Category: खेलकुद

  • नेपाल ‘ए’ २१ रनले पराजित, लोकेशको शतक खेर

    नेपाल ‘ए’ २१ रनले पराजित, लोकेशको शतक खेर

    काठमाडौं । पहिलो टी-२० अभ्यास खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए सँग २१ रनले पराजित भएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम चार ओभरमा ३४ रन आवश्यक हुँदा ६ विकेट गुमाएपछि १९.३ ओभरमा सबै विकेट गुमाएर २०१ रनमात्र बनाउन सक्यो ।

    जितनजिक पुगेर हार बेहोर्दा नेपाली टिमबाट उत्कृष्ट ब्याटिङ गरेको लोकेश बमको शतक खेर गएको छ ।

    लोकेश र आरिफ शेखले चौथो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेका थिए । आरिफ ४९ रनमा आउट भए । कप्तान विनोद भण्डारीले १७ जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    बलिङमा आयरल्यान्ड ‘ए’ का लागि म्याथ्यु हम्फ्रिजले ३ र फिओन ह्यान्ड ३, म्याथ्यु फोस्टर २, ग्याभिन होए, टम मेयस र म्याथ्यु फोस्टरले एकएक विकेट लिए ।

  • आयरल्यान्ड ‘ए विरुद्ध लोकेश बमको शतक

    आयरल्यान्ड ‘ए विरुद्ध लोकेश बमको शतक

    काठमाडौं । पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए विरुद्ध नेपाल ‘ए’ का लोकेश बमले शतक बनाएका छन् । टीयु क्रिकेट मैदानमा लोकेशले ५२ बलमा ८ चौका र ८ छक्काको मद्दतमा शतक प्रहार गरेका गरेका हुन् । नेपाल ‘ए’ बाट ट्वान्टी–२० क्रिकेटमा कुनै पनि ब्याटरले बनाएको यो पहिलो शतक हो । यसअघि ‘ए’ टिमले क्यानडा–११ सँग खेल्दा एकदिवसीय क्रिकेटमा अनिल साहले शतक बनाएका थिए ।

  • आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो २२३ रनको लक्ष्य

    आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो २२३ रनको लक्ष्य

    काठमाडौं । पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ए टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्यान्ड टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो। आयरल्यान्ड ‘ए’ का लागि पिजे मुरले सर्वाधिक ४९ रन जोडे । रस अडेरले २, केड कारमाइकल र निल रकले समान ३८, स्टेफन डोहेनीले ३४ रनको योगदान दिए । ग्यारेथ डेल्नी ३० र ग्याभिन होए १८ रनमा अविजित रहे । नेपालका तर्फबाट कमलसिंह ऐरीले तीन विकेट लिए । आयरल्यान्डले कमल सिंह ऐरीले उल्भ्सको पहिलो विकेट लिएका छन् । हिजो हुने तय भएको खेल वर्षाका कारण रोकिएपछि आज भएको हो ।

  • आइपीएल : राजस्थानको लगातार दोस्रो जित

    आइपीएल : राजस्थानको लगातार दोस्रो जित

    काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै दोस्रो जित निकालेको छ । जितको लागि १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन बनायो । दिल्लीका ट्रिस्टन स्टब्सले २३ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । ओपनर डेविड वार्नर ३४ बलमा ५ चौका र ३ छक्कासहित ४९, मिचेल मार्श २३ र ऋषभ पन्त २८ रनमा आउट भए । राजस्थानमा नान्द्रे बर्गर र युजभेन्द्र चहलले २–२विकेट लिए ।

    त्यसअघि घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको थियो । रियान पराग ४५ बलमा ७ चौका र ६ छक्कासहित ८४ रनमा नट आउट रहे । रविचन्द्रन आश्विन २९, ध्रुब्र जुरेल २०, यशस्वी जैसवाल ५, जस बटलर ११ र सञ्जु स्यामसन १५ रनमा आउट भए । दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरिच नोर्किया, अक्षर पटेल र कुलदीप यादवले १–१ विकेट लिए । राजस्थान र चेन्नई दुबैको ४४ अंक छ । चेन्नई नेटरनरेटको कारण शीर्ष स्थानमा छ ।

  • नेपाल-ए र आयरल्याण्ड-ए बीच आज खेल, वर्षाको सम्भावना

    नेपाल-ए र आयरल्याण्ड-ए बीच आज खेल, वर्षाको सम्भावना

    काठमाडौं । नेपाल ए ले पहिलो टी–२० अभ्यास खेल आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ । विहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो ।

    त्यसैले क्यानले तालिका परिवर्तन गरेको थियो । नेपाल ए र आयरल्यान्ड ए बीच तीन टी–२० खेल शुक्रबार, शनिबार र सोमबार हुनेछ । त्यस्तै तीन एकदिवसीय खेल चैत २१ (बुधबार), चैत २३ (शुक्रबार) र चैत २५ (आइतबार) हुनेछ । शुक्रबार बिहानैदेखि काठमाडौंमा कालो बादल लागेको छ । दुबै टोलीलाई वर्षाको डर छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका आज दिउँसो पनि काठमाडौंमा पानी पर्ने सम्भावना छ । कीर्तिपुरसहित काठमाडौं उपत्यकाभर मध्याह्न १२ बजेपछि पानी पर्ने सम्भावना छ । मौसमविदले शनिबारसम्मै बदली र वर्षाको सम्भावना औंल्याएका छन् ।

  • नेपाल-ए र आयरल्याण्ड-ए बीच आज टी-२० खेल

    नेपाल-ए र आयरल्याण्ड-ए बीच आज टी-२० खेल

    काठमाडौं । नेपाल ए ले पहिलो टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी-२० र एक दिवसीय सिरिज हुनेछ । आयरल्यान्ड ए नेपालको सिनियर टोलीसँग दुवै खेलमा पराजित भएको थियो । सिनियर टोली भने आज फ्रेन्डसिप कप खेल्न भारततर्फ जाँदैछ ।

