Category: समाचार

  • काठमाडौं महानगरले रोक्यो भृकुटीमण्डपको शैक्षिक मेला

    काठमाडौं महानगरले रोक्यो भृकुटीमण्डपको शैक्षिक मेला

    काठमाडौं ।उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले काठमाडौँ महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरू भएको शैक्षिक मेला बन्द गराएको छ।

    सहमतिविपरीत एसईई र प्लस टु को रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाको नाममा शुल्कसहित कलेजहरुको विज्ञापन गरेको भन्दै महानगरले शैक्षिक मेला बन्द गराएको हो।

    एसईई र कक्षा १२ को परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको थियो।

    असार ३ गते आइतबारसम्म सञ्चालन हुने मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाका स्टलहरू राखिएका थिए भने मेलामा निःशुल्क प्रवेश गर्न सकिने व्यवस्था पनि मिलाइएको थियो।

  • पक्राउ परेका कलाकार र युट्युबरलाई ४ दिन हिरासतमा राख्न अनुमति

    पक्राउ परेका कलाकार र युट्युबरलाई ४ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । अनलाइन बेटिङको प्रवर्द्धनमा लागेको अभियोगमा पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबरलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।

    बिहीबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालतबाट चार दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति लिएको हो।

    अपराध अनुसन्धान कार्यालयले बिहीबार हास्यकलाकारहरू ‘बल्छी ध्रुवे’ उर्फ मरिचमान श्रेष्ठ, ‘म्याकुरी’ उर्फ पवन खतिवडा, राजुमास्टर उर्फ राजु पौडेल, सरोज घिमिरे (ढेडो बूढो), भटभटे माइला भन्ने बेगम नेपाली तथा युट्युबर एलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’ र गणेश देवकोटा (जिडी) लाई पक्राउ गरेको थियो।

    बल्छी ध्रुवेसहित कलाकारले आफूले खेल्ने टेलिसिरियल र भिडिओहरुमार्फत ‘वान एक्स बेट’को अनलाइन जुवालाई प्रवर्द्धन र प्रचार गर्दै आएका थिए।

  • ‘नेताहरुका नाममा खुलेका प्रतिष्ठानहरुलाई अनावश्यक अनुदान’

    ‘नेताहरुका नाममा खुलेका प्रतिष्ठानहरुलाई अनावश्यक अनुदान’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकीसांसद तोसिमा कार्कीले खेलकुदका लागि भनेर बिभिन्न दलका नेताहरुका नाममा खुलेका प्रतिष्ठानहरुलाई अनावश्यक अनुदान दिइएको बताएकी छन् ।

    उनले भनिन्, ‘अन्तराष्ट्रिय खेलकुद आयोजनातर्फ विभिन्न दलका नेताहरुका नाममा खुलेका प्रतिष्ठानहरुलाई अनुदान दिइएको छ । मदन भण्डारीलाई ५० लाख, गणेशमान सिंहलाई ५० लाख, साहनाप्रधान स्मृति प्रतियोगितालाई ७ लाख, गिरिजाप्रसाद कोईराला पुरुष हकीलाई ७ लाख भन्दै बाँडिएका रकमहरु उचित लेखा परीक्षण हुने गरेको छैन ।

    र खर्चको पारदर्शितामा हरेक पटक निरन्तर रुपमा प्रश्न उठेको छ । दलका नेताको नाममा राजनीतिक आवद्धता बढाउने यस्ता खालका कार्यक्रमहरुलाई किन र के का लागि प्रोत्साहन गरिन्छ ?’

  • ‘वान एक्स बेट’ धन्दा : बल्छी ध्रुवे, राजु मास्टर र म्याकुरीसहित ८ जना पक्राउ

    ‘वान एक्स बेट’ धन्दा : बल्छी ध्रुवे, राजु मास्टर र म्याकुरीसहित ८ जना पक्राउ

    काठमाडौं । प्रहरीले वानएक्स बेट प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा पक्राउ परेका कलाकारहरुको नाम सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका कलाकारको नाम सार्वजनिक गरेको हो ।

    वानएक्स बेटिङ प्रकरणमा पक्राउ पर्ने कलाकारमा मरिचमान श्रेष्ठ ९बल्छी धुर्वे०, राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली रहेका छन् ।

    युट्युबसहित विभिन्न माध्यममा वानएक्स बेटको प्रचारप्रसार गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । विभिन्न प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै उनीहरुले प्रचार गरेको प्रहरीको भनाई छ ।

