Category: खेलकुद

  • नेपाललाई ८६ रनले हराउँदै पीएनजीले जित्यो त्रिदेशीय शृंखलाको उपाधि

    नेपाललाई ८६ रनले हराउँदै पीएनजीले जित्यो त्रिदेशीय शृंखलाको उपाधि

    काठमाडौं । नेपाली टोली हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिबाट चुकेको छ ।

    नेपाली टोली फाइनलमा बुधबार पपुवा न्युगिनी (पीएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो । हङकङमा पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा ८५ रनमा समेटिएको हो ।

    नेपालका लागि सन्दीप जोराले १७, आरिफ शेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

  • उपाधि जित्न नेपाललाई पीएनजीले दियो १७२ रनको लक्ष्य

    उपाधि जित्न नेपाललाई पीएनजीले दियो १७२ रनको लक्ष्य

    काठमाडौं । हङकङमा जारी टी-२० सिरिज क्रिकेटको फाइनलमा पीएनजीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको हो ।

    पीएनजीको तर्फबाट टोनी उराले ६१ रनको योगदान दिए। कुशल भुर्तेलबाट आउट हुनुअघि उनले ३७ बल खेल्दै ४ छक्का र ५ चौका प्रहार गरे।
    यस्तै अलेई नाओले अविजित रहँदै ३० रन बनाए। हिला भारेले १८, हिरा हिरीले १५, किप्लिन डोरिगाले १४ र चाद सोपरले १३ रनको योगदान दिए।

    नेपालका अलराउण्डर कुशल भुर्तेलले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिए।

    आकाश चन्दले ४ ओभर बलिङ गर्दै ३ विकेट लिए भने करन केसी र गुलसन झाले १/१ जनालाई आउट गरे।

  • त्रिकोणात्मक टी-२० आई सिरिज : फाइनलमा नेपाल र पीएनजी भिड्दै

    त्रिकोणात्मक टी-२० आई सिरिज : फाइनलमा नेपाल र पीएनजी भिड्दै

    काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा आज पपुवा न्युगिनी र नेपाल भिड्दैछन् । खेल नेपाली समय अनुसार बिहान ११ ः ४५ मा मोगं कोगंमा सुरु हुनेछ । नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो ।

    नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो । एकै दिन दुई खेल खेलेको पपुवा न्युगिनीले हङकङलाई १० विकेटले हराएको थियो । नेपालले पपुवा न्युगिनीविरुद्ध पहिला ब्याटिङ गर्दै १९८ रन बनाएको थियो । नेपालका कुशल भुर्तेलले ५९ रन बनाउनुको साथै ४ विकेट लिएका थिए ।

  • बहराइनविरुद्ध खेल्ने नेपाली टीमको घोषणा

    बहराइनविरुद्ध खेल्ने नेपाली टीमको घोषणा

    काठमाडौं । बहराइन विरुद्ध विश्वकप छनोट फुटबल खेल्ने नेपाली टोलीको घोषणा भएको छ । टोलीमा भरत खवासले पुनरागमन गरेका छन् । अभिषेक लिम्बु, अजय चौधरी, सौभाग्य राई, रोहन कार्की, समिर तामाङ र विशाल बस्नेत नयाँ अनुहार छन् । फिफा विश्वकप र एएफसी एसियन संयुक्त छनोट अन्तर्गत बहराइन विरुद्धको दुई खेलअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको छ । यही टोलीले मलेसिया विरुद्ध मैत्रीपूर्ण खेल पनि खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।


    नेपालले यही मार्च १५ अर्थात चैत २ गते मलेसियासँग उसैको मैदानमा खेल्ने तालिका छ । नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्नेछ । विश्वकप छनोट अन्तर्गत नेपालले चैत ८ र १३ गते बहराइनसँग उसकै घरेलु मैदानमा दुई खेल खेल्दैछ । नेपालले चैत ८ गते बहराइनसँग घरेलु मैदानमा खेल्ने तालिका भए पनि दशरथ रंगशालमा खेलाउन लायक नभएपछि नेपालमा नहुने भएको हो । त्यो खेल पनि अब बहराइनमै हुनेछ ।

    नेपाली टोली

    गोलकिपर : किरण चेम्जोङ, विशाल सुनार, अभिषेक बराल

    डिफेन्डर : अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिस श्रेष्ठ, सौभाग्य राई, सुमित श्रेष्ठ

    मिडफिल्डर : भरत खवास, विशाल बस्नेत, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई

    फरवार्ड : अञ्जन विष्ट, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जिव विष्ट

  • त्रिकोणात्मक सिरिज : नेपाल र पपुवा न्यूगिनी भिड्दै

    त्रिकोणात्मक सिरिज : नेपाल र पपुवा न्यूगिनी भिड्दै

    काठमाडौं । त्रिकोणात्मक टी२० सिरिजमा अहिले नेपाल र पपुवा न्यूगिनी भिडिरहेका छन् । ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याटर सन्दीप जोराको अर्धशतकमा नेपालले पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ । मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको छ । पपुवा न्यूगिनी लक्ष्य भेटाउन उत्रिएको छ ।