    बरोडा, नेपाल र गुजरातबीच त्रिकोणात्मक सिरिज हुनेछ ।नेपालको कप्तानी विनोद भण्डारी र आयरल्यान्डको निल रकले गर्नेछन् । एसीसी प्रिमियर कप र टी-२० विश्वकप अघि युवा खेलाडीलाई ए टोलीमा सानदार प्रदर्शन गर्दै सिनियर टोलीको ढोका खोल्ने अवसर हुनसक्छ । सिनियर टोलीमा मौका नपाएका सबै खेलाडीलाई आफ्नो प्रदर्शन देखाउने राम्रो अवसर हो ।

    नेपाल ए को टी(२० टोलीमा सिनियर टोलीबाट खेलेका विनोद, लोकेश बम, देव खनाल, पवन सरार्फ, आरिफ शेख, बसिर अहमद लगायतका खेलाडी छन् ।

    चोटका कारण २०२२ पछि टोलीमा फर्किएका तीव्र गतिका बलर कमलसिंह ऐरीका लागि निकै महत्वपूर्ण हुनेछ । घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडेका दुई युवा हिटर अर्जुन घर्ती र नारायण जोशी पनि छनोटकर्ताको नजरमा हुनेछन् । उता आयरल्यान्डका ग्यारेथ डेलानी, रस आदिर र स्टेफन डोहेनी प्रमुख हतियार हुन् । दोस्रो टी२० खेल चैत १६ र तेस्रो चैत १८ मा हुनेछ ।

  • आइपीएलमा रनको वर्षा, मुम्बई पराजित

    आइपीएलमा रनको वर्षा, मुम्बई पराजित

    काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा सनराइजर्स हैदराबादसँग ३१ रनले पराजित भएको छ । मुम्बईको यो लगातार दोस्रो हार र हैदराबादको दोस्रो जित हो । जितको लागि २७८ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २४६ रन बनायो ।

    मुम्बईका तिलक बर्माले ३४ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ६४ रन बनाए । ईशान किशन १३ बलमा २ चौका र ४ छक्कासहित ३४, रोहित शर्मा २६, नमन धिर ३० र हार्दिक पान्ड्या २४ रनमा आउट भए । टिम डेविड २२ बलमा २ चौका र ३ छक्कासहित ४२ रनमा नट आउट रहे ।

    हैदराबादका जयदेव उनादकट र प्याट कमिन्सले २–२ विकेट लिए । त्यसअघि राजीव गान्धी इन्टरनेसनल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनाएको थियो । यसअघि आईपीएलमा सर्वाधिक योगफल सन् २०१३ मा रोयल च्यालेन्जर्स बेंगलुरुले पुणे वारियर्सविरुद्ध २० ओभरमा ५ विकेट गुमाउँदै २६३ रन बनाएको थियो । उक्त कीर्तिमान हैदरावादले तोड्दै इतिहासकै ठूलो योगफल बनाएको हो ।

    हैदराबादका हेनरिक क्लासेन ३४ बलमा ४ चौका र ७ छक्कासहित ८० रनमा नटआउट रहे । एडेन माक्ररम २८ बलमा २ चौका र १ छक्कासहित ४२ रनमा नटआउट रहे । चौथो विकेटका लागि क्लासेन र माक्ररमले ५५ बलमा ११६ रनको अविजित साझेदारी गरेका थिए । हैदराबादका ओपनर टविस हेडले २४ बलमा ९ चौका र ३ छक्कासहित ६२ रनको आक्रामक इनिङ खेले । अभिषेक शर्माले २३ बलमा ३ चौका र ७ छक्कासहित ६३ रन बनाएका थिए ।

    ओपनर मयंक अग्रवाललाई ११ रनमा गुमाएको हैदराबादलाई दोस्रो विकेटका लागि हेड र शर्माले २३ बलमा ६८ रनको साझेदारी गरेका थिए । हार्दिक पाण्ड्या, जेराल्ड कोट्जी र पियुष चावलाले १र१ विकेट लिएका थिए ।

  • फिफा विश्वकप छनोटमा नेपाल दोस्रो खेलमा समेत पराजित

    फिफा विश्वकप छनोटमा नेपाल दोस्रो खेलमा समेत पराजित

    काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को दोस्रो चरणको छनोटमा नेपाल बहराइनसँग लगातार दोस्रो खेलमा पराजित भएको छ ।
    रिफास्थित बहराइन नेशनल स्टेडियमा मंगलबार भएको समूह एचको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३–० ले पराजित भएको छ । छनोटको समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो भने एक सता भित्र बहराइनसँग दोस्रो हार हो । यसअघि बिहीबार रिफामै खेलिएको खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको छ । दोस्रो खेलमा नेपालले सुधारिएको प्रदर्शन गरेको थियो ।

    समूहमा चार खेलमा पराजित भएको नेपाल अंक विहिन छ । यस हारपछि समूहमा शीर्ष दुईमा रहेर विश्वकप छनोटको तेस्रो चरण र एएफसी एसियन कप २०२७ मा सिधै छनोट हुने नेपालको सम्भावना सकिएको छ । तर एसियन कपमा छनोट हुने नेपालको बाटो भने अझै सकिएको छ । समूहमा तेस्रो र चौथो हुने टिमले एसियन कप छनोटको तेस्रो चरणमा खेल्न पाउनेछन् । आजै भएको खेलमा खेलमा युएईले यमनलाई पराजित गर्दै शतप्रतिशत जित निकालेको छ । चार खेलबाट युएई १२ अंकसहित समूह एचको शीर्ष स्थानमा छ । युएईले समूहको अन्तिम दुई खेलअईघि नै शीर्ष दुईमा स्थान पक्का गर्दै विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा स्थान सुरक्षित गरेको छ ।

    ३ जित र १ हरासहित ९ अंक जोडेको बहराइन दोस्रो स्थानमा छ । ४ खेलबाट ३ अंकसहित यमन तेस्रो स्थानमा छ । यसअघि पहिलो खेलमा नेपाल बहराइनसँग फराकिलो अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले बहराइन विरुद्ध प्रतिस्पर्धात्मक खेल खेल्ने लक्ष्य बनाएको थियो । तर यस खेलमा पहिलो अघिल्लो खेलमा जस्तै नेपालले ३ गोल बेहोर्‍यो । मुख्य प्रशिक्षक भिनसेन्चो अल्बर्टो एनेसले अघिल्लो खेलबाट पहिलो रोजाईँमा चार परिवर्तन गरेका थिए ।

