Category: खेलकुद

  • नेपाल ‘ए’ लाई २८५ रनको लक्ष्य, डोहेनीको शतक

    नेपाल ‘ए’ लाई २८५ रनको लक्ष्य, डोहेनीको शतक

    काठमाडौं । स्टेफन डोहेनीको शतकप्रेरित आयरल्यान्ड वुल्भ्सले अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’ सामु २८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर बलिङ गरेको नेपालबिरुद्व आयरल्यान्डले ५० ओभरको समाप्तिमा ९ विकेट गुमाएर २८४ रन बनायो ।

    आयरल्यान्डका लागि ओपनर स्टेफिन डोहेनीले शतक प्रहार गरे। उनले १०७ रन जोड्ने क्रममा १२९ बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस्तै पिटर मूरले ४४ रन बनाए।

    बलिङमा नेपालका रिजन ढकालले ३ विकेट लिए। उनले १० ओभरमा ७५ रन दिए। रञ्जित कुमारले पनि ३ विकेट लिन सफल भए। उनले १० ओभरमा १ मेडन राख्दा ५१ रन खर्चिए।

  • फ्रेण्डसिप कप उपाधी भिडन्त आज, नेपाल र गुजरात भिड्दै

    फ्रेण्डसिप कप उपाधी भिडन्त आज, नेपाल र गुजरात भिड्दै

    काठमाडौं । भारतमा जारी नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेण्डसिप कप टी २० प्रतियोगिताअन्तर्गत आज उपाधिका लागि गुजरात क्रिकेट एसोसिएसनसँग खेल्दैछ । खेल गुजरातको वापीमा दिउँसो पौने ३ बजे शुरू हुनेछ। नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले र तेस्रो खेलमा गुजरातलाई ८ रनले पराजित गरेको थियो ।

    शुक्रबार सम्पन्न चौथो खेलमा भने प्रतियोगिताबाट बाहिरिएको बरोडासँग ३७ रनले नेपाल पराजित भयो। एसीसी प्रिमियर कपको दोस्रो संस्करण अप्रिल १२ देखि २१ तारिखसम्म आयोजना हुँदैछ । एसीसी प्रिमियर कपमा सहभागी हुन नेपाली टोली भारतबाटै ओमान प्रस्थान गर्नेछ ।

  • राजस्थानको लगातार चौथो जित, बेंग्लोर हार्यो

    राजस्थानको लगातार चौथो जित, बेंग्लोर हार्यो

    काठमाडौं । ओपनर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंग्लोरमाथि ६ विकेटको जित हात पारेकोछ । १८४ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । राजस्थानको जितमा जस बटलरले ५८ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक १०० रनमा अविजित रहे । कप्तान संजु स्यामसन ४२ बलमा ८ चौका र २ छक्कासहित ६९ रन बनाए । बेंग्लोरका रिस टोप्ली २, यश दयाल र मोहम्मद शिराजले एकरएक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंग्लोरले २० ओभरमा तीन विकेट गुमाउँदै १८३ रन बनाएको थियो । विराट कोहलीले ७२ बलमा १३ चौका र ४ छक्कासहित ११३ रनमा नटआउट रहेपनि जित्नका लागि जुत्न पर्याप्त रहेन । फाफ डु प्लेसिस ४४, ग्लेन म्याक्सवेल १ रनमा आउट भए ।

    राजस्थानका युजभेन्द्र चहलले २ र नान्द्रे बर्गरले १ विकेट लिए । राजस्थान ४ खेलमा अपराजित रहेर शीर्ष स्थानमा छ । कोलकाता ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । बेंग्लोर ५ खेलमा ४ मा हार र १ मा जितसहित आठौं स्थानमा छ । मुम्बइ ३ खेलमा जितविहीन हुँदै पुछारमा छ ।

  • नेपाल-ए र आयरल्याण्ड-ए बीच आज खेल

    नेपाल-ए र आयरल्याण्ड-ए बीच आज खेल

    काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ए विरुद्ध खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो । पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा अल आउट भएको थियो । दोस्रो खेलमा १७५ रनको लक्ष्य पछ्याएको नेपाल ६० रनमा अल आउट भएको थियो । पहिलो खेलमा म्याथ्यु हम्फ्रेजले ५ र दोस्रोमा ६ विकेट लिएका थिए ।

    नेपालका सिनियर टोलीका भीम सार्की, आरिफ शेख, अर्जुन साउद र देव खनालले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । विकास आग्री, रुपेश सिंह र रजिञ्त कुमारले अन्तिम खेलमा मौका पाउन सक्छन् । सिरिज गुमाइसकेको हुँदा नेपाल क्लिनस्वीपबाट बच्न चाहन्छ । नेपाली ब्याटरले क्रिजमा धैर्यता र जिम्मेवारी देखाउनु पर्ने हुन्छ ।

    उता आयरल्यान्ड ए ले पनि आफ्ना मौका नपाएका खेलाडीलाई आज मौका दिने सोचमा हुनेछ । आयरल्यान्ड नेपालको सिनियर टोलीसँग दुई टी(२० खेलमा दुवैमा पराजित भएको थियो । नेपाल ए लाई तीन टी(२० खेलमा २–१ ले हराएको थियो ।

  • आइपीएल : चेन्नईको लगातार दोस्रो हार

    आइपीएल : चेन्नईको लगातार दोस्रो हार

    काठमाडौं । इन्डिएन प्रिमिर लिग (आईपीएल)को जारी सिजनमा चेन्नाई सुपर किंग्सले दोस्रो हार व्यहोरेको छ । शुक्रबार राति भएको खेलमा चेन्नाईलाई सनराइजर्स हैदराबादले ६ विकेटले पराजित गरेको हो । चेन्नाईले दिएको १६६ रनको लक्ष्य हैदराबादले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