    नेपालका कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाए । सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाए । टी–२० आईमा कुशल भुर्तेलको आठौं र सन्दीप जोराको दोस्रो अर्धशतक हो । नेपाललाई ओपनर विनोद र कुशल भुर्तेलले ७।३ ओभरमा ६४ रनको सुरुवात दिलाएका थिए । विनोद भण्डारी २२ बलमा २ चौका र १ छक्कासहित २७, रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए ।

    लोकेश बम ६ बलमा २ छक्कासहित १४ रनमा रन आउट भए । विवेक यादव ४ बलमा ३ छक्कासहित १९ रनमा नट आउट रहे । गुलशन झा १२ बलमा १ छक्कासहित १५ रनमा नट आउट रहे । पपुवा न्युगिनीका असाद भालाले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले ११ विकेट लिए । फाइनलमा पुग्न नेपालले यो खेल जित्नुपर्ने हुन्छ ।

  • वर्षाले नेपाल र हङकङबीचको खेल नतिजाविहीन

    वर्षाले नेपाल र हङकङबीचको खेल नतिजाविहीन

    काठमाडौं । वर्षाका कारण टी-२० त्रिदेशीय शृंखलामा नेपाल र हङकङबीचको खेल बिनानतिजा टुंगिएको छ । हङकङस्थित मिसन रोड मैदानमा शुरु भएको खेलमा निरन्तर पानी परेको कारण खेल सम्भव नभएकाले बिनानतिजा टुंगिएको हो ।

    टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले आठ ओभरमा दुई विकेट गुमाएर ६५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।

    त्यसअघि, हङकङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाउँदा पानी परेपछि खेल करिब आधा घण्टा प्रभावित बनेको थियो ।

    त्यसअघि नेपालले शनिबार हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । त्रिकोणात्मक श्रृङ्खला खेल्न नेपाली टोली बिहीबार हङकङ गएको थियो । प्रतियोगितामा नेपाल, हङकङ र पपुवा न्युगिनी (पीएनजी) सहभागी छन् ।

    नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ ।फागुन ३० गते त्रिकोणात्मक श्रृङ्खलाको फाइनल खेल हुनेछ ।

    नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।

  • हङकङ र नेपालबीच आज पनि खेल

    हङकङ र नेपालबीच आज पनि खेल


    काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा आज घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा मोकं कोकमा सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ । नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलगायतका पहिलो रोजाइका खेलाडी विना नै हङकङ पुगेको छ । फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।

    हङकङले पहिला ब्याटिङ गर्दै नेपालको कमजोर बलिङ आक्रामणको भरपूर्ण फाइदा उठाउँदै २१२ रन बनाएको थियो । बाबर हायतले ४९ बलमा ३ चौका र १३ छक्कासहित सर्वाधिक ११० रन बनाएका थिए । मार्टिन कोट्जी २१ बलमा ३१ रनमा आउट भएका थिए । बाबर र मार्टिन प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरको विकेट निकै महत्वपूर्ण हुनेछ । निजाकत खान र अंशुमन रथ पनि घातक बन्न सक्ने खेलाडी हुन् । शनिबारको खेलमा आजाज खानले ४ र एहसान खानले ३ विकेट लिएका थिए । यी दुई प्रमुख बलर हुन् ।

    नेपालको ब्याटिङ शीर्ष क्रममा बढी निर्भर छ । कुशल भुर्तेल, विनोद भण्डारी र रोहित पौडेल प्रमुख ब्याटर हुन् । यी तीन मध्य एकले ठूलो इनिङ खेल्नुपर्ने हुन्छ । पहिलो खेलमा तीन ओभरमा ४८ रन खर्चेका राशिद खानको स्थानमा आज करण केसी खेल्ने बलियो सम्भावना छ । विवेक यादव र सन्दीप जोरालाई यो सिरिज निकै महत्वपूर्ण हुनेछ । पहिलो खेलमा सन्दीप २ र विवेक १ रनमा आउट भएका थिए ।

  • हङकङसँग हार्यो नेपाल

    हङकङसँग हार्यो नेपाल

    काठमाडौं । हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ । घरेलु मैदानमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो । नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । २२ बल खेलेका विनोदले ४ चौका र ३ छक्काको मद्दतमा ४२ रन बनाएका थिए आरिफले २१ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३८ रन बनाएका थिए ।

    त्यस्तै रोहितले २३ बलमा २ चौका र १ छक्काको मद्दतमा ३० रन बनाए पनि अरु ब्याटरहरु टिक्न सकेनन् । ओपनर कुशल भुर्तेल जम्मा २ रनमा आउट भए भने गुल्सन झा ८, रासिद खान ३, सन्दीप जोरा र आकाश चन्द २, २ रन, विवेक यादवले १ रन बनाए । प्रतिश जिसी भने शून्य रनमा आउट भए । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमार २१२ रन बनाएको थियो ।

    बाबर हायातले विष्फोटक ब्याटिङ गर्दै ४९ बलमा १३ छक्का र ३ चौका मद्दतमा ११० रन बनाए । हङकङका अंशुमन रथले ३९, मार्टिन कोट्जीले ३१ रन, ऐजज खानले २१ रन बनाए । कप्तान निजाकत खान, जेम्स जोन एटकिन्सन र यासिम मुर्तजा भने शून्य रनमै आउट भए ।

