Category: समाचार

  • सिंगापुर जाँदै देउवा

    सिंगापुर जाँदै देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर प्रस्थान गर्दैछन्। उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् त्यता जान लागेका हुन्। सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर जान लागेको उनको सचिवालयले जनाएको छ ।

    पेटसम्बन्धी समस्या देखिएपछि उनी नियमित चेकजाँचका लागि सो मुलुक जान लागेको बताइएको छ । उनी २र२ वर्षमा फलोअपमा जानुपर्नेमा अहिले ३ वर्षमा जान लागेका छन् । पत्नी आरजु देउवासहित सिंगापुर जान लागेका देउवा करिब एक सातापछि स्वदेश फर्कने सचिवालयले जानकारी दिएको छ।

  • तराईमा अझै ५ दिन लु लाग्ने सम्भावना

    तराईमा अझै ५ दिन लु लाग्ने सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो। ‘

    आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिकरूपमा बढ्दै जाने देखिन्छ । तसर्थ, तराईका भू–भागमा तातो हावाबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ’, बुलेटिनमा भनिएको छ ।

    लू चल्नका लागि लगातार पाँच दिनसमम सामान्यभन्दा ४० डिग्रीभन्दा माथि ताफत्रम बढेमा लू चलेको मानिन्छ। वर्षा नहँुदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको बताइएको छ। साथै पहाडी भू–भागका उपत्यका तथा खोंचहरूमा समेत तापक्रम क्रमिकरूपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको।

    महाशाखाका अनुसार विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ। काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भू–भागमा, मुख्यतयाः मध्यतराई र आसपासमा अधिकतम तापक्रत्र ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ।

    लूबाट हुने सम्भावित असर जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको छ।

    लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने ९घाममा हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ जुससर्वत आदि० प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह–सुझाव लिन पनि महाशाखाले सुझाएको छ।

    हाल देशमा पश्चिवी वायुको साथै भारतको बिहारमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। अहिले कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही कोशी तथा बागमती प्रदेशका केही स्थान साथै मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज काठमाडौँको न्यूनतम तापक्रम १८ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । रासस

  • विदेशमा रहेका नेपालीलाई समानूपातिकमा मताधिकार दिने तयारी

    विदेशमा रहेका नेपालीलाई समानूपातिकमा मताधिकार दिने तयारी

    काठमाडौं । नेपालले विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक तर्फ मताधिकार दिने तयारी गरेको छ । निर्वाचन कानूनहरुको एकीकृत मस्यौदामा यस्तो प्रावधान गर्न लागिएको हो । विदेशमा रहेका नेपालीहरुले सम्बन्धित देशबाटै भोट हाल्न पाउने व्यवस्था एकीकृत मस्यौदामा छ । विदेशमा रहेका नेपालीहरुले समानुपातिक तर्फ मात्रै मतदान गर्न पाउने प्रस्ताव गरिएको छ ।

    निर्वाचन ‘आयोगले विदेशमा रहेका मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिलाई नेपाली कुटनीतिक नियोगको सहयोगमा सोही मुलुकबाटै प्रतिनिधिसभाको समानुपातिक तर्फको निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनमा मतदान गर्ने व्यवस्था मिलाउने’ एकीकृत ऐनको मस्यौदामा उल्लेख छ ।

    कानुन बन्नुअघि नै निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली दर्ता अगाडि बढाउने भएको छ । आगामी साउन एक गतेदेखि विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन सुरु गर्ने तयारी रहेको छ । पहिलो चरणमा खाडी मुलुकहरु युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गरिनेछ ।

  • जुगल हिमशृङ्खलाका ५ चुचुरो आरोहण गर्न खुला

    जुगल हिमशृङ्खलाका ५ चुचुरो आरोहण गर्न खुला

    काठमाडौं । सरकारले ५ वटा नयाँ हिमचुचुरोलाई पर्वतारोहणका लागि खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल हिम शृङ्खलामा पर्ने ५ वटा चुचुरोहरु आरोहणका लागि खुला भएका हुन् । मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार यी चुचुरो जुगल गाउँपालिकामा पर्छन् ।

    सरकारले ६ हजार ५९१ मिटर अग्लो जुगल १, ६ हजार ५१८ मिटर अग्लो जुगल २, ६ हजार १८४ मिटर अग्लो जुगल ३, ५ हजार ९३६ मिटर अग्लो जुगल ४ र ५ हजार ९२२ मिटर अग्लो जुगल ५ लाई पर्वतारोहण प्रयोजनका लागि खुला गर्ने निर्णय गरेको जनाएको छ । सरकारले खुला गरिएका हिमालको विवरण राजपत्रमा प्रकाशित गरेसँगै यी हिमालमा अब व्यावसायिक आरोहणको बाटो खुलेको छ ।

    जुगल हिम शृङ्खलामा पर्ने ग्याल्जेन हिमाल (६ हजार १५१ मिटर) यसअघि २०१९ मै आरोहण भइसकेको चुचुरो हो । यी हिमालहरु काठमाडौंबाट नजिकका चुचुरो मानिन्छन् । तुलनात्मक रुपमा होचा यी हिमालहरु अग्लो हिमाल चढ्नु अगाडिको आरोहण अभ्यासका लागि उपयुक्त मानिन्छन् ।

    जुगल गाउँपालिका काठमाडौं उपत्यकाबाट ९० किलोमिटर उत्तरपूर्वमा पर्छ । जुगल हिम शृङ्खलामा ६ हजार मिटर भन्दा अग्ला ८ वटा चुचुरो रहेको बताइएको छ । पछिल्लो समय स्थानीय सरकारले समेत जुगललाई पर्यटकीय गन्तव्य बनाउन विभिन्न प्रयास गरिरहेको छ ।

