अर्थ मन्त्रालयमा जनार्दनको कमब्याक, राष्ट्रपतिद्वारा अर्थमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गरेकी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनले नियुक्ति गरेकी हुन् । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८-३-२९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री जनार्दन शर्मालाई मन्त्री पदमा नियुक्त… Continue reading अर्थ मन्त्रालयमा जनार्दनको कमब्याक, राष्ट्रपतिद्वारा अर्थमन्त्री नियुक्त

ब्राजिलको राजदूतमा निर्मलराज काफ्ले नियुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय गणतन्त्र ब्राजिलको राजदूतमा निर्मलराज काफ्लेलाई नियुक्त गरेकी छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गर्दै सोबारे जानकारी दिएका छन्। संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले काफ्लेलाई आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। काफ्लेको यसअघि नै संसदीय सुनुवाइ प्रक्रिया सकिएको थियो।

अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा, साँझ शपथको तयारी

काठमाडौं । जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै नियुक्त गर्न सिफारिस गरेका हुन् । संसद बजेट प्रस्तुत हुनु अघिल्लो दिन राति अनधिकृत व्यक्ति प्रवेश गराएर बजेटमा करका दर हेरफेर गराएको आरोप लागेपछि असार २२ गते शर्मामाथि छानबिन गर्न संसदीय… Continue reading अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा, साँझ शपथको तयारी

बालकुमारीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ललितपुर । ललितपुरको बालकुमारीमा गतराति भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बा ५७ प ३१४३ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको जीपले ठक्कर दिँदा मोटरसाइकलका चालक काठमाण्डौको दक्षिणकाली नगरपालिका वडा नम्बर ८ का आशिष लामाको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति ११ बजे बीएण्डबी अस्पताल ग्वार्कोमा… Continue reading बालकुमारीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अर्थमन्त्रीबारे माओवादी केन्द्रले आज निर्णय लिने

काठमाडौं । माओवादी केन्द्रले अर्थमन्त्रीमा जनार्दन शर्मालाई निरन्तरता दिने वा नयाँ व्यक्ति पठाउने भन्ने सन्दर्भमा आज निर्णय लिने भएको छ । पार्टीको आज बस्ने स्थायी समिति बैठकले सो निर्णय लिनेछ । बैठकले पार्टी पदाधिकारीको समेत टुङ्गो लगाउने तयारी गरेको बताइएको छ । पूर्व अर्थमन्त्री जनार्दन शर्माले संसदीय समितिको छानविनबाट क्लिन चिट पाएका छन् । उनी… Continue reading अर्थमन्त्रीबारे माओवादी केन्द्रले आज निर्णय लिने

पूर्वी नेपालमा भूकम्प, काठमाडौंसम्म धक्का

काठमाडौं । पूर्वी नेपालको खोटाङको मार्तिमबिर्ता केन्द्र विन्दु भएर नेपालमा भूकम्प गएको छ । नेपालमा ६ रेक्टर स्केलको मध्यम खालको भूकम्प गएको हो । यसको धक्का काठमाडौंसम्म महसुश गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ः१३ मा गएको भूकम्पको क्षतिको विवरण आइसकेको छैन । यो नयाँ भूकम्प हो या गोरखा भूकम्पकै परकम्प हो… Continue reading पूर्वी नेपालमा भूकम्प, काठमाडौंसम्म धक्का

पद्यश्री पुरस्कारको प्रतिस्पर्धामा ५ पुस्तक छानिए

काठमाडौं । पद्मश्री साहित्य पुरस्कारका लागि पाँच पुस्तक छानिएका छन् । उत्कृष्ट पुस्तकको संक्षिप्त सूचि सार्वजनिक भएको छ । डा. नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्को भोर, उषा हमालको भिक्षुसँग प्रेम, दीपक पराजुलीको मिथ्या र केवल बिनाबीको यादहरूको संग्रहालय सूचिमा छन् । पाँचमध्ये उत्कृष्ट कृतिले पद्मश्री पुरस्कार पाउने छ । खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले पुरस्कार… Continue reading पद्यश्री पुरस्कारको प्रतिस्पर्धामा ५ पुस्तक छानिए

