एसिसी पुरुष यु–१६ःनेपाल बलिङ गर्दै

१९ असार, काठमाडौं । एसियाली क्रिकेट परिषद् (एसिसी) पुरुष यु–१६ ‘इस्ट जोन’ कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली मलेसियाविरुद्धको सेमिफाइनलमा टस जितेको छ । मलेसियाको सेलेङ्गर ट्रफ क्लबमा भएको टसमा नेपाली टोलीका कप्तान विपिनप्रसाद शर्माले टस जितेर पहिला बलिङ रोजेका छन् । नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल… Continue reading एसिसी पुरुष यु–१६ःनेपाल बलिङ गर्दै

महिला फुटबल : श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित

एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा श्रीलङ्का र नेपाल खेल्दै काठमाडौँ, १८ असार : उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा बुधबार एएफसी महिला एसियन कप छनोट फुटबल प्रतियोगितामा खेल्दै नेपाल र श्रीलङ्काका खेलाडी । तस्बिर सौजन्य : नेपाल खेलकुद पत्रकार मञ्च / रासस

१८ असार, काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को ह्याट्रिकमा नेपालले एएफसी महिला एसियन कप छनोटमा श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले श्रीलङ्कामाथि ८–० गोलअन्तरको फराकिलो जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । यस जितसँगै नेपालले… Continue reading महिला फुटबल : श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित

एएफसी महिला एसियन कपः नेपालद्वारा लाओस पराजित

१६ असार, काठमाडौं । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले लाओसलाई ९–० गोलअन्तरले पराजित गरेको हो । नेपालका लागि पहिलो पटक कप्तानी गरेकी सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले चार गोल गरिन् । यस्तै अनिता बस्नेत, सरु लिम्बू, अनिता केसी र रश्मीकुमारी घिसिङले एक एक गोल गरिन्… Continue reading एएफसी महिला एसियन कपः नेपालद्वारा लाओस पराजित

एसिसी पुरुष यु–१६ क्रिकेट : नेपाल र जापान भिड्दै

१० असार, काठमाडौं । मलेसियामा जारी एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताअन्तर्गत जापानविरुद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेटमैदानमा भर्खरै भएको टसमा जापानले टस जितेर पहिला ब्याटिङ रोजेको छ । यससँगै नेपालले पहिला बलिङ गर्नेछ । नेपाल र जापानले दोस्रो खेल खेल्दैछन् । दुवै टोली आफ्नो पहिलो… Continue reading एसिसी पुरुष यु–१६ क्रिकेट : नेपाल र जापान भिड्दै

एसिसी पुरुष यु–१६ : नेपालले सिङ्गापुर विरुद्ध बलिङ गर्दै

८ असार, काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत सिङ्गापुरविरुद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियाको युकेएम ओभलमा भर्खरै भएको टसमा सिङ्गापुरले टस जितेर पहिला ब्याटिङ रोजेको छ । यससँगै नेपालले पहिला बलिङ गर्दैछ । एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा… Continue reading एसिसी पुरुष यु–१६ : नेपालले सिङ्गापुर विरुद्ध बलिङ गर्दै

स्कटल्याण्डविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

६ असार, काठमाडौं । स्कटल्याण्डमा जारी टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले टस हारेर पहिला बलिङको निम्तो पाएको छ । स्कटल्याण्डको ग्लासगोमा भर्खरै भएको ट्समा स्कटल्याण्डका कप्तान रिची बेंरिग्टनले टस जितेर ब्याटिङ रोजेका छ्न । आजको खेलमा नेपाली टोलीमा एक खेलाडी परिवर्तन भएको छ । नेपालले बिहीबार भएको नेदरल्याण्ड्स विरुद्ध खेलेको टिमबाट करण केसीलाई… Continue reading स्कटल्याण्डविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै, भीम सार्कीको डेब्यू

५ असार, काठमाडौं । स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस जितेको छ । स्कटल्याण्ड्सको ग्लासगोमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका छन् । नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । मङ्गलबार भएको खेलमा नेपालले स्कटल्याण्ड्सलाई २ विकेटले पराजित गरेको थियो । त्यसअघि सोमबार भएको खेलमा… Continue reading नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै, भीम सार्कीको डेब्यू

