्न गएका दुई बालक र रोशी खोलामा एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार बिहान पौडी खेल्न गएका ११ वर्षीय समिर माझी र ८ वर्षीय कान्छो माझी बेपत्ता भएका हुन्… Continue reading काभ्रेमा नदीमा बगेर तीन जना वेपत्ता

पहिरोका कारण पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

File

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध बनेको छ । गतराति परेको वर्षाले बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध बनेको हो । सडकमाथिबाट आएको पहिराले सडक दुईतर्फीरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम जारी छ । पृथ्वीराजमार्ग विस्तार गर्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर… Continue reading पहिरोका कारण पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

काभ्रेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काभ्रे । काभ्रेको रोशी गाउँपालिका ११ डालाबेशीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा७०प ४१८२ नम्बरको मोटरसाइकल आज बिहान साढे २ बजे डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा चालक सिन्धुलीको मझुवा गाउँपालिका ५ का १९ वर्षीय मिलन मग्रातीको मृत्यु भएको हो । मग्रातीको धुलिखेल… Continue reading काभ्रेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पोखरामा समेत निजी शौचालयलाई सार्वजनिक प्रयोगमा दिन महानगरको आह्वान

file

पोखरा । काठमाडौंमा जस्तै पोखरा महानगरपालिकामा समेत निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन महानगरपालिकाले आह्वान गरेको छ । पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको हो। महानगरले एक सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन… Continue reading पोखरामा समेत निजी शौचालयलाई सार्वजनिक प्रयोगमा दिन महानगरको आह्वान

बाजुरामा भुकम्पको धक्का महसुस

बाजुरा । बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बिहान साढे ४ बजे भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका सहायक प्राविधिक राजेश शर्माका अनुसार जिल्लाको जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्यागेन्च्युटको भूकम्प गएको हो । भूकम्पबाट क्षतिको विवरण भने आएको छैन ।

चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एकजनाको ज्यान गएको छ । दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् । मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा… Continue reading चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु

जुम्लामा जलविद्युत आयोजनाको पावरहाउस भासिँदा तीन जनाको मृत्यु

जुम्ला । जुम्लामा एक लघु जलविद्युत आयोजनाको पावर हावस भाँसिदा एकै परिवारका तीन जनाको ज्यान गएको छ। जिल्लाको हिमा गाउँपालिका (१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकृत प्रहरी निरीक्षक भुवन भट्टका अनुसार मृत्यु हुनेमा ३०… Continue reading जुम्लामा जलविद्युत आयोजनाको पावरहाउस भासिँदा तीन जनाको मृत्यु

ललितपुरमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्कियो, चालकको मृत्यु

ललितपुर । ललितपुरमा रोकिराखेको ट्रकमा स्कुटर ठक्कर खाँदा चालकको ज्यान गएको छ । दुर्घटना गएराति भएको हो । प्रहरीका अनुसार गएराति पौने १ बजे ललितपुरको हात्तीवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कुटर चालकको ज्यान गएको हो । वाग्मती प्रदेश ०२–००७ प ८६३८ नम्बरको स्कुटर रोकिराखेको वाग्मती प्रदेश ०१–००५ ख ९४७५ नम्बरको ट्रकमा ठोक्किँदा चालक गोदावरी नगरपालिका(५ का… Continue reading ललितपुरमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्कियो, चालकको मृत्यु