पाल्पा दुर्घटनामा मृतक र घाइते सबैको पहिचान

पाल्पा । पाल्पाको लघुवामा आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाएका ६ जना र घाइते सबैको पहिचान भएको छ । बाग्लुङको बुर्तिवाङबाट बुटवलका लागि आइरहेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मी चन्द्रकोट–८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट–४ का ४० वर्षीय लालबहादुर… Continue reading पाल्पा दुर्घटनामा मृतक र घाइते सबैको पहिचान

श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

चितवन । चितवनमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरी घरको तीन तलामाथिबाट हाम फाल्दा श्रीमान्‌को पनि ज्यान गएको छ । गम्भीर घाइते भएका श्रीमान्‌–श्रीमती दुवै जनाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिकन १० रमाइलो चोकमा आइतबार राति साढे १० बजेतिर ४३ वर्षीय कृष्ण आचार्यले ३५… Continue reading श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

सिन्धुपाल्चोकमा भूकम्प, काठमाडौंसम्मै धक्का

काठमाडौं । सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गएको छ । बिहान ६ बजे जिल्लाको हेलम्बुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका सहाय प्राविधिक राजेश शर्माका अनुसार ४.७ म्याग्नेच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकसहित काठमाडौं र अन्य छिमेकी जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको छ ।

अछाममा पहिरोमा घर पुरियो, ३ जनाको मृत्यु

अछाम । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको निधन भएको छ । स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उनका परिवारका सदस्यहरुको मृत्यु भएको वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । जिल्ला प्रहरी कार्यालय अछामले पनि एकै परिवारका तीन जनाको मृत्यु भएको पुष्टि गरे पनि… Continue reading अछाममा पहिरोमा घर पुरियो, ३ जनाको मृत्यु

सुन्दरीजलमा खोलामा वेपत्ता किशोर मृत फेला

File

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा खोलामा खसेर बेपत्ता भएका किशोरको शव फेला परेको छ । हिजो शनिवार खोलामा खसेर बेपत्ता भएका कपनका १६ वर्षका शुभमश्री प्रधानको शव आज आइतवार फेला परेको प्रहरीले जनाएको छ । प्रधान साथीहरूसँग सुन्दरीजल घुम्न गएका थिए । मृत फेला परेका प्रधान हिजो शनिवार दिउँसो ढुङ्गामा बसेर फोटो खिचाउने क्रममा चिप्लिएर खोलामा… Continue reading सुन्दरीजलमा खोलामा वेपत्ता किशोर मृत फेला

ठगीको आरोपमा कल सेन्टरमा प्रहरीको छापा, १५० युवा-युवती पक्राउ

Photo : Gorakhapatra

बुटवल । रुपन्देहीको तिलोत्तमा २ जानकी नगरमा रहेको कल सेन्टरका सञ्चालकसहित १५० जना युवा-युवती पक्राउ परेका छन् । प्रहरीले आइतबार ब्लु स्काई जनेस सोलुसन प्रालि नामक कल सेन्टरका नौ जना सञ्चालकलाई पक्राउ गरेको हो। सर्वसाधारणलाई ठगी गरेको आरोपमा कल सेन्टर सञ्चालक पक्राउ गर्दै त्यहाँ कार्यरत १५० जना युवा युवतीलाई कार्यालयमै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय… Continue reading ठगीको आरोपमा कल सेन्टरमा प्रहरीको छापा, १५० युवा-युवती पक्राउ

पाल्पाको लघुवामा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

पाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट–२, लघुवामा यात्रुबहाक बस दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । आइतबार साँझ ५ बजे तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा बस दुर्घटना हुँदा छजना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते भएको प्रहरीले जनाएको छ । गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित भीरबाट… Continue reading पाल्पाको लघुवामा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

नेपालमा थप ३४७ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३६० नमूनाको पीसीआरमा ३०३ र १५२८ नमूनाको एन्टिजेनमा ४४ जना गरी कूल ३४७ जनामा संक्रमण पुष्टी भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८३ हजार ६२२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप ३४७ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

सन् २०२३–२०३३ लाई भ्रमण दशक मनाउने घोषणा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशकका रुपमा मनाउने घोषणा गरेको छ । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा नेपालको पर्यटन विकांसका लागि भ्रमण दशकका रुपमा मनाउन लागिएको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन प्रवर्द्धनलाई अभियानको रूपमा अघि बढाउनुपर्ने बताए… Continue reading सन् २०२३–२०३३ लाई भ्रमण दशक मनाउने घोषणा