    यसअघि बुधबार मात्रै प्रहरीले वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो । सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्र रूपमा हुन थालेपछि प्रहरीले अनुसन्धानलाई तिव्र बनाएको थियो ।

  • वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त, शंकर वैरागी सुरक्षा सल्लाहकार

    वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त, शंकर वैरागी सुरक्षा सल्लाहकार

    काठमाडौं । सरकारको शुक्रवारबाट अनिवार्य अवकाशमा जान लागेका डा.बैकुण्ठ अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।

    अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि सचिव थिए । हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् ।

    बैठकले असोजमा अवकाश हुने यसअघिका मुख्य सचिव शंकर वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको छ। निर्णयलगत्तै प्रधानमन्त्री प्रचण्डले वैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार पदको शपथ खुवाएका छन् ।

  • कोशी प्रदेशमा दुई अध्यादेश जारी, बजेट ल्याउन बाटो खुल्यो

    कोशी प्रदेशमा दुई अध्यादेश जारी, बजेट ल्याउन बाटो खुल्यो

    काठमाडौं । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र विनियोजन अध्यादेश २०८० जारी गरेका छन् ।

    नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा २ वटा अध्यादेश जारी गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।

    अध्यादेश जारी गरेसँगै अध्यादेशबाट बजेट ल्याउने बाटो खुला भएको छ । कोशी प्रदेशसभाको चालु बजेट अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भइसकेको छ।

  • नेपाल र यूएईबीच श्रम समझदारी नवीकरण, के भयो सहमती ?

    नेपाल र यूएईबीच श्रम समझदारी नवीकरण, के भयो सहमती ?

    काठमाडौं । नेपाल र युएईबीच श्रम समझदारी नवीकरण भएको छ। युएईसँग चार वर्षअघि श्रम समझदारी भएको थियो। बुधबार दुई देशको संयुक्त कार्यसमितिको काठमाडौंमा बसेको बैठकले समझदारी नवीकरणको निर्णय गरेको हो। छलफलमा नेपालले श्रम र वैदेशिक रोजगार सम्बन्धी पछिल्लो कानुनहरूबारे जानकारी पनि गराएको छ।

    श्रमिकहरूको हक तथा अधिकार सुनिश्चितताका विषयमा समेत गहन छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। सरकारले युएईमा नेपालीको न्यूनतम पारिश्रमिक सुनिश्चितता हुनुपर्ने, ज्यान गुमाएकाहरूको शव सहज रूपमा नेपाल ल्याउने व्यवस्था हुनुपर्ने प्रस्ताव गरेको छ।

    त्यस्तै त्यहाँ जेल तथा कैदमा रहेका नेपाली श्रमिकहरूलाई आममाफीसहित अभिलेखवद्ध श्रमिकहरूको नेपाल फिर्तीमा सहजीकरण गरिदिन पनि प्रस्ताव गरेको हो। युएई पक्षले नेपालले राखेका विषयमा सकारात्मक रहेको धारणा राखेको छ। युएईले नेपालबाट घरेलु श्रमिक पनि लैजान इच्छा देखाएको छ। यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन समेत युएईले आग्रह गरेको छ।

  • मनसुन भित्रिएसँगै आज यी स्थानमा हुनेछ वर्षा

    मनसुन भित्रिएसँगै आज यी स्थानमा हुनेछ वर्षा

    काठमाडौं । नेपालमा बुधबारबाट मनसुन भित्रिएको छ । मनसुनको प्रभाव पूर्वी र मध्य भूभागमा देखिने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भूभागमा भने पश्चिमी वायुको आंशिक प्रभाव छ। महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भएको छ।

    बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ। बिहीबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन-चट्याङ्ग सहित हल्का वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ।

    दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू(भागका थोरै स्थानहरुमा मेघ-गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

    राती पनि कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ-गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश सहित देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन-चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

  • मैत्रिपूर्ण फूटबल : नेपाल र फिलिपिन्स आज भिड्दै

    मैत्रिपूर्ण फूटबल : नेपाल र फिलिपिन्स आज भिड्दै

    काठमाडौं । नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाली समय अनुसार साँझ पौने पाँच बजे फिलिपिन्सको राजधानी मनिलामा मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो । साफ च्याम्पियनपसिप अघिको यो अभ्यास खेल नेपालका लागि कमजोरी सुधारको मौका हुने विश्वास छ ।

    साफ गेम आगामी असार ६ गतेदेखि भारतमा सुरु हुँदैछ । फिलिपिन्ससँग अभ्यास खेल खेलेपछि नेपाली टोली साफ खेल खेल्न सिधै भारतको बेंग्लोर जाने छ । साफ खेलको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘बी’ मा माल्दिभ्स, भुटान, लेबनान र बंगलादेश छन् ।

  • राष्ट्रपति डिस्चार्ज, कस्तो छ अवस्था ?