    नेपालका आकाश चन्दले तीन तथा आरिफ शेख, प्रतिश जिसी र राशिद खानले एक,एक विकेट लिए । त्रिकोणात्मक सिरिज खेल्न पुगेको नेपाली टोलीले हङ्कङ्सँग शनिबार मैत्रीपूर्ण खेल खेलको हो । त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ ।

  • नेपाल र हङकङबीच आज टी–२० आई खेल

    नेपाल र हङकङबीच आज टी–२० आई खेल

    काठमाडौं । नेपालले आज एकमात्रै टी-२० आई खेलमा घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा मोंग कोकमा सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनुअघि यो खेल खेल्न लागेको हो । नेपाल युवा टोलीको साथ हङकङ गएको छ । नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, आसिफ शेखलगायतका पहिलो रोजाइका खेलाडी छैनन् । हङकङ भ्रमण युवाहरुको लागि राम्रो अवसर हुनेछ । विवेक यादव र सन्दीप जोरा दुई फिनिसरमाथि नेपालले बढी ध्याान दिने देखिन्छ ।

    युवा अलराउन्डर राशिद खानलाई पनि पहिलो रोजाइको टोलीमा पर्न यो राम्रो अवसर हुनेछ । कप्तान रोहित पौडेल, कुशल भुर्तेल र करण केसी नेपालका प्रमुख हतियार हुन् । यी तीन खेलाडीको प्रदर्शनमा नेपाल धेरै निर्भर हुनेछ । नेपालको मुख्य उद्देश्य नै युवा खेलाडीको क्षमता परीक्षण गर्ने हुनेछ । उता हङकङका दक्षिण अफ्रिकी मुलका मार्टिन कोट्जीले एक हप्ताअघि कतारविरुद्ध १०२ रनको शतकीय इनिङ खेलेका थिए । उत्कृष्ट लयमा रहेका कोट्जीको प्रदर्शन महत्वपूर्ण हुनेछ । कोट्जी, बाबर हायत, अंशुमन रथ र निजाकत खान प्रमुख ब्याटर हुन् । अनुभवी स्पिनर एहसान खान घातक बन्न सक्ने बलर हुन् । हरुन अर्शद र नसरुल्ला राना प्रमुख तीव्र गतिका बलर हुन् ।

    नेपाल र हङकङबीच हालसम्म ७ टी-२० आई खेल भएका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएकोछ । गत अक्टोबरमा मुलपानी मैदानमा नेपालले दुवै खेलमा हङकङलाई ७९ रन र ६ विकेटले हराएको थियो । तर हङकङ घरेलु मैदान र कन्डिसनमा केही मजबुत हुनेछ । त्रिकोणात्मक सिरिजमा आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके फाइनल र नभए तेस्रो स्थानको लागि हङकङ ए सँग बुधबार खेल्ने तालिका छ ।

  • टी-२० विश्वकप तयारीका लागि सरकारले दियो ५ करोड

    टी-२० विश्वकप तयारीका लागि सरकारले दियो ५ करोड

    काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पाँच करोड रुपियाँ सहयोग गरेको छ । सरकारले यसै आगामी जुनमा आयोजना हुने विश्वकपमा नेपाली टोलीको तयारीका लागि पाँच करोड रुपियाँ विनियोजन गरेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

    ‘‘यस ऐतिहासिक कदमका लागि नेपाल सरकार सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टङ्कलाल घिसिङ सङ्घ हार्दिक आभार व्यक्त गर्दछ,’’ क्यानद्वारा जारी विज्ञप्तिमा भनिएको छ । क्यानले सरकार र राखेपको सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास समेत गरेको छ । नेपालले १० वर्षपछि टी–२० विश्वकप क्रिकेट खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादशेमा भएको टी–२० विश्वकप खेलेको थियो ।

  • बायर्न म्यूनिख र पीएसजी च्याम्पियन्स लिगको अन्तिम आठमा

    बायर्न म्यूनिख र पीएसजी च्याम्पियन्स लिगको अन्तिम आठमा

    काठमाडौं । बायर्न म्युनिक र पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेका छन् । मंगलबार भएका खेलमा जित निकाल्दै यी दुई टीम अन्तिम ८ मा पुगेका हुन् । बायर्नले अन्तिम १६ को दोस्रो लेगको खेलमा लाजियोलाई ३–० ले हरायो र समग्रमा ३–१ को अग्रता लियो ।

    पहिलो लेगमा बायर्न १–० ले पछाडि थियो । उसका लागि घरेलु मैदानमा प्राप्त जितमा ह्यारी केनले दुई र थोमस मुलरले एक गोल गरे । केनले ३८ र ६६ औं मिनेटमा गोल गरे । त्यसबीच मुलरले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा अर्को गोल गरे ।

    पीएसजीले भने रियल सोसिडाडलाई उसकै घरमा २–१ ले हराएको हो । फ्रान्सेली टिमका लागि दुवै गोल केयलिन एमबापेले गरे । यो जितसँगै पीएसजीले समग्रमा ४–१ को सजिलो जित निकाल्यो । एमबापले १५ र ५६ औं मिनेटमा गोल गरेका हुन् ।

  • घरेलु मैदानमा उपाधी उचाल्न असफल नेपाल

    घरेलु मैदानमा उपाधी उचाल्न असफल नेपाल

    काठमाडौं । नेपाल घरेलु मैदानमा टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न असफल भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भयो । जितका लागि पाएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले खेल सकिन ३ बल बाँकी छँदा भेट्टायो ।

