हर्कको प्रस्ताव : बालेनलाई घेराबन्दीमा पारे, स्वतन्त्र जती एक हौं

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देशभर स्वतन्त्रबाट जितेका जनप्रतिनिधिलाई एक हुन् आह्वान गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई घेराबन्दीमा पारिएको भन्दै उनले स्वतन्त्रहरू एक हुने समय आएको बताएका हुन् । काठमाडौं महानगरपालिकाका मेयर शाहविरूद्धको घेराबन्दी निन्दनीय रहेको भन्दै साम्पाङले स्वतन्त्रहरु एक हुने बेला आएको बताए । उनले सामाजिक सञ्जालमा लेखेका छन्… Continue reading हर्कको प्रस्ताव : बालेनलाई घेराबन्दीमा पारे, स्वतन्त्र जती एक हौं

उत्तर कोरियाली शासक किमकी छोरी एक सातामा दोस्रो पटक सार्वजनिक कार्यक्रममा देखिइन्

KCNA/Reuters

काठमाडौं । उत्तर कोरियाली नेता किम जङ अनकी छोरी एक साताभित्र दोस्रो पटक सार्वजनिक रुपमा देखा परेकी छन्। त्यसले कतै उनी उत्तराधिकारी त हुने हैनन् भनेर अनुमानहरू बढाएको बीबीसीले लेखेको छ । तर देशको सरकारी सञ्चारमाध्यमले किमकी छोरीको नाम र उमेर खुलाएको छैन। उनी किमकी सबैभन्दा प्यारी र अनमोल सन्तान भनि व्याख्या गरिएको समेत समाचारमा… Continue reading उत्तर कोरियाली शासक किमकी छोरी एक सातामा दोस्रो पटक सार्वजनिक कार्यक्रममा देखिइन्

विश्वकपमा नकआउट समिकरण पुरा, कुन टीम कोसँग भिड्दै ?

fifa

काठमाडौं । फिफा विश्वकप २०२२ मा समूह चरणका खेल सम्पन्न भएका छन् । यससँगै अब नकआउट समीकरण पूरा भएको छ । शुक्रबार राति समूह जी अन्तर्गत ब्राजिल र क्यामरुन तथा सर्बिया र स्वीटजरल्याण्ड भिडेका थिए । जसमा क्यामरुन र स्वीटजरल्याण्डले जित निकाले । जितका वावजुत क्यामरुन घर फर्कियो । सर्बियालाई ३–२ ले हराएको स्वीटजरल्याण्डले अन्तिम… Continue reading विश्वकपमा नकआउट समिकरण पुरा, कुन टीम कोसँग भिड्दै ?

धनुषामा जन्ती बोकेको जिप दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु

जनकपुर । धनुषामा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटनामा कम्तिमा ५ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किदै गरेको जिप शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा तीन महिला, एक… Continue reading धनुषामा जन्ती बोकेको जिप दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु

अमेरिकी राजदूतसँगको मेयरको भेटलाई लिएर बालेन र भीम रावलबीच सवाल-जवाफ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालका लागि अमेरिकी राजदूतसँगको भेटबारे मेयर बालेन र एमाले नेता भीम रावलबीच सवाल जवाफ भएको छ । मेयरको राजदूतसँगको भेटबारे नेकपा एमालेका नेता भीम रावलले आशंकासहित प्रश्न उठाएका थिए । बालेनले शुक्रबार फेसबुकमा स्टाटस राख्दै अमेरिकाका राजदूत डीन आर. थम्पसनले उनलाई पटक पटक भेट्न खोजेको र परराष्ट्र मन्त्रालयसँग… Continue reading अमेरिकी राजदूतसँगको मेयरको भेटलाई लिएर बालेन र भीम रावलबीच सवाल-जवाफ

रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । लामिछानेले खारेज भइसकेको नागरिकता पेश गरेर प्रतिनिधिसभा सदस्यका लागि चितवन २ बाट उम्मेदवार बनेको भन्दै छानबिन र कारबाहीको मागसहित ६ मंसिरमा गृह मन्त्रालयमा उजुरी परे अनुसार प्रहरीले अनुसन्धा थालेको हो । मन्त्रालयले जिल्ला प्रशासन कार्यालयबाट काठमडौंंलाई त्यसबारे बुझ्न पत्राचार… Continue reading रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले थाल्यो अनुसन्धान

६ महिनाभित्र मानिसको दिमागमा कम्प्युटर चिप परीक्षण गर्ने तयारीमा मस्क

एजेन्सी । मानव मस्तिष्कलाई अहिलेसम्मको सबैभन्दा जटिल जैविक संरचनाका रुपमा लिइन्छ । विज्ञानले मस्तिष्कलाई पूर्ण रूपमा नबुझेपनी न्यूरोसाइन्सको विस्तारित क्षेत्रमा अनुसन्धानकर्ताहरूले प्रगति गरिरहेका छन्। यसैक्रममा एलन मस्कले मानव मस्तिष्कमा चिप राखेर परीक्षण शुरु गर्न लागेका छन् । मस्कको कम्पनी न्युरलिङ्कले आगामी ६ महिनाभित्र मानव मस्तिष्कको परीक्षण गर्ने भएको हो । बुधबार आयोजित शो एण्ड टेलु… Continue reading ६ महिनाभित्र मानिसको दिमागमा कम्प्युटर चिप परीक्षण गर्ने तयारीमा मस्क

बालेनको एक्सन-‘आन्दोलन गर्दा सार्वजनिक सम्पत्तिमा नोक्सानी भए क्षतिपूर्ति तिर्नुपर्ने’

काठमाडौं । काठमाडौं महानगरले महानगर भित्र आन्दोलन गर्दा सार्वजनिक सम्पत्ति क्षति भएमा जसले आन्दोलन गर्छ त्यही पार्टी/समुहले क्षतिपूर्ति तिर्नुपर्ने नियम ल्याएको छ। महानगरले शुक्रवार एक सूचना जारी गर्दै काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको कुनै संघ सङ्गठन निकाय, समूह, व्यक्ति वा अन्य कसैले आन्दोलनबाट नोक्सानी, क्षति, नष्ट र अतिक्रमण गरेमा कारबाही नियम… Continue reading बालेनको एक्सन-‘आन्दोलन गर्दा सार्वजनिक सम्पत्तिमा नोक्सानी भए क्षतिपूर्ति तिर्नुपर्ने’

त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक वायुसेवाका उडान आजपनि दिनभर प्रभावित हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान आज पनि प्रभावित हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ जडान भएका उपकरणको परीक्षणका लागि बिहीवारदेखि भइरहेको क्यालिब्रेसन उडानका कारण आन्तरिक वायुसेवाको उडान प्रभावित हुनेछन् । यसका लागि अहिले १० बजेदेखि १ बजेसम्म र २ बजेदेखि ५ बजेसम्मका लागि नोटिस टु एयरम्यान (नोटाम) जारी गरिएको छ… Continue reading त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक वायुसेवाका उडान आजपनि दिनभर प्रभावित हुने

सत्ता गठबन्धनमा सहभागी हुने सिके राउतको संकेत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्ता गठबन्धनमा सहभागी हुने संकेत गरेका छन् । उनले बिहीबारबाट काठमाडौंमा शीर्ष नेतासँगको भेटघाट बढाएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेका उनले बिहीबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेट गरे । बिहीबार नै गृहमन्त्री बालकृष्ण खाँणसँग समेत उनले भेटेका छन् । राउत तराईमा… Continue reading सत्ता गठबन्धनमा सहभागी हुने सिके राउतको संकेत

दोलखामा माओवादी र बाजुरा तथा स्याङ्जा २ मा कांग्रेसको अग्रता

मतगणना शुरु हुन बाँकी तीन वटै निर्वाचन क्षेत्रमा अहिले मतगणना भइरहेको छ । जस अनुसार गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । शुक्रबार बिहानको मत परिणाम अनुसार कार्कीले २ हजार ३३९ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ९३२… Continue reading दोलखामा माओवादी र बाजुरा तथा स्याङ्जा २ मा कांग्रेसको अग्रता