    राष्ट्रपति डिस्चार्ज, कस्तो छ अवस्था ?

    काठमाडौं । मुटुमा समस्या देखिएपछि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई बुधवार बिहानै डिस्चार्ज गरिएको छ। राष्ट्रपति पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले राष्ट्रपतिको मुटुको भल्भ जाँच गर्नका लागि मङ्गलवार एन्जिओग्राफी गरिएको जानकारी गराएका छन् ।

    एन्जिओग्राफी मुटुका भल्वमा हुने रक्तप्रवाह हेर्न प्रयोग गरिने एक प्रकारको परीक्षण हो। यसलाई सचिवालयले नियमित चेकजाँच भनेको छ । अस्पतालका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण र उपचार गरिएको जनाएका छन्। तर कस्तो उपचार गरिएको भन्ने विषयमा अस्पतालले केही खुलाएको छैन।

  • प्रेम विवाह गरेको दुई महिनामै श्रीमतीको हत्या

    प्रेम विवाह गरेको दुई महिनामै श्रीमतीको हत्या

    काठमाडौं । तनहुँमा बिहे गरेको २ महिनाकै अवधिमा श्रीमतीको हत्या भएको छ । जिल्लाको व्यास नगरपालिका ४ चिहानडाँडामा नालीमा राखिएको ह्युमपाइपमा प्लास्टिकको बोराभित्र युवतीको शव भेटिएको थियो । शव क्षतविक्षत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उक्त शव ब्यास नगरपालिका–१२ लामिडाँडाकी २२ वर्षकी रंगिला भुजेलको भएको खुलेको छ ।

    २४ जेठदेखि माइती पक्षको सम्पर्कमा नरहेकी उनको शव बाबुले पहिचान गरेका थिए। भुजेलको गत १ वैशाखमा भानु नगरपालिका ५ का मैबलका २१ वर्षका मनोज विष्टसँग प्रेम विवाह भएको थियो । उनीहरु ब्यास नगरपालिका–४ मा डेरामा बस्दै आएका थिए। रंगिलाको हत्या गरेर शव लुकाएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले बताए। हत्याको आरोपमा प्रहरीले रंगिलाका श्रीमान मनोजलाई पक्राउ गरेको छ।

    श्रीमान श्रीमतीको मनमुटावको कारण हत्या गरेको खुलेको विष्टले बताए। ‘श्रीमतीले श्रीमानलाई जानकारी नै नदिई दुईवटा सिम चलाएको कारण झगडा पर्दा हत्या गरेको खुलेको छ। २६ गते दिउँसो आफनै डेरामा हत्या गरी शवलाई व्यवस्थापन गर्न नालीको ह्युम पाइपभित्र राखेको पाइयो’ उनले भने। मनोजमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमति लिएको छ।

  • वानएक्स बेटमा सट्टेबाजी गर्ने पाँचजना पक्राउ, एकजनाले मात्रै गरे ६४ करोड बढीको कारोबार

    वानएक्स बेटमा सट्टेबाजी गर्ने पाँचजना पक्राउ, एकजनाले मात्रै गरे ६४ करोड बढीको कारोबार


    काठमाडौं । प्रहरीले नेपालमा अवैध सट्टेबाजी र क्रिप्टो करेन्सीकोे कारोवार गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै अनलाइनमार्फत सट्टेबाजी गरेर करोडौको कारोवार गर्ने पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौंको मैजुबहाल बस्ने २९ वर्षीय दिनेश खड्का, उनकी २८ वर्षीया श्रीमती अनिता धिताल, भक्तपुरको मध्यपुर ठिमी-४ बस्ने २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनपुर घर भई बुद्धनगर बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई नागर्जुन बिसी क्याप स्किल बस्ने २४ वर्षीय आशिष लामिछाने छन्।

    वानएक्स वेटबाट सट्टेबाजी गर्ने मध्ये पक्राउ पर्ने मुख्य व्यक्ति दिनेश खड्काले मात्रै ६४ करोड भन्दा बढीको कारोबार गरेको देखिएको छ। उनीहरूबाट जम्मा ७४ करोड १३ लाख ५० हजार ७ सय ७१ रुपैयाँ बराबरको कारोबार भएको कार्यालयले बताएको छ। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।

