Category: समाचार

  • एलओडीका अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पक्राउ

    एलओडीका अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पक्राउ

    काठमाडौं । उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्डस् अफ ड्रिंक्स) का अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि पक्राउ परेका छन् ।

    एलओडीमा १५ वर्षीया किशोरीलाई प्रवेश गराएरको आरोपमा रुदिललाई पक्राउ गरिएको हो ।

    यसअघि सोही क्लबका अर्का सञ्चालक राजुसिंह सुवाल मादक पदार्थ खुवाई ती बालिकालाई ललितपुर पुर्‍याएर बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

  • ललिता निवास प्रकरण : चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

    ललिता निवास प्रकरण : चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

    उनका अनुसार पूर्वसहसचिव सुधीर साह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात भने फरार छन्।

    ललिता निवास प्रकरणमा चारजना पूर्वसचिवविरुद्ध प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको हो। ललिता निवासको एक सय १४ रोपनी जग्गा व्यक्तिको नाममा कीर्ते गरेर किनबेच गर्नेमाथि प्रहरीले फेरि अनुसन्धान सुरु गरेको हो। रासस

    ललिता निवास प्रकरण : चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी
    काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

    ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

    उनका अनुसार पूर्वसहसचिव सुधीर साह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात भने फरार छन्।

    ललिता निवास प्रकरणमा चारजना पूर्वसचिवविरुद्ध प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको हो। ललिता निवासको एक सय १४ रोपनी जग्गा व्यक्तिको नाममा कीर्ते गरेर किनबेच गर्नेमाथि प्रहरीले फेरि अनुसन्धान सुरु गरेको हो। रासस

  • वार्षिक १ लाखका दरले बेरोजगारी घटाउने आयोगको लक्ष्य

    वार्षिक १ लाखका दरले बेरोजगारी घटाउने आयोगको लक्ष्य

    काठमाडौं । राष्ट्रिय योजना आयोगले २०८६ सालसम्म नेपालमा बेरोजगारीको सङ्ख्या वार्षिक तीन लाखमा झार्ने योजना ल्याएको छ । यस अनुसार वार्षिक १ लाखका दरले बेरोजगारी घट्नु पर्छ । अहिले देशैभर ९ लाख बेरोजगार रहेको अनुमान छ । आयोगका सदस्य डा. रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिको मानव संसाधन विकास योजनासम्बन्धी मस्यौदा प्रतिवेदनले यस्तो योजना प्रस्तुत गरेको हो ।

    समितिले हाल नेपालमा करिब नौ लाख बेरोजगार रहेकामा २०८६ सालसम्म यो दरलाई घटाएर तीन लाखमा झार्ने भनेको छ । नेपालको विद्यामान बेरोजगारीको दरलाई तीन लाखमा झार्न सरकार एक्लैको प्रयासले मात्रै सम्भव नहुने भएकाले सार्वजनिक र निजी क्षेत्रमा रोजगारीको विस्तार गर्ने, सिपमूलक तालिमको विस्तार गर्न सकेमा यो योजना सफल हुने प्रतिवेदनमा उल्लेख छ । यसका लागि सिपयुक्त रोजगारी सिर्जना गर्न विभिन्न १४ वटा कार्यक्षेत्रभित्र रहेर विभिन्न सुझाव प्रस्तुत गरिएको छ ।

    उक्त समितिले नेपालको विद्यमान मानव संसाधनको अवस्था, रोजगारी र बेरोजगारीको अवस्थाबारेमा अध्ययन गरेको सुझाव दिएको जनाएको छ । सो समितिले समग्र मानव संसाधन विकास योजना तर्जुमालाई अगाडि बढाउन कार्यसर्तसमेत तोकेको जनाएको छ । सो समितिका संयोजक पौडेलले समितिले तयार गरेको प्रतिवेदनलाई थप परिष्कृत र यथार्थ बनाउन निर्देशक समितिका सदस्यहरूबाट प्राप्त सुझावलाई समावेश गर्न सकिने बताए ।

    आयोगले समग्र मानव संसाधन विकास योजना तर्जुमालाई अगाडि बढाउनका लागि केही समयपहिले आयोगका सदस्य डा। रमेश पौडेलको संयोजकत्वमा मानव संसाधन विकास योजनासम्बन्धी प्रतिवेदन तयार गर्ने योजना अगाडि सारेको थियो । सोही योजना अनुरूप समितिले प्रतिवेदन तयार गरेको जनाइएको छ ।

    आयोगका सदस्य डा. पौडेलको संयोजकत्वमा गठित सो समतिमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला मन्त्रालय साथै विश्वविद्यालय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, निजी क्षेत्रका विद्यालयलगायतको प्रतिनिधित्व रहेको छ । समितिमा निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल सदस्यका रूपमा छन् ।

    योजना आयोगका अनुसार नेपालले पनि सन् २०३० सम्म बेरोजगारीको दरलाई १० प्रतिशतमा झार्ने लक्ष्यसहित काम गरेको छ । यद्यपि नेपालजस्ता विकासोन्मुख देशलाई यसले लिएको लक्ष्य प्राप्त गर्न सजिलो छैन ।

  • मनसुनले देशैभर वर्षाको सम्भावना

    मनसुनले देशैभर वर्षाको सम्भावना

    काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन-चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ। देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

    राति कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित भारी वर्षा हुने महाशाखाको आकलन छ। देशको तराई भू(भागका केही स्थानहरूमा रातिपनि हावाहुरीको पनि सम्भावना रहेको छ।

    वर्षााले त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ। तसर्थ भारी वर्षा, मेघ-गर्जन-चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • कक्षा ११ मा छात्रवृत्तिको कोटा निर्धारण गरी विवरण बुझाउन महानगरको विद्यालयहरुलाई ताकेता