स्कटल्याण्डविरुद्ध नेपाल दुई विकेटले विजयी

४ असार, काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाअन्तर्गत भएको खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको छ । स्कटल्यान्डको टिटउट रङ्गशालामा भएको खेलमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ दशमलव ५ ओभरमा आठ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रनको योगदान दिए । साथै दीपेन्द्र सिंह ऐरीले १४, बसिर… Continue reading स्कटल्याण्डविरुद्ध नेपाल दुई विकेटले विजयी

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

३ असार, काठमाडौं । टी–२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्डससँग पराजित भएको छ । स्कटल्याण्डको टिटउट रङ्गशालामा सम्पन्न खेलमा नेपाल नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पराजित भएको हो । खेलको निर्धारित २० ओभरको खेल टाई भएपछि त्यसपछिका दुई सुपर ओभर पनि टाई भएको थियो । तेस्रो सुपर ओभरमा भने नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको… Continue reading सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

नेदरल्याण्ड्सविरुद्ध नेपालको सानदार जित, सिरिजको सुखद अन्त्य

२८ जेठ, काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २, त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सलाई लगातार दुई खेलमा हराएको हो । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो ।… Continue reading नेदरल्याण्ड्सविरुद्ध नेपालको सानदार जित, सिरिजको सुखद अन्त्य

नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको चुनौती

२७ जेठ, काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि २३७ रनको लक्ष्य दिएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३६ रनको योगफल बनायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४… Continue reading नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको चुनौती

एसियन कप फुटबल छनोट : नेपाल लाओससँग पराजित

२७ जेठ, काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा नेपाल घरेलु टोली लाओसँग पराजित भएको छ । न्यु लाओस राष्ट्रिय रङ्गशालामा भरखरै सम्पन्न खेलमा लाओसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल लाओसँग पहिलो पटक पराजित भएको हो । लाओसको जितमा दामोथ थोङखामसाभाथ र पिटर पान्थावोङले समान एक… Continue reading एसियन कप फुटबल छनोट : नेपाल लाओससँग पराजित

नेपाल स्कटल्यान्डसँग २ रनले पराजित, इतिहास रच्नबाट चुक्यो

२६ जेठ, काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ ।स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित भएको हो । ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ३२१ रनमा समेटियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक… Continue reading नेपाल स्कटल्यान्डसँग २ रनले पराजित, इतिहास रच्नबाट चुक्यो

निर्माणाधीन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान निरीक्षणमा पुगे प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षण गर्नुहुँदै । तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस

२५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रूपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्ने घोषणा गरेका थिए । उनलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री… Continue reading निर्माणाधीन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान निरीक्षणमा पुगे प्रधानमन्त्री

नेपाललाई स्कटल्यान्डले दियो तीन सय २४ रनको विशाल चूनौति

२५ जेठ, काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा घरेलु टोली स्कटल्यान्डले नेपाललाई जितका लागि ३२४ रनको विशाल लक्ष्य दिएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३२३ रनको योगफल बनायो । स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले शतकीय… Continue reading नेपाललाई स्कटल्यान्डले दियो तीन सय २४ रनको विशाल चूनौति

पोखरामा पहिलोपटक ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिप सुरु

२३ जेठ, पोखरा । पोखरा रङ्गशालामा आजदेखि पहिलोपटक ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिप सुरु भएको छ । गण्डकी प्रदेश आर्चरी सङ्घको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङले उद्घाटन गरे । पोखरामा यसअघि ‘आउटडोर’ च्याम्पियनसिप भए पनि रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा ‘इन्डोर’ पहिलोपटक गरिएको हो । प्रतियोगितामा तीन विभागीय टोलीसहित कोशी, बागमती… Continue reading पोखरामा पहिलोपटक ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिप सुरु

नेपाल र हङ्कङबीचको खेल बराबरीमा सकियो

२२ जेठ, काठमाडौं । नेपाल र हङ्कङबीचको अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । हङ्कङको राष्ट्रिय रङ्गशालामा आज सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । खेलको दोस्रो हाफको अतिरिक्त समयमा नेपाल १० खेलाडीमा सीमित भएको थियो । नेपालका मणि लामाले दुईवटा पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए । एएफसी एसियन कप… Continue reading नेपाल र हङ्कङबीचको खेल बराबरीमा सकियो