  • एक दिन ढिला भित्रियो मनसुन, क्रमिक रुपमा देशभर फैलिने

    एक दिन ढिला भित्रियो मनसुन, क्रमिक रुपमा देशभर फैलिने

    काठमाडौं । यस वर्षको मनसुन आजबाट भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागले पूर्वी क्षेत्रबाट मनसुन नेपाल प्रवेश गरेको जनाएको छ। 

    यसअघिका वर्षहरूमा १० जुनलाई मनसुन प्रवेशको मिति मानिँदै आएको थियो। तर, पछिल्लो २० वर्षको मौसमी तथ्याकंका आधारमा यस वर्षबाट १३ जुनलाई मौसम प्रवेश गर्ने मिति तय गरिएको छ। यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको हो । आज नेपाल आगमन भएको मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ ।

    सामान्यभन्दा एक दिन ढिलो नेपाल प्रवेश गरेको भएपनि यसपालीको मनसुनमा नेपालभरि सामान्य वा औसत वर्षा हुने मौसमविद्हरूले बताएका छन्।

  • हर्क साम्पाङविरुद्ध अल्पकालीन अन्तरिम आदेश

    हर्क साम्पाङविरुद्ध अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङविरुद्ध दायर रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले दुवै पक्षलाई छलफलका लागि जेठ ३२ गते बोलाएको छ। हर्कविरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठलगायतले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए। खानेपानी बोर्डको बैठक नबोलाई हर्कले एकलौटी रुपमा काम गरेको भन्दै रिट निवेदकले अन्तरिम आदेश माग गरेका छन्।

  • युट्युब मनिटाइज गर्न ५०० सब्सक्राइबर‍ भए पुग्ने, तीन भिडियो अनिवार्य

    युट्युब मनिटाइज गर्न ५०० सब्सक्राइबर‍ भए पुग्ने, तीन भिडियो अनिवार्य

    काठमाडौं । भिडियो साझेदारी प्लेटफर्म युट्युब निकै उपयोगी बन्दै गइरहेको छ ।

    हिजो गुमनाम रहेकालाई युट्युबको भिडियोले रातारात स्टार मात्रै बनाइरहेको छैन आर्थिक स्तर उकास्नसमेत यसले भूमिका खेलिरहेको छ । अब कम सब्सक्राइबर भए पनि रकम आउनका लागि जरुरी पर्ने मनिटाइज हुने भएको छ ।

    साना क्रियटरहरूलाई ध्यानमा राख्दै युट्युबले मनिटाइजेसन पोलिसी अर्थात् च्यानल मनिटाइज गर्ने नियमहरूमा केही परिवर्तन ल्याएको हो ।

    यसअघि युट्युबले मनिटाइजेसनका लागि १००० सब्सक्राइबर हुनुपर्ने नीति बनाएको थियो । अब त्यसलाई परिमार्जन गरेर ५०० मा झारिएको छ । साना ‘क्रियटर’हरूलाई मध्यनजर गरेर युट्युबले यस्तो व्यवस्था गरेको हो ।

    वाच आवर अवधि पनि घटाइएको छ । यसअघि वाच आवर ४००० रहेकोमा त्यसलाई घटाएर ३००० बनाइएको हो । शर्ट भ्युजलाई पनि एक करोडबाट ३० लाखमा झारिएको छ । आम्दानीतर्फ पनि केही संशोधन गरिएको छैन ।

    अघिल्लो वर्ष उक्त च्यानलका भिडियोहरू तीन हजार घण्टा हेरिएका वा पछिल्ला ९० दिनमा युट्युब सर्ट भिडियो ३० लाखपटक हेरिएको हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।

    कम्पनीका अनुसार, यो नियम सुरुमा अमेरिका, क्यानडा, बेलायत, ताइवान र दक्षिण कोरियामा लागू हुनेछ ।

  • देशका पहाडी भु-भागमा वर्षा, गर्मीबाट राहत

    देशका पहाडी भु-भागमा वर्षा, गर्मीबाट राहत

    काठमाडौं । मुलुकका पहाडी भुभागमा परेको वर्षाका कारण गर्मीबाट राहत मिलेको छ । पानी परेसँगै देशका धेरै ठाउँमा अधिकतम तापक्रम घट्दो क्रममा छ । दुईतीन दिन यता काठमाडौंसहित पहाडी जिल्ला र पूर्वी तराईमा हल्कादेखि मध्यम वर्षा भएको छ । तर, पश्चिम तराईमा भने अझै चर्को गर्मी छ । पश्चिम तराईमा पानी परेको छैन । अझै एक दुई दिन पश्चिम तराईमा वर्षाको सम्भावना नरहेको मौसमविद्हरुले बताएका छन् ।