    कक्षा ११ मा छात्रवृत्तिको कोटा निर्धारण गरी विवरण बुझाउन महानगरको विद्यालयहरुलाई ताकेता

    काठमाडौं । कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गरेर त्यसको विवरण बुझाउन काठमाडौं महानगरपालिकाले निजी शिक्षण संस्थालाई निर्देशन दिएको छ। कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थालाई निर्देशन दिइएको काठमाडौं महानगरले सूचना प्रकाशित गरेर भनेको छ।

    ‘यस प्रयोजनका लागि काठमाडौँ महानगरपालिकाअन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९र०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको संख्या आषाढ मसान्तभित्र पठाउनुहुन सूचित गरिन्छ,’ महानगरले भनेको छ।

    क्यूआर स्क्यान गरेर महानगरपालिकाको वेब पेजको सूचना परिपत्र खण्डमा गएर पत्रमा क्लिक गरेपछि खुल्ने पेजको अन्तिममा देखिने फारममा विवरण भर्न महानगरले बताएको छ। यसैबीच काठमाडौं महानगरले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम तय गर्न सबै शिक्षण संस्थालाई निर्देशन दिएको छ।

    ‘राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा प्रकाशन भइसकेको छ। विगतमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा शिक्षण संस्थाहरूले फरक फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गर्ने गरेको अनुभव छ। यसबाट देशका दूर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौँ आउने विद्यार्थीहरू आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ,’ उसले भनेको छ।

  • श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

    श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

    काठमाडौं । इलाममा एक पुरुषले श्रीमतीको हत्या गरी आफैंले पनि आत्महत्या गरेका छन्। माईजोगमाई २ टारसिंहका पिताम्बर खतिवडाले ५२ वर्षीया राधिका खतिवडाको हत्या गरी आफैंले पनि आत्महत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    राधिका पिताम्बरका जेठी श्रीमती हुन् । गतराति करिब साढे १० बजेतिर अचानक चिच्याएको आवाज सुनेपछि छिमेकीहरू घरमा गएका थिए। घरभित्र चुकुल लगाएकै अवस्थामा श्रीमती राधिका लडिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

    छिमेकीहरूको खबरपछि प्रहरी चौकी गोर्खेबाट प्रहरी सहायक निरीक्षक मदन बस्नेतको कमान्डमा ३ जनाको टोली घटनास्थल पुगेको थियो। साथै प्रहरी चौकी जौबारीबाटसमेत प्रहरी सहायक निरीक्षक धनप्रसाद रिमालको कमान्डमा दुई जना प्रहरी घटना स्थल पुगेको थियो। श्रीमती राधिकाको घटनास्थलमा नै मृत्यु भएको इलामका प्रहरी प्रमुख दिलिपकुमार घिमिरेले जानकारी दिए। उनका अनुसार श्रीमती राधिकाको बायाँ गालाको भागमा दुईवटा गहिरो चोट लागेको फेला परेको छ। प्रहरीले धारिलो हतियारको प्रयोग भएको हुन सक्ने बताएको छ।

    श्रीमतीको हत्यापछि घर नजिकैको रूखमा गएर खतिवडाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ। आमाको हत्या बुवाले नै गरेको १४ वर्षीया छोरी रचना खतिवडाले बताएको प्रहरीे जानकारी दिएको छ। घटनास्थल सुरक्षित राखिएको प्रहरीको भनाई छ ।

  • एसईईको प्रमाणपत्र ६ महिना भित्र सच्याउन सकिने

    एसईईको प्रमाणपत्र ६ महिना भित्र सच्याउन सकिने

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा अबको ६ महिनाभित्र सच्याउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले प्रमाण पत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष निवेदन दिनुपर्नेछ ।

    प्राप्त निवेदन अनुसार प्रमुख जिल्ला अधिकारीले फैसला पर्चा र सिफारिस गरेको आधारमा मात्रै बोर्डले नाम, थर र जन्ममिति सच्याउन मिल्छ । यदि छ महिना ढिला भएको अवस्थामा सीडीओले पनि फैसला पर्चा बनाउन नमिल्ने नियमले उल्लेख गरेको छ ।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, ‘अहिलेको अवस्थामा प्रमाण पत्र पाएको ६ महिनाभित्र मात्रै सच्याउन सकिने अवस्था छ । त्यसैले यदि कसैको सच्याउन पर्ने भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीको फैसला पर्चा र सिफारिस लिएर आउनु हुन अनुरोध छ ।’ यदि कसैले नागरिकता प्रमाण पत्र लिइसकेको र सोही अनुसार सच्याउन पर्ने भए पनि ६ महिनाभित्रै सच्याउनको लागि निवेदन दिनुपर्नेछ ।

    ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार नागरिकता प्रमाणपत्रमा उमेर, नाम र जात संशोधन गर्न सीडीओले संशोधन गर्नुको आधारहरू समेत उल्लेख गरेर संशोधन भएको थर ठहर्ने गरी निर्णय गरेको भन्ने फैसला पर्चा खडा गरी नियमावली अनुसार परीक्षा नियन्त्रण कार्यालयलाई थर सच्याउनको लागि सिफारिस सहित पठाउनुपर्छ । यी सबै प्रमाणहरू जुटाएर एसईईको प्रमाण पत्र पाएको ६ महिना भित्रै बोर्डमा आइपुग्नुपर्ने हुन्छ ।

    बोर्डको अनुसार ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ व्यवस्थाबारे विद्यालय, विद्यार्थी, अभिभावक तथा शैक्षिक संघसंस्थाहरू जानकार नहुँदा धेरै विद्यार्थी समस्यामा परेका छन् । तोकिएको समयावधि भन्दा ढिलो सच्याउन आउने विद्यार्थीको संख्या धेरै भए पनि नीति संशोधन नहुँदा विद्यार्थीको समस्या समाधान हुन नसकेको बोर्डले जनाएको छ ।