    अघिल्लो खेल खेलेका अन्जन विष्ट, मनिष डाँगी, सुमित श्रेष्ठ र हिसुब थपलियाको स्थानमा आज भरत खवास, जिलेस्पी जंग कार्की, सन्जिव विष्ट र सौभाग्य राई खेलेका थिए । अन्जन विष्ट अघिल्लो खेलमा घाइते भएका थिए भने मनिष डाँगी कार्डका कारण निलम्बनमा थिए । सुमित श्रेष्ठ र हिसुव थपलिया बेन्चमा थिए ।
    खेलको सातौं मिनेटमा सायद महदी बाकेरले गोल गर्दै बहराइनलाई अग्रता दिलाएका थिए । कर्नरबाट आएको बल नेपालका गोलकिपर किरण कुमार लिम्बुले पन्च गरेपनि पूर्ण रुपमा क्लियर नभएपछि बहराइनमा हमद अलसामसनले हेड गरेका थिए । त्यसमा नेपाली खेलाडीले बल क्लियर गर्न सकेनन् र नेपाली खेलाडीको तालमेल नमिल्दा बाकेरले गोल गरे ।

    कप्तान अब्दुल्लाह युसुफ हेलाले १८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । नेपालका कप्तान किरणले बल रोक्ने क्रममा बहराइनका मोहमद मारहुनलाई फल गरेपछि रेफ्रीले बहराइनलाई पेनाल्टी दिएका थिए । त्यसमा कप्तान हेलाले सहजै गोल गरे ।

    त्यसपछि ३६औं मिनेटमा कमिल अल-अस्वादले गोल गर्दै बहराइनलाई ३–० को अग्रता दिलाए । काउन्टरमा प्राप्त बलमा कमिलले नेपाली डिफेण्डरहरुलाई बिट गर्दै गोलकिपर किरणसँगको वान भर्सेस वानको अवस्थामा गोल गरे । यसअघि बिहीबार भएको खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको थियो र पहिलो हाफमा ३ गोल नै बेहोरेको थियो ।

    पहिलो हाफमा तीन गोलले पछि परेको नेपालले दोस्रो हाफमा गोल फर्काउने प्रयास गरेपनि सफल भएन । ७३औं मिनेटमा नेपालले गोल गरेपनि अफसाइड भएको थियो । सनिश श्रेष्ठको क्रसमा सन्जिव विष्टले बक्बाट वान टच गोल गरेका थिए र तर सहयाक रेफ्रीले अफसाइडको झण्डा उठाए । बहराइनले दोस्रो हाफमा पनि नेपालमाथि दबाब बनाएको थियो तर गोल थप्न भने सकेन । हुसेन अब्दुलकरिमले ८९औं मिनेटमा राम्रो अवसर पाएङ्का थिए तर उनको प्रहार क्रस बारको थोरैमाथिबाट बाहिरियो ।

  • नेपालले आयरल्यान्ड ‘ए’लाई ७१ रनले हरायो

    नेपालले आयरल्यान्ड ‘ए’लाई ७१ रनले हरायो

    काठमाडौं । आयरल्याण्ड ‘ए’सँगको दोस्रो तथा अन्तिम टी-२० खेलमा नेपाल ७१ रनले विजयी भएको छ । नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ए १८.३ ओभरमा १२७ रन बनाउँदा अलआउट भयो । आयरल्यान्डविरुद्ध नेपालका कुशल मल्लले अलराउन्ड प्रदर्शन गरे । उनले बलिङतर्फ ३ ओभरमा १५ रन खर्चिएर ३ विकेट हात पारे । सोमपाल कामीले ३ विकेट लिए। करण केसी, कुशल भुर्तेल र विवेक यादवले १-१ विकेट हात पारे।यसअघि पहिलो खेलमा सोमबार नेपालले वुल्भ्सलाई ६ विकेटले हराएको थियो ।

  • नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

    नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

    काठमाडौं । दोस्रो टी-२० क्रिकेटमा नेपालले आयरल्याण्ड ‘ए’ लाई जितका लागि १९९ रनको ठूलो लक्ष्य दिएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९८ रन बनायो । नेपालका गुल्सन झाले ३२ बलमा ४६ र कुशल मल्लले १३ बलमा ३४ रन जोडे । रोहित पौडेलले २४ बलमा ३३ र कुशल भुर्तेलले १६ बलमा २५ रन जोडे। सन्दीप जोराले पनि १० बलमा २१ रन बनाए । गुल्सन र रोहितबीच चौथो विकेटका लागि ७१ रनको साझेदारी भएको थियो ।

    नेपालका आसिफ शेख ११ र अनिल शाह १२ रन बनाएर आउट भए । विवेक यादव ७ रनमा अविजित रहे ।

  • नेपाल र आयरल्याण्ड-ए बीच आज दोस्रो खेल

    नेपाल र आयरल्याण्ड-ए बीच आज दोस्रो खेल

    काठमाडौं । नेपालले दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा हुनेछ । यो खेल सकाएर नेपाल भारत भ्रमणमा जानेछ । सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो । टी–२०आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हो । त्यसैले नेपाली खेलाडीहरूले बिनादबाब खेलिरहेका छन् । नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी गर्नेछन् । आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी यस टोलीमा छन् ।

    सिनियर टोलीका पिटर मुर, ग्यारेथ डेलानी र बेन ह्वाइट जस्ता स्टार खेलाडी आयरल्यान्डका मुख्य हतियार हुन् । पहिलो रोजाइका अलराउन्डर डेलानीले आयरल्यान्डबाट ६७ टी–२० आई खेल खेलेका छन् । यता नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र कुशल भुर्तेल प्रमुख खेलाडी हुन् । अभ्यास खेल हुँदा नेपालले आज बेन्च स्टेन्थ पनि परीक्षण गर्न सक्छ । पहिलो खेलमा मौका नपाएका अनिल शाह, विवेक यादव र आकाश चन्दलाई आज मौका दिने सम्भावना छ ।