मंकीपक्सबाट अफ्रिका बाहिर पहिलो पटक ब्राजिल र स्पेनमा मानिसको मृत्यु

काठमाडौं । मंकीपक्स संक्रमित भएका बिरामीको पहिलो पटक अफ्रिका बाहिर मृत्यु भएको छ । ब्राजिलमा ४१ वर्षीय पुरुषको मृत्यु नै अफ्रिकाबाहिर मंकीपक्सबाट भएको पहिलो मृत्यु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । उता, स्पेनमा पनि पहिलो पटक मंकीपक्सबाट मृत्यु भएको छ । यो युरोपमा मंकीपक्सबाट भएको पहिलो मृत्यु हो । गत हप्ता विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)… Continue reading मंकीपक्सबाट अफ्रिका बाहिर पहिलो पटक ब्राजिल र स्पेनमा मानिसको मृत्यु

वर्षायाममा काठमाडौंको सडकमा थुप्रियो फोहोर, मानव स्वास्थ्यमा जोखिम

काठमाडौं (रासस) । बाटो मर्मतको कारण साबिकबमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंको सडमा फोहोर थुप्रिन थालेका छन् ।सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिकबमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंको मुख्य चोकमा फोहोर थुप्रिन थालेको हो । मुख्यगरी अनामनगर, कलङ्की, कालीमाटी, बल्खुलगायतका स्थानमा फोहोर थुप्रिन थालेको छ । यही असार ४ गते काठमाडौं महानगरपालिकाले… Continue reading वर्षायाममा काठमाडौंको सडकमा थुप्रियो फोहोर, मानव स्वास्थ्यमा जोखिम

फेसबुकमा छताछुल्ल रवीन्द्र मिश्रको ‘राजा मोह’

काठमाडौं । गणतन्त्रात्मक संघीय राज्य व्यवस्था भित्र वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्घोषका साथ राजनीतिमा आएका रवीन्द्र मिश्रको राजा मोह शनिबार अझ छताछुल्ल भएको छ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष समेत रहेका मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलई एक दिन राजाको रुपमा देख्न चाहेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । हृदयेन्द्रको २१ औं जन्मदिनको अवसरमा शुभकामना… Continue reading फेसबुकमा छताछुल्ल रवीन्द्र मिश्रको ‘राजा मोह’

स्वर्गद्धारी दर्शन सकेर फर्कदैं गरेको जिप दुर्घटना, एक जनाको मृत्यु

प्यूठान । प्यूठानमा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । १४ जना घाइते भएको प्रहरीले जनाएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा शनिबार मध्यान्ह जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका ३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु ३… Continue reading स्वर्गद्धारी दर्शन सकेर फर्कदैं गरेको जिप दुर्घटना, एक जनाको मृत्यु

हलिउड अभिनेता लियोनार्दोले गरे नेपालको प्रशंसा

काठमाडौं । हलिउड अभिनेता लियोनार्दो डिक्याप्रिओले नेपालले बाघको संख्या दोब्बर बनाउन सफल भएकोमा प्रशंसा गरेका छन् । शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले नेपालले सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता पूरा गरेको भन्दै यसलाई अनुकरणीय भएको बताएका हुन् । हालै सार्वजनिक नेपालको बाघ गणनामा ३५५ वटा बाघ रहेको पुष्टि भएको थयो । सन् २०१०… Continue reading हलिउड अभिनेता लियोनार्दोले गरे नेपालको प्रशंसा

नेतालाई गाली गरेर समाज भत्काउन खोजियो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेतालाई गाली गरेर समाज भत्काउन खोजिएको बताएका छन् । पछिल्लो समय आगामी निर्वाचनमा सबै पूर्वप्रधानमन्त्रीहरुलाई हराउने भन्दै सामाजिक सञ्जालमा जारी अभियानबारे प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । शनिबार काठमाडौंमा नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको कार्यक्रममा उनले एकथरि मान्छेहरुले बुढाहरु चाहिँदैन, प्रौढहरु चाहिँदैन भनेर समाज भत्काउन… Continue reading नेतालाई गाली गरेर समाज भत्काउन खोजियो : प्रचण्ड

४३८ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र एक हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७७… Continue reading ४३८ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

नाम्चेभन्दा माथी पर्यटकले एक्लै हिड्न नपाउने

काठमाडौं । नाम्चेभन्दा माथिको क्षेत्रमा पर्यटक एक्लै हिँडडुल गर्न नपाउने भएका छन् । गाइड तथा साथीबिना भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटक बेपत्ता हुने क्रम बढेकाले एक्लै हिँडडुल गर्न कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उच्च हिमाली क्षेत्रमा पुगेपछि लेक लाग्ने, बिरामी हुने र विभिन्न विपत्ति आइलाग्ने भएकाले नाम्चेको प्रहरी चौकीभन्दा माथिको… Continue reading नाम्चेभन्दा माथी पर्यटकले एक्लै हिड्न नपाउने