    हैदराबादलाई जिताउन ऐडन मार्क्रमले ५०, ओपनर अभिषेक शर्माले ३७, ट्राभिस हेडले ३१, नितिश कुमार रेड्डीले १४ र हेनरिच क्लासेनले अविजित १० रनको योगदान गरे । चेन्नाईका मोइन अलीले २, दीपक चाहर र महिश थिकशानाले एक–एक विकेट लिए ।

    यसअघि ब्याटिङ गरेको चेन्नाईले पाँच विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १६५ रन बनाएको थियो । चेन्नाईका शिवम दुवेले ४५, रवीन्द्र जडेजाले ३१, अजिंक्या रहानले ३५ रन, रुतुराज गायकवाडले २६ रन जोडे । हैदराबादका भुवनेश्वर कुमार, टी नटराजन, प्याट कमिन्स, सहबाज अहमद र जयदेव उनादकटले एकएक विकेट लिए ।

  • नेपाल ‘ए’ ६० रनमै अलआउट, लज्जास्पद ब्याटिङले गुमायो सिरिज

    नेपाल ‘ए’ ६० रनमै अलआउट, लज्जास्पद ब्याटिङले गुमायो सिरिज

    काठमाडौं । दोस्रो एकदिवसीय श्रृंखला अन्तरगत आयरल्यान्ड उल्भ्सविरुद्ध १७५ रनको लक्ष्य पछ्याएको नेपाल ए ले लज्जास्पद हार व्यहोरेको छ ।

    लगातार दोस्रो खेलमा पराजित हुने क्रममा नेपालले शुक्रबार ११४ रनको हार बेहोर्‍यो। यससँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ ।

    नेपालका लागि भीम सार्कीले १७ र विनोद भण्डारीले १६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    नेपालका देव खनाल, आरिफ शेख, रिजन ढकाल, कमलसिंह ऐरी र मौसम ढकाल शून्य रनमा आउट भए । आयरल्याण्डका माथ्यू हम्फेस एक्लैले ६ विकेट लिए ।

    नेपाल ए पहिलो खेलमा २१ रनले पराजित भएको थियो । पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनम अल आउट भएको थियो ।

  • आइपीएल : गुजरातमाथि पञ्जावको प्रभावशाली जित

    आइपीएल : गुजरातमाथि पञ्जावको प्रभावशाली जित

    काठमाडौं । पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गुजरात टाइटन्समाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । २ सय रनको लक्ष्य पन्जाबले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । पन्जाबका शशांक सिंहले २९ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रनको अविजित इनिङ खेले ।

    आशुतोष शर्मा १७ बलमा ३ चौका र १ छक्कासहित ३१, शिखर धवन १, जोनी बेयरस्टो २२, प्रभसिम्रन सिंह ३५, साम करन ५ र सिकन्दर राजा १५ रनमा आउट भए । गुजरातका नुर अहमदले २, आजमतुल्लाह ओमरजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नलकाण्डेले १–१ विकेट लिए ।

    त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएको थियो । गुजरातका कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ८९ रनमा अविजित इनिङ खेले पनि जित्नलाई प्रयाप्त हुन सकेन ।


    साई सुदर्शन २१ बलमा ६ चौकासहित ३३, राहुल टेवाटिया २३ र ऋद्धिमान शाह ११ रनमा आउट भए । पन्जाबका कागिसो रबाडाले २, हरप्रीत ब्रार र हर्षल पटेलले १–१ विकेट लिए ।

  • भारतमा बरोडा र नेपाली टीम बीच आज खेल

    भारतमा बरोडा र नेपाली टीम बीच आज खेल

    काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज बरोडासँग खेल्दैछ । खेल दिउँसो २ः४५ मा सुरु हुनेछ । नेपाल सुरुवाती तीन खेलमा जितका साथ फाइनलमा पुगेको छ । बरोडा सुरुवाती तीन खेलमा हारका साथ फाइनल दौडबाट बाहिरीसकेको छ । नेपालले फाइनल आइतबार गुजरातसँग खेल्ने छ । पहिलो खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो । १५७ रनको लक्ष्य बरोडाले पछ्याउनेक्रममा २० ओभरमा १२९ रनमा अलआउट भएको थियो । बरोडाका बाबा खान, भानु पनिया र कप्तान विष्शु सोलांकी प्रमुख खेलाडी हुन् ।

    यता नेपालले बेन्चमा बसेका ललित राजवंशी र आकाश चन्दलाई आज मौका दिनसक्छ । यसअघिको खेलमा करण केसी र दीपेन्द्रसिंह ऐरीलाई विश्राम दिइएको थियो । नेपालले गुजरातलाई ८ विकेट र ८ रनले हराएको थियो । उता बरोडा गुजरातसँग ५ विकेट र ५७ रनले पराजित भएको थियो । अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता हुँदैछ । प्रिमियर कपको विजेताले टी–२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ । नेपाल त्यसैको तयारीका लागि भारत भ्रमणमा छ । नेपाल उतैबाट ओमान जानेछ ।

  • नेपाल ए र आयरल्याण्ड ए बीच आज खेल

    नेपाल ए र आयरल्याण्ड ए बीच आज खेल

    काठमाडौं । नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।
    नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । तीव्र गतिका बलर कमलसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिएपछि आयरल्यान्ड १५७ रनमा अल आउट भएको थियो । तर म्याथ्यु हम्फ्रेजले ५ र लियाम म्याकार्थीले ४ विकेट लिएपछि नेपाल १३६ रनमा अलआउट भएको थियो ।