    नेपालमा सरकारले आरोहण खुला गरेका हिम चुचुराको संख्या अब ४१९ पुगेको छ । सर्वोच्च शिखर सगरमाथासहित ४१४ वटा हिमाल यसअघि नै आरोहणको प्रयोजनका लागि खुला गरिएको छ । जसमध्ये २७ वटा हिमाल नेपाल पर्वतारोहण संघले व्यवस्थापन गरिरहेको छ । नेपालमा विश्वको सर्वोच्च टाकुरासहित १३१० वटा हिमाल रहेको पर्यटन विभागको तथ्यांक छ ।

  • उड्नै लागेको जहाज भित्र जब धुँवा देखियो

    उड्नै लागेको जहाज भित्र जब धुँवा देखियो

    काठमाडौं । जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानको उडान रद्द गरिएको छ । यु ४–५०८ नम्बरको विमान साँझ ५ः३७ मा काठमाडौंका लागि उडान भर्ने क्रममा यात्रुले धुँवा देखिएको बताएपछि उडान रद्द गरिएको हो। दिउँसो ४ः३० बजे उडान गर्ने तालिका रहे पनि सो विमान १ घण्टा ७ मिनेट ढिला गरी उड्न लागेको थियो ।

    वुद्ध एयरका जनकपुर प्रमुख विजय सिंहले प्राविधिक टिमले विमानभित्र खराबी रहे वा नरहेको हेरिरहेको बताए। ‘टेक्निकल टिमहरुले हेरिरहेका छन्। कहाँ के फल्ट छ भनेर, अर्को विमानबाट यात्रीहरुलाई काठमाडौं पठाइएको छ’, सिंहले भने ।

  • प्यूठान कार दुर्घटना : मृतकको पहिचान खुल्यो, ७ जना २ घरका

    प्यूठान कार दुर्घटना : मृतकको पहिचान खुल्यो, ७ जना २ घरका

    काठमाडौं । स्वर्गद्वारी दर्शन गरी फर्किएको कार दुर्घटनामा परी मृत्युभएका आठै जनाको पहिचान खुलेको छ । मृतक सबै दाङको रहेको प्रहरीले जनाएको छ । स्वर्गद्वारी भिंग्री सडक खण्डको टाकुरा भन्ने स्थानमा लु १ च ६३४५ नम्वरको जिप दुर्घटनामा कारमा सवार सवै जनाको घटनास्थलमा मृत्यु भएको थियो ।

    मृत्यु हुनेमा २ जना महिला, २ जना पुरुष र ४ जना बालक रहेका छन् ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा दाङको तुलसीपुर १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल,उनका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल, दाङको लमही नगरपालिका ७ गडुवाका ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती ३० वर्षीया श्रीमती राधा नेपाली र उनीहरूकै ९ बर्षका छोरा आदित शाहको मृत्यु भएको हो । यस्तै, कार चालक दाङको लमहीका ताराबहादुर कुमालको यसअघि नै सनाखत भइसकेको छ ।

    कार सडकको माथिल्लो घुम्टीबाट पल्टिएर तल्लो घुम्टीमा पुगेको थियो । स्काभेटरको मद्दतले उद्धारको काम भएको थियो । मृतकको शव जिल्ला अस्पताल विजुवार ल्याइएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

  • चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा महानगरको ताला

    चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा महानगरको ताला

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बौद्धमा सञ्चालित चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा ताला लगाएको छ।

    महानगरले अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको र मापदण्ड पुरा नगरेको फेला पारेपछि अस्पतालको प्रशासनमा ताला लगाइदिएको हो। प्रशासनमा ताला लगाएसँगै अस्पतालमा उपचाररत बिरामी अन्यत्र सार्न महानगरले निर्देशन दिएको छ ।

    स्वास्थ्य संस्था सञ्चालन ऐनविपरीत सञ्चालनमा रहेका तथा मापदण्ड पूरा नगरेका अस्पतालहरूलाई कारबाहीको मागसहित महानगरले जेठ १७ गते स्वास्थ्य मन्त्रालयलाई ६८ वटा अस्पतालको सूची पेस गरेको थियो ।

  • पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु

    पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु

    काठमाडौं । बाँकेको खजुरा गाउँपालिकास्थित पुरैना नजिकै मानखोलामा पौडी खेल्न गएका दुई जना बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ ।

    अत्याधिक गर्मीका कारण खजुरा ६ दस विगाहाका चार जना बालबालिका नजिकैको मानखोलामा सोमवार दिउँसो १२ बजेतिर नुहाउन गएकोमा दुई जना खोलामा डुबेका थिए ।

    खोलामा नुहाउन गएका १८ वर्षकी लक्ष्मी डाँगी र ९ वर्षका किरण नेपाली डुबेर बेपत्ता भएको खबर आएलगत्तै पुगेको प्रहरीले खोजतलास गर्दा बालिका डाँगीको शव भेटिएको थियो भने नेपालीको शव अपरान्ह तीन बजे मात्र भटिएको हो ।

  • काभ्रेमा सडक निर्माण गर्दा पुरातात्विक सम्पदा नमास्न विभागको अनुरोध

    काभ्रेमा सडक निर्माण गर्दा पुरातात्विक सम्पदा नमास्न विभागको अनुरोध

    काठमाडौं । पुरातत्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ।

    विभागले अरनिको राजमार्गअन्तर्गत बनेपाको भैँसेपाटी क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेकाले तत्कालै डोजर लगाउने कार्य रोक्न भनेको हो। सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य तत्काल रोक्न आइतबार परिपत्र गरिएको विभागका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले जानकारी दिए।