  • आइपीएल : चम्किए कोहली- आरसीबीको जित

    आइपीएल : चम्किए कोहली- आरसीबीको जित

    काठमाडौं । विराट कोहली चम्किएपछि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले इन्डियन प्रिमियर लिगमा पहिलो जित निकालेको छ । सोमबार राति भएको आफ्नो दोस्रो खेलमा आरसीबीले पञ्जाब किंग्सलाई चार विकेटले पराजित गरेको हो । पञ्जाबले दिएको १७७ रनको विजयी लक्ष्य आरसीबीले कोहलीको ७७ रनको मद्दतमा १९.२ ओभरमा ६ विकेटमा भेटायो । आरसीबीका दिनेश कार्तिकले नटआउट २८, महिपाल लोमरोरले नटआउट १७ रन बनाउँदा रजत पटिदारले १८ र अनुज रावतले ११ रनमा आउट भए ।

    पञ्जाबका कागिसो राबाडा र हरप्रित ब्रारले २–२ तथा साम करन र हर्षल पटेलले एक–एक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले ६ विकेट गुमाएर पूरै २० ओभर खेल्दै १७६ रन बनाएको थियो । शिखर धवनले ४५, जितेश शर्माले २७, प्रभसिमरन सिंहले २५ र साम करनले २३, शशांक सिंहले नटआउट २१ रन बनाए । आरसीबीका मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए ।
    पहिलो खेलमा भने आरसीबी चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो भने पञ्जाबले दिल्लीलाई पराजित गरेको थियो ।

  • स्पट फिक्सिङ अभियोगमा आदिल र आलमले पाए सफाई

    स्पट फिक्सिङ अभियोगमा आदिल र आलमले पाए सफाई

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले अलराउन्डर आदिल अन्सारी र राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई सफाइ दिएको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उनीहरुसहित ५ जनामाथि स्पट फिक्सिङको दाबी नपुगेको भन्दै सफाइ दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

    उनीहरुलाई गत वर्ष काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो । पक्राउ परेपछि उनीहरु गतवर्ष तीन लाख रुपैयाँ धरौटीमा छुटेका थिए । आदिलले नेपालबाट ६ ओडीआई र ८ टी–२० आई खेल खेलेका छन् । विष्फोटक ब्याटर आदिल उक्त आरोपपछि नेपाली टोलीमा छैनन् । आदिलले जनकपुर रोयल्सबाट खेल्नेक्रममा फार वेस्ट युनाइटेडविरुद्ध छैटौं ओभरको फ्याँलेको नो बलले उनीमाथि स्पट फिक्सिङमा शंका गरिएको थियो ।

    आदिलसहित केही क्रिकेटरलाई स्पट फिक्सिङको प्रस्ताव महबुब आलमले गरेको आरोप लागेको थियो । महबुबले २००८ मा मोजाम्बिकविरुद्ध ७.५ ओभरमा १ मेडन सहित १२ रन खर्चेर १० विकेट लिदै गिनिज बुकमा नेपाल लेखाएका थिए । उनी सीमित ओभरको अन्तर्राष्ट्रिय खेलमा १० विकेट लिने विश्वको एक्लो खेलाडी हुन् ।

  • आयरल्याण्ड ‘ए’ लाई नेपालले ६ विकेटले हरायो

    आयरल्याण्ड ‘ए’ लाई नेपालले ६ विकेटले हरायो

    काठमाडौं । आयरल्याण्ड ‘ए’ लाई नेपालले ६ विकेटले हराएकाे छ । टी-यू क्रिकेट मैदानमा १२२ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । नेपालको जितमा कुशल भुर्तेलले ४ चौकासहित ३८, सन्दीप जोराले २ छक्का र ३ चौकाको मद्दतमा ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रनको योगदान गरे । आयरल्यान्डका ग्यारेथ डेलानीले २, थोसम मेयर र बेन ह्वाइटले एक/एक विकेट लिए ।

  • आयरल्याण्ड ‘ए’ ले नेपाललाई दियो १२२ रनको लक्ष्य

    आयरल्याण्ड ‘ए’ ले नेपाललाई दियो १२२ रनको लक्ष्य

    काठमाडौं । आयरल्याण्ड वुल्भ्सले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको आयरल्यान्ड ‘ए’ टीमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको हो । आयरल्यान्डका लागि ओपनिङ ब्याटर स्टेफिन डोहिनीले सबैभन्दा बढी ४६ रन जोडे।
    नेपालका लागि ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले दुई/दुई विकेट लिए भने करण केसी र कुशल मल्लले एक एक विकेट लिए । आयरल्यान्ड्सको टिममा ९ जना सिनियर टिमबाट खेलिसकेका खेलाडी छन्।

    नेपालले आइसिसी टी-२० विश्वकपको तयारीका लागि आयरल्यान्डसँग खेलेको हो। भोलि आयरल्यान्डसँग दोस्रो टी-२० खेलेपछि नेपाली टिम भारत जानेछ।

    कीर्तिपुरमा भने नेपालको ए टिम र आयरल्यान्ड वुल्भ्सबीच तीन टी-२० र तीन एकदिवसीय खेल हुनेछ।

  • आइपीएल : गुजरातसँग हार्यो मुम्बई

    आइपीएल : गुजरातसँग हार्यो मुम्बई

    काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्सलाई ६ रनले हराउँदै विजयी सुरुआत गरेको छ । गुजरात छाडेर मुम्बइको कप्तानको रुपमा फर्किएका हार्दिक पान्ड्याले पहिलो खेल हारबाट सुरुआत गरेका छन् । मुम्बइले रोहित शर्मालाई कप्तानबाट हटाउँदै हार्दिकलाई नेतृत्व दिएको थियो । जितको लागि १६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बइले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनायो ।

    मुम्बइका डेवाल्ड ब्रेभिसले ३८ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४६ रन बनाए । त्यस्तै रोहित शर्माले २९ बलमा ७ चौका र १ छक्कासहित ४३, इशान किशन शून्य, तिलक बर्मा २५, टिम डेविड र हार्दिक पान्ड्या ११–११ रनमा आउट भए । गुजरातका आजमतुल्लाह ओमरजाई, उमेश यादव, स्पेन्सर जोनसन र मोहित शर्माले २–२ विकेट लिए ।


