काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले श्रीलंकाको क्रिकेट बोर्ड श्रीलंका क्रिकेटलाई निलम्बन गरेको छ । आईसीसीको बोर्ड बैठकले सरकारको हस्तक्षेप भएको भन्दै श्रीलंकाको सदस्यता तत्काल लागू हुने गरि निलम्बन गर्ने निर्णय गरेको हो । अनियमितता र भ्रष्टाचारमा संलग्न भएको भन्दै श्रीलंकाका खेलमन्त्री रोशन रणसिंघले सामी सिल्भा नेतृत्वको निर्वाचित क्रिकेट बोर्ड निलम्बन गर्दै नयाँ अन्तरिम कमिटी… Continue reading किन निलम्बनमा पर्यो श्रीलंका क्रिकेट बोर्ड
Category: खेलकुद
तीन वटा रंगशाला राष्ट्रिय गौरवका आयोजनामा सूचिकृत
काठमाडौं । सरकारले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यी ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले क्रिकेट रंगशाला निर्माणलाई… Continue reading तीन वटा रंगशाला राष्ट्रिय गौरवका आयोजनामा सूचिकृत
म्याक्सवेल बारे कोहली भन्छन् ‘यस्तो कमाल तिमीवाहेक कसैले गर्न सक्दैन’
काठमाडौं । आईसीसी विश्वकप क्रिकेटको मंगलबार राति सम्पन्न अफगानिस्तानविरुद्धको खेलमा गरेको अविश्वासिलो ब्याटिङको प्रसंगलाई लिएर प्रभावशाली भारतीय क्रिकेटर विराट कोहलीले अस्ट्रेलियन ब्याट्सम्यान ग्लेन म्याक्सवेलको विषयमा छोटो तर, सटिक प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमार्फत म्याक्सवेललाई बधाइ दिँदै कोहलीले भनेका छन्, ‘यस्तो कमाल तिमीवाहेक अरु कसैले गर्न सक्दैन ।’अविश्वासिलो प्रदर्शनका लागि यतिबेला विश्वभरका क्रिकेट खेलाडी र… Continue reading म्याक्सवेल बारे कोहली भन्छन् ‘यस्तो कमाल तिमीवाहेक कसैले गर्न सक्दैन’
ग्लेन म्याक्सवेल चम्किएपछि अष्ट्रलियाको रोचक जित
काठमाडौं । अस्ट्रेलियाले सनसनीपूर्ण खेलमा अफगानिस्तानलाई तीन विकेटले पराजित गरेको छ । उसले विश्वकप क्रिकेट २०२३ मा सेमिफाइनलमा स्थान सुरक्षित पनि गरेको हो । पाँचपल्टको विश्वकप विजेता अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले चोटको पीडासँगै लड्दै अदम्य शाहसले भरिएको २ सय १ रन बनाए । जितका लागि २ सय ९२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ४६।५ ओभरमा सात… Continue reading ग्लेन म्याक्सवेल चम्किएपछि अष्ट्रलियाको रोचक जित
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण अगाडी बढ्ने
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढ्ने भएको छ। भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो। अलपत्र अवस्थामा रहेको रंगशालाको काम लागत साझेदारीमा गर्ने विषयमा आज बागमति प्रदेशको मुख्यमन्त्री कार्यालयमा सहमति भएको हो। बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा आज बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३०… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण अगाडी बढ्ने
कीर्तिपुर मैदानमा फ्लडलाइट जडान गर्न २७ करोडको ठेक्का
काठमाडौं । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा फ्लड लाइट जडान गर्नका लागि २७ करोड ४० लाख रुपैयाँमा ठेक्का लागेको छ । सिनामंगलको एमएसआईपीएल-एएससी पावर जेभीले फ्लडलाइट जडानको लागि ठेक्का पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा फ्लडलाइट जडानका लागि बोलपत्र प्रस्ताव गरेको उक्त कम्पनी छनोट… Continue reading कीर्तिपुर मैदानमा फ्लडलाइट जडान गर्न २७ करोडको ठेक्का
नेपाल र यमनबीचको खेल मंसिर ५ मा हुने, साधारण टिकट मूल्य ४०० रुपैयाँ