  • अनावश्यक विषय विपक्षीले संसदमा उठाइरहेको सरकारको प्रतिक्रिया

    अनावश्यक विषय विपक्षीले संसदमा उठाइरहेको सरकारको प्रतिक्रिया

    काठमाडौं । पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ।
    बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने बताइन्।

    कार्यक्रममा प्रधानमन्त्रीले कुनै अन्यथा नबोलेको पनि बताइन्। उनले सो विषय बेकारको विषय भएकाले संसदमा उठाउनुपर्ने आवश्यकता नै नरहेको बताइन्। उनले प्रतिपक्षी दलका कारण सरकारले मिटरब्याजीविरूद्धको विधेयक संसदबाट पास गर्न नपाएको आरोपसमेत लगाइन्।


    उनले भनिन्, ‘विपक्षीहरूले खास गरेर प्रधानमन्त्रीज्यूले एउटा पुस्तक विमोचनमा बोल्नुभएको कुरालाई आधार बनाएर संसदभित्र जुन राजीनामाको माग गरी संसद अवरूद्ध गर्नुभएको छ र संसद अवरूद्ध गरिरहँदा जुन हामीले ल्याएको अध्यादेश थियो, जुन मिटरब्याजसम्बन्धी त्यसको हिजो अन्तिम दिन थियो, त्यो निष्क्रिय हुन पुगेको छ। प्रधानमन्त्रीले राजीनामा दिने कि नदिने भन्ने विषय हो, यो विषय नै त्यस्तो होइन कि राजीनामा दिनुपर्ने।’

    उनले अगाडि भनिन्, ‘एउटा कार्यक्रममा गएर बोलेको विषयलाई आधार बनाएर प्रधानमन्त्रीज्यूले अन्यथा बोलेको हामीलाई लाग्दैन। प्रधानमन्त्रीज्यूले विभिन्न ढंगले प्रधानमन्त्री बनाउन लाग्नुभएको भन्नेकुरा धेरै पहिलाको कुरा हो, त्यसका विषयमा उहाँलाई उल्लेख गर्नुभएको हो। जो व्यक्ति आजका दिनसम्म आइपुग्दासम्म जसरी मिडियामा बोलिसक्नुभएको छ, त्यो विषय पनि बेकार हो। यो उठाउनुपर्ने विषय होइन, भन्ने नै प्रमाणित भएको, त्यसैले यो विषयले प्रधानमन्त्रीको राजीनामा सोच्न सकिने विषय होइन। राजीनामा दिनुहुन्न।’ मन्त्री शर्माले यस्ता विषयमा प्रधानमन्त्रीको राजीनामा सोच्न नसकिने बताइन्।

  • कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

    कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

    काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।

    प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८(२) बमोजिम दुई वा दुई भन्दा दुई दलका तर्फबाट दाबी पेस भएपछि थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए । असार १५ गते एमालेका हिक्मत कार्कीले विश्वासको मत लिन नसकेपछि सरकार ढलेको थियो ।

    कोशीमा कांग्रेसबाट मुख्यमन्त्री बन्ने थापा पहिलो व्यक्ति हुन्। यसअघिका चारै जना मुख्यमन्त्री कम्युनिष्ट पार्टी थिए। उनी अघिका चार जना मुख्यमन्त्रीहरूमध्ये शेरधन राई, भीम आचार्य र हिक्मत कार्की एमालेका र राजेन्द्र राई नेकपा एकीकृत समाजवादीका हुन्।

  • सभामुखसहित गनेर कोशीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी पेस

    सभामुखसहित गनेर कोशीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी पेस

    काठमाडौं । गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीको रूपमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले दाबी प्रस्तुत गरेका छन् ।

    यहाँ गठबन्धनसँग ४६ सांसद छन् । एमाले-राप्रपासँग पनि ४६ नै सीट रहेको छ । राप्रपाले गठबन्धनलाई साथ नदिएपछि सभामुख बाबुराम गौतमलाई माओवादी सांसद गनेर बहुमत संख्या पुर्‍याएर सरकारको दाबी गरेका हुन् ।

    थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाका १ सांसदको समर्थन छ । मुख्यमन्त्री नियुक्त हुन सभामुखलाई समेत गणना गरिएको छ ।

    प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८(२) बमोजिम दुई वा दुई भन्दा दुई दलका तर्फबाट दाबी पेस गर्न आज ५ बजेसम्मको समय दिएका थिए । असार १५ गते एमालेका हिक्मत कार्कीले विश्वासको मत लिन नसकेपछि सरकार ढलेको थियो ।

  • एसईईको नतिजा: २२ हजार ४७५ ले ल्याए ४ जीपीए, कुनमा कति ?

    एसईईको नतिजा: २२ हजार ४७५ ले ल्याए ४ जीपीए, कुनमा कति ?