    पश्चिम तराईबाहेकका ठाउँमा आज पनि पानी पर्ने सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ कोशी, वाग्मती, गण्डकी र मधेस प्रदेशका पूर्वी क्षेत्रका केही ठाउँको मौसम अहिले आंशिकदेखि सामान्य बद्ली छ । नेपालमा अहिले पश्चिमी वायुसँगै भारतको विहारमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

  • नागरिकता माग गर्दै माइतीघरमै आत्मदाहको प्रयास

    नागरिकता माग गर्दै माइतीघरमै आत्मदाहको प्रयास

    काठमाडौं । नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ । त्यस क्रममा एक युवकले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिएका छन् ।

    आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरीका निरजकुमार कामत रहेका छन् । उनका हजुरबुबा र बुबाले जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । उनका बाबुले २०६४ मा जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । १८ वर्ष पुगेपछि नागरिकता लिने प्रयास गरेका निरज पछिल्लो पाँच वर्षदेखि नागरिकताका लागि आन्दोलनरत छन् ।

  • राष्ट्रपति पौडेल अस्पताल भर्ना

    राष्ट्रपति पौडेल अस्पताल भर्ना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पोडेल अस्पताल भर्ना भएका छन् । उनलाई आजको रात अस्पतालमै राखिने भएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई अब्जर्भेसनका लागि अस्पतालमै राख्न लागिएको जनाएको छ ।

    ‘राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षणको क्रममा यस शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आज भर्ना हुन भएको छ,’ अस्पतालले भनेको छ, ‘उहाँलाई चिकित्सकहरुको सल्लाहअनुसार २४ घण्टा अवलोकनमा राखि भोलिसम्म डिस्चार्ज गर्ने तयारी रहेको जानकारी गराउँछौं ।’

    दम र ग्यास्ट्रिकबाट पीडित पौडेललाई छाती दुख्ने समस्या देखिएपछि मंगलबार बिहान ७ बजे काठमाडौंको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको हो । अहिले उनको मुटुको परीक्षण भइरहेको छ । सचिवालयकाअनुसार एनजिओग्रामको सुरुआती रिपोर्ट राम्रो छ ।

    पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर उपचार भइरहेको छ । गंगालालका निर्देशक डा.चन्द्रमणि अधिकारीसहितको टोली पौडेलको स्वास्थ्य परीक्षणमा संलग्न छ ।

  • मधेश प्रदेशका मूख्यमन्त्री यादवले पाए विश्वासको मत

    मधेश प्रदेशका मूख्यमन्त्री यादवले पाए विश्वासको मत

    काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सबै प्रदेश सभा सदस्यको विश्वासको मत पाएका छन् । १ जेठमा समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिएपछि मङ्गलवार संसद्को आकस्मिक बैठकमा मुख्यमन्त्री यादवले प्रदेश सभामा उपस्थित एक सय तीन जना सांसदकै मत पाएका हुन् । उनलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सदनका सबै दल र स्वतन्त्र सांसदले समेत विश्वासको मत दिए ।

    यसअघि पहिलो पटक मुख्यमन्त्री यादवले माघ ४ गते प्रदेश सभामा सबै सांसदको मत पाएका थिए । जनता समाजवादी पार्टीका सांसद यादव गएको पुस २७ गते मधेस प्रदेश सभाको ठूलो दल नेकपा एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

    प्रदेश सभामा एमालेका २३, कांग्रेसका २२, जसपाका १८, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका नौ–नौ, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का एक–एक जना सांसद छन् । यस्तै ३ जना स्वतन्त्र सांसद छन् ।

  • सिंगापुर जाँदै देउवा

    सिंगापुर जाँदै देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर प्रस्थान गर्दैछन्। उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् त्यता जान लागेका हुन्। सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर जान लागेको उनको सचिवालयले जनाएको छ ।

    पेटसम्बन्धी समस्या देखिएपछि उनी नियमित चेकजाँचका लागि सो मुलुक जान लागेको बताइएको छ । उनी २र२ वर्षमा फलोअपमा जानुपर्नेमा अहिले ३ वर्षमा जान लागेका छन् । पत्नी आरजु देउवासहित सिंगापुर जान लागेका देउवा करिब एक सातापछि स्वदेश फर्कने सचिवालयले जानकारी दिएको छ।

