Category: समाचार

  • नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध

    नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध

    काठमाडौं । रारायणगढ मुग्लिन सडकखण्ड शनिबार रातिदेखि पुनः अवरुद्ध भएको छ । राति साढे ११ बजेतिर तीन नम्बर पुल नजिक ढुंगासहित खसेको पहिरोले सडक पुनः अवरुद्ध भएको हो । लगातार २७ घण्टा अवरुद्ध भएको सडक शनिबार साँझ ५ बजेदेखि सञ्चालनमा आएको थियो । तर राति साढे ११ बजे खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको मुग्लिन प्रहरीले जनाएको छ ।

    अहिले पहिरो पन्छाइरहेको मुग्लिनस्थित प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । ‘राति १० बजेदेखि पहिरो खस्न सुरु गरेको थियो । राति साढे ११ बजेतिर त अघिल्ला दिनको तुलनामा ठूलै पहिरो खसेर दुईतर्फी नै सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोला पुल बनाउनका लागि अनक कन्स्ट्रक्सनले भित्ता काट्न कठिन भएको भनेको ठाउँबाट निरन्तर पहिरो झरिरहेको छ । पहिरोका कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा पर्दै आएका छन् । सडकमा सवारी साधनहरूको लामो लाइन लागेको छ

  • बर्दियाको हिरासतबाट भागेका दुई बन्दी पक्राउ

    बर्दियाको हिरासतबाट भागेका दुई बन्दी पक्राउ

    काठमाडौं । बर्दियामा इलाका प्रहरी कार्यालय ढोडरीको हिरासतबाट फरार दुई जना शनिबार पक्राउ परेका छन् । शुक्रबार बिहान हिरासतबाट भागेका बर्दियाको मधुवन नगरपालिका–५ का १९ वर्षका अजय नेपाली र २० वर्षका राजा नेपाली शनिबार विहान पौने एक बजे पक्राउ परेका हुन् ।

    उनीहरु ज्यान मार्ने उद्योग मुद्दामा असार ८ गते पक्राउ परेका थिए । उनीहरुलाई मधुवन नगरपालिका–५ को बेलझुण्डी सामुदायिक वन क्षेत्रबाट पक्राउ परेका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।

  • कांग्रेस बदल्न पद त्याग गर्न पनि तयार छु : गगन थापा

    कांग्रेस बदल्न पद त्याग गर्न पनि तयार छु : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू कांग्रेस बदल्ने अभियानमा लागेको बताएका छन् । नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले कांग्रेस बदल्न आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको बताए ।

    एउटै व्यक्ति ५–६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ सङ्कटमा पर्न गएको उनको भनाई छ । आफूले व्यक्तिको नभइ पार्टीनै बदल्ने कुरा गरेको बताए । थापाले प्रजातन्त्रमा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दाबी समेत गरे ।

    दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्नु उचित भएको उनको भनाइ छ । महामन्त्री थापाले कांग्रेस बदलिए मात्रै देश बदलिने भएकाले कांग्रेस बदल्ने अभियानमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

  • पोखरामा सुरु भयो राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय समन्वय परिषद्को सचिवालयको आयोजनामा शनिबार पोखरामा राष्ट्रिय समन्वय परिषद्को प्रथम बैठक सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बैठकमा सुरु भएको हो ।

    प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा अर्थ, कानुन, न्याय तथा संसदीय मामिला, गृह सहित संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रतिनिधिसभामा विपक्षी दलको नेता वा निजले तोकेको संघीष संसद्को सदस्य र सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी गाउँपालिका, नगरपालिका वा जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुखमध्येबाट सात सदस्य रहने कानुनी व्यवस्था छ ।


    विसं २०७७ साउन १३ गते तीन तहका सरकारबीच कार्यात्मक समन्वयका लागि संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन जारी भएसँगै परिषद् कार्यान्वयनमा आए पनि यसको बैठक हालसम्म बस्न सकेको थिएन ।

    संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारमा कानुन, नीति बनाउनेदेखि ठूला आयोजना कार्यान्वयनमा तीनवटै सरकारबीच समन्वय गर्न अधिकार सम्पन्न राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक भएको हो । बैठकबाट तीन तहका सरकारबीचका अस्पष्टता र साझा अधिकारमा कानुन, नीतिलगायतमा देखिएका समस्याको समाधान हुने विश्वास लिइएको छ ।

  • महाराष्ट्रमा गुड्दै गरेको बसमा आगलागी, २५ जनाको मृत्यु

    महाराष्ट्रमा गुड्दै गरेको बसमा आगलागी, २५ जनाको मृत्यु

    काठमाडौं । भारतको महाराष्ट्रस्थित मुम्बई–नागपुर द्रुतमार्गमा गुड्दै गरेको एक निजी बस शनिवार बिहान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुणेतर्फ आइरहेको ३३ जना सवार बसको टायर फुटेर चालकको नियन्त्रण बाहिर गएको बताइएको छ। अनियन्त्रित बस एउटा खम्बामा ठोकिएको थियो।

    ठक्करका कारण बसको डिजेल ट्याङ्की विस्फोट भएपछि बसमा आगो लागेको थियो। आगलागीका कारण अधिकांशको जलेर मृत्यु भएको छ। दुर्घटनामा बाँचेका केही यात्रु सिसा फोरेर बाहिर निस्कन सफल भएको प्रहरी अधिकारीले बताएका छन्। घाइते यात्रुहरूलाई उपचारका लागि स्थानीय बुलढाना अस्पताल लगिएको छ। मृतकहरुको अझै सनाखत हुन सकेको छैन। विज्ञहरूले दुर्घटनाको अनुसन्धान गरिरहेका छन्।


    दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी कार्यालयका अधिकारी घटनास्थलमा पुगेका थिए। दमकलले गाडीले आगो निभाउँदासम्म जलन र चोटका कारण केहीको घटनास्थलमै मृत्यु भएको विवरण आएका छन्। दुर्घटनामा बाँचेका यात्रुहरूबाट प्रहरीले घटनाबारे जानकारी लिएको थियो। “म ओर्लने ठाउँ आउन एक घण्टा जति बाँकी थियो। ओर्लने तयारी गर्दागर्दै बस पल्टियो अनि मेरो साथी र म लड्यौँ,’ उनले भने।