    त्यसअघि घरेलु मैदान अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो । गुजरातका साई सुदर्शनले ४५, शुभमन गिल ३१, राहुल टेवाटिया २२ र डेविड मिलर १२ रनमा आउट भए । मुम्बइका जसप्रित बुमराहले ४ ओभरमा मात्रै १४ रन खर्चेर ३ र जेराल्ड कोट्जीले २ विकेट लिए । आईपीएलमा आज साँझ रोयल च्यालेन्जर्स बेंग्लोर र पञ्जाब किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

  • नेपाल र आयरल्याण्ड-ए बीच आज पहिलो टी-२० खेल

    नेपाल र आयरल्याण्ड-ए बीच आज पहिलो टी-२० खेल

    काठमाडौं । नेपालले दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए सँग पहिलो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टी–यु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ । नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् । टी–२०आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ । त्यसैले प्रदर्शन खेलाडीहरु विना दबाब प्रतिस्पर्धामा हुनेछन् ।

    नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी गर्नेछन् । आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी यस टोलीमा छन् । सिनियर टोलीका पिटर मुर, ग्यारेथ डेलानी र बेन ह्वाइट जस्ता स्टार खेलाडी आयरल्यान्डका मुख्य हतियार हुन् । पहिलो रोजाइका अलराउन्डर डेलानीले आयरल्यान्डबाट ६७ टी–२० आई खेल खेलेका छन् । यता नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र कुशल भुर्तेल प्रमुख खेलाडी हुन् । अभ्यास खेल हुँदा नेपालले आज बेन्च स्टेन्थ पनि परीक्षण गर्न सक्छ ।

  • आईपील : कोलकाताको पहिलो जित, हैदरावाद हार्यो

    आईपील : कोलकाताको पहिलो जित, हैदरावाद हार्यो

    काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपील) २०२४ को तेस्रो खेलमा सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित हात पारेको छ । जितको लागि २०९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनायो । अन्तिम ओभरमा जितको लागि १३ रन चाहिए पनि कोलकाताका हर्षित रानाले मात्रै ८ रन खर्चेर २ विकेट लिएका थिए ।

    हैदराबादका ब्याटर हेनरिक क्लासेनले पहिलो बलमा छक्का हाने पनि त्यसपछि हर्षित रानाले पुनरागमन गरेका थिए । हैदराबादका हेनरिक क्लासेनले २९ बलमा ८ छक्कासहित सर्वाधिक ६३ रन बनाए । ओपनर मयंक अग्रवाल र अभिषेक शर्मा ३२र३२ रनमा आउट भए । त्यस्तै राहुल त्रिपाठी २०, एडेन माक्ररम १८, अब्दुल सामद १५ र शाहबज अहमद १६ रनमा आउट भए ।

    कोलकाताका हर्षित रानाले ३, आन्द्रे रसेलले २, बरुणचक्रवर्ती र सुनिल नारायणले १–१ विकेट लिए । त्यसअघि इर्डेन गार्डेन कोलकातामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनायो । कोलकाताको जितमा आन्द्रे रसेलले २५ बलमा ३ चौका र ७ छक्कासहित सर्वाधिक ६४ रन बनाए । फिलिप साल्ट ४० बलमा ३ चौका र ३ छक्कासहित ५० रन बनाए । हैदराबादका टि नटराजनले ३, मयंक मारकण्डे २ र प्याट कमिन्सले १ विकेट लिए ।

  • आइपीएल : चेन्नईको विजयी सुरुवात

    आइपीएल : चेन्नईको विजयी सुरुवात

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को पहिलो खेलमा चेन्नाइ सुपर किङ्ग्स (सीएसके) विजयी भएको छ । चेन्नाइले आफ्नै मैदानमा भएको खेलमा रोयल च्यालेञ्जर बैंग्लोर (आरसीबी)लाई ६ विकेटले पराजित गर्दै आईपीएलमा विजयी सुरुआत गरेको हो । आरसीबीले दिएको १७४ रनको लक्ष्य चेन्नाइले १८.४ ओभरमा ४ विकेट गुमाउँदै भेटाएको हो । चेन्नाइका लागि ओपनरद्वय रितुराज गायक्वाडले १५, रचिन रवीन्द्रले ३७ रन, अजिङ्क्य रहाणेले २७ र डेरेल मिचेलले २२ रनको योगदान गरेर आउट भए ।

    शिवम दुवेले ३४ र रविन्द्र जडेजाले २५ रनमा अविजित रहे । बैंग्लोरका लागि क्यामरुन ग्रीनले दुई तथा यश दयाल र कर्ण शर्माले समान एकरएक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो ।

    बैंग्लोरका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए भने विराट कोहलीले २१ रन बनाए । रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए पनि त्यसपछि आएर क्यामरुन ग्रीनले १८ रन बनाए । अनुज रावतले उत्कृष्ट पारी खेल्दै ४८ रन बनाए । उनलाई साथ दिएका दिनेश कार्तिक २८ रनमा अविजित रहे ।

    चेन्नाइका लागि मुस्तफिजुर रहमान एक्लैले ४ विकेट लिए भने दीपक चहरले एक विकेट लिएका थिए । आईपीएलमा आज दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो ३ ः ४५ मा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच मल्लानपुरमा हुनेछ भने दोस्रो खेल साँझ कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच हुनेछ ।

  • आइपीएल भिडन्त आजबाट

    आइपीएल भिडन्त आजबाट

    काठमाडौं । यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा चेन्नई र बेंगलुरु भिड्दैछन् । चेन्नई डिफेन्डिङ च्याम्पियन हो । धोनीले चेन्नईको नेतृत्व छोडेका छन् । तर खेलाडीका रूपमा भने सहभागी हुनेछन् । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा समेत यस पटक खेलाडीका रुपमा मुम्बई इन्डियन्सबाट खेल्नेछन् । उनले नेतृत्वको जिम्मेवारी हार्दिक पान्ड्येलाई दिएका छन् । मुम्बई पनि पाँचपल्टको विजेता हो । सन् २०२२ मा गुजरात टाइटन्सबाट खेलेका हार्दिकले त्यही वर्ष आफ्नो टिमलाई उपाधि दिलाए । पछिल्लो सिजन भने गुजरात उपविजेता रह्यो ।