सीके राउत र प्रधानमन्त्रीबीच भेट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । कांग्रेस नेता विमलेन्द्र निधि बिहीबार दिउँसो राउतलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् । त्यस क्रममा सकारात्मक र परिणाममुखी वार्ता भएको निधिले ट्विटरमा लेखेका छन् । ‘ गठबन्धन र कांग्रेससंग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल… Continue reading सीके राउत र प्रधानमन्त्रीबीच भेट

नवलपुरमा जिप दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दलदलेबाट १४ जना यात्रु लिएर डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको र चालकसहित सात जना गम्भीर घाइते भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष… Continue reading नवलपुरमा जिप दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौंमा दोहोरी साँझ राति १२ बजेसम्म र नाइटक्लब ४ बजेसम्म खोल्न पाइने

काठमाडौं । काठमाडौँमा दोहोरी साँझ राति १२ बजेसम्म र रात्रि क्लबहरु ४ बजेसम्म खोल्न पाइने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले समय तोकेको छ । जस अनुसार रक्सी पसलहरु (बोतलबन्दी बिक्री हुने मात्र) राति १० बजेसम्म खोल्न पाउनेछन् । त्यस्तै रेष्टुरेन्टहरु राति १२ बजेसम्म, डान्स, दोहोरी रेष्टुरेन्ट, लाउन्ज र… Continue reading काठमाडौंमा दोहोरी साँझ राति १२ बजेसम्म र नाइटक्लब ४ बजेसम्म खोल्न पाइने

बागबजार क्षेत्रमा सडक छेउमा पार्किङ गर्न पूर्ण रुपमा रोक लगाएपछि व्यवसायी आन्दोलित

काठमाडौं । काठमाडौं महानगरपालिकाले बागबजार क्षेत्रमा सडक छेउमा पार्किङ गर्न पूर्ण रुपमा रोक लगाएपछि व्यवसायी आन्दोलित भएका छन् । पार्किङ गर्न पाउनुपर्ने या महानगरले पार्किङ गर्ने स्थानको व्यवस्था गरिदिनुपर्ने माग गर्दै ओन्दोलनमा उत्रिएका हुन् । पार्किङ गर्न पूर्ण रुपमा रोक लगाउँदा आफूहरुको व्यवसायमा प्रभाव परेको उनीहरुको गुनासो छ। बागबजार क्षेत्रमा महानगरले पार्किङ गर्न निषेध गरेको… Continue reading बागबजार क्षेत्रमा सडक छेउमा पार्किङ गर्न पूर्ण रुपमा रोक लगाएपछि व्यवसायी आन्दोलित

नेपाल एयरलाइन्सले नयाँदिल्लीमा दैनिक दुई उडान गर्ने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले निगमको भारतको नयाँदिल्ली गन्तव्यमा साताको १४ उडान गर्ने भएको छ । पछिल्लो एक महिनादेखि निगमले उक्त गन्तव्यमा साताको १० उडान गर्दै आएकोमा अब फेरि साताको १४ उडान गर्ने भएको हो । गत महिना कटौती भएको दिल्लीको सबै उडान हुनेगरी तालिका पुनःस्वीकृत भएको निगमले जनाएको छ ।निगमले… Continue reading नेपाल एयरलाइन्सले नयाँदिल्लीमा दैनिक दुई उडान गर्ने

स्याङ्जा २ मा मतान्तर बढाउँदै धनराज गुरुङ

काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र २ मा मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहेका छन् । नेकपा नेकपा (एमाले)की पद्माकुमारी अर्याललाई पछि पार्दै गुरुङले अग्रता लिएका हुन् । कांग्रेसका गुरुङले पाँच हजार ३१४ मत पाएका छन् भने भने एमालेकी अर्यालको तीन हजार ९८७ मत पाएकी छिन् । यस्तै, स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार… Continue reading स्याङ्जा २ मा मतान्तर बढाउँदै धनराज गुरुङ