    हामी अगाडिको यात्रु सिसा फुटाएर निस्कँदै गरेको देख्यौँ र हामी पनि उनको पछि लाग्यौँ। हामी बसबाट हाम फाल्न सफल भयौँ। उनका अनुसार पल्टिने बित्तिकै बसमा आगो लागेको थियो र आगो बिस्तारै बढ्दै गयो। “हामीले यात्रुहरूको चिच्याहट सुन्यौँ, तर हामीले केही गर्न सकेनौँ।” बुलढाना बस दुर्घटनाबारे बसका मालिक वीरेन्द्र दर्नाले टायर फुटेका कारण बस डिभाइडरमा ठोक्किएर आगो लागेको बताएका छन्।

    समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा उनले बस पूर्णतया नयाँ भएको र यसका कागजपत्रहरू पनि व्यवस्थित रहेको दाबी गरे। उनका अनुसार बस चालक अनुभवी थिए। टायर फुटेका कारण बस डिभाइडरमा चढेको र त्यसपछि अत्यधिक प्रज्वलनशील पदार्थमा आगो लागेको चालकले बताएका छन्। महाराष्ट्रका ग्रामीण विकास तथा पञ्चायती राज विभागका मन्त्री गिरीश महाजनले दुर्घटनापछि चालक र सहचालकलाई नियन्त्रणमा लिइएको बताएका छन्।

    उक्त दुर्घटनापछि चालक र सहचालक त्यहाँबाट भागेका थिए। घटनाप्रति दुःख व्यक्त गर्दै महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले मृतकका परिवारलाई प्रतिव्यक्ति पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिनुका साथै दुर्घटनाको छानबिन गर्ने पनि घोषणा गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाबारे दुख व्यक्ति गर्दै मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई लाख सहयोगको घोषणा गरेका छन्।

  • पेरिसमा भीषण दंगा, के हो कारण ?

    पेरिसमा भीषण दंगा, के हो कारण ?

    काठमाडौं । पेरिस नजिकै भएको ट्राफिक जाँचको क्रममा मङ्गलवार एक किशोरको गोली लागि मृत्यु भएपछि अहिले फ्रान्सभरि भीषण दङ्गा मच्चिएको छ र प्रदर्शनहरू व्यापक बन्दै गएका छन्। सत्र वर्षीय किशोर नाहेल एममाथि एक जना प्रहरी अधिकारीले गोली प्रहार गरेको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि घटनाले उग्र रूप लिएको हो।

    घटनामा संलग्न अधिकारीले पीडितको परिवारसँग माफी मागेका छन्। यद्यपि उनीविरुद्ध गैरकानुनी हत्याको आरोप लागेको छ र अहिले उनी हिरासतमा छन्। मृतकलाई उनी गाडीबाट निस्किँदै गर्दा ‘पोइन्ट-ब्ल्याङ्क रेन्ज’ अर्थात् निकै नजिकबाट निशाना बनाई गोली हानिएको सार्वजनिक विवरणहरूमा उल्लेख गरिएको छ।

    मृतक अल्जेरिअन मूलका हुन् र उनको मृत्युले फ्रान्सेली उपनगरहरूमा प्रहरीले जातीय समुदायलाई लक्षित गरी गर्ने आक्रमणबारेका गुनासोलाई पुनर्जीवित गरेको छ। यसै विषयमा आक्रोशित मानिसहरूका कारण देशभर हिंसा फैलिएको छ। बिहीवार दिउँसो ती युवककी आमाको नेतृत्वमा निस्किएको र्‍यालीमा पनि झडप भएको थियो।

    बीबीसीका यूरोप डिजिटल सम्पादक पल किर्बीका अनुसार मृतक आमाले हुर्काएका एक्लो सन्तान हुन्। उनी ‘टेकअवे खाना’ पुर्‍याउने गाडी चलाउँथे र रग्बी लिगका खेलाडी समेत थिए। उनको शैक्षिक पृष्ठभूमि व्यवस्थित थिएन। उनी आफू बस्ने ठाउँबाट नजिकै एक कलेजमा इलेक्ट्रीशियन बन्ने तालिमका लागि भर्ना भएका थिए तर निकै कम उपस्थित हुन्थे।

    नाहेललाई चिन्ने मानिसहरूले उनी मायालु स्वभावको भएको बताए। उनी आफ्नी आमा मोनियासँगै बस्थे र आफ्नो बुबासँग सम्पर्कमा थिएनन्। प्रहरीले उनको कुनै आपराधिक घटनामा संलग्नता नदेखिएको जनाएको छ। उनले घटना भएको दिन काममा निस्कनुअघि चुम्बन दिँदै भनेका थिए, आई लभ यू मम , म तिमीलाई माया गर्छु आमा।
    दङ्गा नियन्त्रणका लागि शुक्रवार साँझसम्ममा ४५,००० प्रहरी अधिकारीहरूलाई तैनाथ गरिएको थियो। सरकारले क्षेत्रीय अधिकारीहरूलाई रातभर सार्वजनिक सवारी सेवाहरू बन्द गर्न आह्वान गरेको थियो। त्यस्तै अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई प्रदर्शनहरूबाट जोगाउन भनिएको छ। फ्रान्सका आन्तरिक मामिला मन्त्री डार्मानिनका अनुसार दङ्गाको चौथो रातमा अशान्तिका कारण आर्थिक तथा अन्य गतिविधिमा असर परेको छ।

    बिहीवार राति ९१७ जना पक्राउ परेका थिए भने शुक्रवार राति उक्त सङ्ख्या ४७१ मा सीमित छ। तर, थुप्रै फ्रान्सेली सहरहरूबाट थप हिंसाका विवरणहरू आएका छन्। ती स्थानहरूमा सवारी साधनमा आगो लगाइएको भिडिओहरू सार्वजनिक भएका छन्।
    विशेषगरी मार्सेलीबाट ८७ जनालाई गिरफ्तार गरिएको छ। यस्ता आन्दोलनहरूबाट १३ वर्षसम्मका किशोरहरूलाई समेत हिरासतमा लिइएको छ। पक्राउ परेकाहरूको औसत उमेर १७ वर्ष रहेको मन्त्री डार्मानिनले बताए। फ्रान्सेली फुटबल स्टार किलियान एम्बाप्पेले भनेका छन्, हिंसाले कुनै पनि समस्या समाधान गर्दैन। उनले यस स्थितिलाई शोक, संवाद र पुनर्स्थापनाूको बाटोबाट सुधार्न आग्रह गरेका छन्।

    फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले प्रदर्शनकारीहरूले घटनाको फाइदा लिइरहेको आरोप लगाएका छन्। उनले हिंसाको निन्दा गर्दै नाहेलको मृत्युपछिको अवस्थालाई हिंसात्मक गतिविधि गर्न प्रदर्शनकारीहरूले प्रयोग गरेको आशङ्का गरेका छन्। उनले हिंसा नियन्त्रणका लागि थप अधिकारीहरू खटाइने बताए पनि देशमा आपत्कालीन अवस्था घोषणा गरिएको छैन।

