नेपालमा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि, २०४४ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभार गरिएको १२ हजार ९७८ जनाको पीसीआर परीक्षणमा २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ। २४ घण्टामा २ हजार ४४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। डिस्चार्ज… Continue reading नेपालमा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि, २०४४ जना डिस्चार्ज

प्रधानमन्त्री ओलीका तीन सल्लाहकार सहित प्रमुख स्वकीय सचिवलाई कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकार र एकजना प्रमुख स्वकीय सचिवलाई कोरोना पुष्टि भएको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी कोरोना पुष्टि भएको हो । त्यस्तै प्रेस सल्लाहकार सूर्य थापालाई पनि कोरोना देखिएको छ ।… Continue reading प्रधानमन्त्री ओलीका तीन सल्लाहकार सहित प्रमुख स्वकीय सचिवलाई कोरोना संक्रमण

आज नेकपा सचिवालय बैठक, के छ एजेण्डा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई एकलौटी निर्णयमा अमेरिका र बेलायतका लागि नेपाली राजदूत नियुक्त गरेसँगै नेकपामा पुनः पाटी र सरकारबीच असहमति बढेको छ । यसै सन्दर्भमा आज सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दैछ । सम्भवः आज यस विषयमा प्रधानमन्त्रीले बैठकमा स्पष्टिकरण दिनुपर्नेछ । बैठक दिउँसो… Continue reading आज नेकपा सचिवालय बैठक, के छ एजेण्डा

बाजुरामा एकै घरका ५ जना खोलामा बगेर वेपत्ता

बाजुरा । बाजुरामा एक आमा र उनका चार जना बच्चालाई खोलाले बगाएको छ । उनीहरु वेपत्ता भएका छन् । प्रहरीका अनुसार बाजुराको हिमाली गाउँपालिका–५ कवाडी गाउँमा ३० वर्षकी सत्ता नेपाली र उनका ४ छोराछोरी स्थानीय कवाडी खोलामा बगेर बेपत्ता भएका छन् । यसको जानकारी आएसँगै प्रहरी घटनास्थलतर्फ लागेको बताइएको छ । आमासँगै ५, ४ र… Continue reading बाजुरामा एकै घरका ५ जना खोलामा बगेर वेपत्ता

प्रदेश ५ को राजधानी दाङ र नाम लुम्बिनी राख्न प्रस्ताव

काठमाडौं । प्रदेश नम्बर ५ को राजधानी दाङ र नाम लुम्बिनी राख्न प्रस्ताव गरिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाको बैठकमा प्रदेशको स्थायी राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरेका हुन् । उनले प्रदेशको राजधानी देउखुरीलाई तोकियोस भन्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका हुन् । देउखुरी दाङको राप्ती गाउँपालिका, गडवा… Continue reading प्रदेश ५ को राजधानी दाङ र नाम लुम्बिनी राख्न प्रस्ताव

थप ११ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५२० पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा मोरङ, ललितपुर, भक्तपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, बाँके र सुर्खेतमा गरी ११ जनाको मृत्यु भएको हो । ११ जनामध्ये ४ जना महिला र ७ जना पुरुष रहेका छन् । मृत्यु हुनेमा मोरङमा २७, ललितपुरमा ३२… Continue reading थप ११ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५२० पुग्यो

नेपालमा एकैदिन थपिए २७२२ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार ७३९ जनाको पीसीआर परीक्षणमा थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कूल संख्या ८२ हजार ४५० पुगेको छ। पछिल्लो २४ घन्टामा थप ३३०७ जना कोरोना संक्रमणमुक्त भएका… Continue reading नेपालमा एकैदिन थपिए २७२२ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा हालसम्मकै बढी १६३८ जनालाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप १६ सय ३८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार बिहीबार थप १ हजार ६ सय ३८ जनामा पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका १२ सय ८० , भक्तपुरका १९६ जना र ललितपुरका १६२ जना छन्। यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या २६ हजार ७४१… Continue reading काठमाडौं उपत्यकामा हालसम्मकै बढी १६३८ जनालाई कोरोना संक्रमण

