काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका पुराना आकाशे पुल मर्मतको काम प्राविधिकले जाँच गरेपछि अघि बढ्ने भएको छ। हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन्। जसमा चार पुल आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने छन् भने अन्य ६ वटा पुराना पुल मर्मत गर्नुपर्ने अवस्थामा छन्। कामपाले नयाँ पुल आफ्नै लगानीमा केही वर्षअघि मात्र निर्माण… Continue reading काठमाडौंका आकासे पुल मर्मत गरिने
Category: समाचार
हट्यो वस्तु आयातमा लागेको प्रतिवन्ध
काठमाडौं । सरकारले विलासिताका वस्तु आयातमा लगाएको प्रतिवन्ध हटाएको छ । यससँगै गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा भएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २९ मंसिरदेखि लागु हुनेगरी प्रतिबन्ध हटाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले ४ प्रकारका विलासी वस्तु आयातमा कायम प्रतिबन्ध २९ मंसिर पछि नलम्ब्याउन उद्योग, वाणिज्य तथा आपूर्ति… Continue reading हट्यो वस्तु आयातमा लागेको प्रतिवन्ध
समानुपातिक मतगणना अन्त्यतिर,कसले कति पाए ?
काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ कूल १ करोड ५ लाख ६० हजार ६७ मतगणना गरिएको छ। मंगलबार दिउँसो ३ बजेसम्मको परिणाम अनुसार नेकपा एमालेले २८ लाख मत कटाएको छ । समाजवादी राष्ट्रिय दल बन्न संघर्षरत रहेको छ । समानुपातिकतर्फ अब बाजुरा र दोलखाका मत गणना जारी छन्। एमालेले २८ लाख ४५… Continue reading समानुपातिक मतगणना अन्त्यतिर,कसले कति पाए ?
थापाथालीको सुकुम्बासी बस्ती हटाउन माग गर्दै प्रदर्शन, नक्कलीलाई कारबाहीको माग
काठमाडौं । काठमाडौंको थापाथालीस्थित सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ । सुकुम्बासी नाममा राजनीति भइरहेको भन्दै प्रदर्शनकारीले असली सुकुम्बासीको व्यवस्थापन गरी नक्कलीलाई कारबाहीको माग गरेका छन् । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न माग गरेको हो । महानगरको कार्यमा… Continue reading थापाथालीको सुकुम्बासी बस्ती हटाउन माग गर्दै प्रदर्शन, नक्कलीलाई कारबाहीको माग
काठमाडौं महानगरले माग्यो करारमा इन्जिनियर, लोकसेवाका वैकल्पिकलाई प्राथमिकता
काठमाडौं । काठमाडौं महानगरले करारमा इन्जिनियर माग गरेको छ । महानगरले मंगलवार सूचना जारी गर्दै सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियर माग गरेको हो । महानगरपालिकाले मातहतका कार्यलयमार्फत सम्पादन हुने पूर्वाधार सम्बन्धी कामका लागि करारमा इन्जिनियर नियुक्त गर्दा लोकसेवाका वैकल्पिक उम्मेदवारलाई प्राथमिकता दिने जनाएको छ । काठमाडौं महानगरले सूचना सार्वजनिक गर्दै आर्थिक… Continue reading काठमाडौं महानगरले माग्यो करारमा इन्जिनियर, लोकसेवाका वैकल्पिकलाई प्राथमिकता
महाकालीमा विवादबारे नेपाल सरकारले भारतलाई औपचारिक पत्र लेख्दै
काठमाडौं । महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएपछि उत्पन्न विवादमा नेपाल सरकारले भारतलाई औपचारिक पत्र पठाउने भएको छ । आइतवार भएको घटनाको विवरण तथा तटबन्धका विषयमा नेपालले भारतीय पक्षलाई पत्राचार गर्न लागेको नेपाली सञ्चारमाध्यमले जनाएका छन् । गृह मन्त्रालयले स्थलगत विवरणसहित सोमबार परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो । परराष्ट्र मन्त्रालयमार्फत् मंगलबार भारतीय विदेश मन्त्रालयलाई पत्र… Continue reading महाकालीमा विवादबारे नेपाल सरकारले भारतलाई औपचारिक पत्र लेख्दै