    यसपल्ट उनी मुम्बई फर्केका छन् । मुम्बईले जतिपल्ट आईपीएलको उपाधि जितेको छ, सबैमा कप्तान शर्मा नै थिए । मुम्बईमा ११ वर्षयता पहिलो पटक नेतृत्व परिवर्तन भएको छ । हार्दिकको स्थानमा अब गुजरातको नेतृत्व शुभमन गिलले सम्हाल्नेछन् । अर्कोतर्फ ऋषभ पन्तलाई फेरि माथिल्लो स्तरको क्रिकेट खेल्न सक्षम भएको घोषणा गरिएको छ । सन् २०२२ को अन्त्यमा गाडी दुर्घटनामा परेयता उनले क्रिकेट खेलेका छैनन् ।

    राजस्थान रोयल्सको इनिङ्स सुरुआत गर्ने जिम्मा जस बटलरसँगै २२ वर्षीय यशस्वी जयसवालको काँधमा हुनेछ । जयसवालले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजमा कीर्तिमान ७ सय १२ रन बनाएका थिए । गत डिसेम्बरमा भएको खेलाडी लिलामीमा अस्ट्रेलियाली बलरद्वय मिचेल स्टार्क र प्याट कमिन्स सबैभन्दा महँगा खेलाडी साबित भएका थिए । सन् २०१५ यता स्टार्क पहिलो पटक आईपीएल खेल्दै छन् । त्यतिबेला भने उनले रोयल च्यालेन्जर्स टिमका लागि खेलेका थिए ।

  • ब्राजिलका फूटबल स्टार रोबिन्होमाथि बलात्कार अभियोग पुष्टी, ९ वर्षको जेल सजाय

    ब्राजिलका फूटबल स्टार रोबिन्होमाथि बलात्कार अभियोग पुष्टी, ९ वर्षको जेल सजाय

    काठमाडौं । ब्राजिलका पूर्व फुटबल स्टार रोबिन्होलाई बलात्कार अभियोग पुष्टी भएको छ । स्थानीय अदालतले उनलाई ९ वर्षको जेल सजाय सुनाएको सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१३ मा २२ वर्षीया अल्बानियाई महिलालाई इटलीमा सामूहिक बलात्कार गरेको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो ।

    यसअघि सन् २०१७ मा इटलीको अदालतले पनि उनलाई दोषी ठहर गर्दै ९ वर्षकै जेल सजायँ सुनाएको थियो । त्यतिबेला उनी एसी मिलानका लागि खेल्दथे । इटलीको अदालतले सजायँ सुनाउनु अघि नै उनी ब्राजिल फर्किसकेका थिए । त्यसपछि इटलीले ब्राजिललाई रोबिन्होविरुद्ध एक्सन लिन भनेको थियो ।

    स्काई न्यूजको रिपोर्ट अनुसार इटलीको अनुरोधपछि ब्राजिलको एक अदालतले उनीमाथि ९ वर्षको जेल सजायँ सुनाएको हो । उनले ब्राजिलमै जेल सजायँ काट्नुपर्ने फैसला अदालतले गरेको स्काई न्यूजमा उल्लेख छ । रोबिन्होलाई जेल सजायँ हुने कि नहुने भन्ने विषयमा ब्राजिलको सुपेरियर कोर्ट अफ जस्टिसका न्यायाधीशबीच मत विभाजन गरिएको थियो । कूल १० भोटमध्ये जेल सजायँ हुनुपर्छ भन्ने पक्षमा ८ भोट र विपक्षमा २ भोट परेको थियो ।

    रोबिन्होका वकिल जोस एडुआर्डो एल्कमिनले यो फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन् । रोबिन्होले ब्राजिलबाट १०० पटक खेल खेलेका छन् । उनी चार वर्षसम्म रियल मड्रिडमा रहँदा रियलले दुई पटक ला लिगा च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसपछि सन् २००८ मा ३२.५ मिलियन युरोमा उनी म्यानचेस्टर सिटीमा गएका थिए ।

  • नेपाल बहराइनसँग फराकिलो अन्तरले हार्यो

    नेपाल बहराइनसँग फराकिलो अन्तरले हार्यो

    काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग ५–० ले हारेको छ । रिफास्थित नेसनल स्टेडियममा भएको खेलमा बहराइनले तीन गोल पहिलो हाफमा गर्न सफल भयो । नेपालले घरेलु मैदान विश्वकप छनोटका खेल खेलाउन लायक नभएपछि होम म्याच नै बहराइन आएर खेल्नुपरेको हो । घरेलु मैदानमा खेल्ने तय थियो दशरथ रंगशालाको अवस्था विश्वकप छनोटको खेल खेलाउन लायक नभएपछि खेल बहराइनमै खेलाइएको हो । नेपालले छनोट अन्तर्गत नै बहराइनसँगको अवे खेल आगामी मंगलबार रिफामै खेल्नेछ ।

    खेलको दोस्रो मिनेटमै माहदी हुमाइदानले गोल गर्दै बहराइनलाई अग्रता दिलाएका थिए । मोहमद मारहुनको पास सदुपयोग गर्दै हुमाएदानले गोल गरे । नवौँ मिनेटमा सायद बकेरले गोल गर्दै बहराइनको अग्रता दोब्बर पारे । कर्नरबाट प्राप्त बलमा अनमार्क रहेका बकेरले सहजै गोल गरे । वालियद अलहायमको कर्नरमा नेपाली डिफेण्डरहरुले बल क्लियर गर्न नसकेपछि बकेरले सहजै गोल गरे ।

    यस्तै पहिलो हाफमाको इन्जुरी टाइमको तेस्रो मिनेटमा अली मादनले गोल गर्दै बहराइनलाई ३–० को अग्रता दिलाए । मोहमेद मरहुनल करिब ३० यार्डबाट हानेको फ्रिकिक पोष्टमा लागेर फर्केको थियो । रिबाउन्डमा मादनले हानेको बल गोलकिपर किरणले फ्लाइङ सेभ गर्ने प्रयास गरेका थिए । तर पूर्ण रुपमा बल क्लियर गर्न नसकेपछि गोल भएको थियो ।