डिस्चार्ज भए क्याप्टेन विजय लामा

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित भई अस्पताल भर्ना भएका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा डिस्चार्ज भएका छन् । संक्रमित भएसँगै उनले कोरोना अत्यन्तै खतरनाक भएको भन्दै यसविरुद्ध खेलबाड नगर्न सचेत गराइरहेका छन् । उनका कोरोनाको लक्षण देखिएको थियो । भदौ २९ मा कोरोना संक्रमण पुष्टि भएपछि ललितपुरस्थित स्टार अस्पतालमा भर्ना भएका उनलाई कोरोना… Continue reading डिस्चार्ज भए क्याप्टेन विजय लामा

डा. केसीबारे सरकारको प्रतिक्रिया : ‘ अनसन बस्न उपयुक्त समय होइन’

काठमाडौं । सरकारले अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता नगर्ने मुड बनाएको छ । सरकारले डा. केसीबारे पहिलो पटक प्रतिक्रिया दिँदै अहिले अनसन बस्न उपयुक्त समय नभएको प्रतिक्रिया दिएको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले कोरोना महामारीको समयमा अनसन बस्नु उपयुक्त नहुने उल्लेख गरे । डा. केसी पछिल्लो दुई… Continue reading डा. केसीबारे सरकारको प्रतिक्रिया : ‘ अनसन बस्न उपयुक्त समय होइन’

बाबुराम, विप्लव र वैद्यलाई प्रचण्डको आह्वान : एकता गरौं

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल माओवादी छाडेर छिन्नभिन्न भएका नेताहरुलाई एकताको आह्वान गरेका छन् । डा.बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई मूलधारकै राजनीतिमा फर्कन आह्वान गर्दै उनले एकताको चाहना व्यक्त गरेका हुन् । तत्कालीन माओवादी छाडेका हिँडेका प्रदेश २ का नेताहरुलाई धुम्बाराहीस्थित नेकपा पार्टी कार्यालयमा आयोजित… Continue reading बाबुराम, विप्लव र वैद्यलाई प्रचण्डको आह्वान : एकता गरौं

थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५०९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १ महिला र १० पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु हो । मृत्यु हुनेमा सुनसरीमा ५६, ५० र २७, काठमाडौंमा ७८ र ६८, भक्तपुरमा ६८, ललितपुरमा ४८ वर्षीय पुरुष रहेका छन् । त्यस्तै बाँकेमा ३४ वर्षीया महिला,… Continue reading थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५०९ पुग्यो

काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परिक्षणमा काठमाडौंमा ८१७ ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनालाई कोरोना संक्रमण देखिएको छ। यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या २५ हजार १०३ पुगेको छ। काठमाडौंमा २० हजार ३९३, ललितपुरमा २ हजार ५२५ र भक्तपुरमा… Continue reading काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना संक्रमण पुष्टि

थप १९११ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित २१ हजार ८३०

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार ४४४ जनाको पीसीआर परीक्षणमा थप १५११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कुल संख्या ७९हजार ७२८ पुगेको छ। पछिल्लो २४ घन्टामा थप ९११ जना कोरोना संक्रमणमुक्त भएका छन्।… Continue reading थप १९११ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित २१ हजार ८३०

शंकरदास वैरागी मुख्य सचिवमा नियुक्त

काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्य सचिव नियुक्त गरेको हो । यसअघिका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन्। कार्यकाल सकिनु केही दिन बाँकी हुँदा उनले राजीनामा दिएका हुन्। मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गतेसम्म थियो। वैरागी २०७२… Continue reading शंकरदास वैरागी मुख्य सचिवमा नियुक्त

मिडियाप्रति प्रधानमन्त्रीको आक्रोस, ‘जति गाली गरे पनि सहनुपर्ने ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः एक पटक संचारमाध्यमविरुद्ध आक्रोस पोखेका छन् । मिडियाले हरेक दिन सरकारलाई गाली गर्दा सरकारले सहनु पर्ने तर, एक दिन सरकारले सुझाव दिन खोज्दा बुरुक्क उफ्रने गरेको भन्दै मिडियाप्रति आक्रोसित भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ सञ्चार माध्यमका सम्पादकहरूसँगको भेटमा यस्तो गुनासो गरेका हुन् । सञ्चार… Continue reading मिडियाप्रति प्रधानमन्त्रीको आक्रोस, ‘जति गाली गरे पनि सहनुपर्ने ?’