नेपाल-भारत सीमामा तटबन्ध निर्माणको विषयमा दुबै देशका अधिकारीबीच छलफल
काठमाडौं । नेपाल–भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ। भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको राससले लेखेको छ । आइतबार नेपाल–भारतका स्थानीयबीच तटबन्धको विषयलाई लिएर दोहोरो ढुङ्गामुढा भएको थियो। ढुङ्गामुढा प्रहार भएपछि दुवै देशका आधा दर्जनभन्दा बढी नागरिक… Continue reading नेपाल-भारत सीमामा तटबन्ध निर्माणको विषयमा दुबै देशका अधिकारीबीच छलफल
पेनाल्टीमा चुक्यो जापान, क्रोएसिया अन्तिम ८ मा
काठमाडौं । पेनाल्टीमा चुक्दा उत्कृष्ट प्रदर्शन जारी राखेको जापान विश्वकपको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । गोलकिपर डोमिनिक लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै क्रोएसिया भने फिफा विश्वकप २०२२ को अन्तिम ८ मा पुगेको हो । अल जानोब रंगशालामा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट समयको खेल १–१ गोलको बराबरीमा सकिएको हो… Continue reading पेनाल्टीमा चुक्यो जापान, क्रोएसिया अन्तिम ८ मा
गठबन्धनका शीर्ष नेताले भने : आगामी दिनमा अझ एकतावद्ध हुन्छौं
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताले आगामी दिनमा अझ एकतावद्ध रहने बताएका छन् । चार दलका शीर्ष नेताले सोमबार संयुक्त विज्ञप्ति निकाल्दै आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता जनाएका हुन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा चुनावी समीक्षा गर्दै उनीहरूले थप एकतावद्ध भएर अघि बढ्ने उल्लेख गरेका छन् । ‘मुलुकको हितलाई केन्द्रमा राखेर आगामी… Continue reading गठबन्धनका शीर्ष नेताले भने : आगामी दिनमा अझ एकतावद्ध हुन्छौं
दिपक मनाङे समाजवादीमा प्रवेश
गण्डकी प्रदेश सांसद तथा प्रदेश युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराए । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका छन् । मनाङेले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र… Continue reading दिपक मनाङे समाजवादीमा प्रवेश
माया लुहारको हत्या आरोपित सार्वजनिक, प्रेममा धोकापछि बन्यो अपराधको योजना
काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले सोमबार पत्रकार सम्मेलन गर्दै हत्या आरोपित भरतराम कोलीलाई सार्वजनिक गरेको हो । मंसिर १८ मा महेन्द्रनगरबाट पक्राउ परेका २२ वर्षीय कोलीले ‘प्रेममा धोक पाएपछि हत्या गरेको’ प्रहरीलाई बयान दिएका छन् ।… Continue reading माया लुहारको हत्या आरोपित सार्वजनिक, प्रेममा धोकापछि बन्यो अपराधको योजना
माधव नेपालसहित १४ निवर्तमान सांसदको मुद्दा ‘हेर्न नभ्याइने’ मा
काठमाडौं । सर्वोच्च अदालतले अघिल्लो प्रतिनिधिसभामा माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी विवादको सुनुवाइ स्थगित गरेको छ । सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासमा पेसी रहेको मुद्दाले सुनुवाइको हेर्न नभ्याउने हुँदै स्थगित गरेको हो । एमालेले माधवकुमार नेपाल सहितका १४ सांसदलाई निष्कासनको कारबाही गरेपनि उनीहरुको पद कायम रहनुका साथै उनीहरुकै हस्ताक्षरबाट नयाँ पार्टी… Continue reading माधव नेपालसहित १४ निवर्तमान सांसदको मुद्दा ‘हेर्न नभ्याइने’ मा
डा.तोसिमा कार्कीले दिइन् मेडिकल काउन्सिल सदस्यबाट राजीनामा
काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिध सभा सदस्यमा निर्वाचित डा तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी छिन्। डा कार्कीले सांसद निर्वाचित भएपछि काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी हुन्। गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् ।… Continue reading डा.तोसिमा कार्कीले दिइन् मेडिकल काउन्सिल सदस्यबाट राजीनामा
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कसले कहाँ जिते ? (विवरणसहित)
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । सोमबार बिहान दोलखाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै प्रतिनिधिसभाका १६५ क्षेत्रकै नतिजा आएको हो । प्रतिनिधिसभाका १६५ मध्ये सबैभन्दा बढी ५७ सीट जितेर कांग्रेस पहिलो पार्टी बनेको छ । ४४ सीट जितेर नेकपा एमाले दोस्रो हुँदा नेकपा माओवादी केन्द्र १८ सीट… Continue reading प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कसले कहाँ जिते ? (विवरणसहित)
दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की निर्वाचित
काठमाडौं । दोलखाको प्रतिनिधिसभा निर्वाचनमा सत्तागठबन्धन(माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्की विजयी भएका छन्। एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीलाई झोनो मतान्तरले पराजित गर्दै कार्कीले जित निकालेका हुन्। कार्की ३१८ मत अन्तरले निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९९५ मत प्राप्त गर्दा शिवाकोटीले ३६ हजार ४८१ मत प्राप्त गरे । दोलखामा ८५ हजार ६ सय मत… Continue reading दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की निर्वाचित
ग्वार्कोमा नेपालकै पहिलो फ्लाइओभर बन्दै, निर्माण यसै साताबाट शुरु
काठमाडौं । चक्रपथ अन्तर्गत ग्वार्को चोकमा नेपालकै पहिलो फ्लाइओभर बन्ने भएको छ । संरचना निर्माणको काम सोमबारबाट शुरु हुन लागेको हो । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाका अनुसार डिजाइनसहितको पूर्वतयारी सकिएको छ । आगामी शुक्रबारबाट काम थाल्ने तयारी छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार यस फ्लाइओभरको उचाइ ६ मिटर हुनेछ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी… Continue reading ग्वार्कोमा नेपालकै पहिलो फ्लाइओभर बन्दै, निर्माण यसै साताबाट शुरु
चुनावको समिक्षा गर्न आज सत्तारुढ गठबन्धनको बैठक
काठमाडौं । निर्वाचनपछि पहिलो पटक सत्तारुढ गठबन्धनको संयुक्त समिक्षा बैठक बस्ने भएको छ । यस बैठकमा नयाँ सरकार गठनबारे समेत छलफल हुने भएको छ । चुनावी नतिजा अब अन्तिम चरणमा पुगेको छ । यससँगै दलहरु समिक्षामा जुटेका हुन् । बैठक दिउँसो ३ बजे बालुवाटारमा बोलाइएको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७, माओवादीले १७,… Continue reading चुनावको समिक्षा गर्न आज सत्तारुढ गठबन्धनको बैठक
नेपालसहित विश्वभरकै अर्थतन्त्र जटिल मोडमा : आइएमएफ
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजले नेपालको मात्र नभई विश्व अर्थतन्त्र अहिले जटिल बन्दै गएको बताएकी छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) सँगको छलफलमा उनले संयुक्त राज्य अमेरिका र युरोपमा समेत आन्तरिक माग र आपूर्तिको अवस्था खल्बलिंदा मुद्रास्फीति उच्च भई ब्याजदर बढेको बताइन् । वर्तमान विषम… Continue reading नेपालसहित विश्वभरकै अर्थतन्त्र जटिल मोडमा : आइएमएफ