भक्तपुरमा रुख ढलेर बस र स्कुटी च्याप्दा तीनजनाको मृत्यु, १२ घाइते

काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किचेको छ । सल्लाघारीस्थित इवामुरा अस्पतालनजिकै रूख ढलेर बस र स्कुटर किच्दा च्याप्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका प्रहरीले जनाएको छ । लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको बसलाई रूखले किचेको हो। बा ६१ प ३९७८… Continue reading भक्तपुरमा रुख ढलेर बस र स्कुटी च्याप्दा तीनजनाको मृत्यु, १२ घाइते

नेपालमा भित्रिए गुड्ने अस्पताल, के हो अवधारणा ?

rss

काठमाडौं । नेपालमा पनि अब गुड्ने मिनी अस्पतालको अवधारणा भित्रिएको छ । सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स मात्र चल्दै आएको नेपालमा अब सुविधा सम्पन्न गाडीमा उपचार र डाक्टरको सुविधा उपलब्ध हुने छ । यस्ता गाडीमा अस्पतालमा प्राप्त हुने महत्त्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज… Continue reading नेपालमा भित्रिए गुड्ने अस्पताल, के हो अवधारणा ?

कैदी बन्दीलाई प्रजनन अधिकार दिने तयारी, विधेयक पारित हुँदै

काठमाडौं । नेपालमा अब कैदि बन्दीको प्रजनन अधिकार सुनिश्चित हुने भएको छ । आइतबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठकमा कारागार विधेयक २०७८ पारित गर्ने सम्भावित कार्यसूची छ। प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाडले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक २०७६ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत… Continue reading कैदी बन्दीलाई प्रजनन अधिकार दिने तयारी, विधेयक पारित हुँदै

देशका विभिन्न स्थानमा वर्षा जारी, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आइतबार वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकासहित लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका एक\दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण अर्थात् नेपालनजिक नभएकाले ठूलो वर्षाको सम्भावना भने छैन । महाशाखाका… Continue reading देशका विभिन्न स्थानमा वर्षा जारी, यस्तो छ मौसम पूर्वानुमान

कार्यकाल पुरा गरी बिदा भए भारतीय राष्ट्रपति कोविन्द

नयाँ दिल्ली । । भारतका निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द आफ्नो नियमित कार्यकाल पुरा गरी दिबाई भएका छन् । उनले बिदाई समारोहलाई सम्बोधन गर्दै दलगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्न आह्वान गरे । आफ्ना माग सम्बोधन गराउने क्रममा गान्धीवादी तरिका अपनाउन समेत उनले देशवासीसँग अपिल गरे । शनिबार साँझ आयोजित आफ्नो विदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले… Continue reading कार्यकाल पुरा गरी बिदा भए भारतीय राष्ट्रपति कोविन्द

सुन्दरीजलमा खोलामा खसेर एक किशोर वेपत्ता

File

काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक जना किशोर बेपत्ता भएको प्रहरीले जनाएको छ । शनिबार अपराह्न सवा ४ बजे सुन्दरीजलस्थित बागमती खोलामा अन्दाजी १६ वर्षीय किशोर खसेर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । काठमाडौंको कपन घर भएका उनी साथीहरूसँग घुम्न निस्केका थिए । वेपत्ता हुनेमा १६ वर्षीय शुभम श्री प्रधान छन्… Continue reading सुन्दरीजलमा खोलामा खसेर एक किशोर वेपत्ता

तराई पुगेर प्रचण्डले भने : नागरिकतामा गरेको बाचा पूरा गर्‍यौं

सर्लाही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक पारित गरेर आफूले मधेसी जनतासँग गरेको प्रतिवद्धता पूरा गरेको बताएका छन् । शनिबार सर्लाहीको बागमती नगरपालिकामा आयोजित कार्यक्रममा उनले अघिल्लो पटक मधेश आउँदा नागरिकताको समस्या यही सदनबाट पूरा गर्ने प्रतिवद्धता जनाएको र अहिले पूरा भएको बताए । तराई मधेसको नागरिकता समस्या आउँदो सदनमा हर… Continue reading तराई पुगेर प्रचण्डले भने : नागरिकतामा गरेको बाचा पूरा गर्‍यौं