    नेदरल्याण्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरे । लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए । स्याब्रान्ड एंगेलब्रेक्ट भने अर्धशतक पूरा गर्नबाट २ रनले चुके । २९ बलमा ४ चौका र ३ छक्का हानेका उनले ४८ रन बनाए । म्याक्स ओडाउड व्यक्तिगत २३ रनमा आउट भए ।

    कुशल मल्लले ४ विकेट लिए पनि नेपाललाई जिताउन सकेनन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । नेपालका शीर्ष क्रममा ब्याटरले राम्रो प्रदर्शन गरे पनि पुछारका ब्याटर नेदरल्याण्ड्सका बलरसामु निरीह भए । जसले गर्दा नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो । नेपालले २३ रन जोड्दा ३।३ ओरमा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् ।

    रोहितले ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका थिए । त्यसपछि गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हालेका थिए । आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके । उनले ३७ बलमा १ चौका र ३ छक्का हानेका थिए । गुल्सन झाले ११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाए । पाँचौ नम्बरमा ब्याटिङमा आएका दीपेन्द्र सिंह ऐरीले १ रन मात्र बनाए । करण केसीले ९ रन बनाए भने आरिफ शेखले खाता नै खोल्न सकेनन् ।

  • त्रिकोणात्मक सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

    त्रिकोणात्मक सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

    काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि जित्ने दाउमा छ । नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनले हराएको थियो ।

    २०२२ को त्रिकोणात्मक टी २० फाइनलमा भने नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको हो । यो सिरिजमा नेदरल्यान्ड्स ४ खेलमा ५ अंकका साथ शीर्षस्थानमा रहेर फाइनल खेलेको हो । नेपाल ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेल्दैछ । नामिबिया ३ अंकसहित पुछारमा रह्यो ।

  • आयरल्याण्डको ‘ए’ क्रिकेट टीम नेपाल भ्रमणमा आउने

    आयरल्याण्डको ‘ए’ क्रिकेट टीम नेपाल भ्रमणमा आउने

    काठमाडौं । आयरल्याण्डको ए क्रिकेट टिम नेपाल भ्रमणमा आउने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज आइतबार आयरल्याण्ड एले नेपालसँग खेल्ने ८ वटा खेलको तालिका सार्वजनिक गरेको छ ।

    जस अनुसार आयरल्याण्ड ‘ए’ले नेपालसँग मार्च २४ र मार्च २५ मा टी–२० खेल खेल्ने छ । मार्च २८, २९ र ३० मा नेपाल ए र आयरल्याण्ड ए बीच टी-२० खेल हुने छ । यस्तै अप्रिल ३, ५ र ७ नेपाल ए र आयरल्याण्ड एबीच एक दिवसीय खेल हुने छ ।

  • साम्बाले फ्रेन्च लीगमा गरिन् पहिलो गोल

    साम्बाले फ्रेन्च लीगमा गरिन् पहिलो गोल

    काठमाडौं । नेपाली राष्ट्रि फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन) मा पहिलो गोल गर्न सफल भएकी छिन् । इए गुइगाम्पका लागि खेलिरहेकी सावित्राले शनिवार लिल विरुद्धको खेलमा गोल गर्दै इतिहास बनाएकी हुन् । युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबलरको इतिहास बनाएकी सावित्राले चौथो खेलमा गोल गरेकी हुन् । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी सावित्राले इन्जुरी टाइममा गोल गर्दै टिमलाई २–० को जित दिलाइन् । गुइगाम्पका लागि पहिलो गोल एन्टोनिए स्टारोभाले ५२औं मिनेटमा गरेकी थिइन् ।

  • नेदरल्याण्ड्स विरुद्ध प्रभावशाली जित निकाल्दै नेपाल फाइनलमा

    नेदरल्याण्ड्स विरुद्ध प्रभावशाली जित निकाल्दै नेपाल फाइनलमा

    काठमाडौं । शनिबार नेदरल्याण्डसलाई ६ विकेटले हराएको नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल प्रवेश गरेको छ । अब नामिबिया र नेदरल्यान्ड्समध्ये एक टोलीमात्र फाइनलमा पुग्नेछन् । आइतबार नेदरल्यान्ड्स र नामिबियाबीचको नतिजाबाट फाइनल पुग्ने टोलीको निर्धारण हुने भएको छ । सिरिजको एक खेल बाँकी रहँदा नेदरल्यान्ड्स ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्षस्थानमा छ ।

    नेदरल्यान्ड्सको नेटरनरेट ०.३१० छ । नेपाल ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट ०..२९३ छ । नामिविया ३ खेलमध्ये १ मा जित र २ मा हारसहित २ अंकका साथ पुछारमा छ । नामिवियाको नेटरनरेट माइनस ०.७०० छ । यो अवस्थामा आइतबार नेदरल्यान्ड्स विजयी हुँदा सोझै फाइनलमा पुग्नेछ । नामिबिया विजयी भएमा भने नेटरनरेटमा भर पर्नेछ । यी दुईमध्ये नेटरनरेटमा माथि रहने टोलीले फाइनल खेल्नेछ ।