  • तराईमा अझै ५ दिन लु लाग्ने सम्भावना

    तराईमा अझै ५ दिन लु लाग्ने सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो। ‘

    आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिकरूपमा बढ्दै जाने देखिन्छ । तसर्थ, तराईका भू–भागमा तातो हावाबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ’, बुलेटिनमा भनिएको छ ।

    लू चल्नका लागि लगातार पाँच दिनसमम सामान्यभन्दा ४० डिग्रीभन्दा माथि ताफत्रम बढेमा लू चलेको मानिन्छ। वर्षा नहँुदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको बताइएको छ। साथै पहाडी भू–भागका उपत्यका तथा खोंचहरूमा समेत तापक्रम क्रमिकरूपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको।

    महाशाखाका अनुसार विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ। काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भू–भागमा, मुख्यतयाः मध्यतराई र आसपासमा अधिकतम तापक्रत्र ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ।

    लूबाट हुने सम्भावित असर जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको छ।

    लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने ९घाममा हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ जुससर्वत आदि० प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह–सुझाव लिन पनि महाशाखाले सुझाएको छ।

    हाल देशमा पश्चिवी वायुको साथै भारतको बिहारमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। अहिले कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही कोशी तथा बागमती प्रदेशका केही स्थान साथै मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज काठमाडौँको न्यूनतम तापक्रम १८ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । रासस

  • विदेशमा रहेका नेपालीलाई समानूपातिकमा मताधिकार दिने तयारी

    विदेशमा रहेका नेपालीलाई समानूपातिकमा मताधिकार दिने तयारी

    काठमाडौं । नेपालले विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक तर्फ मताधिकार दिने तयारी गरेको छ । निर्वाचन कानूनहरुको एकीकृत मस्यौदामा यस्तो प्रावधान गर्न लागिएको हो । विदेशमा रहेका नेपालीहरुले सम्बन्धित देशबाटै भोट हाल्न पाउने व्यवस्था एकीकृत मस्यौदामा छ । विदेशमा रहेका नेपालीहरुले समानुपातिक तर्फ मात्रै मतदान गर्न पाउने प्रस्ताव गरिएको छ ।

    निर्वाचन ‘आयोगले विदेशमा रहेका मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिलाई नेपाली कुटनीतिक नियोगको सहयोगमा सोही मुलुकबाटै प्रतिनिधिसभाको समानुपातिक तर्फको निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनमा मतदान गर्ने व्यवस्था मिलाउने’ एकीकृत ऐनको मस्यौदामा उल्लेख छ ।

    कानुन बन्नुअघि नै निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली दर्ता अगाडि बढाउने भएको छ । आगामी साउन एक गतेदेखि विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन सुरु गर्ने तयारी रहेको छ । पहिलो चरणमा खाडी मुलुकहरु युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गरिनेछ ।

  • जुगल हिमशृङ्खलाका ५ चुचुरो आरोहण गर्न खुला

    जुगल हिमशृङ्खलाका ५ चुचुरो आरोहण गर्न खुला

    काठमाडौं । सरकारले ५ वटा नयाँ हिमचुचुरोलाई पर्वतारोहणका लागि खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल हिम शृङ्खलामा पर्ने ५ वटा चुचुरोहरु आरोहणका लागि खुला भएका हुन् । मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार यी चुचुरो जुगल गाउँपालिकामा पर्छन् ।

    सरकारले ६ हजार ५९१ मिटर अग्लो जुगल १, ६ हजार ५१८ मिटर अग्लो जुगल २, ६ हजार १८४ मिटर अग्लो जुगल ३, ५ हजार ९३६ मिटर अग्लो जुगल ४ र ५ हजार ९२२ मिटर अग्लो जुगल ५ लाई पर्वतारोहण प्रयोजनका लागि खुला गर्ने निर्णय गरेको जनाएको छ । सरकारले खुला गरिएका हिमालको विवरण राजपत्रमा प्रकाशित गरेसँगै यी हिमालमा अब व्यावसायिक आरोहणको बाटो खुलेको छ ।

    जुगल हिम शृङ्खलामा पर्ने ग्याल्जेन हिमाल (६ हजार १५१ मिटर) यसअघि २०१९ मै आरोहण भइसकेको चुचुरो हो । यी हिमालहरु काठमाडौंबाट नजिकका चुचुरो मानिन्छन् । तुलनात्मक रुपमा होचा यी हिमालहरु अग्लो हिमाल चढ्नु अगाडिको आरोहण अभ्यासका लागि उपयुक्त मानिन्छन् ।