आइसिसी विश्वकप लिग २ः नेपाल विजयी

२१ जेठ, काठमाडौं । आइसिसी विश्वकप लिग २ अन्तर्गत आज सम्पन्न खेलमा नेपाल विजयी भएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्डसलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो । नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य नेपालले ४७ दशमलव एक ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा आरिफले महत्वपूर्ण अर्धशतक… Continue reading आइसिसी विश्वकप लिग २ः नेपाल विजयी

नेदरल्याण्ड्सले नेपाललाई दियो दुई सय २६ रनको चुनौती

२१ जेठ, काठमाडौं । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका लागि २२६ रनको लक्ष्य दिएको छ । स्कटल्याण्ड्सको डुन्डेस्थि फोर्थहिल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्सले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २२५ रनको योगफल बनाएको हो । नेदरल्याण्ड्का लागि नोहा कोर्सले ५५ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक… Continue reading नेदरल्याण्ड्सले नेपाललाई दियो दुई सय २६ रनको चुनौती

आरसीबीले जित्यो आइपीएल उपाधी, विराट बने भावुक

Royal Challengers Bengaluru players celebrate with the winners trophy after their win in the Indian Premier League final cricket match against Punjab Kings at Narendra Modi Stadium in Ahmedabad, India, Wednesday, June 4, 2025. (AP Photo/Ajit Solanki)

काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । यस टिमका लागि भारतीय पूर्व कप्तान तथा क्रिकेट स्टार विराट कोहली लगातार १८ वर्ष खेल्दा पहिलो पटक उपाधी जिते । सो क्रममा उनी भावुक देखिएका थिए । मंगलबार सम्पन्न फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएल उपाधि… Continue reading आरसीबीले जित्यो आइपीएल उपाधी, विराट बने भावुक

स्कटल्याण्डमाथि नेपालको कीर्तिमानी जित, करण बने हिरो

२० जेठ, काठमाडौं । करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई पराजित गर्दै विजयी भएको छ । स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भर्खरै सम्पन्न भएको खेलमा नेपालले स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै विजयी भएको हो । दुई सय ९७ रनको लक्ष्य पछ्याएको नेपालले ४९… Continue reading स्कटल्याण्डमाथि नेपालको कीर्तिमानी जित, करण बने हिरो

आइसिसी विश्वकप लिग–२ : स्कटल्यान्ड र नेपाल भिड्दै

१९ जेठ, काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि २९७ रनको लक्ष्य दिएको छ । स्कटल्याण्डका डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रनको योगफल बनायो । स्कटल्याण्डका लागि चाल्र्स टेयर्सले… Continue reading आइसिसी विश्वकप लिग–२ : स्कटल्यान्ड र नेपाल भिड्दै

त्रिवि क्रिकेट रङ्गशालाको प्यारापिट ढलान आजदेखि सुरु

१३ जेठ, कीर्तिपुर । त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालाको प्यारापिट ढलान आजदेखि सुरु भएको छ । यही जेठ महिनाभित्र सम्पन्न गर्नेगरी सबै कार्य अगाडि बढाइएका सहरी विकास मन्त्रालयका सहसचिव चक्रवर्ती कन्ठले बताउए । रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको बनाउने कार्यक्रमअन्तर्गत पहिलो चरणमा पश्चिमी र पूर्वी भागतर्फ गरी कूल १० हजार जना दर्शक अट्ने गरी प्यारापिट बनाउन लागिएको छ ।… Continue reading त्रिवि क्रिकेट रङ्गशालाको प्यारापिट ढलान आजदेखि सुरु

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

rss

१० जेठ, भक्तपुर । भक्तपुरमा सुरू भएको कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरूमध्ये आठ वर्षका बालकदेखि ६८ वर्षका नागरिक प्रतिस्पर्धामा उत्रिएका छन् । भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा सुरू भएको प्रतियोगिता भारत, इङ्ग्ल्याण्डसमेत र नेपालको २५ जिल्लाबाट पाँच महिलासहित १२७ जनाको सहभागिता रहेको छ । प्रतियोगितामा… Continue reading बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