    नेपाललाई नेटरनरेटमा नेदरल्यान्ड्स र नामिविया मध्य एक टोलीले मात्रै अब पछि पार्न सक्छन् । त्यसैले नेपाल फाइनल खेल्ने पक्का भएको हो । शनिबार कीर्तिपुर मैदानमा नेदरल्याण्डसले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ शेखले ८ रन जोडे ।

    टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९। ३ ओभरमा सबै १० विकेट गुमाएर १२० रन बनाएको थियो । नेदरल्याण्ड्सका म्याक्स ओडाउडले सर्बाधिक ३१ रन बनाए । टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३–२३ र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । नेपालका प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले दुईरदुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

  • त्रिकोणात्मक सिरिज : आज नेपाल र नेदरल्यान्डस् भिड्दै

    त्रिकोणात्मक सिरिज : आज नेपाल र नेदरल्यान्डस् भिड्दै


    काठमाडौं । त्रिकोणात्मक टि-२० आई सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ। त्रिवि मैदान कीर्तिपुरमा खेल बिहान साढे ११ बजेदेखि सुरू हुनेछ।अघिल्ला तीन खेलमध्ये १ खेलमात्रै जितेको नेपाललाई आजको खेल महत्त्वपूर्ण छ। सिरिजको फाइनलमा पुग्नका लागि नेपालले आजको खेल जित्नैपर्ने दबाब छ।

    नेपाल नामिबियासँगको पहिलो खेलमा २० रनले पराजित भएको थियो। नेदरल्याण्ड्ससँगको पहिलो खेलमा २ रनले पराजित भएको थियो।

    हिजो नामिबियासँग भएको दोस्रो खेलमा भने नेपालले ३ रनको रोमाञ्चक जित हात पारेको थियो। आज नेदरल्याण्ड्सविरूद्ध जित निकाल्न सके नपाल सिरिजको फाइनल पुग्ने सम्भावना कायम रहन्छ।

    सिरिजमा दुई खेल मात्रै खेलेको नेदरल्याण्ड्स दुवै खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा छ। नेपाल र नामिबियाको समान २/२ अंक छ। नेट रन रेटका आधारमा नेपाल दोस्रो र नामिबिया पुछारमा छ।

    आजको खेल जित्न सक्दा नेपालको दुई अंक जोडिन्छ। नामिबियाले भोलि नेदरल्याण्ड्ससँग खेल्दैछ। नेपालले आज जित्दा र भोलि नामिबियाले हार्दा नेदरल्याण्ड्स र नेपालले सिरिजको फाइनल खेल्नेछ।

  • नेपालको रोमाञ्चक जित, फाइनल खेल्ने सम्भावना कायमै

    नेपालको रोमाञ्चक जित, फाइनल खेल्ने सम्भावना कायमै

    काठमाडौं । नामिबियाविरुद्धको दोस्रो टी-२० म्याचमा नेपालले रोमाञ्चक जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित दर्ता गराएको हो।

    नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा १ सय ७७ रन मात्र बनाउन सक्यो।

    नामिबियालाई जितका लागि अन्तिम ओभरमा १२ रन आवश्यक थियो। करण केसीले ८ रन दिएर एक विकेट लिए। नामिबियाका जेजे स्मिटले सर्वाधिक ५० रन बनाए । जान फ्रिलिंकले ३७, जेपी कोट्जेले २५, माइकल भान लिंगेनले १०, मलान क्रुगरले ३, रुबेन ट्रम्पलम्यान १४ र जान निकोल लोफ्ट इटोन शुन्य रनमा आउट भए । जेन ग्रीन २३ रनमा अविजित रहे ।

    बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीले २–२ विकेट लिए । अभिनास बोहराले एकएक विकेट लिए ।

  • नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य, कुशल मल्लको अर्धशतक

    नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य, कुशल मल्लको अर्धशतक

    काठमाडौं । टी–२० क्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले नामिबिया १८५ रनको लक्ष्य दिएको छ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालेले पूरै ओभरमा ८ विकेटको क्षतिमा १८० रन बनाएको हो। नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे ।

    आरिफ ३१ रन बनाएर आउट भएका हुन् । यसअघि गुल्सन झा २६, अनिलकुमार शाह २३, दीपेन्द्रसिंह ऐरी १६, कप्ताज रोहित पौडेल १० रन, करण केसी ७, सोमपाल कामी २ र आसिफ शेख एक रनमा आउट भएका हुन् ।

    बलिङमा नामिबियाका बेन शिकोंगोले सर्वाधिक ३ विकेट लिए ।

  • नेपाल र नामिवियाबीच आज टी-२० प्रतिस्पर्धा

    नेपाल र नामिवियाबीच आज टी-२० प्रतिस्पर्धा

    काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा आज नामिबियाको सामना गर्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो । नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित आवश्यक छ ।

    आजको खेलमा पराजित भएमा नेपाल औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ । नेदरल्यान्ड्सले नेपाललाई २ रन र नामिबियालाई ५९ रनले हराउँदै शीर्षस्थानमा छ । नेपाललाई पहिलो खेलमा हराउन नामिबियाका जान निकोल लोफ्टी एटनले ३६ बलमा ८ छक्का र ११ चौकासहित १०१ रनको शतकीय इनिङ खेलेका थिए ।