    नेपालको प्लेइङ ११ मा अर्जुन कुमाल बाहेक अन्य सबै सिनियर टोलीबाट खेलेका खेलाडी थिए । ओडीआईका प्रमुख दुई ब्याटर भीम सार्की र आरिफ शेख शून्य रनमा आउट भएका थिए । देव खनाल र अर्जुन साउद पनि टोलीमा छन् । सिनियर टोलीका यी चार खेलाडी मध्य दुईले आज ठूलो इनिङ खेल्नुपर्ने छ ।

    नेपालको तीव्र गतिका बलरमा कमल र रिजन ढकाल हुनेछन् । स्पिनरमा सागर ढकाल, साहब आलम र मौसम ढकाल हुनेछन् । आयरल्यान्डका खेलाडीले पहिलो खेलमा स्पिनरको संघर्ष गरेका थिए । नेपालको टोलीमा परिवर्तनको सम्भावना आज कम छ । उता पिटर मुर, स्टेफन डोहेनी र निल रक प्रमुख ब्याटर हुन् । ग्यारेथ डेलानी र केड कार्माइकल पनि राम्रो ब्याटिङ गर्ने गर्दछन् । तल्लोक्रम ब्याटिङ भने कमजोरीको रुपमा छ ।

    आयरल्यान्ड ‘ए’ र नेपालको सिनियर टोलीबीच दुई टी–२० खेल भएको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपाल ‘ए’सँग तीन टी–२० सिरिज आयरल्यान्डले २–१ ले जितेको थियो । तीन एकदिवसीय सिरिजको अन्तिम खेल आइतबार हुनेछ ।

  • फिफा वरीयतामा नेपाल तीन स्थान खस्कियो

    फिफा वरीयतामा नेपाल तीन स्थान खस्कियो

    काठमाडौं । फिफा वरीयतामा नेपाल तीन स्थान खस्किएको छ । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणका खेलमा खराब नतिजा निकालेपछि नेपाल घटुवामा परेको हो ।

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधिक गरेको वरीयताअनुसार नेपाल हाल १७८ औं स्थानमा छ । यसअघि नेपाल वरीयताको १७५औं स्थानमा थियो ।

    वरीयतामा भारत चार स्थान खस्किएको छ भने दक्षिण एसिया (साफ)मा भारत शीर्ष स्थानमा छ ।

    यसअघि ११७औँ स्थानमा रहेको भारत हाल १२१औँ स्थानमा झरेको छ । यस्तै, साफको दोस्रो स्थानमा रहेको माल्दिभ्स १६१औँ स्थानमा छ । चौथो स्थानको बंगलादेश १८४औँ, पाँचौँ स्थानको भुटान १८५औँ, छैटौँ स्थानको पाकिस्तान १९५औँ र सातौँ स्थानको श्रीलंका २०४औँ स्थानमा छ ।

    विश्व वरीयतामा भने विश्वकप विजेता अर्जेन्टिना शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानमा फ्रान्स, तेस्रो स्थानमा बेल्जियम, चौथोमा इंग्ल्यान्ड र पाँचौँमा ब्राजिल छन् ।

  • दिल्लीविरुद्ध कोलकाताको प्रभावशाली जित

    दिल्लीविरुद्ध कोलकाताको प्रभावशाली जित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर)ले दिल्ली क्यापिटल्स (डीसी)लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको केकेआर शीर्ष स्थानमा रहेको छ भने दिल्ली ४ खेलबाट २ अंक जोडेर ९औं स्थानमा छ ।

    कोलकाताले दिएको २७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभर खेल्दै १६६ रनमै अलआउट भयो । डीसीका लागि कप्तान ऋषभ पन्तले ५५ र ट्रिस्टान स्टुब्सले ५४ रन बनाए भने ओपनर डेभिड वार्नरले १८ र पृथ्वी शले १० रन जोडे । त्यसबाहेकका ब्याट्स म्यानले दोहोरो अंक नै जोड्न नसकेपछि डीसी १६६ रनमै समेटिएको हो ।


    केकेआरका वैभव अरोरा र वरुण चक्रववर्थीले तीनरतीन, मिचेल स्ट्राकले दुई र आन्द्रे रसेल र सुनिल नारायणले एक–एक विकेट लिए । विशाखापट्टनममा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनाएको थियो । यो आईपीएल इतिहासको दोस्रो ठूलो योगफल हो ।

    आईपीएलमा यसै सिजनमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सविरुद्ध २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनाएको थियो । उक्त कीर्तिमान तोड्न कोलकातालाई अन्तिम ओभरमा १४ रन चाहिएको थियो । ईशान्त शर्माले ८ रन खर्चेर २ विकेट लिएपछि कोलकाताले उक्त कीर्तिमान तोड्न सकेन ।

    कोलकाताको यसअघि आईपीएलमा उच्च योगफल २०१८ मा पन्जाब किंग्सविरुद्ध २० ओभरमा ६ विकेट गुमाउँदै २४५ रन थियो । कोलकाताका ओपनर सुनिल नारायणले ३९ बलमा ७ चौका ७ छक्कासहित सर्वाधिक ८५ रनको आक्रामक इनिङ खेले । युवा ब्याटर अंग्क्रिस रघुवंशीले २७ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन बनाए । रघुवंशी र नारायणले दोस्रो विकेटका लागि ४८ बलमा १०४ रनको शतकीय साझेदारी गरेका थिए ।