नेपाल पहिलोपटक महिला विश्वकपको ग्लोबल छनोटमा

नेपाल पहिलोपटक महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्न सफल भएको छ । एसिया छनोटमा युएइलाइ ५ विकेटले हराउदै नेपालले इतिहास बनाएको हो । सोमबार सुपर ३ अन्तर्गत नेपाल र युएइ भिडेका थिए । युएइले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य दिएको थियो । नेपालले सो लक्ष्य १९.३ ओभरमा ५ विकेट गुमाउदै भेटाएको हो । कप्तान… Continue reading नेपाल पहिलोपटक महिला विश्वकपको ग्लोबल छनोटमा

प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई

खेलाडीसँग प्रधानमन्त्री ओली काठमाडौँ, ४ जेठः प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार ‘दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई तथा शुभकामनाका प्रदान कार्यक्रमका क्रममा । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय\रासस

४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा उहाँले भविष्यका आशालाग्दा युवा खेलाडीलाई बधाई दिँदै उच्च मनोबलका साथ मेहनत गरेर विश्व प्रतिस्पार्धामा विजयी हुन शुुभकामना दिए । अखिल नेपाल टेबल टेनिस सङ्घद्वारा गत २४ देखि… Continue reading प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई

आइसिसी विश्वकप लिग २ खेल्न स्कटल्याण्ड उड्यो नेपाली क्रिकेट टोली

ST VINCENT, SAINT VINCENT AND THE GRENADINES - JUNE 14: Nepal players walk off the field after the first innings during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between South Africa and Nepal at Arnos Vale Ground on June 14, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)

३१ वैशाख, काठमाडौं । नेपाल क्रिकेट सङ्घ९क्यान०ले आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरेको छ । नेपाली टोली आज साँझ ६ बजे त्यसतर्फ प्रस्थान गरेको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, केन्द्रीय सदस्य छुम्बी लामालगायतले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।… Continue reading आइसिसी विश्वकप लिग २ खेल्न स्कटल्याण्ड उड्यो नेपाली क्रिकेट टोली

फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी

२७ वैशाख, काठमाडौं । सन् २०३१ देखि सुरु हुने फिफा महिला विश्वकपमा सहभागी राष्ट्रहरूको सङ्ख्या ३२ बाट बढाएर ४८ पु¥याइने भएको छ । विश्व फुटबल नियामक संस्था फिफाले शुक्रबार सार्वजनिक वक्तव्यमार्फत उक्त निर्णय सर्वसम्मतिले पारित गरिएको जानकारी दिएको हो । फिफाका अनुसार, विश्वव्यापी रूपमा महिलाको फुटबलमा आएको उल्लेखनीय प्रगतिको कदरस्वरूप यो निर्णय लिइएको हो ।… Continue reading फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी

भारत-पाकिस्तान तनाव : आइपिएल स्थगित

MS Dhoni of Chennai Super Kings and Shivam Dube of Chennai Super Kings running between the wickets during match 57 of the Indian Premier League season 18 (IPL 2025) between the Kolkata Knight Riders and the Chennai Superkings held at the Eden gardens Stadium, Kolkata on the 7th May 2025. Photo by Prathiksha MK/ Sportzpics for IPL

भारत र पाकिस्तान बीचको तनाव सङ्गै भारतले सबैभन्दा ठूलो क्रिकेट इभेन्ट इन्डियन प्रिमियर लिग स्थगित गरेको छ । भारतीय क्रिकेट बोर्डले यस्तो निर्णय लिएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार आजबाट खेलहरु हुने छैनन् । विदेशी खेलाडीलाई सुरक्षित घर फर्काउने अभियानलाई प्राथमिकता दिइने बताइएको छ । साथै परिस्थिति हेरेर नयाँ मिति घोषणा गर्ने समेत बिसिसिआइले जनाएको… Continue reading भारत-पाकिस्तान तनाव : आइपिएल स्थगित

ललितपुरले जित्यो एनएसएलको उपाधि

काठमाडौँ, १३ वैशाख : नेपाल सुपर लिग त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल सुपर लिग(एनएसएल)को आज भएको फाइनल खेलमा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थण्डर्सका खेलाडी उपाधिका लागि प्रतिस्पर्धा गर्दै । तस्बिर : किरणराज विष्ट/रासस

१३ वैशाख, काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि साविक विजेता ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न फाइनल भिडन्तमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । ललितपुरले उपाधिसहित रु ८० लाख प्राप्त ग¥र्यो भने पोखराले रु ३० लाख पायो । ललितपुरलाई जित दिलाउन… Continue reading ललितपुरले जित्यो एनएसएलको उपाधि