नेपालमा ३३५ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपाल पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ८८ पीसीआर परीक्षणमा २१६ र एक हजार ९०८ एन्टिजेन परीक्षणमा ११९ गरी ३३५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४… Continue reading नेपालमा ३३५ जनामा कोरोना पुष्टि

गैरआवासीय नेपालीलाई नेपाली नागरिकता लिने ढोका खुला

काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभाबाट पास भएको छ । यो विधेयक राष्ट्रियसभाबाट पास भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यानवयनमा आउने छ । यस विधेयक अनुसार अब गैर आवासीय नेपालीलाई नेपाली नागरिकता लिन ढोका खुलेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारा अघि सार्दै नागरिकताका लागि माग राख्दै आएको थियो… Continue reading गैरआवासीय नेपालीलाई नेपाली नागरिकता लिने ढोका खुला

संसदबाट पारित भयो नागरिकता विधेयक

काठमाडौं । प्रतिनिधिसभाबाट शुक्रबार नेपाल नागरिकता ऐन २०६३ को संशोधन विधेयक पारित गरेको छ । यो विधेयक राष्ट्रिय सभाले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुग्नेछ राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नागरिकता विधेयक कानून बन्नेछ । २२ साउन २०७५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता ऐन संशोधन विधेयक शेरबहादुर देउवा नेतृत्वको सरकारले २१… Continue reading संसदबाट पारित भयो नागरिकता विधेयक

नेपालमा थप ४५६ जनामा कोरोना पुष्टी, ८० जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१६८ नमूनाको पीसीआरमा ३८४ र १६७० नमूनाको एन्टिजेनमा ७२ जना गरी कूल ४५६ जनामा संक्रमण पुष्टी भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८१ हजार १०१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप ४५६ जनामा कोरोना पुष्टी, ८० जना संक्रमण मुक्त

गोकुल बास्कोटाको कटाक्ष-‘अवधि राखेर नागरिकता दिनुपर्छ भन्नेहरुको सत्ताको चास्नीमा रंग फेरियो’

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अवधि नै नराखी नागरिकता दिने प्रावधानप्रति सहमति जनाएको भन्दै नेकपा माओवादी केन्द्रप्रति व्यंग्य गरेका छन् । प्रतिनिधिसभामा जारी नागरिकता विधेयकमाथिको छलफलमा भाग लिएका बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति प्रहार गर्दै यति छिटो छिटो रंग बदल्न नहुने बताएका हुन्। ‘ट्रकमा चढेर आऊ, ट्रेनमा चढेर मेरो मुलुकमा… Continue reading गोकुल बास्कोटाको कटाक्ष-‘अवधि राखेर नागरिकता दिनुपर्छ भन्नेहरुको सत्ताको चास्नीमा रंग फेरियो’

दोहोरो अंकले घट्यो नेप्से, लगानीकर्तामा मौद्रिक नीतिको त्रास

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से)२७.२६ अंकले घटेर २०१७.४६ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार २१२ कम्पनीको १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रुपैयाँ बराबरको ३३ लाख २० हजार ५१२ कित्ता शेयर किनबेच भएका छन् । आज… Continue reading दोहोरो अंकले घट्यो नेप्से, लगानीकर्तामा मौद्रिक नीतिको त्रास

आज मौद्रिक नीति सार्वजनिक हुँदै, गभर्नरको परीक्षा

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीमाथि अहिले नैतिकताको प्रश्न उठेको छ । एम अधिकारी नामक छम्द नामबाट उनलाई नेकपा एमालले अर्थ विभागको सदस्य बनाएपछि विवदा उत्कर्षमा रहेको छ । वर्तमान सरकार र निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई असहयोग गरेको आरोप सोहीकारण पुष्टी हुने तर्क गरिरहेका बेला उनले चालु आर्थिक वर्ष २०७९\८० को मौद्रिक नीति आज सार्वजनिक गर्दैछन्… Continue reading आज मौद्रिक नीति सार्वजनिक हुँदै, गभर्नरको परीक्षा