    माक्रोँले दङ्गामा सहभागी किशोरकिशोरीलाई घरमै राख्न सम्बन्धित अभिभावकलाई आग्रह गरेका छन्। उनले भने,”उनीहरूलाई घरमै राख्नु आमाबुबाको जिम्मेवारी हो।” उनले सामाजिक सञ्जाल सेवा प्रदायकहरूलाई केही सामग्रीहरू हटाउन समेत आह्वान गरेका छन्।


    उनले संवेदनशील प्रकारका सामग्रीहरू हटाउन र हिंसाजनक प्रदर्शन आयोजना गर्न त्यस्ता सञ्जाल प्रयोग गर्ने व्यक्तिहरूको नाम अधिकारीहरूलाई उपलब्ध गराउन आग्रह गरेका छन्। स्न्यापच्याटका एक जना प्रवक्ताले उक्त एपले हिंसा र घृणालाई बढवा दिने सामग्रीप्रति शून्य सहनशीलताूको नीति अपनाउने र स्थितिलाई नजिकबाट अनुगमन गरिरहने बताएका छन्।

    सार्वजनिक सडकमा ३ हजार ८८० भन्दा बढी आगजनीका घटना भएको त्यहाँको आन्तरिक मन्त्रालयको आँकडा छ।विभिन्न ठाउँमा प्रदर्शनकारी र दङ्गा नियन्त्रणमा खटेका प्रहरीबीच झडप भएको छ। कतिपय स्थानमा कर्फ्यु लगाइएको छ।
    बीबीसीको सहयोगमा

  • नारायणगढ–मुग्लिन सडकमा सधैको सास्ती

    नारायणगढ–मुग्लिन सडकमा सधैको सास्ती

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकको विस्तार र स्तरोन्नति गरे पनि सास्ती रोकिएको छैन। अघिल्लो वर्षजस्तै यस वर्ष पनि पहिरोले पटकपटक लामो समयसम्म बाटो अवरुद्ध हुने घटना दोहरिन थालेको छ। जानकारहरूका अनुसार ३६ किलोमिटर लामो उक्त सडक खण्डमा नयाँ-नयाँ जोखिमहरू देखा परेका छन् र तीमध्ये केही चुनौतीपूर्ण मानिएका छन्। निर्माण कम्पनीले काम सम्पन्न गरेर उक्त सडक तीन वर्षअघि सरकारलाई हस्तान्तरण गरेको हो।

    “निर्माण सकिएपछि पहिरो जाने सम्भावित ठाउँ पहिचान गरेर भिरालो जमिन संरक्षण गर्ने काम गरिएको थियो। त्यसपछि २७-२८ ठाउँमा नियन्त्रण भयो,” सडक डिभिजन कार्यालय, भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले भने, “अहिले नयाँ-नयाँ ठाउँमा पहिरो देखा परेको छ, पछिल्लो पहिरो पनि नयाँ ठाउँमा आएको हो।”
    जानकारहरूका अनुसार २० वर्षअघि करिब ७५ ठाउँमा पहिरो झरेको थियो।

    यातायात पूर्ण सञ्चालनमा आउन कैयौँ दिन लागेको थियो। सडक विभागले २१ किलोमिटर भनिने मौरी खोला र १८ किलोमिटर भन्ने स्थानलाई त ‘चुनौतीपूर्ण जोखिम रहेकोु भनी पहिचान गरेको छ। पौडेल भन्छन्, “मौरी खोला क्षेत्रको अध्ययन भइरहेको छ, त्यहाँ पहाड नै खस्किरहेको छ, १८ किलोमिटर भन्ने ठाउँको माथि नगरपालिकाले बाटो खनिदिएकाले लेदो बगेर झर्ने गरेको छ। ती-(चार ठाउँमा त्यस्तो समस्या छ।”

    पछिल्लो पटक बिहीवार तुइन खोलानजिक चट्टानका टुक्राहरू झरेका छन्। यसअघि समस्या नदेखिएको त्यस स्थानबारे पनि अध्ययन गर्नुपर्ने अवस्था बनेको अधिकारीहरूले जनाएका छन्। विश्‍व ब्याङ्कले मौरी खोला क्षेत्रको अध्ययन गराइरहेको छ।

    एक हप्ताअघि त्यस क्षेत्रमा पुगेका सडक विभागका पूर्वमहानिर्देशक इन्दु शर्मा ढकालले प्रकृतिमा आधारित समाधान नेचर-बेस्ड सोलुसन वा एनबीएस को डिजाइन भइरहेको जानकारी दिए। उनले भने, “यो वर्षापछि त्यहाँको स्थलगत अध्ययनपछि अन्तिम डिजाइन तयार हुन्छ, समस्या ठूलै देखिए पनि समाधान हुन्छ।”


    ढकालका अनुसार पानीको निकासको बाटो बनाउने, पहाडी क्षेत्रको टुप्पो केही काट्ने, केही संरचना बनाउने र वृक्षारोपण गर्ने लगायतका काम गर्नुपर्ने हुन्छ।
    त्यसको निम्ति करिब १० करोड रुपैयाँ खर्च हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। सडकको माथिल्लो भागबाट विभिन्न ठाउँमा झर्ने पहिरो नियन्त्रणको प्रयास पटक(पटक भएका थिए।

    निर्माण कम्पनीले सडक स्तरोन्नतिको काम सम्पन्न गरेपछि तीन वर्षमा विभिन्न कम्पनीले पहिरो नियन्त्रणको काम गरेका छन्। त्यसमा करिब एक अर्ब रुपैयाँ खर्च भइसकेको छ। चट्टान झर्न नदिन रड गाडेर जाली लगाउनेदेखि सडक भत्किन नदिन नदी किनारमा पाइलिङ गर्ने र आरसीसी वाल लगाउने काम गरिएको अधिकारीहरूले जनाएका छन्।

    तर सडक डिभिजन कार्यालय, भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार त्रिशूलीको धारले बाटोको तल्लो भागमा बर्सेनि गर्ने कटान चुनौतीपूर्ण देखिन्छ। “त्यसले गर्दा पाँच-छ ठाउँमा बाटो दबेको छ र पहाड नै खस्किएको देखिएको छ”, उनले भने, “माथिबाट झरेको पहिरो त फालौँला वा चट्टानहरू रोक्न सकिन्छ, तर बाटोको तल त्रिशूलीले बिस्तारै काट्दा आउने जोखिम चुनौतीपूर्ण देखिन्छ।”
    बीबीसी