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाअनुसार २२ हजार ४७५ ले ल्याए ४ जीपीए ल्याएका छन् ।

    बोर्डले पत्रकार सम्मेलन मार्फत उक्त जनाकारी दिएको हो । त्यस्तै, जीपीए ३.२० देखि ३.६० सम्म ५५ हजार ६९, २.८० देखि ३.२० सम्म ७२ हजार ३६२, २.४० देखि २.८० सम्म ८९ हजार ३३१ २.०० देखि २.४० सम्म १ लाख २ हजार २९३, १.६० देखि २.०० सम्म ८८ हजार ४४७, १.२० देखि १.६० सम्म ३८ हजार ७७० र ०.८० देखि १.२० सम्म २२ सय जनाले प्राप्त गरेका छन् ।

    २०७९ चैत १७ गतेदेखि भएकोे एसईईमा चार लाख ८४ हजार ९३९ विद्यार्थी सहभागी थिए । विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ ।

    नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ ।

  • एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

    एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल (नतिजा) प्रकाशन गरेको छ।

    २०७९ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा बेवसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन हुने बोर्डले जनाएको छ। अबको केही समयपछि बेवसाइट, एसएमएस र आईभीआरमार्फत् आफ्नो नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

    परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ ।

    एसईईको परीक्षा गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा भएको थियो । परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीहरु सहभागी भएका थिए ।

    एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

  • प्रधानमन्त्रीको सचिवालयले भन्यो- ‘भावनात्मक अभिव्यक्तिलाई राजनीतिकरण गर्नु दुःखद्’

    प्रधानमन्त्रीको सचिवालयले भन्यो- ‘भावनात्मक अभिव्यक्तिलाई राजनीतिकरण गर्नु दुःखद्’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले भावनात्मक अभिव्यक्तिलाई राजनीतिकरण गर्नु निरर्थक भएको बताएको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यद्वारा जारी प्रेस नोटमा भनिएको छ “सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिशयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैँमा निरर्थक र दुखद् छ ।”

    अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएको सचिवालयलको ठहर छ । “पुस्तक विमोचनको प्रसंगलाई लिएर प्रमुख प्रतिपक्षी दलले नियोजितरूपमा संसद् अवरोध गर्दा मिटरब्याजीहरूलाई कारबाही गर्न ल्याइएको विधेयक संसद्‌बाट पारित नभई निस्क्रिय भएको छ, जसबाट मिटरब्याज पीडित लाखौँ नेपाली किसानहरूको न्यायप्राप्तिको अपेक्षामा गम्भीर आघात पुगेको छ, यसप्रति हामी गहिरो दुःख व्यक्त गर्दै पीडित किसानहरूको न्यायको पक्षमा आवश्यक पहल लिने प्रतिबद्धता व्यक्त गर्दछौँ,” नोटमा भनिएको छ ।

    ‘संसदवाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव संघीय संसदप्रति जवाफदेही हुनुहुन्छ । संसदमा प्रष्टिकरणको मौकासमेत नदिई उहाँको भनाईको आसय विपरित एकपक्षीय ढंगले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण छ,’ जारी प्रेस नोटमा उल्लेख गरिएको छ, ‘दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट ‘केही हुँदैन’ भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा ‘गरे हुने रहेछ’ भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ ।’

  • ५ महिनामै धमला पत्नी एलिजाले गरिन् नागरिक उन्मुक्ति पार्टी परित्याग

    ५ महिनामै धमला पत्नी एलिजाले गरिन् नागरिक उन्मुक्ति पार्टी परित्याग

    काठमाडौं । पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमले नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी छिन् ।

    गत माघमा नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी उनले बिहीबार फेसबुकमा एक पोस्टमार्फत् राजनीतिबाट विदा लिएको जानकारी गराएकी हुन् ।

    मोडल तथा कलाकार समेत रहेकी गौतमले बिहीबार धरान उपमहानगरपालिकाका मेयर हर्क हर्क साम्पाङसँग वृक्षरोपण गरेको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै सक्रिय राजनीतिबाट विश्राम लिएको बताएकी हुन् ।

    साम्पाङको वृक्षारोपण अभियानमा सघाउँदै गर्दाको तस्बिरहरु सेअर गर्दै उनले लेखेकी छन्, ‘मेरा आगामी दिन समाज सेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।’ उनले दलको सक्रिय राजनीति गर्नेहरुलाई एकपटक धरान पुगेर मेयर साम्पाङको काम हेर्न समेत अनुरोध गरेकी छन् ।

    उनले लेखेकी छिन् , ‘दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु।’

  • महानिर्देशक अधिकारीलाई दोस्रो पटक सोधियो तीनदिने स्पष्टीकरण

    महानिर्देशक अधिकारीलाई दोस्रो पटक सोधियो तीनदिने स्पष्टीकरण

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दोस्रो स्पष्टीकरण सोधेका छन् ।

    मन्त्री किरातीले सोधको पत्रको जवाफ दिन अस्वीकार गरेका अधिकारीलाई मन्त्रालयले दोस्रो पटक तीन दिने स्पष्टीकरण सोधेको हो ।

    मन्त्री किरातीले असार ११ गते मन्त्रीस्तरिय निर्णय गर्दै महानिर्देशक अधिकारीसँग पहिलोपटक ९ बुँदे प्रश्न सोधका थिए । ७ दिनभित्र जवाफ दिन निर्देशन दिए पनि आफूलाई मन्त्रीले प्रश्न सोध्न नपाउने तर्क गर्दै अधिकारीले मन्त्रीले सोधको जवाफ दिन अस्वीकार गरेका थिए ।

    विभिन्न सञ्चार माध्यममा अधिकारीले आफूलाई मन्त्रिपरिषदले नियुक्त गरेकाले मन्त्रिपरिषद्ले नै स्पष्टीकरण सोध्नु पर्ने बताएका थिए । अब तीन दिन भित्र पनि जवाफ नआएमा भने कानून अनुसार प्रक्रिया अगाडि बढ्ने स्पष्टीकरण पत्रमा उल्लेख छ ।

  • एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी

    एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी

    काठमाडौं। काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

    ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। क्लबमा बलिका प्रवेश गराएको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।

    पक्राउ पुर्जी जारी भएसँगै ललितपुर प्रहरी परिसरले उनीहरुको खोजी गरिरहेको छ। गत ३१ जेठमा एलओडीमा छिरेकी १६ वर्षीया बालिका सानेपामा बलात्कृत भएकी थिइन्।