    उनका अनुसार प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिलालाई संरक्षण गर्नसमेत आग्रह गरिएको छ। यस्तै विभागले राजमार्गअन्तर्गत पर्ने बनेपा नगरपालिकालाई समेत उक्त कार्य रोक्ने सम्बन्धमा पत्राचार गरेको छ। गत फागुनदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार सुरु गरिएको थियो।

    उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो। उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल कूल १५ दशमलव पाँच किलोमिटर सडकखण्ड चार लेनमा विस्तार थालिएको हो।

    सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार साँगा–धुलिखेल सडकखण्ड विस्तार कार्यका लागि चार अर्ब पाँच करोड ६४ लाखका ठेक्का लगाइएको छ भने दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमि रहेको छ। उक्त खण्डको ठेक्का तीन अर्ब ८८ करोड ९३ लाखमा हालै सम्झौता भइसकेको विभागले जनाएको छ।

    यस्तै विभागको आग्रहमा काभ्रेपलाञ्चोकको पाँचखाल नगर क्षेत्रमा भेटिएका ऐतिहासिक सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ती वर्षअघि सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाएको छ। कार्यालयले सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विगागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराएको थियो। विभागले भने सम्पदा क्षेत्रमा खनजोत गरे नगरेको निरीक्षण गर्दै आइएको जनाएको छ।

    पाँचखाल क्षेत्रमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि विभागले प्रारम्भिक चरणमा बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले ‘जियोफिजिकल सर्वे’ गरिसकेको छ।

  • काठमाडौं उत्पकामा मध्यरातमा पर्यो वर्षा, गर्मीबाट राहत

    काठमाडौं उत्पकामा मध्यरातमा पर्यो वर्षा, गर्मीबाट राहत

    काठमाडौं । काठमाडौं उपत्यकामा आज मध्यरातमा भएको वर्षातका कारण गर्मीबाट केही राहत भएको छ । देशको मौसम पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावमा छ । सोहीकारण विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ।

    कोशी, र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा जारी छ । दिउँसोपख कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा नै रहने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

    कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ–गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। रातिपख कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    कोशीलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा मेघ–गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघ–गर्जन–चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै महाशाखाले केही दिनमै मौसम नेपाल भित्रने पूर्वानुमान गरेको छ। भारतको केरला हुँदै आउने प्रणाली बंगालको खाडी पुग्छ।

    अहिले भुटानमा सक्रिय देखिएको मौसम केही दिनमा झापा हुँदै नेपाल भित्रन्छ। नेपालभरि फैलन थप पाँच दिन लाग्ने महाशाखाको भनाई छ । देशका अधिकांश भूभागमा बदली र केही ठाउँमा वर्षा भएपछि गर्मीबाट राहत मिलेको छ। पूर्वतिर गर्मी क्रमिकरूपमा घट्ने, मध्य क्षेत्रमा भने केही दिन कायमै रहने सक्ने पूर्वानुमान महाशाखाले गरेको छ।

  • बुटवल–गोरूसिङ्‍गे–चनौटा सडक स्तरोन्नती हुने, ३५ अर्ब लागत

    बुटवल–गोरूसिङ्‍गे–चनौटा सडक स्तरोन्नती हुने, ३५ अर्ब लागत

    काठमाडौं । विश्व बैंकको सहयोगमा यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना (एक्सेस) सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरूसिङ्‍गे–चनौटा सडक खण्डमा पर्ने ६९ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने यो आयोजनाको लक्ष्य छ । आयोजनाको लागत २७ करोड ५० लाख डलर (झण्डै ३५ अर्ब रुपैयाँ) हो ।

    यो आयोजनाले नेपालमा छानिएका व्यापारिक करिडोरमा व्यापार, यातायात लागत र पारवहन समय घटाएर व्यापार र आवद्धता सुधार गर्ने विश्व बैंकले जनाएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिनज राइजरले यो आयोजनाको शुभारम्भ गरेका हुन् ।

    कार्यक्रममा मन्त्री ज्वालाले नेपालमा उत्थानशील पूर्वाधारको विकासमा यो आयोजनाले सहयोग गर्ने बताए । यस आयोजनाबाट नेपालका विभिन्न प्रदेश र छिमेकी मुलुकसँग यातायात र व्यापार आवद्धता बढाउने भन्दै यसले नयाँ आर्थिक सम्भावनाको ढोका खोल्ने समेत उनले बताए ।

    दुई लेनमा रहेको पूर्व–पश्चिम राजमार्गलाई अहिले धमाधम स्तरोन्नति गर्ने काम भइरहेको छ । यसबाट यस सडकमा यात्रा गर्ने समय ३० प्रतिशतले घटाउने अपेक्षा गरिएको छ । जसका कारण भारतको पश्चिमी बन्दरगाहसम्म नेपालको पहुँच सहज हुने छ ।

    विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिनज राइजरले यो आयोजनाको कार्यान्वयनबाट नेपालमा क्षेत्रीय व्यापार बढाउने बताए । यो आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले संयुक्त रुपमा कार्यान्वयन गर्नेछन् । नेपाल सरकार र विश्व बैंकबीच सेप्टेम्बर २०२२ मा यो आयोजनाको वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

  • ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री प्रचण्डको राजीनामा

    ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री प्रचण्डको राजीनामा

    काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले युद्ध अपराधको मुद्दामा प्रधानमन्त्रीलाई सर्वोच्च अदालतले जेठ ३० गते बोलाएको भन्दै अदालत जानुअघि प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

    सांसद शाहीले युद्ध अपराधको आरोपमा सर्वाेच्च अदालतले प्रधानमन्त्रीलाई बोलाएकाले उनले प्रधानमन्त्रीका रुपमा अदालत जान नमिल्ने भन्दै राजीनामा गर्नुपर्ने बताएका हुन् ।

    सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध बालबालिकालाई युद्धमा प्रयोग गरेको भन्दै प्रचण्ड र डा. बाबुराम भट्टराई लगायत विरुद्ध युद्ध अपराधको मुद्धा हालेका हुन् ।

    आइतबार मात्रै प्रधानमन्त्री प्रचण्ड डा. बाबुराम भट्टराई लगायत विरुद्ध सर्वाेच्च अदालतमा युद्ध अपराधको मुद्धा दर्ता भएको थियो ।

  • लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन सिनामंगलमा प्रहरीले चलायो गोली

    लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन सिनामंगलमा प्रहरीले चलायो गोली

    काठमाडौं । काठमाडौंको सिनामंगलमा प्रहरीले गोली प्रहार गरेर एक लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।

    आइतवार बिहान लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागूऔषध ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो ।

    भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको थियो। उनको साथबाट प्रहरीले केही परिमाणमा ब्राउन सुगर बरामद गरेको छ। ठूलो मात्रामा लागूऔषध ओसारपसार गरेको आशंकामा ब्यूरोबाट प्रहरी निरीक्षकको टोलीले भगतलाई पछ्याएको थियो ।

    घाइते अभियुक्तलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ।

  • आज सुदुरपश्चिममा आम हड्ताल, कारण के हो ?

    आज सुदुरपश्चिममा आम हड्ताल, कारण के हो ?

    काठमाडौं । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिममा आज आम हडताल भएको छ । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भए पनि कार्यान्वयन नभएको भन्दै सङ्घर्ष समितिले हडताल गरेको हो । हडतालको धेरै प्रभाव कैलालीमा देखिएको छ ।

    कैलालीमा शैक्षिक संस्था आंशिक मात्रै खुलेका छन् भने लामो दूरीका गाडी छुटेका छैनन् । पहाडी जिल्लामा आम हडतालको असर कम परेको छ । बिहानैदेखि केही चोकमा आन्दोलनकारीको उपस्थिति रहेको र प्रहरी पनि परिचालन गरिएको छ । लामो दूरीका गाडी सुदूरपश्चिममा भित्रिए पनि छुट्न भने नपाएको प्रहरीको भनाई छ ।

  • तापक्रम बढ्ने क्रम रोकिने, कतै छिटपुट वर्षाको सम्भावना

    तापक्रम बढ्ने क्रम रोकिने, कतै छिटपुट वर्षाको सम्भावना

    काठमाडौं । आजबट तापक्रम बढ्ने क्रम रोकिने भएको छ । मौसमविदहरुका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराईका जिल्लाहरुमा पनि तापक्रम नबढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ ।

    ‘त्यसैले तराईका भू–भागहरूको अधिकतम तापक्रम नबढ्ने देखिन्छ,’ महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा लेखिएको छ, ‘कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू(भागका एक(दुई स्थानमा मेघ,गर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।’

    शनिबार रातिदेखि नै कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ । कोशी प्रदेशको विराटनगरमा शुक्रबारदेखि नै तापक्रम घटेको थियो । बिहीबार विराटनगरको अधिकतम तापक्रम ४२.६ डिग्री सेल्सियस पुगेकोमा शनिबार ३५.३ मापन भएको थियो । वरिष्ठ मौसमविद शान्ति कँडेलका अनुसार अब क्रमशः बदलीको दिन बढ्ने छ र वर्षा पनि हुने छ । त्यसकारण तापक्रम पनि घट्ने हुँदा गर्मीबाट राहत मिल्ने छ ।

    सोमबार र मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा मेघ(गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा उल्लेख छ ।

  • कालिकोटमा जिप दुर्घटना तीन जनाको मृत्यु

    कालिकोटमा जिप दुर्घटना तीन जनाको मृत्यु

    काठमाडौं । कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुभकालिका गाउँपालिका(६ चिसापानीस्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु१च८४९८ नम्बरको जिप शनिबार राति साढे ११ बजे दुर्घटना भएको हो ।

    दुर्घटनामा जिपका चालक शुभकालिका – २ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नं. ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुलेका २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिए । जिप सडकबाट १५० मिटर तल खसेको छ ।

  • प्रचण्डसहित मन्त्रीमण्डलको जम्बो टोली पशुपतिनाथ मन्दिरको दर्शनमा

    प्रचण्डसहित मन्त्रीमण्डलको जम्बो टोली पशुपतिनाथ मन्दिरको दर्शनमा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार पशुपतिनाथको दर्शन गरेका छन् । शनिबार साँझ केही मन्त्रीहरुसँगै पशुपतिनाथ पुगेका उनले दर्शन गरेका हुन् । त्यस क्रममा उनले उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए ।

    प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा। प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल पनि सहभागी थिए । प्रचण्डले यो क्षेत्रलाई अझै व्यवस्थित गर्ने प्रतिवद्धता जनाएका छन् ।

  • माओवादीसँग एकताको पहल गर्ने नेपाल समाजवादीको निर्णय

    माओवादीसँग एकताको पहल गर्ने नेपाल समाजवादीको निर्णय

    काठमाडौं । नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रलगायत पार्टीसँग एकता पहल गर्ने निर्णय गरेको छ । भक्तपुरमा बिहीबार र शुक्रबार बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने निर्णय गरेको हो ।


    अध्यक्ष बाबुराम भट्टराई निकट नेता विश्वदीप पाण्डेले दिएको जानकारीअनुसार समाजवादी केन्द्ररध्रुव निर्माणको लागि समाजवादकेन्द्रित कार्यक्रमसहित एकताका लागि वार्ता समितिले प्रस्तुत गरेको प्रस्तावको माओवादीबाट औपचारिक जवाफ आएपछि नेसपाले निर्णय गर्ने भएको छ ।

    बैठकले अध्यक्ष–सहअध्यक्षले प्रस्तुत गरेको प्रस्तावमाथि व्यापक छलफल गरी एकमतले पारित गरेको उनले बताए । यस्तै असारदेखि मंसिरसम्म संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

    दिउँसो कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू–भागका एक\दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। राति कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।


    कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा मेघ-गर्जन, चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

  • बोरिस जोनसनले सांसद पदबाट समेत दिए राजीनामा

    बोरिस जोनसनले सांसद पदबाट समेत दिए राजीनामा

    काठमाडौं । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । उनले तत्काल लागू हुने गरी संसद्को सदस्यता त्याग्ने निर्णय गरेका समाचार संस्था एपीले जनाएको छ । उनले राजीनामा दिएपछि खाली हुने सिटमा उपनिर्वाचन हुनेछ । २०२२ मा प्रधानमन्त्रीको पद त्यागे पनि उनी सांसदको जिम्मेवारीमा कार्यरत थिए । जोनसन अहिले संसदीय छानबिनको क्रममा छन्। संसदीय समितिले कोरोनासँग सम्बन्धित सबै नियम पालना गरेको भन्दै सदनलाई ढाँटेको आरोपमा छानबिन गरिरहेको छ ।

    अनुसन्धानले जोनसनको राजनीतिक भविष्यमा प्रभाव पार्ने सम्भावना छ। संसदको विशेषाधिकार समितिलाई बोरिस जोनसनले संसदलाई गुमराह गरेको पाइएमा १० दिनभन्दा बढीको लागि सदस्यता निलम्बन गर्न सिफारिस गर्ने अधिकार छ। राजीनामाको क्रममा उनले आफूमाथि अनुसन्धान गरिरहेका सांसदविरुद्ध उग्र विरोध गरेका छन् । बेलायतमा अर्को वर्ष आम निर्वाचन हुँदैन । जोनसनको कदमले सत्तारुढ कन्जरभेटिभ पार्टीभित्र गहिरो विवादलाई संकेत गरेको छ ।

  • आफु तेस्रो पटक सभापति नबन्ने कांग्रेस सभापतिको स्पष्टीकरण

    आफु तेस्रो पटक सभापति नबन्ने कांग्रेस सभापतिको स्पष्टीकरण

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू तेस्रोपटक सभापतिमा उठ्न नपाउने भएकाले डर नराख्न नेताहरुलाई सुझाव दिएका छन् । चितवनमा भएको डेमोक्रेटिक लयर्स एसोसिएसनको ११औं महाधिवेशनमा तेस्रोपटक पार्टी सभापति लड्न आफू नपाउने बताएका हुन् । कांग्रेसको विधान अनुसार दुईपटक भन्दा बढी सभापति हुन नपाउने व्यवस्था छ ।

    विधानको उक्त व्यवस्था हटाउने पक्षमा आफू नरहेकाले नेताहरुले डर नराख्न उनले आग्रह गरेका छन् । एमालेले ७० वर्ष उमेर हद हटाएको बताउँदै देउवाले कांग्रेसमा रहेको व्यवस्था हटाउने पक्षमा आफू नरहेको स्पष्टीकरण दिए । पार्टी भित्रका सबै मिल्नुको विकल्प नरहेको पनि देउवाले बताए ।

    कांग्रेसको शुभेच्छुक संस्था डीएलएको ११ महाधिवेशन शुक्रबारबाट सुरु भएको छ । देउवाले निर्वाचनमा सकेसम्म सहमतिपूर्ण नेतृत्व चयन गर्न सुझाव दिएका छन् । सर्वसम्मत हुन नसके चुनावमा जान र स्वच्छ प्रतिस्पर्धा गर्न सुझाव दिए ।

  • इयूको कालोसूची पुनः दोहोरियो

    इयूको कालोसूची पुनः दोहोरियो

    काठमाडौं । नेपाल युरोपेली यूनियन (ईयू) को ‘एभिएसन सेफ्टी लिस्ट (कालोसूची) पुनः दोहोरिएको छ । युनियनको अंग्रेजी महिना मेमा बस्ने सुरक्षा काउन्सिलको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनीलाई कालो सूचीमा दोहोर्‍याएको छ । वर्षमा दुई पटक मे र नोभेम्बर महिनामा सुरक्षा काउन्सिलको बैठक बस्छ ।

    सो बैठकले मात्र यो सूची रिभ्यू गर्छ । सोही कारण अब कम्तीमा ६ महिना नेपाल कालोसूचीमा यथावत रहने निश्चित भएको छ । ईयूले बुधबार यस्तो सूची अपडेट गरी सार्वजनिक गरेको छ । पोखरामा गत माघमा भएको जहाज दुर्घटनापछि नेपालको हवाई सुरक्षामा पुनः प्रश्न उठेको छ । नेपाल सन् २०१३ यता निरन्तर ईयूको कालोसूचीमा छ ।

    यूरोपेली यूनियन मातहतको एभिएशन सेफ्टी एजेन्सी (आयसा)’ले अक्टोबर २०२२ मा एक मिसन नेपाल पठाएर हवाई सुरक्षाबारे अध्ययन गरेको थियो । सो मिसनपछि अर्को मिसन नेपाल पठाएर अध्ययन गर्ने तयारी पुरा नहुँदै पोखरा दुर्घटना भएको हो । कालो सूची लामो समयसम्म रहँदा वायुसेवा कम्पनीहरुले नेपाल र यूरोपमा सिधा उडान गर्न पाएका छैनन् । यसको मारमा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स समेत रहेको छ ।

  • नागरिकता विधेयकविरुद्धको रिटमा अन्तरिम आदेश भएन

    नागरिकता विधेयकविरुद्धको रिटमा अन्तरिम आदेश भएन

    काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणका लागि मन्त्रिपरिषद्ले गरेको निर्णय झिकाउने आदेश गरेको छ ।

    न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र शुष्मालता माथेमाको संयुक्त इजलासले नागरिकता विधयेकसम्बन्धी मुद्दामा मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णय र राष्ट्रपतिले गरेको प्रमाणीकरणको फाइल झिकाउन आदेश दिएको छ । सो मुद्दाको अर्को पेशी मंगलबारलाई तोकिएको छ ।

    सर्वोच्चले यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेश दिने नदिने निर्णयका लागि शुक्रबारको मिति तोकेको थियो ।

    मन्त्रिपरिषद्ले जेठ १२ गते अघिल्लो राष्ट्रपतिले संसद्‌बाट पारित गरी दोस्रो पटक ०७९ भदौ २० गते पठाएको नागरिकता विधेयक असंवैधानिक रूपमा रोकिदिएको र त्यो विधेयक राष्ट्रपति कार्यालयमै रहेको भन्दै प्रमाणीकरणका लागि अनुरोध गर्ने निर्णय गरेका थियो ।

    त्यही निर्णयमा टेकेर राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते विधेयक प्रमाणीकरण गरेका थिए । त्यसविरुद्ध वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए ।

    तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भएर आएको विधेयक एक पटक फिर्ता गरेकी थिइन् भने अर्को पटक प्रमाणीकरण नगरी निष्क्रिय राखेकी थिइन्।

  • ‘अराजक, असंवैधानिक, उदण्ड प्रकारका गतिविधिलाई राज्यले छुट दिँदैन’

    ‘अराजक, असंवैधानिक, उदण्ड प्रकारका गतिविधिलाई राज्यले छुट दिँदैन’

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा गैर शान्तिपूर्ण र अराजक गतिविधि भए राज्यले छुट नदिने बताएका छन्।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज प्रतिनिधि सभामा आफ्ना नेताहरूमाथि कोशीमा आक्रमण भइरहेकोमा विरोध गर्दै गृहमन्त्रीसँग जवाफ मागेको थियो।

    जवाफमा श्रेष्ठले भने ‘पहिचान पक्षधर बताउने गरेकाहरू नै आन्दोलनमा आएका छन्। उनीहरूले शान्तिपूर्ण तरिकाले विचार र अभिव्यक्ति स्वतन्त्रताको हकको प्रयोग गरी विरोध गर्न पाउँछन्,’ उनले भने, ‘अराजक, असंवैधानिक, गैर शान्तिपूर्ण, अराजक, उदण्ड प्रकारका गतिविधिलाई राज्यले छुट दिँदैन।’

    ‘घटनाका दोषीलाई पहिचान गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको छ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘यस्ता घटनाप्रति सरकार दु:ख व्यक्त गर्दछ।’ एमाले नेता र उपसभामुखलाई कार्यक्रममा जाँदा बिहीबार प्रहरीले स्कटिङ गर्दै सुरक्षासमेत दिएको गृहमन्त्री श्रेष्ठले बताए।

  • भारतबाट सुरु भयो मनसुन, नेपाल आउन ढिला हुँदा तापक्रम उच्च

    भारतबाट सुरु भयो मनसुन, नेपाल आउन ढिला हुँदा तापक्रम उच्च

    काठमाडौं । मनसुन भित्रिन ढिला हुँदा नेपालको तराईमा तातो हावाको बहाव अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ । नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवनमा गम्भीर असर पर्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आउँदो चार दिनसम्म तातो हावा तथा लुको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्नका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    तातो हावा तथा लुबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुन सक्ने देखिएको छ । महाशाखाले तातो हावा तथा लुबाट बच्न बढी गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा बस्न, बाहिरी वातावरणमा बढी नजान, हलुका सुती कपडा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, टोपी लगाउन सुझाव दिएको छ । साथै नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध गरेको छ ।

    जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले पश्चिमका दुई र पूर्वका तीन जिल्लाबाहेक सबै जिल्लाको तापक्रमले उच्च सतर्कताको तह पार गरेको छ । ती जिल्लामा ४१ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ । पाँच जिल्लामा तापक्रमको सतर्कता तहको अवस्थामा रहेको छ । सबैभन्दा बढी जनकपुर, विराटनगर, भैरहवा, सिमरा र नेपालगन्जमा वृद्धि भएको देखिएको छ । मोरङको कानेपोखरी गाउँपालिकाको तापक्रम मापक यन्त्रले बिहीबार ४४ डिग्री सेल्सियस तापक्रम मापन गरेको गाउँपालिकाले उल्लेख गरेको छ ।

    बङ्गालको खाडीबाट मनसुनी न्यूनचापीय रेखा भारतको केरलामा बिहीबार आइपुगेको छ । त्यहाँबाट मनसुनी जलवाष्प नेपाल आउन करिब एक साता लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् सञ्जीव अधिकारीले भने, “केरला आएको मनसुनी न्यूनचापीय रेखा छिटो गरी आउँछ वा ढिला यात्रा गर्छ भन्ने अर्को मापदण्ड पर्ख र हेरकै अवस्था छ ।” जुन १ तारिखमा केरला आइपुग्नुपर्ने सो रेखा एक साता ढिला आइपुगेकाले यस्तो अन्योल रहेको हो ।

    नेपालमा यो वर्ष मनसुन भित्रिने अनुमानित दिन भनेर जुन १३ तोकिएको छ । अहिलेकै अवस्थालाई गणना गर्ने हो भने मनसुन सुरु हु्न करिब एक साता वा त्यसभन्दा बढी समय लाग्ने सम्भावना प्रबल बनेको छ । तथापि दुई दिन पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशका पहाडी भेगमा हल्का खण्डवृष्टि हुने जानकारी उहाँले दिनुभयो । पूर्वतर्फ केही बादल बनेको छ भने पश्चिम पहाडी इलाकामा पनि बादल बन्ने व्रmम जारी रहेको छ । धेरै ठूलो वर्षा नहुने भएकाले तापक्रम बढोत्तरीमा कमी आउने सम्भावना कम रहेको छ ।

  • केटी साथिका विषयमा झगडा, ३ जनामाथि खुकुरी हान्ने ९ युवा पक्राउ

    केटी साथिका विषयमा झगडा, ३ जनामाथि खुकुरी हान्ने ९ युवा पक्राउ

    काठमाडौं । ललितपुरमा तीन जनामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले ज्यान मार्ने उद्योग कसूरमा ९ जनालाई पक्राउ गरेको एसपी नवराज कार्कीले जानकारी दिए।

    महाँकाल गाउँपालिकाका सुमन घलान, अनिश बजगाई, नविन वाइबा, विनोद न्यासुर, सौरभ विक, विजय वाइबा, प्रकाश घलान, आशिष बजगाई र छिरिङ स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट तीन वटा मोटरसाइकल समेत बरामद भएको छ। प्रहरीका अनुसार घटना सोमबार राति १० बजेतिरको हो। महाँकाल गाउँपालिका ३ जप्कामा बस्ने तीन जना कामदारहरूमाथि ९ जनाको समूहले खुकुरी प्रहार गरी घाइते बनाएको आरोप छ। उनीहरू सडक निर्माणको काम भइरहेकाले गोटिखेलमा पाल टाँगेर बसिरहेका थिए।

    बर्दिया मधुवन नगरपालिका(२ का सुनिल थारू, कोञ्ज्योसोम गाउँपालिकाका सुजेन लामा र रशेम लामा घाइते भएका थिए। घाइते भएपछि प्रहरीले त्यही बेला उनीहरूलाई लेलेस्थित आनन्दवन अस्पताल लगिएको थियो। त्यहाँबाट पाटन अस्पताल लगेर त्यहाँबाट पनि रिफर भएपछि त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएको थियो। अहिले उनीहरू खतरामुक्त भएको प्रहरीले जनाएको छ।

    त्यसयता प्रहरीले घटनामा संलग्न रहेकाहरूको खोजी गरी ९ जनालाई पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार युवतीको विषयलाई लिएर उनीहरूबीच झडप भएको हो। खुकुरी प्रहार गर्ने समूहका एक युवककी गर्लफ्रेन्डको नम्बर एक घाइते पुरूषले पाएका थिए।

    ‘कामदारले कतैबाट नम्बर पाएर फोन गरेका रहेछन्। तर फोन गर्दा केटाले उठायो,’ स्रोतले भन्यो, ‘केटीलाई फोन दिनू भनेपछि गर्लफ्रेन्डलाई फोन गरिस् भनेर विवाद भयो त्यसपछि केटाहरूले गएर हिर्काए। पाल टाँगेर बसिरहेका थिए त्यहीँ हिर्काए।’ प्रहरीले ज्‍यान मार्ने उद्योग मुद्दामा ललितपुर जिल्ला अदालतबाट सात दिन हिरासतमा राखेर म्याद थप गरी अनुसन्धान गर्न अनुमति पाएको छ।

  • अखण्ड भारतको नक्साबारे भारतीय विदेश मन्त्रीले यस्तो दिए स्पष्टीकरण

    अखण्ड भारतको नक्साबारे भारतीय विदेश मन्त्रीले यस्तो दिए स्पष्टीकरण

    काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साबारे छिमेकी मुलुकहरूले बुझिसकेको बताएका छन्। बिहीबार नयाँ दिल्लीमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री जयशंकरले ुअखण्ड भारतु को नक्साबारे सरकारका प्रवक्ताले पनि स्पष्ट पारिसकेको बताउँदै छिमेकी मुलुकहरूले बुझिसकेकोमा आफू विश्वस्त रहेको बताए। जयशंकरले यस्ता विषयलाई राजनीतिक विषय बनाउन नहुने पनि बताए। ‘मलाई लाग्दैन कि राजनीतिक विषय बन्नुपर्छ, हाम्रा छिमेकी देशहरू यस्ता कुरा बुझ्छन्। त्यसबारे स्पष्टीकरण चाहिन्छ भने पनि कुनै ठूलो कुरा होइन,’ उनले भने।

    उनले नक्साकै तल साइनबोर्डमा ऐतिहासिक अशोक साम्राज्यको नक्साका बारेमा वर्णन गरिएको समेत बताए। भारतको नवनिर्मित संसद् भवनमा राखिएको उक्त भित्ते नक्सामा नेपालको समेत केही भूभाग समेटिएको भन्दै नेपालमा सडकदेखि संसदसम्म त्यसको विरोध भइरहेको छ। भारतले संसद भवनमा ुअखण्ड भारतु को नक्सा राखेपछि काठमाडौं महानगरका मेयर बालेन शाहले पनि आफ्नो कार्यकक्षमा ुग्रेटर नेपालु को नक्सा राखेका छन्।

  • साउदी अरव जाने श्रमिकले अब शैक्षिक योग्यताको प्रमाण देखाउनु पर्ने

    साउदी अरव जाने श्रमिकले अब शैक्षिक योग्यताको प्रमाण देखाउनु पर्ने

    काठमाडौं । वैदेशिक रोजगारीमा साउदी अरब जाने कामदारले अब सरकारबाट प्रमाणित शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउनुपर्ने भएको छ । नेपालस्थित साउदी दूतावासले १२ जुनदेखि भिसा प्रक्रियाका लागि परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण (एटेस्टेसन) भएको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्न निर्देशन दिएको हो ।

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघराज भुर्तेलका अनुसार यो व्यवस्थाले एसईई वा सोही तहका अन्य शैक्षिक कोर्सभन्दा कम योग्यता भएका श्रमिकले साउदीको भिसाका लागि आवेदन नै दिन नपाउने अवस्था बन्ने बताएका छन् । यसले एसईई वा सो सरह उत्तीर्ण नभए पनि साउदी जाने तयारीमा रहेका श्रमिकहरु अन्योलमा परेका छन् ।

    ‘एसईई वा एसएलसीभन्दा तलका कक्षामा उत्तीर्ण भएको विद्यालयको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गर्न कुनै सरकारी नियका छैनन्, उनीहरुसँग त्यसको आधिकारिकर एकीकृत रेकर्ड हुँदैन,’ उनले भने,‘परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले कागजात प्रमाणीकरण गर्न सम्बन्धित विषयको सरकारी कार्यालयले गरेको प्रमाणीकरण माग्छ, यस्तो अवस्थामा एसएलसीभन्दा कम पढेकाहरुको प्रमाणपत्र नै प्रमाणीकरण हुन सक्दैन ।’

    उनका अनुसार अब एसएलसी उत्तीर्ण नगरेकहरुले साउदी समेत जान नपाउने र एसईई वा त्यसभन्दा माथिको तह उत्तीर्ण गरेकाहरुले पनि प्रमाणपत्र प्रमाणीकरण गर्न राष्ट्रिय परीक्षा बोर्ड वा विश्वविद्यालयहरुमा धाउनुपर्नेछ । त्यसपछि सो कागजातका आधारमा फेरि कन्सुलर सेवा विभागमा लाइन बस्न जानुपर्नेछ ।

    वैदेशिक रोजगार व्यवसायी संघले यस विषयमा श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी को ध्यानाकर्षण नै गराएको छ । ज्ञापनपत्र बुझाउँदै संघले कामदारको भिषा प्रक्रियामा अनावश्यक रुपमा शैक्षिक योग्यताको प्रमाणपत्र माग गरेर सो प्रमाणपत्र परराष्ट्र मन्त्रालय अन्तरगत कन्सुलर सेवा बिभागबाट प्रमाणित गरी पुनः साउदी दुतावसबाट प्रमाणीकरण गर्नु पर्ने अनिवार्य अव्यवहारिक, कानुन र प्रचलन विपरीत लागु गर्न लागि परेको आरोप लगाएको छ ।

    ‘नेपालबाट साउदी अरब लगायत खाडीका देशहरु तथा मलेसियामा जाने कामदार प्रायः अदक्ष कामदार जाने भएको हुदा अन्य मुलुकहरुमा शैक्षिक प्रमाणपत्रको आवश्यक नहुने र सो काममा उनीहरुको पुर्ख्यौली पेशा पनि भएको हुँदा काम गर्न सिप र क्षमता भएको तर, आधिकारिक शैक्षिक योग्यताका प्रमाणपत्र नहुने कारणले गर्दा रोजगारीबाट बञ्चित हुन जाने तवरबाट भएको दूतावासको उक्त काम कारवाही रोक्न कुटनीतिक पहल मार्फत सो प्रावधान खारेज गरी पूर्ववत व्यवस्था गर्न माग गर्छौं,’ संघले भनेको छ ।

  • नयाँ बसपार्कबाट चल्न थाले बाहिरी जिल्लामा जाने माइक्रोबस

    नयाँ बसपार्कबाट चल्न थाले बाहिरी जिल्लामा जाने माइक्रोबस

    काठमाडौं । काठमाडौँबाट देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम दूरीका माईक्रोबस नयाँबसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । काठमाडौँ महानगरपालिकाले यही जेठ १९ गते एक सूचना जारी गरी काठमाडौँ उपत्यकाबाहिर चल्ने सम्पूर्ण सवारी साधनलाई गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट मात्र सञ्चालन गर्ने निर्णय गरेसँगै केही माईक्रोबस भने नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका हुन् ।

    यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए । महानगरपालिकाले जारी गरेको सूचनामा जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडकमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको उल्लेख गरिएको छ ।

    काठमाडौँ महानगरपालिकाले आगामी असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर हटाउनसमेत आग्रह गरेको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिले माईक्रोबसका लागि लोत्से मल पछाडि छुट्टै टिकट काउण्टर निर्माण गरिदिएसँगै काठमाडौंबाट नारायणगढ, भैरहवा, सुनौली, लुम्बिनी, तौलिहवा, पोखरा, स्याङ्जा, वालिङ, गल्याङ, बाग्लुङ, बेनी, बुर्तिवाङ, कुश्मा, चापाकोटलगायत स्थानमा जाने माईक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका हुन् ।