भदौ १ देखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडीलाई बञ्चरेडाँडावासीले रोकेका छन् । काठमाडौंको फोहोर बोकेर बञ्चरेडाँडा गइरहेका गाडीलाई स्थानीयले अवरोध गरेपछि गाडीहरुको बाटोमै लाइन लागेको काठमाडौँ नगर प्रहरीले जनाएको छ । महानगरबाट फोहोर बोकेका करिब ६० वटा गाडीलाई स्थानीयले बाटोमै रोकेका हुन् । फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर… Continue reading भदौ १ देखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा

पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ

काठमाडौं । पशुपति क्षेत्रमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान नामक कार्यक्रम शुरु भएको छ । मन्दिर वरपर हरियाली र स्वच्छ बातावरणको परिकल्पनालाई फलदायी बनाउन नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ गरेका हुन् । श्रेष्ठले रुद्राक्षको बिरुवा रोपेर अभियानको शुभारम्भ गरे धार्मिक पर्यटकको मुख्य आकर्षण केन्द्र रहेको पशुपति मन्दिर परिसर लाई… Continue reading पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ

बञ्चरेडाँडाका स्थानीयले फेरि रोके फोहोर बोकेका गाडी

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले रोकेका छन् । फोहोर बोकेर गएका गाडीलाई स्थानीयले पूर्व-सूचनाबिना नै रोक लगाएको काठमाडौं महानगरपालिकाले जनाएको छ। महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गएको गाडी स्थानीयले ‘स्थानीय बासिन्दाले दुईतर्फी नै गुडाउन मिल्ने गरी सडक मर्मतको माग गर्दै रोक लगाएका छन् । काठमाडौं महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर… Continue reading बञ्चरेडाँडाका स्थानीयले फेरि रोके फोहोर बोकेका गाडी

देशभर अविरल वर्षा, नदी किनार र पहाडी भेगमा जोखिम

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर परेको अविरल वर्षाका कारण नदीहरुमा पानीको बहाव बढेको छ । यसले पहिरोको जोखिम रहेका पहाडी भेगमा समेत जोखिम अझ बढाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्का देखि मध्यम वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान… Continue reading देशभर अविरल वर्षा, नदी किनार र पहाडी भेगमा जोखिम

ठमेलमा अर्को कल सेन्टरमा प्रहरीको छापा, चार चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीले ठमेलमा सञ्चालित अर्को कल सेन्टरमा छापा हानेको छ । यो कर सेन्टर चिनियाँ नागरिकले चलाएको खुलेको छ । यसअघि तिलोत्तमा र तिनकुनेमा सञ्चालित कल सेन्टरबाट समेत भारतीय र चिनियाँ नागरिक पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले ज्याठामा भियना होटलसँगै रहेको भवनबाट चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाएको छ ।… Continue reading ठमेलमा अर्को कल सेन्टरमा प्रहरीको छापा, चार चिनियाँ नागरिक पक्राउ

काठमाडौंमा आजबाट फोहोर उठाउन शुरु गरिने, पुरै उठ्न समय लाग्ने

काठमाडौं । काठमाडौं महानगरपालिकामा एक सातादेखि ठप्प फोहोर उठाउने काय आजबाट शुरु हुँदैछ । महानगरपालिकाले घोषित एक साता र अघोषित रुपमा करीव एक महिनादेखि नै काठमाडौंका धेरै ठाउँमा फोहोर उठाएको छैन । महानगरले सूचना जारी गरेर आज बिहानैदेखि फोहोर संकलन सुरु गर्ने बताएको छ । फोहोर विसर्जनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक… Continue reading काठमाडौंमा आजबाट फोहोर उठाउन शुरु गरिने, पुरै उठ्न समय लाग्ने

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड बिहीबार नेपाल आउने

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दोस्रो पटक नेपाल भ्रमणमा आउने भएका छन् । उनी बिहीबार साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाएका छन् । नेपालले एसपीपीमा सहभागी नहुने निर्णय गरेपछि अमेरिकी उच्च अधिकारीको यो पहिलो भ्रमण हो । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण रद्द भएपछि उनी नेपाल आउन लागेका हुन्… Continue reading अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड बिहीबार नेपाल आउने