आज पनि देशभर मौसम प्रभावित

काठमाडौं । आज पनि देशैभर मौसम बदली भएको छ । प्रदेश १, बागमती, लुम्बिनी प्रदेशका केही ठाउँ र अन्य प्रदेशका थोरै ठाउँमा पानी परेको छ । दिउँसो भने   प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । राति देशभर विभिन्न ठाउँमा सामान्यदेखि… Continue reading आज पनि देशभर मौसम प्रभावित

नेपालमा थप ५७७ जनामा कोरोना पुष्टी, २६९ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४७४ नमूनाको पीसीआरमा ३९१ र १८०८ नमूनाको एन्टिजेनमा १८६ जना गरी कूल ५७७ जनामा संक्रमण पुष्टी भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८५ हजार ८०८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप ५७७ जनामा कोरोना पुष्टी, २६९ जना संक्रमण मुक्त

वैदेशिक रोजगारीमा हुने ठगीको सूक्ष्म अनुसन्धान गर्दै सरकार, ठगिएका सम्पर्कमा आउन आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका अनियमितता एवं गैरकानूनी क्रियाकलाप नरोके हदैसम्मको कारबाही गरिने जनाएको छ । वैदेशिक रोजगारीका नाममा नेपाली युवासँग चर्को रकम असुल्ने गरेको, रकम लिएर विदेश नपठाएको, विदेशमा अलपत्र पारेकोलगायत विषयलाई सरकारले सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको जनाउँदै मन्त्रालयले त्यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गरेको हो । वैदेशिक… Continue reading वैदेशिक रोजगारीमा हुने ठगीको सूक्ष्म अनुसन्धान गर्दै सरकार, ठगिएका सम्पर्कमा आउन आग्रह

बीमाको रकम लिन विवाह गरेकाे एक महिनामै श्रीमानकाे हत्या, छ पक्राउ

काठमाडौं । नक्कली विवाह दर्ता गरी बीमाको साढे २ करोड रुपैयाँ हत्याउन सवारी दुर्घटना गराएको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार पत्रकार सम्मेलन गरी हत्याको रहस्य खुलाएको हो । प्रहरीले बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा… Continue reading बीमाको रकम लिन विवाह गरेकाे एक महिनामै श्रीमानकाे हत्या, छ पक्राउ

‘एसपीपी अस्वीकार गरेको पत्र अमेरिकालाई पठाइसकेका छौँ’- परराष्ट्रमन्त्री खड्का

काठमाडौं । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अस्वीकार गरेको जानकारी अमेरिकालाई दिएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै साउन ९ गते नै कुटनीतिक माध्यमबाट अस्वीकार गरेको लिखित पत्र पठाइसकिएको जानकारी दिए । ‘साउन ९ गते एसपीपी अघि नबढ्ने भनेर लिखित रुपमा कुटनीतिक माध्यमबाट अमेरिकालाई लिखित पत्र पठाइसकेका छौँ,’ उनले भने ।… Continue reading ‘एसपीपी अस्वीकार गरेको पत्र अमेरिकालाई पठाइसकेका छौँ’- परराष्ट्रमन्त्री खड्का

एसईई परीक्षाको नतिजामा चित्त नबुझे पुनः जोड्न सकिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा चित्त नबुझे पुन जोड्ने प्रयोजनका लागि निवेदन दिन सकिने जनाएको छ । बोर्डले विद्यार्थीलाई एक सूचना मार्फत यस्तो जानकारी गराएको हो । बोर्डले २०७८ सालमा साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडवृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले ग्रेडमा चित्त नबुझेमा पुनर्योग गराउन सक्ने जनाएको छ । त्यसका लागि… Continue reading एसईई परीक्षाको नतिजामा चित्त नबुझे पुनः जोड्न सकिने

एक वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये १४३३ जना नेपालीको निधन

काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीका सिलसिलामा गएका मध्ये एक वर्षको अवधिमा १४३३ जनाले ज्यान गुमाउनु परेको छ । आर्थिक वर्ष २०७८-७९ मा वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये सो संख्यामा नेपालीको ज्यान गएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्ड सचिवालयको तथ्यां अनुसार एक वर्षमा एक हजार ४७९ जना मृतकका परिवारले क्षतिपूर्ति बुझेका छन् । मृत्यु हुनेमा… Continue reading एक वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये १४३३ जना नेपालीको निधन

बजेट निर्माण प्रकरण : समितिले आज प्रतिवेदन बुझाउँदै

काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति छिरेको आरोप खेपेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको संसदीय विशेष समितिको प्रतिवेदन आज सभामुख अग्नी सापकोटासमक्ष पेश हुँदैछ । प्रतिवेदनलाई अन्तिमरुप दिन बिहीबार दिनभर समितिको बैठक बसेको थियो । विशेष समितिले प्राप्त प्रमाणहरूबाट बजेट निर्माणका क्रममा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि भने गर्न सकेन । प्रमुख प्रतिपक्षी… Continue reading बजेट निर्माण प्रकरण : समितिले आज प्रतिवेदन बुझाउँदै

अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा

Himalkhabar

काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौं आएका छन् । उनी बिहीबार दिउँसो दुई दिने भ्रमणका लागि काठमाडौं आएका हुन्। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार लु यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा आएका हुन्। लुले अमेरिकी विदेश मन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने अवार्ड फर कर्पोरेट एक्सिलेन्स नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी… Continue reading अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा

नेपालभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात र बिक्री प्रतिवन्ध

काठमाडौं । सरकारले देशभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । अब नेपालभर प्लास्टिकबाट बनेका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्ने काम अवैध मानिनेछ । मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५… Continue reading नेपालभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात र बिक्री प्रतिवन्ध

नेपालमा तीव्र रुपमा बढ्दै कोरोना, एकैदिन ७१० जना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५४१ नमूनाको पीसीआरमा ५२४ र २४८४ नमूनाको एन्टिजेनमा १८६ जना गरी कूल ७१० जनामा संक्रमण पुष्टी भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८५ हजार ४१७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा तीव्र रुपमा बढ्दै कोरोना, एकैदिन ७१० जना संक्रमित थपिए

भदौ १ देखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडीलाई बञ्चरेडाँडावासीले रोकेका छन् । काठमाडौंको फोहोर बोकेर बञ्चरेडाँडा गइरहेका गाडीलाई स्थानीयले अवरोध गरेपछि गाडीहरुको बाटोमै लाइन लागेको काठमाडौँ नगर प्रहरीले जनाएको छ । महानगरबाट फोहोर बोकेका करिब ६० वटा गाडीलाई स्थानीयले बाटोमै रोकेका हुन् । फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर… Continue reading भदौ १ देखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा

पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ

काठमाडौं । पशुपति क्षेत्रमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान नामक कार्यक्रम शुरु भएको छ । मन्दिर वरपर हरियाली र स्वच्छ बातावरणको परिकल्पनालाई फलदायी बनाउन नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ गरेका हुन् । श्रेष्ठले रुद्राक्षको बिरुवा रोपेर अभियानको शुभारम्भ गरे धार्मिक पर्यटकको मुख्य आकर्षण केन्द्र रहेको पशुपति मन्दिर परिसर लाई… Continue reading पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ

बञ्चरेडाँडाका स्थानीयले फेरि रोके फोहोर बोकेका गाडी

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले रोकेका छन् । फोहोर बोकेर गएका गाडीलाई स्थानीयले पूर्व-सूचनाबिना नै रोक लगाएको काठमाडौं महानगरपालिकाले जनाएको छ। महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गएको गाडी स्थानीयले ‘स्थानीय बासिन्दाले दुईतर्फी नै गुडाउन मिल्ने गरी सडक मर्मतको माग गर्दै रोक लगाएका छन् । काठमाडौं महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर… Continue reading बञ्चरेडाँडाका स्थानीयले फेरि रोके फोहोर बोकेका गाडी

देशभर अविरल वर्षा, नदी किनार र पहाडी भेगमा जोखिम

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर परेको अविरल वर्षाका कारण नदीहरुमा पानीको बहाव बढेको छ । यसले पहिरोको जोखिम रहेका पहाडी भेगमा समेत जोखिम अझ बढाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्का देखि मध्यम वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान… Continue reading देशभर अविरल वर्षा, नदी किनार र पहाडी भेगमा जोखिम