सुनसरी-४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले विजयी

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन्। कार्कीले निकटतम प्रतिद्वन्द्वी प्रदेश १ का पूर्व वन वातावरण तथा पर्यटन मन्त्री जगदीशप्रसाद कुसियैतलाई ११२ मतले पराजित गरेका हुन् । कार्की ३० हजार ४८३ मत सहित बिजयी भए भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१… Continue reading सुनसरी-४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले विजयी

दोलखाका १० मतदान केन्द्रमा आज मतदान जारी

काठमाडौं । दोलखाका १० निर्वाचन क्षेत्रमा आज निर्वाचन भइरहेको छ । विवादका कारण यी क्षेत्रको मतगणना हुन सकेको थिएन । आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान गराएको हो । बिहान ७ बजेदेखि शुरु मतदान साँझ ५ बजेसम्म चल्ने छ । ११ मंसिरमा बसेको निर्वाचन आयोगको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–२ को जनज्योति माध्यमिक… Continue reading दोलखाका १० मतदान केन्द्रमा आज मतदान जारी

बैतडीमा एक युवती मृत फेला, एक घाइते

बैतडी । बैतडीमा एक युवती मृत र एक किशोरी घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो २ बजेतिर शिवनाथ गाउँपालिका–६ नेपाल टेलिकमको टावर नजिकै जंगलमा २१ वर्षीय माया लुहारको घाँटी रेटिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । दिउँसो १ बजेतिर सोही ठाउँको गाईवस्तु चराउने चौरमा १५ वर्षीय नेहा लुहारको समेत घाँटी… Continue reading बैतडीमा एक युवती मृत फेला, एक घाइते

चुनावपछि फ्रेस हुन सुकुटे’ पुगे प्रचण्ड, सुनकोसीमा र्‍याफ्टिङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभामुख अग्निप्रसाद सापकोटासँगै सुकुटे पुगेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम आउनै लाग्दा प्रचण्ड रिफ्रेसमेन्टका लागि सुकुटे पुगेका हुन् । उनीहरुका साथमा पारिवारिक सदस्य पनि छन् । सभामुख सापकोटा पार्टीमा नजिकका विश्वासपात्र हुन् । प्रचण्डको टोलीलाई सिन्धुपाल्चोक १ का नवनिर्वाचित सांसद माधव… Continue reading चुनावपछि फ्रेस हुन सुकुटे’ पुगे प्रचण्ड, सुनकोसीमा र्‍याफ्टिङ

समानुपातिकतर्फ ‘घण्टी’ले कटायो ११ लाख मत, समाजवादी थ्रेस होल्ड कटाउन संघर्षरत

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको यही मंसिर ४ गते भएको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ कूल १ करोड १ लाख ७१ हजार ३६३ मतगणना गरिएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ। समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ। बुधवार… Continue reading समानुपातिकतर्फ ‘घण्टी’ले कटायो ११ लाख मत, समाजवादी थ्रेस होल्ड कटाउन संघर्षरत

स्याङ्जा-२ र बाजुरामा पुनः मतदान नहुने, मत गणना गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले मतगणना सुचारू गर्न निर्देशन दिएको हो। नेकपा एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना हुन सकेको छैन । एमाले महासचिव शंकर पोखरेल नेतृत्वमा गएको टोलीले प्रमुख… Continue reading स्याङ्जा-२ र बाजुरामा पुनः मतदान नहुने, मत गणना गर्न आयोगको निर्देशन

एक करोड मत गन्दा एकीकृत समाजवादी थ्रेस होल्ड पार भएन, माओवादी र स्वतन्त्रपार्टीको हैसियत समान

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको यही मंसिर ४ गते भएको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ कूल १ करोड ४१ हजार १२८ मतगणना गरिएको छ। बुधवार बिहान १२:३५ बजेसम्मको गणना अनुसार एमाले २७ लाख ९९४ मतसहित शीर्ष स्थानमा रहेको छ । नेपाली कांग्रेसले २५ लाख ५९ हजार ८४ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ११ लाख… Continue reading एक करोड मत गन्दा एकीकृत समाजवादी थ्रेस होल्ड पार भएन, माओवादी र स्वतन्त्रपार्टीको हैसियत समान