    आन्द्रे रसेल १९ बलमा ४ चौका र ३ छक्कासहित ४१ रनमा आउट भए । रिंकु सिंह ८ बलमा १ चौका र ३ छक्कासहित २६ रनमा क्याच आउट भए । ओपनर फिलिप साल्ट र श्रेयस ऐर १८१८ रनमा आउट भए । दिल्लीका एनरिच नोर्कियाले ४ ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए । ईशान्त शर्माले २, खलिल अहमद र मिचेल मार्शले १–१ विकेट लिए ।

  • भारतमा नेपाली टीमको लगातार तेस्रो जित, पुग्यो फाइनलमा

    भारतमा नेपाली टीमको लगातार तेस्रो जित, पुग्यो फाइनलमा

    काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिम लगातार तेस्रो जित निकालेको छ । बुधबार नेपालले भारतको स्टेट टिम गुजरातलाई ८ रनले पराजित गर्‍यो। जितसँगै नेपालले अन्तिम खेलअघि फाइनलमा स्थान पक्का गरेको छ। नेपालले शुक्रबार समूहको अन्तिम खेलमा बरोडासँग खेल्नेछ।

    नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले ७ विकेटको क्षतिमा १७३ रन जोड्यो। गुजरातका लागि कप्तान उमंग रोहितकुमारले ४७ रन जोड्दा हर्ष देसाईले नटआउट २९ रन जोडे। बलिङमा नेपालका सोमपाल कामी, गुल्सन झा र कुशल मल्लले २–२ विकेट लिए।

    बुधबार टस जितेको गुजरातले फिल्डिङ रोजेसँगै पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १८१ रन जोड्यो। नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे। दुईबीच १२५ रनको साझेदारी भयो। कुशलले ६७ रन र आसिफले ८५ रन जोडे। तर त्यसपछिका ब्याटर भने लगाातार आउट हुँदा नेपालले अन्तिममा सोचे जस्तो रन प्रहार गर्न सकेन।

    यसअघि नेपालले सुरुवाती दुई खेलमा जित निकालेको थियो। पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको नेपालले मंगलबार बरोडालाई २७ रनले पराजित गरेको थियो।

    गुजरातमा जारी सिरिजमा नेपालले गुजरात र बरोडासँग दुई दुई वटा टी–२० खेल खेल्नेछ। एसएमएस फ्रेन्डसिप कप २०२४ नाम दिइएको प्रतियोगिताको शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ। नेपाली टिम भारतमा तयारी गरेपछि उतैबाट एसिसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम छ। टी२० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।

  • खेलकुदमा बजेट बढाउने प्रचण्डको घोषणा

    खेलकुदमा बजेट बढाउने प्रचण्डको घोषणा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।’बुधवार राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को ६०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले खेलाडीहरुलाई प्रोत्साहन गर्न पुरस्कार मन खोलेर दिनुपर्ने पक्षमा आफू रहेको पनि बताए ।

    उनले पुरस्कार दिन बाँकी रकम तत्काल निकासा हुने बताए । उनले भने, ‘खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउन मैले जोड गर्नेछु । खेलाडीहरुलाई प्रोत्साहन गर्न पुरस्कार मन खोलेर दिनुपर्छ भन्ने पक्षमा म छु । केही अघि पनि बढाइसकेको छु । बाँकी छ भन्ने सुने मैले बाँकी तुरुन्तै निकासा गरिन्छ ।’

    उनले नेपालका लागि खेल क्षेत्र असाध्यै धेरै सम्भावना भएको क्षेत्र रहेको उल्लेख गरे । उनले खेलकुद गतिविधिमार्फत ठूलाठूला युद्ध र मानव सिर्जित विपत्तिहरु समाधान भएको बताए । उनले नेपाल सरकार खेलकुद क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरु प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीति निर्माण गर्न र संस्थागत तथा संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध रहेको जिकिर गरे ।

    प्रधानमन्त्री दाहालले निकट भविष्यमा कतारका राजाले नेपाल भ्रमण गर्न लागेको जानकारी गराउँदै भ्रमणलाई लक्षित गर्दै सरकारले क्षेत्र(क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा सम्झौताको तयारी गरिरहेको उल्लेख गरे । उनले सम्झौता ऐतिहासिक हुने बताए ।

  • ब्याटिङ नचल्दा आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित

    ब्याटिङ नचल्दा आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित

    काठमाडौं । ब्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न नसकेपछि आयरल्यान्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालको ‘ए’ टोली २१ रनले पराजित भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वुल्भ्सले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २५.३ ओभरमा १३६ रनमै समेटियो । नेपालका साहब आलमले सर्वाधिक ३७ रन बनाए । देव खनाल २६ रन, विनोद भण्डारी ९, अर्जुन साउद ४ र कमलसिंह ऐरी ६ रनमा आउट भए । बसिर अहमद २१ बलमा २ चौका र १ छक्कासहित २० रनमा आउट भए । आयरल्यान्ड ए का म्याथ्यु हम्फ्रेजले १० ओभरमा ३ मेडनसहित ३२ रन खर्चेर ५ विकेट लिए । लियाम म्याकार्थी ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ ।