  • भ्रष्टाचार मुद्दामा गोपालबहादुर खड्का दोषी ठहर

    भ्रष्टाचार मुद्दामा गोपालबहादुर खड्का दोषी ठहर

    काठमाडौं । भ्रष्टाचार मुद्दामा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७८ मा खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो ।

    विशेष अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैंया विगो भराउने आदेश गरेको हो । साथै उनको नाममा भएको सबै सम्पत्ति जफत हुनेछ भने श्रीमतीको नाममा भएका दुईवटा जग्गा जफत गर्न विशेष अदालतले आदेश दिएको छ ।

    खड्काले पदमा बहाल रहँदा ४० लाख ५७ हजार १५५ पारिश्रमिक, जग्गा बिक्रीवापत ५८ लाख ७५ हजार, ऋण सापटीको ५ करोड ३३ लाख ३६ हजार, घरभाडावापतको १३ लाख ५६ हजार, जागिरबाट अवकाश हुँदा प्राप्त गरेको २९ लाख २२ हजार, पेन्सनवापत प्राप्त १४ लाख ७८ हजार, विप्रेषण आयबाट प्राप्त ८ लाख २६ हजार, गाडी बिक्रीवापतको ३५ लाख, छोराबुहारीको पारिश्रमिकबाट ११ लाख ४ हजार गरी ७ करोड ४४ लाख ५६ हजार २५२ रुपैयाँ वैध आम्दानी गरेका थिए ।

    उनी कार्यकारी निर्देशक भएकै बेला नेपाल आयोग निगमको जग्गा अनियमितता प्रकरण भएको थियो ।

  • ललितानिवास प्रकरण: आरोपितको निवेदनमा कारण देखाऊ आदेश

    ललितानिवास प्रकरण: आरोपितको निवेदनमा कारण देखाऊ आदेश

    काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जनाले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश दिएको छ। न्यायाधीश डा. कुमार चुडालको इजलासले शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा प्रारम्भिक सुनुवाइपछि उक्त आदेश जारी गरेको हो ।

    गत मंगलबार पक्राउ परेका निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमको तर्फबाट बुधवार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए ।

  • कोशीमा पनि ढल्यो एमाले सरकार, हिक्मत कार्कीले पाएनन् विश्वासको मत

    कोशीमा पनि ढल्यो एमाले सरकार, हिक्मत कार्कीले पाएनन् विश्वासको मत

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव फेल भएको छ ।

    मुख्यमन्त्री हिक्मत कार्कीले बिहीबार प्रदेशसभामा राखेको विश्वासको मत माग्ने प्रस्तावमा शुक्रबार भएको मत विभाजनमा उनी अल्पमतमा परेसँगै सरकार ढलेको हो।

    विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । ९३ सदस्यीय कोशी सभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । बहुमत पूरा गर्न नसकेसँगै १७४ दिनपछि मुख्यमन्त्री बाहिरिएका छन् ।

    पक्षमा एमालेका ४० र राप्रपाका ६ सांसदले मतदान गरे। कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदान गर्दा एक सिट रहेको जनता समाजवादी पार्टी (जसपा) ले मतदानमा भाग लिएन।

    प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका (सभामुखबाहेक) १२ र एकीकृत समाजवादीका ४ जना सांसद छन्।

  • धान दिवसमा प्रधानमन्त्रीको सन्देश

    धान दिवसमा प्रधानमन्त्रीको सन्देश

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न सम्पूर्ण देशवासीहरुमा आह्वान गरेका छन् । जलवायु अनुकूलित धानका जातहरु, उत्पादन प्रविधिहरुको विकास र अवलम्बनमार्फत् दिगो रुपमा धान उत्पादन बढाउन सकिने उनको भनाइ छ ।


    राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यथास्थितिमा धान उत्पादन वृद्धिको लक्ष्य पूरा हुन कठिन हुने भन्दै जलवायु अनुकूलका धानका जातको खेतीमा जोड दिएका हुन् । उनले भनेका छन्, ‘जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई अझ बढी व्यवस्थित बनाउनुका साथै यसको गति बढाउनु अत्यावश्यक छ ।’

    पछिल्लो समय जलवायु परिवर्तनका कारण सुख्खा खडेरी, अतिवृष्टि, असमयको वर्षा, बाढी पहिरो, रोग तथा किराको प्रकोप आदि बढ्दा धान उत्पादनमा नकारात्मक असर बढ्दै गएकाले जलवायु अनुकूलका धानका जात र खेती प्रविधिको विकास गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । त्यसैले सरकारले यस वर्षको राष्ट्रिय धान दिवसको नारा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ तय गरेको छ ।

  • नारायणगढ-मुग्लिन सडक खण्ड अझै अवरुद्ध, यातायात प्रभावित

    नारायणगढ-मुग्लिन सडक खण्ड अझै अवरुद्ध, यातायात प्रभावित

    काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो खस्ने क्रम जारी छ । त्यसैले आज बिहान पनि पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । मुग्लिनबाट करिब दुई किलोमिटर पर नारायणगढतर्फ पर्ने तीन नम्बर पुलनेर खसेको पहिरोका कारण बिहीबार दिउँसो साढे १ बजेबाट सडक पूर्णरुपमा अवरुद्ध छ ।


    मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङले पहिरो खस्ने क्रम जारी रहेकाले आज बिहान पनि पहिरो पन्छाउन नसकिएको बताए । ‘पानी परेको छैन, तर पहिरो खसिरहेको छ,’ उनले भने, ‘त्यसैले पहिरो हटाउन सकिएको छैन ।’ पहिरो झर्ने क्रम जारी रहेकाले जोखिमका कारण मेसिन चलाउन नसकिएको उनको भनाइ छ । हिजोदेखि नै जाममा परेका सवारी साधनको लामो लाइन लागेको उनले बताए ।

    बिहीबार बिहान पनि झरेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि दिउँसो साढे १ बजे पुनः पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको छ ।
    काठमाडौंबाट भरतपुरतर्फ गएका ठूला सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा तथा नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबीरे, जुगेडी क्षेत्रमा रोकिएका छन् । बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुँदा यात्रुहरुले सास्ती व्यहोर्दै आएका छन् ।

  • टाइटन पनडुब्बीका टुक्रा भेटिए, मानव अववेश रहेको संकेत

    टाइटन पनडुब्बीका टुक्रा भेटिए, मानव अववेश रहेको संकेत

    काठमाडौं\बीबीसी । आन्ध्र महासागरमा घातक दुर्घटनामा परेको टाइटन पनडुब्बीका टुक्राहरूमा मानव शरीरका अवशेषहरू फेला परेको ठानिएको यूएस कोस्ट गार्डले जनाएको छ। पर्यटकहरू लिएर टाइटानिक पानीजहाजको भग्नावशेष भएको स्थानतिर गएको उक्त पनडुब्बीमा अन्तःस्फोटन भएको अनुमान गरिएको छ।