इंग्ल्याण्ड क्वाटरफाइनलमा, सेनेगल हार्यो
काठमाडौं । इंग्ल्याण्ड विश्वकप फुटबलको क्वाटरफाइनल पुगेको छ । सेनेगलमाथि ३–० गोल अन्तरको जित निकालेको इंग्ल्याण्डले फिफा विश्वकपमा यात्रा जारी राखेको छ । अब उसको भेट क्वाटरफाइनलमा साविक विजेता फ्रान्ससँग हुनेछ । दोहास्थित अल बायेट रंगशालामा इंग्लिस टिम सुरुवातमा केही कमजोर देखिएको थियो । ३८औं मिनेटमा जोर्डन हेण्डरसनले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो… Continue reading इंग्ल्याण्ड क्वाटरफाइनलमा, सेनेगल हार्यो
हवाई यात्रुले उडिरहेको जहाज भित्रबाटै अब फोनमा कुरा गर्न पाउने
काठमाडौं । युरोपेली सङ्घमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेको विमानभित्र पनि अब छिट्टै मोबाइल फोन प्रयोग गर्न पाउने भएका छन्। उडिरहेको जहाजमा पनि कम गतिको मोबाइल डेटासहित फाइभ जी प्रविधि विमान सञ्चालकहरूले उपलब्ध गराउन सक्ने युरोपेली आयोगले जनाएको बीबीसीले लेखेको छ । यसको अर्थ विमानका यात्रुहरूले अब आफ्नो मोबाइललाई फ्लाइट मोडमा राखिरहन पर्दैन। यद्यपि यसको… Continue reading हवाई यात्रुले उडिरहेको जहाज भित्रबाटै अब फोनमा कुरा गर्न पाउने
दोलखामा पुनः माओवादीले लियो अग्रता
काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा मतगणना जारी छ । जहाँ सत्ता गठबन्धन र नेकपा एमालेबीच रोचक प्रतिस्पर्धा देखिएको छ। आइतबार बिहानदेदि एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीको अग्रता लिइरहेका थिए । तर, पछिल्लो मतगणनामा पुनः माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन्। जारी मतगणनाको ४९६३५ मत गणनामा माओवादीका कार्की २१… Continue reading दोलखामा पुनः माओवादीले लियो अग्रता
माओवादीले गठबन्धनको विकल्प सोचेको छैन : महासचिव गुरुङ
काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले माओवादीले सत्ता गठबन्धनको विकल्प नखोजेको स्पष्टीकरण दिएका छन् । आइतबार पदाधिकारी बैठकपछि उनले सरकार गठन गर्ने सन्दर्भमा माओवादीले सत्तारुढ गठबन्धनको विकल्प नखोजेको स्पष्ट पारे । गठबन्धनको विकल्पका बारेमा छलफल नै नभएको उनको भनाई छ । गठबन्धन यथावत भएकाले त्यहीँबाट प्रयास हुने कुरा स्वभाविक भएको उनको भनाई छ… Continue reading माओवादीले गठबन्धनको विकल्प सोचेको छैन : महासचिव गुरुङ
दोस्रो खेलमा स्कटल्याण्डसँग हार्यो नेपाल
काठमाडौं । नामिबियामा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल आइतबार स्कटल्याण्डसँग हारेको छ । विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा भएको खेलमा नेपालले दिएको १३८ रनको सामान्य लक्ष्य स्कटल्याण्डले ३२.१ ओभरमा ७ विकेट गुमाउँदै भेटायो । नेपालले थोरै रन बनाए पनि उत्कृष्ट बलिङ गरेको थियो । तर, कम लक्ष्यका कारण स्कटल्याण्डले ७ विकेटको क्षतिमा… Continue reading दोस्रो खेलमा स्कटल्याण्डसँग हार्यो नेपाल
यी हुन् संसदमा सहभागी हुन पाउने राष्ट्रिय दलको मान्यता नपाउने दलहरु
काठमाडौं । प्रतिनिधिसभामा १२ वटा राजनीतिक दल सहभागी हुन पाउने भएका छन्। यीमध्ये ७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि थ्रेस होल्ड कटाएका छैनन् । नेपाली कांग्रेस,… Continue reading यी हुन् संसदमा सहभागी हुन पाउने राष्ट्रिय दलको मान्यता नपाउने दलहरु