    बिहीबार माइकल लेभिटले १३५ रनको सानदार शतकीय इनिङ खेलेपछि नेदरल्यान्ड्सले नामिवियाविरुद्ध २४७ रन बनाएको थियो । रुबेन ट्रम्पलम्यान नामिवियाका प्रमुख बलर हुन् । पावर प्लेमा उनको बलमा बच्न सके नेपालले राम्रो योगफल बनाउन सक्छ । नेपालले पछिल्लो खेलबाट टोलीमा एक परिवर्तन गर्नसक्छ । ब्याटिङ बलियो बनाउन अनिल शाहलाई मौका दिंदा सन्दीप जोरालाई बाहिर गर्न सक्छ । जोरा नामिबियासँग ५ र नेदरल्यान्ड्ससँग ८ रनमा आउट भएका थिए ।

    कुशल भुर्तेल दुवै खेलमा शून्यमा आउट भएका छन् । आज पनि उनलाई मौका दिने देखिन्छ । उनीबाट आज नेपाल ठूलो इनिङ चाहन्छ । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । नेदरल्यान्ड्सविरुद्ध खेलेको ३४ बलमा ६३ रनको इनिङले मनोबल झनै बढ्नेछ । नेपाल दुवै खेलमा फिनिसिङमा कमजोर देखिएको छ ।

  • नेपालको तगारो बन्यो जोर्डन, पेनाल्टीमा नेपाल पराजित

    नेपालको तगारो बन्यो जोर्डन, पेनाल्टीमा नेपाल पराजित

    काठमाडौं । नेपालले राष्ट्रिय महिला फुटबल टिम वाफ वुमन्स च्याम्पियनसिपको उपविजेतामा सिमित भएको छ । फाइनलमा जोर्डनसँग पराजित भएसँगै नेपाली टीम पुनः उपाधी भित्राउन असफल भएको हो । साउदी अरेबियामा भएको आठौं संस्करणको वाफ च्याम्पियनसिप फाइनलमा जोर्डनसँग पेनाल्टीसुटआउटमा ५–३ ले हारेको नेपाल उपविजेतामा समेटिएको हो । जेद्दाहस्थित प्रिन्स अब्दुलल्ह अल(फैसल स्पोर्ट्स सिटी मैदानमा भएको फाइनल खेल निर्धारित ९० मिनेट २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो ।

    पेनाल्टीसुटआउटमा जोर्डनले प्रहार गरेका पाँचै पेनाल्टी गोल भयो । नेपालका लागि गीता राना, दीपा शाही र हिरा कुमारी भुजेलले गोल गर्दा अमृता जैशी चुकिन् । अमृताको पेनाल्टी जोर्डनी किपरले बचाए । जोर्डनले छैटौं पटक वाफ च्याम्पियनसिप उपाधि जितेको हो । नेपालले सुरुमा अग्रता लिएको र पछि पर्दा पनि अन्तिम सममया गोल गर्दै खेललाई पेनाल्टीसुटआउटसम्म पुर्‍याएको थियो । पेनाल्टीमा भने नेपाल भाग्यमानी बन्न सकेन र फेरि फाइनलमा पराजित भयो ।

  • त्रिवि मैदानमा बन्यो कीर्तिमान नै कीर्तिमान

    त्रिवि मैदानमा बन्यो कीर्तिमान नै कीर्तिमान

    काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेदरल्याण्ड्सले नामिबियासामु २४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेपछि त्रिवि मैदानमा कीर्तिमान नै कीर्तिमान बनेको छ । खेलमा नेदरल्याण्ड्स ५९ रनले विजयी बन्यो। नेदरल्याण्ड्सका लागि माइकल लेभिटले शतकीय इनिङ्स खेलेका थिए। उनले ६२ बलमा ११ चौका र १० छक्का प्रहार गर्दै १३५ रन बनाएका थिए।

    योसँगै लेभिट टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्याण्ड्सका लागि एकै खेलमा उच्च स्कोर बनाउने खेलाडी बने । यो कीर्तिमान यसअघि म्याक्स ओ‘डाडको नाममा थियो । ओ‘डाडले २०२१ अप्रिलमा त्रिवि मैदानमै मलेसियाविरुद्ध १३३ रन बनाउँदै यो कीर्तिमान बनाएका थिए ।

    त्यस्तै २४७ रन कीर्तिपुर मैदानमा कुनै पनि टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक रन हो । यसअघि सन् २०२१ मा भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले २३८ रन बनाएको थियो ।

    लेभिटले दोस्रो विकेटका निम्ति साइब्रान्ड एन्गलब्रेटसँग १९३ रनको कीर्तिमानी साझेदारी गर्दै ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्याण्ड्सले बनाएको यो अहिलेसम्मको सबैभन्दा ठूलो साझेदारी हो ।

  • ‘साम्बा’ले भनिन्-‘टोलीको गोलमा खुसी मनाउन आतुर छु’

    ‘साम्बा’ले भनिन्-‘टोलीको गोलमा खुसी मनाउन आतुर छु’

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले फाइनल खेल्न नपाए पनि टोलीको गोलमा खुसी मनाउन आतुर रहेको बताएकी छिन् ।

    वाफ महिला च्याम्पियनसिपको फाइनल खेलअघि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले टिमले फाइनल जितेर उपाधिसहित घर फर्किने बताएकी हुन्।