सर्वोच्चमा बामदेव गौतमको पदबारेको बहस आज सकिएन, शुक्रबार फेरी हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनित गरेपछि यो विषय सर्वोच्चमा पुग्यो । सर्वोच्चले तत्काल निर्णय यथास्थितिमा राख्दै आजका लागि विपक्षीसहित दुबै पक्षलाई बहसमा बोलाएको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आज पुरा हुन सकेन । त्यसपछि सुनुवाई शुक्रबारसम्मका लागि लम्बिएको छ । बुधबार… Continue reading सर्वोच्चमा बामदेव गौतमको पदबारेको बहस आज सकिएन, शुक्रबार फेरी हुने

नेपालमा बलात्कारीलाई मृत्यदण्ड दिने कानुनबारे अध्ययन गर्न निर्देशन

काठमाडौं । नेपालमा बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय दिनुपर्ने बहस अहिले उत्कर्षमा छ । ८ दिन अगाडी बझाङ खिकिलाको मन्दिरमा १२ वर्षिया सम्झना कामीको बलात्कारपछि भएको हत्याले नेपालमा पुनः एक पटक बालिका बलात्कार गर्ने माथि मृत्युदण्ड दिनुपर्ने कानुन बहसमा आएको हो । संसदीय समितिले समेत यस घटनालाई गम्भीर रुपमा लिँदै नेपालमा बलात्कारीलाई मृत्युदण्डको सजाय ल्याउनुपर्ने पहल थालेको… Continue reading नेपालमा बलात्कारीलाई मृत्यदण्ड दिने कानुनबारे अध्ययन गर्न निर्देशन

पीसीआरमा शुल्क समायोजन नगरे ८ वटा ल्याब लाइसेन्स खारेज गर्ने सरकारको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढी शुल्क लिएको भन्दै आठ वटा प्रयोगशालालाई तत्काल शुल्क घटाउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। जागेश्रवर गौतमले पीसीआरको शुल्क घटाउन २४ घण्टे अल्टिमेटम दिएका हुन्। मन्त्रालयको गुणस्तर मापन महाशाखाले बुझाएको प्रतिवेदनमा विभिन्न आठ वटा प्रयोगशालाले तोकिएको भन्दा बढी शुल्क लिने गरेको… Continue reading पीसीआरमा शुल्क समायोजन नगरे ८ वटा ल्याब लाइसेन्स खारेज गर्ने सरकारको चेतावनी

थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४९८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २ महिला र ५ पुरुष गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीमा ६०, मोरङमा ६०, सप्तरीमा ३९ वर्षीय पुरुष, काठमाडौंमा ३४ र ३६ वर्षीया महिला, ५४ वर्षीय पुरुष रुपन्देहीमा ८२ वर्षीय… Continue reading थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४९८ पुग्यो

काठमाडौंमा उपत्यकामा थपिए ९०२ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परिक्षणमा काठमाडौंमा ६९७ ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनालाई कोरोना संक्रमण देखिएको छ। जसअनुसार काठमाडौंमा २७४ महिला र ४२३ पुरुष, भक्तपुरमा ५३ महिला र ४० पुरुष, ललितपुरमा ४६ महिला र ६६ पुरुषमा कोरोना संक्रमण… Continue reading काठमाडौंमा उपत्यकामा थपिए ९०२ कोरोना संक्रमित

नेपालमा थप १५५९ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ७७,८१७ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार २०५ जनाको पीसीआर परीक्षणमा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कुल संख्या ७७ हजार ८१७ पुगेको छ। पछिल्लो २४ घन्टामा थप १०५७ जना कोरोना संक्रमणमुक्त भएका… Continue reading नेपालमा थप १५५९ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ७७,८१७ पुग्यो