    सोही घटनाले एलओडीका सञ्चालकद्वय श्रेष्ठ र सुवाललाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन प्रहरीले खोजिरहेको हो।

  • सत्ता गठबन्धनले भन्यो-‘प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय’

    सत्ता गठबन्धनले भन्यो-‘प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय’

    काठमाडौं। सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने प्रमुख प्रतिपक्षी दल एमालेको कमद असंसदीय भएको ठहर गरेको छ।

    बिहीबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय भएको ठहर गरेको हो। सो बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने निर्णय पनि गरेको छ।

    आफूलाई प्रधानमन्त्री बनााउन प्रितम सिंह धेरैपटक दिल्ली जानु भएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले राजीनामा मागेको छ। प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै एमालेले बुधबार संघीय संसदका दुवै सदन अवरुद्ध गरेको थियो।

    यसपछि बिहीबार बिहान बसेको सत्तारुढ गठबन्धन बैठकले एमालेको कदम असंसदीय भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुनपर्ने निर्णय गरेको हो।

    बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायतका नेताहरु सहभागी थिए।

  • यो दशककै लामो दिन आज

    यो दशककै लामो दिन आज

    काठमाडौं । बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले यस्तो बताएको हो ।

    समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको बताउँदै पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति कम हुने विज्ञप्तिमा उल्लेख गरेका छन् । पृथ्वी र सूर्यबिचको दुरी करिब १५ करोड किलोमिटर छ । बिहीबार दुवैबिचको दुरी करिब १५ करोड २० लाख किलोमिटर हुने छ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ ।

    उनले सूर्यबाट टाढा पुग्दा पृथ्वीको घुम्ने गति पनि कम हुने हुँदा दिन लामो हुने बताए । सूर्यको नजिक पुग्दा पृथ्वीको घुम्ने गति छिटो हुन्छ । “पृथ्वी सूर्यबाट सबैभन्दा टाढाको बिन्दुमा पुगेको समयमा सबैभन्दा बढी गर्मी हुन्छ,” समितिका कार्यकारी निर्देशक डा. शर्माले भने, “पृथ्वी आफ्नो अक्षमा २३.५ डिग्री झुकेको हुनाले यस्तो हुन जान्छ ।

    असार २१ गते पृथ्वी सूर्यबाट टाढा रहे पनि २३.५ डिग्री सूर्यतिर झुक्ने हुँदा यसले सूर्यको पूर्ण चमक र प्रकाशलाई अत्यधिक ग्रहण गर्न सक्षम हुन जान्छ र उत्तरी ध्रुवमा सबैभन्दा बढी गर्मी अनुभूति हुन्छ ।” उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्ति बसोबास गर्छन् भने १० प्रतिशत मात्र दक्षिणी ध्रुवमा बसोबास गर्छन् । यही समयमा सूर्यबाट टाढा झुकेको हुनाले दक्षिणी ध्रुवमा दिन छोटो, रात लामो र चिसो हुन जान्छ ।

  • माधव नेपालले भेटे श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री

    माधव नेपालले भेटे श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री

    काठमाडौं । श्रीलङ्का भ्रमणमा रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन्।
    बुधबार श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमसिङ्घेको निवासमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धका विभिन्न पक्षमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।

    यस्तै अध्यक्ष नेपालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवर्द्धनेसँग पनि बुधबार साँझ भेटवार्ता गरे। प्रधानमन्त्री निवासमा भएको भेटमा दुई देशको भाइचारा सम्बन्ध, एशियाका मुलुकमा विकसित घटनाक्रमबारे वार्ता भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।

    भेटमा नेपाल र श्रीलङ्काबीच पुरानो मित्रता रहेको बताउँदै दुवै देशले एकअर्कालाई आवश्यक सरसहयोग गर्न सकिने विषयमा पनि छलफल भएको बताइएको छ। अध्यक्ष नेपाल श्रीलङ्कन कम्युनिष्ट पार्टीको ८०औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एशियाका कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन सोमबार श्रीलङ्का प्रस्थान गरेका थिए।

    rss

  • केही दिन देखिको लगातारको वर्षा थामियो, कस्तो रहला मौसम ?

    केही दिन देखिको लगातारको वर्षा थामियो, कस्तो रहला मौसम ?

    काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली, गण्डकी, बागमती, र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। अन्य स्थानमा हल्कादेखि मध्यम वर्षाकोसम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। त्यस्तै राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन-चट्याङ्ग सहित भारी वर्षाको र तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ।

    वर्षा र हावाहुरीले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ। त्यसकारण भारी वर्षा, मेघ-गर्जन-चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • आफ्नै अभिव्यक्तिका कारण संकटमा प्रधानमन्त्री

    आफ्नै अभिव्यक्तिका कारण संकटमा प्रधानमन्त्री

    काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड संकटमा परेका छन् । गत सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उनको राजीनामा मागेको छ ।

    बुधबार संघीय संसदको दुवै सदन अवरोध गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो । ‘प्रधानमन्त्रीले जे बोल्नुभयो, नैतिकताका आधारमा उहाँ प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, उहाँले राजीनामा गर्नुस्’ संसद अवरोधको औचित्यबारे नेकपा एमालेका सांसद रघुजी पन्तले भनेका छन् ।


    पन्तले प्रधानमन्त्रीले राजीनामा दिएर अर्को सरकार गठनको प्रक्रिया बढाउन सुझाव दिए । ‘को मान्छे प्रधानमन्त्री बन्ने दलहरुले छलफल गर्लान् । तर जो दिल्लीतिर नफर्कने, नेपालतिर फर्कने, नेपाली माटोतिर फर्किने प्रधानमन्त्री चाहियो, जसले देशको गरिमा र मर्यादाको रक्षा गर्न सकोस्’, उनले भने ।