नेपालमा ५६४ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७७८ नमूनाको पीसीआरमा ४१८ र १६६७ नमूनाको एन्टिजेनमा १४६ जना गरी कूल ५६४ जनामा संक्रमण पुष्टी भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८५ हजार ३९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा ५६४ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

गृहले भन्यो-‘अलपत्र पर्ने क्रम बढ्यो, भिजिट भिसाको प्रलोभनमा विदेश गएर काम नगर्नू’

काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसाको प्रलोभनमा परेर विदेश गएर श्रम नगर्न आग्रह गरेको छ। अलपत्र पर्ने क्रम बढ्दै गएपछि गृहले बुधबार विज्ञिप्त जारी गर्दै उक्त आग्रह गरेको हो । विदेशमा रोजगारीका लागि जाने नेपालीहरुले सम्बन्धित निकायबाट प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लगायतका प्रक्रिया पूरा गरेरमात्र जान आग्रह गरेको हो। भिजिट भिसामा विदेश गएर काम गर्दा… Continue reading गृहले भन्यो-‘अलपत्र पर्ने क्रम बढ्यो, भिजिट भिसाको प्रलोभनमा विदेश गएर काम नगर्नू’

एसईईको नतिजा सार्वजनिक, कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ? (विवरणसहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। एसईई बोर्डले बुधवार नतिजा सार्वजनिक गरेको हो । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । नतिजा अनुसार ४ लाख… Continue reading एसईईको नतिजा सार्वजनिक, कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ? (विवरणसहित)

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) २३.८३ अंकले बढेर २१११.९९ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२७ कम्पनीको ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

चार जिल्लाका ३६ जनामा हैजा संक्रमण पुष्टी, सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकाको तीन जिल्लासहित नुवाकोटको ककनीमा समेत हैजाको संक्रमित भेटिएका छन् । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार जिल्लाका ३६ जनामा हैजा संक्रमण पुष्टी भएको हो । काठमाडौंकै चन्द्रागिरि, कीर्तिपुर र बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा पनि हैजा संक्रमण भेटिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंकै… Continue reading चार जिल्लाका ३६ जनामा हैजा संक्रमण पुष्टी, सतर्कता अपनाउन आग्रह

ग्वार्कोमा गुडिरहेको बस ट्याक्सीमाथि पल्टिएपछि…

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिएको छ । बुधबार बिहानबा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टेको हो। सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस अनियन्त्रित भई ग्वार्कोबाट आउँदै गरेको माछा बोकेको डीआइ गाडीलाई ठक्कर दिएर ट्याक्सीमाथि पल्टिएको प्रहरीले जनाएको छ। बस पल्‍टिएपछि एउटा मोटरसाइकल पनि लडेको प्रहरीले… Continue reading ग्वार्कोमा गुडिरहेको बस ट्याक्सीमाथि पल्टिएपछि…

तलव बढाउन माग गर्दै कर्मचारी हड्तालमा, लुफ्थान्साका एक हजार उडान रद्द

Lufthansa air

बर्लिन । तलव बढाउन माग गर्दै विमानस्थलमा काम गर्ने कर्मचारीले हडतालको घोषणा गरेपछि लुफ्थान्सा एयरका १ हजार भन्दा बढी उडान रद्द भएका छन् । बुधबार फ्रान्कफर्ट र म्युनिखबाट हुने सबै उडान रद्द भएको कम्पनीले जनाएको छ । समाचार संस्था एपीका अनुसार ‘ग्राउन्ड स्टाफ’ले गरेको हडतालका कारण डेढ लाखभन्दा बढी यात्रुको उडान रद्द भएको छ ।… Continue reading तलव बढाउन माग गर्दै कर्मचारी हड्तालमा, लुफ्थान्साका एक हजार उडान रद्द

पूर्वी नेपालमा आज ठूलो वर्षा, नदीमा पानीको बहाव बढ्ने

काठमाडौं । देशका विभिन्न स्थानमा मंगलबार रातीबाट अविरल वर्षा भइरहेको छ । काठमाडौं र यसबाट पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी परेको छ । पूर्वी क्षेत्रमा मनसुनी न्यून चापीय रेखा सरदर ठाउँको आसपासमा नै रहेकाले त्यस क्षेत्रमा ठूलो वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्लो ३\४ घण्टादेखि झापा, मोरङ, सुनसरी, सप्तरी,… Continue reading पूर्वी नेपालमा आज ठूलो वर्षा, नदीमा पानीको बहाव बढ्ने

एसईई परीक्षाको रिजल्ट सार्वजनिक हुँदै, कसरी हेर्ने नतिजा ?