काठमाडौं । विश्वकप छनोटको समूह चरणको दोस्रो खेल नेपालले यमनसँग काठमाडौंमा खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गरेरनेपाल र यमनबीचको पहिलो लेग मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुने जानाकारी दिएको हो । त्यसअघि दोस्रो चरणको पहिलो खेल नेपालले कार्तिक ३० गते यूएईसँग उसकै घरेलु मैदानमा खेल्ने छ… Continue reading नेपाल र यमनबीचको खेल मंसिर ५ मा हुने, साधारण टिकट मूल्य ४०० रुपैयाँ
एञ्जेलो म्याथुजका लागि सम्झिइरहने खेल बन्यो बंगलादेश–श्रीलंका भिडन्त
काठमाडौं । श्रीलंकाका एञ्जेलो म्याथुज एक बल पनि फेस नगरी ‘टाइम आउट’ हुने विश्वकै पहिलो क्रिकेटर बनेका छन् । विश्वकप क्रिकेटमा बंगलादेशसँगको खेलमा उनलाई एक बल पनि फेस गर्न नपाउँदै अम्पायरले आउट दिएका हुन् । छैटौं नम्बरमा ब्याटिङमा आएका उनलाई अम्पायरले ‘टाइम आउट’ गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याट्सम्यान आउट भएपछि त्यसको २… Continue reading एञ्जेलो म्याथुजका लागि सम्झिइरहने खेल बन्यो बंगलादेश–श्रीलंका भिडन्त
विश्वकप : भारत सामु दक्षिण अफ्रिका निरिह
काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा भारतले लगातार आठौं खेलमा जित निकालेर शीर्ष स्थानमा बलियो पकड बनाएको छ। भारतले आइतबार दोस्रो स्थानको दक्षिण अफ्रिकालाई २४३ रनले पराजित गर्यो। कोलकतामा पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा ३२६ रन जोडेको थियो। भारतका लागि विराट कोहलीले नटआउट १०१ रन जोडे भने श्रेयस अय्यरले ७७ रनको योगदान गरे।… Continue reading विश्वकप : भारत सामु दक्षिण अफ्रिका निरिह
नेपालका भुर्तेल उत्कृष्ट ब्याटर, ओमानका इल्यास उत्कृष्ट खेलाडी
काठमाडौं । टी–२० विश्वकप एसिया छनोटमा ओमानमा अलराउण्डर अकिब इतियास प्लेयर अफ दि टुर्नामेन्ट बनेका छन् । नेपालका कुशल भुर्तेल बेस्ट ब्याटर बने । उनले पाँच खेलमा एक अर्धशतकसहित १८५ रन बनाएका थिए । ओमानका बिलाल खान बेस्ट बलर बने । उनले पाँच खेलमा ११ विकेट लिएका थिए । १०६ रन जोडे । बेस्ट नेपाली… Continue reading नेपालका भुर्तेल उत्कृष्ट ब्याटर, ओमानका इल्यास उत्कृष्ट खेलाडी
ओमानले जित्यो विश्वकप छनोटको उपाधि, सुपर ओभरमा नेपाल पराजित
काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ । निर्धारित २०-२० ओभरमा स्कोर बराबरी भएपछि सुपरओभरबाट निर्णय भएको हो । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।
विश्वकप छनोट फाइनल : उपाधीका लागि नेपाल र ओमान भिड्दै
काठमाडौं । अर्को वर्ष हुने आईसीसी टी–२० विश्वकपमा स्थान पक्का गरिसकेको घरेलु टोली नेपाल र ओमान एसिया क्षेत्र छनोटको उपाधिका लागि आज फाइनल खेल्दैछन् । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । शुक्रबार भएको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै वेष्ट इन्डिज र अमेरिकामा… Continue reading विश्वकप छनोट फाइनल : उपाधीका लागि नेपाल र ओमान भिड्दै
यूएईलाई हराउँदै नेपाल टी-२० विश्वकपमा छनोट
काठमाडौं । नेपाल वेस्ट इन्डिज र अमेरिकाले संयुक्त आयोजना गर्ने आईसीसी टी-२० विश्वकपमा छनोट भएको छ । काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । नेपालले सन् २०१४ मा पहिलो र अन्तिम पटक टी-२० विश्वकप खेलेको थियो ।आगामी टी-२० विश्वकप… Continue reading यूएईलाई हराउँदै नेपाल टी-२० विश्वकपमा छनोट
विश्वकप क्रिकेटमा भारतसामु निरिह श्रीलंका, ५५ रनमै अलआउट
काठमाडौं । भारतले विश्वकप क्रिकेट-२०२३ मा बिहीबार श्रीलंकालाई ३ सय २ रनको ठूलो अन्तरले पराजित गरेको छ । जितसँगै भारत सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो । जितका लागि ३ सय ५८ रनको लक्ष्य पछ्याएको श्रीलंका अविश्वसनीयरूपमा १९.४ ओभरमा ५५ रन बनाएर अलआउट भएको थियो । भारतका लागि मोहम्मद सामीले ५ विकेट लिए भने मोहम्मद सिराजले… Continue reading विश्वकप क्रिकेटमा भारतसामु निरिह श्रीलंका, ५५ रनमै अलआउट