श्रीलंकामा प्रदर्शनकारीका शिविरमा सेनाको छापा

Photo courtesy Sri Lanka Brief

कोलम्बो\बीबीसी । श्रीलङ्काको राजधानी कोलम्बोस्थित सरकार विरोधी मुख्य प्रदर्शन शिविरमा सुरक्षा फौजले छापा मार्न र ती शिविरका पाल निकाल्न थालेको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय क्षेत्र छोड्नु भन्दा घण्टौँ अघि सयौँ सेना र प्रहरीले उनीहरू विरुद्ध आक्रमण सुरु गरेका थिए। बीबीसीका भिडिओ पत्रकारलाई एक जना सेनाले कुटपिट गरेका छन् भने अर्काले उनको फोन खोसेर त्यसमा रहेका… Continue reading श्रीलंकामा प्रदर्शनकारीका शिविरमा सेनाको छापा

भारतीय राष्ट्रपति मुर्मूलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको बधाई

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको पन्ध्रौँ राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले ट्विटमार्फत शुभकामना दिँदै मुर्मुको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छिन् । प्रधानमन्त्री देउवाले पनि राष्ट्रपति मुर्मूलाई ट्विटमार्फत बधाई तथा शुभकामना दिएका छन् । सत्तारुढ भारतीय जनता… Continue reading भारतीय राष्ट्रपति मुर्मूलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको बधाई

कंचनपुरमा विमानस्थल माग

काठमाडौं । कञ्चनपुरमा विमानस्थल निर्माण अगाडी बढाउन सरोकारवालाले माग गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग भेट गरी उनीहरुले यस्तो माग गरेका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक, कञ्चनपुरका कांग्रेस सभापति तथा भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीसहितको टोलीले मन्त्री श्रेष्ठ र नागरिक उड्डयन प्राधिकरणका अधिकारीसँग भेट गरी विमानस्थल निर्माण अघि… Continue reading कंचनपुरमा विमानस्थल माग

आदिवासी नेत्री द्रौपदी मुर्मू बनिन् भारतको राष्ट्रपति

नयाँ दिल्ली । भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपति निर्वाचित भएकी छन् । उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्तिसमेत बनेकी छिन् । ६४ वर्षीया मुर्मू उडिसामा जन्मिएकी हुन् । उनी सन्थाल समुदायकी नेतृ हुन्। राष्ट्रपति पदका लागि गत सोमवार मतदान भएको थियो। त्यसको बिहीवार साँझ आएको नतिजाबाट उनी राष्ट्रपति बनेकी हुन् ।… Continue reading आदिवासी नेत्री द्रौपदी मुर्मू बनिन् भारतको राष्ट्रपति

वीज एयरले आबुधावी-भैरहवा उडान गर्ने तयारी

काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलमा वीज एयरले उडानको तयारी गरेको छ । यो कम्पनीले आबुधावीबाट भैरहवामा सिधा उडान गर्न प्रस्ताव राखेको हो । भैरहवा विमानस्थलका प्रमुख गोविन्द दाहाललाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाए अनुसार आगामी सेप्टेम्बरबाट उडान गर्ने गरी विज एयरले अनुमति प्रक्रिया थालेको हो । आबुधावीबाट भैरहवामा साताको तीन उडान गर्ने… Continue reading वीज एयरले आबुधावी-भैरहवा उडान गर्ने तयारी

नेपालमा थप ४३५ जनामा कोरोना पुष्टी, ५६ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६६७ नमूनाको पीसीआरमा ३१७ र १९०२ नमूनाको एन्टिजेनमा ११८ जना गरी कूल ४३५ जनामा संक्रमण पुष्टी भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८२ हजार ७१९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप ४३५ जनामा कोरोना पुष्टी, ५६ जना संक्रमण मुक्त

‘अमेरिकामा खाना खाएको फोटो ट्रोल गरेर भान्सा सस्तो हुन्छ भने शुभकामना’

काठमाडौं । नेकपा एमालेका सांसद प्रदीप ज्ञवाली सरकारले आफुले अमेरिकामा खाना खाएको फोटो देखाएर ट्रोल बनाएको आारोप लगाएका छन । बिहीवार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्। संसदमा बोल्दै ज्ञवालीले जनताका समस्या समाधान गर्न सरकारको ध्यान दिनुको सट्टा आफ्नो फोटो ट्रोल बनाउन लागेको आरोप लगाए । उनले भने, ‘मैले सार्वजनिक कार्यक्रममा बोलेको कुरा… Continue reading ‘अमेरिकामा खाना खाएको फोटो ट्रोल गरेर भान्सा सस्तो हुन्छ भने शुभकामना’