    राष्ट्रियसभा बैठकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । सरदर प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएका थिए ।

    त्यो कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘उहाँ (प्रितम सिंह) राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचाटी दिल्ली पनि जानुभयो । काठमाडौंमा पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो ।’ पुराना व्यवसायी सिंहको प्रशंसा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले दिएको यस्तो अभिव्यक्तिमा विपक्षी दलहरु एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले आपत्ति जनाएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले भने आफूले बोल्दै नबोलेको कुरालाई लिएर बबण्डर गर्न खोजिएको बताएका छन् । ‘उहाँको (प्रितम सिंहको) बारेमा भनेको कुरालाई उचालेर अहिले बबण्डर गर्न खोजिएको छ । त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ । त्यसले केही हुनेवाला छैन’,

  • अव्यवस्थित बसोबासी र सुकुम्बासी व्यवस्थापन ६ महिना भित्र सक्न संसदीय समितिको निर्देशन

    अव्यवस्थित बसोबासी र सुकुम्बासी व्यवस्थापन ६ महिना भित्र सक्न संसदीय समितिको निर्देशन

    काठमाडौं । संसदीय समितिले वाग्मती किनारमा रहेका अव्यवस्थित बसोवासी एवं सुकुम्बासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

    बैठकपछि समितिका निर्देशन सुनाउँदै समिति सचिव उदयकुमार भण्डारीले समितिको बैठकले वाग्मती किनारमा रहेको अव्यवस्थित बसोवासी एवं सुकुम्बासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गरी उक्त स्थान खाली गर्न सरकारलाई निर्देशन दिएको बताए । उनले समितिले उपयुक्त सम्बन्धमा उच्चस्तरीय अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको सहयोगमा वाग्मती किनारको स्थलगत अवलोकन गर्ने पनि बताए ।

    त्यस्तै समितिले काठमाडौं उपत्यकाका १८ वटै नगरपालिकाहरुबाट घर जग्गा पास गर्दा लिने थप ०।५ प्रतिशत शुल्क वाग्मती र सहायक तथा उपसहायक नदीहरुको पानी प्रशोधन, सौन्दर्यीकरण तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण गरी वाग्मती सभ्यता बचाउन तथा काठमाडौंलाई बस्न लायक सहर बनाउन उपरोक्त शुल्क सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कोषमा जम्मा गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

    ‘वाग्मती किनारमा रहेको अव्यवस्थित बसोवासी एवं सुकुम्बासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गरी उक्त स्थान खाली गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिने, समितिले उपयुक्त सम्बन्धमा उच्चस्तरीय अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको सहयोगमा वाग्मती ब्युटिफिकेसनको स्थलगत अवलोकन गर्ने, उनले भने ।

    यस्तै उर्जा मन्त्रालयसँग नेपालका प्रधानमन्त्री भारत भ्रमण गर्दा भएका १० वर्षमा १० हजार मेगावाट निर्यात गर्ने बारेमा के भएको हो ? त्यसका बारेमा सहमति, सम्झौता के भएको हो ? सो सम्बन्धी कागजात माग गर्ने र नेपाल–बंगलादेशबीच विद्युत व्यापारका सम्बन्धमा के भएको छ ? पछिल्लो अवस्था सो पनि माग गर्ने निर्णय भएको बताइएको छ ।

  • जिम्मेवार भएर राजस्व संकलनमा खटिन अर्थमन्त्रीको निर्देशन

    जिम्मेवार भएर राजस्व संकलनमा खटिन अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न राजस्वका कर्मचारीलाई निर्देशन दिएका छन् । बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई उनले यस्तो निर्देशन दिएका हुन् । उनले उच्च मनोबलकासाथ काम गर्न आग्रह गरे ।

    ‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला । यो वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नु पर्छ ।’ उनले सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, व्यक्तिगत फाइदा नहेर्न समेत आग्रह गरे । डा। महतले व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस् भन्दै सजग समेत बताए ।

    अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम स्रोत जुटाउने भएको भन्दै उनले राज्यका आवश्यकतालाई सम्बोधन गर्ने स्रोत जुटाउने जिम्मेवारीमा अर्थ मन्त्रालय मातहतका कर्मचारी रहेको बताए । त्यसमा सबैभन्दा ठूलो हिस्सा राजस्वको भएको उनको भनाइ छ । अहिले राजस्वको हिस्साले नपुगिरहेको सन्दर्भ निकाल्दै उनले राजस्वको हिस्साको प्रतिशतलाई बढाउनुपर्ने आवश्यकता औंल्याए ।

    ‘हाम्रो तलब भत्ता, सामाजिक सुरक्षा र पूँजीगत खर्चको आवश्यकतालाई राजस्वले योगदान दिन सकोस् भन्ने हामी चाहन्छौं । यद्यपि हामीले त्यो पूरा गर्न सकिरहेका छैनौं,’ उनले भने ।

    राजस्वको दायरा बढाउँछौं भनेर मात्र नहुने भन्दै उनले अर्थतन्त्रले गति लिनुपर्ने बताए । त्यसका लागि सरकारले बजेट प्रस्तावमार्फत् पनि पूँजीगत खर्चलाई चलायमान बनाउने लक्ष्य राखेको उनको भनाइ छ । नेपाल सधैं भन्सारमा आधारित राजस्वमा निर्भर हुन नहुने भन्दै उनले आन्तरिक ऋण र विदेशबाट प्राप्त हुने ऋण उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने बताए । यसको सुरुवात भइसकेको भन्दै उनले आउँदा दिनमा आन्तरिक राजस्वको धेरै ठूलो जिम्मेवारी रहेको बताए ।