    उक्त पनडुब्बीका टुक्राहरू समुद्रको पीँधबाट सङ्कलन गरेर बुधवार क्यानडाको सेन्ट जोन्समा ल्याइएको छ। अधिकारीहरूका अनुसार फेला परेका सामग्रीमध्ये उक्त पनडुब्बीको ुल्यान्डिङ फ्रेमु र पछाडिको भागको ढक्कन पनि छन्। मानव अवशेष भन्ठानिएका वस्तुको संयुक्त राज्य अमेरिकाका विज्ञहरूले परीक्षण तथा विश्लेषण गर्ने यूएस कोस्ट गार्डले एउटा विज्ञप्तिमा जनाएको छ।


    यूएस कोस्ट गार्डले टाइटन पनडुब्बी दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान थालिसकेको छ। उक्त अनुसन्धान अहिले प्रारम्भिक चरणमा छ। कोस्ट गार्डको मरीन बोर्ड अफ इन्भेस्टिगेशन (एमबीआई) ले अहिले सङ्कलित प्रमाणहरू थप परीक्षण र विश्लेषणका लागि सेन्ट जोन्सबाट अमेरिकाको कुनै बन्दरगाहमा लैजाने छ।


    एउटा विज्ञप्तिमा एमबीआई प्रमुख क्याप्टेन जेसन नोयबाउअरले ‘उक्त विनाशकारी दुर्घटना के कारणले भयो भन्ने बुझ्न तथा भविष्यमा त्यस्तो घटना नदोहोरिने सुनिश्चित गर्न अझै प्रशस्त काम गर्न बाँकी छ’ भनेका छन्। गहिरो समुद्रमा निकै विकट स्थानबाट ती प्रमाणहरू खोज्न तथा सङ्कलन गर्न पाएको सहयोगप्रति उनले कृतज्ञता व्यक्त गरेका छन्। गत जुन १८ मा भएको दुर्घटनामा टाइटन पनडुब्बीमा सवार सबै पाँच जनाको मृत्यु भएको थियो।

    पानीको माथिल्लो सतहबाट उत्तर आन्ध्र महासागरमा गोता लगाएको झन्डै डेढ घण्टामा झन्डै ३,८०० मिटरको गहिराइमा उक्त दुर्घटना भएको थियो। उक्त यात्रामा त्यसको प्रबन्ध मिलाउने तथा पनडुब्बीको स्वामित्व भएको ओशनगेट कम्पनीका प्रमुख स्टक्टन रश ्(६१), ब्रिटिश अन्वेषक हमिश हार्डिङ (५८), पाकिस्तानी मूलका ब्रिटिश अर्बपति शाहजादा दाउद (४८) र उनका १९ वर्षे छोरा सुलेमान दाउद तथा फ्रान्सेली गोताखोर पोल(अन्री नार्गोले (७७) थिए।
    सुरुमा अधिकारीहरू मृतकहरूको अवशेष फेला पर्नेमा विश्वस्त थिएनन्।

    ूत्यहाँ तल समुद्रको पीँधमा निकै कठोर पर्यावरण छ, पनडुब्बी दुर्घटनामा परेको पुष्टि भएपछि कोस्ट गार्डका एड्मिरल जोन माउगरले भनेका थिए। टाइटानिक पानीजहाजको एउटा भग्नावशेष भएको ठाउँनजिकै टाइटनका पाँचबाट मुख्य टुक्रा फेला परेका छन्।

    मुख्य अनुसन्धानकर्ता क्याप्टेन जेसन नोयबाउअरले पनडुब्बीको भग्नावशेष सङ्कलन गर्नु अनुसन्धानको प्राथमिकता भएको बताएका थिए। उनले मानव अवशेष भेटिए विशेष सावधानी अपनाइनेू बताएका थिए। उनका अनुसार अमेरिका, क्यानडा, यूके र फ्रान्सका निकायहरूले संयुक्त रूपमा अनुसन्धान गर्ने छन्।

    बुधवार बाहिर निकालिएका टुक्राहरूमा कम्तीमा एउटा टिटेनिअमबाट निर्मित ुएन्ड क्यापु, झ्याल हराएको स्थितिको पोर्टहोल र एउटा टिटेनिअम रिङ, ल्यान्डिङ फ्रेम र एन्ड इक्विप्मन्ट बे भएको बीबीसीका विज्ञान संवाददाता जोनाथन एमसले जानकारी दिएका छन्। क्यानडाको पानीजहाज होराइजन आर्क्टिकले ती वस्तु सङ्कलन गर्ने अभियानको नेतृत्व गरेको थियो। उक्त पानीजहाजले पल्याजिक रिसर्च सर्भिसेजको स्वामित्वमा रहेको टाढाबाट सञ्चालन गर्न मिल्ने उपकरण (आरओभी) लगेको थियो।

    सो कम्पनीले आफ्नो काम सकिएको र आफ्नो उपकरण शिविरमा फर्काउन लागिएको जानकारी बुधवार दिएको थियो। यूएस कोस्ट गार्डको एउटा जहाजले क्यानडाको सेन्ट जोन्समा टाइटन पनडुब्बीका भग्नावशेष लगेको थियो । यूएस कोस्ट गार्डको एउटा जहाजले क्यानडाको सेन्ट जोन्समा टाइटन पनडुब्बीका भग्नावशेषहरू लगेको थियो पनडुब्बी सञ्चालनमा पर्याप्त सुरक्षा व्यवस्था नमिलाएको भन्दै ओशनगेटको चर्को आलोचना भएको छ।

    उक्त कम्पनीका पूर्वकर्मचारीहरूले पहिले पनि टाइटन पनडुब्बीबारे चिन्ता व्यक्त गरेको खुलेको छ। उक्त पनडुब्बी कुनै निकायको नियमनमा पनि नपरेको देखिन्छ। बीबीसीले पढेको एउटा इमेलमा रशले टाइटनको सुरक्षाबारे एक विज्ञले व्यक्त गरेको चिन्ताको खण्डन गरेका थिए। इमेलमा नवप्रवर्तनलाई रोक्न सुरक्षासम्बन्धी तर्क गर्नेहरूसँग आफू दिक्क भएको आशय व्यक्त गरेका थिए। जहाजबाट निकालेर ट्रकहरूमा सार्न क्रेनको सहयोग लिइएको थियो