  • आयरल्याण्ड वुल्भ्सले नेपाल ‘ए’ लाई दियो १५८ रनको लक्ष्य, ऐरीको ह्याट्रिक

    आयरल्याण्ड वुल्भ्सले नेपाल ‘ए’ लाई दियो १५८ रनको लक्ष्य, ऐरीको ह्याट्रिक

    काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’लाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको हो। खेलमा नेपाल ‘ए’का बलर कमलसिंह ऐरीले ह्याट्रिक विकेट लिएका हुन् । उनले ३९ औं ओभरको खेलमा लगातार बलमा तीन ब्याट्सम्यानलाई आउट गरे। साहब आलम र मौसम ढकालले २–२ तथा रिजन ढकालले १ विकेट लिए। आयरल्याण्डका लागि केड कार्माइकलले ५१, निल रकले ३९ रन बनाए । पिटर मूर २१, स्टिफेन डोहेनी १२ र जेम्स म्याकोलम १२ रन बनाए । टस जितेर आयरल्याण्ड ‘ए’ ले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।

  • नेपाल-ए र आयरल्याण्ड-ए बीच आजबाट एक दिवसीय खेल

    नेपाल-ए र आयरल्याण्ड-ए बीच आजबाट एक दिवसीय खेल

    काठमाडौं । नेपाल ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल बिहान ९ : ३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल र आयरल्यान्ड ए बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ । सिनियर टोलीसँग दुई टी २० खेलमा आयरल्यान्ड दुवै खेलमा हारेको थियो । नेपाल ए सँग तीन टी २० खेलको सिरिज आयरल्यान्ड ए ले २–१ ले जितेको थियो ।

    नेपाल ए मा ओडीआईका पहिलो रोजाइका खेलाडी आरिफ शेख र भीम सार्की छन् । तेस्रो टी–२० खेलमा नेपाल ए लाई जिताउन आरिफ शेखले ९३ रन बनाएका थिए । विनोद भण्डारी, देव खनाल, अर्जुन साउद पनि नेपाल ए मा छन् । नेपालको बलरमा कमलसिंह ऐरी, रिजन ढकाल र मौसम ढकाल पनि छन् । नेपाल र आयरल्यान्डबीचको खेल कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

    उता आयरल्यान्डका पिटर मुर, ग्यारेथ डेलानी र कप्तान निल रक प्रमुख ब्याटर हुन् । दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ । उता सिनियर टोलीले आज भारतमा गुजरातसँग खेल्दैछ । नेपाल र गुजरातबीचको खेल दिउँसो २ : ४५ मा सुरु हुनेछ ।

  • नेपाल र गुजरातबीच आज खेल, फाइनल पुग्ने लक्ष्य

    नेपाल र गुजरातबीच आज खेल, फाइनल पुग्ने लक्ष्य

    काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत तेस्रो खेलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो २ः४५ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो । नेपाल आजको खेलमा विजयी भएमा एक खेलअगावै फाइनलमा पुग्नेछ । उता गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो । नेपालले शुक्रबार अन्तिम खेल बरोडासँग खेल्नेछ । फाइनल आइतबार हुनेछ ।

    गुजरात पहिलो खेलमा नेपालसँग ९८ रनमा अल आउट भएको थियो । नेपालका करण केसीले ४ र गुलशन झाले ३ विकेट लिएका थिए । करण र गुलशन दुवै राम्रो लयमा देखिएका छन् । बरोडाविरुद्ध सन्दीप जोरा र कुशल मल्लले आक्रामक क्रिकेट खेलेका थिए । नेपाल ओपनर कुशल भुर्तेल र आसिफ शेखबाट राम्रो प्रदर्शन चाहन्छ ।

    अनिल शाहले पाएको अवसरलाई सदुपयोग गर्नुपर्ने हुन्छ । नेपालले सुरुवाती दुई खेलमा आकाश चन्द, विवेक यादव, ललित राजवंशी र प्रतिश जि।सीलाई बेन्चमा राखेको छ। आज यी चारमध्ये दुईलाई मौका दिनसक्छ । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । गुजरातका रुद्रमयुर पटेलले बरोडाविरुद्ध ७० रन बनाएका थिए । कप्तान उमांग पटेल, अर्यान देशाई र रुद्र प्रमुख ब्याटर हुन् ।

  • नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य

    नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य

    काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडासँग नेपाले कमजोर ब्याटिङ गर्दै १५७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको हो । अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए । कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ रनमा रन आउट हुन पुगे । गुलशन झा १४ बलमा १ चौकासहित १३ रनमा आउट भए । नेपालका कुशल मल्लले सर्वाधिक ४० र दीपेन्द्र सिंह ऐरी ५ रनमा नट आउट रहे । भारतका बाबा खानले २, मोहित मोंगिया र परिक्षित पाटिदारले १–१ विकेट लिए ।

  • नेपाल र बरोडाबीच आज खेल

    नेपाल र बरोडाबीच आज खेल

    काठमाडौं । नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कपमा नेपालले आज बरोडासँग खेल्दैछ । खेल दिउँसो पौने ३ बजे शुरु हुनेछ । नेपाल र बरोडाले आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । अस्ति भएको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो । त्यस्तै हिजोको खेलमा गुजरातले बरोडालाई ५ विकेटले हरायो । भोलि नेपाल र गुजरात तथा शुक्रवार नेपाल र बरोडबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ ।

  • आइपीएल : मुम्बईको लगातार तेस्रो हार

    आइपीएल : मुम्बईको लगातार तेस्रो हार

    काठमाढौं । हार्दिक पान्ड्याको कप्तानीमा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा सुरुवाती ३ खेलमा पराजित भएको छ । सोमबार राति मुम्बइ राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भयो । जारी आईपीएलमा जितविहीन हुनेमा मुम्बइ एक्लो टोली हो । जितको लागि १२६ रनको लक्ष्य राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । रियान पराग ३९ बलमा ५ चौका र ३ छक्कासहित ५४ रनमा नट आउट रहे । यशस्वी जैसवाल १०, जस बटलर १४, सन्जु स्यामसन १३ र रविचन्द्रन आश्विन १६ रनमा आउट भए । मुम्बइका क्वेना मफकाले १ र आकाश मधवालले ३ विकेट लिए ।