विश्वकप छनोटमा पुग्न नेपाल र यूएई आज भिड्दै, विजेता टोली छानिने
काठमाडौं । नेपाली क्रिकेट टिमले शुक्रबार युएईसँग महत्वपूर्ण खेल खेल्न मैदान उत्रिदैछ । यो खेल जितेमा नेपाल टी २० विश्वकपमा पुग्नेछ । पराजित भएको अवस्थामा यूएईले विश्वकपको टिकट काट्ने छ । घरेलु मैदानमा भइरहेको आईसीसी टी २० विश्वकप एसिया छनोटमा समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि सेमिफाइनलमा युएईसँग खेल्नुपरेको हो। समूह ‘ए’… Continue reading विश्वकप छनोटमा पुग्न नेपाल र यूएई आज भिड्दै, विजेता टोली छानिने
विश्वकपमा छनोट हुन नेपालको प्रतिद्वन्द्वी यूएई, खेल मुलपानीमा
काठमाडौं । आसन्न टी-२० विश्वकपमा छनोट हुने नेपालले यूएईसँग निर्णायक खेल खेल्ने भएको छ । नेपाललाई हराएपछि ओमान ६ अंकसहित समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो । नेपाल भने चार अंकसहित समूह उविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । सेमिफाइनलमा नेपालले शुक्रवार संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ । एसिया छनोट फाइनल खेल्नुअघि… Continue reading विश्वकपमा छनोट हुन नेपालको प्रतिद्वन्द्वी यूएई, खेल मुलपानीमा
विश्वकप क्रिकेट : न्यूजिल्याण्ड दक्षिण अफ्रिकासँग हार्दा पाकिस्तानको आशा जिवितै
काठमाडौं । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई १९० रनको फराकिलो अन्तरले हराएको छ । भारतको पुनेमा भएको खेल जित्न दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई ३५८ रनको लक्ष्य दिएको थियो । जवाफमा ३५.३ ओभरमा १६७ रन बनाउँदा न्यूजिल्याण्ड अलआउट भयो । उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६० रन बनाए । विग योङले ३३ र डेरल मिचेलले २४ रन… Continue reading विश्वकप क्रिकेट : न्यूजिल्याण्ड दक्षिण अफ्रिकासँग हार्दा पाकिस्तानको आशा जिवितै
विश्वकप छनोट: आज ओमन र नेपाल भिड्दै
काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र ओमानबीचको खेल बिहीबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि नै समूह ‘ए’ मा लगातार दुई खेल जितेर सेमिफाइनल पुगिसकेका नेपाल र ओमानबीचको खेल हुँदा समूह विजेता बन्ने… Continue reading विश्वकप छनोट: आज ओमन र नेपाल भिड्दै
मलेसियालाई हराउँदै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा
काठमाडौं । मलेसियालाई ६ विकेटले हराउँदै नेपाल आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलको सेमिफाइनलमा पुगेको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको १६६ रनको लक्ष्य घरेलु टोलीले १२ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि कुशल मल्लले ६५ रन कुशल भुर्तेलले ४३ रन बनाए । पहिलो खेलमा नेपालले सिंगापुरलाई… Continue reading मलेसियालाई हराउँदै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा
नेपालले सिंगापुरलाई हराउँदा अर्ना बियरको पौने ७ लाख खर्च !
काठमाडौं । ‘आइसीसी मेन्स टी-२० वल्र्ड कप एसिया क्वालिफायर’ अन्तर्गतको पहिलो खेलमा नेपालले सिंगापुरलाई पराजित गर्दा पौने ७ लाख रुपैयाँ बढी खर्च हुने भएको छ । विश्वकप छनोट अन्तर्गतको खेलमा खेलाडीलाई प्रोत्साहन गर्न अर्ना बियरले हरेक रन, चौका, छक्का, विकेट र डट बलमा नगद पुरस्कार दिने घोषणा गरेको थियो । सो अनुसार आजको म्याचमा नेपाली… Continue reading नेपालले सिंगापुरलाई हराउँदा अर्ना बियरको पौने ७ लाख खर्च !