  • एमाले सचिव  भट्टराईमाथि इलाममा कालो झण्डा देखाइयो

    एमाले सचिव भट्टराईमाथि इलाममा कालो झण्डा देखाइयो

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल नहुने बताएका छन् । प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलन गरिरहेको समूहले भट्टराईलाई इलाममा कालो झण्डा देखाएका थिए । आफूलाई कालो झण्डा देखाएको प्रशंग उल्लेख गर्दै भट्टराईले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन ।’

    उनले बिरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्ने बताउँदै उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका मान्य नभएको बताएका छन् । ‘आज मलाई कालो झन्डा देखाउनेहरुको अधिकारका लागि म स्वयम र मजस्ता लाखौंले लडेर ल्याएको बिरोध गर्ने अधिकारको अभ्यास उहाँहरुले गर्नु भएकोमा लोकतन्त्रको संघर्समा हामीले बिताएको समयले सार्थकता पाएको अनुभुती भएको छ,’ उनले लेखेका छन् ।

    मदन भण्डारी फाउण्डेसन ईलामले ७२ औ मदन जयन्तीका अवसरमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा जाँदै गर्दा ईलाम बजारमा केही व्यक्तिले कालो झण्डा देखाएका हुन् ।

  • २० वर्ष पुराना गाडी चलाउन पाउनुपर्ने भन्दै यातायात व्यवसायीले गरे प्रदर्शन

    २० वर्ष पुराना गाडी चलाउन पाउनुपर्ने भन्दै यातायात व्यवसायीले गरे प्रदर्शन

    काठमाडौं । २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगायतका माग राख्दै ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

    बिहीबार काठमाडौंको सितापाइलामा भेला भएर उनीहरुले सवारीसाधनको प्रदर्शनसहित रिङरोड परिक्रमा गर्ने तयारी गरेका हुन् ।

    रातो नम्बर प्लेटका सवारी साधनलाई यात्रु ओसारपसार गर्न निषेध गर्ने, अनलाइन ट्याक्सी बुकिङ बन्द गर्ने लगायतका को निर्णय खारेज हुनुपर्ने माग राख्दै आन्दोलन गरेको बताएका छन् ।

    सरकारका नीति र निर्णय आफूहरुको बाँच्न पाउनुपर्ने हकविरुद्ध भएको भन्दै उनीहरुले नाराबाजी गरेका छन् ।

  • पाकिस्तान गए चिनियाँ अर्बपति ज्याक मा

    पाकिस्तान गए चिनियाँ अर्बपति ज्याक मा

    काठमाडौं । निजी भ्रमणका लागि काठमाडौं आएका अलिबाबाका संस्थापक ज्याक मा फर्किएका छन्। हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्डमार्फत उनी बिहीबार मध्याह्न पाकिस्तान गएका हुन्।

    नीजि विमानमा आएका ज्याक माका साथमा ५ जना चिनियाँ, १ जना अमेरिकी र १ जना डेनिस नागरिक थिए।

    उनी काठमाडौंको द्वारिकाज होटलमा बसेका थिए। उनले काठमाडौंको कालिमाटी तरकारी बजार, ठमेल, भक्तपुर दरबार स्क्वायरलगायत ठाउँको अवलोकन गरेका थिए।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आँशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

    रातिपनि देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कोशी, मधेश प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ(गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
    महाशाखाका अनुसार, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

    हावाहुरीसहित वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ। त्यसकारण भारी वर्षा, मेघ-गर्जन-चट्याङ्ग, हावा हुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • आज बकर इद, सार्वजनिक बिदा

    आज बकर इद, सार्वजनिक बिदा

    काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले बज बकरिद (इद उल अजहा) मनाउँदैछन् । यो पर्व इस्लामहरूको रमजानपछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरु हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानहरुले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिने गर्दछन् ।

    धार्मिक मान्यताअनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश पालना गर्न लाग्दा अल्लाह प्रसत्र भएर इस्माइलको कुर्बानीको सटृा स्वर्ग ९जत्रत० मा पालिएका दुम्बाको कुर्बानी गरिएकाले सोही बमोजिम अहिलेसम्म पशुको कुर्बानी दिने धार्मिक मान्यतालाई मुसलमानहरुले कायम राखेको पाइएको छ ।

    निःसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लासँग मत्रत ९दुवा० माग्दै भनेका थिए कि यदि अल्लाहले मलाई सन्तान सुख दियो भने म कुर्बानी गर्छु । सोही अनुरुप अल्लाहले निजको परीका लागि सपनामा कुर्बानी गर्न आदेश दिँदा उनले धेरै जनावरको कुर्बानी त गरे तर अल्लाह खुसी भएनन् ।

    अन्तममा उनले आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई खुसी गराउन खोजे पछि उनको परीक्षामा सफल भएकाले कुर्बानी गर्ने स्थानमा मानिसको नभइ पालिएका दुम्बाको कुर्बानी दिइएको बतइन्छ । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपत्र परिवारलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र अर्को एक भाग आफू खानुपर्ने धार्मिक मान्यता छ ।

    गएको वर्षमा बकरिद पर्व असार २६ गते परेको थियो । इस्लाम धर्मअनुसार प्रत्येक वर्ष अरबी क्यालेन्डरअनुसार १०र१० दिन पछि सर्दै जाने भएकाले ३६ वर्षको अवधिमा सबै चाडपर्वले एक फन्को लगाइसक्छ । यस पटक नेपालबाट एक हजार चार सय ४४ जना हज गर्न साउदीको मक्का पुगेका छन् ।

    बकरिद पर्वका निम्ति गरिने कुरबानीका लागि खरिद गरिने जनावर पूर्ण रुपमा स्वस्थ हुनुपर्छ । जनावरको आँखा, कान, खुट्टा र सिङ टुटफुट हुनु नहुने र हेर्दा पनि आकर्षक हुनुपर्छ । बिना मोलमोलाई खरिद गरिने भएकाले कुर्बानीका लागि मानिसहरुले सके घरका सबै मानिसहरुको नाममा नभए घरको अभिभावकका नामबाट कुर्बानी गर्ने चलन छ ।

    ठूलो जनावरमा (राँगा, भैँसी, ऊँटजस्ता जनावर) हलाल गरिन्छ त्यसमा सातजना मिलेर कुर्बानी गर्नुपर्छ भने साना जनावर जस्तै, खसी, बहिला बाख्रा, दुम्बा भने एकै जनाले कुर्बानी गर्नुपर्छ । कतिपय मानिसहरुले मृतात्मा (बुबा, हजुर बुबाआमा, पत्नी वा पति)को संझनामा कुर्बानी दिने गर्दछन् ।