    त्यसअघि घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बइले २० ओभरमा ९ विकेट गुमाउँदै १२५ रन बनाएको थियो । मुम्बइका कप्तान हार्दिकले २१ बलमा ६ चौकासहित सर्वाधिक ३४ रन बनाए । तिलक बर्मा २९ बलमा २ छक्कासहित ३२ रन बनाए । इशान किशन १६, रोहित शर्मा, डेवाल्ड ब्रेभिस र नमन धिर शून्यमा आउट भए । पीयूष चवाला ३ र टिम डेविड १७ रन बनाए । राजस्थान रोयल्सका ट्रेन्ट बोल्टले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । युजभेन्द्र चहलले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । नाद्रे बर्गर २ र आवेश खानले १ विकेट लिए ।

    यस सिजन देखी रोहित शर्मालाई हटाउदै हार्दिकलाई मुम्बईले कप्तानको रुपमा फर्काएको थियो । गुजरात टाइटन्स छाडेर मुम्बइ आएका हार्दिकको भारतीय क्रिकेटमा चर्को आलोचना भएको छ । आईपीएलमा आज बेंग्लोर र लखनउबिच खेल हुनेछ । राजस्थान ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । कोलकाता २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । चेन्नाइ ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ ।

  • आयरल्यान्डविरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित

    आयरल्यान्डविरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित

    काठमाडौं । नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्यान्ड ए माथि ३ रनको रोमान्चक जित हात पारेको छ । सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले रोमाञ्चक जित निकालेको हो। यससँगै आयरल्यान्डले सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ। २१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । आयरल्यान्ड एक समय ७.१ ओभरमा ४–५२ को नाजुक अवस्थामा थियो। तर पाचौँ विकेटका लागि मोर्गन टपिङ र ग्यारेथ डेलेनीले १ सय २९ रनको साझेदारी गरेपछि आयरल्याण्डले जितको आधार खडा गरेको थियो।
    नेपालका लागि विपिन खत्रीले ३ विकेट, रासिद खानले दुई विकेट लिए। कमल ऐरि र नारायण जोशीले समान १ विकेट आफ्नो नाममा गरे। नेपालको जितमा आरिफ शेख ४७ बलमा ७ चौका र ६ छक्कासहित ९३ रनको अविजित इनिङ खेलेका थिए । तीव्र गतिका बलर कमलसिंह ऐरीले अन्त्यमा ७ बलमा २ चौका र १ छक्कासहित महत्वपूर्ण १९ रन जोडेका थिए ।

  • अमेरिकामा नेपालकी एरिकाले जितिन् स्वर्ण पदक

    अमेरिकामा नेपालकी एरिकाले जितिन् स्वर्ण पदक

    काठमाडौं । नेपालकी कराँते स्टार एरिका गुरुङले युएस ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् । एरिकाले अमेरिकाको‌ टेक्ससमा जारी प्रतियोगितामा यु–२१ इलाइट महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । फाइनलमा उनले आयोजक अमेरिकाको खेलाडीलाई पराजित गरेकी हुन् ।


    चीनमा गत असोजमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल एरिका युएस ओपन अन्तर्राष्ट्रिय करातेको ६८ केजी माथि (सिनियर) खुलातर्फ पनि फाइनलमा पुगेकी हुन् । यस प्रतियोगितामा सहभागि नेपालका अर्का खेलाडी विप्लभलाल श्रेष्ठ पुरुष ८४ केजी मुनि तौल समूहको सेमिफाइनलमा पराजित भए । चार सदस्यीय नेपाली कराँते टोलीको‌ प्रशिक्षकमा कुशल श्रेष्ठ र दीपक श्रेष्ठ छन् ।

  • आइपीएल : धोनीको उत्कृष्ट पारीले समेत रोक्न सकेन सीएसकेको हार

    आइपीएल : धोनीको उत्कृष्ट पारीले समेत रोक्न सकेन सीएसकेको हार

    काठमाडौं । ४२ वर्षीय विकेटकिपर महेन्द्रसिंह धोनीले उत्कृष्ट खेल प्रदर्शन गरेको खेलमा चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग २०२४ मा दिल्ली क्यापिटल्ससँग २० रनले हारेको छ । चेन्नाईको पहिलो हार र दिल्लीको पहिलो जित हो । १९२ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाउन सक्यो । चेन्नाईका धोनी १६ बलमा ४ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे । धोनीले अन्तिम ओभरमा एनरिच नोर्कियालाई समान २ छक्का र चौकासहित कुल २० रन हानेका थिए ।


    अजिंक्या रहाणे ३० बलमा ५ चौका र २ छक्कासहित ४५, कप्तान ऋतुराज गायकवाड १, रचिन रविन्द्र २, डर्याल मिचेल ३४, शिबम दुबे १८ र समिर रिज्वी शून्यमा आउट भए । जडेजा १७ बलमा २ चौकासहित २१ रनमा नट आउट रहे । दिल्लीका मुकेश कुमार ३, खलिल अहमद २ र अक्षर पटेलले एक विकेट लिए । त्यसअघि विशाखापट्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १९१ रन बनायो । दिल्लीका डेविड वार्नरले ३५ बलमा ५ चौका र ३ छक्कासहित ५२ तथा अर्का ओपनर पृथ्वी शाले २७ बलमा ४ चौका र २ छक्कासहित ४३ रन बनाए ।