    आन्तरिक राजस्व विभागमार्फत् यसको दायरा वृद्धि गर्ने दुईवटा उपाय भएको मन्त्री डा। महतले बताए । अर्थतन्त्र चलायमान बनाउन सकियो भने स्वतः कर लिने आधार वृद्धि हुने भन्दै उनले अहिलेकै अवस्थामा पनि जुन वर्ग समूह करको दायरामा आउनुपर्ने हो, उनीहरुलाई करको दायरामा ल्याएर कर संकलन बढाउनु पर्ने बताए ।

    ‘हामीले धेरै नयाँ कर प्रस्ताव गरेका छौं । नेपालमा भ्याट लाग्न थालेपछि हाम्रो करको दायरा बढ्यो । पछिल्लो समय भ्याटको दायरा खुम्चाउँदै लगियो । यसले पनि समस्या ल्याउँदै गयो । कतिपय आय करको दायरामा आउनुपर्ने वर्ग समूह छ, त्यो आउन चाहँदैन । राज्य पनि जता मर्कायो, त्यतै मर्किने भयो । करको दायरामा ल्याउने संयन्त्र हामीले प्रयोग गरेका छैनौं,’ मन्त्री डा. महतले भने ।

    उनले भ्याटलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउँदै सेवाग्राहीले राज्यलाई तिर्ने रकम दुरुपयोग हुनु गम्भीर विषय भएको बताए । सेवाग्राहीले राज्यलाई छुट्टयाएको रकम अरुले प्रयोग गर्ने गरी छुट दिन नमिल्ने समेत उल्लेख गरे ।

  • निर्माण व्यवसायी शरद गौचनको हत्यारा बस्नेतलाई जन्मकैदको फैसला

    निर्माण व्यवसायी शरद गौचनको हत्यारा बस्नेतलाई जन्मकैदको फैसला

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोप लागेका समीरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले घटनामा संलग्न भएको ठहर भइसकेका बस्नेतलाई बुधबार सजाय निर्धारण गरेको हो ।

    त्यही आरोपमा दोषी ठहर भएका लोप्साङ लामालाई १५ वर्ष, माया शेरचनलाई १० वर्ष कैद सजाय र ६० हजार रुपैयाँ जरिवाना निर्धारण भएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार ज्ञानेन्द्र इटनीले बताए । गौचनको २३ असोज २०७४ मा काठमाडौंको बानेश्वर खरीको बोट नजिकै गोली हानी हत्या भएको हो थियो ।

    गोली प्रहार भएलगत्तै अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । दोषी ठहर भएको समूहमाथि चन्दा असुली र फिरौतीमा संलग्न भएको आरोप थियो । प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोको अनुसन्धानमा, उनीहरुले भाडाको व्यक्ति प्रयोग गरेर गौचनको हत्या गरेको खुलेको थियो ।

  • एमालेको चेतावनी- ‘प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् अघि बढ्न दिदैंनौं’

    एमालेको चेतावनी- ‘प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् अघि बढ्न दिदैंनौं’

    काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेको छ ।

    बुधवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालको विवादास्पद अभिव्यक्तिको विरोध जनाउँदै ‘लेन्डुप दोर्जे’को नेपाली संस्करण नचाहिएको भन्दै राजीनामाको माग गरेका हुन् ।

    आज हामीलाई उहाँले एउटा किताब विमोचन गर्दा दिनुभएको अभिव्यक्तिले मनमा बादल लागेको छ । नेपाल रोएको छ । नेपालको स्वभामिना गिरेको उनले भने । ।”

  • सन्दीप लामिछाने र करण केसी वरियतामा सुधार

    सन्दीप लामिछाने र करण केसी वरियतामा सुधार

    काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को ओडिआई वरियतामा सुधार भएको छ ।

    जिम्बावेमा जारी विश्वकप छनोटको प्रदर्शनलाई ध्यानमा राख्दै आइसिसीले सार्वजनिक गरेको वरियतामा सन्दीपले एक स्थान सुधार गर्दै २४ औं स्थानमा अटाएका हुन् । उनी भन्दापछि विश्व चर्चित भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराह २६ औं, श्रीलंकाका स्पिनर वानिन्दु हसरंगा २९ औं, महेश थिक्सेना ३२ औं र युजभेन्द्र चहल ४४ औं स्थानमा छन् ।

    साथै तीव्र गतिका बलर करण केसीले पनि दुई स्थान सुधार गर्दै ८७ औं स्थानमा आएका छन् । तर, कप्तान रोहितकुमार पौडेल र आसिफ शेखको भने वरियता खस्किएको छ । पौडेल एक स्थान घटेर ७३ औं स्थानमा पुग्दा आसिफ चार स्थान घट्दै ७७ औं स्थानमा पुगेका छन् ।

  • काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत

    काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत

    काठमाडौं । काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जितेन्द्र बस्नेत नियुक्त भएका छन्। गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख तथा प्रवक्त समेत रहेका बस्नेतले सीडीओको जिम्मेवारी पाएका हुन् ।
    काठमाडौंका प्रजिअ उपाध्यायलाई मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवमा बढुवा गरेको थियो।

    उनी यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकका रुपमा काम गरिसकेका छन्। बस्नेत गोरखा, चितवन र पर्साको प्रजिअका रुपमा पनि कार्यरत रहिसकेका छन्।

    त्यसतै प्रदेशतर्फ सचिवको भूमिकामा पनि उनले काम गरेका थिए। उनी भूकम्प प्राधिकरण कार्यालयमा पनि काम गरिसकेका छन्।