    अरब देशमा बुधबार मनाइएको बकरिद नेपाल, भारत, पाकिस्तान, बङ्गलादेशमा आजै मनाइने भएको छ । किनकि यी देशका नागरिकहरुले अरब देशको भन्दा एक दिन पछि चन्द्रमा हेर्न पाएका हुन्छ । यो चाडको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ ।

  • आज हरिशयनी एकादशी, तुलसीको विरुवा सार्ने दिन

    आज हरिशयनी एकादशी, तुलसीको विरुवा सार्ने दिन

    काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।
    एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ ।

    आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले पाँच महिना हुने भएको छ ।

    एक वर्षमा २४ एकादशी पर्छन् । यस वर्ष भने अधिकमासका दुईसमेत गरी २६ एकादशी परेका छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

    हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।

    वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ ।

    तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिकरुपमा पुष्टि भएको छ । चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

  • यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न सर्वोच्चको आदेश

    यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न आदेश दिएको छ। बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले निवेदक जो र निवेदक सरहका जोडीहरूले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्न भनेको हो। इजलासले विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरेको हो। अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ समेत पेश गर्न भनेको छ।

    ‘हाललाई प्रस्तुत रिट निवेदनका निवेदकहरू र निवेदक सरहका जोडीहरूले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्नूरगराउनू भनी सर्वोच्च अदालतको नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ। पिंकी गुरूङ भन्ने सञ्जीव गुरूङसहित ९ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए।

  • भरतपुरका सडकमा घण्टी चिन्ह बनाएकोमा रास्वपाले माग्यो माफी

    भरतपुरका सडकमा घण्टी चिन्ह बनाएकोमा रास्वपाले माग्यो माफी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको भरतपुर महानगरपालिका–२६ को कालोपत्रे सडकमा समर्थकले घण्टीको चित्र चिह्न बनाएकामा माफी मागेको छ ।
    बुधबार एक विज्ञप्ति जारी गरी महामन्त्री डा। मुकुल ढकालले सार्वजनिक सडकमा पार्टीको चुनाव चिह्न बनाउँदा परेको असप्रति क्षमा मागेका हुन् । ‘‘हाम्रो पार्टीको चिह्न सडकमा बनेबाट पर्न गएको असुविधाका लागि क्षमायाचना गर्दछौं’ उनले भनेका छन् ।

    रास्वपाका कार्यकर्ताले पार्टीको वार्षिक उत्सवको अवसर पारेर केही दिनअघि भरतपुर महानगरपालिका–२६ को सडकमा पेन्टिङ गरेर घण्टी चिह्न बनाएका थिए । महानगरपालिकाले सडक कुरुप बनाएको भन्दै त्यसलाई मेटाएको थियो । रास्वपाले देशका अन्य स्थानमा पनि रास्वपाका समर्थकले सार्वजनिक सम्पदामा चुनाव चिह्न बनाएकोप्रति ध्यनाकर्षण भएको भन्दै त्यसो नगर्न आग्रह गरेको छ ।

    पार्टीप्रतिको लगाव वा अन्य कुनै बहानामा पार्टीको चुनाव चिह्न र पार्टीको पहिचानसँग सम्बन्धित सामग्री सार्वजनिक सम्पदाको दुरुपयोग गरेर नबनाउन महामन्त्री ढकालले आग्रह गरेका छन् । ‘राजनीतिक वा कुनै पनि बहानामा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नुहुन्न भन्ने पार्टीको स्पष्ट मान्यता रहेको सम्बन्धित सबैलाई स्मरण गराउँदै पार्टीको नीति तथा मान्यताबाट बाहिर गएर सार्वजनिक सम्पत्तिको दुरुपयोग नगर्न यही सूचनामार्फत सचेत गराउँदछौं’ उनले भने ।

  • संवैधानिक इजलासबाट रवि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट खारेज

    संवैधानिक इजलासबाट रवि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट खारेज

    काठमाडौं । गत वैशाख १० गते भएको उपचुनावबाट चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सांसद रवि लामिछानेको पद खारेजीवको माग गर्दै परेको रिट निवेदन खारेज भएको छ।

    बुधबार प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासमा सुनुवाई भएको थियो । उक्त रिटमाथि यसअघि एकल र संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।

    लामिछानेको सांसद पद अयोग्यताको बारेमा युवराज पौडेल ‘सफल’ सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा रिट निवेदकको तर्फबाट डा. सुरेन्द्र भण्डारी, स्वागत नेपाल लगायतले बहस गरेका थिए ।

    यसअघि नेपाली नागरिकता पुनःप्राप्तिका लागि लामिछाने कार्यविधि पुरा नगरेको भन्दै परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले माघ१३ गते सांसद पद खारेज गरेको थियो।

  • बजेट पासको घोषणापछि एमालेले माग्यो मत विभाजन

    बजेट पासको घोषणापछि एमालेले माग्यो मत विभाजन

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्नका लागि मत विभाजन माग गरेको छ ।

    बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख देवराज घिमिरेले बजेटको पक्षमा बहुमत रहेको भन्दै बजेट पारित भएको घोषणा गरेका थिए ।

    त्यसपछि एमालेका सचेतक महेश बर्तौलालले मत विभाजनमा जान माग गरे । उनले बजेटको विपक्षमा मत धेरै रहेको आफूहरूलाई लागेका बताए ।

  • बजेटबाट जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय हटाइयो

    बजेटबाट जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय हटाइयो

    काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी वर्षको बजेटमा उल्लेखित जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णय फिर्ता लिएका छन् ।

    आजको प्रतिनिधिसभा बैठकमा सभामुखको रोहवरमा भएको सत्तापक्ष प्रतिपक्षबीचको सहमति अनुसार अर्थमन्त्रीले थप स्पष्टीकरण दिँदै निर्वाचन कार्यालय खारेजीको निर्णय फिर्ता लिए लिएका हुन् ।

    जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयमा इकाइ रहने निर्णय फिर्ता गरी पहिलेकै जसरी जिल्ला निर्वाचन कार्यालय यथावत रहने बताए ।

  • नेप्सेमा उच्च अंकको करेक्सन

    नेप्सेमा उच्च अंकको करेक्सन

    काठमाडौं । केही दिनदेखि लगातार उकालो लागेको शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ३५.३७ अंकले घटेर २१५०.९९ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २८० कम्पनीको ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये जीवन बीमा बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । अन्य उपसमूह सबैभन्दा धेरै ३.२९ प्रतिशतले घटेको छ ।