फराकिलो मत अन्तरले जित्नेमा रवि लामिछानेदेखि केपी शर्मा ओलीसम्म

काठमाडौं । देशभर निर्वाचनको अन्तिम नतिजा आउने क्रम अब अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म १६१ सिटको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएको छ । यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सबैभन्दा फराकिलो मत अन्तरले जित्ने सांसद बनेका छन् । उनी चितवन २ मा उम्मेदवार थिए । कुल ८४ हजार ३१५ मत खसेको यस क्षेत्रबाट लामिछानेले… Continue reading फराकिलो मत अन्तरले जित्नेमा रवि लामिछानेदेखि केपी शर्मा ओलीसम्म

प्रतिनिधिसभामा ४ सिटको नतिजा आउन बाँकी, कहाँ किन रोकिएको हो ?

काठमाडौं । ४ मंसिरमा भएको निर्वाचनयता ३ दिन भित्र नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले बताएको थियो । तर, आज १० औं दिन सम्पन्न भइसक्दा समेत पुरै नतिजा आएको छैन । प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अब ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ… Continue reading प्रतिनिधिसभामा ४ सिटको नतिजा आउन बाँकी, कहाँ किन रोकिएको हो ?

कांग्रेसका दुई महामन्त्रीको एक मत : अबको प्रधानमन्त्री गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा आगामी प्रधानमन्त्रीमा गगन थापाको दावि रहनेमा एक मत भएका छन् । दुई महामन्त्रीबीच मंगलबार भेट भएको छ । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने घोषणा गरे । मंगलबार काठमाडौंस्थित… Continue reading कांग्रेसका दुई महामन्त्रीको एक मत : अबको प्रधानमन्त्री गगन थापा

केपी ओलीमाथि आक्रोसित बालेन : सुकुम्बासीका ३२ वटा जाडो किन देख्नु भएन ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति कडा आक्रोससहित प्रश्न गरेका छन् । ओलीले बागमती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति राखेको धारणामाथि सामाजिक सञ्जालमार्फत बालेनले कडा प्रश्न गरेका हुन् । उनले पटक–पटक राज्य संरचनाको नेतृत्व लिंदा किन समस्या समाधान नगरेको भन्दै ओलीलाई प्रश्न गरेका छन् । उनले… Continue reading केपी ओलीमाथि आक्रोसित बालेन : सुकुम्बासीका ३२ वटा जाडो किन देख्नु भएन ?

एकीकृत समाजवादीले भन्यो-‘परिणाम हामीले सोचेको जस्तो छैन, तर सत्ता गठबन्धनमै रहन्छौं’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले सत्ता गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने निर्णय गरेको छ। निर्वाचन परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालय बैठकले परिणाम सोचेजस्तो नआए पनि गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने निर्णय गरेको हो। ‘जे जस्तो मत परिणाम हामीले प्राप्त गर्‍यौं, यो परिणाम हामीले सोचेको जस्तो छैन,’ बैठकबारे प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ… Continue reading एकीकृत समाजवादीले भन्यो-‘परिणाम हामीले सोचेको जस्तो छैन, तर सत्ता गठबन्धनमै रहन्छौं’

थारु समुदायका लागि ६.६ प्रतिशत आरक्षण नछुट्याउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले थारु समुदायका लागि निजामती तथा सरकारी सेवाको विज्ञापनमा ६ दशमलव ६ प्रतिशत आरक्षण नछुट्याउन आदेश गरेको छ। न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र डा कुमार चुडालको संयुक्त इजलासले आइतबार गरेको आदेशमा गत कात्तिक २० गते दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गर्दै उक्त आरक्षणको नछुट्याउन आदेश गरेको हो । ‘अन्तरिम आदेश कायम राख्दा… Continue reading थारु समुदायका लागि ६.६ प्रतिशत आरक्षण नछुट्याउन सर्वोच्चको आदेश