    नेपालमा लागि संयुक्त रुपमा कीर्तिमानी १३ गोल गरेका अन्जन विष्ट घाइते हुँदै पहिलो हाफमा मैदान बाहिर आएका थिए । उनको स्थानमा १६औं मिनेटमा दिनेश हेन्जन मैदान प्रवेश गरेका थिए । दोस्रो हाफमा बहराइनले नेपालमाथि दबाब कायम राख्दै एक गोल थप्यो । ८७औं मिनेटमा इब्राहिम अल खतलले गोल गर्दै बहराइनलाई ४–० को अग्रता दिलाए । त्यसपछि इन्जुरी टाइममा प्राप्त पेनाल्टीमा इस्माइल अब्दुल लतिफले गोल गर्दै बहराइनलाई ५–० को जित दिलाए । समूह एचमा दोस्रो जितपछि बहराइनको तीन खेलबाट ६ अंक भएको छ । नेपाल लगातार तीन हारबाट अंकविहिन हुँदै पूछारमा छ ।

  • फिफा विश्वकप २०२६ छनोट : आज नेपाल र बहराइन भिड्दै

    फिफा विश्वकप २०२६ छनोट : आज नेपाल र बहराइन भिड्दै

    काठमाडौं । फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपालले आज बहराइनसँग खेल्दैछ। बहराइनको राष्ट्रिय स्टेडियममा आज राति १२ः४५ बजे घरेलु टिमविरूद्ध नेपालले विश्वकप छनोट अन्तर्गत एसियाको दोस्रो चरणको छनोट खेल्दै छ। यो खेल नेपालमै हुने तालिका थियो। तर देशको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालाको मैदान खराब भएपछि एसियाली फुटबल महासंघले खेल सञ्चालन हुन नसक्ने निर्णय गरेको थियो। जसका कारण नेपालको होम म्याच समेत बहराइनमै हुने स्थिति आयो।नेपालले बिहीबार पहिलो खेल खेलेपछि मंगलबार बहराइनमै दोस्रो खेल खेल्नेछ।

    समूह ‘एच’ मा रहेको नेपालले सुरुवाती दुई खेल गुमाइसकेको छ। नेपाल पहिलो खेलमा युएईसँग ४–० गोल र दोस्रो खेलमा यमनसँग २–० गोलले पराजित भएको थियो। पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको थियो। चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्। पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ।

  • प्रधानमन्त्री र आइसीसी अध्यक्षबीच भेट, के भयो कुराकानी ?

    प्रधानमन्त्री र आइसीसी अध्यक्षबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार उहाँहरूबिच भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आइसिसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए ।

    “नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सन् २०२७ को ‘यु–१९ वुमन वर्ल्ड कप’ का लागि नेपाल सरकारले निकै महत्त्व दिएको छ । आइसिसीबाट पनि महत्त्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौँ ।” अध्यक्ष बार्कलेले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आइसिसीले सहयोग गर्ने बताए । भेटमा नेपाल सरकारका मुख्य सचिव डा। वैकुण्ठ अर्याल र नेपाल क्रिकेट सङ्घका पदाधिकारीको सहभागिता रहेको थियो ।

  • आयरल्यान्ड ‘ए’ र मैत्रीपूर्ण खेलका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा

    आयरल्यान्ड ‘ए’ र मैत्रीपूर्ण खेलका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा

    काठमाडौं । नेपालले आयरल्यान्ड ‘ए’ ( आयरल्यान्ड वुल्भ्स) र एसएमएस फ्रेन्डसिप कपका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो ।

    नेपालले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ सँग पाँच खेलको ट्वान्टी–२० र तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ ।नेपालले आयरल्यान्डसँग नेपालमा २ मैत्रीपूर्ण खेल खेल्दा भापी गुजरातमा गएर भारतको राज्य स्तरीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यतालिका रहेको छ।

    बुधबार घोषणा भएको टिमले ट्वान्टी–२० शृंखलाको सुरुआती दुई खेल खेलेपछि गुजरात र बरोडासँगको एसएमएस मैत्रीपूर्ण कपका लागि भारत प्रस्थान गर्नेछ । नेपालले त्रिवि मैदानमा चैत १२ र १३ गते आयरल्यान्ड्ससँग टी-२० खेल खेल्नेछ। त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ। गुजरातमा नेपालले बरोडा र गुजरातसँग २-२ वटा टी-२० खेल खेल्ने तालिका छ।

    नेपाली टिम :

    रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सनकुमार झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जीसी, अभिनाश बोहरा, आकाश चन्द

  • नेपाली क्रिकेटलाई सहयोग गर्ने आइसीसी अध्यक्षको प्रतिवद्धता

    नेपाली क्रिकेटलाई सहयोग गर्ने आइसीसी अध्यक्षको प्रतिवद्धता

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बारक्लेले नेपाल एसोसिएट राष्ट्रमा फेरि एक नम्बर बन्ने सम्भावना रहेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङसँग भेटवार्ता गर्दै आइसीसी अध्यक्ष बारक्लेले सीमित स्रोत र साधनका बाबजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको बताए । उनले नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा उनीहरुबीच नेपालको क्रिकेटको अवस्था, सम्भावना र आइसीसीले नेपालको क्रिकेट विकासका लागि गर्न सक्ने सहयोगलगायत विषयमा छलफल भएको थियो ।

    सदस्य–सचिव घिसिङले एसोसिएट राष्ट्रमा टी–२० क्रिकेटमा नेपालले विगतमा कायम गरेको शीर्ष स्थानलाई आउँदो दिनमा पनि कायम राख्न प्रयासरत रहेको भन्दै पूर्वाधार विकासमा सरकारले चासो दिएर लगानी गरिरहेको बताए । उनले नेपाल र बङ्गलादेशले सन् २०२७ मा संयुक्त रुपमा आयोजना गर्ने १९ वर्ष मुनिको महिला टी–२० विश्वकपका लागि आइसीसीबाट सहयोगका लागि आग्रह गरे । सदस्य सचिव घिसिङले विश्वकप आयोजनाका लागि स्वीकृति दिएकामा अध्यक्ष बारक्लेमार्फत आइसीसीलाई धन्यवाद दिए ।

  • आइसीसी अध्यक्ष बार्क नेपाल भ्रमणमा, के के छन् कार्यक्रम ?