विश्वकप छनोटमा नेपालले सुखद सुरुवात, सिंगापुर ८ विकेटले पराजित
काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले ७४ रन बनाए… Continue reading विश्वकप छनोटमा नेपालले सुखद सुरुवात, सिंगापुर ८ विकेटले पराजित
विश्वकप छनोट आजबाट, नेपाल र सिङ्गापुर भिड्दै
काठमाडौं । टी-२० विश्वकप फाइनल एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरसँग खेल्दैछ ।त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ । नेपालले फिल्डिङ गरिरहेको छ । नेपाली टोलीमा आज सन्दीप लामिछाने परेका छन् । त्रिकोणात्मक सिरिजको फाइनल खेलेको टोलीमा एक खेलाडी परिवर्तन भएका हुन् । ललित राजवंशीको स्थानमा सन्दीप आएका हुन् ।… Continue reading विश्वकप छनोट आजबाट, नेपाल र सिङ्गापुर भिड्दै
त्रिकोणात्मक सिरिजमा हार्यो नेपाल
काठमाडौं । यूएईले नेपाललाई ४ विकेटले पराजित गरी नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा यूएईले १ सय ६३ रनको मध्यम लक्ष्य १ बल अगाडि पुरा गर्यो मोन्टी देशाईको प्रशिक्षणमा नेपाल पहिलो पटक घरेलु मैदानमा पराजित भएको हो । देशाईको प्रशिक्षणमा नेपाल यसअघि घरेलु मैदानमा खेलिएका १६ खेलमा अपराजित थियो ।… Continue reading त्रिकोणात्मक सिरिजमा हार्यो नेपाल
त्रिकोणात्मक सिरिजको उपाधिका लागि नेपाल र युएइ भिड्दै
काठमाडौं । त्रिकोणात्मक टी-२०आई शृङ्खलाको उपाधिका लागि नेपालले यूएईलाई रनको १६३ लक्ष्य दिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो ।
त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्यो नेपाल
काठमाडौं । कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै नेपालले हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपालले यूएईसँग खेल्नु अघि नै त्रिकोणात्मक श्रृंखलाको फाइनलमा स्थान बनाएको छ । शनिबार मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन… Continue reading त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्यो नेपाल
नेपालले बनायो यु १९ एसिया कपमा स्थान
काठमाडौं । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको छ । दुई महिनापछि हुने एसिया कपमा नेपालले यूएईसँगै भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपको छनोटका रुपमा रहेको यू-१९ एससीसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपाल र जापान भिडेका थिए । मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२.१… Continue reading नेपालले बनायो यु १९ एसिया कपमा स्थान
नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित
काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा घरेलु टोली नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्यो । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४… Continue reading नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित
नेपाल यू-१९ प्रिमियर कपको सेमिफाइनलमा
काठमाडौं । एसिसी यू-१९ प्रिमियर कपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार साउदी अरेबियालाई ३०१ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो। नेपाल समूह विजेता बनेर अन्तिम चारमा पुगेको हो। यसअघि नेपालले समूहमा बहराइन र इरानलाई पराजित गरेको थियो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३४७ रन बनाएको… Continue reading नेपाल यू-१९ प्रिमियर कपको सेमिफाइनलमा
यू-१९ प्रिमियर कपमा नेपाल र साउदी अरेविया खेल्दै
काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू–१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्दैछ । खेल युएसडी-युकेएम ओभलमा नेपालले साउदीविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । साउदीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो । यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ । समूह ए मा नेपाल र साउदी… Continue reading यू-१९ प्रिमियर कपमा नेपाल र साउदी अरेविया खेल्दै
त्रिकोणात्मक सिरिजमा आज नेपाल र हङकङ भिड्दै
काठमाडौं । नेपाल टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल र हङकङ भिड्दैछन् । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले हराउँदै सुखद सुरुआत गरेको नेपाल लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ । टी–२० विश्वकप छनोटको तयारीको रुपमा आयोजना गरिएको यस सिरिजमा हरेक टिमले एक आपसमा… Continue reading त्रिकोणात्मक सिरिजमा आज नेपाल र हङकङ भिड्दै