  • साफमा भारतको दवदवा कायम, नवौं पटक च्याम्पियन

    साफमा भारतको दवदवा कायम, नवौं पटक च्याम्पियन

    काठमाडौं । भारतले सडनडेथमा मंगलबार कुवेतलाई पराजित गर्दै नवौंपल्ट साफ च्याम्पियनसिप फुटबल जितेको छ । कुवेती कप्तान खालेद हाजिहको पेनाल्टी प्रहारलाई भारतीय गोलरक्षक गुरप्रित सिंहले बचाउ गरे र यससँगै डिफेन्डिङ च्याम्पियन भारत टाइब्रेकरमा ५–४ ले विजयी रह्यो ।

    भारतका लागि पेनाल्टी सुटआउटमा कप्तान सुनील क्षत्री, सन्देश झिंगन, लालिनजुला, शुभाशिष बोस र महेश सिंहले गोल गरे भने उदान्त सिंह गोल गर्न चुकेका थिए । कुवेतका लागि मोहम्मद अब्दुल्लाह सुरुमै गोल असफल रहे । आमन्त्रित टिमका लागि फवाज अलाताबी, अहमद अलधेरी, अल्दुल अजिज र साबिब अल खाल्दीले मात्र गोल गरे ।

    बेंग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा भएको खेलमा निर्धारित ९० र अतिरिक्त ३० मिनेटको स्थिति १–१ को बराबरीमा रहेको थियो । यससँगै खेलको निर्णयका लागि टाइब्रेकर आवश्यक परेको थियो । निर्धारित समयको खेलको १४ औं मिनेटमा कुवेतले सुरुआती अग्रता लिएको थियो ।

    अब्दुल्ला अल बलोसीले निकालेको क्रसमा साबिब अल खाल्दीले गोल गरे । कुवेतको यो अग्रता भने लामो समय टिकेन र भारतले ३८ औं मिनेटमा बराबरी गोल फर्कायो । साहल अब्दुल समादको पासमा लालिनजुलाले बललाई पोस्टको दिशा दिए । त्यसपछि निर्धारित र अतिरिक्त समयको बाँकी खेलमा दुवै टिम थुप्रै अवसरमा चुके ।

    सुरुआती चरणको लिग खेलमा दुवै टिम एकै समयमा थिए । त्यसक्रममा भएको खेलमा दुवै टिमले बराबरी खेलेका थिए । सेमिफाइनलमा कुवेतले बंगलादेशलाई १–० ले र भारतले दोस्रो आमन्त्रित टिम लेवनानलाई टाइब्रेकरमा ४–२ ले हराएका थिए । भारतले यसअघि पछिल्लो महिना मात्रै इन्टरकन्टिनेन्टल कपको उपाधि पनि जितेको थियो । २५ हजारभन्दा बढी उपस्थित फाइनल खेल नेपालका फिफा रेफ्री प्रज्वल क्षत्रीले खेलाएका थिए ।

    नेपालले प्रतियोगितामा फेयर प्लेको ट्रफी जितेको छ । भारत र कुवेतसहितको समूहमा रहेको नेपाल समूह चरणबाटै बाहिरिएको थियो । भारतीय कप्तान सुनील क्षत्रीले गोल्डेन बुट र गोल्डेन बल दुवै जिते भने बंगलादेशका अनिसुर रहमान उत्कृष्ट गोलरक्षक चुनिए ।

  • आयरल्याण्डसँग हारेको नेपाल आठौं भयो

    आयरल्याण्डसँग हारेको नेपाल आठौं भयो

    काठमाडौं । आइसिसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानको खेलमा नेपाल पराजित भएको छ। मंगलबार भएको खेलमा आयरल्यान्डले २ विकेटको जित निकालेसँगै नेपाल आठौं स्थानमा सीमित बन्यो। नेपालले दिएको २६९ रनको लक्ष्य आयरल्यान्डले ४ बल खेल्न बाँकी छदा ८ विकेटको क्षतिमा पूरा गर्‍यो।

    आयरल्यान्डका लागि ह्यारी टेक्टरले ६० रन र कर्टिस चम्परले ६२ रनको योगदान गरे। बलिङमा नेपालका करण केसीले चार विकेट लिए भने किशोर महतोले दुई विकेट हात पारे। त्यसअघि जिम्बावेको हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २६८ रन जोड्यो। नेपालको लागि गुल्सन झाले अर्धशतक प्रहार गरे। उनले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ५७ रन जोडे।

    त्यसअघि ओपनर कुशल भुर्तेल ८ रनमा आउट भए। उनका ओपनिङ पार्टनर अर्जुन साउदले ४८ रन जोडे। एलबिडब्लूको धरापमा पर्नुअघि उनले ८४ बलमा ३ चौका र २ छक्का हिर्काए। ज्ञानेन्द्र मल्ल ७ रनमै आउट भए भने कप्तान रोहित पौडेलले ३५ बलमा २९ रन बनाए।

    भीम सार्कीले २० रन जोड्दा कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्काको मद्दतमा ४४ रनको योगदान गरे। दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भए। सन्दीप लामिछानेले ३० बलमा ३ चौका र १ छक्काको मद्दतमा ३२ रन जोडे। करण केसी ३ बलमा ४ रन जोडेर आउट भए। बलिङमा आयरल्यान्डका मार्क एडियर, ब्यारी म्याकार्थी र क्रायग योङले २(२ विकेट लिए।

  • आज पनि अधिकांश प्रदेशमा हुनेछ भारी वर्षा

    आज पनि अधिकांश प्रदेशमा हुनेछ भारी वर्षा

    काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    दिउँसो मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघ-गर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। महाशाखाले लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको उल्लेख गरेको छ।

    रातिपनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन–चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
    त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने महाशाखाले बताएको छ। त्यसकारण भारी वर्षा,मेघ-गर्जन-चट्याङ्ग ,गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।