फाइल तस्वीर

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी छ । दिउँसो २ बजे बस्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेछ । शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो । कोभिडका कारण दुई वर्षपछि… Continue reading एसईई परीक्षाको रिजल्ट सार्वजनिक हुँदै, कसरी हेर्ने नतिजा ?

सूचना लुकाउने परीक्षा नियन्त्रकलाई २० हजार जरिवाना

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले बीस हजार जरिवाना गर्ने निर्णय गरेको छ। मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीसहित बसेको आयोगको इजलासले सूचना नदिएको भन्दै सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा १ बमोजिम जरिवाना… Continue reading सूचना लुकाउने परीक्षा नियन्त्रकलाई २० हजार जरिवाना

बढ्यो कोरोना संक्रमण, एकै दिन ६३८ जनामा पुष्टी

नेपालमा कोरोना भाइरसको संक्रमण बढेको छ । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४०० जना र २ हजार… Continue reading बढ्यो कोरोना संक्रमण, एकै दिन ६३८ जनामा पुष्टी

स्थानीय तह निर्वाचनमा आयोगको खर्च ५ अर्ब ४ करोड

काठमाडौं । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगले मात्र ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७६ रुपैयाँ खर्च गरेको छ । निर्वाचन आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्राविधिक तथा व्यवस्थापकीय क्षेत्रमा सो रकम खर्च भएको जानकारी गराएको हो । निर्वाचनको सुरक्षासम्बन्धी खर्च यसमा जोडिएको छैन । आयोगका अनुसार स्थानीय… Continue reading स्थानीय तह निर्वाचनमा आयोगको खर्च ५ अर्ब ४ करोड

अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर, तर मान्छे चिनिएनन्

काठमाडौं । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश भएको आरोप लागेपछि निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्नए गठन भएको संसदीय छानविन विशेष समितिले नेपाल प्रंहरीबाट प्राप्त अर्थमन्त्रालयको सीसीटीभी फुटेजको सिलबन्दी मंगलबार खोलेको छ । जसमा प्रहरीले सीसीटीभी क्यामराको डिलिट भएको अंश समेत रिकभर भएको छ । तर, रिकभर भएको फुटेजमा मान्छे भने नचिनिने अवस्था आएसँगै अन्ततः… Continue reading अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर, तर मान्छे चिनिएनन्

नेपालमा ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोगमा पूर्ण प्रतिवन्ध

काठमाडौं । सरकारले प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको छ । कानूनी रुपमा यस अघि नै प्रतिवन्ध लागेको भएपनि प्रयोगमा भने निषेध गरिएको थिएन । ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोग बढेपछि सरकार भदौ १ देखि फेरि कडाइ गर्ने भएको छ । कोरोना महामारीमा कानून कार्यानन्वयन फितलो बनेको थियो ।… Continue reading नेपालमा ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोगमा पूर्ण प्रतिवन्ध

सल्लाघारीमा सडक किनारका २१ वटा रुख काटियो

काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर किच्दा ३ जनाको मृत्‍यु भएपछि सडक छेउका २१ वटा रुख काटेर पन्छाइएको छ । जिल्ला प्रहरी कार्यायालय भक्तपुरका अनुसार डिभिजन वन कार्यालय भक्तपुरका कर्मचारीले सल्लाघारी सडक क्षेत्रका रुख काटेका हुन् । सोमबार मात्र डिभिजन वन कार्यालय भक्तपुरले बिहानै ४ बजेदेखि २१ वटा रुख काटेर पन्छाएको हो । आइतबार सल्लाको… Continue reading सल्लाघारीमा सडक किनारका २१ वटा रुख काटियो