    उनले भनेकी छिन् -देशको लागि खेल्नु मेरो लागि आजपनि उत्तिकै महत्वपूर्ण छ, जति मैले गाउँ छोडेर सहर पस्दा त्यो जर्सी लगाउने सपना साँचेको थिएँ । नेपालको जर्सी लगाएर मैदानमा बिताएको हरेक सेकेन्ड मैले आफ्नो अन्तिम खेल जसरी खेलेको छु । नेपालको प्रतिनिधित्व गर्नुभन्दा ठूलो गौरवको कुरा सायदै अरु होला ।

    वाफ महिला च्याम्पियनसिपमा हामी फाइनल खेल्दैछौं, तर एक फुटबल खेलाडी भएपछि मैले आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ । क्लबले सधैं मेरो लागि सहज वातवरण सिर्जना गरिदिएको छ, र यसपटक पनि फिफाले तोकेको भन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाएकोमा धन्यवाद भन्न चाहन्छु, उनलेभनेकी छन् । ।

    मलाई विश्वास छ हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ । हामीले एक टिमको रुपमा उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेका हौं । प्रतिद्वन्द्वी कठिन भएपनि हामी पुनः एकपटक एकजुट भएर जित हासिल गर्नेछौं भन्ने विश्वास मैले राखेको छु ।

    खेलाडीको रुपमा मैदानमा नभएपनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु । र जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्थें, त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर छु । शुभकामना टिम! हामी सक्छौं, हामी गर्छौं!’

  • गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान

    गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान

    काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार बनाउन टेण्डर आह्वान भएको छ । भरतपुर महानगरपालिकाले बिहीबार टेण्डर आह्वान गरेको मेयर रेणु दाहालले जानकारी दिएकी छिन् । ३० दिनको म्याद राखेर एक अर्ब १० करोडको ठेक्का आह्वान गरिएको छ ।

    रंगशालालाई महानगरले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । थप १० हजार क्षमताको प्याराफिटसहित मैदानलगायतका भौतिक पूर्वाधार निर्माणका लागि ३० महिनाभित्र काम गरिसक्ने गरी टेण्डर आह्वान गरिएको छ । रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३–३ तलाको टावर बनाइने छ ।

    एउटामा भीआईपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरु हुनेछन् । गत माघ २३ गते बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । बाँकी रकम भरतपुर महानगरपालिकाले खर्च गर्ने छ ।

  • भारतमा क्रिकेटरको वर्गिकरण, चार खेलाडी परे ए-प्लसमा

    भारतमा क्रिकेटरको वर्गिकरण, चार खेलाडी परे ए-प्लसमा

    काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) क्रिकेटरको वर्गिकरण गरी सार्वजनिक गरेको छ । कप्तान रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजा ए प्लस श्रेणीमा पर्न सफल भएका छन् । बोर्डले नयाँ वार्षिक केन्द्रीय सम्झौता सार्वजनिक गर्दै चार खेलाडी उच्च स्थानमा रहेको बताएको हो । उनीहरु अघिल्लो वर्ष पनि ए प्लसमै थिए। नयाँ केन्द्रीय सम्झौतामा चार श्रेणीमा कुल ३० खेलाडी रहेका छन् । गत वर्षभन्दा चार खेलाडी थप भए ।

    तर श्रेयस अय्यर र इशान किशन यो सूचीमा अटाएका छैनन् । गत नोभेम्बरमा भारतलाई विश्वकपको फाइनलमा पुर्‍याउने प्रमुख खेलाडी मध्येका एक रहेका अय्यरले बोर्डले तोकेको न्यूनतम मापदण्ड पूरा गरे पनि आफ्नो ग्रेड बी सम्झौता गुमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    नयाँ सम्झौता अक्टोबरदेखि सुरु भएकोमा अय्यरले गत वर्ष चार टेस्ट, १२ एकदिवसीय र दुई टी-२० खेलेका थिए। किशनसँग गत वर्ष ग्रेड सी सम्झौता भएको थियो। पछिल्लो सम्झौता अवधिमा उनले दुई टेस्ट, १९ एकदिवसीय र १० टी–२० खेलेका थिए।

    ए प्लसमा रहने खेलाडीको वार्षिक पारिश्रमिक ७ करोड भारू (११.२० करोड नेपाली रूपैयाँ) हुन्छ । जसमा रोहित शर्मा, विराट कोहली, जसप्रीत बुमराह र रवीन्द्र जडेजा छन् । ग्रेड एमा रहने खेलाडीको तलव वार्षिक ५ करोड भारू (८ करोड नेपाली रुपैयाँ) हुन्छ । जसमा रविचन्द्रन अश्विन, शुभमन गिल, मोहम्मद शमी, हार्दिक पाण्ड्या, मोहम्मद सिराज र केएल राहुल रहेका छन् ।

    ग्रेड बीमा रहने खेलाडीको तलव ३ करोड भारू (४.८० करोड नेपाली रुपैयाँ) हुन्छ । जससमा सूर्यकुमार यादव, यशस्वी जैसवाल, ऋषभ पन्त, कुलदीप यादव र अक्षर पटेल रहेका छन् । ग्रेड सीमा रहेका खेलाडीले १ करोड भारू (१.६० करोड नेपाली रुपैयाँ) पाउँछन् । जसमा रिन्कू सिंह, तिलक बर्मा, शिवम दुबे, रवि बिश्नोई, मुकेश कुमार, सन्जु सामसन, प्रसिद्ध कृष्णा, आवेश खान, रुतुराज गायकवाड, जितेश शर्मा, अर्शदीप सिंह, रजत पाटीदार, शार्दुल ठाकुर, वाशिन्टन सुन्दर र
    केएस भरत रहेका छन् ।