    कप्तान ऋषभ पन्तले ३२ बलमा ४ चाका र ३ छक्कासहित ५१ र मिचेल मार्श १८ रनमा आउट भए । चेन्नाईका मथिशा पाथिरानाले ४ ओभरमा ३१ रन खर्चेर ३, मुश्ताफिजुर रहमान र रविन्द्र जडेजाले १–१ विकेट लिए । आईपीएलमा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । कोलकाता २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । चेन्नाई ३ खेलमा २ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । राजस्थान २ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ ।

  • नेपाल-ए र आयरल्याण्ड-ए बीच आज तेस्रो टी-२० खेल

    नेपाल-ए र आयरल्याण्ड-ए बीच आज तेस्रो टी-२० खेल

    काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो । सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्वीप हुनबाट बच्न चाहन्छ । दुवै खेलमा नेपालको मध्यक्रम र तल्लोक्रम ब्याटिङ नचल्दा पराजित भएको थियो । दोस्रो खेलमा २२५ रनको लक्ष्य पछ्याउँदा ६ ओभरमा नेपालले ८७ रन बनाए पनि त्यसपछि राम्रो रन बनाउन सकेको थिएन ।

    पहिलो खेलमा लोकेश बमले १०६ र दोस्रो खेलमा २५ रन बनाएका थिए । नेपालका शीर्षक्रमका ब्याटर देव खनाल र विनोद भण्डारी राम्रो सुरुवात दिलाएका थिए । नेपालका मध्यक्रम र तल्लोक्रमका ब्याटरले आज राम्रो गर्नुपर्ने हुन्छ । सुरुवाती दुई खेलमा मौका नपाएका नारायण जोशी र तीव्र गतिका बलर विकाश आग्रीले आज खेल्ने मौका पाउन सक्छन् । लोकेशबाट नेपाल आज पनि आक्रामक ब्याटिङ चाहन्छ । उता आयरल्यान्ड ए का पिटर मुरले पहिलो खेलमा ४९ र दोस्रो खेलमा ६५ रन बनाएका थिए । कप्तान निल रकले पहिलो खेलमा ३८ र दोस्रोमा ७१ रन बनाएका थिए । नेपालले यी दुई खेलाडीको विकेट समयमै लिन सक्नुपर्छ ।

    बलिङमा नेपालले दुवै खेलमा २२० माथि रन खर्चेको छ । त्यसैले आजको खेलमा बलरले राम्रो बलिङ गर्नुपर्ने हुन्छ । त्यसपछि तीन एक दिवसीय सिरिज हुनेछ । पहिलो खेलमा बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ । नेपाल ए ले टी(२० र एक दिवसीयलाई फरक(फरक टोली घोषणा गरेको थियो ।

  • गुजरातविरुद्ध नेपालको प्रभावशाली जित

    गुजरातविरुद्ध नेपालको प्रभावशाली जित

    काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप)मा प्रभावशाली जित निकालेको छ । पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराउँदै नेपालले विजयी सुरूवात गरेको हो । जितको लागि ९९ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

    नेपालको जितमा अनिल शाह ३५ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा नट आउट रहे । रोहित पौडेल २६ बलमा ३ चौकासहित ३३ रनमा नट आउट रहे । नेपालका ओपनर कुशल भुर्तेल १६ बलमा २ छक्कासहित १७ र आसिफ शेख १६ रनमा आउट भए । गुजरातका तेजास पटेल र हेमांग पटेलले १–१ विकेट लिए ।

    त्यसअघि साई मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरात १८.२ ओभरमा ९८ रनमा अल आउट भएको थियो ।
    गुजरातका ओपनर रुद्र मयुर पटेलले २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रन जोडेका थिए । आर्यन देशाई ४, सराल प्रजापति १७, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११ र हेमांग पटेल २० र ऋषि पटेल १ रनमा आउट भए ।

    नेपालको जितमा गुलशन झाले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । करण केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीको नाममा १ विकेट रह्यो । दोस्रो खेल चैत्र २० मा बरोडासँग खेल्नेछ । चैत्र २१ गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत्र २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत्र २५ हुनेछ । दुई टोलीले फाइनल खेल्नेछन् । दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कप तयारीको लागि नेपालले भारतमा अभ्यास गरेको हो ।

  • नेपाललाई ९९ रनको लक्ष्य, गुजरात ९८ रनमै अलआउट

    नेपाललाई ९९ रनको लक्ष्य, गुजरात ९८ रनमै अलआउट

    काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा गुजरातले नेपाललाई ९९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको गुजरात १८.२ ओभरमै अलआउट हुँदै ९८ रन बनाएको हो । गुजरातका ओपनर रुद्र मयुर पटेल २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रनमा आउट भए । आर्यन देशाई ४, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११ र हेमांग पटेल २० र ऋषि पटेल १ रनमा आउट भए । सराल प्रजापति १७ रनमा आउट भए । नेपालको लागि गुल्शन झाले घातक बलिङ गरे । उनले आफ्नो चार ओभरमा २२ रन खर्चिएर चार विकेट लिए । करण केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २३ र अभिनाश बोहराले ३ ओभरमा १७ रन खर्चिए ।

  • नेपालले टस जित्यो, गुजरातलाई ब्याटिङको निम्तो

    नेपालले टस जित्यो, गुजरातलाई ब्याटिङको निम्तो

    काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत गुजरातविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । भारत भ्रमणका क्रममा नेपाली टोलीले त्यहाँको राज्यस्तरका दुईवटा क्लबसँग टी-२० शृंखला खेल्ने कार्यक्रम रहेको छ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो । दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ । चैत २१ गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत २५ हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

    नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा

  • नेपालले भारतमा आजबाट अभ्यास सिरिज खेल्दै

    नेपालले भारतमा आजबाट अभ्यास सिरिज खेल्दै

    काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आज भारतको स्टेट टोली गुजरातसंँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउसो २ः४५ मा साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुनेछ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो । बरोडा र गुजरात दुबैले रणजी ट्रफी खेल्ने स्टेट लेभलका खेलाडी घोषणा गरेका छन् । त्यसैले खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएकोछ ।

    गुजरातको कप्तानी उमांग कुमार र नेपालको रोहित पौडेलले कप्तानी गर्ने छन् । नेपालको कुशल भुर्तेल, दीपेन्द्र सिंह ऎरि र कुशल मल्ल प्रमुख हतियार हुन् । डेथ ओभरमा अभिनाश बोहराको प्रदर्शन राम्रो छैन । त्यो सुधारको आवश्यक देखिन्छ । विवेक यादव, सन्दिप जोरा र प्रतिश जिसि जस्ता युवा खेलाडीलाई मौका दिएर हेर्न सक्छ । दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ । चैत २१ गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत २५ हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

  • आयरल्याण्डसँग हार्यो नेपाल-ए

    आयरल्याण्डसँग हार्यो नेपाल-ए

    काठमाडौं । नेपाल ए टी–२० सिरिजमा आयरल्यान्ड ए सँग पराजित भएको छ । दोस्रो खेल ४० रनले हारेसँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ । मध्यक्रम र तल्लोक्रमका ब्याटर चल्न नसक्दा नेपाल पराजित भयो । २२५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १७.५ ओभरमा १८४ रनमा अल आउट भयो । नेपाललाई ओपनर लोकेश बम र देव खनालले ३.१ ओभरमा ४७ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । लोकेश १३ बलमा ३ चौका र २ छक्कासहित २५ रनमा क्याच आउट भए । पहिलो खेलमा लोकेशले १०६ रन बनाएका थिए ।

    दोस्रो विकेटका लागि देव र विनोदले ४६ रनको साझेदारी गरेका थिए । एक समय नेपाल ६.५ ओभरमा ९३–१ को अवस्थामा थियो । सातौं ओभरको पहिलो बलमा विनोद प्वाइन्टमा क्याच आउट भएपछि नेपालले लगातार विकेट गुमाएको थियो । देव खनाल २५ बलमा ७ चौकासहित ४७ रनमा बोल्ड आउट भए । विनोद भण्डारी १३ बलमा १ चौका र ३ छक्कासहित २६ र किरण ठगुन्ना ३ रनमा आउट भए । आरिफ शेख १४, पवन सरार्फ १०, रासिद खान र विपिन खत्री १-१ रनमा आउट भए । कलम सिंह ऐरी ११ रनमा आउट भए ।

    आयरल्यान्डका स्पिनर बेन ह्वाइटले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । फिन ह्यान्ड र थोमस मेयसले २(२ विकेट लिए । ग्यारेथ डेलानी म्याथ्यु फस्टर १–१ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ए ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनाएको थियो । आयरल्यान्डको जितमा कप्तान निल रक ३४ बलमा १ चौका र ७ छक्कासहित सर्वाधिक ७१ रनमा नट आउटको इनिङ खेलेका थिए ।

    पिटर मुरले २६ बलमा ३ चौका र ७ छक्कासहित ६५ रन बनाए । कप्तान निल रक ३४ बलमा १ चौका र ७ छक्कासहित सर्वाधिक ७१ रनमा नट आउट रहे । रस आडैर १७, जेम्श म्याकुलम २६, ग्यारेथ डेलानी १० र फिन ह्यान्ड १९ रन बनाए । नेपालका सागर ढकालले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरी र पवन सरार्फले ११ विकेट लिए । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । अन्तिम टी२० खेल सोमबार हुनेछ । त्यसपछि तीन खेलको ५० ओभरको अभ्यास खेल हुनेछ ।

  • नेपाल-ए र आयरल्याण्ड-ए बीच आज पनि खेल

    नेपाल-ए र आयरल्याण्ड-ए बीच आज पनि खेल

    काठमाडौं । नेपाल ए ले दोस्रो टी(२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । त्यसैले तीन खेलको सिरिजमा नेपाल १-० ले पछि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न आजको खेल जित्नुपर्ने हुन्छ ।

    पहिलो खेलमा २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २०१ रनमा अल आउट भएको थियो । अन्तिम २२ बलमा नेपाल १२ रन बनाउँदा ७ विकेट गुमाएपछि हारेको थियो । नेपालका लोकेश बलमे १०६ रनको शतकीय इनिङ र आरिफ शेखले ४९ रन बनाएका थिए । पहिलो खेलको ब्याटिङले खेलाडीको मनोबल बढ्नेछ ।


    नेपालको मध्यक्रम र तल्लोक्रमका ब्याटर चल्न सकेका थिएनन् । नेपालले आज फिनिसर नारायण जोशीलाई मौका दिनसक्छ । १४ महिनापछि क्रिकेटमा फर्किएका कमलले तीन विकेट लिंदै राम्रो प्रदर्शन गरेका थिए । बलिङमा भने केही सुधार गर्नुपर्ने देखिन्छ । उता पिटर मुर आयरल्यान्डका प्रमुख ब्याटर हुन् । उनले पहिलो खेलमा ४९ रन बनाएका थिए । स्टेफन डोहेनी, निल रक र ग्यारेथ डेलानी पनि राम्रो ब्याटर हुन् ।