    आज हिमालयन लाइफको सर्वाधिक कारोबार भएको छ । यसको ८३ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको २८ करोड र सोल्टी होटल २३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    दोहोरो अंकले घटेको बजारमा पनि आज ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन लाइफ इन्स्योरेन्स, बीपीडब्ल्यू लघुवित्त र सिटी होटलको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

    घट्दो बजारमा आज इङवा हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ६.६४ प्रतिशत गुमाएका छन् । त्यसैगरी, खप्तड लघुवित्त र तारागाँउ होटलका शेयरधनीले पनि ६ प्रतिशत गुमाएका छन् ।

  • ‘मिटरब्याजी,सहकारीका ठग र भ्रष्टाचारविरुद्ध लडाइँ सुरु गरेँ, अझै बढी जनसमर्थन चाहियो’

    ‘मिटरब्याजी,सहकारीका ठग र भ्रष्टाचारविरुद्ध लडाइँ सुरु गरेँ, अझै बढी जनसमर्थन चाहियो’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारवाही सुरु भइसकेको बताएका छन्।

    प्रतिनिधि सभाको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले भने, ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेको र मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारवाही सुरु भइसकेको छ।

    वर्षौंदेखिको विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाईमा मलाई संसद र जनताको अझ धेरै समर्थन चाहिएको छ।’

    यस्तै, उनले हाइप्रोफाइल व्यक्तिहरू कानुनभन्दा माथि रहने मनोविज्ञानले जनतामा आक्रोश बढाइरहेका बेला आफूले इतिहासका दुई घटना खोतल्ने प्रयास गरेको र यो अभियान नरोकिने बताए।

    ‘हाइप्रोफाइल व्यक्तिहरू कानुनभन्दा माथि छन् भन्ने आममनोविज्ञान बनिरहेको थियो। त्यसले जनतामा ठूलो आक्रोश जन्माइरहेको थियो। त्यो असन्तोषले लोकतन्त्रप्रति नै नकारात्मक धारणा बनिरहेको थियो।

    र नक्कली भुटानी शरणार्थी प्रकरणमा इतिहासकै ठूलो अनुसन्धान र कारबाहीपछि जनतामा विश्वास जाग्न सुरू भएको छ।

    नक्कली भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानपछि सरकारले कानुनको सर्वोच्चता मात्रै प्रमाणित गरेको छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उच्च पदस्थ र देशको एउटा वर्ग कानुभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित भएको छ।

    यो काण्डको सफल अनुसन्धानसँगै लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरण पनि सुरू भएको छ। यो शुद्धीकरण यत्तिमा रोकिने छैन। यो निरन्तर अगाडि बढ्नेछ।’

  • आज कस्तो रहनेछ मौसम ?

    आज कस्तो रहनेछ मौसम ?

    काठमाडौ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आँशिक देखि सामान्य बदली रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    आगामी चौबिस घन्टामा कोशी, बागमती , गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ-गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार यीनै प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। त्यस्तै मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ(गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावा हुरीको समेत सम्भावना छ।

    राती देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ(गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

    वर्षा र हावाहुरीले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाको आकलन छ। भारी वर्षा, मेघ(गर्जनरचट्याङ्ग र हावा हुरीका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महााशाखाले अनुरोध गरेको छ।

  • गृहमन्त्री चीन प्रस्थान

    गृहमन्त्री चीन प्रस्थान

    काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित मंगलबार राति चीनको सिचुवान प्रान्तको भ्रमणका लागि प्रस्थान गरेका हुन् । श्रेष्ठ छेन्दु अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण भइ आजै ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को स्वागत भोजमा सहभागी हुनेछन् ।

    उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को उदघाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्नेछन् भने दिउँदो छेन्दुको योजना प्रदर्शनी हल र अन्तर्राष्ट्रिय मित्र शहर सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्ने कार्यक्रम छ । सोही दिन साँझ उनी चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रिभोजमा सरिक हुनेछन् ।

    उपप्रधानमन्त्री श्रेष्ठले शुक्रबार सिचवान विश्वविद्यालय नेतृत्वसँग भेटघाट गर्नुहुनेछ भने त्याहाँ अध्ययनरत चाइनिज, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई सम्बोधन मन्तव्य समेत दिनेछन् । त्यसपछि उनले विश्वविद्यालयको ‘हाइड्रोलिक्स’ र ‘माउन्ट रिभर इन्जिनियरिङ’ प्रयोगशालाको अवलोकन गर्नेछन् ।

    दिउँसो सिचुवान एयरलाइन्स र प्रान्तीय लगानी समूहका अधिकारीहरूलाई भेट्ने कार्यक्रम छ । शनिबार बिहान उनले भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित ‘हाइड्रो जक्सन’को अवलोकन भ्रमण गर्नेछन् । दिउँसो दुजियाङ्गानस्थित चीनकै पुरानो सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन भ्रमण गर्नेछन् ।

    शनिबार नै छेन्दु फर्किएर आइतबार बिहानको उडानमार्फत बिहान ११:१० बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछन् । प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृहमन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका संवाददाता अशोक घिमिरे र अङ्गरक्षक बाबुराम खरेल छन् ।

  • काठमाडौंका सहकारीले ३० दिन भित्र विवरण बुझाउनु पर्ने

    काठमाडौंका सहकारीले ३० दिन भित्र विवरण बुझाउनु पर्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो । पछिल्लो समय सहकारीमा संकट सिर्जना भएको बेला महानगर क्षेत्रका केही सहकारीले पनि साधारणसभाको जनाकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको विभागले जनाएको छ ।

    सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी दिइएको छ । ऐनको दफा २८ को उपदफा २ मा आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ मा तीन महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने, दफा ५२ मा उक्त विवरण बुझाउनु पर्ने व्यवस्था छ ।

    दफा ६६ मा सहकारीको विघटन वा दर्ता खारेजीसम्मको व्यवस्था छ । साथै, सूचनाबारे जानकारी दिंदै मेयर बालेन शाहले सहकारीले कानुनले निर्दिषट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गर्नुपर्न बताएका छन् । उनले निरन्तर रुपमा सहकारीको निगरानी गर्न बचतकर्तालाई पनि अनुरोध गरेका छन् ।

  • ललिता निवास प्रकरण: पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

    ललिता निवास प्रकरण: पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

    काठमाडौं । निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका छन् । शाह यो प्रकरणमा आज पक्राउ पर्ने सातौं व्यक्ति हुन्। यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित ६ जनालाई सीआईबीले पक्राउ गरेको थियो।  शाहले आफ्नी श्रीमतीको नाममा ललिता निवासको जग्गा किनेका थिए। तर, अख्तियारले सुधीरलाई जोगाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो।