समानुपातिकतर्फ समावेशी समूहबमोजिम सच्याउन आयोगकाे पत्राचार

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूलाई समावेशी समूहबमोजिम सच्याउन पत्राचार गरेको छ। बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन दुई दिनको समयसहित आज पत्राचार गरेको हो। ती दलहरूले यही मङ्सिर २६ गते सोमबार साँझ ४ बजेसम्म सच्याइएको सूची बुझाउनुर्नेछ। प्रतिनिधिसभातर्फको नाम सिफारिस गर्न यही मङ्सिर २४ गते… Continue reading समानुपातिकतर्फ समावेशी समूहबमोजिम सच्याउन आयोगकाे पत्राचार

श्रीलंकाका राजदूतलाई माल्दिभ्स र अष्ट्रेलियाका राजदूतलाई न्यूजिल्याण्डको जिम्मेवारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माल्दिभ्स र अष्ट्रेलियाका लागि राजदूतहरु नियुक्त गरेकी छन् । भण्डारीले श्रीलंकाका लागि नेपालका आवासीय राजदूत वासुदेव मिश्रलाई माल्दिभ्सका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन्। यस्तै, राष्ट्रपतिले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत कैलाशराज पोखरेललाई न्यूजिल्याण्डको लागि समेत गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी दिएकी छन्। नेपालको संविधानको धारा २८२ को उपधारा… Continue reading श्रीलंकाका राजदूतलाई माल्दिभ्स र अष्ट्रेलियाका राजदूतलाई न्यूजिल्याण्डको जिम्मेवारी

राजनीतिक दललाई १३८ सांसद जुटाउन सकस

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएको एक साता हुन लाग्दा पनि सरकार गठनका लागि नेताहरू अलमलमा रहेका छन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन सकेनन् । संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग मिलेर नयाँ सरकार बन्नुपर्ने जनादेश छ । जसका लागि दलहरुले आ–आफ्नो स्वार्थ अनुकुल ‘बार्गेनिङ’… Continue reading राजनीतिक दललाई १३८ सांसद जुटाउन सकस

कालिकोटमा जेसीबी दुर्घटना, ३ जनाको मृत्यु

कालिकोट । कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ को अधेरीखोलामा जेसीबी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जना कर्णाली नदीमा बेपता भएका छन्। अन्य दुई जना घाइतेको भने उपचार भइरहेको छ । फुकोट कर्णाली हाइड्रोपावरको सुरुङ… Continue reading कालिकोटमा जेसीबी दुर्घटना, ३ जनाको मृत्यु

दलहरुले समानुपातिक सांसदको सूचि सोमबारसम्म सच्याउन सक्ने

काठमाडौं । दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन सकिने भएको छ । निर्वाचन आयोगका अनुसार सोमबारसम्म समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन सकिने आयोगले जनाएको छ । आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । ती नामावली भित्रैबाट दलहरुले समानुपातिक सांसदको सूची बुझाउनुपर्छ ।… Continue reading दलहरुले समानुपातिक सांसदको सूचि सोमबारसम्म सच्याउन सक्ने

यस्तो छ एमालेबाट समानुपातिक सांसद बन्नेहरुको सूचि

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिक सांसदका लागि ३४ जनाको सूची तय गरेको छ । समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याएको एमालेले कुल ३४ सिट पाएको हो। यसमा प्राप्त मतअनुसार २२ जना महिला र १२ जना पुरूष सूचीमा परेका छन्। आदिवासी–जनजाति सूचीबाट देवि प्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे,… Continue reading यस्तो छ एमालेबाट समानुपातिक सांसद बन्नेहरुको सूचि

माओवादीको समानुपातिक सूचिबाट को-को बन्ने भए सांसद ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक सांसद चयन गरेको छ । पार्टीले निर्वाचन आयोगमा सूची बुझाएको छ। पार्टीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूची तयार गरेका छन् । माओवादी केन्द्रले समानुपातिकतर्फ १४ जना सांसद पाएको छ। त्यसमा उसले आदिवासी जनतजातितर्फ दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ छन्। खस आर्यतर्फबाट… Continue reading माओवादीको समानुपातिक सूचिबाट को-को बन्ने भए सांसद ?

एमालेबाट प्रभु साह र घनश्याम भुसाल निष्काशित

काठमाडौं । नेकपा एमालेले गत निर्वाचनमा पार्टी हित विपरित गतिविधि गरेको भन्दै नेताहरुलाई निष्काशन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै घनश्याम भूसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका… Continue reading एमालेबाट प्रभु साह र घनश्याम भुसाल निष्काशित

राप्रपाको समानुपातिक सूचीबाट को-को बन्ने भए सांसद ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नामावली टुंग्याएको छ । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक पद्धतिमा पाएको ७ जनाको नाम टुंगो लगाएको हो । जसमा खस आर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत रहेका छन् । आदिबासी जनजाति समुदायबाट बुद्धिमान तामाङ र बिना लामा, मधेशीबाट बिना… Continue reading राप्रपाको समानुपातिक सूचीबाट को-को बन्ने भए सांसद ?

पोर्चुगलमाथि ऐतिहासिक जित निकाल्दै मोरक्को सेमिफाइनल प्रवेश

काठमाडौं । पोर्चुगलमाथि ऐतिहासिक जित निकाल्दै मोरक्को कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा स्टेडियममा शनिबार भएको क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई १–० ले पराजित गर्यो । जितसँगै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन टिम बनेको छ। इन्जुरी टाइममा वालिद चेडिराले दोहोरो पहेँलो कार्ड पाएपछि मोरक्कोले दश खेलाडीमा सिमित भएको थियो ।… Continue reading पोर्चुगलमाथि ऐतिहासिक जित निकाल्दै मोरक्को सेमिफाइनल प्रवेश

विश्वकप : आज पोर्चुगल-मोरक्को तथा इङ्ल्याण्ड-फ्रान्स भिड्दै

fifa

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा आज दुई क्वाटरफाइनल खेल हुँदैछन् । पहिलो खेल पोर्चुगल र मोरक्को भिड्नेछन् । यो खेल राति पौने ९ बजे अल थुमामा स्टेडियममा हुनेछ । दोस्रो खेलमा अल बायत स्टेडियममा राती पौने १ बजे हुनेछ । जसमा फ्रान्सले इङ्ल्याण्डको सामना गर्दैछ । आजको खेलपछि सेमिफाइनलमा पुग्ने चारवटै टोलीको… Continue reading विश्वकप : आज पोर्चुगल-मोरक्को तथा इङ्ल्याण्ड-फ्रान्स भिड्दै

माग पुरा भए नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी आफ्ना माग पुरा भए सरकारमा जाने भएको छ । शुक्रबार अपरान्ह काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरी लगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको छ । पार्टीका नेता चौधरी लगायतलाई जेलबाट रिहाइ गरे आफूहरू सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय… Continue reading माग पुरा भए नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने

मणिपाल अस्पतालबाट खसेर महिलाको मृत्यु

पोखरा । पोखरा ११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खस्दा एक महिलाको ज्यान गएको छ । मुटुसम्बन्धी विरामी भएर भर्ना भएकी छोरीलाई भेट्न गएकी पोखरा १८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको ज्यान गएको अस्पतालले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार धनसरीकी छोरी पूर्णकुमारी केही दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मणिपालमै उपचाररत थिइन् । छोरी भेट्न… Continue reading मणिपाल अस्पतालबाट खसेर महिलाको मृत्यु

ग्वार्कोमा मुलुककै पहिलो ओभरपास संरचना निर्माण शुरु

काठमाडौं । चक्रपथमा पर्ने ग्वार्को चोकमा शुक्रबारबाट मुलुककै पहिलो ओभरपास बनाउने काम शुरु भएको छ । चक्रपथमा सबैभन्दा बढी जाम हुने क्षेत्र छनोट गरी पहिलो चरणमा ग्वार्को चोकमा ओभरपास बनाउन लागिएको हो । यो नेपालकै पहिलो ठूलो क्षमतासहितको ओभरपास संरचना हो । ग्वार्कोको ओभरपासमा विदेशमा जस्तो पिल्लर र त्यसमुनि सडक भने हुँदैन । चक्रपथको बीचका… Continue reading ग्वार्कोमा मुलुककै पहिलो ओभरपास संरचना निर्माण शुरु

चोलेन्द्रबारे संसदका महासचिवको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निलम्बन ‘निष्प्रभावी’ हुने भनी संसद महासचिव भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्नु÷नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद सचिवालयका महासचिवलाई यसरी पत्र लेख्ने अधिकार नभएको भन्दै विभिन्न निकायमा जारी भएको पत्र समेत तत्काल कार्यान्वयन नगर्नु÷नगराउनु भनी आदेश दिएको हो ।… Continue reading चोलेन्द्रबारे संसदका महासचिवको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

चोलेन्द्रको निलम्बन फुकुवाको निर्णय विरुद्धको रिटमा सर्वोच्चमा आज सुनुवाई

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग फुकुवाविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । बिहीबार सार्वजनिक बिदाका कारण यसमा सुनुवाई हुन सकेको थिएन । जबराका साथै संघीय संसद् सचिवालय र संसद्का महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ संवैधानिक इजलासमा हुन लागेको हो । क्षेत्राधिकार मिच्दै जबराको महाभियोग… Continue reading चोलेन्द्रको निलम्बन फुकुवाको निर्णय विरुद्धको रिटमा सर्वोच्चमा आज सुनुवाई

समानुपातिक सांसदको टुंगो लगाउँदै एमाले

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद चयन आज गर्ने भएको छ । सांसद चयन र चुनावी समीक्षा गर्न एमालेको सचिवालय बैठक आज बोलाइएको छ । एमाले सचिवालयका अनुसार आज समसामयिक राजनीतिक विषयवस्तुमा समेत छलफल हुनेछ । बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षा मूख्य एजेण्डा भएको समेत बताइएको छ । एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र… Continue reading समानुपातिक सांसदको टुंगो लगाउँदै एमाले

मेलम्चीको पानी आजबाट धारा-धारामा वितरण

काठमाडौं । मेलम्ची आयोजनाको खानेपानी वितरण आजबाट वितरण गरिने भएको छ । शुक्रबार खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले महाँकालस्थित उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)बाट पानी वितरण सुरु गर्ने कार्यक्रम छ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार आजदेखि लगातार ६ महिनासम्म पानी वितरण गर्ने योजना छ । यसअघि २०७७ साल चैतमा पहिलोपटक मेलम्चीको… Continue reading मेलम्चीको पानी आजबाट धारा-धारामा वितरण

प्रधानमन्त्रीको अठोट : भ्रष्टाचार हुनै दिँदैनौं

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक उपायलाई सँगसँगै कार्यान्वयनमा उतार्नु पर्ने बताएका छन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक तीनवटै उपायहरुलाई सँगसँगै कार्यान्वयनमा उतार्न आवश्यक छ । कानुनको पालना, सार्वजनिक निकायहरुको सुदृढीकरण, जवाफदेही र… Continue reading प्रधानमन्त्रीको अठोट : भ्रष्टाचार हुनै दिँदैनौं

मोटरसाइकल र तरकारी बोकेको गाडी ठोक्किँदा एक जना जर्मन नागरिकको मृत्यु

चितवन । इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा पिकअप गाडी र मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ। अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन्। ठक्कर खाएका दुवै सवारीसाधन सडकबाट ५० मिटर तल खसेका छन्। बिहीबार बिहान करिब १० बजे ना ४१ प ५४८ नम्बरको बुलेट बाइक र बागमती प्रदेश ०३-००१ च १६८२ नम्बरको… Continue reading मोटरसाइकल र तरकारी बोकेको गाडी ठोक्किँदा एक जना जर्मन नागरिकको मृत्यु

जर्मनीमा ‘कु’को प्रयास, देशभर हाइ अलर्ट

Boris Roessler/dpa via AP

काठमाडौं । जर्मनीमा ‘कु’को प्रयास भएको छ । सरकार अपदस्थ गर्ने षड्यन्त्र गरेको आरोपमा जर्मन प्रहरीले देशका विभिन्न स्थानबाट २५ जनालाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जर्मन अधिकारीहरूले सरकारविरुद्धको ‘कु’ को प्रयासमा उग्रदक्षिणपन्थी तथा पूर्व सैन्य अधिकारीहरू समूह सक्रिय रहेको उल्लेख गरेका छन् । उक्त समूहले संसद् भवन राइक्सटागमा घुस्ने र शक्ति हत्याउने… Continue reading जर्मनीमा ‘कु’को प्रयास, देशभर हाइ अलर्ट

लिम्बु समुदायको उधौली आज, न्वागी पूजा गरी मनाइंदै

काठमाडौं । लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्राउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । ‘चासोक’ भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने ‘तङ्नाम’ भनेको पर्व हो… Continue reading लिम्बु समुदायको उधौली आज, न्वागी पूजा गरी मनाइंदै

आज योमरी पुन्हि, यस्तो छ महत्व

काठमाडौं\रासस । लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौं उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ । यस्तै पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो, ‘यःमरी पुन्हि’ । हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा आज धुमधामले मनाइँदैछ । नेपाल संवत्को दोस्रो महिना… Continue reading आज योमरी पुन्हि, यस्तो छ महत्व

सवारी साधनको जाँचपासमा कडाई गर्ने सरकारको तयारी, जाँच नगरे १ लाखसम्म जरिवाना

File

काठमाडौं । सरकारले प्रदूषण जाँचपासमा कडाई गर्ने भएको छ । जाँच नगरी सवारी साधन चलाए एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी वातावरण विभागले दिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस हुन नसक्ने सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिँदै सूचना जारी… Continue reading सवारी साधनको जाँचपासमा कडाई गर्ने सरकारको तयारी, जाँच नगरे १ लाखसम्म जरिवाना

उडिरहेको जहाजमा चिल ठोक्किएपछि..

काठमाडौं । हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो ।अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको आकाशमा चिल ठोक्किएको तारा एयरका कर्मचारीले जानकारी दिएका छन् । दिउँसो करिब १ बजेतिर चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ । जहाजमा सवार चालक दलका सबै सदस्य सिमकोट विमानस्थल… Continue reading उडिरहेको जहाजमा चिल ठोक्किएपछि..

प्रचण्डको चुनावी खर्च २२ लाख ६४ हजार रुपैयाँ

काठमाडौं । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ का विजयी उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन खर्च विवरण पेस गरेका छन् । निर्वाचनमा २२ लाख ६४ हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण उनले जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका हुन् । मतगणना सकिएको ३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ । गोरखा–२ को… Continue reading प्रचण्डको चुनावी खर्च २२ लाख ६४ हजार रुपैयाँ

‘संसदको दुई तिहाइले महाअभियोग फेल नगरेसम्म राणाको निलम्बन फुकुवा हुँदैन्’- सर्वोच्च बार अध्यक्ष शाक्य

photo: onlinekhabar

काठमाडौं । संविधानविद् एवं सर्वोच्च बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले महाअभियोगबारे संसदले निर्णय गर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संघीय संसदका महासचिवले निलम्बन फुकुवाको पत्र दिएसँगै शाक्यले उक्त कुरा बताएका हुन् । संविधानत: संसदको दुई तिहाइले महाअभियोग फेल नगरेसम्म राणाको निलम्बन फुकुवा नहुने उनले बताए। सचिवालयले महाअभियोग निष्क्रिय गर्न मिल्दैन। उहाँलाई संसदमा महाअभियोग… Continue reading ‘संसदको दुई तिहाइले महाअभियोग फेल नगरेसम्म राणाको निलम्बन फुकुवा हुँदैन्’- सर्वोच्च बार अध्यक्ष शाक्य

चोलेन्द्रविरुद्धको महाअभियोग निष्क्रिय

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय बनेको छ । संसदका महासचिव डा.भरतराज गौतमले उनलाई महाअभियोग निष्क्रिय भएको पत्र दिएका छन् । जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ महाअभियोग निष्क्रिय भएको पत्र दिएका हुन् । उनी अब सर्वोच्च अदालत फर्किने तयारीमा छन् । चोलेन्द्रको कार्यकाल भने धेरै बाँकी… Continue reading चोलेन्द्रविरुद्धको महाअभियोग निष्क्रिय

प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

File

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले चुनावमा गरेको खर्च विवरण बुझाएका छन् । जस अनुसार उनको खर्च २३ लाख १२ हजार रुपैयाँ भएको देखिएको छ । मङ्सिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाउनु पर्छ । प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि… Continue reading प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

हँसिया प्रहार गरी कैलालीमा एक जनाको हत्या

कैलाली । कैलालीमा हँसिया प्रहार गरी एक जनाको हत्या भएको छ । हत्या मृतकका भिनाजुबाटै भएको प्रहरीले जनाएको छ । हँसियाले लाग्दा जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको हो। भिनाजु नाता पर्ने स्थानीय ५० वर्षीय गौरीलाल ढुङ्गानाले भण्डारीलाई हँसिया प्रहार गरेका थिए। हँसिया प्रहारबाट अर्का सालो ४० वर्षका जयराज… Continue reading हँसिया प्रहार गरी कैलालीमा एक जनाको हत्या