    आइसीसी अध्यक्ष बार्क नेपाल भ्रमणमा, के के छन् कार्यक्रम ?

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल भ्रमणका सिलसिलामा काठमाडौं अवतरण गरेका छन् । सोमबार ४ बजे नेपाल आइपुगेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरे । नेपाली क्रिकेट विकास गर्न सहयोग गर्ने उनले बताए । उनी चैत ८ सम्म नेपालमा बस्ने क्यानले जनाएको छ ।

    उनले नेपालमा टीयू र मूलपानी क्रिकेट मैदान भ्रमण गर्नेछन् । त्यस्तै नेपाल भ्रमणमा उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीलाई पनि भेट्ने कार्यक्रम छ । यी सबै सकेर चैत ८ मा फर्किनेछन् । उनी भारतबाट नेपाल आएका हुन् । वुमन्स प्रिमियर लिगको फाइनलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको फाइनल हेर्न भारत आएका थिए ।

    नेपालले २०२७ मा आईसीसी वुमन्स यु–१९ विश्वकप आयोजना गर्दैछ । त्यसको लागि उनले मूलपानी र टीयूको मैदान निरीक्षण गर्नेछन् । उनले भोलि मैदानको निरिक्षण गर्ने भएका छन् । भोलि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसँग भेट्ने कार्यक्रम छ ।

  • आयरल्यान्ड ‘ए’ विरूद्ध प्रारम्भिक टिममा ४० खेलाडी

    आयरल्यान्ड ‘ए’ विरूद्ध प्रारम्भिक टिममा ४० खेलाडी

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ विरूद्धको सिरिजका लागि नेपाल ‘ए’ को प्रारम्भिक टिममा ४० खेलाडीलाई बोलाएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका लागि अधिकांस युवा खेलाडीले मौका पाएका छन्। चैत १२ र १३ गते सिनियर टिमले आयरल्यान्ड्ससँग टी-२० खेल्नेछ। त्यसपछि १५, १६ र १८ चैतमा टी-२० खेल तथा २१, २३ र २५ चैतमा एकदिवसीय खेल हुनेछन्। सन्दीप जोरा, विनोद भण्डारी, पवन सर्राफ, भीम सार्की, देव खनाल, आरिफ शेखसहितका सिनियर टिमबाट खेलिसकेका खेलाडी ए टिममा छन्।

    नेपाल ‘ए’ को प्रारम्भिक टिम
    रित गौतम, सन्दीप जोरा, विनोद भण्डारी, पवन सर्राफ, लोकेश बम, अर्जुन साउद, भीम सार्की, देव खनाल, आरिफ शेख, नरेन भट्ट, दिलीप नाथ, विवेक यादव, बसिर अहमद, विपिन खत्री, मौसम ढकाल, रञ्जित कुमार, मयन यादव, अर्जुन कुमाल, अर्जुन घर्ती, रुपेश सिंह, साहब आलम, शेर मल्ल, हरि शंकर साह, दिपेश कँडेल, प्रतिश जिसी, रिजन ढकाल, विकाश आग्री, आकाश चन्द, नारायण जोशी, कमल सिंह ऐरी, किरण ठगुन्ना, सुजन थपलिया, रशिद खान, दिनेश अधिकारी, सागर ढकाल, दिपेन्द्र राउत, सुवास भण्डारी, आशुतोष घिरैया, हेमन्त धामी, नरबहादुर सार्की।

  • लालिगा : एथ्लेटिक माथि सानदार जित, बार्सिलोना दोस्रो स्थानमा उक्लियो

    लालिगा : एथ्लेटिक माथि सानदार जित, बार्सिलोना दोस्रो स्थानमा उक्लियो

    काठमाडौं । एथ्लेटिक मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस लालिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। गएराति एथ्लेटिकोलाई ऊसकै घरमा ३–० गोलले पराजित गर्दै बार्सिलोनाले अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो।

    बार्सिलोनाको जितमा जोआओ फेलिक्स ३८ औं मिनेटमा, ४७ औं मिनेटमा रोबर्ट लेवान्डोस्की र फेर्मिन लोपेजले ६५ औं मिनेटमा गोल गरे। दोस्रो स्थानको बार्सिलोनाले २९ खेलबाट ६४ अंक जोडेको छ। शीर्षस्थानमा रहेको रियल मड्रिडले समान खेलबाट ७२ अंक जोडेको छ। गिरोना ६२ अंकसहित तेस्रो स्थानमा छ।

  • नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फूटबल

    नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फूटबल

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज मलेसियासँग उतैको मैदानमा मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपालले सन् २०२६ को विश्वकप छनोट खेलको तयारीमा लागि मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली बुधवार नै मलेसिया गइसकेको छ । नेपाली टोली मलेसियासँग मैत्रीपूर्ण खेल र केही अभ्यास खेलपछि विश्वकप छनोट खेल्न बहराइन जाने एन्फाले जनाएको छ । नेपालले विश्वकप छनोट अन्तर्गत बहराइनसँगको दुवै खेल बहराइनमै खेल्नेछ ।

    त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेल्न योग्य नभएकोले नेपालले होम र अबे दुवै खेल बहराइनमा खेल्न लागेको एन्फाले जनाएको छ । नेपालले बहराइनसँग पहिलो खेल चैत ८ गते र दोस्रो खेल चैत १३ गते खेल्नेछ । विश्वकप छनोटअन्तर्गत एसियाको समूह ‘एच’ मा रहेको नेपालले यसअघिका दुई खेलमा हार व्यहोरेको छ । नेपाल पहिलो खेलमा संयुक्त अरब इमिरेट्ससँग ४–शून्य र दोस्रो खेलमा यमनसँग २–शून्य गोलले पराजित भएको थियो ।