    जुगल गाउँपालिका काठमाडौं उपत्यकाबाट ९० किलोमिटर उत्तरपूर्वमा पर्छ । जुगल हिम शृङ्खलामा ६ हजार मिटर भन्दा अग्ला ८ वटा चुचुरो रहेको बताइएको छ । पछिल्लो समय स्थानीय सरकारले समेत जुगललाई पर्यटकीय गन्तव्य बनाउन विभिन्न प्रयास गरिरहेको छ ।

    नेपालमा सरकारले आरोहण खुला गरेका हिम चुचुराको संख्या अब ४१९ पुगेको छ । सर्वोच्च शिखर सगरमाथासहित ४१४ वटा हिमाल यसअघि नै आरोहणको प्रयोजनका लागि खुला गरिएको छ । जसमध्ये २७ वटा हिमाल नेपाल पर्वतारोहण संघले व्यवस्थापन गरिरहेको छ । नेपालमा विश्वको सर्वोच्च टाकुरासहित १३१० वटा हिमाल रहेको पर्यटन विभागको तथ्यांक छ ।

  • उड्नै लागेको जहाज भित्र जब धुँवा देखियो

    उड्नै लागेको जहाज भित्र जब धुँवा देखियो

    काठमाडौं । जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानको उडान रद्द गरिएको छ । यु ४–५०८ नम्बरको विमान साँझ ५ः३७ मा काठमाडौंका लागि उडान भर्ने क्रममा यात्रुले धुँवा देखिएको बताएपछि उडान रद्द गरिएको हो। दिउँसो ४ः३० बजे उडान गर्ने तालिका रहे पनि सो विमान १ घण्टा ७ मिनेट ढिला गरी उड्न लागेको थियो ।

    वुद्ध एयरका जनकपुर प्रमुख विजय सिंहले प्राविधिक टिमले विमानभित्र खराबी रहे वा नरहेको हेरिरहेको बताए। ‘टेक्निकल टिमहरुले हेरिरहेका छन्। कहाँ के फल्ट छ भनेर, अर्को विमानबाट यात्रीहरुलाई काठमाडौं पठाइएको छ’, सिंहले भने ।

  • प्यूठान कार दुर्घटना : मृतकको पहिचान खुल्यो, ७ जना २ घरका

    प्यूठान कार दुर्घटना : मृतकको पहिचान खुल्यो, ७ जना २ घरका

    काठमाडौं । स्वर्गद्वारी दर्शन गरी फर्किएको कार दुर्घटनामा परी मृत्युभएका आठै जनाको पहिचान खुलेको छ । मृतक सबै दाङको रहेको प्रहरीले जनाएको छ । स्वर्गद्वारी भिंग्री सडक खण्डको टाकुरा भन्ने स्थानमा लु १ च ६३४५ नम्वरको जिप दुर्घटनामा कारमा सवार सवै जनाको घटनास्थलमा मृत्यु भएको थियो ।

    मृत्यु हुनेमा २ जना महिला, २ जना पुरुष र ४ जना बालक रहेका छन् ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा दाङको तुलसीपुर १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल,उनका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल, दाङको लमही नगरपालिका ७ गडुवाका ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती ३० वर्षीया श्रीमती राधा नेपाली र उनीहरूकै ९ बर्षका छोरा आदित शाहको मृत्यु भएको हो । यस्तै, कार चालक दाङको लमहीका ताराबहादुर कुमालको यसअघि नै सनाखत भइसकेको छ ।

    कार सडकको माथिल्लो घुम्टीबाट पल्टिएर तल्लो घुम्टीमा पुगेको थियो । स्काभेटरको मद्दतले उद्धारको काम भएको थियो । मृतकको शव जिल्ला अस्पताल विजुवार ल्याइएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

  • चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा महानगरको ताला

    चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा महानगरको ताला

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बौद्धमा सञ्चालित चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा ताला लगाएको छ।

    महानगरले अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको र मापदण्ड पुरा नगरेको फेला पारेपछि अस्पतालको प्रशासनमा ताला लगाइदिएको हो। प्रशासनमा ताला लगाएसँगै अस्पतालमा उपचाररत बिरामी अन्यत्र सार्न महानगरले निर्देशन दिएको छ ।

    स्वास्थ्य संस्था सञ्चालन ऐनविपरीत सञ्चालनमा रहेका तथा मापदण्ड पूरा नगरेका अस्पतालहरूलाई कारबाहीको मागसहित महानगरले जेठ १७ गते स्वास्थ्य मन्त्रालयलाई ६८ वटा अस्पतालको सूची पेस गरेको थियो ।

  • पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु

    पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु

    काठमाडौं । बाँकेको खजुरा गाउँपालिकास्थित पुरैना नजिकै मानखोलामा पौडी खेल्न गएका दुई जना बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ ।

    अत्याधिक गर्मीका कारण खजुरा ६ दस विगाहाका चार जना बालबालिका नजिकैको मानखोलामा सोमवार दिउँसो १२ बजेतिर नुहाउन गएकोमा दुई जना खोलामा डुबेका थिए ।

    खोलामा नुहाउन गएका १८ वर्षकी लक्ष्मी डाँगी र ९ वर्षका किरण नेपाली डुबेर बेपत्ता भएको खबर आएलगत्तै पुगेको प्रहरीले खोजतलास गर्दा बालिका डाँगीको शव भेटिएको थियो भने नेपालीको शव अपरान्ह तीन बजे मात्र भटिएको हो ।

  • काभ्रेमा सडक निर्माण गर्दा पुरातात्विक सम्पदा नमास्न विभागको अनुरोध

    काभ्रेमा सडक निर्माण गर्दा पुरातात्विक सम्पदा नमास्न विभागको अनुरोध

    काठमाडौं । पुरातत्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ।

    विभागले अरनिको राजमार्गअन्तर्गत बनेपाको भैँसेपाटी क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेकाले तत्कालै डोजर लगाउने कार्य रोक्न भनेको हो। सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य तत्काल रोक्न आइतबार परिपत्र गरिएको विभागका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले जानकारी दिए।

    उनका अनुसार प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिलालाई संरक्षण गर्नसमेत आग्रह गरिएको छ। यस्तै विभागले राजमार्गअन्तर्गत पर्ने बनेपा नगरपालिकालाई समेत उक्त कार्य रोक्ने सम्बन्धमा पत्राचार गरेको छ। गत फागुनदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार सुरु गरिएको थियो।

    उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो। उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल कूल १५ दशमलव पाँच किलोमिटर सडकखण्ड चार लेनमा विस्तार थालिएको हो।

    सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार साँगा–धुलिखेल सडकखण्ड विस्तार कार्यका लागि चार अर्ब पाँच करोड ६४ लाखका ठेक्का लगाइएको छ भने दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमि रहेको छ। उक्त खण्डको ठेक्का तीन अर्ब ८८ करोड ९३ लाखमा हालै सम्झौता भइसकेको विभागले जनाएको छ।

    यस्तै विभागको आग्रहमा काभ्रेपलाञ्चोकको पाँचखाल नगर क्षेत्रमा भेटिएका ऐतिहासिक सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ती वर्षअघि सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाएको छ। कार्यालयले सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विगागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराएको थियो। विभागले भने सम्पदा क्षेत्रमा खनजोत गरे नगरेको निरीक्षण गर्दै आइएको जनाएको छ।

    पाँचखाल क्षेत्रमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि विभागले प्रारम्भिक चरणमा बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले ‘जियोफिजिकल सर्वे’ गरिसकेको छ।

  • काठमाडौं उत्पकामा मध्यरातमा पर्यो वर्षा, गर्मीबाट राहत

    काठमाडौं उत्पकामा मध्यरातमा पर्यो वर्षा, गर्मीबाट राहत

    काठमाडौं । काठमाडौं उपत्यकामा आज मध्यरातमा भएको वर्षातका कारण गर्मीबाट केही राहत भएको छ । देशको मौसम पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावमा छ । सोहीकारण विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ।

    कोशी, र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा जारी छ । दिउँसोपख कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा नै रहने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

    कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ–गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। रातिपख कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    कोशीलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा मेघ–गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघ–गर्जन–चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै महाशाखाले केही दिनमै मौसम नेपाल भित्रने पूर्वानुमान गरेको छ। भारतको केरला हुँदै आउने प्रणाली बंगालको खाडी पुग्छ।

    अहिले भुटानमा सक्रिय देखिएको मौसम केही दिनमा झापा हुँदै नेपाल भित्रन्छ। नेपालभरि फैलन थप पाँच दिन लाग्ने महाशाखाको भनाई छ । देशका अधिकांश भूभागमा बदली र केही ठाउँमा वर्षा भएपछि गर्मीबाट राहत मिलेको छ। पूर्वतिर गर्मी क्रमिकरूपमा घट्ने, मध्य क्षेत्रमा भने केही दिन कायमै रहने सक्ने पूर्वानुमान महाशाखाले गरेको छ।