  • वाफ वुमन्स च्याम्पियनसिप : साम्बा बीनै उपाधीका लागि भिड्दै नेपाल

    वाफ वुमन्स च्याम्पियनसिप : साम्बा बीनै उपाधीका लागि भिड्दै नेपाल

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली महत्वपूर्ण स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) बीनै उपाधीका लागि भिड्दैछ । साउदी अरेबियामा आज नेपाली टोलीले वाफ वुमन्स च्याम्पियनसिपको उपाधि होडमा जोर्डनको सामना गर्दैछ । खेल राति १० बजे हुनेछ । नेपाल र जोर्डन दुई फरकस्तरका टोली हुन् । पहिलोपटक वाफको प्रतियोगितामा सहभागी नेपालले फाइनलमा ५ पटकको विजेतालाई हराउनु निकै मुस्किल हुनेछ । त्यसमाथि प्रमुख खेलाडी साम्बा क्लवले बोलाएपछि फ्रान्स गएकी छिन् । यस प्रतियोगिता खेलेका ८ टिममध्ये जोर्डन सबैभन्दा माथि ७३औं स्थानमा छ । नेपाल १०५ औं स्थानमा छ ।

    जोर्डन २०१४ र २०१८ मा एएफसी वुमन्स एसिया कप र तीनपटक एसियन गेम्स खेलेको टीम हो । नेपालले भने अहिलेसम्म खेलेको सबैभन्दा ठूलो प्रतियोगिता एसियाली खेलकुद हो । जोर्डनलाई पराजित गर्न सके इतिहासमै नेपालले पहिलो ऐतिहासिक उपाधी जित्ने छ । जारी प्रतियोगितामा एक ह्याट्रिकसहित सर्वाधिक ९ गोल गरिसकेकी सावित्रा फ्रेन्च क्लब इए गुइगाम्पको खेलका कारण फ्रान्स फर्कनु परेको छ ।

  • टी-२० क्रिकेट: नेदरल्याण्ड्ससँग नेपाल २ रनले पराजित

    टी-२० क्रिकेट: नेदरल्याण्ड्ससँग नेपाल २ रनले पराजित

    काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको छ ।

    बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १८२ रन मात्र जोड्न सक्यो।

    नेपाललाई अन्तिम दुई ओभरमा ३० रन चाहिएको थियो। जसमा १९ औं ओभरमा १५ रन जोडेको थियो। यो ओभरमा दीपेन्द्रसिंह ऐरीले र करण केसीले एक-एक छक्का समेत प्रहार गरे।

  • ‘साम्बा’ले फाइनल खेल गुमाउने

    ‘साम्बा’ले फाइनल खेल गुमाउने

    काठमाडौं । नेपाली महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल गुमाउने भएकी छिन् । वाफ च्याम्पियनसीप फिफा विन्डो बाहिर भएकाले सावित्रा नेपालको खेल छाडेर आफू आवद्ध क्लब एना भान गुइनगाम्पमा फर्किनु पर्ने भएको हो । क्लबसँगको सम्झौताअनुसार साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति छ। यसअघि समूह चरण र सेमिफाइलका खेल फिफा विन्डोमा भएका कारण उनले खेलेको थिइन्। फाइनल भने फिफा विन्डो बाहिरको खेल हो। जारी प्रतियोगितामा साम्बाले ९ गोल गरिसकेकी छिन्।

  • नेदरल्याण्ड्सले दियो नेपाललाई १८५ रनको लक्ष्य

    नेदरल्याण्ड्सले दियो नेपाललाई १८५ रनको लक्ष्य

    काठमाडौं । टी–२० क्रिकोणात्मक क्रिकेट सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले पूरै ओभरमा ४ विकेटको क्षतिमा १८४ रन बनाएको हो।

  • त्रिकोणात्मक टी–२०आई सिरिज : आज नेपाल र नेदरल्याड्स भिड्दै

    त्रिकोणात्मक टी–२०आई सिरिज : आज नेपाल र नेदरल्याड्स भिड्दै

    काठमाडौं । त्रिकोणात्मक टी–२०आई सिरिजअन्तर्गत आज दोस्रो खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ ।

    पहिलो खेलमा नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ रोज्दै ४ विकेटको क्षतिमा २०६ रन बनाएको थियो । जान निकोल लोफ्टी एटनले ३६ बलमा १०१ रनको कीर्तिमानी शतकीय इनिङ खेलेका थिए । उनले ३३ बलमै शतक हान्दै टी(२० आई इतिहासकै छिटो १ सय रन पूरा गरेका थिए । कुशल मल्ललको ३४ बलको कीर्तिमान तोडेका थिए ।


    नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म टी–२० आई ९ खेल भएका छन् । नेपालले चार खेल जितेको छ । एक खेल वर्षाको कारण रद्द भएको थियो । पछिल्लो पटक नेदरल्यान्ड्स र नेपालबीच टीयुमा त्रिकोणात्मक सिरिजमा २०२१ मा तीन खेल भएका थिए ।