कुवेतका राजा सवाहको अमेरिकामा निधन

काठमाडौं । कुवेतका राजा शेख सबा अल अहमद अल सवाहको ९१ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार उपचारका क्रममा अमेरिकामा निधन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । उनी जुलाई १८ मा अस्पताल भर्ना भएका थिए । शल्यक्रिया सफल भएपनि स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारको लागि उनी जुलाई २३ मा अमेरिका गएका थिए… Continue reading कुवेतका राजा सवाहको अमेरिकामा निधन

थप १० जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ४९१ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ पुरुष र ३ महिला गरि थप १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका ६८ वर्षीय, महोत्तरीका ५८ वर्षीय, काठमाडौंका ६० र ७० वर्षीय, चितवनका ५५ वर्षीय, बाँकेका ५३ वर्षीय र… Continue reading थप १० जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ४९१ पुग्यो

काठमाडौंमा ७४७ सहित उपत्यकामा थपिए ९३४ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परिक्षणमा काठमाडौंमा ७४७ ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनालाई कोरोना संक्रमण देखिएको छ। जसअनुसार काठमाडौंमा ३०७ महिला र ४४० पुरुष, भक्तपुरमा २८ महिला र ४५ पुरुष, ललितपुरमा ४७ महिला र ६७ पुरुषमा कोरोना संक्रमण… Continue reading काठमाडौंमा ७४७ सहित उपत्यकामा थपिए ९३४ कोरोना संक्रमित

नेपालमा थप १५१३ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ७६२५८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५१३ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार ८९१ नमुना जाँचमध्ये १५१३ जनामा संक्रमण देखिएको हो। योसँगै संक्रमितको कुल संख्या ७६ हजार २५८ पुगेको छ। २४ घण्टामा ७३१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५५… Continue reading नेपालमा थप १५१३ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ७६२५८ पुग्यो

नेपाली सेनामा स्थगित भएका भर्ना पुनः शुरु

काठमाडौं । नेपाली सेनाले आफ्नो संगठनमा रिक्त रहेका पदमा शुरु गरेको भर्ना प्रक्रिया कोरोना भाइरसको महामारीसँगै स्थगित गरेको थियो । यसरी स्थगित भएका भर्ना पुनः प्रारम्भ भएको सेनाले जनाएको छ । कोरोना महामारीपछि चैत ७ गतेदेखि स्थगित गरिएको भर्ना प्रक्रिया पुनः सूचारु भएको सेनाले विज्ञप्ती मार्फत जानकारी गराएको छ । २०७६ माघ ७ मा सेनाले… Continue reading नेपाली सेनामा स्थगित भएका भर्ना पुनः शुरु

झापामा एक वृद्ध महिलाको विभत्स हत्या

झापा । झापामा एक वृद्ध महिलाको विभत्स हत्या भएको छ । उनको मृत शरीर आफ्नै घरको खाटमुनी भेटिएको हो । झापा, गौरादह नगरपालिका १ की ६५ वर्षीया मनमाया भण्डारीको आफ्नै घरमा खाटमुनि शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शव सोमबार दिउँसो साढे ४ बजे फेला परेको हो । स्थानीयले प्रहरीलाई खबर… Continue reading झापामा एक वृद्ध महिलाको विभत्स हत्या

देउवाविरूद्ध २७ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित विरोध पत्र दर्ता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित २७ जना केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवालाई पार्टी विधिसम्मवत चलाउन माग गरेका छन् । उनीहरुले असोज १९ गते राखिएको केन्द्रीय समिति बैठकमा आफूहरूका माग न्यायपूर्ण र विधिसम्मत समाधान गर्न सभापति देउवासँग माग गरेका हुन् । उनीहरुले सोमबार सभापति देउवालाई ज्ञापनत्रप बुझाउँदैं नजिकिँदै गरेको पार्टीको १४ औं महाधिवेशन… Continue reading देउवाविरूद्ध २७ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित विरोध पत्र दर्ता

थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४८१ पुग्यो

काठमाडौं । नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा २ महिला र २ पुरुष गरी थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीमा ३८, भक्तपुरमा ५१ वर्षीया महिला, बाँकेमा ४७ र गुल्मीमा ३४ वर्षीय पुरुष रहेका छन् यो सहित मृत्यु हुनेको संख्या ४… Continue reading थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४८१ पुग्यो