एमाले छाडेर कांग्रेस बनेका भुवन केसी बने चलचित्र विकास बोर्डको अध्यक्ष

काठमाडौं । सरकारले नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । उनी केही महिना अगाडीमात्र एमाले छाडेर कांग्रेस प्रवेश गरेका थिए । बोर्डको अध्यक्ष पदका लागि सार्वजनिक गरिएको १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो । केसीसहित अरुणकुमार प्रधान,… Continue reading एमाले छाडेर कांग्रेस बनेका भुवन केसी बने चलचित्र विकास बोर्डको अध्यक्ष

इन्द्रावती खोलाले बगाउँदा दुई जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा इन्द्रावती खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ । मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी र इन्द्रावती गाउँपालिका ५ नयाँवस्ती जोड्ने झोलुंगेपुल पार गरेर पैदल हिँड्दा चौतारा साँगाचोकगढी नगरपालिका(७ सानोसिरुबारीकी ५० वर्षकी गोमादेवी धिताल र ५ वर्षका विशेष चालिसे चिप्लेर इन्द्रावती खोलामा खसेका थिए । खोलामा बेपत्ता भएका बालक चालिसेको शव २ किलोमिटर तल र… Continue reading इन्द्रावती खोलाले बगाउँदा दुई जनाको मृत्यु

नेपालमा थप ५६८ जनामा कोरोना पुष्टी, ९५ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०८४ नमूनाको पीसीआरमा ४३५ र १७१६ नमूनाको एन्टिजेनमा ११५ जना गरी कूल ५६८ जनामा संक्रमण पुष्टी भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८४ हजार ७५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप ५६८ जनामा कोरोना पुष्टी, ९५ जना संक्रमण मुक्त

गायिका दिलमायाको हत्या अभियुक्त जेल चलान

काठमाडौं । लोक गायिका दिलमाया सुनारको हत्या अभियोगमा पक्राउ परेका खिलबहादुर श्रेष्ठलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ । जिल्ला अदालत काठमडौंले आइतबारको बहसपछि उनलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो । असार ११ गते काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ११ नेपालटारस्थित कोठामा उनी मृत भेटिएकी थिइन् । घटना आत्महत्या नभएर हत्या भएको विभिन्न… Continue reading गायिका दिलमायाको हत्या अभियुक्त जेल चलान

भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले लिइन् शपथ

काठमाडौं । भारतको १५औँ राष्ट्रपतिमा चुनिएकी द्रौपदी मुर्मुले आज शपथ लिएकी छिन् । मुर्मु आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो भारतीय महिला हुन् । शपथपछि मुर्मुलाई २१ तोपको सलामी दिइएको छ । उनले राष्ट्रका नाममा सम्बोधन गरेपछि र पदभार ग्रहण गर्ने छिन् । सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट मुर्मु राष्ट्रपति पदमा निर्वाचित भएकी हुन् । मुर्मु… Continue reading भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले लिइन् शपथ

पाल्पा दुर्घटनामा मृतक र घाइते सबैको पहिचान

पाल्पा । पाल्पाको लघुवामा आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाएका ६ जना र घाइते सबैको पहिचान भएको छ । बाग्लुङको बुर्तिवाङबाट बुटवलका लागि आइरहेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मी चन्द्रकोट–८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट–४ का ४० वर्षीय लालबहादुर… Continue reading पाल्पा दुर्घटनामा मृतक र घाइते सबैको पहिचान

श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

चितवन । चितवनमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरी घरको तीन तलामाथिबाट हाम फाल्दा श्रीमान्‌को पनि ज्यान गएको छ । गम्भीर घाइते भएका श्रीमान्‌–श्रीमती दुवै जनाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिकन १० रमाइलो चोकमा आइतबार राति साढे १० बजेतिर ४३ वर्षीय कृष्ण आचार्यले ३५… Continue reading श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

सिन्धुपाल्चोकमा भूकम्प, काठमाडौंसम्मै धक्का

काठमाडौं । सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गएको छ । बिहान ६ बजे जिल्लाको हेलम्बुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका सहाय प्राविधिक राजेश शर्माका अनुसार ४.७ म्याग्नेच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकसहित काठमाडौं र अन्य छिमेकी जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको छ ।