बाजुराबाट कांग्रेसका बद्री पाण्डे विजयी
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। पाण्डे नेकपा एमालेका कर्णबहादुर थापालाई ५हजार ५सय ४१ मतले पछि पार्दै निर्वाचन भएका हुन्। पाण्डेले ३१ हजार ७ सय ८९ मत प्राप्त गर्दा थापाले २६हजार २सय ४८ मत प्राप्त गरे। राप्रपाका उम्मेदवार जंग कुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले… Continue reading बाजुराबाट कांग्रेसका बद्री पाण्डे विजयी
प्राधिकरणले फेरि भन्यो-‘सरकारी जग्गा अतिक्रमण गरेर बनाएका संरचना ३५ दिन भित्र खाली गर्नू’
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले खोलालगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउने गरी अल्टिमेटम दिएको छ । ३५ दिनभित्र त्यस्ता संरचना नहटाए प्राधिकरण आफैँले हटाउने भएको छ । काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी बनाइएका अनधिकृत संरचनालाई हटाउन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले अनधिकृत संरचना ३५… Continue reading प्राधिकरणले फेरि भन्यो-‘सरकारी जग्गा अतिक्रमण गरेर बनाएका संरचना ३५ दिन भित्र खाली गर्नू’
गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला, डिस्पोज गर्दै सेना
काठमाडौं । नेकपा एमालेका नेता एवम् प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेपछि डिस्पोजका लागि नेपाली सेनाको टोली पुगेको छ । शंकास्पद वस्तु भेटिए पछि सो क्षेत्रलाई प्रंहरीले सिल गरेको थियो । आज बिहान छिमेकीले बास्कोटाको घरको पर्खाल छेउमा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । यसअघि बास्कोटाको घर बन्दै… Continue reading गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला, डिस्पोज गर्दै सेना
आईसीसी क्रिकेट विश्वकप लिगमा आज नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ । प्रतियोगिता नामिबियामा चलिरहेको छ । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ । नामिबिया विरुद्धको पहिलो खेल वर्षाका कारण प्रभावित बनेपछि दुबै टीमले अंक बाँडेका थिए । स्कटल्याण्डले भने शृंखलाको… Continue reading आईसीसी क्रिकेट विश्वकप लिगमा आज नेपाल र स्कटल्याण्ड भिड्दै
सरकार गठनमा सबै विकल्प खुला रहेको माओवादीको सन्देश
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठनको विषयमा सबै विकल्पमा खुला रहेको बताएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सरकार गठनका सम्बन्धमा सबै विकल्पमा खुला गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताएका छन् । उनका अनुसार सत्ता गठबन्धनलाई नछोड्ने तर सरकार निर्माणका सन्दर्भमा अन्य दलसँग पनि परामर्श गर्ने निर्णय भएको छ । माओवादीको… Continue reading सरकार गठनमा सबै विकल्प खुला रहेको माओवादीको सन्देश
ज्ञानेन्द्र शाही भन्छन् : एमसीसीबारे संसदको पहिलो बैठकमै कुरा उठ्छ
काठमाडौं । जुम्लाबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठ्ने बताएका छन् । निर्वाचित भएपछि शनिबार पहिलो पटक काठमाडौं आएका शाहीले विमानस्थलमा सञ्चारकर्मी र समर्थकमाझ सम्बोधन गर्दै पहिलो बैठकमै अमेरिकी सहयोग परियोजना (एमसीसी) र वाइडबडी खरिदजस्ता ठूला भ्रष्टाचार काण्डको विषयमा आवाज उठाउने जानकारी दिए । आफ्नो ५ वर्षे कार्यकालमा कानुन… Continue reading ज्ञानेन्द्र शाही भन्छन् : एमसीसीबारे संसदको पहिलो बैठकमै कुरा उठ्छ